---
title: "ترجمة سورة طه - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/20/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/20/book/1996"
surah_id: "20"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة طه - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/20/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة طه - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/20/book/1996*.

Translation of Surah طه from "الترجمة النيبالية" in النيبالية.

### الآية 20:1

> طه [20:1]

१) ताहा

### الآية 20:2

> ﻿مَا أَنْزَلْنَا عَلَيْكَ الْقُرْآنَ لِتَشْقَىٰ [20:2]

२) (हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका होइनौं कि तपाई दुःखमा पर्नुस् ।

### الآية 20:3

> ﻿إِلَّا تَذْكِرَةً لِمَنْ يَخْشَىٰ [20:3]

३) अपितु उसको नसहितको (उपदेशको) निम्ति जो अल्लाहसँग डर्छ ।

### الآية 20:4

> ﻿تَنْزِيلًا مِمَّنْ خَلَقَ الْأَرْضَ وَالسَّمَاوَاتِ الْعُلَى [20:4]

४) यसको अवतरण उसको तर्फबाट भएको हो जसले धरती र उच्च आकाशहरूको सृष्टि गरेको छ ।

### الآية 20:5

> ﻿الرَّحْمَٰنُ عَلَى الْعَرْشِ اسْتَوَىٰ [20:5]

५) जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।

### الآية 20:6

> ﻿لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَمَا بَيْنَهُمَا وَمَا تَحْتَ الثَّرَىٰ [20:6]

६) जे जति आकाशहरूमा छ र जे जति धरतीमा छ र जे जति यी दुवैको बीचमा छ, र जे जति धरतीको (माटो) मुनि छ, सबै उसैको हो ।

### الآية 20:7

> ﻿وَإِنْ تَجْهَرْ بِالْقَوْلِ فَإِنَّهُ يَعْلَمُ السِّرَّ وَأَخْفَى [20:7]

७) तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।

### الآية 20:8

> ﻿اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ ۖ لَهُ الْأَسْمَاءُ الْحُسْنَىٰ [20:8]

८) उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन । उसका नामहरू धेरै राम्रा छन् ।

### الآية 20:9

> ﻿وَهَلْ أَتَاكَ حَدِيثُ مُوسَىٰ [20:9]

९) तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ ?

### الآية 20:10

> ﻿إِذْ رَأَىٰ نَارًا فَقَالَ لِأَهْلِهِ امْكُثُوا إِنِّي آنَسْتُ نَارًا لَعَلِّي آتِيكُمْ مِنْهَا بِقَبَسٍ أَوْ أَجِدُ عَلَى النَّارِ هُدًى [20:10]

१०) जबकि उनले आगो देखेर आफ्नो घरवालासित भने कि तिमी केही बेर पर्ख म आगो देखेको छु । धेरै सम्भव छ कि म त्यसबाट बलिराखेको एउटा अगुल्टो ल्याउन सकूँ वा आगोको ठाउँमा बाटो थाहा पाउन सकूँ ।

### الآية 20:11

> ﻿فَلَمَّا أَتَاهَا نُودِيَ يَا مُوسَىٰ [20:11]

११) जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा !

### الآية 20:12

> ﻿إِنِّي أَنَا رَبُّكَ فَاخْلَعْ نَعْلَيْكَ ۖ إِنَّكَ بِالْوَادِ الْمُقَدَّسِ طُوًى [20:12]

१२) निःसन्देह म नै तेरो पालनकर्ता हूँ । आफ्नो जुत्ता फुकालिदेऊ, तिमी पवित्र घाटी ‘तुवा’ मा छौ ।

### الآية 20:13

> ﻿وَأَنَا اخْتَرْتُكَ فَاسْتَمِعْ لِمَا يُوحَىٰ [20:13]

१३) र मैले तिमीलाई रोजीसकेको छु । अब जे (वह्य) अल्लाहको सन्देश गरिन्छ, त्यसलाई राम्ररी सुन ।

### الآية 20:14

> ﻿إِنَّنِي أَنَا اللَّهُ لَا إِلَٰهَ إِلَّا أَنَا فَاعْبُدْنِي وَأَقِمِ الصَّلَاةَ لِذِكْرِي [20:14]

१४) निःसन्देह म नै अल्लाह हूँ, म बाहेक अरु कोही सत्य पूज्य छैन, तसर्थ, तिमीले मेरो उपासना गर्नेगर र मेरो स्मरणको निम्ति नमाज पढ्नेगर ।

### الآية 20:15

> ﻿إِنَّ السَّاعَةَ آتِيَةٌ أَكَادُ أُخْفِيهَا لِتُجْزَىٰ كُلُّ نَفْسٍ بِمَا تَسْعَىٰ [20:15]

१५) निश्चय नै कियामत आउनेवाला छ, जसलाई म गोप्य राख्न चाहन्छु ताकि प्रत्येक मानिसलाई त्यो प्रतिफल प्रदान गरियोस् जसको उसले प्रयास गरेको छ ।

### الآية 20:16

> ﻿فَلَا يَصُدَّنَّكَ عَنْهَا مَنْ لَا يُؤْمِنُ بِهَا وَاتَّبَعَ هَوَاهُ فَتَرْدَىٰ [20:16]

१६) अतः अब त्यसको विश्वासबाट तिमीलाई कुनै यस्तो व्यक्तिले नरोकोस् जसले कि यसमा विश्वास गर्दैन र आफ्नो इच्छाको पूर्तिमा लागेको छ, अन्यथा तिमी नष्ट भइहाल्नेछौ ।

### الآية 20:17

> ﻿وَمَا تِلْكَ بِيَمِينِكَ يَا مُوسَىٰ [20:17]

१७) हे मूसा ‘‘तिम्रो यस दायाँ हातमा के छ’’ ?

### الآية 20:18

> ﻿قَالَ هِيَ عَصَايَ أَتَوَكَّأُ عَلَيْهَا وَأَهُشُّ بِهَا عَلَىٰ غَنَمِي وَلِيَ فِيهَا مَآرِبُ أُخْرَىٰ [20:18]

१८) उसले जवाफ दियो कि ‘‘यो मेरो लठ्ठी हो । म यसमा अडेस लगाउछु र यसबाट आफ्नो बाख्राहरूको निम्ति पातहरू झार्छु र यसबाट मेरा अन्य आवश्यकताहरू पनि पूरा हुन्छन् ।’’

### الآية 20:19

> ﻿قَالَ أَلْقِهَا يَا مُوسَىٰ [20:19]

१९) आदेश दियो, ‘‘हे मूसा त्यसलाई हातबाट तल खसालिदेऊ’’ ।

### الآية 20:20

> ﻿فَأَلْقَاهَا فَإِذَا هِيَ حَيَّةٌ تَسْعَىٰ [20:20]

२०) खसाल्ने बित्तिकै त्यो सर्प बनेर चल्न थाल्यो ।

### الآية 20:21

> ﻿قَالَ خُذْهَا وَلَا تَخَفْ ۖ سَنُعِيدُهَا سِيرَتَهَا الْأُولَىٰ [20:21]

२१) आदेश भयो ‘‘निर्भीक भई त्यसलाई समातिहाल, हामीले यसलाई त्यही पहिलेकै अवस्थामा ल्याइदिनेछौं’’ ।

### الآية 20:22

> ﻿وَاضْمُمْ يَدَكَ إِلَىٰ جَنَاحِكَ تَخْرُجْ بَيْضَاءَ مِنْ غَيْرِ سُوءٍ آيَةً أُخْرَىٰ [20:22]

२२) र आफ्नो हात आफ्नो छेउमा राख, अनि त्यो बिना कुनै अवगुण चम्किदै अर्को चमत्कारको रूपमा निस्कनेछ ।

### الآية 20:23

> ﻿لِنُرِيَكَ مِنْ آيَاتِنَا الْكُبْرَى [20:23]

२३) यो यसकारण कि हामीले आफ्ना ठूला ठूला निशानीहरू तिमीलाई देखाउन चाहन्छौं ।

### الآية 20:24

> ﻿اذْهَبْ إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغَىٰ [20:24]

२४) अब तिमी फिरऔनकहाँ जाऊ उसले ठूलो उत्पात मचाइरहेको छ ।

### الآية 20:25

> ﻿قَالَ رَبِّ اشْرَحْ لِي صَدْرِي [20:25]

२५) (मूसाले भने) मेरो पालनकर्ता मेरो छाती मेरो निम्ति खोलिदेऊ ।

### الآية 20:26

> ﻿وَيَسِّرْ لِي أَمْرِي [20:26]

२६) र मेरो काम मेरो निम्ति सजिलो बनाइदेऊ ।

### الآية 20:27

> ﻿وَاحْلُلْ عُقْدَةً مِنْ لِسَانِي [20:27]

२७) र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।

### الآية 20:28

> ﻿يَفْقَهُوا قَوْلِي [20:28]

२८) जसबाट मानिसहरू मेरो कुरा बुझ्न सकुन् ।

### الآية 20:29

> ﻿وَاجْعَلْ لِي وَزِيرًا مِنْ أَهْلِي [20:29]

२९) र मेरा घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।

### الآية 20:30

> ﻿هَارُونَ أَخِي [20:30]

३०) मेरो भाइ हारूनालाई ।

### الآية 20:31

> ﻿اشْدُدْ بِهِ أَزْرِي [20:31]

३१) उसबाट मेरो शक्ति सुदृढ गर ।

### الآية 20:32

> ﻿وَأَشْرِكْهُ فِي أَمْرِي [20:32]

३२) र उसलाई मेरो काममा शामेल गराइदेऊ,

### الآية 20:33

> ﻿كَيْ نُسَبِّحَكَ كَثِيرًا [20:33]

३३) जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं ।

### الآية 20:34

> ﻿وَنَذْكُرَكَ كَثِيرًا [20:34]

३४) र तिमीलाई हामीले धेरै याद गरौं ।

### الآية 20:35

> ﻿إِنَّكَ كُنْتَ بِنَا بَصِيرًا [20:35]

३५) निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।

### الآية 20:36

> ﻿قَالَ قَدْ أُوتِيتَ سُؤْلَكَ يَا مُوسَىٰ [20:36]

३६) अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।

### الآية 20:37

> ﻿وَلَقَدْ مَنَنَّا عَلَيْكَ مَرَّةً أُخْرَىٰ [20:37]

३७) हामीले त तिमीमाथि एकपटक अरु पनि ठूलो उपकार गरिसकेका छौं ।

### الآية 20:38

> ﻿إِذْ أَوْحَيْنَا إِلَىٰ أُمِّكَ مَا يُوحَىٰ [20:38]

३८) जबकि हामीले तिम्री आमाको हृदयमा त्यो प्रेरणा दियौं जसको चर्चा अब गरिदै छ ।

### الآية 20:39

> ﻿أَنِ اقْذِفِيهِ فِي التَّابُوتِ فَاقْذِفِيهِ فِي الْيَمِّ فَلْيُلْقِهِ الْيَمُّ بِالسَّاحِلِ يَأْخُذْهُ عَدُوٌّ لِي وَعَدُوٌّ لَهُ ۚ وَأَلْقَيْتُ عَلَيْكَ مَحَبَّةً مِنِّي وَلِتُصْنَعَ عَلَىٰ عَيْنِي [20:39]

३९) ‘‘कि उसलाई तिमीले सन्दुकमा राखेर समुद्रमा हालिदेऊ, त्यसपछि समुद्रले उसलाई किनारामा लगिदिन्छ ताकि उसलाई मेरो र उसको शत्रुले उठाइलिनेछ’’ । र मैले आफ्नो तर्फबाट तिमीलाई आफ्नो प्रेम प्रदान गर्यौं, ताकि मेरो आँखाको अगाडि तिम्रो पालनपोषण होस् ।

### الآية 20:40

> ﻿إِذْ تَمْشِي أُخْتُكَ فَتَقُولُ هَلْ أَدُلُّكُمْ عَلَىٰ مَنْ يَكْفُلُهُ ۖ فَرَجَعْنَاكَ إِلَىٰ أُمِّكَ كَيْ تَقَرَّ عَيْنُهَا وَلَا تَحْزَنَ ۚ وَقَتَلْتَ نَفْسًا فَنَجَّيْنَاكَ مِنَ الْغَمِّ وَفَتَنَّاكَ فُتُونًا ۚ فَلَبِثْتَ سِنِينَ فِي أَهْلِ مَدْيَنَ ثُمَّ جِئْتَ عَلَىٰ قَدَرٍ يَا مُوسَىٰ [20:40]

४०) (स्मरण गर) जबकि तिम्री बहिनी गइराखेकी थिइन् र भनिरहेकी थिइन्ः कि यदि तिमी भन्छौ भने त्यसको बारेमा म उसलाई बताइदिन्छु जसले उसको पालनपोषण गर्नेछ । यस उपायबाट हामीले फेरि तिमीलाई तिम्री आमाको पासमा पुर्याइदियौं ताकि उसको आँखा शीतल होउन् र उनी शोकाकुल नहोऊन्, र (यादगर) तिमीले एउटा व्यक्तिको हत्या गरिदिएका थियौ । तैपनि हामीले तिमीलाई दुःखबाट छुट्कारा दिलायौं र हामीले तिमीलाई राम्ररी जाँच्यौ । अनि तिमी कैयौं वर्षसम्म मदयनका मानिसहरूसँग बसिराख्यौ, फेरि तिमी हे मूसा अल्लाहको अनुकम्पाले निर्धारित समयमा आइपुग्यौ ।

### الآية 20:41

> ﻿وَاصْطَنَعْتُكَ لِنَفْسِي [20:41]

४१) र मैले तिमीलाई विशेष आफ्नो लागि मनपराएको छु ।

### الآية 20:42

> ﻿اذْهَبْ أَنْتَ وَأَخُوكَ بِآيَاتِي وَلَا تَنِيَا فِي ذِكْرِي [20:42]

४२) अब तिमी आफ्नो भाइसहीत मेरा निशानीहरू साथमा लिएर जाऊ, र याद रहोस् मेरो स्मरणमा ढिलासुस्ती नगर्नु ।

### الآية 20:43

> ﻿اذْهَبَا إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغَىٰ [20:43]

४३) तिमी दुवै फिरऔनको पासमा जाऊ । त्यसले गम्भीर अवज्ञा गरेको छ ।

### الآية 20:44

> ﻿فَقُولَا لَهُ قَوْلًا لَيِّنًا لَعَلَّهُ يَتَذَكَّرُ أَوْ يَخْشَىٰ [20:44]

४४) त्यसलाई नम्रतापूर्वक सम्झाऊ, ताकि सम्भव छ त्यसले सम्झिहालोस् वा त्रसित भइहालोस् ।

### الآية 20:45

> ﻿قَالَا رَبَّنَا إِنَّنَا نَخَافُ أَنْ يَفْرُطَ عَلَيْنَا أَوْ أَنْ يَطْغَىٰ [20:45]

४५) दुवैले भने ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई यसको भय छ कि कतै त्यसले हामीमाथि कुनै अत्याचार नगरोस् अथवा उसको उदण्डता बढेर नजाओस् ।’’

### الآية 20:46

> ﻿قَالَ لَا تَخَافَا ۖ إِنَّنِي مَعَكُمَا أَسْمَعُ وَأَرَىٰ [20:46]

४६) (अल्लाहको) आदेश भयो तिमी अलिकति पनि नडराऊ, म तिम्रो साथमा छु र सुन्दछु र देख्दछु ।

### الآية 20:47

> ﻿فَأْتِيَاهُ فَقُولَا إِنَّا رَسُولَا رَبِّكَ فَأَرْسِلْ مَعَنَا بَنِي إِسْرَائِيلَ وَلَا تُعَذِّبْهُمْ ۖ قَدْ جِئْنَاكَ بِآيَةٍ مِنْ رَبِّكَ ۖ وَالسَّلَامُ عَلَىٰ مَنِ اتَّبَعَ الْهُدَىٰ [20:47]

४७) तिमी उसको पासमा जाऊ र भनः ‘कि हामी तिम्रो पालनकर्ताका संदेष्टा हौं । तिमी हाम्रो साथमा इस्राईलका सन्तानलाई पठाइदेऊ र उनीहरूलाई यातना नदेऊ । हामी तिम्रो पासमा तिम्रो पालनहारका निशानीहरू लिएर आएका छौं । र जसले सही मार्गदर्शनको कुरा मान्दछ त्यसैलाई सलामती (प्रशान्ति) प्राप्त हुनेछ ।

### الآية 20:48

> ﻿إِنَّا قَدْ أُوحِيَ إِلَيْنَا أَنَّ الْعَذَابَ عَلَىٰ مَنْ كَذَّبَ وَتَوَلَّىٰ [20:48]

४८) हामीतिर यो ‘‘वह्य’’ (अल्लाहको प्रकाशना) आएको छ कि जसले त्यसलाई झुठो भन्छ र विमुख हुन्छ, त्यसको निम्ति यातना तयार छ ।

### الآية 20:49

> ﻿قَالَ فَمَنْ رَبُّكُمَا يَا مُوسَىٰ [20:49]

४९) फिरऔनले सोध्यो कि, हे मूसा तिमी दुवैको पालनहार को हो ?

### الآية 20:50

> ﻿قَالَ رَبُّنَا الَّذِي أَعْطَىٰ كُلَّ شَيْءٍ خَلْقَهُ ثُمَّ هَدَىٰ [20:50]

५०) उसले(मूसाले) जवाफ दिए कि हाम्रो पालनहार त्यो हो जसले हरेकलाई एउटा विशेष रूप, आकार, प्रदान गर्यो र मार्गदर्शन गरायो ।

### الآية 20:51

> ﻿قَالَ فَمَا بَالُ الْقُرُونِ الْأُولَىٰ [20:51]

५१) उसले भन्यो कि, ठीक छ यो त बताऊ कि पहिलो पिढीहरूको अवस्था कस्तो हुनेवाला छ ।

### الآية 20:52

> ﻿قَالَ عِلْمُهَا عِنْدَ رَبِّي فِي كِتَابٍ ۖ لَا يَضِلُّ رَبِّي وَلَا يَنْسَى [20:52]

५२) जवाफ दिए कि ‘‘त्यसको ज्ञान मेरो पालनहारको पासमा किताबमा सुरक्षित छ, मेरो पालनहारबाट न गलती हुन्छ र नत ऊ भूल गर्छ’’ ।

### الآية 20:53

> ﻿الَّذِي جَعَلَ لَكُمُ الْأَرْضَ مَهْدًا وَسَلَكَ لَكُمْ فِيهَا سُبُلًا وَأَنْزَلَ مِنَ السَّمَاءِ مَاءً فَأَخْرَجْنَا بِهِ أَزْوَاجًا مِنْ نَبَاتٍ شَتَّىٰ [20:53]

५३) उसैले तिम्रो निम्ति धर्तीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू निकालेको छ र आकाशबाट पानी पनि उसैले बर्साउँछ । फेरि हामीले त्यस पानीबाट विभिन्न प्रकारका बोट विरुवाहरू उमार्छौं ।

### الآية 20:54

> ﻿كُلُوا وَارْعَوْا أَنْعَامَكُمْ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِأُولِي النُّهَىٰ [20:54]

५४) तिमी स्वयम् खाऊ र आफ्ना जनावरहरूलाई पनि चराऊ । निःसन्देह यसमा बुद्धिमानहरूको लागि (धेरै) निशानीहरू छन् ।

### الآية 20:55

> ﻿۞ مِنْهَا خَلَقْنَاكُمْ وَفِيهَا نُعِيدُكُمْ وَمِنْهَا نُخْرِجُكُمْ تَارَةً أُخْرَىٰ [20:55]

५५) यसै धरतीबाट हामीले तिम्रो सृष्टि गर्यौं र यसैमा तिमीलाई फेरि फर्काउने छौं र यसैबाट अर्कोपल्ट तिमीहरू सबैलाइ निकाल्ने छौं ।

### الآية 20:56

> ﻿وَلَقَدْ أَرَيْنَاهُ آيَاتِنَا كُلَّهَا فَكَذَّبَ وَأَبَىٰ [20:56]

५६) हामीले फिरऔनलाई आफ्ना सबै निशानीहरू देखायौं तर तैपनि उसले झूठो भन्यो र इन्कार गर्यो ।

### الآية 20:57

> ﻿قَالَ أَجِئْتَنَا لِتُخْرِجَنَا مِنْ أَرْضِنَا بِسِحْرِكَ يَا مُوسَىٰ [20:57]

५७) भन्न थाल्यो कि हे मूसा के तिमी हाम्रो पासमा यसकारण आएका हौ ताकि आफ्नो जादूको शक्तिले हामीलाई हाम्रो देशबाट निकालिदेऊ ।

### الآية 20:58

> ﻿فَلَنَأْتِيَنَّكَ بِسِحْرٍ مِثْلِهِ فَاجْعَلْ بَيْنَنَا وَبَيْنَكَ مَوْعِدًا لَا نُخْلِفُهُ نَحْنُ وَلَا أَنْتَ مَكَانًا سُوًى [20:58]

५८) ठीक छ हामीले पनि तिम्रो दाँजोमा यस्तै जादू ल्याउने छौं तसर्थ हाम्रो र आफ्नो बीचमा एउटा समय निर्धारित गरिहाल, ताकि नत हामीले त्यसको विपरीत गरौं नत तिमी, र यो प्रतिस्पर्धा एउटा सफा फाँटमा (मैदान) हुनेछ ।

### الآية 20:59

> ﻿قَالَ مَوْعِدُكُمْ يَوْمُ الزِّينَةِ وَأَنْ يُحْشَرَ النَّاسُ ضُحًى [20:59]

५९) मूसाले भने उत्सवको दिनको वचन छ र यो कि मानिसहरू सूर्योदयपछि एकत्रित भइहालुन् ।’’

### الآية 20:60

> ﻿فَتَوَلَّىٰ فِرْعَوْنُ فَجَمَعَ كَيْدَهُ ثُمَّ أَتَىٰ [20:60]

६०) अनि फिरऔन फर्केर गयो र आफ्ना सर–सामान जम्मा पारी फेरि आयो ।

### الآية 20:61

> ﻿قَالَ لَهُمْ مُوسَىٰ وَيْلَكُمْ لَا تَفْتَرُوا عَلَى اللَّهِ كَذِبًا فَيُسْحِتَكُمْ بِعَذَابٍ ۖ وَقَدْ خَابَ مَنِ افْتَرَىٰ [20:61]

६१) मूसाले ती (जादूगरहरू) सित भने कि अफशोच तिम्रो दुर्भाग्य छ, अल्लाहको बारेमा असत्य वा मनगढन्त कुरा नभन अन्यथा उसले तिमीलाई सजाय गरेर नष्ट पारिदिनेछ । यादराख जसले असत्य र मनगढन्ते कुरा गर्यो त्यो कहिले सफल हुनेछैन ।

### الآية 20:62

> ﻿فَتَنَازَعُوا أَمْرَهُمْ بَيْنَهُمْ وَأَسَرُّوا النَّجْوَىٰ [20:62]

६२) तिनीहरू एक आपसमा सरसल्लाह गर्दै अलग–अलग रायमा विभाजित भएर बिस्तारै कानेखुसी गर्नथाले ।

### الآية 20:63

> ﻿قَالُوا إِنْ هَٰذَانِ لَسَاحِرَانِ يُرِيدَانِ أَنْ يُخْرِجَاكُمْ مِنْ أَرْضِكُمْ بِسِحْرِهِمَا وَيَذْهَبَا بِطَرِيقَتِكُمُ الْمُثْلَىٰ [20:63]

६३) भन्न थाले ‘‘यी दुवै मात्र जादूगर हुन्, र चाहन्छन् कि आफ्नो जादूको बलले तिमीलाई तिम्रो राज्यबाट बाहिर निकालिदेउन्, र तिम्रो उत्तम धर्मलाई तहस नहस पारिदेउन् ।

### الآية 20:64

> ﻿فَأَجْمِعُوا كَيْدَكُمْ ثُمَّ ائْتُوا صَفًّا ۚ وَقَدْ أَفْلَحَ الْيَوْمَ مَنِ اسْتَعْلَىٰ [20:64]

६४) अतः तिमी पनि आफनो कुनै उपाय बाँकी नराख अनि पंक्तिवद्ध भएर आऊ । आज जो प्रभावी भयो, उसैले सफलता

### الآية 20:65

> ﻿قَالُوا يَا مُوسَىٰ إِمَّا أَنْ تُلْقِيَ وَإِمَّا أَنْ نَكُونَ أَوَّلَ مَنْ أَلْقَىٰ [20:65]

६५) तिनीहरूले भनेः ‘‘हे मूसा या त तिमीले पहिला चाल फ्याँक, वा हामीले पहिले फ्याँक्छौं ।’’

### الآية 20:66

> ﻿قَالَ بَلْ أَلْقُوا ۖ فَإِذَا حِبَالُهُمْ وَعِصِيُّهُمْ يُخَيَّلُ إِلَيْهِ مِنْ سِحْرِهِمْ أَنَّهَا تَسْعَىٰ [20:66]

६६) मूसाले उत्तर दिए किः ‘‘होइन बरु तिमीले नै पहिला फ्याँक ।’’ अब त मूसालाई यो भान हुन थाल्यो कि उनका डोरी र लठ्ठीहरू उनको जादूको जोडले यताउता दगुरिराखेका छन् ।

### الآية 20:67

> ﻿فَأَوْجَسَ فِي نَفْسِهِ خِيفَةً مُوسَىٰ [20:67]

६७) (त्यस वखत) मूसाले आफ्नो हृदयमा भय महसूस गरे ।

### الآية 20:68

> ﻿قُلْنَا لَا تَخَفْ إِنَّكَ أَنْتَ الْأَعْلَىٰ [20:68]

६८) हामीले भन्यौं, केही भय नगर, निःसन्देह तिमी नै प्रभावी हुनेछौ ।

### الآية 20:69

> ﻿وَأَلْقِ مَا فِي يَمِينِكَ تَلْقَفْ مَا صَنَعُوا ۖ إِنَّمَا صَنَعُوا كَيْدُ سَاحِرٍ ۖ وَلَا يُفْلِحُ السَّاحِرُ حَيْثُ أَتَىٰ [20:69]

६९) र जुन कुरो (लठ्ठी) तिम्रो दाहिने हातमा छ त्यसलाई फ्याँकिदेऊ, उनीहरूले जेजति बनाएका छन् त्यो सबैलाई निलीहाल्छ । जेजति तिनीहरूले बनाएका छन्, (यो त) जादूगरहरूको हत्कण्डा हो र जादूगरहरू जहाँबाट पनि आउनेछन् सफल हुनेछैनन् ।

### الآية 20:70

> ﻿فَأُلْقِيَ السَّحَرَةُ سُجَّدًا قَالُوا آمَنَّا بِرَبِّ هَارُونَ وَمُوسَىٰ [20:70]

७०) अब त सबै जादूगरहरू नतमस्तक भई ढोगिहाले र ठूलो स्वरमा भने कि हामीले त हारून र मूसाको पालनकर्तामाथि ईमान ल्यायौं ।

### الآية 20:71

> ﻿قَالَ آمَنْتُمْ لَهُ قَبْلَ أَنْ آذَنَ لَكُمْ ۖ إِنَّهُ لَكَبِيرُكُمُ الَّذِي عَلَّمَكُمُ السِّحْرَ ۖ فَلَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُمْ مِنْ خِلَافٍ وَلَأُصَلِّبَنَّكُمْ فِي جُذُوعِ النَّخْلِ وَلَتَعْلَمُنَّ أَيُّنَا أَشَدُّ عَذَابًا وَأَبْقَىٰ [20:71]

७१) फिरऔनले भन्न थाल्यो कि के मेरो अनुमति बिना नै तिमीहरूले उसमाथि ईमान ल्याइहाल्यौ ? निःसन्देह यही तिम्रो प्रमुख हो जसले तिमीलाई जादू सिकाएको छ, ठीक छ, अब म तिम्रा हात र खुट्टा उल्टा–सीधा कटाएर तिमीहरूलाई खजूरको रुखमा फाँसीमा झुण्ड्याइदिनेछु । र तिमीहरूलाई अवश्य थाहा भइहाल्ने छ कि हामीमध्ये कसको यातना धेरै कठोर र स्थायी छ ।’’

### الآية 20:72

> ﻿قَالُوا لَنْ نُؤْثِرَكَ عَلَىٰ مَا جَاءَنَا مِنَ الْبَيِّنَاتِ وَالَّذِي فَطَرَنَا ۖ فَاقْضِ مَا أَنْتَ قَاضٍ ۖ إِنَّمَا تَقْضِي هَٰذِهِ الْحَيَاةَ الدُّنْيَا [20:72]

७२) उनीहरूले भने कि जुन प्रमाणहरू हाम्रो सामु आइपुगेका छन्, तिनीहरूको मद्देनजर जसले हामीलाई सृष्टि गरेको छ, त्यस अल्लाह विरुद्ध हामीले तिमीलाई कहिल्यै प्राथमिकता दिने छैनौं, तसर्थ अब तिमीले जे गर्न चाहन्छौ गरिहाल । र तिमी जुन आदेश दिन सक्छौ, त्यो मात्र यसै सांसारिक जिन्दगीमा दिन सक्छौ ।

### الآية 20:73

> ﻿إِنَّا آمَنَّا بِرَبِّنَا لِيَغْفِرَ لَنَا خَطَايَانَا وَمَا أَكْرَهْتَنَا عَلَيْهِ مِنَ السِّحْرِ ۗ وَاللَّهُ خَيْرٌ وَأَبْقَىٰ [20:73]

७३) हामीले आफ्नो पालनकर्तामाथि यस आशामा ईमान ल्यायौं कि उसले हाम्रा पापहरूलाई माफ गरोस् र (त्यो पनि) जुन कि तिमीले हामीबाट जबरजस्ती जादू गरायौ । र अल्लाह नै उत्तम र सधैं रहीरहनेछ ।

### الآية 20:74

> ﻿إِنَّهُ مَنْ يَأْتِ رَبَّهُ مُجْرِمًا فَإِنَّ لَهُ جَهَنَّمَ لَا يَمُوتُ فِيهَا وَلَا يَحْيَىٰ [20:74]

७४) कुरो यो छ कि जो कोही अल्लाहको सामु पापी भएर आउनेछ उसको निम्ति नर्क छ, जसमा न मर्नु नत बाँच्नु हुनेछ ।

### الآية 20:75

> ﻿وَمَنْ يَأْتِهِ مُؤْمِنًا قَدْ عَمِلَ الصَّالِحَاتِ فَأُولَٰئِكَ لَهُمُ الدَّرَجَاتُ الْعُلَىٰ [20:75]

७५) र जो उसको सामु ईमानवाला भएर आउनेछ र उसले कर्म पनि असल गरेको छ त यस्ताको लागि उच्च दर्जाहरू छन् ।

### الآية 20:76

> ﻿جَنَّاتُ عَدْنٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا ۚ وَذَٰلِكَ جَزَاءُ مَنْ تَزَكَّىٰ [20:76]

७६) सधैं बासको निम्ति स्वर्गका बगैंचा जसका मुनि धरातलमा नहरहरू बगिराखेका छन्, सधैं तिनीहरू त्यहाँ बास गर्नेछन् । र यो नै त्यस्तो प्रत्येक व्यक्तिको पुरस्कार हो जो पवित्र भयो ।

### الآية 20:77

> ﻿وَلَقَدْ أَوْحَيْنَا إِلَىٰ مُوسَىٰ أَنْ أَسْرِ بِعِبَادِي فَاضْرِبْ لَهُمْ طَرِيقًا فِي الْبَحْرِ يَبَسًا لَا تَخَافُ دَرَكًا وَلَا تَخْشَىٰ [20:77]

७७) हामीले मूसातिर वह्य (सन्देश) पठायौं कि हाम्रा भक्तहरूलाई रातैरात लगिहाल, अनि तिनीहरूको निम्ति समुद्रमा लठ्ठी हानी बाटो बनाइहाल, त्यसपछि तिमीलाई नकसैले आइसमात्ने भय हुनेछ र नत (डुब्ने) डर ।

### الآية 20:78

> ﻿فَأَتْبَعَهُمْ فِرْعَوْنُ بِجُنُودِهِ فَغَشِيَهُمْ مِنَ الْيَمِّ مَا غَشِيَهُمْ [20:78]

७८) फिरऔनले आफ्नो लाव लश्करको साथ तिनीहरूलाई पछ्यायो तब समुद्रका तरङ्गहरू तिनीहरूलाई छोपिहाले (डुबाइहाले) ।

### الآية 20:79

> ﻿وَأَضَلَّ فِرْعَوْنُ قَوْمَهُ وَمَا هَدَىٰ [20:79]

७९) र फिरऔनले आफ्नो समुदायलाई पथभ्रष्ट गर्यो र सही बाटो देखाएन ।

### الآية 20:80

> ﻿يَا بَنِي إِسْرَائِيلَ قَدْ أَنْجَيْنَاكُمْ مِنْ عَدُوِّكُمْ وَوَاعَدْنَاكُمْ جَانِبَ الطُّورِ الْأَيْمَنَ وَنَزَّلْنَا عَلَيْكُمُ الْمَنَّ وَالسَّلْوَىٰ [20:80]

८०) हे बनी इस्राईल हेर, हामीले तिमीलाई तिम्रो शत्रुबाट छुटकारा दिलायौं र तिमीसित तूर पर्वतको दाहिनेतिरको वचन दियौं र तिमी माथि ‘‘मन्न र सलवा’’ उतार्यौं ।

### الآية 20:81

> ﻿كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ وَلَا تَطْغَوْا فِيهِ فَيَحِلَّ عَلَيْكُمْ غَضَبِي ۖ وَمَنْ يَحْلِلْ عَلَيْهِ غَضَبِي فَقَدْ هَوَىٰ [20:81]

८१) तिमीले हामीबाट प्रदान गरिएको पवित्र कुराहरू खाऊ, र यसमा सीमा न नाघ, अन्यथा तिमीमाथि मेरो प्रकोप पर्नेछ, र जसमाथि मेरो प्रकोप पर्यो त्यो निःसन्देह बर्बाद भयो ।

### الآية 20:82

> ﻿وَإِنِّي لَغَفَّارٌ لِمَنْ تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَىٰ [20:82]

८२) र त्यो जसले प्रायश्चित गर्यो र ईमान ल्यायो र असल कर्म गर्यो अनि असल मार्गमा हिड्दै गर्यो, त्यसको लागि निश्चय नै म अत्यन्त क्षमाशील छु ।

### الآية 20:83

> ﻿۞ وَمَا أَعْجَلَكَ عَنْ قَوْمِكَ يَا مُوسَىٰ [20:83]

८३) हे मूसा तिमीलाई आफ्नो कौम छाडी शीघ्र आउनुमा कुन कुरोले उक्सायो ।

### الآية 20:84

> ﻿قَالَ هُمْ أُولَاءِ عَلَىٰ أَثَرِي وَعَجِلْتُ إِلَيْكَ رَبِّ لِتَرْضَىٰ [20:84]

८४) भने कि उनीहरू पनि मेरो पछि पछि आइराखेका छन् र हे मेरो पालनकर्ता मैले तिमीतिर आउनुमा शीघ्रता यसकारणले गरें ताकि तिमी प्रसन्न भइहाल ।

### الآية 20:85

> ﻿قَالَ فَإِنَّا قَدْ فَتَنَّا قَوْمَكَ مِنْ بَعْدِكَ وَأَضَلَّهُمُ السَّامِرِيُّ [20:85]

८५) आदेश भयोः ‘‘हामीले तिमीपछि तिम्रो कौमलाई परीक्षामा पार्यौं । र सामरीले तिनीहरूलाई पथभ्रष्ट गरिहाल्यो ।’’

### الآية 20:86

> ﻿فَرَجَعَ مُوسَىٰ إِلَىٰ قَوْمِهِ غَضْبَانَ أَسِفًا ۚ قَالَ يَا قَوْمِ أَلَمْ يَعِدْكُمْ رَبُّكُمْ وَعْدًا حَسَنًا ۚ أَفَطَالَ عَلَيْكُمُ الْعَهْدُ أَمْ أَرَدْتُمْ أَنْ يَحِلَّ عَلَيْكُمْ غَضَبٌ مِنْ رَبِّكُمْ فَأَخْلَفْتُمْ مَوْعِدِي [20:86]

८६) अनि मूसा क्रोध र दुःखको अवस्थामा आफ्नो समुदायतिर फर्केर आए र भन्न थाले कि हे मेरो समुदायका मानिसहरू के तिम्रो पालनकर्ताले तिमीलाई राम्रो वचन दिएको थिएन ? के उसको तर्फबाट आउने मद्दत तिमीलाई लामो प्रतीत भयो वा तिमीले चाह्यौ कि तिमीमाथि तिम्रो पालनकर्ताको तर्फबाट प्रकोप परोस ? र (यसैकारणले) तिमीले मसित जुन वाचा गरेका थियौ त्यसको उल्लंघन गर्यौ ।

### الآية 20:87

> ﻿قَالُوا مَا أَخْلَفْنَا مَوْعِدَكَ بِمَلْكِنَا وَلَٰكِنَّا حُمِّلْنَا أَوْزَارًا مِنْ زِينَةِ الْقَوْمِ فَقَذَفْنَاهَا فَكَذَٰلِكَ أَلْقَى السَّامِرِيُّ [20:87]

८७) तिनीहरूले जवाफ दिए कि ‘‘हामीले आफ्नो खुशीले तपाईंसित गरेको वाचाको उल्लंघन गरेका होइनौं, बरु समुदायका आभूषणहरूको जुन् बोझ उठाएका थियौं, हामीले त्यसलाई आगोमा फ्याँकिदियौं र यस्तै सामरीले पनि गर्यो ।’’

### الآية 20:88

> ﻿فَأَخْرَجَ لَهُمْ عِجْلًا جَسَدًا لَهُ خُوَارٌ فَقَالُوا هَٰذَا إِلَٰهُكُمْ وَإِلَٰهُ مُوسَىٰ فَنَسِيَ [20:88]

८८) अनि त्यसले तिनीहरूको निम्ति एउटा बाछो निकालेर उभ्यायो अर्थात बाछोको आकृति जसको कि गाईको जस्तो आवाज पनि थियो अनि भन्न थाले कि यही तिम्रो पूजनीय हो ? र मूसाको पनि पूज्य तर मूसाले बिर्सिसकेको छ ।

### الآية 20:89

> ﻿أَفَلَا يَرَوْنَ أَلَّا يَرْجِعُ إِلَيْهِمْ قَوْلًا وَلَا يَمْلِكُ لَهُمْ ضَرًّا وَلَا نَفْعًا [20:89]

८९) के यी पथविचलित मानिसहरूले यो पनि देख्दैनन् कि त्यसले नकुनै उत्तर दिन्छ र नत उसलाई तिनीहरूको हानि र लाभको कुनै अधिकार प्राप्त छ ।

### الآية 20:90

> ﻿وَلَقَدْ قَالَ لَهُمْ هَارُونُ مِنْ قَبْلُ يَا قَوْمِ إِنَّمَا فُتِنْتُمْ بِهِ ۖ وَإِنَّ رَبَّكُمُ الرَّحْمَٰنُ فَاتَّبِعُونِي وَأَطِيعُوا أَمْرِي [20:90]

९०) र हारून (अलैहिस्सलाम) ले उनीहरूसित पहिले नै भनिदिएका थिए कि हे मेरो समुदायका मानिसहरू यस बाछोबाट त मात्र तिमीहरूको परीक्षा गरिएको हो, र तिम्रो वास्तविक पालनकर्ता त अल्लाह रहमान नै हो, तसर्थ तिमी सबैले मेरो अनुशरण गर र मेरो कुरा मान्दैगर ।

### الآية 20:91

> ﻿قَالُوا لَنْ نَبْرَحَ عَلَيْهِ عَاكِفِينَ حَتَّىٰ يَرْجِعَ إِلَيْنَا مُوسَىٰ [20:91]

९१) तिनीहरूले जवाफ दिए कि जबसम्म मूसा हाम्रो पासमा आउँदैनन् हामी त त्यसैको पूजामा दृढ रहनेछौं ।

### الآية 20:92

> ﻿قَالَ يَا هَارُونُ مَا مَنَعَكَ إِذْ رَأَيْتَهُمْ ضَلُّوا [20:92]

९२) अनि मूसाले भने कि हे हारून जब तिमीले देख्यौ कि यिनीहरू पथभ्रष्ट भइरहेका छन् त कुन कुराले तिमीलाई रोकेको थियो ।

### الآية 20:93

> ﻿أَلَّا تَتَّبِعَنِ ۖ أَفَعَصَيْتَ أَمْرِي [20:93]

९३) कुन कुरालेगर्दा तिमीले मेरो अनुशरण गरेनौ, के तिमीले पनि मेरो आदेशको उल्लंघन गर्यौ ?

### الآية 20:94

> ﻿قَالَ يَا ابْنَ أُمَّ لَا تَأْخُذْ بِلِحْيَتِي وَلَا بِرَأْسِي ۖ إِنِّي خَشِيتُ أَنْ تَقُولَ فَرَّقْتَ بَيْنَ بَنِي إِسْرَائِيلَ وَلَمْ تَرْقُبْ قَوْلِي [20:94]

९४) हारून अलैहिस्सलामले भनेः कि हे ‘‘मेरो आमाबाटै जन्मेको भाइ मेरो दाढी र कपाल नसमात्नुस्, म त यो कुराबाट डराएँ कि तपाईंले यो नभन्नुहोस् कि मैले बनी इस्राईलमा झगडा गराइदिएँ र तपाईंको कुरालाई ध्यान दिएन ।’’

### الآية 20:95

> ﻿قَالَ فَمَا خَطْبُكَ يَا سَامِرِيُّ [20:95]

९५) (अनि सामरीसित) मूसाले भन्न थाले कि ‘‘सामरी’’ तिम्रो हाल के छ ?

### الآية 20:96

> ﻿قَالَ بَصُرْتُ بِمَا لَمْ يَبْصُرُوا بِهِ فَقَبَضْتُ قَبْضَةً مِنْ أَثَرِ الرَّسُولِ فَنَبَذْتُهَا وَكَذَٰلِكَ سَوَّلَتْ لِي نَفْسِي [20:96]

९६) उसले भन्यो कि मैले यस्तो कुरा देखें जुन कि अरुले देखेनन्, अनि मैले फरिश्ताको पदचिन्हबाट एक मुठ्ठी माटो लिइहालें, र त्यसमा (बाछोमा) हालिदिए र मलाई मेरो मनले यस कामलाई राम्रो भन्यो ।

### الآية 20:97

> ﻿قَالَ فَاذْهَبْ فَإِنَّ لَكَ فِي الْحَيَاةِ أَنْ تَقُولَ لَا مِسَاسَ ۖ وَإِنَّ لَكَ مَوْعِدًا لَنْ تُخْلَفَهُ ۖ وَانْظُرْ إِلَىٰ إِلَٰهِكَ الَّذِي ظَلْتَ عَلَيْهِ عَاكِفًا ۖ لَنُحَرِّقَنَّهُ ثُمَّ لَنَنْسِفَنَّهُ فِي الْيَمِّ نَسْفًا [20:97]

९७) (मूसाले) भने, जाऊ तिमीलाई संसारको जिन्दगीमा यो सजाय छ कि तिमी भन्दैगर कि, ‘‘मलाई नछोऊ ।’’ र तिम्रो निम्ति अर्को वचन पनि छ जुन तिमीबाट टार्न सकिनेछैन र जुन मअ्बूद (को पूजा) मा तिमी (कायम) थियौ, त्यसलाई पनि अब हेर, हामीले त्यसलाई जलाएर त्यस (को खरानी) उडाएर समुद्रमा छरिदिनेछौं ।

### الآية 20:98

> ﻿إِنَّمَا إِلَٰهُكُمُ اللَّهُ الَّذِي لَا إِلَٰهَ إِلَّا هُوَ ۚ وَسِعَ كُلَّ شَيْءٍ عِلْمًا [20:98]

९८) वास्तविक कुरा यो छ कि तिम्रो सत्य मअ्बूद अल्लाह नै हो, जस बाहेक अरु कोही सत्य पूजनीय छैन, उसको ज्ञान सबै कुरामाथि हावी छ ।

### الآية 20:99

> ﻿كَذَٰلِكَ نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَاءِ مَا قَدْ سَبَقَ ۚ وَقَدْ آتَيْنَاكَ مِنْ لَدُنَّا ذِكْرًا [20:99]

९९) यस प्रकार हामीले तिमीलाई विगतका वृतान्त सुनाउँदैछौं, र हामीले निश्चिय नै तिमीलाई आफ्नो तर्फबाट एक मार्गदर्शन प्रदान गरिसकेका छौं ।

### الآية 20:100

> ﻿مَنْ أَعْرَضَ عَنْهُ فَإِنَّهُ يَحْمِلُ يَوْمَ الْقِيَامَةِ وِزْرًا [20:100]

१००) जुन मानिस यसबाट विमुख हुन्छ, त्यसले कियामतको दिन आफ्नो गरुङ्गो बोझ उठाइरहेनेछ ।

### الآية 20:101

> ﻿خَالِدِينَ فِيهِ ۖ وَسَاءَ لَهُمْ يَوْمَ الْقِيَامَةِ حِمْلًا [20:101]

१०१) सधैं सोहीमा रहनेछन् । र यो बोझ कियामतको दिन तिनीहरूको निम्ति नराम्रो हुनेछ ।

### الآية 20:102

> ﻿يَوْمَ يُنْفَخُ فِي الصُّورِ ۚ وَنَحْشُرُ الْمُجْرِمِينَ يَوْمَئِذٍ زُرْقًا [20:102]

१०२) जुन दिन सूर (सिंगा) फूँकिनेछ र हामीले पापीहरूलाई एकत्रित गर्नेछौं र (डरले) तिनीहरूका आँखा निला र पहेलो हुनेछन् ।

### الآية 20:103

> ﻿يَتَخَافَتُونَ بَيْنَهُمْ إِنْ لَبِثْتُمْ إِلَّا عَشْرًا [20:103]

१०३) तिनीहरू आपसमा एक अर्कासित बिस्तारै भन्नेछन् कि हामी त (संसारमा) मात्र दश दिन बसेका थियौं ।

### الآية 20:104

> ﻿نَحْنُ أَعْلَمُ بِمَا يَقُولُونَ إِذْ يَقُولُ أَمْثَلُهُمْ طَرِيقَةً إِنْ لَبِثْتُمْ إِلَّا يَوْمًا [20:104]

१०४) जुन कुरा यिनीहरूले गर्नेछन्, त्यसको वास्तविकतासँग हामी राम्ररी परिचित छौं । त्यसबेला तिनीहरूमध्ये सबभन्दा राम्रो मार्गमा हिँड्नेवालाले भन्नेछ कि होइन, बरु एकदिन मात्र बसेका थियौं ।

### الآية 20:105

> ﻿وَيَسْأَلُونَكَ عَنِ الْجِبَالِ فَقُلْ يَنْسِفُهَا رَبِّي نَسْفًا [20:105]

१०५) तिनीहरू तपाईसित पहाडहरूको बारेमा सोध्छन्, भनीदिनुस् कि अल्लाहले तिनीहरूलाई साना–साना कणहरू पारी छरिदिनेछ ।

### الآية 20:106

> ﻿فَيَذَرُهَا قَاعًا صَفْصَفًا [20:106]

१०६) र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ ।

### الآية 20:107

> ﻿لَا تَرَىٰ فِيهَا عِوَجًا وَلَا أَمْتًا [20:107]

१०७) जसमा तिमीले न कहिँ मोड (बाङो टिङ्गो) देख्नेछौ नत ओरालो उकालो ।

### الآية 20:108

> ﻿يَوْمَئِذٍ يَتَّبِعُونَ الدَّاعِيَ لَا عِوَجَ لَهُ ۖ وَخَشَعَتِ الْأَصْوَاتُ لِلرَّحْمَٰنِ فَلَا تَسْمَعُ إِلَّا هَمْسًا [20:108]

१०८) जुन दिन मानिसहरू एउटा पुकार गर्नेवालाको पछि हिड्नेछन् र उसको अनुशरणबाट कोही कति पनि पन्छिन सक्नेछैन र अल्लाहको अगाडि सबै आवाजहरू दबिरहनेछन्, एउटा कानेखुसी बाहेक केही सुन्ने छैनौ ।

### الآية 20:109

> ﻿يَوْمَئِذٍ لَا تَنْفَعُ الشَّفَاعَةُ إِلَّا مَنْ أَذِنَ لَهُ الرَّحْمَٰنُ وَرَضِيَ لَهُ قَوْلًا [20:109]

१०९) त्यसदिन सिफारिश केही फाइदा पुर्याउने छैन, तर त्यस व्यक्ति बाहेक जसलाई अल्लाहले इजाजत (अनुमति) प्रदान गर्दछ र उसको कुरा मनपराउनेछ ।

### الآية 20:110

> ﻿يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يُحِيطُونَ بِهِ عِلْمًا [20:110]

११०) जे जति उनीहरूको अगाडि पछाडि छ, अल्लाह त्यो सबै जान्दछ कुनै प्रणीको ज्ञान उसमाथि हावी हुनसक्दैन ।

### الآية 20:111

> ﻿۞ وَعَنَتِ الْوُجُوهُ لِلْحَيِّ الْقَيُّومِ ۖ وَقَدْ خَابَ مَنْ حَمَلَ ظُلْمًا [20:111]

१११) सबै अनुहारहरू त्यस अविनाशी सधैं कायम रहने वर्चस्वता सम्पन्न अल्लाहको अगाडि ब्याकुल भएर निहुरिएको हुनेछन् । निःसन्देह असफल त्यो भयो जसले अत्याचारको बोझ उठायो ।

### الآية 20:112

> ﻿وَمَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا يَخَافُ ظُلْمًا وَلَا هَضْمًا [20:112]

११२) र जसले असल काम गर्नेछ र मोमिन पनि हुनेछ, त त्यसलाई न अन्यायको डर हुनेछ र न नोक्सानीको ।

### الآية 20:113

> ﻿وَكَذَٰلِكَ أَنْزَلْنَاهُ قُرْآنًا عَرَبِيًّا وَصَرَّفْنَا فِيهِ مِنَ الْوَعِيدِ لَعَلَّهُمْ يَتَّقُونَ أَوْ يُحْدِثُ لَهُمْ ذِكْرًا [20:113]

११३) यसप्रकार हामीले तिमीलाई अरबी कुरआनको रूपमा अवतरित गरेका छौं र हामीले यसमा विभिन्न प्रकारले चेतावनीहरू दिएका छौं ताकि मानिसहरू आत्मसंयमी बनुन् वा अल्लाहले उनीहरूको लागि सोच्ने सम्झने क्षमता उत्पन्न गरोस् ।

### الآية 20:114

> ﻿فَتَعَالَى اللَّهُ الْمَلِكُ الْحَقُّ ۗ وَلَا تَعْجَلْ بِالْقُرْآنِ مِنْ قَبْلِ أَنْ يُقْضَىٰ إِلَيْكَ وَحْيُهُ ۖ وَقُلْ رَبِّ زِدْنِي عِلْمًا [20:114]

११४) अतः अल्लाह गोरवपूर्ण र सच्चा सम्राट हो । कुरआनको ‘‘वह्य’’ जुन तिमीतिर पठाइन्छ, त्यो पूरा हुनुभन्दा अगाडि कुरआनलाई पढ्नुको निम्ति हतार गर्ने नगर र भनः ‘‘मेरो पालनकर्ता, मलाई ज्ञानमा अभिवृद्धि प्रदान गरोस्’’ ।

### الآية 20:115

> ﻿وَلَقَدْ عَهِدْنَا إِلَىٰ آدَمَ مِنْ قَبْلُ فَنَسِيَ وَلَمْ نَجِدْ لَهُ عَزْمًا [20:115]

११५) हामीले यसभन्दा पहिला आदमलाई एउटा निश्चित आदेश दिएका थियौं तर उसले बिर्सिहाल्यो र हामीले त्यसमा कुनै संतोष र दृढता देखेनौं ।

### الآية 20:116

> ﻿وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ أَبَىٰ [20:116]

११६) र जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, तब इब्लीस बाहेक सबैले सज्दा गरे तर इब्लीसले सो गर्नुबाट पूरै इन्कार गर्यो ।

### الآية 20:117

> ﻿فَقُلْنَا يَا آدَمُ إِنَّ هَٰذَا عَدُوٌّ لَكَ وَلِزَوْجِكَ فَلَا يُخْرِجَنَّكُمَا مِنَ الْجَنَّةِ فَتَشْقَىٰ [20:117]

११७) अनि हामीले भन्यौं कि हे आदम निश्चय नै यो तिमी र तिम्रो पत्नीको शत्रु हो । ध्यान गर यस्तो नहोस् कि यसले तिमी दुवैलाई जन्नतबाट निष्कासित गराइदेओस् र तिमी कष्टमा परिहाल ।

### الآية 20:118

> ﻿إِنَّ لَكَ أَلَّا تَجُوعَ فِيهَا وَلَا تَعْرَىٰ [20:118]

११८) यहाँ तिमीलाई यो आराम छ कि न तिमी भोको रहेनेछौ न नाङ्गो रहनेछौ ।

### الآية 20:119

> ﻿وَأَنَّكَ لَا تَظْمَأُ فِيهَا وَلَا تَضْحَىٰ [20:119]

११९) र यो पनि कि न तिमी यहाँ तिर्खाएको रहनेछौ नत गरमीको कष्ट भोग्नेछौ ।

### الآية 20:120

> ﻿فَوَسْوَسَ إِلَيْهِ الشَّيْطَانُ قَالَ يَا آدَمُ هَلْ أَدُلُّكَ عَلَىٰ شَجَرَةِ الْخُلْدِ وَمُلْكٍ لَا يَبْلَىٰ [20:120]

१२०) त्यसपछि शैतानले उनलाई उक्सायो, भन्नथाल्योः (हे आदम)के मैले तिमीलाई शाश्वत जीवनको वृक्षको बारेमा भनूँ र यस्तो राज्यको सम्बन्धमा जो कहिल्यै पूरानो हुँदैन ?’’

### الآية 20:121

> ﻿فَأَكَلَا مِنْهَا فَبَدَتْ لَهُمَا سَوْآتُهُمَا وَطَفِقَا يَخْصِفَانِ عَلَيْهِمَا مِنْ وَرَقِ الْجَنَّةِ ۚ وَعَصَىٰ آدَمُ رَبَّهُ فَغَوَىٰ [20:121]

१२१) अन्ततः ती दुवैले त्यस वृक्षबाट केही खाइहाले, जसको परिणामस्वरूप तिनीहरूका लुकाउने कुरा (गोप्य अंगहरू) तिनीहरूको अगाडि खुल्ला भइहाले र ती दुवैले आफना अंग जन्नतका (स्वर्गका) पातहरूले छोप्न थाले र आदमले आफ्नो पालनकर्ताको (आदेशको) उल्लघंन गरे अनि मार्गविचलित भइहाले ।

### الآية 20:122

> ﻿ثُمَّ اجْتَبَاهُ رَبُّهُ فَتَابَ عَلَيْهِ وَهَدَىٰ [20:122]

१२२) अनि उनको पालनकर्ताले उनलाई रोज्यो, र उनको प्रायश्चित स्वीकार गर्यो र उनको मार्गदर्शन, गर्यो ।

### الآية 20:123

> ﻿قَالَ اهْبِطَا مِنْهَا جَمِيعًا ۖ بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ ۖ فَإِمَّا يَأْتِيَنَّكُمْ مِنِّي هُدًى فَمَنِ اتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشْقَىٰ [20:123]

१२३) आदेश भयो तिमी दुवै यहाँबाट तल झर । तिमी आपसमा एक अर्काको शत्रु हौ । अब जहिले पनि मेरो तर्फबाट मार्गदर्शन जानेछ तब जसले मेरो मार्गदर्शनको अनुपालन गर्दछ, ऊ नत पथभ्रष्ट हुनेछ र न कष्टमा पर्नेछ ।

### الآية 20:124

> ﻿وَمَنْ أَعْرَضَ عَنْ ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنْكًا وَنَحْشُرُهُ يَوْمَ الْقِيَامَةِ أَعْمَىٰ [20:124]

१२४) र जसले मेरो स्मृतिबाट विमुख हुनेछ त्यसको जीवन कष्टमय हुनेछ र कियामतको दिन त्यसलाई हामीले अन्धा बनाएर उठाउने छौं ।

### الآية 20:125

> ﻿قَالَ رَبِّ لِمَ حَشَرْتَنِي أَعْمَىٰ وَقَدْ كُنْتُ بَصِيرًا [20:125]

१२५) उसले भन्नेछ किः मेरो पालनकर्ता तिमीले मलाई अन्धो पारेर किन उठायौ, जबकि म त आँखा देख्नेवाला थिएँ ?

### الآية 20:126

> ﻿قَالَ كَذَٰلِكَ أَتَتْكَ آيَاتُنَا فَنَسِيتَهَا ۖ وَكَذَٰلِكَ الْيَوْمَ تُنْسَىٰ [20:126]

१२६) (अल्लाहबाट जवाफ आउनेछ) यस्तै हुनुपथ्र्यो तिम्रो नजिकमा जब हाम्रा आयतहरू आए तब तिमीले बिर्सिदियौ, यस्तै किसिमले आज हामीले तिमीलाई बिर्सिदिने गर्छौ ।

### الآية 20:127

> ﻿وَكَذَٰلِكَ نَجْزِي مَنْ أَسْرَفَ وَلَمْ يُؤْمِنْ بِآيَاتِ رَبِّهِ ۚ وَلَعَذَابُ الْآخِرَةِ أَشَدُّ وَأَبْقَىٰ [20:127]

१२७) यस्तै किसिमले हामीले त्यसलाई प्रतिफल दिन्छौं जसले मर्यादाको उल्लंघन गर्दछ र आफ्नो पालनकर्ताको आयतहरूमाथि ईमान ल्याउँदैन । र निःसंदेह आखिरतको यातना त अत्यन्त कठोर र निकै स्थायी हुनेछ ।

### الآية 20:128

> ﻿أَفَلَمْ يَهْدِ لَهُمْ كَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنَ الْقُرُونِ يَمْشُونَ فِي مَسَاكِنِهِمْ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِأُولِي النُّهَىٰ [20:128]

१२८) अनि के उनीहरूलाई यस कुराबाट पनि मार्ग प्राप्त भएन कि हामी उनीहरूभन्दा पहिला कैयन् पुस्ताहरूलाई नष्ट गरिसकेका छौं, जसका बस्तीहरूमा यिनीहरूले हिंड्डुल गरिराखेका छन् ? निश्चय नै बुद्धिमानहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।

### الآية 20:129

> ﻿وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَبِّكَ لَكَانَ لِزَامًا وَأَجَلٌ مُسَمًّى [20:129]

१२९) यदि तिम्रो पालनकर्ताबाट पहिले नै एउटा कुरा निश्चित नभइसकेको भए र एउटा अवधि निश्चित नगरिसकिइएको भए, अवश्य नै तिमीहरूलाई यातनाले तुरुन्तै समातिहाल्ने थियो ।

### الآية 20:130

> ﻿فَاصْبِرْ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ غُرُوبِهَا ۖ وَمِنْ آنَاءِ اللَّيْلِ فَسَبِّحْ وَأَطْرَافَ النَّهَارِ لَعَلَّكَ تَرْضَىٰ [20:130]

१३०) अतः जे जति तिनीहरूले भन्छन त्यसमाथि धैर्य गर, र आफ्नो पालनकर्ताको गुणगान गर्दैगर, सूर्योदयभन्दा अगाडि, र त्यो अस्ताउनुभन्दा अगाडि र रातीको समयमा पनि तसबीह (गुणगान) गर, र दिनका अनेक भागहरूमा पनि सम्भव छ तिमी सहमत हुनसक ।

### الآية 20:131

> ﻿وَلَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَىٰ مَا مَتَّعْنَا بِهِ أَزْوَاجًا مِنْهُمْ زَهْرَةَ الْحَيَاةِ الدُّنْيَا لِنَفْتِنَهُمْ فِيهِ ۚ وَرِزْقُ رَبِّكَ خَيْرٌ وَأَبْقَىٰ [20:131]

१३१) र ती कुराहरूतिर आफ्नो आँखा उठाएर पटक्कै नहेर, जुन हामीले तिनीहरूमध्ये विभिन्न मानिसहरूलाई संसारमा उपभोगको निम्ति दिएका छौं, ताकि हामीले त्यसबाट उनीहरूको परीक्षा लिन सकौं । त्यो त मात्र सांसारिक जीवनको शोभा हो । तर तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको जीविका मात्र उत्तम र स्थायी छ ।

### الآية 20:132

> ﻿وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا ۖ لَا نَسْأَلُكَ رِزْقًا ۖ نَحْنُ نَرْزُقُكَ ۗ وَالْعَاقِبَةُ لِلتَّقْوَىٰ [20:132]

१३२) आफ्नो घरका मानिसहरूलाई नमाजको आदेश गर र स्वयम् पनि त्यसमा लागिराख । हामीले तिमीसँग जीविका माँग्दैनौं बरु हामीले स्वयम् तिमीलाई जीविका दिन्छौं, र राम्रो परिणाम त धर्म परायणताकै लागि निश्चित छ ।

### الآية 20:133

> ﻿وَقَالُوا لَوْلَا يَأْتِينَا بِآيَةٍ مِنْ رَبِّهِ ۚ أَوَلَمْ تَأْتِهِمْ بَيِّنَةُ مَا فِي الصُّحُفِ الْأُولَىٰ [20:133]

१३३) तिनीहरूले भने किः यस नबीले आफ्नो पालनकर्ताको तर्फबाट हामीतर्फ कुनै निशानी किन ल्याएको छैन ? के तिनीहरूसम्म त्यसको स्पष्ट प्रमाण आइपुगेन, जुन पहिलेको पुस्तकहरूमा उल्लेखित छन् ?’’

### الآية 20:134

> ﻿وَلَوْ أَنَّا أَهْلَكْنَاهُمْ بِعَذَابٍ مِنْ قَبْلِهِ لَقَالُوا رَبَّنَا لَوْلَا أَرْسَلْتَ إِلَيْنَا رَسُولًا فَنَتَّبِعَ آيَاتِكَ مِنْ قَبْلِ أَنْ نَذِلَّ وَنَخْزَىٰ [20:134]

१३४) र यदि हामीले त्यसभन्दा पहिला नै यिनीहरूलाई कुनै यातनाबाट नष्ट गरिदिएको भए, निःसन्देह यिनीहरूले भन्थे कि ‘‘हे हाम्रो पालनकर्ता, तिमीले हाम्रो पासमा कुनै रसूल किन पठाएनौ ? ताकि हामी अपमानित र निराश हुनुभन्दा अगाडि तिम्रा आयतहरूको अनुपालन गर्ने थियौं ?’’

### الآية 20:135

> ﻿قُلْ كُلٌّ مُتَرَبِّصٌ فَتَرَبَّصُوا ۖ فَسَتَعْلَمُونَ مَنْ أَصْحَابُ الصِّرَاطِ السَّوِيِّ وَمَنِ اهْتَدَىٰ [20:135]

१३५) भनिदिनुस्ः प्रत्येक परिणामको प्रतीक्षामा छ । अतः अब तिमी पनि प्रतीक्षा गर शीघ्र नै तिमीले थाहा पाइहाल्ने छौ कि को सीधा मार्गवाला छन् र कसलाई मार्गदर्शन प्राप्त छ ।’’

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/20.md)
- [كل تفاسير سورة طه
](https://quranpedia.net/surah-tafsir/20.md)
- [ترجمات سورة طه
](https://quranpedia.net/translations/20.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/20/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
