७२) जब उनीहरू सामु हाम्रा स्पष्ट आयातहरू पढेर सुनाइन्छन् तब तपाईले तिनीहरूको अनुहारहरूमा स्पष्टरूपले अप्रसन्नताका चिन्हहरू देख्नुहुनेछ । यस्तो लाग्छ कि जसले उनीहरूलाई हाम्रो आयातहरू पढेर सुनाउँछन्, उनीहरूमाथि जाइलाग्नेछन् । भनिदिनुस् कि के म तिनीहरूलाई यसभन्दा पनि बढी नराम्रो समाचार देऊँ । त्यो नर्कको आगो हो जसको वचन अल्लाहले काफिरहरूसित गरिसकेको छ, र त्यो अत्यन्त नराम्रो ठाउँ हो ।
الترجمة النيبالية