२६०) र, जब इब्राहीमले अल्लाहसित भने कि हे मेरो पालनहार ! मलाई देखाऊ कि तिमीले मृतकहरूलाई कसरी जीवित पार्नेछौ ? अल्लाहले भने कि के तिमीले (यो कुरालाई) विश्वास गरेनौं ? तिनले भने हो, अवश्य विश्वास गर्छु तर यस कारणले (चाहन्छु) ताकि पूर्णरूपले मलाई सन्तोष होस् । अल्लाहले भन्यो कि चारवटा चराहरू समातेर ल्याऊ र तिनलाई टुक्रा–टुक्रा गरिहाल, फेरि तिनका एक–एक टुक्रा प्रत्येक पहाडमा राखिहाल । अनि तिनलाई बोलाऊ तिनीहरू तिमीतिर दगुर्दै आउने छन् र जानीराख कि अल्लाह सर्वसामथ्र्य र सर्वबुद्धि सम्पन्न छ ।
الترجمة النيبالية