---
title: "ترجمة سورة الشعراء - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/26/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/26/book/1996"
surah_id: "26"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الشعراء - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/26/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الشعراء - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/26/book/1996*.

Translation of Surah الشعراء from "الترجمة النيبالية" in النيبالية.

### الآية 26:1

> طسم [26:1]

१) ता–सीन्–मीम् ।

### الآية 26:2

> ﻿تِلْكَ آيَاتُ الْكِتَابِ الْمُبِينِ [26:2]

२) यी स्पष्ट किताबका आयतहरू (श्लोकहरू) हुन् ।

### الآية 26:3

> ﻿لَعَلَّكَ بَاخِعٌ نَفْسَكَ أَلَّا يَكُونُوا مُؤْمِنِينَ [26:3]

३) (हे पैगम्बर !) शायद तपाईले (यस दुःखबाट कि) यी मानिसहरूले ईमान ल्याउँदैनन् आफ्नो प्राण नै त्यागिदिनु हुनेछ ।

### الآية 26:4

> ﻿إِنْ نَشَأْ نُنَزِّلْ عَلَيْهِمْ مِنَ السَّمَاءِ آيَةً فَظَلَّتْ أَعْنَاقُهُمْ لَهَا خَاضِعِينَ [26:4]

४) यदि हामीले चाहेको भए उनीहरूमाथि अकाशबाट एउटा यस्तो निशानी उतार्न सक्थ्यौं । कि जसको अगाडि उनीहरूका टाउको दीनताले झुकिरहुन् ।

### الآية 26:5

> ﻿وَمَا يَأْتِيهِمْ مِنْ ذِكْرٍ مِنَ الرَّحْمَٰنِ مُحْدَثٍ إِلَّا كَانُوا عَنْهُ مُعْرِضِينَ [26:5]

५) र उनीहरूको पासमा रहमानको तर्फबाट जुन नवीन नसिहत पनि आउँछ, उनीहरू त्यसबाट विमुख हुने भइहाले ।

### الآية 26:6

> ﻿فَقَدْ كَذَّبُوا فَسَيَأْتِيهِمْ أَنْبَاءُ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ [26:6]

६) अब जबकि उनीहरूले झूठो भनिसकेका छन् त शीघ्र नै उनीहरूले गरेको उपहासको वास्तविकता जानी हाल्नेछन् ।

### الآية 26:7

> ﻿أَوَلَمْ يَرَوْا إِلَى الْأَرْضِ كَمْ أَنْبَتْنَا فِيهَا مِنْ كُلِّ زَوْجٍ كَرِيمٍ [26:7]

७) के उनीहरूले धरतीलाई देखेनन् कि त्यसमा कसरी हामीले सबै प्रकारका उत्तम जोडाहरू उमारेका छौं ।

### الآية 26:8

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ [26:8]

८) निश्चय नै यसमा ठूलो निशानी छ, (यसपछि पनि) उनीहरूमध्ये अधिकांश मान्नेवाला छैनन् ।

### الآية 26:9

> ﻿وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ [26:9]

९) र निश्चय नै तिम्रो पालनकर्ता नै हो, जो अधिपत्यशाली, अत्यन्त दयावान छ ।

### الآية 26:10

> ﻿وَإِذْ نَادَىٰ رَبُّكَ مُوسَىٰ أَنِ ائْتِ الْقَوْمَ الظَّالِمِينَ [26:10]

१०) र जब तपाईको पालनकर्ताले ‘‘मूसालाई’’ भन्यो कि अत्याचारी मानिसहरूको पासमा जाऊ ।

### الآية 26:11

> ﻿قَوْمَ فِرْعَوْنَ ۚ أَلَا يَتَّقُونَ [26:11]

११) ‘‘फिरऔनको’’ जातिबन्धुको पासमा, के यिनीहरू आत्मसंयम् अपनाउँदैनन् ?

### الآية 26:12

> ﻿قَالَ رَبِّ إِنِّي أَخَافُ أَنْ يُكَذِّبُونِ [26:12]

१२) मूसाले भनेः कि मेरो पालनकर्ता मलाई त भय छ कि कतै यिनीहरूले मलाई झूठा नठानुन् ।

### الآية 26:13

> ﻿وَيَضِيقُ صَدْرِي وَلَا يَنْطَلِقُ لِسَانِي فَأَرْسِلْ إِلَىٰ هَارُونَ [26:13]

१३) र मेरो छाति उकुसमुकुस हुन्छ र मेरो बोली रोकिन्छ, तसर्थ तिमी हारूनतिर पनि सन्देश (वह्य) पठाइदेऊ ।

### الآية 26:14

> ﻿وَلَهُمْ عَلَيَّ ذَنْبٌ فَأَخَافُ أَنْ يَقْتُلُونِ [26:14]

१४) र उनीहरूको ममाथि मेरो एउटा कसूरको दावी पनि छ, तसर्थ मलाई यो पनि भय छ कि मलाई मारिहाल्नेछन् ।

### الآية 26:15

> ﻿قَالَ كَلَّا ۖ فَاذْهَبَا بِآيَاتِنَا ۖ إِنَّا مَعَكُمْ مُسْتَمِعُونَ [26:15]

१५) अल्लाहबाट आदेश भयो कदापि यस्तो हुनेछैन तिमी दुवैजना हाम्रा निशानीहरू लिएर जाऊ, हामी तिम्रो साथमा सुन्नेवाला छौं ।

### الآية 26:16

> ﻿فَأْتِيَا فِرْعَوْنَ فَقُولَا إِنَّا رَسُولُ رَبِّ الْعَالَمِينَ [26:16]

१६) (अतः) तिमी दुवै फिरऔनको पासमा जाऊ र भनः कि निश्चितरूपले हामी संसारको पालनकर्ताको तर्फबाट पठाइएका हौं ।

### الآية 26:17

> ﻿أَنْ أَرْسِلْ مَعَنَا بَنِي إِسْرَائِيلَ [26:17]

१७) र (यसकारण आएका हौं) कि तिमीहरू बनी इस्राईललाई हाम्रो साथमा जाने अनुमति देऊ ।

### الآية 26:18

> ﻿قَالَ أَلَمْ نُرَبِّكَ فِينَا وَلِيدًا وَلَبِثْتَ فِينَا مِنْ عُمُرِكَ سِنِينَ [26:18]

१८) फिरऔनले (मूसासित) भन्यो कि के हामीले तिमीलाई तिम्रो बाल्यकालमा आफूकहाँ पालेका थिएनौं ? र तिमीले तिम्रो जीवनका धेरै वर्ष हामीकहाँ बिताएका थिएनौ ?

### الآية 26:19

> ﻿وَفَعَلْتَ فَعْلَتَكَ الَّتِي فَعَلْتَ وَأَنْتَ مِنَ الْكَافِرِينَ [26:19]

१९) फेरि तिमीले आफ्नो त्यो काम गर्यौ जुन तिमीलाई थाहा छ । तिमी साह्रै नै कृतघ्न छौ ।

### الآية 26:20

> ﻿قَالَ فَعَلْتُهَا إِذًا وَأَنَا مِنَ الضَّالِّينَ [26:20]

२०) (मूसाले) भनेः कि (हो) त्यो काम मैले त्यस बेला गरेको थिएँ जब म बाटो बिर्सिएकाहरूमध्येका थिएँ ।

### الآية 26:21

> ﻿فَفَرَرْتُ مِنْكُمْ لَمَّا خِفْتُكُمْ فَوَهَبَ لِي رَبِّي حُكْمًا وَجَعَلَنِي مِنَ الْمُرْسَلِينَ [26:21]

२१) अनि जब मलाई तिम्रो भय लाग्यो त म तिमीकहाँबाट भागिहालें, अनि मेरो पालनकर्ताले मलाई आदेश र ज्ञान प्रदान गर्यो र मलाई आफ्ना सन्देशवाहकमध्येको बनायो ।

### الآية 26:22

> ﻿وَتِلْكَ نِعْمَةٌ تَمُنُّهَا عَلَيَّ أَنْ عَبَّدْتَ بَنِي إِسْرَائِيلَ [26:22]

२२) के ममाथि तिम्रो यही भलाई हो जुन तिमीले देखाइरहेका छौ कि तिमीले बनि इस्राईललाई दास बनाएर राखेका छौ ।

### الآية 26:23

> ﻿قَالَ فِرْعَوْنُ وَمَا رَبُّ الْعَالَمِينَ [26:23]

२३) फिरऔनले भन्योः कि सारा संसारको मालिक भनेको के हो ?

### الآية 26:24

> ﻿قَالَ رَبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا ۖ إِنْ كُنْتُمْ مُوقِنِينَ [26:24]

२४) उनले भनेः कि ऊ आकाशहरू र पृथ्वी र जे जति त्यसको बीचमा छन् सबैको पालनकर्ता हो । यदि तिमी ईमानवाला छौ भने ?

### الآية 26:25

> ﻿قَالَ لِمَنْ حَوْلَهُ أَلَا تَسْتَمِعُونَ [26:25]

२५) फिरऔैनले आफ्नो वरिपरिका मानिसहरूलाई भन्यो कि तिमीहरू सुनिरहेका छैनौ ।

### الآية 26:26

> ﻿قَالَ رَبُّكُمْ وَرَبُّ آبَائِكُمُ الْأَوَّلِينَ [26:26]

२६) मूसाले भने कि ऊ तिम्रो र तिम्रा बाबुबाजेको पालनकर्ता हो ।

### الآية 26:27

> ﻿قَالَ إِنَّ رَسُولَكُمُ الَّذِي أُرْسِلَ إِلَيْكُمْ لَمَجْنُونٌ [26:27]

२७) फिरऔनले भन्योः कि मानिसहरू हो यो संदेष्टा (पैगम्बर) जुन तिमीहरूतिर पठाइएको छ, बिलकुल्लै पागल छ ।

### الآية 26:28

> ﻿قَالَ رَبُّ الْمَشْرِقِ وَالْمَغْرِبِ وَمَا بَيْنَهُمَا ۖ إِنْ كُنْتُمْ تَعْقِلُونَ [26:28]

२८) मूसाले भनेः कि पूर्व र पश्चिम र जे–जति यी दुवैको बीचमा छन् सबैको रब (पालनकर्ता) पनि उही हो, यदि तिमीमा बुझ्ने बुद्धि छ भने ।

### الآية 26:29

> ﻿قَالَ لَئِنِ اتَّخَذْتَ إِلَٰهًا غَيْرِي لَأَجْعَلَنَّكَ مِنَ الْمَسْجُونِينَ [26:29]

२९) फिरऔनले भन्योः कि सुन यदि तिमीले म बाहेक अरु कसैलाई पूज्य बनायौ भने म तिमीलाई बन्दी बनाएर राख्छु ।

### الآية 26:30

> ﻿قَالَ أَوَلَوْ جِئْتُكَ بِشَيْءٍ مُبِينٍ [26:30]

३०) मूसाले भने कि यदि म तिम्रो पासमा कुनै स्पष्ट कुरा ल्याऊँ तैपनि ?

### الآية 26:31

> ﻿قَالَ فَأْتِ بِهِ إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ [26:31]

३१) फिरऔनले भन्यो, यदि तिमी साँचो हौ भने त्यसलाई (ल्याएर) पेश गर ।

### الآية 26:32

> ﻿فَأَلْقَىٰ عَصَاهُ فَإِذَا هِيَ ثُعْبَانٌ مُبِينٌ [26:32]

३२) अनि उनले (मूसाले) आफ्नो लठ्ठी त्यतिबेला (जमिनमा) फ्याँके जुन त्यतिखेरै एउटा प्रत्यक्ष अजिङ्गर बनिहाल्यो ।

### الآية 26:33

> ﻿وَنَزَعَ يَدَهُ فَإِذَا هِيَ بَيْضَاءُ لِلنَّاظِرِينَ [26:33]

३३) र आफ्नो हात जब बाहिर निकाले तब त्यतिखेरै त्यो हेर्नेहरूको अगाडि सेतो टल्कने देखिनथाल्यो ।

### الآية 26:34

> ﻿قَالَ لِلْمَلَإِ حَوْلَهُ إِنَّ هَٰذَا لَسَاحِرٌ عَلِيمٌ [26:34]

३४) फिरऔनले आफ्नो वरिपरिका नायकहरूसित भन्योः कि निश्चय नै यो त ठूलो जादूगर हो ।

### الآية 26:35

> ﻿يُرِيدُ أَنْ يُخْرِجَكُمْ مِنْ أَرْضِكُمْ بِسِحْرِهِ فَمَاذَا تَأْمُرُونَ [26:35]

३५) यसले चाहन्छ, कि आफ्नो जादूको शक्तिले तिमीलाई तिम्रो भूमिबाट निकालिदेओस् तसर्थ तिम्रो के विचार छ ?

### الآية 26:36

> ﻿قَالُوا أَرْجِهْ وَأَخَاهُ وَابْعَثْ فِي الْمَدَائِنِ حَاشِرِينَ [26:36]

३६) उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।

### الآية 26:37

> ﻿يَأْتُوكَ بِكُلِّ سَحَّارٍ عَلِيمٍ [26:37]

३७) ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।

### الآية 26:38

> ﻿فَجُمِعَ السَّحَرَةُ لِمِيقَاتِ يَوْمٍ مَعْلُومٍ [26:38]

३८) अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।

### الآية 26:39

> ﻿وَقِيلَ لِلنَّاسِ هَلْ أَنْتُمْ مُجْتَمِعُونَ [26:39]

३९) र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।

### الآية 26:40

> ﻿لَعَلَّنَا نَتَّبِعُ السَّحَرَةَ إِنْ كَانُوا هُمُ الْغَالِبِينَ [26:40]

४०) ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।

### الآية 26:41

> ﻿فَلَمَّا جَاءَ السَّحَرَةُ قَالُوا لِفِرْعَوْنَ أَئِنَّ لَنَا لَأَجْرًا إِنْ كُنَّا نَحْنُ الْغَالِبِينَ [26:41]

४१) जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ ?

### الآية 26:42

> ﻿قَالَ نَعَمْ وَإِنَّكُمْ إِذًا لَمِنَ الْمُقَرَّبِينَ [26:42]

४२) पिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ ।

### الآية 26:43

> ﻿قَالَ لَهُمْ مُوسَىٰ أَلْقُوا مَا أَنْتُمْ مُلْقُونَ [26:43]

४३) मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक ।

### الآية 26:44

> ﻿فَأَلْقَوْا حِبَالَهُمْ وَعِصِيَّهُمْ وَقَالُوا بِعِزَّةِ فِرْعَوْنَ إِنَّا لَنَحْنُ الْغَالِبُونَ [26:44]

४४) तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।

### الآية 26:45

> ﻿فَأَلْقَىٰ مُوسَىٰ عَصَاهُ فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفِكُونَ [26:45]

४५) अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।

### الآية 26:46

> ﻿فَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ [26:46]

४६) यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।

### الآية 26:47

> ﻿قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ [26:47]

४७) (र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।

### الآية 26:48

> ﻿رَبِّ مُوسَىٰ وَهَارُونَ [26:48]

४८) अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।

### الآية 26:49

> ﻿قَالَ آمَنْتُمْ لَهُ قَبْلَ أَنْ آذَنَ لَكُمْ ۖ إِنَّهُ لَكَبِيرُكُمُ الَّذِي عَلَّمَكُمُ السِّحْرَ فَلَسَوْفَ تَعْلَمُونَ ۚ لَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُمْ مِنْ خِلَافٍ وَلَأُصَلِّبَنَّكُمْ أَجْمَعِينَ [26:49]

४९) फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।

### الآية 26:50

> ﻿قَالُوا لَا ضَيْرَ ۖ إِنَّا إِلَىٰ رَبِّنَا مُنْقَلِبُونَ [26:50]

५०) उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।

### الآية 26:51

> ﻿إِنَّا نَطْمَعُ أَنْ يَغْفِرَ لَنَا رَبُّنَا خَطَايَانَا أَنْ كُنَّا أَوَّلَ الْمُؤْمِنِينَ [26:51]

५१) हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं ।

### الآية 26:52

> ﻿۞ وَأَوْحَيْنَا إِلَىٰ مُوسَىٰ أَنْ أَسْرِ بِعِبَادِي إِنَّكُمْ مُتَّبَعُونَ [26:52]

५२) र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।

### الآية 26:53

> ﻿فَأَرْسَلَ فِرْعَوْنُ فِي الْمَدَائِنِ حَاشِرِينَ [26:53]

५३) यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।

### الآية 26:54

> ﻿إِنَّ هَٰؤُلَاءِ لَشِرْذِمَةٌ قَلِيلُونَ [26:54]

५४) किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’

### الآية 26:55

> ﻿وَإِنَّهُمْ لَنَا لَغَائِظُونَ [26:55]

५५) र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।

### الآية 26:56

> ﻿وَإِنَّا لَجَمِيعٌ حَاذِرُونَ [26:56]

५६) र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।

### الآية 26:57

> ﻿فَأَخْرَجْنَاهُمْ مِنْ جَنَّاتٍ وَعُيُونٍ [26:57]

५७) अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।

### الآية 26:58

> ﻿وَكُنُوزٍ وَمَقَامٍ كَرِيمٍ [26:58]

५८) र खजाना र राम्रा ठाउँहरूबाट पनि ।

### الآية 26:59

> ﻿كَذَٰلِكَ وَأَوْرَثْنَاهَا بَنِي إِسْرَائِيلَ [26:59]

५९) (उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।

### الآية 26:60

> ﻿فَأَتْبَعُوهُمْ مُشْرِقِينَ [26:60]

६०) तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।

### الآية 26:61

> ﻿فَلَمَّا تَرَاءَى الْجَمْعَانِ قَالَ أَصْحَابُ مُوسَىٰ إِنَّا لَمُدْرَكُونَ [26:61]

६१) जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं ।

### الآية 26:62

> ﻿قَالَ كَلَّا ۖ إِنَّ مَعِيَ رَبِّي سَيَهْدِينِ [26:62]

६२) मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ ।

### الآية 26:63

> ﻿فَأَوْحَيْنَا إِلَىٰ مُوسَىٰ أَنِ اضْرِبْ بِعَصَاكَ الْبَحْرَ ۖ فَانْفَلَقَ فَكَانَ كُلُّ فِرْقٍ كَالطَّوْدِ الْعَظِيمِ [26:63]

६३) त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो ।

### الآية 26:64

> ﻿وَأَزْلَفْنَا ثَمَّ الْآخَرِينَ [26:64]

६४) र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।

### الآية 26:65

> ﻿وَأَنْجَيْنَا مُوسَىٰ وَمَنْ مَعَهُ أَجْمَعِينَ [26:65]

६५) र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।

### الآية 26:66

> ﻿ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ [26:66]

६६) अनि अर्को समूहलाई डुबाइदियौं ।

### الآية 26:67

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ [26:67]

६७) निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।

### الآية 26:68

> ﻿وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ [26:68]

६८) र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।

### الآية 26:69

> ﻿وَاتْلُ عَلَيْهِمْ نَبَأَ إِبْرَاهِيمَ [26:69]

६९) र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।

### الآية 26:70

> ﻿إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَا تَعْبُدُونَ [26:70]

७०) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ ?

### الآية 26:71

> ﻿قَالُوا نَعْبُدُ أَصْنَامًا فَنَظَلُّ لَهَا عَاكِفِينَ [26:71]

७१) उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।

### الآية 26:72

> ﻿قَالَ هَلْ يَسْمَعُونَكُمْ إِذْ تَدْعُونَ [26:72]

७२) (इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन् ?

### الآية 26:73

> ﻿أَوْ يَنْفَعُونَكُمْ أَوْ يَضُرُّونَ [26:73]

७३) वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन् ?

### الآية 26:74

> ﻿قَالُوا بَلْ وَجَدْنَا آبَاءَنَا كَذَٰلِكَ يَفْعَلُونَ [26:74]

७४) उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।

### الآية 26:75

> ﻿قَالَ أَفَرَأَيْتُمْ مَا كُنْتُمْ تَعْبُدُونَ [26:75]

७५) (इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।

### الآية 26:76

> ﻿أَنْتُمْ وَآبَاؤُكُمُ الْأَقْدَمُونَ [26:76]

७६) तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।

### الآية 26:77

> ﻿فَإِنَّهُمْ عَدُوٌّ لِي إِلَّا رَبَّ الْعَالَمِينَ [26:77]

७७) उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।

### الآية 26:78

> ﻿الَّذِي خَلَقَنِي فَهُوَ يَهْدِينِ [26:78]

७८) जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।

### الآية 26:79

> ﻿وَالَّذِي هُوَ يُطْعِمُنِي وَيَسْقِينِ [26:79]

७९) उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।

### الآية 26:80

> ﻿وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ [26:80]

८०) र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।

### الآية 26:81

> ﻿وَالَّذِي يُمِيتُنِي ثُمَّ يُحْيِينِ [26:81]

८१) र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।

### الآية 26:82

> ﻿وَالَّذِي أَطْمَعُ أَنْ يَغْفِرَ لِي خَطِيئَتِي يَوْمَ الدِّينِ [26:82]

८२) र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।

### الآية 26:83

> ﻿رَبِّ هَبْ لِي حُكْمًا وَأَلْحِقْنِي بِالصَّالِحِينَ [26:83]

८३) हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।

### الآية 26:84

> ﻿وَاجْعَلْ لِي لِسَانَ صِدْقٍ فِي الْآخِرِينَ [26:84]

८४) र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।

### الآية 26:85

> ﻿وَاجْعَلْنِي مِنْ وَرَثَةِ جَنَّةِ النَّعِيمِ [26:85]

८५) र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।

### الآية 26:86

> ﻿وَاغْفِرْ لِأَبِي إِنَّهُ كَانَ مِنَ الضَّالِّينَ [26:86]

८६) र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।

### الآية 26:87

> ﻿وَلَا تُخْزِنِي يَوْمَ يُبْعَثُونَ [26:87]

८७) र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।

### الآية 26:88

> ﻿يَوْمَ لَا يَنْفَعُ مَالٌ وَلَا بَنُونَ [26:88]

८८) जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।

### الآية 26:89

> ﻿إِلَّا مَنْ أَتَى اللَّهَ بِقَلْبٍ سَلِيمٍ [26:89]

८९) तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।

### الآية 26:90

> ﻿وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ [26:90]

९०) र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।

### الآية 26:91

> ﻿وَبُرِّزَتِ الْجَحِيمُ لِلْغَاوِينَ [26:91]

९१) र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।

### الآية 26:92

> ﻿وَقِيلَ لَهُمْ أَيْنَ مَا كُنْتُمْ تَعْبُدُونَ [26:92]

९२) र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन् ?

### الآية 26:93

> ﻿مِنْ دُونِ اللَّهِ هَلْ يَنْصُرُونَكُمْ أَوْ يَنْتَصِرُونَ [26:93]

९३) अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन् ?

### الآية 26:94

> ﻿فَكُبْكِبُوا فِيهَا هُمْ وَالْغَاوُونَ [26:94]

९४) अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।

### الآية 26:95

> ﻿وَجُنُودُ إِبْلِيسَ أَجْمَعُونَ [26:95]

९५) र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।

### الآية 26:96

> ﻿قَالُوا وَهُمْ فِيهَا يَخْتَصِمُونَ [26:96]

९६) (त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।

### الآية 26:97

> ﻿تَاللَّهِ إِنْ كُنَّا لَفِي ضَلَالٍ مُبِينٍ [26:97]

९७) किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’

### الآية 26:98

> ﻿إِذْ نُسَوِّيكُمْ بِرَبِّ الْعَالَمِينَ [26:98]

९८) जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।

### الآية 26:99

> ﻿وَمَا أَضَلَّنَا إِلَّا الْمُجْرِمُونَ [26:99]

९९) र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।

### الآية 26:100

> ﻿فَمَا لَنَا مِنْ شَافِعِينَ [26:100]

१००) अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।

### الآية 26:101

> ﻿وَلَا صَدِيقٍ حَمِيمٍ [26:101]

१०१) र न कोही घनिष्ट मित्र छ ।

### الآية 26:102

> ﻿فَلَوْ أَنَّ لَنَا كَرَّةً فَنَكُونَ مِنَ الْمُؤْمِنِينَ [26:102]

१०२) कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।

### الآية 26:103

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ [26:103]

१०३) यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।

### الآية 26:104

> ﻿وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ [26:104]

१०४) र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।

### الآية 26:105

> ﻿كَذَّبَتْ قَوْمُ نُوحٍ الْمُرْسَلِينَ [26:105]

१०५) नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।

### الآية 26:106

> ﻿إِذْ قَالَ لَهُمْ أَخُوهُمْ نُوحٌ أَلَا تَتَّقُونَ [26:106]

१०६) जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन ?

### الآية 26:107

> ﻿إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ [26:107]

१०७) सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।

### الآية 26:108

> ﻿فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ [26:108]

१०८) तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।

### الآية 26:109

> ﻿وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ [26:109]

१०९) म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।

### الآية 26:110

> ﻿فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ [26:110]

११०) अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।

### الآية 26:111

> ﻿۞ قَالُوا أَنُؤْمِنُ لَكَ وَاتَّبَعَكَ الْأَرْذَلُونَ [26:111]

१११) उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।

### الآية 26:112

> ﻿قَالَ وَمَا عِلْمِي بِمَا كَانُوا يَعْمَلُونَ [26:112]

११२) (नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए ?

### الآية 26:113

> ﻿إِنْ حِسَابُهُمْ إِلَّا عَلَىٰ رَبِّي ۖ لَوْ تَشْعُرُونَ [26:113]

११३) उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।

### الآية 26:114

> ﻿وَمَا أَنَا بِطَارِدِ الْمُؤْمِنِينَ [26:114]

११४) र म मोमिनहरूलाई धपाउनेवाला होइन ।

### الآية 26:115

> ﻿إِنْ أَنَا إِلَّا نَذِيرٌ مُبِينٌ [26:115]

११५) म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।

### الآية 26:116

> ﻿قَالُوا لَئِنْ لَمْ تَنْتَهِ يَا نُوحُ لَتَكُونَنَّ مِنَ الْمَرْجُومِينَ [26:116]

११६) उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।

### الآية 26:117

> ﻿قَالَ رَبِّ إِنَّ قَوْمِي كَذَّبُونِ [26:117]

११७) (नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।

### الآية 26:118

> ﻿فَافْتَحْ بَيْنِي وَبَيْنَهُمْ فَتْحًا وَنَجِّنِي وَمَنْ مَعِيَ مِنَ الْمُؤْمِنِينَ [26:118]

११८) तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।

### الآية 26:119

> ﻿فَأَنْجَيْنَاهُ وَمَنْ مَعَهُ فِي الْفُلْكِ الْمَشْحُونِ [26:119]

११९) अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।

### الآية 26:120

> ﻿ثُمَّ أَغْرَقْنَا بَعْدُ الْبَاقِينَ [26:120]

१२०) तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।

### الآية 26:121

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ [26:121]

१२१) निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।

### الآية 26:122

> ﻿وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ [26:122]

१२२) र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।

### الآية 26:123

> ﻿كَذَّبَتْ عَادٌ الْمُرْسَلِينَ [26:123]

१२३) आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।

### الآية 26:124

> ﻿إِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ أَلَا تَتَّقُونَ [26:124]

१२४) जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ ?

### الآية 26:125

> ﻿إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ [26:125]

१२५) म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।

### الآية 26:126

> ﻿فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ [26:126]

१२६) तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।

### الآية 26:127

> ﻿وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ [26:127]

१२७) र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।

### الآية 26:128

> ﻿أَتَبْنُونَ بِكُلِّ رِيعٍ آيَةً تَعْبَثُونَ [26:128]

१२८) के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ ?

### الآية 26:129

> ﻿وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُونَ [26:129]

१२९) र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।

### الآية 26:130

> ﻿وَإِذَا بَطَشْتُمْ بَطَشْتُمْ جَبَّارِينَ [26:130]

१३०) र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।

### الآية 26:131

> ﻿فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ [26:131]

१३१) त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।

### الآية 26:132

> ﻿وَاتَّقُوا الَّذِي أَمَدَّكُمْ بِمَا تَعْلَمُونَ [26:132]

१३२) र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।

### الآية 26:133

> ﻿أَمَدَّكُمْ بِأَنْعَامٍ وَبَنِينَ [26:133]

१३३) उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।

### الآية 26:134

> ﻿وَجَنَّاتٍ وَعُيُونٍ [26:134]

१३४) र बगैंचाहरूबाट र श्रोतहरूबाट ।

### الآية 26:135

> ﻿إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ [26:135]

१३५) मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।

### الآية 26:136

> ﻿قَالُوا سَوَاءٌ عَلَيْنَا أَوَعَظْتَ أَمْ لَمْ تَكُنْ مِنَ الْوَاعِظِينَ [26:136]

१३६) उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।

### الآية 26:137

> ﻿إِنْ هَٰذَا إِلَّا خُلُقُ الْأَوَّلِينَ [26:137]

१३७) यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।

### الآية 26:138

> ﻿وَمَا نَحْنُ بِمُعَذَّبِينَ [26:138]

१३८) र हामीलाई कहिले पनि यातना दिइनेछैन ।

### الآية 26:139

> ﻿فَكَذَّبُوهُ فَأَهْلَكْنَاهُمْ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ [26:139]

१३९) उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

### الآية 26:140

> ﻿وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ [26:140]

१४०) निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।

### الآية 26:141

> ﻿كَذَّبَتْ ثَمُودُ الْمُرْسَلِينَ [26:141]

१४१) समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।

### الآية 26:142

> ﻿إِذْ قَالَ لَهُمْ أَخُوهُمْ صَالِحٌ أَلَا تَتَّقُونَ [26:142]

१४२) (जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ ?

### الآية 26:143

> ﻿إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ [26:143]

१४३) निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।

### الآية 26:144

> ﻿فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ [26:144]

१४४) अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।

### الآية 26:145

> ﻿وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ [26:145]

१४५) (र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।

### الآية 26:146

> ﻿أَتُتْرَكُونَ فِي مَا هَاهُنَا آمِنِينَ [26:146]

१४६) के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ ?

### الآية 26:147

> ﻿فِي جَنَّاتٍ وَعُيُونٍ [26:147]

१४७) (अर्थात) बगैंचा र श्रोतहरूमा ।

### الآية 26:148

> ﻿وَزُرُوعٍ وَنَخْلٍ طَلْعُهَا هَضِيمٌ [26:148]

१४८) र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।

### الآية 26:149

> ﻿وَتَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا فَارِهِينَ [26:149]

१४९) र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।

### الآية 26:150

> ﻿فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ [26:150]

१५०) तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।

### الآية 26:151

> ﻿وَلَا تُطِيعُوا أَمْرَ الْمُسْرِفِينَ [26:151]

१५१) र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।

### الآية 26:152

> ﻿الَّذِينَ يُفْسِدُونَ فِي الْأَرْضِ وَلَا يُصْلِحُونَ [26:152]

१५२) जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।

### الآية 26:153

> ﻿قَالُوا إِنَّمَا أَنْتَ مِنَ الْمُسَحَّرِينَ [26:153]

१५३) उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।

### الآية 26:154

> ﻿مَا أَنْتَ إِلَّا بَشَرٌ مِثْلُنَا فَأْتِ بِآيَةٍ إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ [26:154]

१५४) तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।

### الآية 26:155

> ﻿قَالَ هَٰذِهِ نَاقَةٌ لَهَا شِرْبٌ وَلَكُمْ شِرْبُ يَوْمٍ مَعْلُومٍ [26:155]

१५५) (सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।

### الآية 26:156

> ﻿وَلَا تَمَسُّوهَا بِسُوءٍ فَيَأْخُذَكُمْ عَذَابُ يَوْمٍ عَظِيمٍ [26:156]

१५६) खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ ।

### الآية 26:157

> ﻿فَعَقَرُوهَا فَأَصْبَحُوا نَادِمِينَ [26:157]

१५७) तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए ।

### الآية 26:158

> ﻿فَأَخَذَهُمُ الْعَذَابُ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ [26:158]

१५८) तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

### الآية 26:159

> ﻿وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ [26:159]

१५९) र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।

### الآية 26:160

> ﻿كَذَّبَتْ قَوْمُ لُوطٍ الْمُرْسَلِينَ [26:160]

१६०) ‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।

### الآية 26:161

> ﻿إِذْ قَالَ لَهُمْ أَخُوهُمْ لُوطٌ أَلَا تَتَّقُونَ [26:161]

१६१) (जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ ?

### الآية 26:162

> ﻿إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ [26:162]

१६२) निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।

### الآية 26:163

> ﻿فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ [26:163]

१६३) तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।

### الآية 26:164

> ﻿وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ [26:164]

१६४) र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।

### الآية 26:165

> ﻿أَتَأْتُونَ الذُّكْرَانَ مِنَ الْعَالَمِينَ [26:165]

१६५) के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ ?

### الآية 26:166

> ﻿وَتَذَرُونَ مَا خَلَقَ لَكُمْ رَبُّكُمْ مِنْ أَزْوَاجِكُمْ ۚ بَلْ أَنْتُمْ قَوْمٌ عَادُونَ [26:166]

१६६) र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरा त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।

### الآية 26:167

> ﻿قَالُوا لَئِنْ لَمْ تَنْتَهِ يَا لُوطُ لَتَكُونَنَّ مِنَ الْمُخْرَجِينَ [26:167]

१६७) उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।

### الآية 26:168

> ﻿قَالَ إِنِّي لِعَمَلِكُمْ مِنَ الْقَالِينَ [26:168]

१६८) उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।

### الآية 26:169

> ﻿رَبِّ نَجِّنِي وَأَهْلِي مِمَّا يَعْمَلُونَ [26:169]

१६९) हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।

### الآية 26:170

> ﻿فَنَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ [26:170]

१७०) तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।

### الآية 26:171

> ﻿إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ [26:171]

१७१) तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।

### الآية 26:172

> ﻿ثُمَّ دَمَّرْنَا الْآخَرِينَ [26:172]

१७२) त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।

### الآية 26:173

> ﻿وَأَمْطَرْنَا عَلَيْهِمْ مَطَرًا ۖ فَسَاءَ مَطَرُ الْمُنْذَرِينَ [26:173]

१७३) र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।

### الآية 26:174

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ [26:174]

१७४) यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।

### الآية 26:175

> ﻿وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ [26:175]

१७५) र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान

### الآية 26:176

> ﻿كَذَّبَ أَصْحَابُ الْأَيْكَةِ الْمُرْسَلِينَ [26:176]

१७६) ‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।

### الآية 26:177

> ﻿إِذْ قَالَ لَهُمْ شُعَيْبٌ أَلَا تَتَّقُونَ [26:177]

१७७) जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।

### الآية 26:178

> ﻿إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ [26:178]

१७८) निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।

### الآية 26:179

> ﻿فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ [26:179]

१७९) तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।

### الآية 26:180

> ﻿وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ [26:180]

१८०) र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।

### الآية 26:181

> ﻿۞ أَوْفُوا الْكَيْلَ وَلَا تَكُونُوا مِنَ الْمُخْسِرِينَ [26:181]

१८१) (हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।

### الآية 26:182

> ﻿وَزِنُوا بِالْقِسْطَاسِ الْمُسْتَقِيمِ [26:182]

१८२) र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।

### الآية 26:183

> ﻿وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ [26:183]

१८३) र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।

### الآية 26:184

> ﻿وَاتَّقُوا الَّذِي خَلَقَكُمْ وَالْجِبِلَّةَ الْأَوَّلِينَ [26:184]

१८४) उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।

### الآية 26:185

> ﻿قَالُوا إِنَّمَا أَنْتَ مِنَ الْمُسَحَّرِينَ [26:185]

१८५) उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।

### الآية 26:186

> ﻿وَمَا أَنْتَ إِلَّا بَشَرٌ مِثْلُنَا وَإِنْ نَظُنُّكَ لَمِنَ الْكَاذِبِينَ [26:186]

१८६) र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।

### الآية 26:187

> ﻿فَأَسْقِطْ عَلَيْنَا كِسَفًا مِنَ السَّمَاءِ إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ [26:187]

१८७) यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।

### الآية 26:188

> ﻿قَالَ رَبِّي أَعْلَمُ بِمَا تَعْمَلُونَ [26:188]

१८८) (शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।

### الآية 26:189

> ﻿فَكَذَّبُوهُ فَأَخَذَهُمْ عَذَابُ يَوْمِ الظُّلَّةِ ۚ إِنَّهُ كَانَ عَذَابَ يَوْمٍ عَظِيمٍ [26:189]

१८९) किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।

### الآية 26:190

> ﻿إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُمْ مُؤْمِنِينَ [26:190]

१९०) निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।

### الآية 26:191

> ﻿وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ [26:191]

१९१) र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।

### الآية 26:192

> ﻿وَإِنَّهُ لَتَنْزِيلُ رَبِّ الْعَالَمِينَ [26:192]

१९२) र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।

### الآية 26:193

> ﻿نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ [26:193]

१९३) यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।

### الآية 26:194

> ﻿عَلَىٰ قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنْذِرِينَ [26:194]

१९४) तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।

### الآية 26:195

> ﻿بِلِسَانٍ عَرَبِيٍّ مُبِينٍ [26:195]

१९५) (र) स्पष्ट अरबी भाषामा छ ।

### الآية 26:196

> ﻿وَإِنَّهُ لَفِي زُبُرِ الْأَوَّلِينَ [26:196]

१९६) र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।

### الآية 26:197

> ﻿أَوَلَمْ يَكُنْ لَهُمْ آيَةً أَنْ يَعْلَمَهُ عُلَمَاءُ بَنِي إِسْرَائِيلَ [26:197]

१९७) के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।

### الآية 26:198

> ﻿وَلَوْ نَزَّلْنَاهُ عَلَىٰ بَعْضِ الْأَعْجَمِينَ [26:198]

१९८) र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।

### الآية 26:199

> ﻿فَقَرَأَهُ عَلَيْهِمْ مَا كَانُوا بِهِ مُؤْمِنِينَ [26:199]

१९९) र उसले यिनीहरूलाई त्यो पढेर सुनाउँदा यिनीहरूले यसलाई मान्दैनथे ।

### الآية 26:200

> ﻿كَذَٰلِكَ سَلَكْنَاهُ فِي قُلُوبِ الْمُجْرِمِينَ [26:200]

२००) यसै प्रकार हामीले अपराधीहरूका हृदयमा त्यस इन्कारीलाई बसालिदियौं ।

### الآية 26:201

> ﻿لَا يُؤْمِنُونَ بِهِ حَتَّىٰ يَرَوُا الْعَذَابَ الْأَلِيمَ [26:201]

२०१) र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।

### الآية 26:202

> ﻿فَيَأْتِيَهُمْ بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ [26:202]

२०२) त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।

### الآية 26:203

> ﻿فَيَقُولُوا هَلْ نَحْنُ مُنْظَرُونَ [26:203]

२०३) त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं ?

### الآية 26:204

> ﻿أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ [26:204]

२०४) त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन् ?

### الآية 26:205

> ﻿أَفَرَأَيْتَ إِنْ مَتَّعْنَاهُمْ سِنِينَ [26:205]

२०५) अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।

### الآية 26:206

> ﻿ثُمَّ جَاءَهُمْ مَا كَانُوا يُوعَدُونَ [26:206]

२०६) तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।

### الآية 26:207

> ﻿مَا أَغْنَىٰ عَنْهُمْ مَا كَانُوا يُمَتَّعُونَ [26:207]

२०७) तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन ?

### الآية 26:208

> ﻿وَمَا أَهْلَكْنَا مِنْ قَرْيَةٍ إِلَّا لَهَا مُنْذِرُونَ [26:208]

२०८) र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।

### الآية 26:209

> ﻿ذِكْرَىٰ وَمَا كُنَّا ظَالِمِينَ [26:209]

२०९) सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।

### الآية 26:210

> ﻿وَمَا تَنَزَّلَتْ بِهِ الشَّيَاطِينُ [26:210]

२१०) यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।

### الآية 26:211

> ﻿وَمَا يَنْبَغِي لَهُمْ وَمَا يَسْتَطِيعُونَ [26:211]

२११) उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।

### الآية 26:212

> ﻿إِنَّهُمْ عَنِ السَّمْعِ لَمَعْزُولُونَ [26:212]

२१२) बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।

### الآية 26:213

> ﻿فَلَا تَدْعُ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ فَتَكُونَ مِنَ الْمُعَذَّبِينَ [26:213]

२१३) तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।

### الآية 26:214

> ﻿وَأَنْذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ [26:214]

२१४) र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।

### الآية 26:215

> ﻿وَاخْفِضْ جَنَاحَكَ لِمَنِ اتَّبَعَكَ مِنَ الْمُؤْمِنِينَ [26:215]

२१५) ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।

### الآية 26:216

> ﻿فَإِنْ عَصَوْكَ فَقُلْ إِنِّي بَرِيءٌ مِمَّا تَعْمَلُونَ [26:216]

२१६) यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।

### الآية 26:217

> ﻿وَتَوَكَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ [26:217]

२१७) आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।

### الآية 26:218

> ﻿الَّذِي يَرَاكَ حِينَ تَقُومُ [26:218]

२१८) जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।

### الآية 26:219

> ﻿وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ [26:219]

२१९) र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।

### الآية 26:220

> ﻿إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ [26:220]

२२०) ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।

### الآية 26:221

> ﻿هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَنْ تَنَزَّلُ الشَّيَاطِينُ [26:221]

२२१) के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन् ?

### الآية 26:222

> ﻿تَنَزَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٍ [26:222]

२२२) तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।

### الآية 26:223

> ﻿يُلْقُونَ السَّمْعَ وَأَكْثَرُهُمْ كَاذِبُونَ [26:223]

२२३) जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।

### الآية 26:224

> ﻿وَالشُّعَرَاءُ يَتَّبِعُهُمُ الْغَاوُونَ [26:224]

२२४) कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।

### الآية 26:225

> ﻿أَلَمْ تَرَ أَنَّهُمْ فِي كُلِّ وَادٍ يَهِيمُونَ [26:225]

२२५) के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।

### الآية 26:226

> ﻿وَأَنَّهُمْ يَقُولُونَ مَا لَا يَفْعَلُونَ [26:226]

२२६) र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।

### الآية 26:227

> ﻿إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَذَكَرُوا اللَّهَ كَثِيرًا وَانْتَصَرُوا مِنْ بَعْدِ مَا ظُلِمُوا ۗ وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ [26:227]

२२७) ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/26.md)
- [كل تفاسير سورة الشعراء
](https://quranpedia.net/surah-tafsir/26.md)
- [ترجمات سورة الشعراء
](https://quranpedia.net/translations/26.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/26/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
