---
title: "ترجمة سورة الصافات - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/37/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/37/book/1996"
surah_id: "37"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الصافات - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/37/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الصافات - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/37/book/1996*.

Translation of Surah الصافات from "الترجمة النيبالية" in النيبالية.

### الآية 37:1

> وَالصَّافَّاتِ صَفًّا [37:1]

१) कसम छ पंक्ति बाँध्नेवालाहरूको ।

### الآية 37:2

> ﻿فَالزَّاجِرَاتِ زَجْرًا [37:2]

२) फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।

### الآية 37:3

> ﻿فَالتَّالِيَاتِ ذِكْرًا [37:3]

३) अनि कुरआन पढ्नेवालाहरूको ।

### الآية 37:4

> ﻿إِنَّ إِلَٰهَكُمْ لَوَاحِدٌ [37:4]

४) निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।

### الآية 37:5

> ﻿رَبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ الْمَشَارِقِ [37:5]

५) आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।

### الآية 37:6

> ﻿إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ [37:6]

६) हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।

### الآية 37:7

> ﻿وَحِفْظًا مِنْ كُلِّ شَيْطَانٍ مَارِدٍ [37:7]

७) अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।

### الآية 37:8

> ﻿لَا يَسَّمَّعُونَ إِلَى الْمَلَإِ الْأَعْلَىٰ وَيُقْذَفُونَ مِنْ كُلِّ جَانِبٍ [37:8]

८) माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।

### الآية 37:9

> ﻿دُحُورًا ۖ وَلَهُمْ عَذَابٌ وَاصِبٌ [37:9]

९) र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।

### الآية 37:10

> ﻿إِلَّا مَنْ خَطِفَ الْخَطْفَةَ فَأَتْبَعَهُ شِهَابٌ ثَاقِبٌ [37:10]

१०) हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।

### الآية 37:11

> ﻿فَاسْتَفْتِهِمْ أَهُمْ أَشَدُّ خَلْقًا أَمْ مَنْ خَلَقْنَا ۚ إِنَّا خَلَقْنَاهُمْ مِنْ طِينٍ لَازِبٍ [37:11]

११) यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।

### الآية 37:12

> ﻿بَلْ عَجِبْتَ وَيَسْخَرُونَ [37:12]

१२) बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।

### الآية 37:13

> ﻿وَإِذَا ذُكِّرُوا لَا يَذْكُرُونَ [37:13]

१३) र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।

### الآية 37:14

> ﻿وَإِذَا رَأَوْا آيَةً يَسْتَسْخِرُونَ [37:14]

१४) र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।

### الآية 37:15

> ﻿وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُبِينٌ [37:15]

१५) र भन्दछन् :‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’

### الآية 37:16

> ﻿أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ [37:16]

१६) के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं ?

### الآية 37:17

> ﻿أَوَآبَاؤُنَا الْأَوَّلُونَ [37:17]

१७) ‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’

### الآية 37:18

> ﻿قُلْ نَعَمْ وَأَنْتُمْ دَاخِرُونَ [37:18]

१८) तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’

### الآية 37:19

> ﻿فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ فَإِذَا هُمْ يَنْظُرُونَ [37:19]

१९) त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।

### الآية 37:20

> ﻿وَقَالُوا يَا وَيْلَنَا هَٰذَا يَوْمُ الدِّينِ [37:20]

२०) र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’

### الآية 37:21

> ﻿هَٰذَا يَوْمُ الْفَصْلِ الَّذِي كُنْتُمْ بِهِ تُكَذِّبُونَ [37:21]

२१) यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।

### الآية 37:22

> ﻿۞ احْشُرُوا الَّذِينَ ظَلَمُوا وَأَزْوَاجَهُمْ وَمَا كَانُوا يَعْبُدُونَ [37:22]

२२) अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।

### الآية 37:23

> ﻿مِنْ دُونِ اللَّهِ فَاهْدُوهُمْ إِلَىٰ صِرَاطِ الْجَحِيمِ [37:23]

२३) उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।

### الآية 37:24

> ﻿وَقِفُوهُمْ ۖ إِنَّهُمْ مَسْئُولُونَ [37:24]

२४) र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।

### الآية 37:25

> ﻿مَا لَكُمْ لَا تَنَاصَرُونَ [37:25]

२५) ‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’

### الآية 37:26

> ﻿بَلْ هُمُ الْيَوْمَ مُسْتَسْلِمُونَ [37:26]

२६) बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।

### الآية 37:27

> ﻿وَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ [37:27]

२७) तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।

### الآية 37:28

> ﻿قَالُوا إِنَّكُمْ كُنْتُمْ تَأْتُونَنَا عَنِ الْيَمِينِ [37:28]

२८) भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’

### الآية 37:29

> ﻿قَالُوا بَلْ لَمْ تَكُونُوا مُؤْمِنِينَ [37:29]

२९) उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ ।

### الآية 37:30

> ﻿وَمَا كَانَ لَنَا عَلَيْكُمْ مِنْ سُلْطَانٍ ۖ بَلْ كُنْتُمْ قَوْمًا طَاغِينَ [37:30]

३०) र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।

### الآية 37:31

> ﻿فَحَقَّ عَلَيْنَا قَوْلُ رَبِّنَا ۖ إِنَّا لَذَائِقُونَ [37:31]

३१) अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।

### الآية 37:32

> ﻿فَأَغْوَيْنَاكُمْ إِنَّا كُنَّا غَاوِينَ [37:32]

३२) अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’

### الآية 37:33

> ﻿فَإِنَّهُمْ يَوْمَئِذٍ فِي الْعَذَابِ مُشْتَرِكُونَ [37:33]

३३) अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।

### الآية 37:34

> ﻿إِنَّا كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ [37:34]

३४) हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।

### الآية 37:35

> ﻿إِنَّهُمْ كَانُوا إِذَا قِيلَ لَهُمْ لَا إِلَٰهَ إِلَّا اللَّهُ يَسْتَكْبِرُونَ [37:35]

३५) उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे ।

### الآية 37:36

> ﻿وَيَقُولُونَ أَئِنَّا لَتَارِكُو آلِهَتِنَا لِشَاعِرٍ مَجْنُونٍ [37:36]

३६) र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’

### الآية 37:37

> ﻿بَلْ جَاءَ بِالْحَقِّ وَصَدَّقَ الْمُرْسَلِينَ [37:37]

३७) ‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।

### الآية 37:38

> ﻿إِنَّكُمْ لَذَائِقُو الْعَذَابِ الْأَلِيمِ [37:38]

३८) निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।

### الآية 37:39

> ﻿وَمَا تُجْزَوْنَ إِلَّا مَا كُنْتُمْ تَعْمَلُونَ [37:39]

३९) तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’

### الآية 37:40

> ﻿إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ [37:40]

४०) तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।

### الآية 37:41

> ﻿أُولَٰئِكَ لَهُمْ رِزْقٌ مَعْلُومٌ [37:41]

४१) उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।

### الآية 37:42

> ﻿فَوَاكِهُ ۖ وَهُمْ مُكْرَمُونَ [37:42]

४२) हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।

### الآية 37:43

> ﻿فِي جَنَّاتِ النَّعِيمِ [37:43]

४३) अनुकम्पाले भरिएका जन्नतहरूमा,

### الآية 37:44

> ﻿عَلَىٰ سُرُرٍ مُتَقَابِلِينَ [37:44]

४४) पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्,

### الآية 37:45

> ﻿يُطَافُ عَلَيْهِمْ بِكَأْسٍ مِنْ مَعِينٍ [37:45]

४५) उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ,

### الآية 37:46

> ﻿بَيْضَاءَ لَذَّةٍ لِلشَّارِبِينَ [37:46]

४६) जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।

### الآية 37:47

> ﻿لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنْزَفُونَ [37:47]

४७) न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्,

### الآية 37:48

> ﻿وَعِنْدَهُمْ قَاصِرَاتُ الطَّرْفِ عِينٌ [37:48]

४८) र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।

### الآية 37:49

> ﻿كَأَنَّهُنَّ بَيْضٌ مَكْنُونٌ [37:49]

४९) मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।

### الآية 37:50

> ﻿فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ [37:50]

५०) अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् ।

### الآية 37:51

> ﻿قَالَ قَائِلٌ مِنْهُمْ إِنِّي كَانَ لِي قَرِينٌ [37:51]

५१) उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो ।

### الآية 37:52

> ﻿يَقُولُ أَإِنَّكَ لَمِنَ الْمُصَدِّقِينَ [37:52]

५२) जसले भन्दथ्यो, कि के तिमी पनि (कयामतलाई) मानिलिनेवालामध्येका हौ ?

### الآية 37:53

> ﻿أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَدِينُونَ [37:53]

५३) के जब हामी मरेर माटो र हड्डीमा परिणत भइसक्ने छौं तब के हामीलाई प्रतिफल प्राप्त हुनेछ ?’’

### الآية 37:54

> ﻿قَالَ هَلْ أَنْتُمْ مُطَّلِعُونَ [37:54]

५४) (अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’

### الآية 37:55

> ﻿فَاطَّلَعَ فَرَآهُ فِي سَوَاءِ الْجَحِيمِ [37:55]

५५) (यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।

### الآية 37:56

> ﻿قَالَ تَاللَّهِ إِنْ كِدْتَ لَتُرْدِينِ [37:56]

५६) भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।

### الآية 37:57

> ﻿وَلَوْلَا نِعْمَةُ رَبِّي لَكُنْتُ مِنَ الْمُحْضَرِينَ [37:57]

५७) यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।

### الآية 37:58

> ﻿أَفَمَا نَحْنُ بِمَيِّتِينَ [37:58]

५८) के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं ?

### الآية 37:59

> ﻿إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ [37:59]

५९) पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’

### الآية 37:60

> ﻿إِنَّ هَٰذَا لَهُوَ الْفَوْزُ الْعَظِيمُ [37:60]

६०) अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।

### الآية 37:61

> ﻿لِمِثْلِ هَٰذَا فَلْيَعْمَلِ الْعَامِلُونَ [37:61]

६१) यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।

### الآية 37:62

> ﻿أَذَٰلِكَ خَيْرٌ نُزُلًا أَمْ شَجَرَةُ الزَّقُّومِ [37:62]

६२) के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष ?

### الآية 37:63

> ﻿إِنَّا جَعَلْنَاهَا فِتْنَةً لِلظَّالِمِينَ [37:63]

६३) हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।

### الآية 37:64

> ﻿إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِي أَصْلِ الْجَحِيمِ [37:64]

६४) निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।

### الآية 37:65

> ﻿طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ [37:65]

६५) त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।

### الآية 37:66

> ﻿فَإِنَّهُمْ لَآكِلُونَ مِنْهَا فَمَالِئُونَ مِنْهَا الْبُطُونَ [37:66]

६६) नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।

### الآية 37:67

> ﻿ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِنْ حَمِيمٍ [37:67]

६७) अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।

### الآية 37:68

> ﻿ثُمَّ إِنَّ مَرْجِعَهُمْ لَإِلَى الْجَحِيمِ [37:68]

६८) अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।

### الآية 37:69

> ﻿إِنَّهُمْ أَلْفَوْا آبَاءَهُمْ ضَالِّينَ [37:69]

६९) निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।

### الآية 37:70

> ﻿فَهُمْ عَلَىٰ آثَارِهِمْ يُهْرَعُونَ [37:70]

७०) रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।

### الآية 37:71

> ﻿وَلَقَدْ ضَلَّ قَبْلَهُمْ أَكْثَرُ الْأَوَّلِينَ [37:71]

७१) उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।

### الآية 37:72

> ﻿وَلَقَدْ أَرْسَلْنَا فِيهِمْ مُنْذِرِينَ [37:72]

७२) जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं ।

### الآية 37:73

> ﻿فَانْظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُنْذَرِينَ [37:73]

७३) तसर्थ हेरिहाल कि जसलाई सचेत गरिएको थियो, उनीहरूको परिणाम कस्तो भयो ?

### الآية 37:74

> ﻿إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ [37:74]

७४) हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)।

### الآية 37:75

> ﻿وَلَقَدْ نَادَانَا نُوحٌ فَلَنِعْمَ الْمُجِيبُونَ [37:75]

७५) र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।

### الآية 37:76

> ﻿وَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ [37:76]

७६) हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।

### الآية 37:77

> ﻿وَجَعَلْنَا ذُرِّيَّتَهُ هُمُ الْبَاقِينَ [37:77]

७७) र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।

### الآية 37:78

> ﻿وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ [37:78]

७८) र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।

### الآية 37:79

> ﻿سَلَامٌ عَلَىٰ نُوحٍ فِي الْعَالَمِينَ [37:79]

७९) सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।

### الآية 37:80

> ﻿إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ [37:80]

८०) निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।

### الآية 37:81

> ﻿إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ [37:81]

८१) उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

### الآية 37:82

> ﻿ثُمَّ أَغْرَقْنَا الْآخَرِينَ [37:82]

८२) अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।

### الآية 37:83

> ﻿۞ وَإِنَّ مِنْ شِيعَتِهِ لَإِبْرَاهِيمَ [37:83]

८३) र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।

### الآية 37:84

> ﻿إِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ [37:84]

८४) जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।

### الآية 37:85

> ﻿إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ [37:85]

८५) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’

### الآية 37:86

> ﻿أَئِفْكًا آلِهَةً دُونَ اللَّهِ تُرِيدُونَ [37:86]

८६) के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ ?

### الآية 37:87

> ﻿فَمَا ظَنُّكُمْ بِرَبِّ الْعَالَمِينَ [37:87]

८७) यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ ?

### الآية 37:88

> ﻿فَنَظَرَ نَظْرَةً فِي النُّجُومِ [37:88]

८८) अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।

### الآية 37:89

> ﻿فَقَالَ إِنِّي سَقِيمٌ [37:89]

८९) र भनेः म त बिरामी छु ।’’

### الآية 37:90

> ﻿فَتَوَلَّوْا عَنْهُ مُدْبِرِينَ [37:90]

९०) यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।

### الآية 37:91

> ﻿فَرَاغَ إِلَىٰ آلِهَتِهِمْ فَقَالَ أَلَا تَأْكُلُونَ [37:91]

९१) अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ ?

### الآية 37:92

> ﻿مَا لَكُمْ لَا تَنْطِقُونَ [37:92]

९२) तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’

### الآية 37:93

> ﻿فَرَاغَ عَلَيْهِمْ ضَرْبًا بِالْيَمِينِ [37:93]

९३) अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।

### الآية 37:94

> ﻿فَأَقْبَلُوا إِلَيْهِ يَزِفُّونَ [37:94]

९४) तब उनीहरू उनको पासमा दगुर्दै आए ।

### الآية 37:95

> ﻿قَالَ أَتَعْبُدُونَ مَا تَنْحِتُونَ [37:95]

९५) उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।

### الآية 37:96

> ﻿وَاللَّهُ خَلَقَكُمْ وَمَا تَعْمَلُونَ [37:96]

९६) जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’

### الآية 37:97

> ﻿قَالُوا ابْنُوا لَهُ بُنْيَانًا فَأَلْقُوهُ فِي الْجَحِيمِ [37:97]

९७) उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।

### الآية 37:98

> ﻿فَأَرَادُوا بِهِ كَيْدًا فَجَعَلْنَاهُمُ الْأَسْفَلِينَ [37:98]

९८) उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।

### الآية 37:99

> ﻿وَقَالَ إِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي سَيَهْدِينِ [37:99]

९९) र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।

### الآية 37:100

> ﻿رَبِّ هَبْ لِي مِنَ الصَّالِحِينَ [37:100]

१००) हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’

### الآية 37:101

> ﻿فَبَشَّرْنَاهُ بِغُلَامٍ حَلِيمٍ [37:101]

१०१) तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।

### الآية 37:102

> ﻿فَلَمَّا بَلَغَ مَعَهُ السَّعْيَ قَالَ يَا بُنَيَّ إِنِّي أَرَىٰ فِي الْمَنَامِ أَنِّي أَذْبَحُكَ فَانْظُرْ مَاذَا تَرَىٰ ۚ قَالَ يَا أَبَتِ افْعَلْ مَا تُؤْمَرُ ۖ سَتَجِدُنِي إِنْ شَاءَ اللَّهُ مِنَ الصَّابِرِينَ [37:102]

१०२) अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ ।

### الآية 37:103

> ﻿فَلَمَّا أَسْلَمَا وَتَلَّهُ لِلْجَبِينِ [37:103]

१०३) अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए ।

### الآية 37:104

> ﻿وَنَادَيْنَاهُ أَنْ يَا إِبْرَاهِيمُ [37:104]

१०४) तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम !

### الآية 37:105

> ﻿قَدْ صَدَّقْتَ الرُّؤْيَا ۚ إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ [37:105]

१०५) निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’

### الآية 37:106

> ﻿إِنَّ هَٰذَا لَهُوَ الْبَلَاءُ الْمُبِينُ [37:106]

१०६) वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।

### الآية 37:107

> ﻿وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ [37:107]

१०७) र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।

### الآية 37:108

> ﻿وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ [37:108]

१०८) र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं ?

### الآية 37:109

> ﻿سَلَامٌ عَلَىٰ إِبْرَاهِيمَ [37:109]

१०९) ‘‘इब्राहीममाथि सलाम होस् ।’’

### الآية 37:110

> ﻿كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ [37:110]

११०) असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।

### الآية 37:111

> ﻿إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ [37:111]

१११) निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

### الآية 37:112

> ﻿وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِنَ الصَّالِحِينَ [37:112]

११२) र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।

### الآية 37:113

> ﻿وَبَارَكْنَا عَلَيْهِ وَعَلَىٰ إِسْحَاقَ ۚ وَمِنْ ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِنَفْسِهِ مُبِينٌ [37:113]

११३) र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।

### الآية 37:114

> ﻿وَلَقَدْ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَارُونَ [37:114]

११४) निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।

### الآية 37:115

> ﻿وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ [37:115]

११५) र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।

### الآية 37:116

> ﻿وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ [37:116]

११६) र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।

### الآية 37:117

> ﻿وَآتَيْنَاهُمَا الْكِتَابَ الْمُسْتَبِينَ [37:117]

११७) र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।

### الآية 37:118

> ﻿وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ [37:118]

११८) र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।

### الآية 37:119

> ﻿وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ [37:119]

११९) र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।

### الآية 37:120

> ﻿سَلَامٌ عَلَىٰ مُوسَىٰ وَهَارُونَ [37:120]

१२०) ‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।

### الآية 37:121

> ﻿إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ [37:121]

१२१) निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।

### الآية 37:122

> ﻿إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ [37:122]

१२२) निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

### الآية 37:123

> ﻿وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ [37:123]

१२३) र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।

### الآية 37:124

> ﻿إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ [37:124]

१२४) जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ ?

### الآية 37:125

> ﻿أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ [37:125]

१२५) के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ ?

### الآية 37:126

> ﻿اللَّهَ رَبَّكُمْ وَرَبَّ آبَائِكُمُ الْأَوَّلِينَ [37:126]

१२६) अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।

### الآية 37:127

> ﻿فَكَذَّبُوهُ فَإِنَّهُمْ لَمُحْضَرُونَ [37:127]

१२७) तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।

### الآية 37:128

> ﻿إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ [37:128]

१२८) हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।

### الآية 37:129

> ﻿وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ [37:129]

१२९) हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।

### الآية 37:130

> ﻿سَلَامٌ عَلَىٰ إِلْ يَاسِينَ [37:130]

१३०) कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।

### الآية 37:131

> ﻿إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ [37:131]

१३१) हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।

### الآية 37:132

> ﻿إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ [37:132]

१३२) निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।

### الآية 37:133

> ﻿وَإِنَّ لُوطًا لَمِنَ الْمُرْسَلِينَ [37:133]

१३३) र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।

### الآية 37:134

> ﻿إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ [37:134]

१३४) हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।

### الآية 37:135

> ﻿إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ [37:135]

१३५) तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।

### الآية 37:136

> ﻿ثُمَّ دَمَّرْنَا الْآخَرِينَ [37:136]

१३६) अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।

### الآية 37:137

> ﻿وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِمْ مُصْبِحِينَ [37:137]

१३७) र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।

### الآية 37:138

> ﻿وَبِاللَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ [37:138]

१३८) र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ ?

### الآية 37:139

> ﻿وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ [37:139]

१३९) र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।

### الآية 37:140

> ﻿إِذْ أَبَقَ إِلَى الْفُلْكِ الْمَشْحُونِ [37:140]

१४०) जब भागेर भरिएको डुङ्गामा आइपुगे ।

### الآية 37:141

> ﻿فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِينَ [37:141]

१४१) अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।

### الآية 37:142

> ﻿فَالْتَقَمَهُ الْحُوتُ وَهُوَ مُلِيمٌ [37:142]

१४२) अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।

### الآية 37:143

> ﻿فَلَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ [37:143]

१४३) अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।

### الآية 37:144

> ﻿لَلَبِثَ فِي بَطْنِهِ إِلَىٰ يَوْمِ يُبْعَثُونَ [37:144]

१४४) त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।

### الآية 37:145

> ﻿۞ فَنَبَذْنَاهُ بِالْعَرَاءِ وَهُوَ سَقِيمٌ [37:145]

१४५) अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।

### الآية 37:146

> ﻿وَأَنْبَتْنَا عَلَيْهِ شَجَرَةً مِنْ يَقْطِينٍ [37:146]

१४६) र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं ।

### الآية 37:147

> ﻿وَأَرْسَلْنَاهُ إِلَىٰ مِائَةِ أَلْفٍ أَوْ يَزِيدُونَ [37:147]

१४७) र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं ।

### الآية 37:148

> ﻿فَآمَنُوا فَمَتَّعْنَاهُمْ إِلَىٰ حِينٍ [37:148]

१४८) अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं ।

### الآية 37:149

> ﻿فَاسْتَفْتِهِمْ أَلِرَبِّكَ الْبَنَاتُ وَلَهُمُ الْبَنُونَ [37:149]

१४९) उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन् ?

### الآية 37:150

> ﻿أَمْ خَلَقْنَا الْمَلَائِكَةَ إِنَاثًا وَهُمْ شَاهِدُونَ [37:150]

१५०) वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’

### الآية 37:151

> ﻿أَلَا إِنَّهُمْ مِنْ إِفْكِهِمْ لَيَقُولُونَ [37:151]

१५१) सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।

### الآية 37:152

> ﻿وَلَدَ اللَّهُ وَإِنَّهُمْ لَكَاذِبُونَ [37:152]

१५२) कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।

### الآية 37:153

> ﻿أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ [37:153]

१५३) के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ ?

### الآية 37:154

> ﻿مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ [37:154]

१५४) तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ ?

### الآية 37:155

> ﻿أَفَلَا تَذَكَّرُونَ [37:155]

१५५) के तिमीले यति पनि बुझ्दैनौ ?

### الآية 37:156

> ﻿أَمْ لَكُمْ سُلْطَانٌ مُبِينٌ [37:156]

१५६) वा तिम्रो पासमा उसको कुनै प्रमाण छ ?

### الآية 37:157

> ﻿فَأْتُوا بِكِتَابِكُمْ إِنْ كُنْتُمْ صَادِقِينَ [37:157]

१५७) यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।

### الآية 37:158

> ﻿وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا ۚ وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ [37:158]

१५८) र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।

### الآية 37:159

> ﻿سُبْحَانَ اللَّهِ عَمَّا يَصِفُونَ [37:159]

१५९) उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।

### الآية 37:160

> ﻿إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ [37:160]

१६०) तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) ।

### الآية 37:161

> ﻿فَإِنَّكُمْ وَمَا تَعْبُدُونَ [37:161]

१६१) विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।

### الآية 37:162

> ﻿مَا أَنْتُمْ عَلَيْهِ بِفَاتِنِينَ [37:162]

१६२) (अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।

### الآية 37:163

> ﻿إِلَّا مَنْ هُوَ صَالِ الْجَحِيمِ [37:163]

१६३) तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।

### الآية 37:164

> ﻿وَمَا مِنَّا إِلَّا لَهُ مَقَامٌ مَعْلُومٌ [37:164]

१६४) र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।

### الآية 37:165

> ﻿وَإِنَّا لَنَحْنُ الصَّافُّونَ [37:165]

१६५) र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।

### الآية 37:166

> ﻿وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ [37:166]

१६६) र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।

### الآية 37:167

> ﻿وَإِنْ كَانُوا لَيَقُولُونَ [37:167]

१६७) काफिरहरूले भन्ने गर्दथे,

### الآية 37:168

> ﻿لَوْ أَنَّ عِنْدَنَا ذِكْرًا مِنَ الْأَوَّلِينَ [37:168]

१६८) कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।

### الآية 37:169

> ﻿لَكُنَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ [37:169]

१६९) त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’

### الآية 37:170

> ﻿فَكَفَرُوا بِهِ ۖ فَسَوْفَ يَعْلَمُونَ [37:170]

१७०) तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।

### الآية 37:171

> ﻿وَلَقَدْ سَبَقَتْ كَلِمَتُنَا لِعِبَادِنَا الْمُرْسَلِينَ [37:171]

१७१) र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।

### الآية 37:172

> ﻿إِنَّهُمْ لَهُمُ الْمَنْصُورُونَ [37:172]

१७२) कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।

### الآية 37:173

> ﻿وَإِنَّ جُنْدَنَا لَهُمُ الْغَالِبُونَ [37:173]

१७३) र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्,

### الآية 37:174

> ﻿فَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ [37:174]

१७४) अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु,

### الآية 37:175

> ﻿وَأَبْصِرْهُمْ فَسَوْفَ يُبْصِرُونَ [37:175]

१७५) र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।

### الآية 37:176

> ﻿أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ [37:176]

१७६) के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।

### الآية 37:177

> ﻿فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَاءَ صَبَاحُ الْمُنْذَرِينَ [37:177]

१७७) तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।

### الآية 37:178

> ﻿وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ [37:178]

१७८) एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।

### الآية 37:179

> ﻿وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ [37:179]

१७९) र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।

### الآية 37:180

> ﻿سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ [37:180]

१८०) पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।

### الآية 37:181

> ﻿وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ [37:181]

१८१) पैगम्बरहरू माथि सलाम छ ।

### الآية 37:182

> ﻿وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ [37:182]

१८२) र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/37.md)
- [كل تفاسير سورة الصافات
](https://quranpedia.net/surah-tafsir/37.md)
- [ترجمات سورة الصافات
](https://quranpedia.net/translations/37.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/37/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
