---
title: "ترجمة سورة هود - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/11/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/11/book/1996"
surah_id: "11"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة هود - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/11/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة هود - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/11/book/1996*.

Translation of Surah هود from "الترجمة النيبالية" in النيبالية.

### الآية 11:1

> الر ۚ كِتَابٌ أُحْكِمَتْ آيَاتُهُ ثُمَّ فُصِّلَتْ مِنْ لَدُنْ حَكِيمٍ خَبِيرٍ [11:1]

१) अलिफ. लाम. रा. । यो यस्तो किताब हो जसका आयतहरू ठोस छन्, र बुद्धिमत्ता सम्पन्न सबै कुराको ज्ञाताको तर्फबाट स्पष्टरूपले व्याख्या गरिएको छ ।

### الآية 11:2

> ﻿أَلَّا تَعْبُدُوا إِلَّا اللَّهَ ۚ إِنَّنِي لَكُمْ مِنْهُ نَذِيرٌ وَبَشِيرٌ [11:2]

२) यो कि अल्लाह बाहेक कसैको पूजा नगर । र म उसको तर्फबाट तिमीलाई सावधान गर्ने र शुभ सन्देश दिनेवाला हूँ ।

### الآية 11:3

> ﻿وَأَنِ اسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ يُمَتِّعْكُمْ مَتَاعًا حَسَنًا إِلَىٰ أَجَلٍ مُسَمًّى وَيُؤْتِ كُلَّ ذِي فَضْلٍ فَضْلَهُ ۖ وَإِنْ تَوَلَّوْا فَإِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ كَبِيرٍ [11:3]

३) र यो कि आफ्नो पालनकर्तासित क्षमायाचना गर र उसैको सामु प्रायश्चित गर, उसले तिमीलाई एक निश्चित समयसम्म राम्रो जिन्दगी दिनेछ, र धेरै पुण्य गर्नेहरूलाई बढी प्रतिफल दिनेछ । र यदि तिमी विमुख हुन्छौ भने मलाई तिम्रो बारेमा किÞयामतको सजायको भय छ ।

### الآية 11:4

> ﻿إِلَى اللَّهِ مَرْجِعُكُمْ ۖ وَهُوَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ [11:4]

४) तिमी (सबै) लाई अल्लाहतिरै (फर्केर) जानु छ र ऊ प्रत्येक कुरोमा सामथ्र्यवान छ ।

### الآية 11:5

> ﻿أَلَا إِنَّهُمْ يَثْنُونَ صُدُورَهُمْ لِيَسْتَخْفُوا مِنْهُ ۚ أَلَا حِينَ يَسْتَغْشُونَ ثِيَابَهُمْ يَعْلَمُ مَا يُسِرُّونَ وَمَا يُعْلِنُونَ ۚ إِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ [11:5]

५) यादराख यिनीहरूले आफ्ना हृदयलाई आवरणले छोप्छन्, ताकि अल्लाहबाट त्यस भित्रको कुरा लुकाउन सकुन् । सुनिराख, जुन बेला यिनीहरू लुगामा बेरिएका हुन्छन् त्यतिबेला पनि तिनीहरूको लुकेको र प्रकट कुराहरू सबैको उसलाई ज्ञान हुन्छ, निःसन्देह ऊ हृदयभित्र भएका सबै कुराहरू जान्दछ ।

### الآية 11:6

> ﻿۞ وَمَا مِنْ دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا وَيَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا ۚ كُلٌّ فِي كِتَابٍ مُبِينٍ [11:6]

६) पृथ्वीमा हिलडुल गर्ने जे जति पनि प्राणीहरू छन् अल्लाहमाथि सबैको रोजी निर्भर छ । उही उनका बसोबास गर्ने ठाउँ जान्दछ । र तिनलाई सुम्पिने ठाउँ पनि । सबै थोक किताबमा स्पष्टरूपमा छन् ।

### الآية 11:7

> ﻿وَهُوَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ وَكَانَ عَرْشُهُ عَلَى الْمَاءِ لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا ۗ وَلَئِنْ قُلْتَ إِنَّكُمْ مَبْعُوثُونَ مِنْ بَعْدِ الْمَوْتِ لَيَقُولَنَّ الَّذِينَ كَفَرُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُبِينٌ [11:7]

७) र उहि नै (अल्लाह) हो जसले आकाशहरू र पृथ्वीलाई ‘‘छ’’ ६ दिनमा बनायो र (त्यसबेला) उसको सिंहासन पानीमाथि थियो । (सृष्टिको उद्देश्य यो छ कि) उसले तिम्रो परीक्षा गरोस्, कि कर्मको दृष्टिले तिमीमध्ये को राम्रो छ । र यदि तपाई भन्नुहुन्छ कि मृत्यु पश्चात जीवित गरेपछि उठाइने छौ, भने काफिरहरूले जवाफ दिनेछन् कि यो त स्पष्टरूपले जादू हो ।

### الآية 11:8

> ﻿وَلَئِنْ أَخَّرْنَا عَنْهُمُ الْعَذَابَ إِلَىٰ أُمَّةٍ مَعْدُودَةٍ لَيَقُولُنَّ مَا يَحْبِسُهُ ۗ أَلَا يَوْمَ يَأْتِيهِمْ لَيْسَ مَصْرُوفًا عَنْهُمْ وَحَاقَ بِهِمْ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ [11:8]

८) र यदि एक निश्चित अवधिसम्म हामीले तिनीहरूमाथिको सजाय रोक्थ्यौ त भन्ने छन्ः कि कुन कुराले सजायलाई रोकिराखेको छ । हेर, जुन दिन सजाय तिनीहरूमाथि आउनेछ त्यो सर्दैन र फेरि जुन कुराको उपहास गर्दै गरेका थिए त्यसले तिनलाई घेरिहाल्ने छ ।

### الآية 11:9

> ﻿وَلَئِنْ أَذَقْنَا الْإِنْسَانَ مِنَّا رَحْمَةً ثُمَّ نَزَعْنَاهَا مِنْهُ إِنَّهُ لَيَئُوسٌ كَفُورٌ [11:9]

९) र यदि हामीले मानिसलाई आफ्नो कुनै पुरस्कारको स्वाद चखाएर त्यसलाई वहाँबाट खोस्छौं भने त्यो (मानिस) धेरै निराश र कृतघ्न भइहाल्छ ।

### الآية 11:10

> ﻿وَلَئِنْ أَذَقْنَاهُ نَعْمَاءَ بَعْدَ ضَرَّاءَ مَسَّتْهُ لَيَقُولَنَّ ذَهَبَ السَّيِّئَاتُ عَنِّي ۚ إِنَّهُ لَفَرِحٌ فَخُورٌ [11:10]

१०) तर यदि त्यसलाई दुःख पुगेपछि हामी आराम प्रदान गर्छौं भने प्रसन्न भई, भन्दछः कि सबै नराम्रा कुराहरू हामीबाट हटिसके । निःसन्देह त्यो खुशी हुने र धेरै आत्माप्रशंसक छ ।

### الآية 11:11

> ﻿إِلَّا الَّذِينَ صَبَرُوا وَعَمِلُوا الصَّالِحَاتِ أُولَٰئِكَ لَهُمْ مَغْفِرَةٌ وَأَجْرٌ كَبِيرٌ [11:11]

११) हो, जसले धैर्य गरे र असल कर्म गरे । तिनै हुन् जसका लागि क्षमा र ठूलो प्रतिफल छ ।

### الآية 11:12

> ﻿فَلَعَلَّكَ تَارِكٌ بَعْضَ مَا يُوحَىٰ إِلَيْكَ وَضَائِقٌ بِهِ صَدْرُكَ أَنْ يَقُولُوا لَوْلَا أُنْزِلَ عَلَيْهِ كَنْزٌ أَوْ جَاءَ مَعَهُ مَلَكٌ ۚ إِنَّمَا أَنْتَ نَذِيرٌ ۚ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ وَكِيلٌ [11:12]

१२) संभवतः तिम्रो लागि उतारिएको अल्लाहका केही आदेश तिमीले छाडिदिन्छौ र यस कारणले तपाईको हृदय संकुचित हुन्छ कि काफिरहरूले भन्छन् कि उनीमाथि कुनै खजाना किन उतारिएन अथवा त्यसको साथमा कुनै फरिश्ता (स्वर्गदूत) किन आएन । (सुन्नुस्) तपाई त मात्र सावधान गर्नेवाला हौ र हरेक कुराको जिम्मेदारी अल्लाहमाथि छ ।

### الآية 11:13

> ﻿أَمْ يَقُولُونَ افْتَرَاهُ ۖ قُلْ فَأْتُوا بِعَشْرِ سُوَرٍ مِثْلِهِ مُفْتَرَيَاتٍ وَادْعُوا مَنِ اسْتَطَعْتُمْ مِنْ دُونِ اللَّهِ إِنْ كُنْتُمْ صَادِقِينَ [11:13]

१३) के यिनीहरूले भन्दछन् कि उसले ‘‘कुरआन’’ आफैले रचेको हो र भनिदिनुस्ः कि तिमीले पनि यस्तै दशवटा सूरहहरू रचेर ल्याऊ र अल्लाह बाहेक जसलाई चाहन्छौ आफ्नो साथमा बोलाएर ल्याऊ यदि तिमीहरू आफ्नो कुरामा साँचो छौ भने ।

### الآية 11:14

> ﻿فَإِلَّمْ يَسْتَجِيبُوا لَكُمْ فَاعْلَمُوا أَنَّمَا أُنْزِلَ بِعِلْمِ اللَّهِ وَأَنْ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ فَهَلْ أَنْتُمْ مُسْلِمُونَ [11:14]

१४) फेरि यदि तिनीहरूले तपाईको कुरा स्वीकार गर्दैनन्, भने त जानिराख कि त्यो कुरआन अल्लाहको ज्ञानले प्रकट गरिएको हो, र यो कि त्यसबाहेक अरु कोही पूजनीय छैन, तसर्थ (हे मुश्रिकहरू) के तिमीले पनि इस्लाम स्वीकार गर्दछौ ?

### الآية 11:15

> ﻿مَنْ كَانَ يُرِيدُ الْحَيَاةَ الدُّنْيَا وَزِينَتَهَا نُوَفِّ إِلَيْهِمْ أَعْمَالَهُمْ فِيهَا وَهُمْ فِيهَا لَا يُبْخَسُونَ [11:15]

१५) जुन मानिसहरूले सांसारिक जीवन र यसका आकर्षक कुराहरूको लागि मरिमेटछन हामीले उनीहरूको सबै कर्महरूको प्रतिफल तिनीहरूलाई संसारमा नै दिन्छौ र यसमा हामीले कुनै कमी गर्दैनौं ।

### الآية 11:16

> ﻿أُولَٰئِكَ الَّذِينَ لَيْسَ لَهُمْ فِي الْآخِرَةِ إِلَّا النَّارُ ۖ وَحَبِطَ مَا صَنَعُوا فِيهَا وَبَاطِلٌ مَا كَانُوا يَعْمَلُونَ [11:16]

१६) यीनै ती मानिसहरू हुन् जसका निम्ति परलोकमा नर्कको आगो बाहेक अरु केही छैन, र जुन कर्म तिनीहरूले संसारमा गरे सबै बर्बाद भए, र जेजति तिनीहरूले गर्दैगरे सबै निरर्थक हुनेवाला छन् ।

### الآية 11:17

> ﻿أَفَمَنْ كَانَ عَلَىٰ بَيِّنَةٍ مِنْ رَبِّهِ وَيَتْلُوهُ شَاهِدٌ مِنْهُ وَمِنْ قَبْلِهِ كِتَابُ مُوسَىٰ إِمَامًا وَرَحْمَةً ۚ أُولَٰئِكَ يُؤْمِنُونَ بِهِ ۚ وَمَنْ يَكْفُرْ بِهِ مِنَ الْأَحْزَابِ فَالنَّارُ مَوْعِدُهُ ۚ فَلَا تَكُ فِي مِرْيَةٍ مِنْهُ ۚ إِنَّهُ الْحَقُّ مِنْ رَبِّكَ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يُؤْمِنُونَ [11:17]

१७) के त्यो मानिस जसलाई आफ्नो पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण प्राप्तछ र उसपछि अल्लाहको तर्फबाट आएको साक्षी (जिबरील) पनि छ र त्योभन्दा पहिला मूसाको किताब मार्गदर्शक र वरदान आइसकेको होस्, (के यस्तो व्यक्ति पथभरष्ट हुन सक्दछ ?) यिनीहरू नै त्यसमाथि ईमान राख्दछन । र यिनी समुदायबाट जो यसको इन्कार गर्दछ, उसको अन्तिम बासस्थान (नर्कको) आगो हो । तसर्थ तिमीले यस (कुरआन) को सम्बन्धमा कुनै शंका नगर्नु, यो तिम्रो पालनकर्ताबाट आएको पूर्ण सत्य हो, तर अधिकांश मानिसहरूले ईमान ल्याउँदैनन् ।

### الآية 11:18

> ﻿وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَىٰ عَلَى اللَّهِ كَذِبًا ۚ أُولَٰئِكَ يُعْرَضُونَ عَلَىٰ رَبِّهِمْ وَيَقُولُ الْأَشْهَادُ هَٰؤُلَاءِ الَّذِينَ كَذَبُوا عَلَىٰ رَبِّهِمْ ۚ أَلَا لَعْنَةُ اللَّهِ عَلَى الظَّالِمِينَ [11:18]

१८) यसभन्दा बढी अत्याचारीको होला जसले अल्लाहबारे असत्यकुरा गर्दछ । यस्ता मानिसहरू अल्लाहको सामु प्रस्तुत गरिनेछन् र सबै साक्षीहरूले भन्नेछन् कि यिनै मानिस हुन् जसले आफ्नो पालनकर्ताबारे झूठा कुरा भनेका थिए, खबरदार (सावधान) अत्याचारीहरूमाथि अल्लाहको धिक्कार छ ।

### الآية 11:19

> ﻿الَّذِينَ يَصُدُّونَ عَنْ سَبِيلِ اللَّهِ وَيَبْغُونَهَا عِوَجًا وَهُمْ بِالْآخِرَةِ هُمْ كَافِرُونَ [11:19]

१९) जुन मानिसहरू अल्लाहको मार्गबाट रोक्दछन् र त्यसमा वक्रता खोजिराखछन् तिनीहरू नै परलोक (आखिरत) को इन्कार गर्दछन् ।

### الآية 11:20

> ﻿أُولَٰئِكَ لَمْ يَكُونُوا مُعْجِزِينَ فِي الْأَرْضِ وَمَا كَانَ لَهُمْ مِنْ دُونِ اللَّهِ مِنْ أَوْلِيَاءَ ۘ يُضَاعَفُ لَهُمُ الْعَذَابُ ۚ مَا كَانُوا يَسْتَطِيعُونَ السَّمْعَ وَمَا كَانُوا يُبْصِرُونَ [11:20]

२०) यिनीहरूले न धर्तीमा अल्लाहलाई हराउन सकछन् र नत अल्लाह बाहेक कोही तिनीहरूको समर्थक हुनेछ । तिनीहरूलाई दोब्बर सजाय दिइनेछ, किनकि यिनीहरूले सुन्न सक्दैनथे र नत देख्न सक्दथे ।

### الآية 11:21

> ﻿أُولَٰئِكَ الَّذِينَ خَسِرُوا أَنْفُسَهُمْ وَضَلَّ عَنْهُمْ مَا كَانُوا يَفْتَرُونَ [11:21]

२१) यिनीहरू नै हुन् जसले कि आफूलाई हानिमा पारे, र यिनीहरूले मानी आएका सबै मनगढन्ते कुराहरू यिनीहरूबाट हरायो ।

### الآية 11:22

> ﻿لَا جَرَمَ أَنَّهُمْ فِي الْآخِرَةِ هُمُ الْأَخْسَرُونَ [11:22]

२२) निःसन्देह यिनीहरू नै परलोकमा सबैभन्दा धेरै हानि भोग्नेछन् ।

### الآية 11:23

> ﻿إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَأَخْبَتُوا إِلَىٰ رَبِّهِمْ أُولَٰئِكَ أَصْحَابُ الْجَنَّةِ ۖ هُمْ فِيهَا خَالِدُونَ [11:23]

२३) जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे र आफ्नो पालनकर्ताको अगाडि क्षमायाचना गरे, यिनै स्वर्गमा जानेहरू हुन्, र सधैं त्यसमा रहनेछन् ।

### الآية 11:24

> ﻿۞ مَثَلُ الْفَرِيقَيْنِ كَالْأَعْمَىٰ وَالْأَصَمِّ وَالْبَصِيرِ وَالسَّمِيعِ ۚ هَلْ يَسْتَوِيَانِ مَثَلًا ۚ أَفَلَا تَذَكَّرُونَ [11:24]

२४) यी दुवै समुदाय (काफिर र मोमिन) को उदाहरण यस्तो छ, जस्तो एउटा अन्धा र बहिरा होस् र अर्को देख्ने सुन्ने, त के दुवैको अवस्था बराबर हुनसक्छ ? अनि तिमीले किन शिक्षा लिदैनौ ।

### الآية 11:25

> ﻿وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ إِنِّي لَكُمْ نَذِيرٌ مُبِينٌ [11:25]

२५) र हामीले ‘‘नूहलाई’’ उनको कौमतिर रसूल बनाएर पठायौं (उनले भने) कि मैले तिमीलाई खुल्लमखुल्ला सावधान गराउने आएको हूँ ।

### الآية 11:26

> ﻿أَنْ لَا تَعْبُدُوا إِلَّا اللَّهَ ۖ إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ أَلِيمٍ [11:26]

२६) कि तिमीहरू अल्लाह बाहेक कसैको पूजा नगर । मलाई तिम्रो बारेमा कष्टदायक सजाय हुने दिनको भय छ ।

### الآية 11:27

> ﻿فَقَالَ الْمَلَأُ الَّذِينَ كَفَرُوا مِنْ قَوْمِهِ مَا نَرَاكَ إِلَّا بَشَرًا مِثْلَنَا وَمَا نَرَاكَ اتَّبَعَكَ إِلَّا الَّذِينَ هُمْ أَرَاذِلُنَا بَادِيَ الرَّأْيِ وَمَا نَرَىٰ لَكُمْ عَلَيْنَا مِنْ فَضْلٍ بَلْ نَظُنُّكُمْ كَاذِبِينَ [11:27]

२७) अनि उनको समुदायका काफिरहरूको नायकहरूले भन्न थालेः कि हामीले तिमीलाई आफू जस्तै एउटा मानिसको रूपमा देख्छौं र यो पनि देख्छौं कि तिम्रा अनुयायीहरू तल्लो श्रेणीका मानिसहरू बाहेक कोही छैन जसले नजानी बुझीकन तिम्रो अनुयायी भएका छन् । हामीले त हामीहरूभन्दा तिमीमा केही बढी विशेषता देखेका छैनौं बरु तिमीलाई हामीले झूठा ठान्दछौं ।

### الآية 11:28

> ﻿قَالَ يَا قَوْمِ أَرَأَيْتُمْ إِنْ كُنْتُ عَلَىٰ بَيِّنَةٍ مِنْ رَبِّي وَآتَانِي رَحْمَةً مِنْ عِنْدِهِ فَعُمِّيَتْ عَلَيْكُمْ أَنُلْزِمُكُمُوهَا وَأَنْتُمْ لَهَا كَارِهُونَ [11:28]

२८) नूहले भने कि हे मेरो सम्प्रदायका मानिसहरू, बताऊ यदि म आफ्नो पालनकर्ताबाट (स्पष्ट) प्रमाण राख्दछु र उसले मलाई आफ्नो तर्फबाट दया प्रदान गरेको छ, त्यो तिम्रो दृष्टिमा पर्दैन भने त के हामीले यसको निम्ति तिमीलाई बाध्य गरौं ? जबकि तिमी त्यसबाट अप्रसन्न छौ ।

### الآية 11:29

> ﻿وَيَا قَوْمِ لَا أَسْأَلُكُمْ عَلَيْهِ مَالًا ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَى اللَّهِ ۚ وَمَا أَنَا بِطَارِدِ الَّذِينَ آمَنُوا ۚ إِنَّهُمْ مُلَاقُو رَبِّهِمْ وَلَٰكِنِّي أَرَاكُمْ قَوْمًا تَجْهَلُونَ [11:29]

२९) र हे मेरो समुदायहरू ! म यस (सन्देश) बापत तिमीसित धनसम्पत्ति माँग्दिन, मेरो पुरस्कार त केवल अल्लाहको जिम्मामा छ, र ईमानवाला मानिसहरूलाई म लखेटन सक्दिनँ, तिनीहरू आफ्नो पालनकर्तासित साक्षातकार प्राप्त गर्नेवाला छन्, तर म तिमीहरूलाई अज्ञानतापूर्ण कार्य गरिराखेका देख्दछु ।

### الآية 11:30

> ﻿وَيَا قَوْمِ مَنْ يَنْصُرُنِي مِنَ اللَّهِ إِنْ طَرَدْتُهُمْ ۚ أَفَلَا تَذَكَّرُونَ [11:30]

३०) र हे मेरो कौमका मानिसहरू यदि मैले तिनीहरूलाई निकालिदिएँ भने अल्लाहबाट कसले मेरो मद्दत गर्न सक्दछ । के तिमी केही उपदेश ग्रहण गर्दैनौ ।

### الآية 11:31

> ﻿وَلَا أَقُولُ لَكُمْ عِنْدِي خَزَائِنُ اللَّهِ وَلَا أَعْلَمُ الْغَيْبَ وَلَا أَقُولُ إِنِّي مَلَكٌ وَلَا أَقُولُ لِلَّذِينَ تَزْدَرِي أَعْيُنُكُمْ لَنْ يُؤْتِيَهُمُ اللَّهُ خَيْرًا ۖ اللَّهُ أَعْلَمُ بِمَا فِي أَنْفُسِهِمْ ۖ إِنِّي إِذًا لَمِنَ الظَّالِمِينَ [11:31]

३१) म तिमीसित यो भन्दिनँ कि मसित अल्लाहको खजाना छ र नत यो कि म अदृश्य कुरो जान्दछु र नत यो भन्छु कि म फरिश्ता हूँ र न तिनीहरूको बारेमा केही भन्दछु, जसलाई तिमीले हेलाको दृष्टिले हेर्दैछौ, कि अल्लाहले तिनीहरूलाई राम्रो प्रतिफल दिनेछैन । जुन उनका हृदयमा छन्, त्यसलाई अल्लाह जान्दछ । यदि म यस्तो भन्छु भने निःसन्देह अत्याचारीहरूमध्येको हुनेछु ।

### الآية 11:32

> ﻿قَالُوا يَا نُوحُ قَدْ جَادَلْتَنَا فَأَكْثَرْتَ جِدَالَنَا فَأْتِنَا بِمَا تَعِدُنَا إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ [11:32]

३२) सम्प्रदाय वालाले भनेः कि हे नूह ! तिमीले हामीसँग धेरै विवाद गर्यौ यदि तिमी साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साइराखेका छौ त्यो हाम्रो अगाडि लिएर आऊ ।

### الآية 11:33

> ﻿قَالَ إِنَّمَا يَأْتِيكُمْ بِهِ اللَّهُ إِنْ شَاءَ وَمَا أَنْتُمْ بِمُعْجِزِينَ [11:33]

३३) नूह (अलैस्सिलाम) ले भने कि यसलाई त अल्लाहले चाहे भने मात्र ल्याउन सक्छ र तिमीले उसलाई कुनै प्रकारले विवश गर्न सक्दैनौ ।

### الآية 11:34

> ﻿وَلَا يَنْفَعُكُمْ نُصْحِي إِنْ أَرَدْتُ أَنْ أَنْصَحَ لَكُمْ إِنْ كَانَ اللَّهُ يُرِيدُ أَنْ يُغْوِيَكُمْ ۚ هُوَ رَبُّكُمْ وَإِلَيْهِ تُرْجَعُونَ [11:34]

३४) र यदि म चाहन्छु कि तिम्रो भलो गरूँ र अल्लाह यो चाहन्छ कि तिमीलाई मार्गविचलित गरोस् त मेरो शुभेक्षा तिमीलाई कुनै फाइदा पुर्याउन सक्दैन । उही नै तिम्रो पालनकर्ता हो र तिमीलाई उसैतिर फर्किजानु पर्नेछ ।

### الآية 11:35

> ﻿أَمْ يَقُولُونَ افْتَرَاهُ ۖ قُلْ إِنِ افْتَرَيْتُهُ فَعَلَيَّ إِجْرَامِي وَأَنَا بَرِيءٌ مِمَّا تُجْرِمُونَ [11:35]

३५) के यिनीहरूले भन्दछन्ः कि यसलाई पैगम्बर आफैले बनाइहालेको छ त भनिदिनुस्ः कि यदि मैले आफैले यसलाई बनाएको छु भने त्यसको अपराध ममाथि छ र जुन अपराध तिमीहरूले गर्दछौ त्यसको जिम्मेवारीबाट म मुक्त छु ।

### الآية 11:36

> ﻿وَأُوحِيَ إِلَىٰ نُوحٍ أَنَّهُ لَنْ يُؤْمِنَ مِنْ قَوْمِكَ إِلَّا مَنْ قَدْ آمَنَ فَلَا تَبْتَئِسْ بِمَا كَانُوا يَفْعَلُونَ [11:36]

३६) नूहमाथी प्रकाशना (वह्य) गराइयो कि तिम्रो कौममा जसले ईमान ल्याएका छन्, तिनीहरू बाहेक अरु कोही ईमान ल्याउने छैन, तसर्थ जुन काम यिनीहरूले गरिराखेका छन त्यसको कारणले दुःखी नहुनु ।

### الآية 11:37

> ﻿وَاصْنَعِ الْفُلْكَ بِأَعْيُنِنَا وَوَحْيِنَا وَلَا تُخَاطِبْنِي فِي الَّذِينَ ظَلَمُوا ۚ إِنَّهُمْ مُغْرَقُونَ [11:37]

३७) र एउटा डुङ्गा हाम्रो आँखा अगाडी हाम्रो आदेशानुसार निर्माण गर र जुन मानिसहरू अत्याचारी छन्, तिनीहरूको बारेमा हामीसित केही नभन्नु किनभने तिनीहरू अवश्य नै डुबाइने छन् ।

### الآية 11:38

> ﻿وَيَصْنَعُ الْفُلْكَ وَكُلَّمَا مَرَّ عَلَيْهِ مَلَأٌ مِنْ قَوْمِهِ سَخِرُوا مِنْهُ ۚ قَالَ إِنْ تَسْخَرُوا مِنَّا فَإِنَّا نَسْخَرُ مِنْكُمْ كَمَا تَسْخَرُونَ [11:38]

३८) तसर्थ नूहले डुङ्गा निर्माण गर्न शुरू गरिहाले । र जब उनको कौमका नाइकेहरू उनको छेउबाट जान्थे त उनको उपहास गर्दथे । उनी भन्थेः ‘‘कि यदि तिमीले हाम्रो उपहास गर्छौ भने, जुन रूपमा यो उपहास गर्दछौ त्यसतै कुनै समयमा हामीले पनि तिम्रो हाँसो गर्नेछौं ।’’

### الآية 11:39

> ﻿فَسَوْفَ تَعْلَمُونَ مَنْ يَأْتِيهِ عَذَابٌ يُخْزِيهِ وَيَحِلُّ عَلَيْهِ عَذَابٌ مُقِيمٌ [11:39]

३९) तिमीलाई शीघ्र थाहा हुनेछ, कि कसमाथि सजाय आउँछ जसले कि उसलाई अपमानित गर्नेछ, र उसमाथि सधैं सजाय भइराख्नेछ ?

### الآية 11:40

> ﻿حَتَّىٰ إِذَا جَاءَ أَمْرُنَا وَفَارَ التَّنُّورُ قُلْنَا احْمِلْ فِيهَا مِنْ كُلٍّ زَوْجَيْنِ اثْنَيْنِ وَأَهْلَكَ إِلَّا مَنْ سَبَقَ عَلَيْهِ الْقَوْلُ وَمَنْ آمَنَ ۚ وَمَا آمَنَ مَعَهُ إِلَّا قَلِيلٌ [11:40]

४०) यहाँसम्म कि जब हाम्रो आदेश आइपुग्यो र मूल फुट्नलाग्यो हामीले भन्यौं त्यस डुङ्गामा हर किसिमको जान्दारका एक जोडा (नर र नारी) बसालिहाल, र आफ्नो घरका मान्छेहरूलाई पनि तिनीहरू बाहेक जसमाथि अल्लाहको आदेश पूर्ण भइसकेको छ र सबै ईमानवालाहरूलाई पनि, र उनीसँग ईमान ल्याउनेहरू निकै कम थिए ।

### الآية 11:41

> ﻿۞ وَقَالَ ارْكَبُوا فِيهَا بِسْمِ اللَّهِ مَجْرَاهَا وَمُرْسَاهَا ۚ إِنَّ رَبِّي لَغَفُورٌ رَحِيمٌ [11:41]

४१) नूहले भनेः ‘‘यस डुङ्गामा बसिहाल, अल्लाहको नामले यो हिंड्छ र रोकिन्छ । निःसन्देह मेरो पालनकर्ता ठूलो क्षमादाता, र दयालु छ ।’’

### الآية 11:42

> ﻿وَهِيَ تَجْرِي بِهِمْ فِي مَوْجٍ كَالْجِبَالِ وَنَادَىٰ نُوحٌ ابْنَهُ وَكَانَ فِي مَعْزِلٍ يَا بُنَيَّ ارْكَبْ مَعَنَا وَلَا تَكُنْ مَعَ الْكَافِرِينَ [11:42]

४२) त्यस डुङ्गाले तिनीहरूलाई लिएर पहाड जस्ता अग्ला छाल वा तरुङ्गहरूमा हिंड्न थाल्यो । त्यसबेला नूहले आफ्नो छोरालाई, जो अलग एउटा छेउमा थियो, भनेः कि हे मेरो प्यारो छोरो ‘‘हाम्रो साथमा सवार भइहाल, र काफिरहरूमा शम्मिलित नहोऊ ।’’

### الآية 11:43

> ﻿قَالَ سَآوِي إِلَىٰ جَبَلٍ يَعْصِمُنِي مِنَ الْمَاءِ ۚ قَالَ لَا عَاصِمَ الْيَوْمَ مِنْ أَمْرِ اللَّهِ إِلَّا مَنْ رَحِمَ ۚ وَحَالَ بَيْنَهُمَا الْمَوْجُ فَكَانَ مِنَ الْمُغْرَقِينَ [11:43]

४३) उसले भन्योः ‘‘कि म कुनै पहाडमाथि चढीहाल्छु जसले मलाई पानीबाट बचाइहाल्छ !’’ उहाँले भनेकिः ‘‘आज अल्लाहको अजाबबाट कोही पनि बचाउनेवाला छैन, उसबाहेक जसमाथि अल्लाहको कृपा हुन्छ ।’’ यसैबीच दुवैको बीचमा त्यतिखेरै छाल आएर अवरोध बनिहाल्यो र त्यो पनि डुबिनेमध्येको भइहाल्यो ।

### الآية 11:44

> ﻿وَقِيلَ يَا أَرْضُ ابْلَعِي مَاءَكِ وَيَا سَمَاءُ أَقْلِعِي وَغِيضَ الْمَاءُ وَقُضِيَ الْأَمْرُ وَاسْتَوَتْ عَلَى الْجُودِيِّ ۖ وَقِيلَ بُعْدًا لِلْقَوْمِ الظَّالِمِينَ [11:44]

४४) आदेश दिइयोः ‘‘हे पृथ्वी आफ्नो पानी सोसिहाल र हे आकाश रोकिहाल,’’ अनि त्यतिखेरै पानी रोकियो र सबै काम समाप्त गरियो र डुङ्गा जूदि पहाडमा गई अडिहाल्यो र भनियोः ‘‘कि अन्यायीहरूमाथि तिरस्कार (लानत) होस् ।’’

### الآية 11:45

> ﻿وَنَادَىٰ نُوحٌ رَبَّهُ فَقَالَ رَبِّ إِنَّ ابْنِي مِنْ أَهْلِي وَإِنَّ وَعْدَكَ الْحَقُّ وَأَنْتَ أَحْكَمُ الْحَاكِمِينَ [11:45]

४५) नूहले आफ्नो पालनकर्तालाई पुकारे र भनेः ‘‘कि हे पालनकर्ता मेरो छोरा पनि मेरै परिवारमध्येको हो । निःसन्देह तिम्रो वचन पूर्ण सत्य छ र तिमी सबैभन्दा राम्रो हाकिम हौ ।’’

### الآية 11:46

> ﻿قَالَ يَا نُوحُ إِنَّهُ لَيْسَ مِنْ أَهْلِكَ ۖ إِنَّهُ عَمَلٌ غَيْرُ صَالِحٍ ۖ فَلَا تَسْأَلْنِ مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ ۖ إِنِّي أَعِظُكَ أَنْ تَكُونَ مِنَ الْجَاهِلِينَ [11:46]

४६) अल्लाहले आदेश दियोः ‘‘कि हे नूह ! निःसन्देह ऊ तिम्रो परिवारबाट होइन, उसको काम पूर्णरूपले गलत छ, तिमीले कदापि त्यो वस्तु माँग्नु हुँदैन, जसको तिमीलाई पूर्ण ज्ञान छैन । म तिमीलाई उपदेश गर्दछु कि तिमी मूर्खहरूमध्येबाट नहोऊ ।’’

### الآية 11:47

> ﻿قَالَ رَبِّ إِنِّي أَعُوذُ بِكَ أَنْ أَسْأَلَكَ مَا لَيْسَ لِي بِهِ عِلْمٌ ۖ وَإِلَّا تَغْفِرْ لِي وَتَرْحَمْنِي أَكُنْ مِنَ الْخَاسِرِينَ [11:47]

४७) नूहले भनेः मेरो पालनकर्ता ! म तिमीसँग शरण माँग्दछु ती कुराहरूको सम्बन्धमा प्रश्न गर्नेबारेमा जसको कि मलाई ज्ञान छैन । यदि तिमीले मलाई क्षमा गर्दैनौ र ममाथि दया गर्दैनौ भने, म ठूलो हानिमा पर्नेछु ।’’

### الآية 11:48

> ﻿قِيلَ يَا نُوحُ اهْبِطْ بِسَلَامٍ مِنَّا وَبَرَكَاتٍ عَلَيْكَ وَعَلَىٰ أُمَمٍ مِمَّنْ مَعَكَ ۚ وَأُمَمٌ سَنُمَتِّعُهُمْ ثُمَّ يَمَسُّهُمْ مِنَّا عَذَابٌ أَلِيمٌ [11:48]

४८) आदेश भयोः ‘‘कि नूह (डुङ्गाबाट) तल झरिहाल, हाम्रो तरफबाट शान्ति र तिमी र तिम्रो साथका अन्य साथीहरूमाथि अनुग्रह हुनेछ ! र अनेक यस्ता समुदाय हुनेछन् जसलाई हामीले (संसारका) आनन्दहरू प्रदान गर्नेछौं, तर तिनीहरूलाई हाम्रो तर्फबाट कष्टदायक सजाय पुग्नेछ ।

### الآية 11:49

> ﻿تِلْكَ مِنْ أَنْبَاءِ الْغَيْبِ نُوحِيهَا إِلَيْكَ ۖ مَا كُنْتَ تَعْلَمُهَا أَنْتَ وَلَا قَوْمُكَ مِنْ قَبْلِ هَٰذَا ۖ فَاصْبِرْ ۖ إِنَّ الْعَاقِبَةَ لِلْمُتَّقِينَ [11:49]

४९) यी (समाचारहरू) अदृश्यका खबरहरू हुन् जुन कि हामीले तपाईतिर वह्यमार्फत पठाउँदछौ र तिनको जानकारी यसभन्दा अगाडि न तपाईलाई थियो नत तपाईको समुदायलाई । तसर्थ धैर्य गर्नु, किन भने अन्तिममा परिणाम अल्लाहसित डर्नेहरूको राम्रो हुन्छ ।

### الآية 11:50

> ﻿وَإِلَىٰ عَادٍ أَخَاهُمْ هُودًا ۚ قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ ۖ إِنْ أَنْتُمْ إِلَّا مُفْتَرُونَ [11:50]

५०) र हामीले आद समुदायतिर तिनीहरूकै भाइ हूदलाई पठायौं । उनले भनेः कि हे मेरो समुदायका मानिसहरू ! अल्लाहकै उपासना गर, उसबाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन । तिमीहरू (ऊ सित अरुलाई दाँजेर) मात्र जालझेल गर्दैछौ ।’’

### الآية 11:51

> ﻿يَا قَوْمِ لَا أَسْأَلُكُمْ عَلَيْهِ أَجْرًا ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَى الَّذِي فَطَرَنِي ۚ أَفَلَا تَعْقِلُونَ [11:51]

५१) हे मेरा कौमका मानिसहरू ! म यस (सन्देश) बापत तिमीसित कुनै पारिश्रमिक माँग्दिन । मेरो पुरस्कार त उसको जिम्मामा छ, जसले मलाई सृष्टि गरेको छ । अनि के तैपनि तिमीले यो कुरा बुझ्दैनौ ।

### الآية 11:52

> ﻿وَيَا قَوْمِ اسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ يُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا وَيَزِدْكُمْ قُوَّةً إِلَىٰ قُوَّتِكُمْ وَلَا تَتَوَلَّوْا مُجْرِمِينَ [11:52]

५२) हे मेरो समुदायका मानिसहरू तिमी आफ्नो पालनकर्तासित आफ्नो पापको लागि क्षमायाचना गर, अनि उसको अगाडि प्रायश्चित गर । जसबाट उसले तिमीमाथि आकाशबाट मुसलधारे पानी वर्षाउँने बादल पठाई तिम्रो शक्तिमा अझै शक्तिको बृद्धि गर्नेछ । र तिमी पाप गर्दै विमुख नहोऊ ।

### الآية 11:53

> ﻿قَالُوا يَا هُودُ مَا جِئْتَنَا بِبَيِّنَةٍ وَمَا نَحْنُ بِتَارِكِي آلِهَتِنَا عَنْ قَوْلِكَ وَمَا نَحْنُ لَكَ بِمُؤْمِنِينَ [11:53]

५३) तिनीहरूले भनेः, ‘‘हे हूद ! तिमीले हाम्रो सामु कुनै स्पष्ट प्रमाण ल्याएनौ र हामीले (मात्र) तिम्रो भनाईको भरमा नत आफ्ना देवताहरूलाई छाड्ने छौं नत तिमीमाथि विश्वास गर्नेछौं ।’’

### الآية 11:54

> ﻿إِنْ نَقُولُ إِلَّا اعْتَرَاكَ بَعْضُ آلِهَتِنَا بِسُوءٍ ۗ قَالَ إِنِّي أُشْهِدُ اللَّهَ وَاشْهَدُوا أَنِّي بَرِيءٌ مِمَّا تُشْرِكُونَ [11:54]

५४) अपितु हामीले त यो ठान्दछौं कि हाम्रो कुनै देवताले तिमीलाई नराम्रो असर पारिदिएको छ । उनले भनेः ‘‘कि म अल्लाहलाई साक्षी राखेर भन्दछु र तिमी पनि साक्षी बन’’ कि जसलाई तिमीले अल्लाहको साझेदारी ठहर्याउँछौ, मेरो तिनीहरूसँग कुनै सम्बन्ध छैन ।

### الآية 11:55

> ﻿مِنْ دُونِهِ ۖ فَكِيدُونِي جَمِيعًا ثُمَّ لَا تُنْظِرُونِ [11:55]

५५) अर्थात (जसको अल्लाह बाहेक पूजा गर्दछौ,) तिमी सबै मिलेर मेरो विरुद्धमा जे षड्यन्त्र गर्न चाहन्छौ गरिहाल, र यसमा मलाई कुनै अवकाश नदेऊ ।

### الآية 11:56

> ﻿إِنِّي تَوَكَّلْتُ عَلَى اللَّهِ رَبِّي وَرَبِّكُمْ ۚ مَا مِنْ دَابَّةٍ إِلَّا هُوَ آخِذٌ بِنَاصِيَتِهَا ۚ إِنَّ رَبِّي عَلَىٰ صِرَاطٍ مُسْتَقِيمٍ [11:56]

५६) म अल्लाहमाथि, जो मेरो र तिम्रो सबैको पालनकर्ता हो, भरोसा गर्दछु । पृथ्वीमा रहेका सबै प्रणीहरूको टाउको उसैले थामेको छ । निःसन्देह मेरो पालनकर्ता सत्य बाटोमा छ ।

### الآية 11:57

> ﻿فَإِنْ تَوَلَّوْا فَقَدْ أَبْلَغْتُكُمْ مَا أُرْسِلْتُ بِهِ إِلَيْكُمْ ۚ وَيَسْتَخْلِفُ رَبِّي قَوْمًا غَيْرَكُمْ وَلَا تَضُرُّونَهُ شَيْئًا ۚ إِنَّ رَبِّي عَلَىٰ كُلِّ شَيْءٍ حَفِيظٌ [11:57]

५७) यदि तिमी विमुख हुन्छौ भने जुन सन्देश मेरो हातबाट तिमीतिर पठाइएको छ, त्यो मैले तिमीलाई पुर्याइसकेको छु, र मेरो पालनकर्ताले तिम्रो ठाउँमा अरु मानिसहरूलाई ल्याई स्थापित गर्नेछ, र तिमीले अल्लाहको केही नोक्सानी गर्न सक्दैनौ । मेरो पालनकर्ता त प्रत्येक कुरामाथि संरक्षक छ ।

### الآية 11:58

> ﻿وَلَمَّا جَاءَ أَمْرُنَا نَجَّيْنَا هُودًا وَالَّذِينَ آمَنُوا مَعَهُ بِرَحْمَةٍ مِنَّا وَنَجَّيْنَاهُمْ مِنْ عَذَابٍ غَلِيظٍ [11:58]

५८) र जब हाम्रो आदेश आइपुग्यो, त हामीले ‘‘हूदलाई’’ र उनको मोमिन साथीहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र तिनीहरूलाई गम्भीर सजायबाट मुक्त गर्यौं ।

### الآية 11:59

> ﻿وَتِلْكَ عَادٌ ۖ جَحَدُوا بِآيَاتِ رَبِّهِمْ وَعَصَوْا رُسُلَهُ وَاتَّبَعُوا أَمْرَ كُلِّ جَبَّارٍ عَنِيدٍ [11:59]

५९) यो आदको समुदाय थियो, जसले अल्लाहका निशानीहरूलाई इन्कार गरे, र उसका रसूलहरूको आज्ञा उल्लंघन गरे, र प्रत्येक अहंकारी र अटेरीको भनाई माने ।

### الآية 11:60

> ﻿وَأُتْبِعُوا فِي هَٰذِهِ الدُّنْيَا لَعْنَةً وَيَوْمَ الْقِيَامَةِ ۗ أَلَا إِنَّ عَادًا كَفَرُوا رَبَّهُمْ ۗ أَلَا بُعْدًا لِعَادٍ قَوْمِ هُودٍ [11:60]

६०) र यस संसारमा पनि उनीहरू तिरस्कृत रहे र कियामतको दिनमा पनि तिनीहरूको साथमा तिरस्कार हुनेछ । हेरः ‘‘आद समुदायले’’ आफ्नो पालनकर्तासित कुफ्र गरे । सुनिराख हूदको जाति आदमाथि धिक्कार छ ।

### الآية 11:61

> ﻿۞ وَإِلَىٰ ثَمُودَ أَخَاهُمْ صَالِحًا ۚ قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ ۖ هُوَ أَنْشَأَكُمْ مِنَ الْأَرْضِ وَاسْتَعْمَرَكُمْ فِيهَا فَاسْتَغْفِرُوهُ ثُمَّ تُوبُوا إِلَيْهِ ۚ إِنَّ رَبِّي قَرِيبٌ مُجِيبٌ [11:61]

६१) र ‘‘समूद’’ को समुदायतिर तिनीहरूको भाइ ‘‘सालेहलाई’’ (पठायौं) त उनले भनेः ‘‘हे मेरो कौमका मानिसहरू ! तिमी अल्लाहकै पूजा गर उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन, उसैले धर्तीबाट तिम्रो उत्पात गर्यो र त्यसैमा स्थापित गर्यो, तसर्थ ऊसित क्षमायाचना गर र उसको अगाडि प्रायश्चित गर । निःसन्देह मेरो पालनकर्ता नजिक पनि छ र (प्रार्थनालाई) स्वीकार गर्नेवाला (पनि) छ ।’’

### الآية 11:62

> ﻿قَالُوا يَا صَالِحُ قَدْ كُنْتَ فِينَا مَرْجُوًّا قَبْلَ هَٰذَا ۖ أَتَنْهَانَا أَنْ نَعْبُدَ مَا يَعْبُدُ آبَاؤُنَا وَإِنَّنَا لَفِي شَكٍّ مِمَّا تَدْعُونَا إِلَيْهِ مُرِيبٍ [11:62]

६२) तिनीहरूले भनेः हे ‘‘सालेह’’ ! यसभन्दा अगाडि हामीले तिमीबाट धेरै आशा गर्दथ्यौं । के तिमीले हामीलाई ती कुराहरूको पूजाबाट मनाही गर्दछौ, जुन हाम्रा पूर्वजहरूले गर्दै आएका हुन् ? र जुन कुरातिर तिमीले हामीलाई आह्वान गर्दछौ, यसमा हामीलाई गम्भीर शंका छ ।’’

### الآية 11:63

> ﻿قَالَ يَا قَوْمِ أَرَأَيْتُمْ إِنْ كُنْتُ عَلَىٰ بَيِّنَةٍ مِنْ رَبِّي وَآتَانِي مِنْهُ رَحْمَةً فَمَنْ يَنْصُرُنِي مِنَ اللَّهِ إِنْ عَصَيْتُهُ ۖ فَمَا تَزِيدُونَنِي غَيْرَ تَخْسِيرٍ [11:63]

६३) सालेहले भनेः ‘‘हे मेरो कौम ! यस कुरातिर विचार गर कि यदि मसँग आफ्नो पालनकर्ताको स्पष्ट प्रमाण छ र उसले मलाई आफ्नो तर्फबाट रहमत प्रदान गरेको छ, र फेरि मैले अल्लाहको आदेश उल्लंघन गरें भने उसको अगाडि कसले मेरो सहायता गर्नेछ ? तिमीले त मेरो हानिमा वृद्धि गरिरहेका छौ ।’’

### الآية 11:64

> ﻿وَيَا قَوْمِ هَٰذِهِ نَاقَةُ اللَّهِ لَكُمْ آيَةً فَذَرُوهَا تَأْكُلْ فِي أَرْضِ اللَّهِ وَلَا تَمَسُّوهَا بِسُوءٍ فَيَأْخُذَكُمْ عَذَابٌ قَرِيبٌ [11:64]

६४) र हे मेरो समुदायका मानिसहरू ! यो अल्लाहको ऊँटनी तिम्रो निम्ति पठाइएको एउटा चमत्कार हो तसर्थ यसलाई छाडिदेऊ, ताकि अल्लाहको पृथ्वीमा चरोस् र त्यसलाई कुनै प्रकारको दुःख नदिनु, अन्यथा तिमीलाई शीघ्र नै सजाय आइसमात्ने छ ।

### الآية 11:65

> ﻿فَعَقَرُوهَا فَقَالَ تَمَتَّعُوا فِي دَارِكُمْ ثَلَاثَةَ أَيَّامٍ ۖ ذَٰلِكَ وَعْدٌ غَيْرُ مَكْذُوبٍ [11:65]

६५) तैपनि तिनीहरूले त्यसको घँुडाको नसा काटेर मारिहाले, अनि सालेहले भनेः ‘‘कि आफ्ना घरहरूमा तीन दिनसम्म आनन्द लिइहाल । (त्यसपछि तिम्रो अन्त हुनेछ) यो वचन असत्य होइन ।’’

### الآية 11:66

> ﻿فَلَمَّا جَاءَ أَمْرُنَا نَجَّيْنَا صَالِحًا وَالَّذِينَ آمَنُوا مَعَهُ بِرَحْمَةٍ مِنَّا وَمِنْ خِزْيِ يَوْمِئِذٍ ۗ إِنَّ رَبَّكَ هُوَ الْقَوِيُّ الْعَزِيزُ [11:66]

६६) फेरि जब हाम्रो आदेश आइहाल्यो तब हामीले सालेह र उनको साथमा ईमान ल्याएकाहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र त्यस दिनको तिरस्कारबाट पनि । निःसन्देह तिम्रो पालनकर्ता एकदम बलियो र सर्वशक्तिमान छ ।

### الآية 11:67

> ﻿وَأَخَذَ الَّذِينَ ظَلَمُوا الصَّيْحَةُ فَأَصْبَحُوا فِي دِيَارِهِمْ جَاثِمِينَ [11:67]

६७) र अत्याचारीहरूलाई शक्तिशाली विस्फोटले समातिहाल्यो अनि तिनी आफ्नै घरहरूमा घोप्टो परिरहे ।

### الآية 11:68

> ﻿كَأَنْ لَمْ يَغْنَوْا فِيهَا ۗ أَلَا إِنَّ ثَمُودَ كَفَرُوا رَبَّهُمْ ۗ أَلَا بُعْدًا لِثَمُودَ [11:68]

६८) यसरी जस्तो कि तिनीहरू कहिल्यै त्यसमा बसेकै थिएनन् । सुनिराखः ‘‘कि समूद समुदायले आफ्नो पालनकर्तालाई इन्कार गरे ।’’ सुनिराखः कि समूदजाति तिरस्कृत भए ।’’

### الآية 11:69

> ﻿وَلَقَدْ جَاءَتْ رُسُلُنَا إِبْرَاهِيمَ بِالْبُشْرَىٰ قَالُوا سَلَامًا ۖ قَالَ سَلَامٌ ۖ فَمَا لَبِثَ أَنْ جَاءَ بِعِجْلٍ حَنِيذٍ [11:69]

६९) र हाम्रा फरिश्ताहरू इब्राहीमको सामु शुभसन्देश लिएर पुगे र ‘‘सलाम’’ भने उनले पनि जवाफमा ‘‘सलाम’’ भने । र एकछिन पनि बित्न नपाउँदै इब्राहीमले एउटा पोलिएको बाछो ल्याए ।

### الآية 11:70

> ﻿فَلَمَّا رَأَىٰ أَيْدِيَهُمْ لَا تَصِلُ إِلَيْهِ نَكِرَهُمْ وَأَوْجَسَ مِنْهُمْ خِيفَةً ۚ قَالُوا لَا تَخَفْ إِنَّا أُرْسِلْنَا إِلَىٰ قَوْمِ لُوطٍ [11:70]

७०) तर जब उनले देखे कि तिनीहरूका हात अगाडि बढिराखेका छैनन् त उनले तिनीहरूलाई अपरिचित ठानेर मनमा डरको अनुभव गर्न लागे । (स्वर्गदूतले) भने कि नडर्नुस्, हामी त ‘‘लूतको’’ कौमतिर पठाइएका हौं ।

### الآية 11:71

> ﻿وَامْرَأَتُهُ قَائِمَةٌ فَضَحِكَتْ فَبَشَّرْنَاهَا بِإِسْحَاقَ وَمِنْ وَرَاءِ إِسْحَاقَ يَعْقُوبَ [11:71]

७१) र उनको (इब्राहीमकी) श्रीमती (नजिकै) उभेकी थिइन् हाँस्न थालिन्, त हामीले तिनलाई इस्हाकको र इस्हाकपछि यअ्कूबको (जन्महुने) शुभसमाचार दियौं ।

### الآية 11:72

> ﻿قَالَتْ يَا وَيْلَتَىٰ أَأَلِدُ وَأَنَا عَجُوزٌ وَهَٰذَا بَعْلِي شَيْخًا ۖ إِنَّ هَٰذَا لَشَيْءٌ عَجِيبٌ [11:72]

७२) तिनले भनिन्ः मलाई अफसोचको कुरा छ ! के मैले बच्चा जन्म दिनेछु ? म त बृद्धा हूँ र यिनी मेरो पति पनि बृद्ध छन् । यो त साह्रै आश्चर्य लाग्दो कुरा हो ।

### الآية 11:73

> ﻿قَالُوا أَتَعْجَبِينَ مِنْ أَمْرِ اللَّهِ ۖ رَحْمَتُ اللَّهِ وَبَرَكَاتُهُ عَلَيْكُمْ أَهْلَ الْبَيْتِ ۚ إِنَّهُ حَمِيدٌ مَجِيدٌ [11:73]

७३) तिनीहरूले भनेः, ‘‘के तिमीलाई अल्लाहको इच्छामा आश्चर्य लाग्दछ ?’’ हे यस घरका मानिसहरू ! तिमीमाथि अल्लाहको कृपा र उसका वरदानहरू छन् । त्यो प्रशंसाको योग्य र गौरवपूर्ण छ ।

### الآية 11:74

> ﻿فَلَمَّا ذَهَبَ عَنْ إِبْرَاهِيمَ الرَّوْعُ وَجَاءَتْهُ الْبُشْرَىٰ يُجَادِلُنَا فِي قَوْمِ لُوطٍ [11:74]

७४) जब इब्राहीमको हृदयबाट डर समाप्त भयो र उनलाई शुभसन्देश पनि प्राप्त भइहाल्यो त ‘‘लूतको’’ कौमको बारेमा हामीसित कुराकानी गर्नथाले ।

### الآية 11:75

> ﻿إِنَّ إِبْرَاهِيمَ لَحَلِيمٌ أَوَّاهٌ مُنِيبٌ [11:75]

७५) निःसन्देह इब्राहीम निकै धैर्यधारी, दयावान र (अल्लाहतर्फ) अति झुक्नेवाला थिए ।

### الآية 11:76

> ﻿يَا إِبْرَاهِيمُ أَعْرِضْ عَنْ هَٰذَا ۖ إِنَّهُ قَدْ جَاءَ أَمْرُ رَبِّكَ ۖ وَإِنَّهُمْ آتِيهِمْ عَذَابٌ غَيْرُ مَرْدُودٍ [11:76]

७६) हे इब्राहीम यस कुरामा नलाग । तिम्रो पालनकर्ताको आदेश आइपुगेको छ । र निःसन्देह तिनीहरूमाथि नहट्ने दण्ड आउनेछ ।

### الآية 11:77

> ﻿وَلَمَّا جَاءَتْ رُسُلُنَا لُوطًا سِيءَ بِهِمْ وَضَاقَ بِهِمْ ذَرْعًا وَقَالَ هَٰذَا يَوْمٌ عَصِيبٌ [11:77]

७७) जब हाम्रा फरिश्ताहरू (स्वर्गदूतहरू) ‘‘लूतको’’ छेउमा पुगे त उनी त्यसबाट धेरै दुःखी भए र मनैमनमा असजिलो मान्दै भन्न थाले कि आजको दिन बडो गाह्रो दिन छ ।

### الآية 11:78

> ﻿وَجَاءَهُ قَوْمُهُ يُهْرَعُونَ إِلَيْهِ وَمِنْ قَبْلُ كَانُوا يَعْمَلُونَ السَّيِّئَاتِ ۚ قَالَ يَا قَوْمِ هَٰؤُلَاءِ بَنَاتِي هُنَّ أَطْهَرُ لَكُمْ ۖ فَاتَّقُوا اللَّهَ وَلَا تُخْزُونِ فِي ضَيْفِي ۖ أَلَيْسَ مِنْكُمْ رَجُلٌ رَشِيدٌ [11:78]

७८) र लूतको कौमका मानिसहरू उनीतर्फ दौडेर आए । र यिनीहरू अघि देखिनै अश्लीलकर्म गर्ने गर्थे । लूतले भनेः ‘‘कि हे मेरो कौमका मानिसहरू यी मेरो छोरीहरू हुन् जो तिम्रा निम्ति पवित्र छिन्, तसर्थ अल्लाहसित डर र मेरा पाहुनाहरूको बारेमा मलाई अपमानित नगर । के तिमीहरूमध्ये कोही पनि भलो मान्छे छैन ?

### الآية 11:79

> ﻿قَالُوا لَقَدْ عَلِمْتَ مَا لَنَا فِي بَنَاتِكَ مِنْ حَقٍّ وَإِنَّكَ لَتَعْلَمُ مَا نُرِيدُ [11:79]

७९) तिनीहरूले भनेः, ‘‘तिमीलाई राम्ररी थाहा छ कि हामीलाई तिम्रो छोरीहरूको कुनै हक–अधिकार छैन, र जुन हाम्रो वास्तविक उद्देश्य छ त्यससित तिमी राम्ररी अवगत छौ ।’’

### الآية 11:80

> ﻿قَالَ لَوْ أَنَّ لِي بِكُمْ قُوَّةً أَوْ آوِي إِلَىٰ رُكْنٍ شَدِيدٍ [11:80]

८०) लूतले भनेः काश ! ममा तिमीसँग मुकाबिला गर्ने शक्ति भइदिए अथवा मैले कुनै बलियोको शरणमा भइदिएको भए (राम्रो हुने थियो) ।

### الآية 11:81

> ﻿قَالُوا يَا لُوطُ إِنَّا رُسُلُ رَبِّكَ لَنْ يَصِلُوا إِلَيْكَ ۖ فَأَسْرِ بِأَهْلِكَ بِقِطْعٍ مِنَ اللَّيْلِ وَلَا يَلْتَفِتْ مِنْكُمْ أَحَدٌ إِلَّا امْرَأَتَكَ ۖ إِنَّهُ مُصِيبُهَا مَا أَصَابَهُمْ ۚ إِنَّ مَوْعِدَهُمُ الصُّبْحُ ۚ أَلَيْسَ الصُّبْحُ بِقَرِيبٍ [11:81]

८१) अब फरिश्ताहरूले भनेः ‘‘हे लूत ! हामी तिम्रो पालनकर्ताले पठाएका फरिश्ताहरू हौं । यी मानिसहरू कहिल्यै पनि तिम्रो समीपमा पुग्न सक्ने छैनन्, तसर्थ रातको केही भाग बाँकी रहँदा तिम्रो स्वास्नी बाहेक, आफ्ना घरवालालाई लिएर बाहिर निस्किहाल, र तिमीमध्ये कुनै पनि व्यक्तिले, पछाडितिर नहेर्नु । किन भने यसलाई पनि त्यही आउनेवाला छ जो यी सबैसम्म पुग्ने छ । यिनको (अजाबको) निर्धारित समय प्रातः हो र के प्रातः नजिक छैन ?’’

### الآية 11:82

> ﻿فَلَمَّا جَاءَ أَمْرُنَا جَعَلْنَا عَالِيَهَا سَافِلَهَا وَأَمْطَرْنَا عَلَيْهَا حِجَارَةً مِنْ سِجِّيلٍ مَنْضُودٍ [11:82]

८२) तसर्थ जब हाम्रो आदेश आयो, त हामीले त्यस बस्तीलाई, माथिको भाग तल गरिदियौ, र तिनीहरूमाथि पत्र–पत्र गरी ढुङ्गा बर्सायौं ।

### الآية 11:83

> ﻿مُسَوَّمَةً عِنْدَ رَبِّكَ ۖ وَمَا هِيَ مِنَ الظَّالِمِينَ بِبَعِيدٍ [11:83]

८३) ती सबै ढुङ्गामाथि तिम्रो पालनकर्ताको तर्फबाट निशान लगाइएको थियो र त्यो (शहर मक्काको) अत्याचारीहरूबाट केही टाढा पनि छैन ।

### الآية 11:84

> ﻿۞ وَإِلَىٰ مَدْيَنَ أَخَاهُمْ شُعَيْبًا ۚ قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ ۖ وَلَا تَنْقُصُوا الْمِكْيَالَ وَالْمِيزَانَ ۚ إِنِّي أَرَاكُمْ بِخَيْرٍ وَإِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ مُحِيطٍ [11:84]

८४) र मदयनतिर उनको भाइ ‘‘शुऐबलाई’’ पठायौं, त उनले भनेः ‘‘हे मेरो समुदाय ! अल्लाहकै उपासना गर, उस बाहेक अरु कोही सत्य पूजनीय छैन । र नाप तौलमा पनि कमी नगर । मैले त तिमीलाई समृद्ध देख्दछु र मलाई तिम्रो बारेमा एउटा यस्तो दिनको सजायको भय छ जुन तिमीलाई आएर घेरिहाल्छ ।’’

### الآية 11:85

> ﻿وَيَا قَوْمِ أَوْفُوا الْمِكْيَالَ وَالْمِيزَانَ بِالْقِسْطِ ۖ وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ [11:85]

८५) र हे मेरो कौम ! नाप र तौल न्यायपूर्णरूपले गर्दैगर र मानिसहरूलाई तिनीहरूको कुराहरूमा कमी नगर र पृथ्वीमा उपद्रव र उत्पात नमचाऊ ।

### الآية 11:86

> ﻿بَقِيَّتُ اللَّهِ خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ مُؤْمِنِينَ ۚ وَمَا أَنَا عَلَيْكُمْ بِحَفِيظٍ [11:86]

८६) अल्लाहद्धारा हलाल भनिएको जे छ तिम्रो लागि धेरै राम्रो छ, यदि तिमी ईमानवाला हौ । र म तिमीमाथि संरक्षक होइन ।

### الآية 11:87

> ﻿قَالُوا يَا شُعَيْبُ أَصَلَاتُكَ تَأْمُرُكَ أَنْ نَتْرُكَ مَا يَعْبُدُ آبَاؤُنَا أَوْ أَنْ نَفْعَلَ فِي أَمْوَالِنَا مَا نَشَاءُ ۖ إِنَّكَ لَأَنْتَ الْحَلِيمُ الرَّشِيدُ [11:87]

८७) तिनीहरूले जवाफ दिए हे शुऐब ! ‘‘के तिम्रो नमाजले तिमीलाई यो आदेश दिन्छ कि जसलाई हाम्रा पूर्वजहरूले पूज्दै आएका छन्, हामीले तिनलाई छडिदिऔं, र आफ्नो सम्पत्तिबाट जुन काम हामी लिन चाहन्छौ त्यो गर्न पनि छडिदिऔं, । तिमी त साह्रै कोमल हृदयका र सत्यनिष्ठ मानिस हौ ।’’

### الآية 11:88

> ﻿قَالَ يَا قَوْمِ أَرَأَيْتُمْ إِنْ كُنْتُ عَلَىٰ بَيِّنَةٍ مِنْ رَبِّي وَرَزَقَنِي مِنْهُ رِزْقًا حَسَنًا ۚ وَمَا أُرِيدُ أَنْ أُخَالِفَكُمْ إِلَىٰ مَا أَنْهَاكُمْ عَنْهُ ۚ إِنْ أُرِيدُ إِلَّا الْإِصْلَاحَ مَا اسْتَطَعْتُ ۚ وَمَا تَوْفِيقِي إِلَّا بِاللَّهِ ۚ عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ أُنِيبُ [11:88]

८८) उनले भनेः ‘‘कि हे मेरो कौम ! हेर, त यदि मसँग आफ्नो पालनकर्ताबाट स्पष्ट प्रमाण प्राप्त छ भने, र उसले मलाई आफ्नो तर्फबाट पवित्र जीविका दिएको छ । र म चाहन्न कि जुन कुरोबाट तिमीलाई मनाही गर्छु स्वयम् मैले नै त्यो गर्न थालूँ । मत जहाँसम्म हुनसक्छ (तिम्रो) सुधार चाहन्छु । र मेरो क्षमता अल्लाहकै कृपाले छ, म उसैमाथि भरोसा राख्दछु र उसैतिर प्रवृत्त हुन्छु ।’’

### الآية 11:89

> ﻿وَيَا قَوْمِ لَا يَجْرِمَنَّكُمْ شِقَاقِي أَنْ يُصِيبَكُمْ مِثْلُ مَا أَصَابَ قَوْمَ نُوحٍ أَوْ قَوْمَ هُودٍ أَوْ قَوْمَ صَالِحٍ ۚ وَمَا قَوْمُ لُوطٍ مِنْكُمْ بِبَعِيدٍ [11:89]

८९) र हे मेरो कौमका मानिसहरू ! कतै मेरो विरोध तिमीलाई त्यस्तो सजायको हकदार नबनाओस् जुन नूहको कौम वा हूदको कौम वा सालेहको कौमलाई भएको थियो । र लूतको कौम त तिमीबाट केही टाढा छैन ।

### الآية 11:90

> ﻿وَاسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ ۚ إِنَّ رَبِّي رَحِيمٌ وَدُودٌ [11:90]

९०) तिमी आफ्नो पालनकर्तासित क्षमा माँग र उसको अगाडि प्रायश्चित गर । निश्चितरूपमा मेरो पालनकर्ता दयावान (र) माया गर्नेवाला छ ।

### الآية 11:91

> ﻿قَالُوا يَا شُعَيْبُ مَا نَفْقَهُ كَثِيرًا مِمَّا تَقُولُ وَإِنَّا لَنَرَاكَ فِينَا ضَعِيفًا ۖ وَلَوْلَا رَهْطُكَ لَرَجَمْنَاكَ ۖ وَمَا أَنْتَ عَلَيْنَا بِعَزِيزٍ [11:91]

९१) तिनीहरूले भनेः हे शुऐब ! तिम्रा धेरै जसो कुराहरू हामीले बुझ्दैनौं र हामीले देख्दछौ तिमी धेरै कमजोर पनि छौ, र यदि तिम्रो खानदानको ख्याल नभएको भए हामीले तिमीलाई ढुङ्गा हानेर नष्ट पारिदिन्थ्यौं, र तिमीलाई हामीविरुद्घ शक्ति पनि छैन ।

### الآية 11:92

> ﻿قَالَ يَا قَوْمِ أَرَهْطِي أَعَزُّ عَلَيْكُمْ مِنَ اللَّهِ وَاتَّخَذْتُمُوهُ وَرَاءَكُمْ ظِهْرِيًّا ۖ إِنَّ رَبِّي بِمَا تَعْمَلُونَ مُحِيطٌ [11:92]

९२) उनले भनेः कि ‘‘हे मेरो कौमका मानिसहरू ! के मेरो दाजुभाइहरूको सम्मान तिम्रो लागि अल्लाहभन्दा धेरै छ, र यसकारण तिमीले उसलाई आफ्नो पछाडि राखेका छौ । निःसन्देह मेरो पालनकर्ताले त तिम्रा सम्पूर्ण क्रियाकलापलाई घेरेको छ ।’’

### الآية 11:93

> ﻿وَيَا قَوْمِ اعْمَلُوا عَلَىٰ مَكَانَتِكُمْ إِنِّي عَامِلٌ ۖ سَوْفَ تَعْلَمُونَ مَنْ يَأْتِيهِ عَذَابٌ يُخْزِيهِ وَمَنْ هُوَ كَاذِبٌ ۖ وَارْتَقِبُوا إِنِّي مَعَكُمْ رَقِيبٌ [11:93]

९३) र हे मेरो कौमका मानिसहरू तिमी आफ्नो ठाउँमा काम गर्दै जाऊ, म (आफ्नो ठाउँमा) गर्दै जान्छु । तिमीलाई छिट्टै थाहा भइहाल्नेछ कि तिरस्कारपूर्ण सजाय कसमाथि आउँछ र झूठा को छ ? तिमी प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्छु ।

### الآية 11:94

> ﻿وَلَمَّا جَاءَ أَمْرُنَا نَجَّيْنَا شُعَيْبًا وَالَّذِينَ آمَنُوا مَعَهُ بِرَحْمَةٍ مِنَّا وَأَخَذَتِ الَّذِينَ ظَلَمُوا الصَّيْحَةُ فَأَصْبَحُوا فِي دِيَارِهِمْ جَاثِمِينَ [11:94]

९४) र जब हाम्रो सजाय आईपुग्यो, त हामीले ‘‘शुऐबलाई’’ र ती मानिसहरू जसले उनको साथमा ईमान लाएका थिए, आफ्नो कृपाले बचाइहाल्यौं र जो अत्याचारी थिए तिनलाई प्रचन्ड विस्फोटनले आफ्नो चपेटामा लिइहाल्यो, जसलेगर्दा तिनीहरू आफ्नो घरमा लम्पसार परिहाले ।

### الآية 11:95

> ﻿كَأَنْ لَمْ يَغْنَوْا فِيهَا ۗ أَلَا بُعْدًا لِمَدْيَنَ كَمَا بَعِدَتْ ثَمُودُ [11:95]

९५) यस्तो कि त्यसमा कहिल्यै बसेकै थिएनन् । जानिराखः कि ‘‘मदयन’’ माथि त्यस्तै तिरस्कार छ, जुन प्रकारको तिरस्कार ‘‘समूद’’ माथि थियो ।

### الآية 11:96

> ﻿وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ [11:96]

९६) र निःसन्देह हामीले मूसालाई आफ्ना निशानीहरू र स्पष्ट प्रमाण दिएर पठाएका थियौं ।

### الآية 11:97

> ﻿إِلَىٰ فِرْعَوْنَ وَمَلَئِهِ فَاتَّبَعُوا أَمْرَ فِرْعَوْنَ ۖ وَمَا أَمْرُ فِرْعَوْنَ بِرَشِيدٍ [11:97]

९७) फिरऔन र उसका नायकहरूतिर, तर तिनीहरूले फिरऔनकै आदेशलाई माने, र फिरऔनको कुनै आदेश ठीक थिएन ।

### الآية 11:98

> ﻿يَقْدُمُ قَوْمَهُ يَوْمَ الْقِيَامَةِ فَأَوْرَدَهُمُ النَّارَ ۖ وَبِئْسَ الْوِرْدُ الْمَوْرُودُ [11:98]

९८) उसले कियामतको दिन आफ्नो कौमको अघि–अघि हिंडेर तिनीहरूलाई नर्कमा लग्नेछ, र जुन ठाउँमा तिनीहरू लगिनेछन् त्यो अत्यन्तै नराम्रो छ ।

### الآية 11:99

> ﻿وَأُتْبِعُوا فِي هَٰذِهِ لَعْنَةً وَيَوْمَ الْقِيَامَةِ ۚ بِئْسَ الرِّفْدُ الْمَرْفُودُ [11:99]

९९) यिनीहरूलाई त यस संसारमा पनि तिरस्कार छ, र कियामतको दिन पनि । उनलाई नराम्रो पुरस्कार प्राप्त हुनेछ ।

### الآية 11:100

> ﻿ذَٰلِكَ مِنْ أَنْبَاءِ الْقُرَىٰ نَقُصُّهُ عَلَيْكَ ۖ مِنْهَا قَائِمٌ وَحَصِيدٌ [11:100]

१००) यी (पुराना) बस्तीहरूका संक्षिप्त वर्णनहरू हुन्, जुन हामीले तिमीसित वर्णन गर्दछौं यीमध्ये केही बाँकी छन् र केही तहस–नहस भइहाले ।

### الآية 11:101

> ﻿وَمَا ظَلَمْنَاهُمْ وَلَٰكِنْ ظَلَمُوا أَنْفُسَهُمْ ۖ فَمَا أَغْنَتْ عَنْهُمْ آلِهَتُهُمُ الَّتِي يَدْعُونَ مِنْ دُونِ اللَّهِ مِنْ شَيْءٍ لَمَّا جَاءَ أَمْرُ رَبِّكَ ۖ وَمَا زَادُوهُمْ غَيْرَ تَتْبِيبٍ [11:101]

१०१) र हामीले तिनीहरूमाथि कुनै अत्याचार गरेका होइनौं बरु तिनीहरूले आफै आफूमाथि अत्याचार गरेका हुन्, जब तिम्रो पालनकर्ताको आदेश आइपुग्यो त जुन देवताहरूलाई तिनीहरूले अल्लाह बाहेक पुकार्दथे तिनीहरू उनीहरूको कुनै पनि काम आएनन् । अपितु उनीहरूको नोक्सानी नै बढाइदिए ।

### الآية 11:102

> ﻿وَكَذَٰلِكَ أَخْذُ رَبِّكَ إِذَا أَخَذَ الْقُرَىٰ وَهِيَ ظَالِمَةٌ ۚ إِنَّ أَخْذَهُ أَلِيمٌ شَدِيدٌ [11:102]

१०२) तिम्रो पालनकर्ताले जब उल्लंघन गर्ने बस्तीहरूलाई समात्छ त उसको पकड यसै प्रकारको हुन्छ । निःसन्देह उसको पकड कष्टदायक (र) कठोर छ ।

### الآية 11:103

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَةً لِمَنْ خَافَ عَذَابَ الْآخِرَةِ ۚ ذَٰلِكَ يَوْمٌ مَجْمُوعٌ لَهُ النَّاسُ وَذَٰلِكَ يَوْمٌ مَشْهُودٌ [11:103]

१०३) निःसन्देह यसमा ती व्यक्तिहरूको निम्ति, जो कि आखिरतको दिन सजायसित डराउँछन् एउटा पाठ छ । यो त्यो दिन हुनेछ जसमा सबै मानिसहरू एकत्रित गरिनेछन् र यहि त्यो दिन हुनेछ जसमा सबै (हिसाब–किताबको लागि) उपस्थित गरिनेछन् ।

### الآية 11:104

> ﻿وَمَا نُؤَخِّرُهُ إِلَّا لِأَجَلٍ مَعْدُودٍ [11:104]

१०४) र हामीले त्यसलाई ल्याउनमा निर्धारित समयसम्म विलम्ब गरिराखेका छौ ।

### الآية 11:105

> ﻿يَوْمَ يَأْتِ لَا تَكَلَّمُ نَفْسٌ إِلَّا بِإِذْنِهِ ۚ فَمِنْهُمْ شَقِيٌّ وَسَعِيدٌ [11:105]

१०५) जुन समय त्यो दिन आउनेछ, कुनै व्यक्ति अल्लाहको आदेशबिना बोल्न पनि सक्ने छैन । अनि तिनीहरूमा केही अभागी हुनेछन् र केही भाग्यवान ।

### الآية 11:106

> ﻿فَأَمَّا الَّذِينَ شَقُوا فَفِي النَّارِ لَهُمْ فِيهَا زَفِيرٌ وَشَهِيقٌ [11:106]

१०६) त जो अभागी हुनेछन् तिनीहरू नर्कमा हालिनेछन् त्यसमा उनीहरू विलाप गर्नेछन् र कराउन्छन् ।

### الآية 11:107

> ﻿خَالِدِينَ فِيهَا مَا دَامَتِ السَّمَاوَاتُ وَالْأَرْضُ إِلَّا مَا شَاءَ رَبُّكَ ۚ إِنَّ رَبَّكَ فَعَّالٌ لِمَا يُرِيدُ [11:107]

१०७) (र) जबसम्म आकाश र पृथ्वी छन् तिनीहरू सधैं त्यसमा रहनेछन् तर जति तिम्रो पालनकर्ताले चाहन्छ त्यति बाहेक । निःसन्देह तिम्रो पालनकर्ताले जे चाहन्छ त्यो गरिहाल्छ ।

### الآية 11:108

> ﻿۞ وَأَمَّا الَّذِينَ سُعِدُوا فَفِي الْجَنَّةِ خَالِدِينَ فِيهَا مَا دَامَتِ السَّمَاوَاتُ وَالْأَرْضُ إِلَّا مَا شَاءَ رَبُّكَ ۖ عَطَاءً غَيْرَ مَجْذُوذٍ [11:108]

१०८) र जो वरदानप्राप्त हुनेछन्, तिनीहरू स्वर्गमा हुनेछन् जबसम्म आकाश र पृथ्वी छन् सधैं यसैमा रहनेछन्, तर जति तिम्रो पालनकर्ताको इच्छा हुन्छ । यो पुरस्कार हो जुनकि कहिल्यै समाप्त हुनेछैन ।

### الآية 11:109

> ﻿فَلَا تَكُ فِي مِرْيَةٍ مِمَّا يَعْبُدُ هَٰؤُلَاءِ ۚ مَا يَعْبُدُونَ إِلَّا كَمَا يَعْبُدُ آبَاؤُهُمْ مِنْ قَبْلُ ۚ وَإِنَّا لَمُوَفُّوهُمْ نَصِيبَهُمْ غَيْرَ مَنْقُوصٍ [11:109]

१०९) यसर्थ तपाई यस्ता कुराहरूबाट कुनै शंकामा नपर्नुस यी मानिसहरू जसको पूजा गर्दछन्, यिनीहरूले यसै प्रकारले पूजा गर्दछन्, जुन प्रकारले पहिला यिनका पूर्वजहरूले गर्दै आएका छन् । र हामी तिनीहरूलाई तिनीहरूको भाग पूर्णरूपले केही नघटाई नबढाई दिनेवाला छौं ।

### الآية 11:110

> ﻿وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ فَاخْتُلِفَ فِيهِ ۚ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَبِّكَ لَقُضِيَ بَيْنَهُمْ ۚ وَإِنَّهُمْ لَفِي شَكٍّ مِنْهُ مُرِيبٍ [11:110]

११०) र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं, तब त्यसमा विवाद गरियो र यदि तिम्रो पालनकर्ताको तर्फबाट एउटा कुरा अघिनै नभइसकेको भए तिनीहरूको बीचमा नै निर्णय गरिहालिन्थ्यो र तिनीहरू त यसमा ठूलो शंकामा परेका छन् ।

### الآية 11:111

> ﻿وَإِنَّ كُلًّا لَمَّا لَيُوَفِّيَنَّهُمْ رَبُّكَ أَعْمَالَهُمْ ۚ إِنَّهُ بِمَا يَعْمَلُونَ خَبِيرٌ [11:111]

१११) निःसन्देह प्रत्येकले जब उनको सामु जानेछ तब तपाईको पालनकर्ताले सबैलाई तिनीहरूको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिनेछ । निःसन्देह जुन क्रियाकलाप यिनले गर्दछन् ऊ त्यसलाई जान्दछ ।

### الآية 11:112

> ﻿فَاسْتَقِمْ كَمَا أُمِرْتَ وَمَنْ تَابَ مَعَكَ وَلَا تَطْغَوْا ۚ إِنَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ [11:112]

११२) तसर्थ (हे पैगम्बर !) तपाईलाई जस्तो आदेश दिइएकोछ तपाई र तपाईको साथ प्रायश्चित गरिसकेका मानिसहरूले दृढ रहनु, र सीमाभन्दा अगाडि नजाऊ, उसले तिम्रा सारा क्रियाकलाप देखिराखेको छ ।

### الآية 11:113

> ﻿وَلَا تَرْكَنُوا إِلَى الَّذِينَ ظَلَمُوا فَتَمَسَّكُمُ النَّارُ وَمَا لَكُمْ مِنْ دُونِ اللَّهِ مِنْ أَوْلِيَاءَ ثُمَّ لَا تُنْصَرُونَ [11:113]

११३) हेर जो अत्याचारीहरू छन् उनीहरूतिर कदापि प्रवृत्त नहोऊ, नत्र नर्कको आगोले तिमीलाई पनि समातिहाल्छ, र अल्लाह बाहेक तिम्रो कोही संरक्षक छैन र कोहीबाट मद्दत प्राप्त हुनसक्ने छैन ।

### الآية 11:114

> ﻿وَأَقِمِ الصَّلَاةَ طَرَفَيِ النَّهَارِ وَزُلَفًا مِنَ اللَّيْلِ ۚ إِنَّ الْحَسَنَاتِ يُذْهِبْنَ السَّيِّئَاتِ ۚ ذَٰلِكَ ذِكْرَىٰ لِلذَّاكِرِينَ [11:114]

११४) दिनको दुवै भागमा (प्रातः र सन्ध्या) नमाज पढ्ने गर, र रातीको केही बेलामा पनि । निःसन्देह सत्कर्महरूले गुनाहहरूलाई खतम पारिदिन्छन् । यो तिनीहरूको निम्ति पाठ हो जो पाठ स्वीकार गर्नेवाला छन् ।

### الآية 11:115

> ﻿وَاصْبِرْ فَإِنَّ اللَّهَ لَا يُضِيعُ أَجْرَ الْمُحْسِنِينَ [11:115]

११५) तपाईले धैर्यधारण गरिराख्नुस् निश्चय नै अल्लाह सत्कर्मीहरूको प्रतिफल खेर फाल्दैन ।

### الآية 11:116

> ﻿فَلَوْلَا كَانَ مِنَ الْقُرُونِ مِنْ قَبْلِكُمْ أُولُو بَقِيَّةٍ يَنْهَوْنَ عَنِ الْفَسَادِ فِي الْأَرْضِ إِلَّا قَلِيلًا مِمَّنْ أَنْجَيْنَا مِنْهُمْ ۗ وَاتَّبَعَ الَّذِينَ ظَلَمُوا مَا أُتْرِفُوا فِيهِ وَكَانُوا مُجْرِمِينَ [11:116]

११६) तसर्थ जुन कौम तिमीभन्दा अघि बितिसकेका छन्, तिनीहरूमा यस्ता बुद्धिमानी किन भएनन्, जसले कि मुलुकमा उपद्रव हुनबाट रोक्दथे, हो, केही (थिए), जसलाई हामीले तिनीहरूमध्येबाट बचायौं र जो अत्याचारी थिए, यिनै कुराको पछाडि लागिरहे, जसमा कि तिनीहरूलाई आनन्द र विलासिता दिइएको थियो, र तिनीहरू अपराधी थिए ।

### الآية 11:117

> ﻿وَمَا كَانَ رَبُّكَ لِيُهْلِكَ الْقُرَىٰ بِظُلْمٍ وَأَهْلُهَا مُصْلِحُونَ [11:117]

११७) र तिम्रो पालनकर्ता यस्तो छैन कि, कुनै बस्तीलाई अकारण नष्ट गरिहालोस्, जब कि त्यहाँका बासिन्दाहरू सुकर्ममा लागिरहुन् ।

### الآية 11:118

> ﻿وَلَوْ شَاءَ رَبُّكَ لَجَعَلَ النَّاسَ أُمَّةً وَاحِدَةً ۖ وَلَا يَزَالُونَ مُخْتَلِفِينَ [11:118]

११८) यदि तिम्रो पालनकर्ताले चाहेको भए थुप्रै मानिसहरूलाई एउटै बाटोमा एउटै समूह बनाउने थियो तर तिनीहरूले सँधै विवाद गरिराख्ने नै छन् ।

### الآية 11:119

> ﻿إِلَّا مَنْ رَحِمَ رَبُّكَ ۚ وَلِذَٰلِكَ خَلَقَهُمْ ۗ وَتَمَّتْ كَلِمَةُ رَبِّكَ لَأَمْلَأَنَّ جَهَنَّمَ مِنَ الْجِنَّةِ وَالنَّاسِ أَجْمَعِينَ [11:119]

११९) तर ती बाहेक जसमाथि तपाईको पालनकर्ताले कृपा गरोस् र यसैले उसले यिनीहरूलाई सृष्टि गरेको छ, र तिम्रो पालनकर्ताको यो वचन पूरा भइसकेको छ, कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।

### الآية 11:120

> ﻿وَكُلًّا نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَاءِ الرُّسُلِ مَا نُثَبِّتُ بِهِ فُؤَادَكَ ۚ وَجَاءَكَ فِي هَٰذِهِ الْحَقُّ وَمَوْعِظَةٌ وَذِكْرَىٰ لِلْمُؤْمِنِينَ [11:120]

१२०) हे (मुहम्मद !) पैगम्बरहरूका ती सबै कुराहरू हामीले तपाई सामु तपाईको मनको शाँतिको लागि वर्णन गर्दछौं, तपाईसम्म यो सूरः (अंश) मा पनि सत्य पुगिसक्यो जुन मोमिनहरूको निम्ति उपदेश र पाठ हो ।

### الآية 11:121

> ﻿وَقُلْ لِلَّذِينَ لَا يُؤْمِنُونَ اعْمَلُوا عَلَىٰ مَكَانَتِكُمْ إِنَّا عَامِلُونَ [11:121]

१२१) र जुन मानिसहरूले ईमान ल्याएका छैनन्, तिनीहरूलाई भनिदिनुस् कि तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ, हामी आफ्नो ठाउँमा गर्ने गर्दछौं ।

### الآية 11:122

> ﻿وَانْتَظِرُوا إِنَّا مُنْتَظِرُونَ [11:122]

१२२) र तिमी पनि प्रतीक्षा गर, हामी पनि प्रतीक्षा गर्दछौं ।

### الآية 11:123

> ﻿وَلِلَّهِ غَيْبُ السَّمَاوَاتِ وَالْأَرْضِ وَإِلَيْهِ يُرْجَعُ الْأَمْرُ كُلُّهُ فَاعْبُدْهُ وَتَوَكَّلْ عَلَيْهِ ۚ وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ [11:123]

१२३) आकाशहरू र पृथ्वीमा अदृश्य कुराहरूको ज्ञान अल्लाहलाई नै छ, र थुप्रै कुराहरू उसैतिर निर्णयको लागि फर्कन्छन् तसर्थ उसैको पूजा गर, र उसैमाथि भरोसा राख, र जे जति तिमीले गरिराखेका छौ तिम्रो पालनकर्ता त्यसबाट अनभिज्ञ छैन ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/11.md)
- [كل تفاسير سورة هود
](https://quranpedia.net/surah-tafsir/11.md)
- [ترجمات سورة هود
](https://quranpedia.net/translations/11.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/11/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
