---
title: "ترجمة سورة الأنبياء - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/21/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/21/book/1996"
surah_id: "21"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الأنبياء - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/21/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الأنبياء - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/21/book/1996*.

Translation of Surah الأنبياء from "الترجمة النيبالية" in النيبالية.

### الآية 21:1

> اقْتَرَبَ لِلنَّاسِ حِسَابُهُمْ وَهُمْ فِي غَفْلَةٍ مُعْرِضُونَ [21:1]

१) मानिसहरूको (कर्मको) लेखाजोखाको समय नजिक आइपुगको छ तैपनि उनीहरू असावधान भई पन्छिइराखेका छन् ।

### الآية 21:2

> ﻿مَا يَأْتِيهِمْ مِنْ ذِكْرٍ مِنْ رَبِّهِمْ مُحْدَثٍ إِلَّا اسْتَمَعُوهُ وَهُمْ يَلْعَبُونَ [21:2]

२) उनीहरूको पासमा उनीहरूको पालनकर्ताको तर्फबाट जुन नयाँ–नयाँ उपदेश आउँछ त्यसलाई तिनीहरूले ख्याल ठट्टाका साथ नै सुन्दछन् ।

### الآية 21:3

> ﻿لَاهِيَةً قُلُوبُهُمْ ۗ وَأَسَرُّوا النَّجْوَى الَّذِينَ ظَلَمُوا هَلْ هَٰذَا إِلَّا بَشَرٌ مِثْلُكُمْ ۖ أَفَتَأْتُونَ السِّحْرَ وَأَنْتُمْ تُبْصِرُونَ [21:3]

३) तिनीहरूका हृदय अत्यन्त लापरवाहीमा छन् र यी अत्याचारीहरूले गोप्यरूपले कानेखुसी गरे कि ऊ मात्र तिमी जस्तै मानिस हो, अनि के कारण छ कि तिमी आँखा देख्ने भएर पनि जादूको चक्करमा आउँछौ ।

### الآية 21:4

> ﻿قَالَ رَبِّي يَعْلَمُ الْقَوْلَ فِي السَّمَاءِ وَالْأَرْضِ ۖ وَهُوَ السَّمِيعُ الْعَلِيمُ [21:4]

४) पैगम्बरले भने कि जुन कुरा आकाश र जमिनमा छन् मेरो पालनकर्ताले त्यसलाई जान्दछ र त्यो सुन्नेवाला र जान्नेवाला छ ।

### الآية 21:5

> ﻿بَلْ قَالُوا أَضْغَاثُ أَحْلَامٍ بَلِ افْتَرَاهُ بَلْ هُوَ شَاعِرٌ فَلْيَأْتِنَا بِآيَةٍ كَمَا أُرْسِلَ الْأَوَّلُونَ [21:5]

५) यति मात्र होइन, बरु तिनीहरूले त भन्छन्, कि यो ‘‘कुरआन’’ त संभ्रामित सपनाहरूको पोको हो, बरु उसले यसलाई आफै रचिहालेको छ, बरु यो एउटा कवि हो, अन्यथा उनले त हाम्रो सामु कुनै यस्तो निशानी लिएर आउने थिए, जस्तो कि पहिलाका रसूलहरूका लागि पठाइएका थिए ।’’

### الآية 21:6

> ﻿مَا آمَنَتْ قَبْلَهُمْ مِنْ قَرْيَةٍ أَهْلَكْنَاهَا ۖ أَفَهُمْ يُؤْمِنُونَ [21:6]

६) तिनीहरूभन्दा अघि जति बस्तीलाइै हामीले नष्ट पार्यौं ती सबै ईमान ल्याएका थिएनन् त के यिनीहरूले अब ईमान ल्याउनेछन् ?

### الآية 21:7

> ﻿وَمَا أَرْسَلْنَا قَبْلَكَ إِلَّا رِجَالًا نُوحِي إِلَيْهِمْ ۖ فَاسْأَلُوا أَهْلَ الذِّكْرِ إِنْ كُنْتُمْ لَا تَعْلَمُونَ [21:7]

७) तिमीभन्दा पहिला पनि जति पैगम्बर हामीले पठायौं सबै पुरुष थिए जसलाई हामीले ‘‘वह्य’’ पठाउने गर्दथ्यौं । तसर्थ तिमीलाई स्वयं ज्ञान छैन भने किताबवालासित सोधिहाल ?

### الآية 21:8

> ﻿وَمَا جَعَلْنَاهُمْ جَسَدًا لَا يَأْكُلُونَ الطَّعَامَ وَمَا كَانُوا خَالِدِينَ [21:8]

८) र हामीले तिनीहरूका यस्ता शरीर बनाएनौं कि खाना नखाउन्, र नत तिनीहरू सधैं रहनेवाला थिए ।

### الآية 21:9

> ﻿ثُمَّ صَدَقْنَاهُمُ الْوَعْدَ فَأَنْجَيْنَاهُمْ وَمَنْ نَشَاءُ وَأَهْلَكْنَا الْمُسْرِفِينَ [21:9]

९) अनि हामीले उनीहरूसित गरेका सबै वाचाहरू वास्तविकतामा परिणत गर्यौं र हामीले उनलाई र जसलाई हामीले चाहें त्यसलाई छुटकारा दियौं । र उल्लंघनकारीहरूलाई हामीले नष्ट गरिदियौं ।

### الآية 21:10

> ﻿لَقَدْ أَنْزَلْنَا إِلَيْكُمْ كِتَابًا فِيهِ ذِكْرُكُمْ ۖ أَفَلَا تَعْقِلُونَ [21:10]

१०) निःसन्देह हामीले तिमीतिर यस्तो किताब अवतरित गरेका छौं जसमा तिम्रो लागि सदुपदेश छ, के तिमीले तैपनि बुझ्दैनौ ?

### الآية 21:11

> ﻿وَكَمْ قَصَمْنَا مِنْ قَرْيَةٍ كَانَتْ ظَالِمَةً وَأَنْشَأْنَا بَعْدَهَا قَوْمًا آخَرِينَ [21:11]

११) र धेरै बस्तीहरू हामीले नष्ट गरिदियौं जो अत्याचारी थिए र उनीहरूपछि हामीले अर्को समुदायको सृष्टि गरिदियौं ।

### الآية 21:12

> ﻿فَلَمَّا أَحَسُّوا بَأْسَنَا إِذَا هُمْ مِنْهَا يَرْكُضُونَ [21:12]

१२) जब उनीहरूलाई हाम्रो यातनाको आभास भयो त त्यसबाट भाग्न थाले ।

### الآية 21:13

> ﻿لَا تَرْكُضُوا وَارْجِعُوا إِلَىٰ مَا أُتْرِفْتُمْ فِيهِ وَمَسَاكِنِكُمْ لَعَلَّكُمْ تُسْأَلُونَ [21:13]

१३) भाग–दौड नगर फर्किहाल, त्यही भोग विलासतिर जुन तिमीलाई उपलब्ध थियो र आफ्नो घरतिर गइहाल जसबाट तिमीहरूसंग सोधपूछ त गरियोस् ।

### الآية 21:14

> ﻿قَالُوا يَا وَيْلَنَا إِنَّا كُنَّا ظَالِمِينَ [21:14]

१४) भन्नथालेः ‘‘हाय अफशोच हाम्रो दुर्भाग्य ! निःसन्देह हामी अत्याचारी थियौं ।

### الآية 21:15

> ﻿فَمَا زَالَتْ تِلْكَ دَعْوَاهُمْ حَتَّىٰ جَعَلْنَاهُمْ حَصِيدًا خَامِدِينَ [21:15]

१५) अनि तिनीहरू सधैं यस्तै पुकार्दैगरे, यहाँसम्म कि हामीले तिनीहरूलाई जरैदेखि काटिएको खेती र निभेको आगो (जस्तै) गरिदियौं ।

### الآية 21:16

> ﻿وَمَا خَلَقْنَا السَّمَاءَ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا لَاعِبِينَ [21:16]

१६) हामीले आकाश र जमिन र जे जति यिनीहरूको मध्यमा छन्, त्यसलाई खेल तमाशाको निम्ति सृष्टि गरेका होइन ।

### الآية 21:17

> ﻿لَوْ أَرَدْنَا أَنْ نَتَّخِذَ لَهْوًا لَاتَّخَذْنَاهُ مِنْ لَدُنَّا إِنْ كُنَّا فَاعِلِينَ [21:17]

१७) यदि हामीले कुनै खेल तमाशा गर्न चाहेको भए आफ्नै तर्फबाट गरिहाल्थ्यौं, यदि हामी यस्तो गर्नेवाला नै भएको भए ।

### الآية 21:18

> ﻿بَلْ نَقْذِفُ بِالْحَقِّ عَلَى الْبَاطِلِ فَيَدْمَغُهُ فَإِذَا هُوَ زَاهِقٌ ۚ وَلَكُمُ الْوَيْلُ مِمَّا تَصِفُونَ [21:18]

१८) बरु हामीले सत्यबाट असत्यमाथि प्रहार गर्दछौं अनि सत्यले असत्यको टाउको कुल्चिदिन्छ र असत्य त्यसैबेला नष्ट भइहाल्छ र जुन कुरा तिमीले मनगढन्त रूपमा बनाउँछौ, त्यसबाट तिम्रै बर्बादी हुन्छ ।

### الآية 21:19

> ﻿وَلَهُ مَنْ فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۚ وَمَنْ عِنْدَهُ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِ وَلَا يَسْتَحْسِرُونَ [21:19]

१९) आकाशहरू र जमिनमा जे छन्, सबै उसैको (अल्लाहको) हो । र जो उसको समीपमा छन् तिनीहरू उसको सेवा–भक्तिबाट न अट्टेरिपना गर्छन् र नत थाकछन् ।

### الآية 21:20

> ﻿يُسَبِّحُونَ اللَّيْلَ وَالنَّهَارَ لَا يَفْتُرُونَ [21:20]

२०) तिनीहरू दिनरात उसैको गुणगान गर्छन् र अलिकति पनि ढिलासुस्ती गर्दैनन् ।

### الآية 21:21

> ﻿أَمِ اتَّخَذُوا آلِهَةً مِنَ الْأَرْضِ هُمْ يُنْشِرُونَ [21:21]

२१) के तिनीहरूले धरती (का प्राणीहरूमध्ये) बाट जसलाई पूज्य बनाइराखेका छन्, तिनीहरूले (कसैलाई) जीवित गर्छन् ?

### الآية 21:22

> ﻿لَوْ كَانَ فِيهِمَا آلِهَةٌ إِلَّا اللَّهُ لَفَسَدَتَا ۚ فَسُبْحَانَ اللَّهِ رَبِّ الْعَرْشِ عَمَّا يَصِفُونَ [21:22]

२२) यदि आकाश र धरतीमा अल्लाह बाहेक अरु कोही पूज्य भएको भए यी दुवैको व्यवस्था अस्तब्यस्त हुने थियो, अतः महान् र उच्च छ अल्लाह, सत्तासनको स्वामी, ती कुराहरूबाट पवित्र छ जुन यी मुश्रिकहरूले वर्णन गर्दछन्

### الآية 21:23

> ﻿لَا يُسْأَلُ عَمَّا يَفْعَلُ وَهُمْ يُسْأَلُونَ [21:23]

२३) ऊ आफ्ना कामहरूको निम्ति (कसैको अगाडि) जवाफदेही छैन र सबै (उसको अगाडि) जवाफदेही छन् ।

### الآية 21:24

> ﻿أَمِ اتَّخَذُوا مِنْ دُونِهِ آلِهَةً ۖ قُلْ هَاتُوا بُرْهَانَكُمْ ۖ هَٰذَا ذِكْرُ مَنْ مَعِيَ وَذِكْرُ مَنْ قَبْلِي ۗ بَلْ أَكْثَرُهُمْ لَا يَعْلَمُونَ الْحَقَّ ۖ فَهُمْ مُعْرِضُونَ [21:24]

२४) के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो पूज्य बनाइराखेका छन् । उनीहरूसित भन कि आफ्नो प्रमाण प्रस्तुत गर, यो मेरो साथवालाको किताब हो र मभन्दा अगाडिकाहरूको प्रमाण । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश मानिसहरू सत्य कुरा जान्दैनन् र यसैले (उसबाट) विमुख भइहाल्छन् ।

### الآية 21:25

> ﻿وَمَا أَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رَسُولٍ إِلَّا نُوحِي إِلَيْهِ أَنَّهُ لَا إِلَٰهَ إِلَّا أَنَا فَاعْبُدُونِ [21:25]

२५) र जुन पैगम्बरलाई पनि हामीले तिमीभन्दा अगाडि पठायौं, तिनीहरूतिर यही (वह्य) सन्देश पठायौं कि म बाहेक कोही सत्य पूज्य छैन, तसर्थ तिमी सबै मेरो उपासना गर ।

### الآية 21:26

> ﻿وَقَالُوا اتَّخَذَ الرَّحْمَٰنُ وَلَدًا ۗ سُبْحَانَهُ ۚ بَلْ عِبَادٌ مُكْرَمُونَ [21:26]

२६) (मुश्रिकहरू) भन्छन् कि अल्लाहको सन्तान छ ऊ पवित्रछ । बरु तिनीहरू उसको प्रतिष्ठित भक्तहरू हुन् ।

### الآية 21:27

> ﻿لَا يَسْبِقُونَهُ بِالْقَوْلِ وَهُمْ بِأَمْرِهِ يَعْمَلُونَ [21:27]

२७) उसभन्दा अगाडि बढेर कुनै कुरा गर्दैनन् र उसको आदेशको पालना गर्दछन् ।

### الآية 21:28

> ﻿يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يَشْفَعُونَ إِلَّا لِمَنِ ارْتَضَىٰ وَهُمْ مِنْ خَشْيَتِهِ مُشْفِقُونَ [21:28]

२८) उनीहरूको अगाडि–पछाडि जे कुराहरू भइसकेका छन् र जे पछि हुनेछन्, उसलाई सबै थाहा छ । र उनीहरूले उसको समीपमा कसैको सिफारिश गर्न सक्दैनन्, तर उस व्यक्ति बाहेक, जोसित अल्लाह प्रसन्न छ र उनीहरू स्वयम् उसको भयले भयभीत छन् ।

### الآية 21:29

> ﻿۞ وَمَنْ يَقُلْ مِنْهُمْ إِنِّي إِلَٰهٌ مِنْ دُونِهِ فَذَٰلِكَ نَجْزِيهِ جَهَنَّمَ ۚ كَذَٰلِكَ نَجْزِي الظَّالِمِينَ [21:29]

२९) उनीहरूमध्ये यदि कुनै व्यक्तिले यो भन्दछ कि अल्लाह बाहेक म पूजाको योग्य छु भने त्यसलाई हामीले नर्कको दण्ड दिनेछौं र अत्याचारीहरूलाई हामीले यस्तै किसिमका सजाय दिने गर्दछौं ।

### الآية 21:30

> ﻿أَوَلَمْ يَرَ الَّذِينَ كَفَرُوا أَنَّ السَّمَاوَاتِ وَالْأَرْضَ كَانَتَا رَتْقًا فَفَتَقْنَاهُمَا ۖ وَجَعَلْنَا مِنَ الْمَاءِ كُلَّ شَيْءٍ حَيٍّ ۖ أَفَلَا يُؤْمِنُونَ [21:30]

३०) के ती मानिसहरूले जसले इन्कार गरे, यो देखेनन् कि यी आकाश र धरती एक आपसमा जोडिएका थिए । अनि हामीले तिनलाई अलग–अलग गर्यौं । र सम्पूर्ण जानदारहरूलाई हामीले पानीबाट सृष्टि गर्यौं । तैपनि यी मानिसहरूले ईमान किन ल्याउँदैनन् ?

### الآية 21:31

> ﻿وَجَعَلْنَا فِي الْأَرْضِ رَوَاسِيَ أَنْ تَمِيدَ بِهِمْ وَجَعَلْنَا فِيهَا فِجَاجًا سُبُلًا لَعَلَّهُمْ يَهْتَدُونَ [21:31]

३१) र हामीले धरतीमा पहाडहरू उभ्याइदिऔं ताकि त्यसले प्राणीहरूलाई हल्लाउन नसकोस् र हामीले त्यसमा फराकिला बाटोहरू बनायौं ताकि तिनीहरूले मार्ग प्राप्त गर्न सकुन् ।

### الآية 21:32

> ﻿وَجَعَلْنَا السَّمَاءَ سَقْفًا مَحْفُوظًا ۖ وَهُمْ عَنْ آيَاتِهَا مُعْرِضُونَ [21:32]

३२) र हामीले आकाशलाई एउटा सुरक्षित छत बनायौं, तैपनि तिनीहरूले हाम्रा निशानीहरूबाट विमुख भइराखेका छन् ।

### الآية 21:33

> ﻿وَهُوَ الَّذِي خَلَقَ اللَّيْلَ وَالنَّهَارَ وَالشَّمْسَ وَالْقَمَرَ ۖ كُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ [21:33]

३३) उही अल्लाह नै हो जसले दिन र राती बनायो र सूर्य र चन्द्र पनि, प्रत्येक आ–आफ्ना कक्षमा परिक्रमा गरिराखेका छन् ।

### الآية 21:34

> ﻿وَمَا جَعَلْنَا لِبَشَرٍ مِنْ قَبْلِكَ الْخُلْدَ ۖ أَفَإِنْ مِتَّ فَهُمُ الْخَالِدُونَ [21:34]

३४) हामीले तपाईभन्दा पहिला पनि कसैलाई अमरता प्रदान गरेका छैनौं । अनि के तपाईको मृत्यु भयोे भने तिनीहरू सधैं बाँची रहनेछन् ?

### الآية 21:35

> ﻿كُلُّ نَفْسٍ ذَائِقَةُ الْمَوْتِ ۗ وَنَبْلُوكُمْ بِالشَّرِّ وَالْخَيْرِ فِتْنَةً ۖ وَإِلَيْنَا تُرْجَعُونَ [21:35]

३५) प्रत्येक जीवले मृत्युको स्वाद चाख्नुपर्नेछ र हामीले राम्रो नराम्रो परिस्थितिहरूमा पारेर तिमी सबैको परीक्षा लिन्छौ । अन्ततः तिमी सबैले हामीतिरै फर्केर आउनु छ ।

### الآية 21:36

> ﻿وَإِذَا رَآكَ الَّذِينَ كَفَرُوا إِنْ يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَٰذَا الَّذِي يَذْكُرُ آلِهَتَكُمْ وَهُمْ بِذِكْرِ الرَّحْمَٰنِ هُمْ كَافِرُونَ [21:36]

३६) यी अवज्ञाकारीहरूले जब तपाईलाई देख्दछन् तब तिम्रो उपहास नै गर्दछन् कि ‘‘के यही नै त्यो व्यक्ति हो जसले तिम्रा पूज्यहरूको नराम्रो शब्दमा चर्चा गर्दछ ।’’ र तिनीहरू स्वयम् रहमान (संसारको स्वामी) को स्मरण गर्नुबाट इन्कार गर्दछन् ।

### الآية 21:37

> ﻿خُلِقَ الْإِنْسَانُ مِنْ عَجَلٍ ۚ سَأُرِيكُمْ آيَاتِي فَلَا تَسْتَعْجِلُونِ [21:37]

३७) मनुष्य हतारिने प्राणी हो । मैले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछु । अतः तिमी मसित हतार नगर ।

### الآية 21:38

> ﻿وَيَقُولُونَ مَتَىٰ هَٰذَا الْوَعْدُ إِنْ كُنْتُمْ صَادِقِينَ [21:38]

३८) (तिनीहरूले भन्छन्) कि यदि तिमी साँचो हौ भने बताऊ यो वाचा कहिले पूरा हुनेछ ?

### الآية 21:39

> ﻿لَوْ يَعْلَمُ الَّذِينَ كَفَرُوا حِينَ لَا يَكُفُّونَ عَنْ وُجُوهِهِمُ النَّارَ وَلَا عَنْ ظُهُورِهِمْ وَلَا هُمْ يُنْصَرُونَ [21:39]

३९) काश ! यी काफिरहरूले बुझ्ने भए कि त्यस वखत नत यिनीहरूले आगोलाई आफ्नो अगाडिबाट हटाउन सक्नेछन् र नत आफ्नो पछाडिबाट र नत यिनको सहायता नै गरिनेछ ।

### الآية 21:40

> ﻿بَلْ تَأْتِيهِمْ بَغْتَةً فَتَبْهَتُهُمْ فَلَا يَسْتَطِيعُونَ رَدَّهَا وَلَا هُمْ يُنْظَرُونَ [21:40]

४०) (हो) ! वाचाको समय उनको पासमा एक्कासी आउनेछ र तिनीहरूलाई अचम्म पारिदिनेछ, अनि नत यी मानिसहरूले त्यसलाई टार्नसक्छन् र न अलिकति पनि उनीहरूलाई मोहलत (समय) दिइनेछ ।

### الآية 21:41

> ﻿وَلَقَدِ اسْتُهْزِئَ بِرُسُلٍ مِنْ قَبْلِكَ فَحَاقَ بِالَّذِينَ سَخِرُوا مِنْهُمْ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ [21:41]

४१) र तपाईभन्दा अघिका रसूलहरूसँग पनि हाँसो ठट्टा गरियो, अनि हाँसो गर्नेवालाहरूलाई नै त्यो कुराले घेरिहाल्यो जसको कि तिनीहरू हाँसो ठट्टा गर्दथे ।

### الآية 21:42

> ﻿قُلْ مَنْ يَكْلَؤُكُمْ بِاللَّيْلِ وَالنَّهَارِ مِنَ الرَّحْمَٰنِ ۗ بَلْ هُمْ عَنْ ذِكْرِ رَبِّهِمْ مُعْرِضُونَ [21:42]

४२) यिनीहरूसित सोध्नुस् कि रात र दिनमा अल्लाहबाट कसले तिम्रो रक्षा गर्न सक्दछ ? कुरो यो छ कि यिनीहरू आफ्नो पालनकर्ताको स्मरणबाट विमुख भएका छन् ।

### الآية 21:43

> ﻿أَمْ لَهُمْ آلِهَةٌ تَمْنَعُهُمْ مِنْ دُونِنَا ۚ لَا يَسْتَطِيعُونَ نَصْرَ أَنْفُسِهِمْ وَلَا هُمْ مِنَّا يُصْحَبُونَ [21:43]

४३) के हामी बाहेक यिनीहरूका अन्य पूज्य छन् जसले यिनीहरूलाई विपत्तिबाट बचाउन सक्छन् तिनीहरू त स्वयम् आफ्नो सहायता गर्न सक्दैनन् र नत हाम्रो तर्फबाट कसैले तिनीहरूको साथ दिनेछ ।

### الآية 21:44

> ﻿بَلْ مَتَّعْنَا هَٰؤُلَاءِ وَآبَاءَهُمْ حَتَّىٰ طَالَ عَلَيْهِمُ الْعُمُرُ ۗ أَفَلَا يَرَوْنَ أَنَّا نَأْتِي الْأَرْضَ نَنْقُصُهَا مِنْ أَطْرَافِهَا ۚ أَفَهُمُ الْغَالِبُونَ [21:44]

४४) बरु (कुरो यो छ कि) हामीले उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई जीवनका सुख सुविधाका सामाग्री प्रदान गर्यौं, यहाँसम्म कि उनीहरूको लामो उमेर बितिहाल्यो । त के तिनीहरूले देख्दैनन् कि हामीले धरतीलाई त्यसका किनाराहरूबाट घटाउँदै आइराखेका छौं, अनि के तिनीहरू अभिमानी रहनेछन् ?

### الآية 21:45

> ﻿قُلْ إِنَّمَا أُنْذِرُكُمْ بِالْوَحْيِ ۚ وَلَا يَسْمَعُ الصُّمُّ الدُّعَاءَ إِذَا مَا يُنْذَرُونَ [21:45]

४५) भनिदिनुस् ! कि म त अल्लाहको सन्देशबाट तिमीहरूलाई नसीहत (सर्तक) गर्दछु तर बहिराहरूले कुरा सुन्दैनन् जब तिनीहरूलाई उपदेश गरिन्छ ।

### الآية 21:46

> ﻿وَلَئِنْ مَسَّتْهُمْ نَفْحَةٌ مِنْ عَذَابِ رَبِّكَ لَيَقُولُنَّ يَا وَيْلَنَا إِنَّا كُنَّا ظَالِمِينَ [21:46]

४६) यदि उनीहरूलाई तिम्रो पालनकर्ताको सजायको सानो झोको पनि लाग्छ त तिनीहरूले भन्नेछन् कि हाय अफशोच कस्तो दुर्भाग्य ! हामी निःसन्देह पापी थियौं ।

### الآية 21:47

> ﻿وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا ۖ وَإِنْ كَانَ مِثْقَالَ حَبَّةٍ مِنْ خَرْدَلٍ أَتَيْنَا بِهَا ۗ وَكَفَىٰ بِنَا حَاسِبِينَ [21:47]

४७) र हामीले कियामतको दिन निसाफको तराजू बीचमा राख्नेछौं अनि कुनै पनि व्यक्तिप्रति अन्याय हुनेछैन । र एउटा रायोको दाना बराबर पनि कर्म छ भने हामीले त्यसलाई उपस्थित गराउनेछौं, र हामी हिसाब गर्नको निमित्त पर्याप्त छौं ।

### الآية 21:48

> ﻿وَلَقَدْ آتَيْنَا مُوسَىٰ وَهَارُونَ الْفُرْقَانَ وَضِيَاءً وَذِكْرًا لِلْمُتَّقِينَ [21:48]

४८) यो सत्य हो कि हामीले मूसा र ‘‘हारूनलाई’’ इन्साफ गर्ने प्रकाश र संयमीहरूको लागि उपदेश र नसीहतको लागि किताब प्रदान गर्यौं ।

### الآية 21:49

> ﻿الَّذِينَ يَخْشَوْنَ رَبَّهُمْ بِالْغَيْبِ وَهُمْ مِنَ السَّاعَةِ مُشْفِقُونَ [21:49]

४९) तिनीहरू जो नदेखे पनि आफ्नो पालनकर्तासित तर्सन्छन् र कियामतको कल्पनाबाटै भयले काम्पने गर्दछन् ।

### الآية 21:50

> ﻿وَهَٰذَا ذِكْرٌ مُبَارَكٌ أَنْزَلْنَاهُ ۚ أَفَأَنْتُمْ لَهُ مُنْكِرُونَ [21:50]

५०) र यो उपदेश र वरदानयुक्त कुरआन हामीले अवतरित गरेका छौं । के तिमीले तैपनि यसलाई अस्वीकार गर्दछौ ?

### الآية 21:51

> ﻿۞ وَلَقَدْ آتَيْنَا إِبْرَاهِيمَ رُشْدَهُ مِنْ قَبْلُ وَكُنَّا بِهِ عَالِمِينَ [21:51]

५१) निःसन्देह हामीले इब्राहीम (अलैहिस्सलाम) लाई यस अघि नै सदाचार र सोच समझ प्रदान गरेका थियौं र हामीलाई उनको अवस्थाबारे राम्ररी थाहा थियो ।

### الآية 21:52

> ﻿إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَا هَٰذِهِ التَّمَاثِيلُ الَّتِي أَنْتُمْ لَهَا عَاكِفُونَ [21:52]

५२) जब उनले आफ्नो पिता र आफ्नो समुदायसित भनेः ‘‘यी मूर्तिहरू को हुन्, जसको तिमीहरू एकाग्रभई पूजा गर्दछौ ?’’

### الآية 21:53

> ﻿قَالُوا وَجَدْنَا آبَاءَنَا لَهَا عَابِدِينَ [21:53]

५३) तिनीहरू जवाफदिन थाले कि हामीले आफ्ना बाबु–बाजेहरूलाई यिनैको पूजा गरेको देखेका छौं ।

### الآية 21:54

> ﻿قَالَ لَقَدْ كُنْتُمْ أَنْتُمْ وَآبَاؤُكُمْ فِي ضَلَالٍ مُبِينٍ [21:54]

५४) इब्राहीमले भने ! कि निःसन्देह तिमी र तिम्रा बाबु–बाजे पनि अज्ञानताबाट ग्रस्त रहयौ ।

### الآية 21:55

> ﻿قَالُوا أَجِئْتَنَا بِالْحَقِّ أَمْ أَنْتَ مِنَ اللَّاعِبِينَ [21:55]

५५) तिनीहरूले भने कि के साँच्चै तपाईले हाम्रो पासमा सत्य कुरा ल्याउनुभएको छ वा त्यसै हाँसो ख्याल गरी रहनुभएको छ ।

### الآية 21:56

> ﻿قَالَ بَلْ رَبُّكُمْ رَبُّ السَّمَاوَاتِ وَالْأَرْضِ الَّذِي فَطَرَهُنَّ وَأَنَا عَلَىٰ ذَٰلِكُمْ مِنَ الشَّاهِدِينَ [21:56]

५६) (इब्राहीमले) भने, (होइन) बरु वास्तवमै तिमी सबैको पालनकर्ता त्यो हो जो आकाशहरू र धरतीको मालिक हो, जसले तिनीहरूलाई सृष्टि गरेका हो र म यस कुराको साक्षी छु र यसलाई स्वीकार गर्दछु ।

### الآية 21:57

> ﻿وَتَاللَّهِ لَأَكِيدَنَّ أَصْنَامَكُمْ بَعْدَ أَنْ تُوَلُّوا مُدْبِرِينَ [21:57]

५७) र अल्लाहको शपथ ! तिमीहरू विमुख भई फर्केर गएपछि म तिम्रा देवताहरूसित एउटा चाल चाल्नेछु ।

### الآية 21:58

> ﻿فَجَعَلَهُمْ جُذَاذًا إِلَّا كَبِيرًا لَهُمْ لَعَلَّهُمْ إِلَيْهِ يَرْجِعُونَ [21:58]

५८) फेरि उहाँ (इब्राहीम) ले तिनीहरूलाई (फुटालेर) टुक्रा–टुक्रा पारिदिए, तर एउटा ठूलो मूर्तिलाई छाडिदिए यो पनि यसकारण कि उनीहरू त्यसतिर प्रवृत्त होउन् ।

### الآية 21:59

> ﻿قَالُوا مَنْ فَعَلَ هَٰذَا بِآلِهَتِنَا إِنَّهُ لَمِنَ الظَّالِمِينَ [21:59]

५९) उनीहरूले भन्न थाले कि हाम्रा देवताहरूसित यस्तो व्यवहार कसले गर्यो निश्चय नै त्यो कुनै अत्याचारी हुनुपर्छ ।

### الآية 21:60

> ﻿قَالُوا سَمِعْنَا فَتًى يَذْكُرُهُمْ يُقَالُ لَهُ إِبْرَاهِيمُ [21:60]

६०) तिनीहरूले भनेः हामीले एउटा युवकलाई उनको बारेमा चर्चा गरेको सुनेका थियौं, जसलाई इब्राहीम भनिन्छ ।

### الآية 21:61

> ﻿قَالُوا فَأْتُوا بِهِ عَلَىٰ أَعْيُنِ النَّاسِ لَعَلَّهُمْ يَشْهَدُونَ [21:61]

६१) तिनीहरूले भने कि ठीक छ उसलाई सभामा मानिसहरूको अगाडि ल्याऊ कि तिनलाई सबैले हेर्नसकुन् ।

### الآية 21:62

> ﻿قَالُوا أَأَنْتَ فَعَلْتَ هَٰذَا بِآلِهَتِنَا يَا إِبْرَاهِيمُ [21:62]

६२) (इब्राहीम आएपछि) उनीहरूले भनेः हे इब्राहीम ! के तिमीले नै हाम्रा देवताहरूसित यस्तो कर्म गरेको हो ?

### الآية 21:63

> ﻿قَالَ بَلْ فَعَلَهُ كَبِيرُهُمْ هَٰذَا فَاسْأَلُوهُمْ إِنْ كَانُوا يَنْطِقُونَ [21:63]

६३) (इब्राहीमले) जवाफ दिए बरु यो उनीहरूभन्दा ठूलोले गरेको छ, यदि यिनीहरू बोल्छन् भने आफ्ना यी पूज्यहरूसित नै सोध ।

### الآية 21:64

> ﻿فَرَجَعُوا إِلَىٰ أَنْفُسِهِمْ فَقَالُوا إِنَّكُمْ أَنْتُمُ الظَّالِمُونَ [21:64]

६४) अनि तिनीहरू आफ्ना टाउको टेकेर पल्टेर भन्न थालेः अत्याचारी त तिमी नै हौ ।

### الآية 21:65

> ﻿ثُمَّ نُكِسُوا عَلَىٰ رُءُوسِهِمْ لَقَدْ عَلِمْتَ مَا هَٰؤُلَاءِ يَنْطِقُونَ [21:65]

६५) अनि तिनीहरू लज्जाले व्याकुल भए र (भन्न थाले) कि यो तिमीलाई पनि थाहा छ कि यिनीहरू (यी मूर्तिहरू) बोल्दैनन् ।

### الآية 21:66

> ﻿قَالَ أَفَتَعْبُدُونَ مِنْ دُونِ اللَّهِ مَا لَا يَنْفَعُكُمْ شَيْئًا وَلَا يَضُرُّكُمْ [21:66]

६६) त्यसपछि (इब्राहीमले) भनेः कि ‘‘त्यसो भए तिमीहरूले अल्लाहलाई छाडी यस्ताकुराको पूजा किन गर्दछौ जसले (पूजा गरेमा) तिमीलाई नकुनै लाभ पुर्याउन सक्तछन् र पूजा नगरेमा नकुनै हानि ?’’

### الآية 21:67

> ﻿أُفٍّ لَكُمْ وَلِمَا تَعْبُدُونَ مِنْ دُونِ اللَّهِ ۖ أَفَلَا تَعْقِلُونَ [21:67]

६७) धिक्कार छ तिमीहरूलाई र उनीहरूलाई पनि, जसलाई तिमीहरूले अल्लाह बाहेक पूजा गर्दछौ, के तिमीहरूसँग यति पनि बुद्धि छैन ?

### الآية 21:68

> ﻿قَالُوا حَرِّقُوهُ وَانْصُرُوا آلِهَتَكُمْ إِنْ كُنْتُمْ فَاعِلِينَ [21:68]

६८) (तिनीहरूले) भन्न थाले कि यदि तिमीहरूले देवताहरूको प्रतिशोधको लागि केही गर्नुछ भने यस (इब्राहीम) लाई जलाइहाल र आफ्ना देवताहरूको सहायता गर ।

### الآية 21:69

> ﻿قُلْنَا يَا نَارُ كُونِي بَرْدًا وَسَلَامًا عَلَىٰ إِبْرَاهِيمَ [21:69]

६९) हामीले आदेश गर्यौं कि हे आगो ! तिमी (इब्राहीमको निम्ति) चिसो भइजा र आराम र सुरक्षाको साधन बनिहाल ।

### الآية 21:70

> ﻿وَأَرَادُوا بِهِ كَيْدًا فَجَعَلْنَاهُمُ الْأَخْسَرِينَ [21:70]

७०) तिनीहरूले उनको कुभलो गर्न चाहे, तर हामीले तिनीहरूलाई असफल गरिदियौं ।

### الآية 21:71

> ﻿وَنَجَّيْنَاهُ وَلُوطًا إِلَى الْأَرْضِ الَّتِي بَارَكْنَا فِيهَا لِلْعَالَمِينَ [21:71]

७१) र हामीले ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र ‘‘लूत (अलैस्सिलाम) लाई’’ बचाएर धरतीको त्यो भागतिर लग्यौं जसमा हामीले संसारका मानिसहरूको निम्ति वरदान राखेका थियौं ।

### الآية 21:72

> ﻿وَوَهَبْنَا لَهُ إِسْحَاقَ وَيَعْقُوبَ نَافِلَةً ۖ وَكُلًّا جَعَلْنَا صَالِحِينَ [21:72]

७२) र हामीले ‘‘इब्राहीमलाई इस्हाक’’ र ‘‘यअ्कुब’’ प्रदान गर्यौं र यसको अतिरिक्त उपहारस्वरूप हरेकलाई असल मानिस बनायौं ।

### الآية 21:73

> ﻿وَجَعَلْنَاهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا وَأَوْحَيْنَا إِلَيْهِمْ فِعْلَ الْخَيْرَاتِ وَإِقَامَ الصَّلَاةِ وَإِيتَاءَ الزَّكَاةِ ۖ وَكَانُوا لَنَا عَابِدِينَ [21:73]

७३) र हामीले उनीहरूलाई नायक बनायौं कि हाम्रो आदेशले मार्गनिर्देशन गरुन् र तिनीहरूलाई असल कर्म गर्न र नमाज पढ्न र दान दिनुको निम्ति आदेश पठायौं र तिनीहरू सबै हाम्रो उपासना गर्ने सेवक थिए ।

### الآية 21:74

> ﻿وَلُوطًا آتَيْنَاهُ حُكْمًا وَعِلْمًا وَنَجَّيْنَاهُ مِنَ الْقَرْيَةِ الَّتِي كَانَتْ تَعْمَلُ الْخَبَائِثَ ۗ إِنَّهُمْ كَانُوا قَوْمَ سَوْءٍ فَاسِقِينَ [21:74]

७४) हामीले ‘‘लूत (अलैहिस्सलाम) लाई’’ पनि आदेश र ज्ञान प्रदान गर्यौं र उनलाई त्यस बस्तीबाट छुटकारा दिलायौं जहाँका मानिसहरू नराम्रो कर्म गर्दथिए । वास्तवमा तिनीहरू साह्रै नै नराम्रो र उल्लघंनकारी थिए ।

### الآية 21:75

> ﻿وَأَدْخَلْنَاهُ فِي رَحْمَتِنَا ۖ إِنَّهُ مِنَ الصَّالِحِينَ [21:75]

७५) र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल मानिसहरूमध्येका थिए ।

### الآية 21:76

> ﻿وَنُوحًا إِذْ نَادَىٰ مِنْ قَبْلُ فَاسْتَجَبْنَا لَهُ فَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ [21:76]

७६) र ‘‘नूहको’’ त्यस समयको पनि स्मरण गर्नुस्, जबकि उनले यसभन्दा अगाडि हामीलाई पुकारेका थिए, तब हामीले उनको प्रार्थना स्वीकार गर्यौं र हामीले उनलाई र उनका घरवालाहरूलाई ठूलो क्लेशबाट छुटकारा दिलायौं ।

### الآية 21:77

> ﻿وَنَصَرْنَاهُ مِنَ الْقَوْمِ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا ۚ إِنَّهُمْ كَانُوا قَوْمَ سَوْءٍ فَأَغْرَقْنَاهُمْ أَجْمَعِينَ [21:77]

७७) र जुन मानिसहरूले हाम्रा आयतहरूलाई झुठ्ठा भनिराखेका थिए तिनीहरूको दाँजोमा हामीले उनको मद्दत गर्यौं, वास्तवमा तिनीहरू नराम्रा मानिसहरू थिए । अतः हामीले ती सबैलाई डुबाइदियौं ।

### الآية 21:78

> ﻿وَدَاوُودَ وَسُلَيْمَانَ إِذْ يَحْكُمَانِ فِي الْحَرْثِ إِذْ نَفَشَتْ فِيهِ غَنَمُ الْقَوْمِ وَكُنَّا لِحُكْمِهِمْ شَاهِدِينَ [21:78]

७८) र ‘‘दाऊद’’(अलैहिस्सलाम) र ‘‘सुलैमान’’ (अलैहिस्सलाम)लाई सम्झनुस् जबकि उनीहरू खेत सम्बन्धी कुरामा निर्णय गरिराखेका थिए त्यतिखेर केही मानिसहरूका बाख्राहरू त्यसमा चरेका थिए, र तिनीहरूको निर्णयमा हामी उपस्थित थियौं ।

### الآية 21:79

> ﻿فَفَهَّمْنَاهَا سُلَيْمَانَ ۚ وَكُلًّا آتَيْنَا حُكْمًا وَعِلْمًا ۚ وَسَخَّرْنَا مَعَ دَاوُودَ الْجِبَالَ يُسَبِّحْنَ وَالطَّيْرَ ۚ وَكُنَّا فَاعِلِينَ [21:79]

७९) अनि हामीले त्यस विवादको सही निर्णय सुलैमानलाई सम्झाइदियौं । र हामीले दुवैलाई निर्णयशक्ति र ज्ञान प्रदान गरेका थियौं र हामीले पहाडहरूलाई र चराहरूलाई पनि दाऊदको अधीनमा गरिदिएका थियौं जसले कि उनीसँगै अल्लाहको स्तुति गर्दथे र यस्तो गर्नेवाला हामी नै थियौं ।

### الآية 21:80

> ﻿وَعَلَّمْنَاهُ صَنْعَةَ لَبُوسٍ لَكُمْ لِتُحْصِنَكُمْ مِنْ بَأْسِكُمْ ۖ فَهَلْ أَنْتُمْ شَاكِرُونَ [21:80]

८०) र हामीले उनलाई तिमीहरूको लागी परिधान (अर्थात कवचको शिल्पकला) पनि सिकाएका थियौं ताकि युद्धको क्षतिबाट तिम्रो रक्षा होस्, त के तिमी अनुग्रहित बन्ने छौ ?

### الآية 21:81

> ﻿وَلِسُلَيْمَانَ الرِّيحَ عَاصِفَةً تَجْرِي بِأَمْرِهِ إِلَى الْأَرْضِ الَّتِي بَارَكْنَا فِيهَا ۚ وَكُنَّا بِكُلِّ شَيْءٍ عَالِمِينَ [21:81]

८१) सुलैमानको अधीनमा हामीले तीव्र वायुलाई वशीभूत गरिदिएका थियौं, जुन उनको आदेश अनुसार यस भू–भागतिर चल्थ्यो जहाँ हामीले बरकत प्रदान गरेका थियौं । र हामी त हरेक कुराको ज्ञाता हौं ।

### الآية 21:82

> ﻿وَمِنَ الشَّيَاطِينِ مَنْ يَغُوصُونَ لَهُ وَيَعْمَلُونَ عَمَلًا دُونَ ذَٰلِكَ ۖ وَكُنَّا لَهُمْ حَافِظِينَ [21:82]

८२) यस्तै अनेक शैतानका समूहहरूलाई पनि उनको अधीनमा गरेका थियौं, जो उनको आदेशबाट डुबुल्की र यसका अतिरिक्त अरु काम पनि गर्दथे, र तिनीहरूलाई सम्हाल्नेवाला हामी नै थियौं ।

### الآية 21:83

> ﻿۞ وَأَيُّوبَ إِذْ نَادَىٰ رَبَّهُ أَنِّي مَسَّنِيَ الضُّرُّ وَأَنْتَ أَرْحَمُ الرَّاحِمِينَ [21:83]

८३) अय्यूब (अलैहिस्सलाम) को अवस्थालाई पनि सम्झ, जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि मलाई यो रोग लागेको छ र तिमी सबैभन्दा ठूला दयावान हौ ।

### الآية 21:84

> ﻿فَاسْتَجَبْنَا لَهُ فَكَشَفْنَا مَا بِهِ مِنْ ضُرٍّ ۖ وَآتَيْنَاهُ أَهْلَهُ وَمِثْلَهُمْ مَعَهُمْ رَحْمَةً مِنْ عِنْدِنَا وَذِكْرَىٰ لِلْعَابِدِينَ [21:84]

८४) अतः हामीले उनको प्रार्थना स्वीकार गर्यौं र उनलाई जुन कष्ट थियो त्यो हामीले समाप्त गरिहाल्यौं र उनलाई परिवार र सन्तान प्रदान गर्यौं, र तिनीहरू जस्तै अरु पनि आफ्नो विशेष कृपाले प्रदान गर्यौं, ताकि सच्चा सेवकहरूको लागि उपदेश होस् ।

### الآية 21:85

> ﻿وَإِسْمَاعِيلَ وَإِدْرِيسَ وَذَا الْكِفْلِ ۖ كُلٌّ مِنَ الصَّابِرِينَ [21:85]

८५) र ‘‘इसमाईल’’ र ‘‘इदरीस’’ र ‘‘जुलकिफ्ल’’ (माथि पनि कृपादृष्टि गर्यौं) यी सबै धैर्यवान थिए ।

### الآية 21:86

> ﻿وَأَدْخَلْنَاهُمْ فِي رَحْمَتِنَا ۖ إِنَّهُمْ مِنَ الصَّالِحِينَ [21:86]

८६) उनीहरूलाई हामीले आफ्नो दयालुतामा प्रवेश गरायौं यी सबै असल मानिसहरू थिए ।

### الآية 21:87

> ﻿وَذَا النُّونِ إِذْ ذَهَبَ مُغَاضِبًا فَظَنَّ أَنْ لَنْ نَقْدِرَ عَلَيْهِ فَنَادَىٰ فِي الظُّلُمَاتِ أَنْ لَا إِلَٰهَ إِلَّا أَنْتَ سُبْحَانَكَ إِنِّي كُنْتُ مِنَ الظَّالِمِينَ [21:87]

८७) र ‘‘जन्नून’’ (यूनूस) लाई सम्झ ! जब उनी क्रोधको अवस्थामा हिँडिहाले र ठानेकि हामीले उनलाई समात्न सक्ने छैनौ अन्ततः उनले अँध्यारोबाट पुकारिहाले कि हे अल्लाह ! तिमी बाहेक अरु कोही सत्य पूज्य छैन, तिमी पवित्र छौ निःसन्देह म नै अपराधी थिएँ ।

### الآية 21:88

> ﻿فَاسْتَجَبْنَا لَهُ وَنَجَّيْنَاهُ مِنَ الْغَمِّ ۚ وَكَذَٰلِكَ نُنْجِي الْمُؤْمِنِينَ [21:88]

८८) अनि हामीले उनको प्रार्थना स्वीकार गरिहालें र चिन्ताबाट उनलाई मुक्त गरें र ईमानवालाहरूलाई हामीले यस्तै प्रकारले छुटकारा दिलाउँछौं ।

### الآية 21:89

> ﻿وَزَكَرِيَّا إِذْ نَادَىٰ رَبَّهُ رَبِّ لَا تَذَرْنِي فَرْدًا وَأَنْتَ خَيْرُ الْوَارِثِينَ [21:89]

८९) र ‘‘जÞकरीया’’ (अलैहिस्सलाम) लाई सम्झ जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! मलाई एक्लो नछाड, तिमी सबैभन्दा असल वारिस छौ ।

### الآية 21:90

> ﻿فَاسْتَجَبْنَا لَهُ وَوَهَبْنَا لَهُ يَحْيَىٰ وَأَصْلَحْنَا لَهُ زَوْجَهُ ۚ إِنَّهُمْ كَانُوا يُسَارِعُونَ فِي الْخَيْرَاتِ وَيَدْعُونَنَا رَغَبًا وَرَهَبًا ۖ وَكَانُوا لَنَا خَاشِعِينَ [21:90]

९०) हामीले उनको पुकार प्रार्थना स्वीकार गरेर उनलाई ‘‘यह्या’’ प्रदान गर्यौं र उनकी श्रीमतीलाई सन्तानको योग्य बनाइहाल्यौं । यी भलो मानिसहरू असल कामतिर हतार गर्दथे र हामीलाई आशा र डरले पुकार्दथे र हाम्रो अगाडि याचना गर्दथे ।

### الآية 21:91

> ﻿وَالَّتِي أَحْصَنَتْ فَرْجَهَا فَنَفَخْنَا فِيهَا مِنْ رُوحِنَا وَجَعَلْنَاهَا وَابْنَهَا آيَةً لِلْعَالَمِينَ [21:91]

९१) र ती पवित्र आचारणवाली स्त्री (मरियम) जसले आफ्नो पवित्रताको रक्षा गरिन् (तब) हामीले उसभित्र आफ्नो रूह फूकिदियौं र उनलाई तथा उनको पुत्रलाई संसारका मानिसहरूको लागि निशानी बनाइदियौं ।

### الآية 21:92

> ﻿إِنَّ هَٰذِهِ أُمَّتُكُمْ أُمَّةً وَاحِدَةً وَأَنَا رَبُّكُمْ فَاعْبُدُونِ [21:92]

९२) यो तिम्रो समुदाय हो जो वास्तवमा एउटै समुदाय हो, र म तिमीसबैको पालनकर्ता हूँ, तसर्थ तिमीहरू मेरो नै पूजा गर्नेगर ।

### الآية 21:93

> ﻿وَتَقَطَّعُوا أَمْرَهُمْ بَيْنَهُمْ ۖ كُلٌّ إِلَيْنَا رَاجِعُونَ [21:93]

९३) तर यी मानिसहरू आफ्ना कुराहरूमा आपसमा समूहहरूमा विभाजित भइहाले (तर) सबै हामीतिरै फर्कनेवाला हुन् ।

### الآية 21:94

> ﻿فَمَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْيِهِ وَإِنَّا لَهُ كَاتِبُونَ [21:94]

९४) फेरि जसले असल कर्म गर्छ र ऊ ईमानवाला पनि छ भने उसको प्रयास खेर जानेछैन र हामीले उसको निम्ति (कर्मको फल) लेखिराखेका छौं ।

### الآية 21:95

> ﻿وَحَرَامٌ عَلَىٰ قَرْيَةٍ أَهْلَكْنَاهَا أَنَّهُمْ لَا يَرْجِعُونَ [21:95]

९५) र जुन बस्तीलाई हामीले नष्ट पारिदियौं उसको लागि यो निश्चित छ कि त्यहाँका मानिसहरू फर्केर आउने छैनन् ।

### الآية 21:96

> ﻿حَتَّىٰ إِذَا فُتِحَتْ يَأْجُوجُ وَمَأْجُوجُ وَهُمْ مِنْ كُلِّ حَدَبٍ يَنْسِلُونَ [21:96]

९६) यहाँसम्म कि ‘‘याजूज’’ र ‘‘माजूज’’ छाडिनेछन् र उनीहरू प्रत्येक उच्च पहाडबाट दुगुर्दै आउनेछन् ।

### الآية 21:97

> ﻿وَاقْتَرَبَ الْوَعْدُ الْحَقُّ فَإِذَا هِيَ شَاخِصَةٌ أَبْصَارُ الَّذِينَ كَفَرُوا يَا وَيْلَنَا قَدْ كُنَّا فِي غَفْلَةٍ مِنْ هَٰذَا بَلْ كُنَّا ظَالِمِينَ [21:97]

९७) र सच्चा वादा (वाचा) नजिक आउनेछ, त्यसबेला काफिरहरूका आँखा आश्चर्यचकित हुनेछन्, कि ‘‘अफशोच, हाम्रो दुर्भाग्य हामी यसतिर असावधान रह्यौं, बरु हामी नै अपराधी थियौं ।’’

### الآية 21:98

> ﻿إِنَّكُمْ وَمَا تَعْبُدُونَ مِنْ دُونِ اللَّهِ حَصَبُ جَهَنَّمَ أَنْتُمْ لَهَا وَارِدُونَ [21:98]

९८) (काफिरहरू !) तिमी र अल्लाह बाहेक जस–जसको तिमी पूजा गर्दछौ सबै नर्कका इन्धन हुनेछौ । तिमी सबै त्यसमा प्रवेश गर्नेछौ ।

### الآية 21:99

> ﻿لَوْ كَانَ هَٰؤُلَاءِ آلِهَةً مَا وَرَدُوهَا ۖ وَكُلٌّ فِيهَا خَالِدُونَ [21:99]

९९) यदि यिनीहरू सच्चा पूज्य भएको भए नर्कमा प्रवेश गर्ने थिएनन्, सबै त्यसमा सधैं बसिराख्ने छन् ।

### الآية 21:100

> ﻿لَهُمْ فِيهَا زَفِيرٌ وَهُمْ فِيهَا لَا يَسْمَعُونَ [21:100]

१००) त्यहाँ तिनीहरू चिच्याइराखेका हुनेछन् र त्यहाँ केही पनि सुन्न सक्ने छैनन् ।

### الآية 21:101

> ﻿إِنَّ الَّذِينَ سَبَقَتْ لَهُمْ مِنَّا الْحُسْنَىٰ أُولَٰئِكَ عَنْهَا مُبْعَدُونَ [21:101]

१०१) तर जसलाई हाम्रो तर्फबाट अघि नै पुरस्कारको वाचा भइसकेको छ, तिनीहरू त्यसबाट टाढा राखिनेछन् ।

### الآية 21:102

> ﻿لَا يَسْمَعُونَ حَسِيسَهَا ۖ وَهُمْ فِي مَا اشْتَهَتْ أَنْفُسُهُمْ خَالِدُونَ [21:102]

१०२) उनीहरूले त नर्कको आहट पनि सुन्नेछैनन् र जुन कुराको तिनीहरूलाई इच्छा हुन्छ त्यसैमा रमाइरहनेछन् ।

### الآية 21:103

> ﻿لَا يَحْزُنُهُمُ الْفَزَعُ الْأَكْبَرُ وَتَتَلَقَّاهُمُ الْمَلَائِكَةُ هَٰذَا يَوْمُكُمُ الَّذِي كُنْتُمْ تُوعَدُونَ [21:103]

१०३) उनीहरूलाई (यस दिनको) ठूलो त्रासले पनि चिन्तित गर्नेछैन र फरिश्ताहरूले तिनीहरूको स्वागत गर्नेछन् (र भन्नेछन) कि यही त्यो दिन हो जसको तिमीसित वाचा गर्ने गरिन्थ्यो ।

### الآية 21:104

> ﻿يَوْمَ نَطْوِي السَّمَاءَ كَطَيِّ السِّجِلِّ لِلْكُتُبِ ۚ كَمَا بَدَأْنَا أَوَّلَ خَلْقٍ نُعِيدُهُ ۚ وَعْدًا عَلَيْنَا ۚ إِنَّا كُنَّا فَاعِلِينَ [21:104]

१०४) जुन दिन हामीले आकाशलाई यसरी बेर्नेछौं, जसरी पञ्जीकामा दस्तावेजका पानाहरू बेरिन्छन् । जसरी हामीले सृष्टिको प्रारम्भ गरेका थियौं त्यस्तै हामीले त्यसको पुनरावृत्ति गर्नेछौं । यो हाम्रो जिम्मामा भएको एउटा वाचा हो, निश्चय नै हामीलाई यो (पूरा) गर्नु नै छ ।

### الآية 21:105

> ﻿وَلَقَدْ كَتَبْنَا فِي الزَّبُورِ مِنْ بَعْدِ الذِّكْرِ أَنَّ الْأَرْضَ يَرِثُهَا عِبَادِيَ الصَّالِحُونَ [21:105]

१०५) हामीले ‘‘जबूरमा’’ (दाऊदमाथि उत्रेको किताब) उपदेश पछि यो लेखिसकेका छौं कि धरतीको उत्तराधिकारी मेरा असल भक्तहरू हुनेछन् ।’’

### الآية 21:106

> ﻿إِنَّ فِي هَٰذَا لَبَلَاغًا لِقَوْمٍ عَابِدِينَ [21:106]

१०६) उपासना गर्ने सेवकहरूको लागि यसमा एउटा ठूलो सन्देश छ ।

### الآية 21:107

> ﻿وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِلْعَالَمِينَ [21:107]

१०७) र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) हामीले तपाईलाई सम्पूर्ण जगतको निम्ति सर्वथा दयाको प्रतीक बनाएर पठाएका छौं ।

### الآية 21:108

> ﻿قُلْ إِنَّمَا يُوحَىٰ إِلَيَّ أَنَّمَا إِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ ۖ فَهَلْ أَنْتُمْ مُسْلِمُونَ [21:108]

१०८) भनिदिनुस् ‘‘मेरो पासमा ‘‘वह्य’’ (अल्लाहको संदेश) आउँछ कि तिम्रो पूज्य एउटै छ त के तिमी उसको आज्ञापालन गर्नेवाला छौ ?

### الآية 21:109

> ﻿فَإِنْ تَوَلَّوْا فَقُلْ آذَنْتُكُمْ عَلَىٰ سَوَاءٍ ۖ وَإِنْ أَدْرِي أَقَرِيبٌ أَمْ بَعِيدٌ مَا تُوعَدُونَ [21:109]

१०९) फेरि यदि यिनीहरू विमुख हुन्छन् भने भनिदिनुस् कि ‘‘मैले तिमी सबैलाई सामान्य रूपले सावधान गरिसकेको छु । मलाई यो कुरा थाहा छैन कि जुन कुराको तिमीसित वाचा गरिदैछ त्यो निकट छ वा टाढा’’।

### الآية 21:110

> ﻿إِنَّهُ يَعْلَمُ الْجَهْرَ مِنَ الْقَوْلِ وَيَعْلَمُ مَا تَكْتُمُونَ [21:110]

११०) तर अल्लाह प्रत्यक्ष र परोक्ष सबै कुरा जान्दछ र जुन तिमी लुकाएर गर्दछौ, त्यसलाई पनि जान्दछ ।

### الآية 21:111

> ﻿وَإِنْ أَدْرِي لَعَلَّهُ فِتْنَةٌ لَكُمْ وَمَتَاعٌ إِلَىٰ حِينٍ [21:111]

१११) मलाई यो पनि थाहा छैन कि कदाचित यो तिम्रो निम्ति एउटा परीक्षा हो र एउटा निश्चित समयसम्मको लागि फाइदा (पुर्याउनु) हो !

### الآية 21:112

> ﻿قَالَ رَبِّ احْكُمْ بِالْحَقِّ ۗ وَرَبُّنَا الرَّحْمَٰنُ الْمُسْتَعَانُ عَلَىٰ مَا تَصِفُونَ [21:112]

११२) संदेष्टा (पैगम्बर) स्वयम्ले भने कि हे मेरो पालनकर्ता ! इन्साफको साथ निर्णय गरिदेऊ र हाम्रो पालनहार बडो दयावान छ, जसबाट मद्दतको लागि याचना गरिन्छ ती कुराहरूमा जुन तिमीले वर्णन गर्दछौ ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/21.md)
- [كل تفاسير سورة الأنبياء
](https://quranpedia.net/surah-tafsir/21.md)
- [ترجمات سورة الأنبياء
](https://quranpedia.net/translations/21.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/21/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
