---
title: "ترجمة سورة فصّلت - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/41/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/41/book/1996"
surah_id: "41"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة فصّلت - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/41/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة فصّلت - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/41/book/1996*.

Translation of Surah فصّلت from "الترجمة النيبالية" in النيبالية.

### الآية 41:1

> حم [41:1]

१) हामीम्

### الآية 41:2

> ﻿تَنْزِيلٌ مِنَ الرَّحْمَٰنِ الرَّحِيمِ [41:2]

२) यो अवतरण गरिएको हो बडो कृपालु, अत्यन्त दयावान्को तर्फबाट ।

### الآية 41:3

> ﻿كِتَابٌ فُصِّلَتْ آيَاتُهُ قُرْآنًا عَرَبِيًّا لِقَوْمٍ يَعْلَمُونَ [41:3]

३) (यस्तो) किताब हो जसका आयातहरू स्पष्टरूपले वर्णन भएका छन् । अर्थात अरबी भाषामा कुरआन हो, ती मानिसहरूको निम्ति जो जान्दछन् ।

### الآية 41:4

> ﻿بَشِيرًا وَنَذِيرًا فَأَعْرَضَ أَكْثَرُهُمْ فَهُمْ لَا يَسْمَعُونَ [41:4]

४) जसले खुशीको सन्देश सुनाउँदछ र सचेत पनि गर्दछ । तापनि उनीहरूमध्ये अधिकांश विमुख भए, र उनीहरू सुन्दैनन् ।

### الآية 41:5

> ﻿وَقَالُوا قُلُوبُنَا فِي أَكِنَّةٍ مِمَّا تَدْعُونَا إِلَيْهِ وَفِي آذَانِنَا وَقْرٌ وَمِنْ بَيْنِنَا وَبَيْنِكَ حِجَابٌ فَاعْمَلْ إِنَّنَا عَامِلُونَ [41:5]

५) र उनीहरूले भन्न थाले कि जुन कुरातिर तिमीले हामीलाई आह्वान् गर्दछौ, त्यसको निम्ति त हाम्रा हृदयमा आवरणहरू छन् र हाम्रा कानहरूमा बोझ (भारी) छन् (अर्थात् बहिरापन) र हाम्रो र तिम्रोबीचमा आवरण छ, अतः तिमीले आफ्नो काम गर, हामीले आफ्नो काम गर्दछौं ।

### الآية 41:6

> ﻿قُلْ إِنَّمَا أَنَا بَشَرٌ مِثْلُكُمْ يُوحَىٰ إِلَيَّ أَنَّمَا إِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ فَاسْتَقِيمُوا إِلَيْهِ وَاسْتَغْفِرُوهُ ۗ وَوَيْلٌ لِلْمُشْرِكِينَ [41:6]

६) भनिदिनुस् ‘‘म तिमी जस्तै एउटा मानिस हूँ । मतिर वह्य अवतरण गरिन्छ कि तिमी सबैको पूज्य एउटै अल्लाह हो, तसर्थ तिमी सोझै उसैतिर प्रवृत्त होऊ, र उसैसित पापको क्षमायाचना गर र यी मुश्रिकहरूको लागि ठूलो विनाश छ ।

### الآية 41:7

> ﻿الَّذِينَ لَا يُؤْتُونَ الزَّكَاةَ وَهُمْ بِالْآخِرَةِ هُمْ كَافِرُونَ [41:7]

७) जसले जकात दिदैनन् र आखिरतबाट पनि इन्कार गर्दछन् ।

### الآية 41:8

> ﻿إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ [41:8]

८) बिना शंका जसले ईमान ल्याए र राम्रा कर्म गरे, उनीहरूको निम्ति यस्तो पुरस्कार छ जसको क्रम टुट्दैन ।’’

### الآية 41:9

> ﻿۞ قُلْ أَئِنَّكُمْ لَتَكْفُرُونَ بِالَّذِي خَلَقَ الْأَرْضَ فِي يَوْمَيْنِ وَتَجْعَلُونَ لَهُ أَنْدَادًا ۚ ذَٰلِكَ رَبُّ الْعَالَمِينَ [41:9]

९) भनिदिनुस् किः के ‘‘तिमीले उसलाई नकारिराखेका छौ र उसको साझेदार ठहराउँछौ जसले धरतीलाई दुई दिनमा सृष्टि गर्यो ऊ त सम्पूर्ण जगतको पालनकर्ता हो ।

### الآية 41:10

> ﻿وَجَعَلَ فِيهَا رَوَاسِيَ مِنْ فَوْقِهَا وَبَارَكَ فِيهَا وَقَدَّرَ فِيهَا أَقْوَاتَهَا فِي أَرْبَعَةِ أَيَّامٍ سَوَاءً لِلسَّائِلِينَ [41:10]

१०) र उसले धरतीमा त्यसमाथि पहाड़ बनायो र धरतीमा बरकत (खानेकुरा) राख्यो र त्यसमा बस्नेहरूको लागि जीविकाको सामग्री निश्चित गर्यो । यो सबै चार दिनमा सम्पन्न भयो, प्रश्न गर्नेहरूको निम्ति समानरूपले ।

### الآية 41:11

> ﻿ثُمَّ اسْتَوَىٰ إِلَى السَّمَاءِ وَهِيَ دُخَانٌ فَقَالَ لَهَا وَلِلْأَرْضِ ائْتِيَا طَوْعًا أَوْ كَرْهًا قَالَتَا أَتَيْنَا طَائِعِينَ [41:11]

११) अनि ऊ आकाशतिर उच्च भयो, त्यो धुवाँ थियो त उसले त्यसलाई र धरतीलाई आदेश दियो, कि दुवै आऊ (चाहे) खुशीले चाहे नाखुशीले । त उनीहरूले भने, कि हामी प्रसन्नतापूर्वक उपस्थित छौं ।

### الآية 41:12

> ﻿فَقَضَاهُنَّ سَبْعَ سَمَاوَاتٍ فِي يَوْمَيْنِ وَأَوْحَىٰ فِي كُلِّ سَمَاءٍ أَمْرَهَا ۚ وَزَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِمَصَابِيحَ وَحِفْظًا ۚ ذَٰلِكَ تَقْدِيرُ الْعَزِيزِ الْعَلِيمِ [41:12]

१२) त्यस पश्चात दुई दिनमा सातवटा आकाशहरू बनायो र प्रत्येक आकाशमा त्यसको (काम) को आदेश पठायो, र हामीले संसारीय आकाशलाई दीपहरूले (ताराहरू) सिँगार्यौं, तथा सुरक्षाको उद्देश्यले पनि, यो सर्वशक्ति सम्पन्न (र) सर्वज्ञले निर्धारित गरेका उपाय हुन् ।

### الآية 41:13

> ﻿فَإِنْ أَعْرَضُوا فَقُلْ أَنْذَرْتُكُمْ صَاعِقَةً مِثْلَ صَاعِقَةِ عَادٍ وَثَمُودَ [41:13]

१३) अब पनि यदि उनीहरूले ध्यान दिदैंनन् भने भनिदिनुस् ! कि म तिमीलाई त्यस्तै प्रकारको चट्याङ्गबाट (आकाशेय यातनाबाट) डराउँछु जस्तो चट्याङ्ग ‘‘आद’’ र ‘‘समूद’’ माथि आएको थियो ।’’

### الآية 41:14

> ﻿إِذْ جَاءَتْهُمُ الرُّسُلُ مِنْ بَيْنِ أَيْدِيهِمْ وَمِنْ خَلْفِهِمْ أَلَّا تَعْبُدُوا إِلَّا اللَّهَ ۖ قَالُوا لَوْ شَاءَ رَبُّنَا لَأَنْزَلَ مَلَائِكَةً فَإِنَّا بِمَا أُرْسِلْتُمْ بِهِ كَافِرُونَ [41:14]

१४) जब उनीतिर अघि र पछिबाट संदेष्टाहरू आए कि तिमीले अल्लाह बाहेक कसैको पूजा नगर, तब उनीहरूले भन्न थाले कि यदि हाम्रो पालनकर्ताले चाहेको भए, फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) अवतरित गर्दथ्यो, तसर्थ जुन कुरा तिमीलाई दिइएर पठाइयो, हामीले त्यसलाई मान्दैनौं ।

### الآية 41:15

> ﻿فَأَمَّا عَادٌ فَاسْتَكْبَرُوا فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ وَقَالُوا مَنْ أَشَدُّ مِنَّا قُوَّةً ۖ أَوَلَمْ يَرَوْا أَنَّ اللَّهَ الَّذِي خَلَقَهُمْ هُوَ أَشَدُّ مِنْهُمْ قُوَّةً ۖ وَكَانُوا بِآيَاتِنَا يَجْحَدُونَ [41:15]

१५) जो आद थिए, उनीहरू व्यर्थमा धरतीमा घमण्ड गर्न थाले र भने हामीभन्दा बढी शक्तिमा को छ ?’’ के उनीहरूले यो देखेनन् कि अल्लाह, जसले उनीहरूलाई सृष्टि गर्यो, ऊ उनीहरूभन्दा शक्तिमा बहुत धेरै छ र उनीहरूले हाम्रा आयतहरूलाई नकारिराखे ।

### الآية 41:16

> ﻿فَأَرْسَلْنَا عَلَيْهِمْ رِيحًا صَرْصَرًا فِي أَيَّامٍ نَحِسَاتٍ لِنُذِيقَهُمْ عَذَابَ الْخِزْيِ فِي الْحَيَاةِ الدُّنْيَا ۖ وَلَعَذَابُ الْآخِرَةِ أَخْزَىٰ ۖ وَهُمْ لَا يُنْصَرُونَ [41:16]

१६) तब हामीले अशुभ दिनहरूमा उनीहरूमाथि शक्तिशाली हावा (हुरी) चलायौं, ताकि उनीहरूलाई सांसारिक जीवनमा अपमानपूर्ण यातनाको स्वाद चखाइदियौं । आखिरतको यातना त यसभन्दा धेरै अपमान गर्नेवाला छ । (त्यसदिन) उनीहरूले सहायता पाउने छैनन् ।

### الآية 41:17

> ﻿وَأَمَّا ثَمُودُ فَهَدَيْنَاهُمْ فَاسْتَحَبُّوا الْعَمَىٰ عَلَى الْهُدَىٰ فَأَخَذَتْهُمْ صَاعِقَةُ الْعَذَابِ الْهُونِ بِمَا كَانُوا يَكْسِبُونَ [41:17]

१७) अब समूद थिए कि उनीहरूलाई पनि हामीले सोझो मार्ग देखाएका थियौं, तर उनीहरूले मार्गदर्शनको सट्टा अन्धा रह्नु नै रुचाए । परिणामस्वरूप उनीहरूले गरेका कामको बदलामा अपमानजनक यातनाको बज्रपातले उनीहरूलाई आइसमात्यो ।

### الآية 41:18

> ﻿وَنَجَّيْنَا الَّذِينَ آمَنُوا وَكَانُوا يَتَّقُونَ [41:18]

१८) तर जसले ईमान ल्याए र संयम गरे उनीहरूलाई हामीले बचाइहाल्यौं ।

### الآية 41:19

> ﻿وَيَوْمَ يُحْشَرُ أَعْدَاءُ اللَّهِ إِلَى النَّارِ فَهُمْ يُوزَعُونَ [41:19]

१९) र जुनदिन अल्लाहका शत्रुहरूलाई नर्कतिर लगिनेछ र उनीहरूलाई एकत्रित गरिहालिनेछ ।

### الآية 41:20

> ﻿حَتَّىٰ إِذَا مَا جَاءُوهَا شَهِدَ عَلَيْهِمْ سَمْعُهُمْ وَأَبْصَارُهُمْ وَجُلُودُهُمْ بِمَا كَانُوا يَعْمَلُونَ [41:20]

२०) यहाँसम्म कि जब एकदम नर्कको नजिक पुग्नेछन्, तब उनीहरूका कान र उनीहरूका आँखा र उनीहरूका छालाहरू उनीहरू विरुद्ध ती कुराका साक्षी हुनेछन्, जुन उनीहरूले गरिराखेका थिए ।

### الآية 41:21

> ﻿وَقَالُوا لِجُلُودِهِمْ لِمَ شَهِدْتُمْ عَلَيْنَا ۖ قَالُوا أَنْطَقَنَا اللَّهُ الَّذِي أَنْطَقَ كُلَّ شَيْءٍ وَهُوَ خَلَقَكُمْ أَوَّلَ مَرَّةٍ وَإِلَيْهِ تُرْجَعُونَ [41:21]

२१) उनीहरूले आफ्ना छालाहरू (अङ्ग) सित भन्नेछन्ः कि तिमिले हाम्रो विरोधमा गवाही किन दियौ ! त तिनीहरूले जवाफ दिनेछन् कि ‘‘जुन अल्लाहले प्रत्येक कुरालाई वाक्यशक्ति प्रदान गरेको छ उसैले हामीलाई पनि बोल्ने शक्ति प्रदान गरेको छ ।’’ र उसैले तिमीलाई पहिलोपटक सृष्टि गरेको थियो र उसैतर्फ तिमीलाई फर्किजानु पर्नेछ ।

### الآية 41:22

> ﻿وَمَا كُنْتُمْ تَسْتَتِرُونَ أَنْ يَشْهَدَ عَلَيْكُمْ سَمْعُكُمْ وَلَا أَبْصَارُكُمْ وَلَا جُلُودُكُمْ وَلَٰكِنْ ظَنَنْتُمْ أَنَّ اللَّهَ لَا يَعْلَمُ كَثِيرًا مِمَّا تَعْمَلُونَ [41:22]

२२) र तिमीले यस भयले (आफ्ना नराम्रो कामहरू) लुकाउँदैन्थ्यो कि तिम्रा कान र छालाहरू तिम्रो विरुद्ध गवाही दिनेछन्, बरु तिमीले यो भन्न ठान्थ्यौ कि अल्लाहलाई तिम्रा धेरै जसो क्रियाकलापबारे थाहा छैन ।

### الآية 41:23

> ﻿وَذَٰلِكُمْ ظَنُّكُمُ الَّذِي ظَنَنْتُمْ بِرَبِّكُمْ أَرْدَاكُمْ فَأَصْبَحْتُمْ مِنَ الْخَاسِرِينَ [41:23]

२३) र यसै अनुमानले, जुन तिमीले आफ्नो पालनकर्ताको बारेमा गर्दथ्यौ, तिमीलाई नष्ट गरिदियो, र अन्ततः तिमी घाटामा पर्नेहरूमध्येका भइहाल्यौ ।

### الآية 41:24

> ﻿فَإِنْ يَصْبِرُوا فَالنَّارُ مَثْوًى لَهُمْ ۖ وَإِنْ يَسْتَعْتِبُوا فَمَا هُمْ مِنَ الْمُعْتَبِينَ [41:24]

२४) अब यदि यिनीहरूले संतोष गर्दछन् तैपनि उनीहरूको बास नर्क नै छ र यदि प्रायश्चित गर्नेछन् भने पनि (उनको) प्रायश्चित स्वीकार गरिने छैन ।

### الآية 41:25

> ﻿۞ وَقَيَّضْنَا لَهُمْ قُرَنَاءَ فَزَيَّنُوا لَهُمْ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَحَقَّ عَلَيْهِمُ الْقَوْلُ فِي أُمَمٍ قَدْ خَلَتْ مِنْ قَبْلِهِمْ مِنَ الْجِنِّ وَالْإِنْسِ ۖ إِنَّهُمْ كَانُوا خَاسِرِينَ [41:25]

२५) र हामीले (शैतानहरूलाई) उनीहरूका सहभागी नियुक्त गरिदिएका थियौं । अनि उनीहरूले उनीहरूको अगाडि र उनीहरूको पछाडि जे–जति थियो, त्यसलाई आकर्षक बनाइदिएका थिए । अन्ततः उनीहरूमाथि पनि उनीहरूभन्दा पहिला जिन्न र मनुष्यहरूका ती समूहको साथ भए जस्तै अल्लाहको वचन सत्य प्रमाणित भयो । निश्चय नै उनीहरू घाटा बिहोर्नेवाला भए ।

### الآية 41:26

> ﻿وَقَالَ الَّذِينَ كَفَرُوا لَا تَسْمَعُوا لِهَٰذَا الْقُرْآنِ وَالْغَوْا فِيهِ لَعَلَّكُمْ تَغْلِبُونَ [41:26]

२६) र काफिरहरूले भने कि यस कुरआनलाई सुन्दै नसुन्नु र (यो पढिने समय) होहल्ला गरिहाल, शायद (त्यसबाट तिमी) प्रभावी रहौ ।

### الآية 41:27

> ﻿فَلَنُذِيقَنَّ الَّذِينَ كَفَرُوا عَذَابًا شَدِيدًا وَلَنَجْزِيَنَّهُمْ أَسْوَأَ الَّذِي كَانُوا يَعْمَلُونَ [41:27]

२७) तसर्थ निश्चितरूपले हामीले पनि काफिरहरूलाई ठूलो यातनाको स्वाद चखाउनेछौं र तिनीहरूका नराम्रा कर्मको उनीहरूलाई अवश्य सजाय दिनेछौं ।

### الآية 41:28

> ﻿ذَٰلِكَ جَزَاءُ أَعْدَاءِ اللَّهِ النَّارُ ۖ لَهُمْ فِيهَا دَارُ الْخُلْدِ ۖ جَزَاءً بِمَا كَانُوا بِآيَاتِنَا يَجْحَدُونَ [41:28]

२८) अल्लाहका शत्रुहरूको लागि सजाय यही नर्कको आगो हो । जसमा उनीहरूको निम्ति सधैंको घर छ, यो हाम्रा आयतहरू इन्कार गर्नुको बदला हो ।

### الآية 41:29

> ﻿وَقَالَ الَّذِينَ كَفَرُوا رَبَّنَا أَرِنَا اللَّذَيْنِ أَضَلَّانَا مِنَ الْجِنِّ وَالْإِنْسِ نَجْعَلْهُمَا تَحْتَ أَقْدَامِنَا لِيَكُونَا مِنَ الْأَسْفَلِينَ [41:29]

२९) र काफिरहरूले भन्नेछन्ः हे हाम्रो पालनकर्ता ! हामीलाई ती जिन्न र मानिसहरूलाई देखाऊ जसले हामीलाई मार्गविचलित गरेका थिए, (ताकि) हामीले उनीहरूलाई आफ्ना खुट्टामुनि हालौं ताकि उनीहरू नर्कमा सबभन्दा तल घोर यातनामा रहुन् ।’’

### الآية 41:30

> ﻿إِنَّ الَّذِينَ قَالُوا رَبُّنَا اللَّهُ ثُمَّ اسْتَقَامُوا تَتَنَزَّلُ عَلَيْهِمُ الْمَلَائِكَةُ أَلَّا تَخَافُوا وَلَا تَحْزَنُوا وَأَبْشِرُوا بِالْجَنَّةِ الَّتِي كُنْتُمْ تُوعَدُونَ [41:30]

३०) वास्तवमा जुन मानिसहरूले भनेः कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो’’, अनि उनीहरू (त्यसमा) दृढ रहे, त उनीहरूको निम्ति फरिश्ताहरू (यो भन्दै) अवतरित हुन्छन् कि तिमी निराश र शोकाकुल नहोऊ, अपितु त्यस स्वर्गको शुभसूचना सुनिहाल जसको तिमीलाई वाचा दिइएकोछ ।

### الآية 41:31

> ﻿نَحْنُ أَوْلِيَاؤُكُمْ فِي الْحَيَاةِ الدُّنْيَا وَفِي الْآخِرَةِ ۖ وَلَكُمْ فِيهَا مَا تَشْتَهِي أَنْفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ [41:31]

३१) हामी सांसारिक जीवनमा पनि तिम्रो मित्र थियौं र आखिरतमा पनि (तिम्रो साथमा) रहनेछौं । त्यहाँ जुन कुराको तिमीले इच्छा गर्नेछौ, र जुन कुरा माँग्नेछौं, तिम्रो लागि उपस्थित हुनेछ ।

### الآية 41:32

> ﻿نُزُلًا مِنْ غَفُورٍ رَحِيمٍ [41:32]

३२) (त्यो) क्षमाशील, र दयावान् अल्लाहको तर्फबाट तिम्रो लागि आतिथ्यको रूपमा हुनेछ ।’’

### الآية 41:33

> ﻿وَمَنْ أَحْسَنُ قَوْلًا مِمَّنْ دَعَا إِلَى اللَّهِ وَعَمِلَ صَالِحًا وَقَالَ إِنَّنِي مِنَ الْمُسْلِمِينَ [41:33]

३३) र यसभन्दा राम्रो कुरावाला को हुनसक्छ जसले अल्लाहतिर डाँक्छ र असल कर्म गर्दछ र भन्दछः कि ‘‘निःसन्देह म मुस्लिम हूँ ?’’

### الآية 41:34

> ﻿وَلَا تَسْتَوِي الْحَسَنَةُ وَلَا السَّيِّئَةُ ۚ ادْفَعْ بِالَّتِي هِيَ أَحْسَنُ فَإِذَا الَّذِي بَيْنَكَ وَبَيْنَهُ عَدَاوَةٌ كَأَنَّهُ وَلِيٌّ حَمِيمٌ [41:34]

३४) पाप र पुण्य (नेकी र बदी) समान हुन सक्दैन । खराबीलाई भलाईबाट हटाऊ । फेरि तिमीले देख्नेछौ कि जसको साथ तिम्रो शत्रुता थियो, त्यो घनिष्ट मित्र भइहाल्नेछ ।

### الآية 41:35

> ﻿وَمَا يُلَقَّاهَا إِلَّا الَّذِينَ صَبَرُوا وَمَا يُلَقَّاهَا إِلَّا ذُو حَظٍّ عَظِيمٍ [41:35]

३५) र यी कुरा उनीहरूलाई मात्र प्राप्त हुन्छ, जो धैर्य गर्नेवाला छन् र उनीहरूलाई मात्र प्राप्त हुन्छ जो बढो भाग्यमानी छन् ।

### الآية 41:36

> ﻿وَإِمَّا يَنْزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ ۖ إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ [41:36]

३६) र जब तिमीलाई शैतानको तर्फबाट कुनै नराम्रो विचार आउँछ तब अल्लाहको शरण माँग्नेगर । निःसन्देह ऊ धेरै सुन्ने र जान्नेवाला छ ।

### الآية 41:37

> ﻿وَمِنْ آيَاتِهِ اللَّيْلُ وَالنَّهَارُ وَالشَّمْسُ وَالْقَمَرُ ۚ لَا تَسْجُدُوا لِلشَّمْسِ وَلَا لِلْقَمَرِ وَاسْجُدُوا لِلَّهِ الَّذِي خَلَقَهُنَّ إِنْ كُنْتُمْ إِيَّاهُ تَعْبُدُونَ [41:37]

३७) र रात र दिन, सूर्य र चन्द्र उसको निशानीहरूमध्येका हुन् । तिमीहरूले न सूर्यको पूजा गर नत चन्द्रको, बरु अल्लाहलाई नै ढोग, जसले यी कुराहरूलाई सृष्टि गरेको छ, यदि तिमी उसैको उपासना गर्नेवाला हौ ।

### الآية 41:38

> ﻿فَإِنِ اسْتَكْبَرُوا فَالَّذِينَ عِنْدَ رَبِّكَ يُسَبِّحُونَ لَهُ بِاللَّيْلِ وَالنَّهَارِ وَهُمْ لَا يَسْأَمُونَ ۩ [41:38]

३८) यदि तैपनि यिनीहरूले घमण्ड गर्दछन् त जो फरिश्ताहरू तिम्रो पालनकर्ताको पासमा छन् उनीहरूले त रात र दिन उसको गुणगान गरिराखेकै छन्, र उनीहरूलाई कहिले दिक्क लाग्दैन ।

### الآية 41:39

> ﻿وَمِنْ آيَاتِهِ أَنَّكَ تَرَى الْأَرْضَ خَاشِعَةً فَإِذَا أَنْزَلْنَا عَلَيْهَا الْمَاءَ اهْتَزَّتْ وَرَبَتْ ۚ إِنَّ الَّذِي أَحْيَاهَا لَمُحْيِي الْمَوْتَىٰ ۚ إِنَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ [41:39]

३९) र यो कुरा पनि उसका निशानीहरूमध्ये हो कि तिमीले देख्छौ कि धरती थिचिएको छ, अनि जब हामी त्यसमा पानी वर्षाउँछौं तब त्यो हराभरा भएर उठ्नथाल्छ । निश्चय नै जसले उसलाई जीवित गर्यो मुर्दाहरूलाई जीवित गर्नेवाला छ । निःसन्देह उसलाई हरेक कुराहरूमाथि सामथ्र्य प्राप्त छ ।

### الآية 41:40

> ﻿إِنَّ الَّذِينَ يُلْحِدُونَ فِي آيَاتِنَا لَا يَخْفَوْنَ عَلَيْنَا ۗ أَفَمَنْ يُلْقَىٰ فِي النَّارِ خَيْرٌ أَمْ مَنْ يَأْتِي آمِنًا يَوْمَ الْقِيَامَةِ ۚ اعْمَلُوا مَا شِئْتُمْ ۖ إِنَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ [41:40]

४०) निःसन्देह जुन मानिसहरूले हाम्रा आयतहरूको बारेमा छलकपटको नीति अपनाउँछन् उनीहरू हामीबाट लुकेका छैनन् । तसर्थ भन त के त्यो व्यक्ति राम्रो छ जुन आगोमा हालिनेछ वा त्यो जो कयामतको दिन निश्चिन्त भएर आउनेछ ? तिमी जे चाहन्छौ गर्दै जाऊ, जे जति तिमीले गरिराखेका छौ उसले सबै देखिराखेकै छ ।

### الآية 41:41

> ﻿إِنَّ الَّذِينَ كَفَرُوا بِالذِّكْرِ لَمَّا جَاءَهُمْ ۖ وَإِنَّهُ لَكِتَابٌ عَزِيزٌ [41:41]

४१) जुन मानिसहरूले आफूकहाँ कुरआन पुगिसकेपछि पनि यसलाई नकारे, (त्यो पनि हामीबाट लुकेको छैन ।) यो एउटा अधिपत्यशाली किताब हो ।

### الآية 41:42

> ﻿لَا يَأْتِيهِ الْبَاطِلُ مِنْ بَيْنِ يَدَيْهِ وَلَا مِنْ خَلْفِهِ ۖ تَنْزِيلٌ مِنْ حَكِيمٍ حَمِيدٍ [41:42]

४२) जसको नजिकसम्म असत्य पुग्नै सक्दैन न उसको अगाडि़बाट आउनसक्छ र न उसको पछाडिबाट, (यो) अवतरण हो, उसको तर्फबाट जो अत्यन्त तत्वदर्शी र प्रशंसनीय छ,

### الآية 41:43

> ﻿مَا يُقَالُ لَكَ إِلَّا مَا قَدْ قِيلَ لِلرُّسُلِ مِنْ قَبْلِكَ ۚ إِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ وَذُو عِقَابٍ أَلِيمٍ [41:43]

४३) तपार्इंलाई त्यही मात्र भनिदैछ जुन ती रसूलहरूलाई भनिसकिएको छ, जो तपार्इंभन्दा अगाडि गुज्रिसकेका छन् । निःसन्देह तपार्इंको पालनकर्ता बडो क्षमाशील छ र दुःखद सजाय दिनेवाला पनि छ ।

### الآية 41:44

> ﻿وَلَوْ جَعَلْنَاهُ قُرْآنًا أَعْجَمِيًّا لَقَالُوا لَوْلَا فُصِّلَتْ آيَاتُهُ ۖ أَأَعْجَمِيٌّ وَعَرَبِيٌّ ۗ قُلْ هُوَ لِلَّذِينَ آمَنُوا هُدًى وَشِفَاءٌ ۖ وَالَّذِينَ لَا يُؤْمِنُونَ فِي آذَانِهِمْ وَقْرٌ وَهُوَ عَلَيْهِمْ عَمًى ۚ أُولَٰئِكَ يُنَادَوْنَ مِنْ مَكَانٍ بَعِيدٍ [41:44]

४४) र यदि हामीले यस कुरआनलाई गैर अरबी भाषामा अवतरित गरेको भए त उनीहरूले भन्थे कि ‘‘उसका आयातहरू (हाम्रो भाषामा) स्पष्टरूपले किन वर्णन गरिएन ? यो अनौठो कुरा हो कि गैर अरबी किताब छ र रसूल(संदेष्टा) अरबी ?’’ तपार्इं भनिदिनुस् कि यो त ‘‘ती मानिसहरूको निम्ति जसले ईमान ल्याए, मार्गदर्शन र आरोग्य छ, तर जसले ईमान ल्याएका छैनन् उनका कानहरूमा बहिरोपन र बोझ छ (सुन्दैनन्) र त्यो (कुरआन) उनीहरूका निम्ति अन्धोपन (प्रमाणित भइराखेको) छ, उनीहरू यस्ता छन् जसलाई मानौं कुनै टाढा ठाउँबाट पुकारिदैछ ।’’

### الآية 41:45

> ﻿وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ فَاخْتُلِفَ فِيهِ ۗ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَبِّكَ لَقُضِيَ بَيْنَهُمْ ۚ وَإِنَّهُمْ لَفِي شَكٍّ مِنْهُ مُرِيبٍ [41:45]

४५) हामीले ‘‘मूसा(अलैहिस्सलाम)लाई’’ किताब दियौं, अनि त्यसमा पनि विवाद गरियो । यदि तपार्इंको पालनकर्ताको तर्फबाट अघिदेखि नै निश्चित भइसकेको कुरा नभएको भए उनीहरूको बीचमा अघि नै फैसला गरिहालिन्थ्यो । यिनीहरू त यस (कुरआन) बारे बेचैनीवाला सन्देहमा अल्झिराखेका छन् ।

### الآية 41:46

> ﻿مَنْ عَمِلَ صَالِحًا فَلِنَفْسِهِ ۖ وَمَنْ أَسَاءَ فَعَلَيْهَا ۗ وَمَا رَبُّكَ بِظَلَّامٍ لِلْعَبِيدِ [41:46]

४६) जसले असल कर्म गर्नेछ उसले आफ्नो फाइदाको लागि र जसले नराम्रो काम गर्नेछ त त्यसको हानि पनि उसैलाई हुनेछ । तपार्इंको पालनकर्ताले भक्तहरूमाथि अत्याचार गर्दैन ।

### الآية 41:47

> ﻿۞ إِلَيْهِ يُرَدُّ عِلْمُ السَّاعَةِ ۚ وَمَا تَخْرُجُ مِنْ ثَمَرَاتٍ مِنْ أَكْمَامِهَا وَمَا تَحْمِلُ مِنْ أُنْثَىٰ وَلَا تَضَعُ إِلَّا بِعِلْمِهِ ۚ وَيَوْمَ يُنَادِيهِمْ أَيْنَ شُرَكَائِي قَالُوا آذَنَّاكَ مَا مِنَّا مِنْ شَهِيدٍ [41:47]

४७) कयामतको ज्ञान उसैतिर फेरिन्छ ! र जुन फल आफ्ना कोषबाट निस्कन्छन् र जुन महिला गर्भवती हुन्छिन् र जुन बच्चा जन्माउँछिन्, उसलाई यी सबैको ज्ञान हुन्छ । र जुनदिन उसले यी मुश्रिकहरूलाई बोलाएर सोध्ने छ, ‘‘कहाँ छन् मेरा साझेदारहरू ?’’ उनीहरूले भन्नेछन् कि ‘‘हामीले त तिमीलाई स्पष्टरूपले भनिसकेका छौं कि हामीमध्ये कोही पनि यसको साक्षी छैन ।’’

### الآية 41:48

> ﻿وَضَلَّ عَنْهُمْ مَا كَانُوا يَدْعُونَ مِنْ قَبْلُ ۖ وَظَنُّوا مَا لَهُمْ مِنْ مَحِيصٍ [41:48]

४८) र ज–जसलाई उनीहरूले पूज्ने गर्थे, उनीहरू तिनीहरूको दृष्टिबाट हराइसकेका हुनेछन् । र उनीहरूले बुझिहाल्नेछन् कि उनीहरूको निम्ति कुनै पनि भाग्ने ठाउँ छैन ।

### الآية 41:49

> ﻿لَا يَسْأَمُ الْإِنْسَانُ مِنْ دُعَاءِ الْخَيْرِ وَإِنْ مَسَّهُ الشَّرُّ فَيَئُوسٌ قَنُوطٌ [41:49]

४९) मानिस भलाई माँग्नुबाट थाक्दैन, तर यदि उसलाई कुनै कष्ट पुग्दछ भने ऊ निराश र उदास भइदिन्छ ।

### الآية 41:50

> ﻿وَلَئِنْ أَذَقْنَاهُ رَحْمَةً مِنَّا مِنْ بَعْدِ ضَرَّاءَ مَسَّتْهُ لَيَقُولَنَّ هَٰذَا لِي وَمَا أَظُنُّ السَّاعَةَ قَائِمَةً وَلَئِنْ رُجِعْتُ إِلَىٰ رَبِّي إِنَّ لِي عِنْدَهُ لَلْحُسْنَىٰ ۚ فَلَنُنَبِّئَنَّ الَّذِينَ كَفَرُوا بِمَا عَمِلُوا وَلَنُذِيقَنَّهُمْ مِنْ عَذَابٍ غَلِيظٍ [41:50]

५०) र जुन दुःख उसले भोगिसकेको छ, त्यस पश्चात उसलाई यदि हामीले आफ्नो दयालुताको रसास्वादन गराउँछौं भने उसले निश्चय नै भन्दछ कि ‘‘यो त मेरो हक नै हो । म त यो ठान्दिन कि त्यो, कयामत हुनेछ र यदि म आफ्नो रबतिर फर्के तै पनि अवश्य नै उसको पासमा मेरो निम्ति राम्रो पारितोषिक हुनेछ ।’’ निश्चय नै हामीले उनीहरूलाई जसले इन्कार गरे अवश्य बताएर नै छाड्छौं, जे–जति उनीहरूले गरेका छन । र हामीले उनीहरूलाई अवश्य नै कठोर यातनाको स्वाद चखाउने छौं ।

### الآية 41:51

> ﻿وَإِذَا أَنْعَمْنَا عَلَى الْإِنْسَانِ أَعْرَضَ وَنَأَىٰ بِجَانِبِهِ وَإِذَا مَسَّهُ الشَّرُّ فَذُو دُعَاءٍ عَرِيضٍ [41:51]

५१) जब हामीले मानिसमाथि अनुकम्पा गर्छौं, तब उसले मुख फेरिदिन्छ र टाढिँदै जान्छ । तर जब उसलाई कष्ट पुग्दछ, तब उसले लामो–लामो प्रार्थना गर्नथाल्छ ।

### الآية 41:52

> ﻿قُلْ أَرَأَيْتُمْ إِنْ كَانَ مِنْ عِنْدِ اللَّهِ ثُمَّ كَفَرْتُمْ بِهِ مَنْ أَضَلُّ مِمَّنْ هُوَ فِي شِقَاقٍ بَعِيدٍ [41:52]

५२) भनिदिनुस् कि तिमीले यो बताऊ, कि यदि यो कुरआन अल्लाहको तर्फबाट आएको छ र तिमीले उसको इन्कार गर्यौ भने त्यसभन्दा बढि बहकिएको अरु को हुनेछ, जो विरोधमा धेरै टाढा गइसकेको होस् ?’’

### الآية 41:53

> ﻿سَنُرِيهِمْ آيَاتِنَا فِي الْآفَاقِ وَفِي أَنْفُسِهِمْ حَتَّىٰ يَتَبَيَّنَ لَهُمْ أَنَّهُ الْحَقُّ ۗ أَوَلَمْ يَكْفِ بِرَبِّكَ أَنَّهُ عَلَىٰ كُلِّ شَيْءٍ شَهِيدٌ [41:53]

५३) शीघ्र नै हामीले उनीहरूलाई आफ्ना निशानीहरू दुनियामा देखाउने छौं र स्वयम् उनीहरूको आफैभित्र पनि, यहाँसम्म कि उनीहरूलाई स्पष्ट भइहाल्नेछ कि त्यो (कुरआन) सत्य छ । के तपाईको पालनाकर्ता यस दृष्टिले पर्याप्त छैन कि त्यो हरेक कुराको जानकार छ ।

### الآية 41:54

> ﻿أَلَا إِنَّهُمْ فِي مِرْيَةٍ مِنْ لِقَاءِ رَبِّهِمْ ۗ أَلَا إِنَّهُ بِكُلِّ شَيْءٍ مُحِيطٌ [41:54]

५४) यकीन जान कि यिनीहरू आफ्नो पालनकर्तासँगको साक्षातकारको बारेमा सन्देहमा परेका छन् । जानिराख, कि अल्लाह हरेक कुरालाई आफ्नो घेरामा लिएको छ ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/41.md)
- [كل تفاسير سورة فصّلت
](https://quranpedia.net/surah-tafsir/41.md)
- [ترجمات سورة فصّلت
](https://quranpedia.net/translations/41.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/41/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
