१८५) रमाजानको महिना त्यो हो जुन महिनामा कुरआन उतारियो, जो मानिसहरूको लागि पथप्रदर्शक हो र जसमा मार्गदर्शन र सत्य र असत्यलाई छुट्टयाउने निशानीहरू छन् । तिमीहरूमध्ये जसले पनि यो महिना पाओस् त्यसले पूरा महिनाको व्रत बसोस् हो, जो बिरामी छ अथवा यात्रामा छ ऊ अन्य दिनहरूमा (व्रत बसी) त्यसको गणना पूरा गरोस् । अल्लाह तिम्रो निम्ति सुविधा चाहन्छ कठोरता चाहदैन । उसले चाहन्छ कि तिमीले गिन्ती (रोजाको) पूरा गर र अल्लाहले मार्गदर्शन गरेवापत उसको प्रशंसा वर्णन गर, ताकि उसप्रति कृतज्ञ बन्न सक ।
الترجمة النيبالية