---
title: "ترجمة سورة الحجر - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/15/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/15/book/1996"
surah_id: "15"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الحجر - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/15/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الحجر - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/15/book/1996*.

Translation of Surah الحجر from "الترجمة النيبالية" in النيبالية.

### الآية 15:1

> الر ۚ تِلْكَ آيَاتُ الْكِتَابِ وَقُرْآنٍ مُبِينٍ [15:1]

१) अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला र स्पष्ट कुरआनको ।

### الآية 15:2

> ﻿رُبَمَا يَوَدُّ الَّذِينَ كَفَرُوا لَوْ كَانُوا مُسْلِمِينَ [15:2]

२) त्यो बेला पनि आउनेछ जब कि काफिर आफ्नो मुसलमान हुने इच्छा प्रकट गर्नेछन् ।

### الآية 15:3

> ﻿ذَرْهُمْ يَأْكُلُوا وَيَتَمَتَّعُوا وَيُلْهِهِمُ الْأَمَلُ ۖ فَسَوْفَ يَعْلَمُونَ [15:3]

३) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) तपाईले तिनीहरूलाई तिनीकै अवस्थामा रहन दिनुस् ताकि तिनीहरूले उपभोग गरुन र आनन्द लिउन र (झूठो) आशाले उनीहरूलाई (संसारमा) अल्मलाई राखोस् । शीघ्रनै तिनीहरूलाई थाहा भइहाल्नेछ ।

### الآية 15:4

> ﻿وَمَا أَهْلَكْنَا مِنْ قَرْيَةٍ إِلَّا وَلَهَا كِتَابٌ مَعْلُومٌ [15:4]

४) कुनै बस्तीलाई हामीले नष्ट पारेनौं परन्तु त्यसको समय निर्धारित र निश्चित थिए ।

### الآية 15:5

> ﻿مَا تَسْبِقُ مِنْ أُمَّةٍ أَجَلَهَا وَمَا يَسْتَأْخِرُونَ [15:5]

५) कुनै समूह आफ्नो निर्धारित समयभन्दा न आगडि बढ्न सक्छ न पछाडि रहन सक्छ ।

### الآية 15:6

> ﻿وَقَالُوا يَا أَيُّهَا الَّذِي نُزِّلَ عَلَيْهِ الذِّكْرُ إِنَّكَ لَمَجْنُونٌ [15:6]

६) उनीहरूले ‘‘भनेः ‘‘कि हे त्यो मानिस ! जसमाथि कुरआन उतारिएको छ निःसन्देह तिमी त दिवाना हौ ।’’

### الآية 15:7

> ﻿لَوْ مَا تَأْتِينَا بِالْمَلَائِكَةِ إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ [15:7]

७) यदि तिमी साँचो छौ भने ‘‘हाम्रो नजिक फरिश्ताहरूलाई किन ल्याउँदैनौ ?’’

### الآية 15:8

> ﻿مَا نُنَزِّلُ الْمَلَائِكَةَ إِلَّا بِالْحَقِّ وَمَا كَانُوا إِذًا مُنْظَرِينَ [15:8]

८) (भनिदिनुस्) हामीले फरिश्ताहरूलाई सत्यको साथमै पठाउँदछौं र त्यतिखेर तिनीहरूलाई फुर्सद दिइएको हुँदैन ।

### الآية 15:9

> ﻿إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ [15:9]

९) (निःसन्देह) हामीले नै कुरआनलाई उतारेका छौं र हामीनै यसको संरक्षक हौं ।

### الآية 15:10

> ﻿وَلَقَدْ أَرْسَلْنَا مِنْ قَبْلِكَ فِي شِيَعِ الْأَوَّلِينَ [15:10]

१०) हामीले तपाईभन्दा पहिलाका विभिन्न सम्प्रदायहरूमा रसूलहरू पठाएका थियौं ।

### الآية 15:11

> ﻿وَمَا يَأْتِيهِمْ مِنْ رَسُولٍ إِلَّا كَانُوا بِهِ يَسْتَهْزِئُونَ [15:11]

११) र तिनीहरू समीप जुन रसूल पनि आउँथ्यो तिनीहरूले उसको उपहास गर्ने गर्दथे ।

### الآية 15:12

> ﻿كَذَٰلِكَ نَسْلُكُهُ فِي قُلُوبِ الْمُجْرِمِينَ [15:12]

१२) यसैप्रकार हामीले त्यस (उपहास) लाई अपराधीहरूको हृदयहरूमा प्रवेश गराइदिन्छौं ।

### الآية 15:13

> ﻿لَا يُؤْمِنُونَ بِهِ ۖ وَقَدْ خَلَتْ سُنَّةُ الْأَوَّلِينَ [15:13]

१३) (तसर्थ) तिनीहरूले यसमाथि ईमान ल्याउँदैनन्, र तिनीहरूभन्दा अघिका मानिसहरूको तरिका बितिसकेको (तरिका) हो ।

### الآية 15:14

> ﻿وَلَوْ فَتَحْنَا عَلَيْهِمْ بَابًا مِنَ السَّمَاءِ فَظَلُّوا فِيهِ يَعْرُجُونَ [15:14]

१४) र यदि हामीले तिनीहरूका लागि आकशहरूको ढोका खोलिदेऔं र तिनीहरू त्यहाँ उक्लिन पनि थालुन् ।

### الآية 15:15

> ﻿لَقَالُوا إِنَّمَا سُكِّرَتْ أَبْصَارُنَا بَلْ نَحْنُ قَوْمٌ مَسْحُورُونَ [15:15]

१५) तैपनि यही भन्नेछन्ः ‘‘कि हाम्रा आँखाहरूलाई मात लागेको छ, बरु हामीमाथि जादू गरिदिइएको छ ।’’

### الآية 15:16

> ﻿وَلَقَدْ جَعَلْنَا فِي السَّمَاءِ بُرُوجًا وَزَيَّنَّاهَا لِلنَّاظِرِينَ [15:16]

१६) निःसन्देह हामीले नै आकाशहरूमा सौर्यमण्डल बनाएका छौं र दर्शकहरूको निम्ति सिंगारेका छौं ।

### الآية 15:17

> ﻿وَحَفِظْنَاهَا مِنْ كُلِّ شَيْطَانٍ رَجِيمٍ [15:17]

१७) र यसलाई प्रत्येक तिरस्कृत शैतानबाट सुरक्षित गरेका छौं ।

### الآية 15:18

> ﻿إِلَّا مَنِ اسْتَرَقَ السَّمْعَ فَأَتْبَعَهُ شِهَابٌ مُبِينٌ [15:18]

१८) तर हो यदि कुनै (शैतानले) लुकिछिपी सुन्न चाहन्छ भने उसको पछाडी प्रज्वलित लाग्दछ ।

### الآية 15:19

> ﻿وَالْأَرْضَ مَدَدْنَاهَا وَأَلْقَيْنَا فِيهَا رَوَاسِيَ وَأَنْبَتْنَا فِيهَا مِنْ كُلِّ شَيْءٍ مَوْزُونٍ [15:19]

१९) र पृथ्वीलाई पनि हामीले नै विस्तारित गरेका हौं, र त्यसमाथि अटल पहाड़हरू अवस्थित गर्यौं, र त्यसमा विभिन्न प्रकारका चीजहरू सन्तुलित रूपमा उत्पन्न गर्यौं ।

### الآية 15:20

> ﻿وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِشَ وَمَنْ لَسْتُمْ لَهُ بِرَازِقِينَ [15:20]

२०) र यसैमा हामीले तिम्रो निम्ति र तिनीहरूको लागि, जसलाई तिमीले जीविका दिदैंनौं, त्यसमा जीविकाका साधनहरू जुटायौं ।

### الآية 15:21

> ﻿وَإِنْ مِنْ شَيْءٍ إِلَّا عِنْدَنَا خَزَائِنُهُ وَمَا نُنَزِّلُهُ إِلَّا بِقَدَرٍ مَعْلُومٍ [15:21]

२१) र हामीकहाँ हरेक कुराका खजाना छन् र हामीले तिनलाई निर्धारित मात्रामा पठाउँछौं ।

### الآية 15:22

> ﻿وَأَرْسَلْنَا الرِّيَاحَ لَوَاقِحَ فَأَنْزَلْنَا مِنَ السَّمَاءِ مَاءً فَأَسْقَيْنَاكُمُوهُ وَمَا أَنْتُمْ لَهُ بِخَازِنِينَ [15:22]

२२) र हामीले नै भारी हावाहरूमा गति उत्पन्न गराउँछौ र हामीले नै आकाशहरूबाट पानी बर्साउँछौ र हामीले नै तिमीहरूलाई त्यसको पानी पिलाउँछौं, र तिमी त त्यसको भण्डार गर्ने पनि होइनौं ।

### الآية 15:23

> ﻿وَإِنَّا لَنَحْنُ نُحْيِي وَنُمِيتُ وَنَحْنُ الْوَارِثُونَ [15:23]

२३) र हामीले नै जीवन प्रदान गर्दछौं र हामीले नै मृत्यु दिन्छौं, र हामी नै सबैका संरक्षक हौं ।

### الآية 15:24

> ﻿وَلَقَدْ عَلِمْنَا الْمُسْتَقْدِمِينَ مِنْكُمْ وَلَقَدْ عَلِمْنَا الْمُسْتَأْخِرِينَ [15:24]

२४) जुन मानिसहरू तिमीभन्दा पहिले बितिसकेका छन् हामीलाई तिनीहरूको बारेमा थाहा छ, र जो पछि आउनेवाला छन् उनीहरूको बारेमा पनि हामीलाई थाहा छ ।

### الآية 15:25

> ﻿وَإِنَّ رَبَّكَ هُوَ يَحْشُرُهُمْ ۚ إِنَّهُ حَكِيمٌ عَلِيمٌ [15:25]

२५) तपाईको पालनकर्ताले (कियामतको दिन) सबैलाई एकत्रित गर्नेछ । निःसन्देह ऊ त बडो बुद्धिमत्तापूर्ण र ठूलो ज्ञाता छ ।

### الآية 15:26

> ﻿وَلَقَدْ خَلَقْنَا الْإِنْسَانَ مِنْ صَلْصَالٍ مِنْ حَمَإٍ مَسْنُونٍ [15:26]

२६) निःसन्देह हामीले मानिसहरूलाई कट्कटिएर आवाज आउने सडेको कालो र ठोस माटोबाट बनाएका छौं ।

### الآية 15:27

> ﻿وَالْجَانَّ خَلَقْنَاهُ مِنْ قَبْلُ مِنْ نَارِ السَّمُومِ [15:27]

२७) र जिन्नहरूलाई त्यसभन्दा पनि अघि धुँवा नभएको प्रज्वलित आगोबाट सृष्टि गरेका थियौं ।

### الآية 15:28

> ﻿وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي خَالِقٌ بَشَرًا مِنْ صَلْصَالٍ مِنْ حَمَإٍ مَسْنُونٍ [15:28]

२८) र तिम्रो पालनकर्ताले फरिश्ताहरूसित भन्योः ‘‘कि म कट्कटिएर अवाज आउने सडेको माटोेबाट एउटा मानिसको सृष्टि गर्न गइराखेको छुँ ।’’

### الآية 15:29

> ﻿فَإِذَا سَوَّيْتُهُ وَنَفَخْتُ فِيهِ مِنْ رُوحِي فَقَعُوا لَهُ سَاجِدِينَ [15:29]

२९) जब उसलाई पूरा बनाइसक्छु र त्यसमा आफ्नो रूह (आत्मा) फुँकिसक्छु तब उसको अगाडि सिज्दा गर्नु (ढोग्नु) ।

### الآية 15:30

> ﻿فَسَجَدَ الْمَلَائِكَةُ كُلُّهُمْ أَجْمَعُونَ [15:30]

३०) तसर्थ सबै फरिशताहरूले ढोग्न थाले ।

### الآية 15:31

> ﻿إِلَّا إِبْلِيسَ أَبَىٰ أَنْ يَكُونَ مَعَ السَّاجِدِينَ [15:31]

३१) तर इब्लीसले ढोग गरेन । उसले ढोग्नेहरूमध्ये शामिल हुनबाट इन्कार गर्यो ।

### الآية 15:32

> ﻿قَالَ يَا إِبْلِيسُ مَا لَكَ أَلَّا تَكُونَ مَعَ السَّاجِدِينَ [15:32]

३२) (अल्लाहले) भन्नुभयोः कि इब्लीस तिमीलाई के भएको छ कि तिमी ढोग्नेहरूमा शम्मिलित भएनौ ।

### الآية 15:33

> ﻿قَالَ لَمْ أَكُنْ لِأَسْجُدَ لِبَشَرٍ خَلَقْتَهُ مِنْ صَلْصَالٍ مِنْ حَمَإٍ مَسْنُونٍ [15:33]

३३) उसले भन्योः म यस्तो छैन, कि तपाईले कट्कटिएर आवाज आउने सडेको माटोले बनाएको मानिस अगाडि झुकेर ढोगूँ ।

### الآية 15:34

> ﻿قَالَ فَاخْرُجْ مِنْهَا فَإِنَّكَ رَجِيمٌ [15:34]

३४) अल्लाहलको आदेश भयो, जन्नतबाट निस्किहाल, तँ तिरस्कृत र अभिशप्त भइस् ।

### الآية 15:35

> ﻿وَإِنَّ عَلَيْكَ اللَّعْنَةَ إِلَىٰ يَوْمِ الدِّينِ [15:35]

३५) र तिमीमाथि कियामतको दिनसम्म धिक्कार छ ।

### الآية 15:36

> ﻿قَالَ رَبِّ فَأَنْظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ [15:36]

३६) (त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।

### الآية 15:37

> ﻿قَالَ فَإِنَّكَ مِنَ الْمُنْظَرِينَ [15:37]

३७) आदेश भयो कि तँलाई छूट दिइन्छ ।

### الآية 15:38

> ﻿إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ [15:38]

३८) निर्धारित समय (कियामत) को दिनसम्म ।

### الآية 15:39

> ﻿قَالَ رَبِّ بِمَا أَغْوَيْتَنِي لَأُزَيِّنَنَّ لَهُمْ فِي الْأَرْضِ وَلَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ [15:39]

३९) (शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’

### الآية 15:40

> ﻿إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ [15:40]

४०) तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।

### الآية 15:41

> ﻿قَالَ هَٰذَا صِرَاطٌ عَلَيَّ مُسْتَقِيمٌ [15:41]

४१) (अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।

### الآية 15:42

> ﻿إِنَّ عِبَادِي لَيْسَ لَكَ عَلَيْهِمْ سُلْطَانٌ إِلَّا مَنِ اتَّبَعَكَ مِنَ الْغَاوِينَ [15:42]

४२) जो मेरा (सच्चा) भक्त छन् तिनीहरूमाथि तिम्रो कुनै अधिकार हुनेछैन तर ती दिग्भ्रम व्यक्तिहरू बाहेक जो नराम्रो बाटोमा तिम्रो पछि पछि लाग्नेछन् ।

### الآية 15:43

> ﻿وَإِنَّ جَهَنَّمَ لَمَوْعِدُهُمْ أَجْمَعِينَ [15:43]

४३) निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।

### الآية 15:44

> ﻿لَهَا سَبْعَةُ أَبْوَابٍ لِكُلِّ بَابٍ مِنْهُمْ جُزْءٌ مَقْسُومٌ [15:44]

४४) त्यसका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाको लागि तिनीहरूमध्येबाट समूहहरू विभाजित गरिएका छन् ।

### الآية 15:45

> ﻿إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ [15:45]

४५) जो आत्मसंयमी छन्, तिनीहरू बगैचाहरू र झरनाहरूको माझमा बस्नेछन् ।

### الآية 15:46

> ﻿ادْخُلُوهَا بِسَلَامٍ آمِنِينَ [15:46]

४६) (भनिनेछ कि) तिमीहरू शान्ति र सुरक्षासाथ प्रवेश गर ।

### الآية 15:47

> ﻿وَنَزَعْنَا مَا فِي صُدُورِهِمْ مِنْ غِلٍّ إِخْوَانًا عَلَىٰ سُرُرٍ مُتَقَابِلِينَ [15:47]

४७) र तिनीहरूको हृदयमा जे जति रिस र डाह छ, त्यसलाई हामीले सफा गरिदिनेछौं, तिनीहरू भाइ–भाइको रूपमा आसनहरूमा एक अर्काको सामु बसेका हुनेछन् ।

### الآية 15:48

> ﻿لَا يَمَسُّهُمْ فِيهَا نَصَبٌ وَمَا هُمْ مِنْهَا بِمُخْرَجِينَ [15:48]

४८) तिनीहरूलाई त्यहाँ नकुनै कष्ट हुनेछ र नत तिनीहरू त्यहाँबाट कहिले निष्कासित गरिनेछन् ।

### الآية 15:49

> ﻿۞ نَبِّئْ عِبَادِي أَنِّي أَنَا الْغَفُورُ الرَّحِيمُ [15:49]

४९) (हे पैगम्बर !) मेरा भक्तजनहरूलाई भनिदिनुस्ः कि म बडो क्षमादाता र दयावान छुँ ।

### الآية 15:50

> ﻿وَأَنَّ عَذَابِي هُوَ الْعَذَابُ الْأَلِيمُ [15:50]

५०) र साथै योः कि मेरो सजाय पनि धेरै कष्टदायक हुनेछ ।

### الآية 15:51

> ﻿وَنَبِّئْهُمْ عَنْ ضَيْفِ إِبْرَاهِيمَ [15:51]

५१) र तिनीहरूलाई इब्राहीमका अतिथिहरूको बारेमा सुनाइदिनुस् ।

### الآية 15:52

> ﻿إِذْ دَخَلُوا عَلَيْهِ فَقَالُوا سَلَامًا قَالَ إِنَّا مِنْكُمْ وَجِلُونَ [15:52]

५२) कि जब तिनीहरूले इब्राहीमको सामु आएर ‘‘सलाम’’ भने त उनले भने कि हामीलाई तिमीसित डर लाग्छ ।

### الآية 15:53

> ﻿قَالُوا لَا تَوْجَلْ إِنَّا نُبَشِّرُكَ بِغُلَامٍ عَلِيمٍ [15:53]

५३) (अतिथिहरूले) भनेः ‘‘कि, न तर्सनुस्, हामीले तपाईलाई एउटा ज्ञानी छोरोको शुभसन्देश दिन्छौं ।’’

### الآية 15:54

> ﻿قَالَ أَبَشَّرْتُمُونِي عَلَىٰ أَنْ مَسَّنِيَ الْكِبَرُ فَبِمَ تُبَشِّرُونَ [15:54]

५४) (उनले) भनेः कि ‘‘मलाई बृद्ध अवस्थाले समातेपछि तिमीहरूले मलाई शुभसमाचार दिन्छौ ? कुन कुरोको आधारमा तिमीले यो शुभसमाचार दिन्छौ ?’’

### الآية 15:55

> ﻿قَالُوا بَشَّرْنَاكَ بِالْحَقِّ فَلَا تَكُنْ مِنَ الْقَانِطِينَ [15:55]

५५) तिनीहरूले भनेः कि हामी तपाईलाई एकदम साँचो शुभसमाचार दिएका छौं । तपाई निराश नहुनुहोस् ।

### الآية 15:56

> ﻿قَالَ وَمَنْ يَقْنَطُ مِنْ رَحْمَةِ رَبِّهِ إِلَّا الضَّالُّونَ [15:56]

५६) (इब्राहीमले) भनेः कि अल्लाहको कृपाबाट निराश हुनु त पथविचलित हुनेहरूको काम हो ।

### الآية 15:57

> ﻿قَالَ فَمَا خَطْبُكُمْ أَيُّهَا الْمُرْسَلُونَ [15:57]

५७) अनि सोधे कि अल्लाहले पठाएको फरिश्ताहरू ! तिमीहरूलाई यस्तो के महत्वपूर्ण काम छ ?

### الآية 15:58

> ﻿قَالُوا إِنَّا أُرْسِلْنَا إِلَىٰ قَوْمٍ مُجْرِمِينَ [15:58]

५८) तिनीहरूले भने कि हामी एउटा अपराधी समुदायतिर पठाइएका हौं ।

### الآية 15:59

> ﻿إِلَّا آلَ لُوطٍ إِنَّا لَمُنَجُّوهُمْ أَجْمَعِينَ [15:59]

५९) तर ‘‘लूतको’’ परिवार बाहेक कि उनीहरूलाई हामीले बचाइहाल्नेछौं ।

### الآية 15:60

> ﻿إِلَّا امْرَأَتَهُ قَدَّرْنَا ۙ إِنَّهَا لَمِنَ الْغَابِرِينَ [15:60]

६०) तर लूतकी स्वास्नी बाहेक जसको निम्ति निश्चित गरेकाछौं कि त्यो पछि रहनेछे ।

### الآية 15:61

> ﻿فَلَمَّا جَاءَ آلَ لُوطٍ الْمُرْسَلُونَ [15:61]

६१) अनि जब पठाइएका फरिश्ताहरू ‘‘लूतको’’ घर नजिक आइपुगे ।

### الآية 15:62

> ﻿قَالَ إِنَّكُمْ قَوْمٌ مُنْكَرُونَ [15:62]

६२) तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’

### الآية 15:63

> ﻿قَالُوا بَلْ جِئْنَاكَ بِمَا كَانُوا فِيهِ يَمْتَرُونَ [15:63]

६३) तिनीहरूले भनेः कि होइन, बरु हामी तपाईको सामु त्यो कुरा लिएर आएका छौं जसमा मानिसहरूले शंका गर्दथे ।

### الآية 15:64

> ﻿وَأَتَيْنَاكَ بِالْحَقِّ وَإِنَّا لَصَادِقُونَ [15:64]

६४) र हामी तपाईको सामु वास्तविक कुरो लिएर अएका छौं र हामी सत्य भन्दछौं ।

### الآية 15:65

> ﻿فَأَسْرِ بِأَهْلِكَ بِقِطْعٍ مِنَ اللَّيْلِ وَاتَّبِعْ أَدْبَارَهُمْ وَلَا يَلْتَفِتْ مِنْكُمْ أَحَدٌ وَامْضُوا حَيْثُ تُؤْمَرُونَ [15:65]

६५) तसर्थ तपाई रात्रीको केही अंश शेष रहँदा घरका मानिसहरूलाई लिएर निस्कनुस् र स्वयम् उनीहरूको पछाडि हिंड्नुस् र तपाईहरूमध्ये कुनै पनि व्यक्तिले पछि फर्केर नहेरोस् र जहाँ तपाईहरूलाई आदेश हुन्छ त्यहाँ गइहाल्नुस् ।

### الآية 15:66

> ﻿وَقَضَيْنَا إِلَيْهِ ذَٰلِكَ الْأَمْرَ أَنَّ دَابِرَ هَٰؤُلَاءِ مَقْطُوعٌ مُصْبِحِينَ [15:66]

६६) र हामीले लूततिर यो आदेश पठाएका छौं, कि यी अपराधिहरूको जरा विहान हुँदाहुँदै काटिनेछ ।

### الآية 15:67

> ﻿وَجَاءَ أَهْلُ الْمَدِينَةِ يَسْتَبْشِرُونَ [15:67]

६७) र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे

### الآية 15:68

> ﻿قَالَ إِنَّ هَٰؤُلَاءِ ضَيْفِي فَلَا تَفْضَحُونِ [15:68]

६८) लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।

### الآية 15:69

> ﻿وَاتَّقُوا اللَّهَ وَلَا تُخْزُونِ [15:69]

६९) अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।

### الآية 15:70

> ﻿قَالُوا أَوَلَمْ نَنْهَكَ عَنِ الْعَالَمِينَ [15:70]

७०) तिनीहरूले भनेः के हामीले तिमीलाई सम्पूर्ण संसारको सत्कारबाट मनाही गरेनौं ?

### الآية 15:71

> ﻿قَالَ هَٰؤُلَاءِ بَنَاتِي إِنْ كُنْتُمْ فَاعِلِينَ [15:71]

७१) (उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) ।

### الآية 15:72

> ﻿لَعَمْرُكَ إِنَّهُمْ لَفِي سَكْرَتِهِمْ يَعْمَهُونَ [15:72]

७२) (हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए ।

### الآية 15:73

> ﻿فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُشْرِقِينَ [15:73]

७३) तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आई समात्यो ।

### الآية 15:74

> ﻿فَجَعَلْنَا عَالِيَهَا سَافِلَهَا وَأَمْطَرْنَا عَلَيْهِمْ حِجَارَةً مِنْ سِجِّيلٍ [15:74]

७४) र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।

### الآية 15:75

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِلْمُتَوَسِّمِينَ [15:75]

७५) निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् ।

### الآية 15:76

> ﻿وَإِنَّهَا لَبِسَبِيلٍ مُقِيمٍ [15:76]

७६) यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।

### الآية 15:77

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَةً لِلْمُؤْمِنِينَ [15:77]

७७) र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् ।

### الآية 15:78

> ﻿وَإِنْ كَانَ أَصْحَابُ الْأَيْكَةِ لَظَالِمِينَ [15:78]

७८) एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।

### الآية 15:79

> ﻿فَانْتَقَمْنَا مِنْهُمْ وَإِنَّهُمَا لَبِإِمَامٍ مُبِينٍ [15:79]

७९) तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् ।

### الآية 15:80

> ﻿وَلَقَدْ كَذَّبَ أَصْحَابُ الْحِجْرِ الْمُرْسَلِينَ [15:80]

८०) र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।

### الآية 15:81

> ﻿وَآتَيْنَاهُمْ آيَاتِنَا فَكَانُوا عَنْهَا مُعْرِضِينَ [15:81]

८१) हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।

### الآية 15:82

> ﻿وَكَانُوا يَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا آمِنِينَ [15:82]

८२) तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।

### الآية 15:83

> ﻿فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُصْبِحِينَ [15:83]

८३) तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।

### الآية 15:84

> ﻿فَمَا أَغْنَىٰ عَنْهُمْ مَا كَانُوا يَكْسِبُونَ [15:84]

८४) तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।

### الآية 15:85

> ﻿وَمَا خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا إِلَّا بِالْحَقِّ ۗ وَإِنَّ السَّاعَةَ لَآتِيَةٌ ۖ فَاصْفَحِ الصَّفْحَ الْجَمِيلَ [15:85]

८५) र हामीले आकाशहरू र धर्तीलाई र जुन तिनीहरूमा छन्, तिनलाई एउटा उद्देश्यले सृष्टि गरेका हौं र कियामत त अवश्य नै आउनेछ, तसर्थ तिमीले तिनीहरूलाई दयापूर्ण तरिकाले क्षमा गरिदेऊ ।

### الآية 15:86

> ﻿إِنَّ رَبَّكَ هُوَ الْخَلَّاقُ الْعَلِيمُ [15:86]

८६) यसमा कुनै शंका छैन कि तिम्रो पालनकर्ता नै सृष्टि गर्नेवाला सर्वज्ञाता छ ।

### الآية 15:87

> ﻿وَلَقَدْ آتَيْنَاكَ سَبْعًا مِنَ الْمَثَانِي وَالْقُرْآنَ الْعَظِيمَ [15:87]

८७) र निःसन्देह हामीले तपाईलाई सात आयतहरू प्रदान गरेका छौं जुन कि (नमाजमा) दोहोर्याएर पढिन्छन् र गरिमापूर्ण कुरआन पनि प्रदान गरेका छौं ।

### الآية 15:88

> ﻿لَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَىٰ مَا مَتَّعْنَا بِهِ أَزْوَاجًا مِنْهُمْ وَلَا تَحْزَنْ عَلَيْهِمْ وَاخْفِضْ جَنَاحَكَ لِلْمُؤْمِنِينَ [15:88]

८८) तपाईले त्यसतर्फ निश्चितरूपले आँखा न गाड्नुस् जुन हामीले काफिरहरूका कैयन् समूहलाई, (सांसरिक लाभहरू) प्रदान गरेका छौं, र नत उनीहरूको दशामाथि दुःखी हुनुस् र मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् ।

### الآية 15:89

> ﻿وَقُلْ إِنِّي أَنَا النَّذِيرُ الْمُبِينُ [15:89]

८९) र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ ।

### الآية 15:90

> ﻿كَمَا أَنْزَلْنَا عَلَى الْمُقْتَسِمِينَ [15:90]

९०) जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।

### الآية 15:91

> ﻿الَّذِينَ جَعَلُوا الْقُرْآنَ عِضِينَ [15:91]

९१) अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।

### الآية 15:92

> ﻿فَوَرَبِّكَ لَنَسْأَلَنَّهُمْ أَجْمَعِينَ [15:92]

९२) तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।

### الآية 15:93

> ﻿عَمَّا كَانُوا يَعْمَلُونَ [15:93]

९३) ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।

### الآية 15:94

> ﻿فَاصْدَعْ بِمَا تُؤْمَرُ وَأَعْرِضْ عَنِ الْمُشْرِكِينَ [15:94]

९४) तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।

### الآية 15:95

> ﻿إِنَّا كَفَيْنَاكَ الْمُسْتَهْزِئِينَ [15:95]

९५) जो तपाईसँग मजाक गर्छन् उनीहरूको सजायको लागि हामी पर्याप्त छौं ।

### الآية 15:96

> ﻿الَّذِينَ يَجْعَلُونَ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ ۚ فَسَوْفَ يَعْلَمُونَ [15:96]

९६) जसले अल्लाहको साथमा अरुलाई पूजनीय ठान्दछन्, तिनीहरूलाई छिटै थाहा भइहाल्ने छ ।

### الآية 15:97

> ﻿وَلَقَدْ نَعْلَمُ أَنَّكَ يَضِيقُ صَدْرُكَ بِمَا يَقُولُونَ [15:97]

९७) हामीलाई राम्ररी थाहा छ, कि तिनीहरूको कुराबाट तपाईको मन कति दिक्क हुन्छ ?

### الآية 15:98

> ﻿فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَكُنْ مِنَ السَّاجِدِينَ [15:98]

९८) तपाईले आफ्नो पालनहारको गुणगान गर्दै गर्नुस् र सज्दा (ढोग) गर्नैहरूमा शम्मिलित रहनुस् ।

### الآية 15:99

> ﻿وَاعْبُدْ رَبَّكَ حَتَّىٰ يَأْتِيَكَ الْيَقِينُ [15:99]

९९) र आफ्नो पालनकर्ताको उपासना गर्दै जानुस्, जबसम्म तपाईको मृत्यु हुँदैन ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/15.md)
- [كل تفاسير سورة الحجر
](https://quranpedia.net/surah-tafsir/15.md)
- [ترجمات سورة الحجر
](https://quranpedia.net/translations/15.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/15/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
