---
title: "ترجمة سورة يس - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/36/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/36/book/1996"
surah_id: "36"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة يس - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/36/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة يس - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/36/book/1996*.

Translation of Surah يس from "الترجمة النيبالية" in النيبالية.

### الآية 36:1

> يس [36:1]

१) यासीन

### الآية 36:2

> ﻿وَالْقُرْآنِ الْحَكِيمِ [36:2]

२) कसम छ हिक्मतवाला (तत्वदर्शी) कुरआनको,

### الآية 36:3

> ﻿إِنَّكَ لَمِنَ الْمُرْسَلِينَ [36:3]

३) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपार्इं पैगम्बरहरूमध्येकै हुनुहुन्छ,

### الآية 36:4

> ﻿عَلَىٰ صِرَاطٍ مُسْتَقِيمٍ [36:4]

४) सोझो मार्गमा हुनुहुन्छ ।

### الآية 36:5

> ﻿تَنْزِيلَ الْعَزِيزِ الرَّحِيمِ [36:5]

५) (यो कुरआन) अल्लाह अत्यन्त शक्तिमान दयावान्ले अवतरित गरेको छ ।

### الآية 36:6

> ﻿لِتُنْذِرَ قَوْمًا مَا أُنْذِرَ آبَاؤُهُمْ فَهُمْ غَافِلُونَ [36:6]

६) ताकि तपाईंले यस्ता मानिसहरूलाई डर देखाउनुस्, जसका बाउ–बाजेलाई डर देखाइएको थिएन, (यसकारण) उनीहरू लापरवाहीमा परिराखेका छन् ।

### الآية 36:7

> ﻿لَقَدْ حَقَّ الْقَوْلُ عَلَىٰ أَكْثَرِهِمْ فَهُمْ لَا يُؤْمِنُونَ [36:7]

७) उनीहरूमध्ये धेरै मानिसहरूमाथि कुरो प्रमाणित भइसकेको छ । अतः उनीहरूले ईमान ल्याउने छैनन् ।

### الآية 36:8

> ﻿إِنَّا جَعَلْنَا فِي أَعْنَاقِهِمْ أَغْلَالًا فَهِيَ إِلَى الْأَذْقَانِ فَهُمْ مُقْمَحُونَ [36:8]

८) हामीले उनीहरूको घाँटीमा तौक (पट्टा) हालीदिएका छौं जुन चिउँडोसम्म छन् । तसर्थ उनीहरू टाउको निहुर्याउन सक्दैनन् ।

### الآية 36:9

> ﻿وَجَعَلْنَا مِنْ بَيْنِ أَيْدِيهِمْ سَدًّا وَمِنْ خَلْفِهِمْ سَدًّا فَأَغْشَيْنَاهُمْ فَهُمْ لَا يُبْصِرُونَ [36:9]

९) र हामीले उनीहरूको अगाडि एउटा परदा हालिदिएका छौं र उनको पछाडि पनि । जसबाट उनीहरूलाई ढाँपिदिएका छौं, तसर्थ यिनीहरूले देख्न सक्दैनन् ।

### الآية 36:10

> ﻿وَسَوَاءٌ عَلَيْهِمْ أَأَنْذَرْتَهُمْ أَمْ لَمْ تُنْذِرْهُمْ لَا يُؤْمِنُونَ [36:10]

१०) र तपाईंले उनीहरूलाई डराउनुस् वा नडराउनुस्, उनीहरूको लागि दुवै बराबर छ, उनीहरूले ईमान ल्याउने छैनन् ।

### الآية 36:11

> ﻿إِنَّمَا تُنْذِرُ مَنِ اتَّبَعَ الذِّكْرَ وَخَشِيَ الرَّحْمَٰنَ بِالْغَيْبِ ۖ فَبَشِّرْهُ بِمَغْفِرَةٍ وَأَجْرٍ كَرِيمٍ [36:11]

११) तपाईंले त मात्र त्यस्तो व्यक्तिलाई डराउन सक्नुहुन्छ जसले उपदेशको अनुशरण गर्दछ र अल्लाहसित अदृश्य(अवस्था) मै डर्छ । अतः तपाईंले उसलाई क्षमा र सम्मानजनक प्रतिफलको शुभसूचना सुनाइदिनुस् ।

### الآية 36:12

> ﻿إِنَّا نَحْنُ نُحْيِي الْمَوْتَىٰ وَنَكْتُبُ مَا قَدَّمُوا وَآثَارَهُمْ ۚ وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ فِي إِمَامٍ مُبِينٍ [36:12]

१२) निःसन्देह हामीले मूर्दाहरूलाई जीवित गर्नेछौं र जेजति उनीहरूले अगाडि (आफनो कर्म) पठाइसकेका छन् र उनका ती कार्यहरू जुन पछाडि छोडेका छन्, हामीले उनलाई लेखिदिन्छौं । र हरेक कुरालाई हामीले एक स्पष्ट किताबमा लेखिसकेका छौं ।

### الآية 36:13

> ﻿وَاضْرِبْ لَهُمْ مَثَلًا أَصْحَابَ الْقَرْيَةِ إِذْ جَاءَهَا الْمُرْسَلُونَ [36:13]

१३) र उनीहरूसित तपाईंले गाउँवालाहरूको घटनाको वर्णन गर्नुस्, जब उनको पासमा (अनेकौ) पैगम्बर आए ।

### الآية 36:14

> ﻿إِذْ أَرْسَلْنَا إِلَيْهِمُ اثْنَيْنِ فَكَذَّبُوهُمَا فَعَزَّزْنَا بِثَالِثٍ فَقَالُوا إِنَّا إِلَيْكُمْ مُرْسَلُونَ [36:14]

१४) जब हामीले उनीहरूकहाँ दुई (पैगम्बर) पठायौं, तब उनीहरूले झूठा भने तब हामीले एउटा तेस्रोद्वारा पुष्टि गरायौं, तब उनी तीनै जनाले भनेः ‘‘कि हामी तिमीतिर (संदेष्टा) पठाइएका हौं ।’’

### الآية 36:15

> ﻿قَالُوا مَا أَنْتُمْ إِلَّا بَشَرٌ مِثْلُنَا وَمَا أَنْزَلَ الرَّحْمَٰنُ مِنْ شَيْءٍ إِنْ أَنْتُمْ إِلَّا تَكْذِبُونَ [36:15]

१५) उनीहरूले भने कि ‘‘तिमी त हामी जस्तै साधारण मनुष्य हौ । र अल्लाहले कुनै कुरा पनि अवतरित गरेको छैन । तिमीमात्र झूठ बोल्दछौ ।’’

### الآية 36:16

> ﻿قَالُوا رَبُّنَا يَعْلَمُ إِنَّا إِلَيْكُمْ لَمُرْسَلُونَ [36:16]

१६) ती रसूलहरूले भने ‘‘हाम्रो पालनकर्तालाई थाहा छ कि हामी निश्चय नै तिमीतिर पठाइएका हौं ।

### الآية 36:17

> ﻿وَمَا عَلَيْنَا إِلَّا الْبَلَاغُ الْمُبِينُ [36:17]

१७) र हाम्रो जिम्मेवारी त मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु नै हो ।

### الآية 36:18

> ﻿قَالُوا إِنَّا تَطَيَّرْنَا بِكُمْ ۖ لَئِنْ لَمْ تَنْتَهُوا لَنَرْجُمَنَّكُمْ وَلَيَمَسَّنَّكُمْ مِنَّا عَذَابٌ أَلِيمٌ [36:18]

१८) उनीहरूले भनेः कि ‘‘हामीले त तिमीलाई अपशकुन मान्यौं अतः तिमी मानेनौ भने हामीले तिमीलाई ढुङ्गा हानेर मारिदिनेछौं र तिमीलाई हाम्रो तर्फबाट धेरै कष्ट पुग्नेछ ।

### الآية 36:19

> ﻿قَالُوا طَائِرُكُمْ مَعَكُمْ ۚ أَئِنْ ذُكِّرْتُمْ ۚ بَلْ أَنْتُمْ قَوْمٌ مُسْرِفُونَ [36:19]

१९) ती रसूलहरूले भनेः कि तिम्रो अपशकुन त तिम्रो आफ्नै साथमा छ । के तिमी नसिहत गरिने कुरालाई अपशकुन सम्झन्छौ बरु तिमीहरू सीमा बाहिर जाने मानिसहरू हौ ।

### الآية 36:20

> ﻿وَجَاءَ مِنْ أَقْصَى الْمَدِينَةِ رَجُلٌ يَسْعَىٰ قَالَ يَا قَوْمِ اتَّبِعُوا الْمُرْسَلِينَ [36:20]

२०) (यसैबीच) नगरको दुरवर्ती छेउबाट एउटा व्यक्ति दगुर्दै आइपुग्यो । उसले भन्योः ‘‘हे मेरो कौम (जातिबन्धु) का मानिसहरू ! यी रसूलहरूको मार्गमा हिँड्नेगर ।’’

### الآية 36:21

> ﻿اتَّبِعُوا مَنْ لَا يَسْأَلُكُمْ أَجْرًا وَهُمْ مُهْتَدُونَ [36:21]

२१) यस्ताको मार्गमा हिड्नेगर जसले तिमीसित कुनै पारिश्रमिक माँग्दैनन् र उनीहरू सोझो मार्गमा छन् ।

### الآية 36:22

> ﻿وَمَا لِيَ لَا أَعْبُدُ الَّذِي فَطَرَنِي وَإِلَيْهِ تُرْجَعُونَ [36:22]

२२) ‘‘र मलाई के भएको छ कि म उसको बन्दगी (उपासना) नगरूँ ? जसले मलाई सृष्टि गर्यो र उसैतिर तिमी सबैले फर्केर जानुपर्नेछ ?’’

### الآية 36:23

> ﻿أَأَتَّخِذُ مِنْ دُونِهِ آلِهَةً إِنْ يُرِدْنِ الرَّحْمَٰنُ بِضُرٍّ لَا تُغْنِ عَنِّي شَفَاعَتُهُمْ شَيْئًا وَلَا يُنْقِذُونِ [36:23]

२३) के मैले उसलाई छाडेर अरुलाई उपास्य बनाऊँ ? यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने उनीहरूको सिफारिश मेरो कुनै काम आउन सक्दैन र नत उनीहरूले मलाई बचाउन सक्दछन् ।

### الآية 36:24

> ﻿إِنِّي إِذًا لَفِي ضَلَالٍ مُبِينٍ [36:24]

२४) अनि त म अवश्य नै स्पष्ट मार्गविचलनमा परिहाल्नेछु ।

### الآية 36:25

> ﻿إِنِّي آمَنْتُ بِرَبِّكُمْ فَاسْمَعُونِ [36:25]

२५) म त तिम्रो पालनकर्तामाथि सच्चा मनले ईमान ल्याइहालें, अतः मेरो कुरा सुन ।’’

### الآية 36:26

> ﻿قِيلَ ادْخُلِ الْجَنَّةَ ۖ قَالَ يَا لَيْتَ قَوْمِي يَعْلَمُونَ [36:26]

२६) आदेश भयोः ‘‘कि स्वर्गमा प्रवेश गरिहाल ।’’ भन्यो, काश ! मेरो जातिबन्धुलाई पनि खबर भइदिएको भए,

### الآية 36:27

> ﻿بِمَا غَفَرَ لِي رَبِّي وَجَعَلَنِي مِنَ الْمُكْرَمِينَ [36:27]

२७) कि अल्लाहले मलाई क्षमा प्रदान गर्यो र प्रतिष्ठित मानिसहरूमा शम्मिलित गर्यो ।’’

### الآية 36:28

> ﻿۞ وَمَا أَنْزَلْنَا عَلَىٰ قَوْمِهِ مِنْ بَعْدِهِ مِنْ جُنْدٍ مِنَ السَّمَاءِ وَمَا كُنَّا مُنْزِلِينَ [36:28]

२८) त्यस पश्चात उसको समुदायमाथि हामीले आकाशबाट कुनै सेना उतारेनौं र हामीले यसप्रकार उतार्ने पनि गर्दैनौं ।

### الآية 36:29

> ﻿إِنْ كَانَتْ إِلَّا صَيْحَةً وَاحِدَةً فَإِذَا هُمْ خَامِدُونَ [36:29]

२९) त्यो त मात्र एउटा प्रचण्ड चित्कार थियो । सो उनीहरू सबै एक्कासी निभिहाले ।

### الآية 36:30

> ﻿يَا حَسْرَةً عَلَى الْعِبَادِ ۚ مَا يَأْتِيهِمْ مِنْ رَسُولٍ إِلَّا كَانُوا بِهِ يَسْتَهْزِئُونَ [36:30]

३०) अफसोच छ (यस्ता) सेवकहरूमाथि ! कि जो रसूल पनि उनीहरूको पासमा आयो, उनीहरूले उसको उपहास गरे ।

### الآية 36:31

> ﻿أَلَمْ يَرَوْا كَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنَ الْقُرُونِ أَنَّهُمْ إِلَيْهِمْ لَا يَرْجِعُونَ [36:31]

३१) के उनीहरूले देखेनन् कि उनीहरूभन्दा पहिला कति नस्लहरूलाई हामीले नष्ट गर्यौं, अब तिनीहरू उनीतिर फर्केर आउनेछैनन् ।

### الآية 36:32

> ﻿وَإِنْ كُلٌّ لَمَّا جَمِيعٌ لَدَيْنَا مُحْضَرُونَ [36:32]

३२) जति पनि समूह छन् सबै हाम्रै, सम्मुख उपस्थित गराइनेछन् ।

### الآية 36:33

> ﻿وَآيَةٌ لَهُمُ الْأَرْضُ الْمَيْتَةُ أَحْيَيْنَاهَا وَأَخْرَجْنَا مِنْهَا حَبًّا فَمِنْهُ يَأْكُلُونَ [36:33]

३३) र एउटा निशानी उनीहरूको लागि सुख्खाभूमि हो । हामीले त्यसलाई जीवित पार्यौं र त्यसबाट अन्न उब्जायौं, जसबाट यिनीहरू खान्छन् ।

### الآية 36:34

> ﻿وَجَعَلْنَا فِيهَا جَنَّاتٍ مِنْ نَخِيلٍ وَأَعْنَابٍ وَفَجَّرْنَا فِيهَا مِنَ الْعُيُونِ [36:34]

३४) र हामीले त्यसमा खजूर र अँगूरहरूको बगैंचाहरू पैदा गर्यौं र त्यसमा हामीले झरना जारी गरिदिएका छौं ।

### الآية 36:35

> ﻿لِيَأْكُلُوا مِنْ ثَمَرِهِ وَمَا عَمِلَتْهُ أَيْدِيهِمْ ۖ أَفَلَا يَشْكُرُونَ [36:35]

३५) ताकि मानिसहरूले त्यसका फल खाउन् र उनका हातहरूले त्यसलाई बनाएको होइन अनि फेरि किन उनीहरूले आभार प्रकट गर्दैनन् ?

### الآية 36:36

> ﻿سُبْحَانَ الَّذِي خَلَقَ الْأَزْوَاجَ كُلَّهَا مِمَّا تُنْبِتُ الْأَرْضُ وَمِنْ أَنْفُسِهِمْ وَمِمَّا لَا يَعْلَمُونَ [36:36]

३६) अति पवित्र छ अल्लाह जसले सबैको जोडी सृष्टि गर्यो, चाहे त्यो माटोमा उमारिएका कुराहरू होउन्, र स्वयम् तिनीहरूका (अस्तित्वका) चिन्हहरू होउन् चाहे ती वस्तुहरू होउन् जसबारे तिनीहरू जान्दैनन् ।

### الآية 36:37

> ﻿وَآيَةٌ لَهُمُ اللَّيْلُ نَسْلَخُ مِنْهُ النَّهَارَ فَإِذَا هُمْ مُظْلِمُونَ [36:37]

३७) र उनीहरूको लागि एउटा निशानी रात हो । जसबाट हामीले दिनलाई तानिहाल्छौं, अनि त्यसबेला उनीहरू एक्कासी अँध्यारोमा पर्न जान्छन् ।

### الآية 36:38

> ﻿وَالشَّمْسُ تَجْرِي لِمُسْتَقَرٍّ لَهَا ۚ ذَٰلِكَ تَقْدِيرُ الْعَزِيزِ الْعَلِيمِ [36:38]

३८) र सूर्य आफ्नो निर्धारित मार्गमा हिँडिराख्छ । यो निर्धारित गरिएको हो, अधिपत्यशाली, सर्वज्ञानी अल्लाहको तर्फबाट ।

### الآية 36:39

> ﻿وَالْقَمَرَ قَدَّرْنَاهُ مَنَازِلَ حَتَّىٰ عَادَ كَالْعُرْجُونِ الْقَدِيمِ [36:39]

३९) र चन्द्रको हामीले ठाउँहरू निर्धारित गरेका छौं, यहाँसम्म कि फर्केर (घट्दा–घट्दै) पूरानो हाँगाको जस्तै भइहाल्छ ।

### الآية 36:40

> ﻿لَا الشَّمْسُ يَنْبَغِي لَهَا أَنْ تُدْرِكَ الْقَمَرَ وَلَا اللَّيْلُ سَابِقُ النَّهَارِ ۚ وَكُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ [36:40]

४०) न सूर्यबाट नै यो हुनसक्छ कि उसले चाँदलाई गएर समातिहालोस् र न रात नै दिनभन्दा पहिला आउन सक्छ । र सबै आफ्ना परिधिमा आकाशमा घुमिराखेका छन् ।

### الآية 36:41

> ﻿وَآيَةٌ لَهُمْ أَنَّا حَمَلْنَا ذُرِّيَّتَهُمْ فِي الْفُلْكِ الْمَشْحُونِ [36:41]

४१) र एउटा निशानी उनीहरूको लागि यो छ कि हामीले उनीहरूका संततिलाई भरिएको डुङ्गामा सवार गर्यौं ।

### الآية 36:42

> ﻿وَخَلَقْنَا لَهُمْ مِنْ مِثْلِهِ مَا يَرْكَبُونَ [36:42]

४२) र उनीहरूको निम्ति उसैको सदृश्य अरु पनि यस्ता कुराहरू सृष्टि गर्यौं, जसमाथि उनीहरू सवार हुन्छन् ।

### الآية 36:43

> ﻿وَإِنْ نَشَأْ نُغْرِقْهُمْ فَلَا صَرِيخَ لَهُمْ وَلَا هُمْ يُنْقَذُونَ [36:43]

४३) र यदि हामीले चाहेको भए उनीहरूलाई डुबाई दिन्थ्यौं, अनि नत उनीहरूको कोही याचना सुन्नेवाला हुनेछ र न उनलाई बचाइन्थ्यो ।

### الآية 36:44

> ﻿إِلَّا رَحْمَةً مِنَّا وَمَتَاعًا إِلَىٰ حِينٍ [36:44]

४४) तर हामी आफ्नो तर्फबाट दया गर्दछौं र एक निश्चित समयसम्म तिनीहरूलाई फाइदा दिइरहन्छौं ।

### الآية 36:45

> ﻿وَإِذَا قِيلَ لَهُمُ اتَّقُوا مَا بَيْنَ أَيْدِيكُمْ وَمَا خَلْفَكُمْ لَعَلَّكُمْ تُرْحَمُونَ [36:45]

४५) र जब उनीहरूसित भनिन्छ कि पहिलाका र पछि हुने पापहरूबाट बाँच, ताकि तिमीमाथि दया गरियोस् ।

### الآية 36:46

> ﻿وَمَا تَأْتِيهِمْ مِنْ آيَةٍ مِنْ آيَاتِ رَبِّهِمْ إِلَّا كَانُوا عَنْهَا مُعْرِضِينَ [36:46]

४६) र उनीहरूको पासमा उनीहरूको पालनकर्ताका निशानीहरूमध्ये कुनै पनि निशानी यस्तो आएन जसबाट उनीहरू बेवास्ता नगरे ।

### الآية 36:47

> ﻿وَإِذَا قِيلَ لَهُمْ أَنْفِقُوا مِمَّا رَزَقَكُمُ اللَّهُ قَالَ الَّذِينَ كَفَرُوا لِلَّذِينَ آمَنُوا أَنُطْعِمُ مَنْ لَوْ يَشَاءُ اللَّهُ أَطْعَمَهُ إِنْ أَنْتُمْ إِلَّا فِي ضَلَالٍ مُبِينٍ [36:47]

४७) र जब उनीसित भनिन्छ कि, ‘‘जुन जीविका तिमीलाई अल्लाहले दिएकोछ, त्यसमध्येबाट केही (दान) खर्च गर ।’’ त यी काफिरहरू मोमिनहरूसित भन्दछन्ः कि ‘‘हामीले ती मानिसहरूलाई किन खुवाउने, जसलाई यदि अल्लाहले चाहेको भए स्वयम् खुवाइदिन्थ्यो ? तिमी त स्पष्ट भूलमा छौ ।’’

### الآية 36:48

> ﻿وَيَقُولُونَ مَتَىٰ هَٰذَا الْوَعْدُ إِنْ كُنْتُمْ صَادِقِينَ [36:48]

४८) तिनीहरू भन्दछन्ः ‘‘कि यदि तिमी साँचो हौ भने बताऊ त्यो वचन कहिले पूरा हुनेछ ?’’

### الآية 36:49

> ﻿مَا يَنْظُرُونَ إِلَّا صَيْحَةً وَاحِدَةً تَأْخُذُهُمْ وَهُمْ يَخِصِّمُونَ [36:49]

४९) यिनीहरूले त एउटा ठूलो चित्कारको प्रतीक्षामा छन्, जसले उनीहरूलाई (त्यस अवस्थामा) आई समात्नेछ जब कि यिनीहरू एकआपसमा झगडा गरिराखेका हुनेछन् ।

### الآية 36:50

> ﻿فَلَا يَسْتَطِيعُونَ تَوْصِيَةً وَلَا إِلَىٰ أَهْلِهِمْ يَرْجِعُونَ [36:50]

५०) फेरि त्यस बेला यिनीहरूले नत इच्छापत्र गर्न सक्नेछन् र नत आफ्ना घरवालाहरूतिर फर्कन सक्नेछन् ।

### الآية 36:51

> ﻿وَنُفِخَ فِي الصُّورِ فَإِذَا هُمْ مِنَ الْأَجْدَاثِ إِلَىٰ رَبِّهِمْ يَنْسِلُونَ [36:51]

५१) र सूर (सिंगा) फूँकिने बित्तिकै यिनीहरू सबै आफ्ना चिहानहरूबाट (निस्केर) आफ्नो पालनकर्तातिर दगुर्नेछन् ।

### الآية 36:52

> ﻿قَالُوا يَا وَيْلَنَا مَنْ بَعَثَنَا مِنْ مَرْقَدِنَا ۜ ۗ هَٰذَا مَا وَعَدَ الرَّحْمَٰنُ وَصَدَقَ الْمُرْسَلُونَ [36:52]

५२) भन्नेछन्ः ‘‘हाय–हाय कसले हामीलाई निद्राबाट जगाइदियो ? यही हो जसको रहमानले वचन दिएको थियो । र रसूलहरूले साँचो कुरा भनेका थिए’’ ।

### الآية 36:53

> ﻿إِنْ كَانَتْ إِلَّا صَيْحَةً وَاحِدَةً فَإِذَا هُمْ جَمِيعٌ لَدَيْنَا مُحْضَرُونَ [36:53]

५३) अनि एउटा ठूलो चित्कार हुनेछ । त उनीहरू सबै एक्कासी हाम्रो सामु उपस्थित गराइहालिने छन् ।

### الآية 36:54

> ﻿فَالْيَوْمَ لَا تُظْلَمُ نَفْسٌ شَيْئًا وَلَا تُجْزَوْنَ إِلَّا مَا كُنْتُمْ تَعْمَلُونَ [36:54]

५४) यस दिन कुनै व्यक्तिमाथि कुनै पनि अन्याय हुनेछैन र तिमीलाई प्रतिफलको रूपमा त्यही प्राप्त हुनेछ जुन तिमीले गर्दै आइरहेका थियौ ।

### الآية 36:55

> ﻿إِنَّ أَصْحَابَ الْجَنَّةِ الْيَوْمَ فِي شُغُلٍ فَاكِهُونَ [36:55]

५५) स्वर्गवालाहरू आजको दिन कुनै नकुनै काममा व्यस्त भई आनन्द लिइराख्नेछन् ।

### الآية 36:56

> ﻿هُمْ وَأَزْوَاجُهُمْ فِي ظِلَالٍ عَلَى الْأَرَائِكِ مُتَّكِئُونَ [36:56]

५६) उनीहरू र उनका पत्नीहरू पनि छाँयामा पलंगहरूमा तकिया लगाएर बसेका हुनेछन् ।

### الآية 36:57

> ﻿لَهُمْ فِيهَا فَاكِهَةٌ وَلَهُمْ مَا يَدَّعُونَ [36:57]

५७) त्यहाँ उनीहरूको निम्ति हरप्रकारका फलहरू हुनेछन् । र उनीहरू जे चाहन्छन् उपलब्ध हुनेछ ।

### الآية 36:58

> ﻿سَلَامٌ قَوْلًا مِنْ رَبٍّ رَحِيمٍ [36:58]

५८) दयावान् पालनकर्ताको तर्फबाट उनीहरूमाथि सलाम भनिनेछ ।

### الآية 36:59

> ﻿وَامْتَازُوا الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ [36:59]

५९) र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।

### الآية 36:60

> ﻿۞ أَلَمْ أَعْهَدْ إِلَيْكُمْ يَا بَنِي آدَمَ أَنْ لَا تَعْبُدُوا الشَّيْطَانَ ۖ إِنَّهُ لَكُمْ عَدُوٌّ مُبِينٌ [36:60]

६०) हे आदमका सन्तति! के हामीले तिमीसित वचन लिएका थिएनौं ? कि तिमी शैतानको पूजा नगर्नु । निश्चय नै त्यो तिम्रो स्पष्ट शत्रु हो ।

### الآية 36:61

> ﻿وَأَنِ اعْبُدُونِي ۚ هَٰذَا صِرَاطٌ مُسْتَقِيمٌ [36:61]

६१) र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो ।

### الآية 36:62

> ﻿وَلَقَدْ أَضَلَّ مِنْكُمْ جِبِلًّا كَثِيرًا ۖ أَفَلَمْ تَكُونُوا تَعْقِلُونَ [36:62]

६२) र शैतानले त तिमीहरूमध्ये धेरै प्राणीलाई पथभ्रष्ट गरिदियो के तिमीसँग बुद्धि थिएन ?

### الآية 36:63

> ﻿هَٰذِهِ جَهَنَّمُ الَّتِي كُنْتُمْ تُوعَدُونَ [36:63]

६३) यो त्यही नर्क हो जसको तिमीलाई वचन दिइएको थियो ।

### الآية 36:64

> ﻿اصْلَوْهَا الْيَوْمَ بِمَا كُنْتُمْ تَكْفُرُونَ [36:64]

६४) (तसर्थ) ‘‘तिमीले गरेको कुफ्रको बदला प्राप्त गर्न आज यसमा (नर्कमा) प्रवेश गरिहाल ।’’

### الآية 36:65

> ﻿الْيَوْمَ نَخْتِمُ عَلَىٰ أَفْوَاهِهِمْ وَتُكَلِّمُنَا أَيْدِيهِمْ وَتَشْهَدُ أَرْجُلُهُمْ بِمَا كَانُوا يَكْسِبُونَ [36:65]

६५) आज हामीले उनका मुखहरूमा छाप लगाइदिनेछौं र जेजति यिनीहरूले गर्दै आएका थिए, उनीहरूका हातले हामीसित वर्णन गर्नेछन्, र उनका खुट्टाहरू साक्षी बन्नेछन् ।

### الآية 36:66

> ﻿وَلَوْ نَشَاءُ لَطَمَسْنَا عَلَىٰ أَعْيُنِهِمْ فَاسْتَبَقُوا الصِّرَاطَ فَأَنَّىٰ يُبْصِرُونَ [36:66]

६६) यदि हामीले चाहेको भए उनका आँखाहरू नष्ट (गरेर अन्धा) गरिदिने थियौं । फेरि उनीहरू बाटोतिर दौडिरहन्थे तर उनीहरूले कसरी देख्न सक्दथे ?

### الآية 36:67

> ﻿وَلَوْ نَشَاءُ لَمَسَخْنَاهُمْ عَلَىٰ مَكَانَتِهِمْ فَمَا اسْتَطَاعُوا مُضِيًّا وَلَا يَرْجِعُونَ [36:67]

६७) र यदि हामीले चाहेको भए उनीहरूको ठाउँमै उनीहरूको रूप बिगार्न सक्थ्यौं, अनि त्यहाँबाट उनीहरू न अगाडि जान सक्छन् न पछाडि फर्कन सक्नेछन् ।

### الآية 36:68

> ﻿وَمَنْ نُعَمِّرْهُ نُنَكِّسْهُ فِي الْخَلْقِ ۖ أَفَلَا يَعْقِلُونَ [36:68]

६८) र जसलाई हामीले दीर्घायु दिन्छौं, उसलाई उसको जन्मको अवस्थामा फर्काइदिन्छौं । के तिनीहरूले तैपनि बुझ्दैनन् ?

### الآية 36:69

> ﻿وَمَا عَلَّمْنَاهُ الشِّعْرَ وَمَا يَنْبَغِي لَهُ ۚ إِنْ هُوَ إِلَّا ذِكْرٌ وَقُرْآنٌ مُبِينٌ [36:69]

६९) न हामीले यस नबीलाई कविता सिकाएका छौं र न यो उसको लागि सुहाउँछ । यो त मात्र नसीहत (उपदेश) र स्पष्ट कुरआन हो ।

### الآية 36:70

> ﻿لِيُنْذِرَ مَنْ كَانَ حَيًّا وَيَحِقَّ الْقَوْلُ عَلَى الْكَافِرِينَ [36:70]

७०) ताकि उसले त्यस्ता सबैलाई सचेत गरिदेओस् जो जीवित छन् । र काफिरहरूमाथि दुष्कर्म प्रमाणित भइजाओस् ।

### الآية 36:71

> ﻿أَوَلَمْ يَرَوْا أَنَّا خَلَقْنَا لَهُمْ مِمَّا عَمِلَتْ أَيْدِينَا أَنْعَامًا فَهُمْ لَهَا مَالِكُونَ [36:71]

७१) के उनीहरूले देखदैनन् ? कि हामीले उनीहरूको निम्ति आफ्नो हातबाट बनाइएका कुराहरूमध्ये चौपाया बनायौं र जसको अब उनीहरू स्वामी भएका छन् ।

### الآية 36:72

> ﻿وَذَلَّلْنَاهَا لَهُمْ فَمِنْهَا رَكُوبُهُمْ وَمِنْهَا يَأْكُلُونَ [36:72]

७२) र ती पशुहरूलाई हामीले उनीहरूको आज्ञापालक बनाइदियौं, जसमध्ये केही त उनीहरूको लागि सवारीको रूपमा छन् र तिनीहरूमध्ये केहीका मासु उनीहरूले खान्छन् ।

### الآية 36:73

> ﻿وَلَهُمْ فِيهَا مَنَافِعُ وَمَشَارِبُ ۖ أَفَلَا يَشْكُرُونَ [36:73]

७३) र उनीहरूको निम्ति तिनीहरूमा अरु कैयन् लाभ छन् र पेय पदार्थ पनि । त के तिनीहरूले कृतज्ञता प्रकट गर्दैनन् ?

### الآية 36:74

> ﻿وَاتَّخَذُوا مِنْ دُونِ اللَّهِ آلِهَةً لَعَلَّهُمْ يُنْصَرُونَ [36:74]

७४) र उनीहरूले अल्लाहलाई छाडि अरुलाई पूज्य बनाउँछन् ताकि त्यसबाट उनीहरूलाई मद्दत पुगोस् ।

### الآية 36:75

> ﻿لَا يَسْتَطِيعُونَ نَصْرَهُمْ وَهُمْ لَهُمْ جُنْدٌ مُحْضَرُونَ [36:75]

७५) यद्यपि तिनीहरूले उनीहरूको मद्दतको क्षमता राख्दैनन्, तापनि मुश्रिकहरू उनीहरूको (बहुदेबवादीको) फौजको रूपमा उपस्थित छन् ।

### الآية 36:76

> ﻿فَلَا يَحْزُنْكَ قَوْلُهُمْ ۘ إِنَّا نَعْلَمُ مَا يُسِرُّونَ وَمَا يُعْلِنُونَ [36:76]

७६) अतः उनीहरूको कुराले तपाईंलाई शोकाकूल नगरुन् । यिनीहरूले जेजति लुकाउँछन् र जेजति प्रकट गर्दछन्, हामीलाई राम्रोसँग प्रत्यक्ष, परोक्ष सबै थाहा छ ।

### الآية 36:77

> ﻿أَوَلَمْ يَرَ الْإِنْسَانُ أَنَّا خَلَقْنَاهُ مِنْ نُطْفَةٍ فَإِذَا هُوَ خَصِيمٌ مُبِينٌ [36:77]

७७) के मानिसलाई यति पनि ज्ञान छैन कि हामीले उसलाई पानीको थोपाबाट सृष्टि गर्यौं ? अनि त्यो प्रत्यक्ष झगडालु बनिहाल्यो ।

### الآية 36:78

> ﻿وَضَرَبَ لَنَا مَثَلًا وَنَسِيَ خَلْقَهُ ۖ قَالَ مَنْ يُحْيِي الْعِظَامَ وَهِيَ رَمِيمٌ [36:78]

७८) र उसले हाम्रो बारेमा तुलना गर्नथाल्यो र आफ्नो पैदाइश (सृष्टि) लाई बिर्सिहाल्यो । भन्नथाल्यो किः (जब) ‘‘हाडहरू सडिगलि सक्नेछन् तब यिनलाई कसले जीवित गरिसक्नेछ ?’’

### الآية 36:79

> ﻿قُلْ يُحْيِيهَا الَّذِي أَنْشَأَهَا أَوَّلَ مَرَّةٍ ۖ وَهُوَ بِكُلِّ خَلْقٍ عَلِيمٌ [36:79]

७९) तपाईं जवाफ दिनुस् किः ‘‘उनीहरूलाई उसले जीवित पार्नेछ, जसले उनीहरूलाई पहिलो पटक सृष्टि गरेको छ, जो प्रत्येक सृष्टिलाई राम्ररी जान्दछ ।

### الآية 36:80

> ﻿الَّذِي جَعَلَ لَكُمْ مِنَ الشَّجَرِ الْأَخْضَرِ نَارًا فَإِذَا أَنْتُمْ مِنْهُ تُوقِدُونَ [36:80]

८०) उही हो जसले तिम्रो निम्ति हरियो वृक्षबाट आगो पैदा गरिदियो । त तिमीले त्यसद्वारा आगो सल्काउँछौ ।’’

### الآية 36:81

> ﻿أَوَلَيْسَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِقَادِرٍ عَلَىٰ أَنْ يَخْلُقَ مِثْلَهُمْ ۚ بَلَىٰ وَهُوَ الْخَلَّاقُ الْعَلِيمُ [36:81]

८१) जसले आकाशहरू र जमिनलाई सृष्टि गरेको छ, उसलाई सामथ्र्य छैन कि उनीहरू जस्तै फेरि सृष्टि गरिदेओस् ? किन होइन, जब कि त्यो महान् स्रष्टा अत्यन्त ज्ञानवान छ ।

### الآية 36:82

> ﻿إِنَّمَا أَمْرُهُ إِذَا أَرَادَ شَيْئًا أَنْ يَقُولَ لَهُ كُنْ فَيَكُونُ [36:82]

८२) उसको गरिमा यो हो कि जब उसले कुनै कुराको (सृष्टि गर्ने) इच्छा गर्दछ तब उसले यति भन्नु पर्याप्त हुन्छ कि, ‘‘भइहाल’’ ! अनि त्यो भइहाल्छ ।

### الآية 36:83

> ﻿فَسُبْحَانَ الَّذِي بِيَدِهِ مَلَكُوتُ كُلِّ شَيْءٍ وَإِلَيْهِ تُرْجَعُونَ [36:83]

८३) अतः पवित्र छ त्यो अल्लाह, जसको हातमा प्रत्येक कुराको पूरा अधिकार छ । र उसैतिर तिमी फर्केर आउनेछौ ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/36.md)
- [كل تفاسير سورة يس
](https://quranpedia.net/surah-tafsir/36.md)
- [ترجمات سورة يس
](https://quranpedia.net/translations/36.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/36/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
