---
title: "ترجمة سورة محمد - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/47/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/47/book/1996"
surah_id: "47"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة محمد - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/47/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة محمد - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/47/book/1996*.

Translation of Surah محمد from "الترجمة النيبالية" in النيبالية.

### الآية 47:1

> الَّذِينَ كَفَرُوا وَصَدُّوا عَنْ سَبِيلِ اللَّهِ أَضَلَّ أَعْمَالَهُمْ [47:1]

१) जसले इन्कार गरे र (अरु व्यक्तिलाई) अल्लाहको मार्गबाट रोके, अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पारिदियो ।

### الآية 47:2

> ﻿وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَآمَنُوا بِمَا نُزِّلَ عَلَىٰ مُحَمَّدٍ وَهُوَ الْحَقُّ مِنْ رَبِّهِمْ ۙ كَفَّرَ عَنْهُمْ سَيِّئَاتِهِمْ وَأَصْلَحَ بَالَهُمْ [47:2]

२) र जसले विश्वास गरे र असल कर्म गरिरहे र जुन (किताब) मुहम्मदमाथि अवतरित भएको छ, त्यसलाई मानिराखे, र त्यो नै उनको पालनकर्ताबाट सत्य धर्म हो । त अल्लाहले उनीहरूका गुनाहलाई (पापलाई) हटाइदियो र उनीहरूको अवस्था सुधारिदियो ।

### الآية 47:3

> ﻿ذَٰلِكَ بِأَنَّ الَّذِينَ كَفَرُوا اتَّبَعُوا الْبَاطِلَ وَأَنَّ الَّذِينَ آمَنُوا اتَّبَعُوا الْحَقَّ مِنْ رَبِّهِمْ ۚ كَذَٰلِكَ يَضْرِبُ اللَّهُ لِلنَّاسِ أَمْثَالَهُمْ [47:3]

३) यो यस कारण हो कि जुन मानिसहरूले इन्कार गरे उनीहरूले असत्यको अनुशरण गरे, र ईमान ल्याउनेहरूले सत्यमा हिंडे, जो उनको पालकर्ताको तर्फबाट छ । यसै प्रकार अल्लाहले मानिसहरूको निम्ति उनीहरूको उदाहरण वर्णन गर्दछ ।

### الآية 47:4

> ﻿فَإِذَا لَقِيتُمُ الَّذِينَ كَفَرُوا فَضَرْبَ الرِّقَابِ حَتَّىٰ إِذَا أَثْخَنْتُمُوهُمْ فَشُدُّوا الْوَثَاقَ فَإِمَّا مَنًّا بَعْدُ وَإِمَّا فِدَاءً حَتَّىٰ تَضَعَ الْحَرْبُ أَوْزَارَهَا ۚ ذَٰلِكَ وَلَوْ يَشَاءُ اللَّهُ لَانْتَصَرَ مِنْهُمْ وَلَٰكِنْ لِيَبْلُوَ بَعْضَكُمْ بِبَعْضٍ ۗ وَالَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ فَلَنْ يُضِلَّ أَعْمَالَهُمْ [47:4]

४) अतः जब इन्कार गर्नेहरूसित तिम्रो भिडन्त हुन्छ त (उनीहरूको) गर्दन छिनालिदेऊ यहाँसम्म कि जब उनीहरूलाई राम्ररी थिचिसकेपछि (बाँच्नेहरूलाई) मजबूतसँग बाँधेर पक्राउ गर, अनि पछि या त उपकार गरी छाडिदेऊ अथवा दण्ड दिएर, यहाँसम्म कि शत्रुले लडाईको हतियार आफ्नो हातबाट राखिदिओस् । यो (हुकुम यादराख) यदि अल्लाहले चाहेको भए (अन्य प्रकारले) उनीहरूसित स्वयम् प्रतिशोध लिइहाल्थ्यो । तर उसले चाह्यो कि तिम्रो एउटाको अर्कोसित परीक्षा लेओस् । जुन मानिसहरू अल्लाहको बाटोमा मारिए उनका कर्महरूलाई कहिल्यै खेर फालिनेछैन ।

### الآية 47:5

> ﻿سَيَهْدِيهِمْ وَيُصْلِحُ بَالَهُمْ [47:5]

५) उनीहरूलाई (सोझो) बाटो देखाउने छ र उनको अवस्था ठीक पार्नेछ ।

### الآية 47:6

> ﻿وَيُدْخِلُهُمُ الْجَنَّةَ عَرَّفَهَا لَهُمْ [47:6]

६) र उनीहरूलाई त्यस स्वर्गमा जससित उनीहरूलाई परिचित गराइसकेको छ, प्रवेश गर्नेछ ।

### الآية 47:7

> ﻿يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِنْ تَنْصُرُوا اللَّهَ يَنْصُرْكُمْ وَيُثَبِّتْ أَقْدَامَكُمْ [47:7]

७) हे ईमानवालाहरू ! यदि तिमिले अल्लाहको धर्मको मद्दत गर्नेछौ भने उसले पनि तिम्रो मद्दत गर्नेछ र तिम्रो पाइलालाई सुदृढ बनाउने छ ।

### الآية 47:8

> ﻿وَالَّذِينَ كَفَرُوا فَتَعْسًا لَهُمْ وَأَضَلَّ أَعْمَالَهُمْ [47:8]

८) र जो काफिर भए । उनीहरूकै निम्ति विनाश छ र अल्लाह उनीहरूका कर्महरूलाई नष्ट पारिदिनेछ ।

### الآية 47:9

> ﻿ذَٰلِكَ بِأَنَّهُمْ كَرِهُوا مَا أَنْزَلَ اللَّهُ فَأَحْبَطَ أَعْمَالَهُمْ [47:9]

९) यो यसकारण कि अल्लाहले जुन कुरो अवतरित गर्यो, उनीहरूले त्यसलाई अप्रिय ठाने, तब अल्लाहले उनीहरूको कर्महरूलाई व्यर्थ पारिदियो ।

### الآية 47:10

> ﻿۞ أَفَلَمْ يَسِيرُوا فِي الْأَرْضِ فَيَنْظُرُوا كَيْفَ كَانَ عَاقِبَةُ الَّذِينَ مِنْ قَبْلِهِمْ ۚ دَمَّرَ اللَّهُ عَلَيْهِمْ ۖ وَلِلْكَافِرِينَ أَمْثَالُهَا [47:10]

१०) के उनीहरूले धरतीमा हिंड्डुल गर्दै यो देखेनन् कि जुन मानिसहरू उनीहरूभन्दा पहिला थिए उनीहरूको परिणाम कस्तो भयो ? अल्लाहले उनीहरूलाई नष्ट पारिदियो इन्कार गर्नेहरूलाई यस्तै सजाय हुनेछ ।

### الآية 47:11

> ﻿ذَٰلِكَ بِأَنَّ اللَّهَ مَوْلَى الَّذِينَ آمَنُوا وَأَنَّ الْكَافِرِينَ لَا مَوْلَىٰ لَهُمْ [47:11]

११) यो यसकारण कि जो मोमिन छन् उनीहरूको संरक्षक स्वयम् अल्लाह हो र काफिरहरूको कोही संरक्षक छैन ।

### الآية 47:12

> ﻿إِنَّ اللَّهَ يُدْخِلُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ ۖ وَالَّذِينَ كَفَرُوا يَتَمَتَّعُونَ وَيَأْكُلُونَ كَمَا تَأْكُلُ الْأَنْعَامُ وَالنَّارُ مَثْوًى لَهُمْ [47:12]

१२) जसले ईमान ल्याए, र असल कर्म गरे उनीहरूलाई अल्लाहले निःसन्देह यस्तो बगैंचाहरूमा प्रवेश गराउने छ जसमुनि नहरहरू बगिरहेछन् । र ती मानिसहरू जसले इन्कार गरे उनीहरूले दुनियाको नै फाइदा उठाइरहेछन् । र पशु जस्तै खाइरहन्छन् र उनीहरूको असली बासस्थान नर्क हो ।

### الآية 47:13

> ﻿وَكَأَيِّنْ مِنْ قَرْيَةٍ هِيَ أَشَدُّ قُوَّةً مِنْ قَرْيَتِكَ الَّتِي أَخْرَجَتْكَ أَهْلَكْنَاهُمْ فَلَا نَاصِرَ لَهُمْ [47:13]

१३) हामीले कति बस्तीलाई जुन बलमा तिम्रो गाउँ बस्तीभन्दा बढी थिए जसबाट तिमीलाई निकालेको हो उनीहरूको विनाश गरिदिएका छौं, जसको सहायक कोही पनि भएन ।

### الآية 47:14

> ﻿أَفَمَنْ كَانَ عَلَىٰ بَيِّنَةٍ مِنْ رَبِّهِ كَمَنْ زُيِّنَ لَهُ سُوءُ عَمَلِهِ وَاتَّبَعُوا أَهْوَاءَهُمْ [47:14]

१४) तसर्थ त्यो व्यक्ति जो आफ्नो पालनकर्ताको तर्फबाट प्रमाणमा होस्, त्यस व्यक्ति जस्तो हुन सक्छ जसको लागि उसको नराम्रा कार्यहरू सुसज्जित गरिदिइएको छ, र ऊ आफ्नो जैविक इच्छाको अधीनस्थ होस् ?

### الآية 47:15

> ﻿مَثَلُ الْجَنَّةِ الَّتِي وُعِدَ الْمُتَّقُونَ ۖ فِيهَا أَنْهَارٌ مِنْ مَاءٍ غَيْرِ آسِنٍ وَأَنْهَارٌ مِنْ لَبَنٍ لَمْ يَتَغَيَّرْ طَعْمُهُ وَأَنْهَارٌ مِنْ خَمْرٍ لَذَّةٍ لِلشَّارِبِينَ وَأَنْهَارٌ مِنْ عَسَلٍ مُصَفًّى ۖ وَلَهُمْ فِيهَا مِنْ كُلِّ الثَّمَرَاتِ وَمَغْفِرَةٌ مِنْ رَبِّهِمْ ۖ كَمَنْ هُوَ خَالِدٌ فِي النَّارِ وَسُقُوا مَاءً حَمِيمًا فَقَطَّعَ أَمْعَاءَهُمْ [47:15]

१५) यस स्वर्गको विशेषता जसको परहेजगारहरूलाई वचन दिइएको छ यो हो कि यसमा पानीका नहरहरू छन् जुनकि प्रदुषित हुँदैनन् । र यस्ता दूधका नहरहरू हुनेछन् जसको स्वादमा अलिकति पनि अन्तर परेको हुँदैन र यस्ता पेयपदार्थका नहरहरू हुनेछन् जसले पिउनेहरूलाई अत्यन्त आनन्द प्रदान गर्नेछन् । र शुद्ध मधुको नहरहरू छन् र उनीहरूका निम्ति त्यहाँ हरेक प्रकारका फल हुनेछन्, र उनको पालनकर्ताबाट क्षमा छ । (के यी संयमीहरू) उनीहरू सरह हुन सक्दछन् जो सधैं नर्कमा रहनेछन् ? र जसलाई उम्लिराखेको पानी खुवाइने छ जसले उनको आन्द्राहरूलाई छिया–छिया पारिदिनेछ ।

### الآية 47:16

> ﻿وَمِنْهُمْ مَنْ يَسْتَمِعُ إِلَيْكَ حَتَّىٰ إِذَا خَرَجُوا مِنْ عِنْدِكَ قَالُوا لِلَّذِينَ أُوتُوا الْعِلْمَ مَاذَا قَالَ آنِفًا ۚ أُولَٰئِكَ الَّذِينَ طَبَعَ اللَّهُ عَلَىٰ قُلُوبِهِمْ وَاتَّبَعُوا أَهْوَاءَهُمْ [47:16]

१६) र उनीहरूमध्ये (केही यस्ता पनि छन्) जसले तिमीतिर कान थापेको हुन्छन् यहाँसम्म कि (सबै कुरा सुन्दछन् तर) जब तिम्रो पासबाट निस्केर जान्छन् तब जुन मानिसहरूलाई ज्ञान छ उनीसित सोध्छन्, उनले अहिले के भनेका छन् ? यी नै मानिसहरू हुन् जसका हृदयहरूमा अल्लाहले मोहर (छाप) लगाइदिएको छ र उनीहरूले आफ्ना इच्छाहरूको पछि हिंडिराखेका छन् ।

### الآية 47:17

> ﻿وَالَّذِينَ اهْتَدَوْا زَادَهُمْ هُدًى وَآتَاهُمْ تَقْوَاهُمْ [47:17]

१७) र जुन मानिसहरू मार्गदर्शन प्राप्त छन् । अल्लाह उनीहरूलाई झन् बढी मार्गदर्शन प्रदान गर्दछ र उनीहरूलाई बढी संयम प्रदान गर्दछ ।

### الآية 47:18

> ﻿فَهَلْ يَنْظُرُونَ إِلَّا السَّاعَةَ أَنْ تَأْتِيَهُمْ بَغْتَةً ۖ فَقَدْ جَاءَ أَشْرَاطُهَا ۚ فَأَنَّىٰ لَهُمْ إِذَا جَاءَتْهُمْ ذِكْرَاهُمْ [47:18]

१८) अब के उनीहरूले कयामतको प्रतीक्षा गरिराखेका छन् कि कयामत उनीहरूमाथि एक्कासी आइहालोस्, निःसन्देह उसको लक्षणहरू त आइसकेका छन्, फेरि जब कयामत आइपुग्छ उनीहरूलाई उपदेश प्राप्त गर्न मिल्दैन ।

### الآية 47:19

> ﻿فَاعْلَمْ أَنَّهُ لَا إِلَٰهَ إِلَّا اللَّهُ وَاسْتَغْفِرْ لِذَنْبِكَ وَلِلْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ ۗ وَاللَّهُ يَعْلَمُ مُتَقَلَّبَكُمْ وَمَثْوَاكُمْ [47:19]

१९) अतः (हे नबी) तपाई विश्वास गर्नुस् कि अल्लाह बाहेक कोही सत्य पुज्य छैन, र आफ्ना त्रुटिहरूको क्षमाको लागि याचना गर्नुस्, र मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूको निम्ति पनि । र अल्लाहले तपाईहरूको हिंड्डुल गर्ने र बासस्थानहरूलाई राम्ररी जान्दछ ।

### الآية 47:20

> ﻿وَيَقُولُ الَّذِينَ آمَنُوا لَوْلَا نُزِّلَتْ سُورَةٌ ۖ فَإِذَا أُنْزِلَتْ سُورَةٌ مُحْكَمَةٌ وَذُكِرَ فِيهَا الْقِتَالُ ۙ رَأَيْتَ الَّذِينَ فِي قُلُوبِهِمْ مَرَضٌ يَنْظُرُونَ إِلَيْكَ نَظَرَ الْمَغْشِيِّ عَلَيْهِ مِنَ الْمَوْتِ ۖ فَأَوْلَىٰ لَهُمْ [47:20]

२०) र मोमिनहरूले भन्दछन्ः कि ‘‘कुनै सूरः (सूरत) किन अवतरित गरिएन ? तर जब कुनै प्रष्ट अर्थ भएको सूरः अवतरित हुन्छ र त्यसमा जिहादको वर्णन हुन्छ, त तपाइले देखनुहुन्छ कि जुन मानिसहरूको हृदयमा (कपटको) रोग छ तिनिहरू तपाईतिर यसरी देख्दछन्, जस्तो त्यस मानिसको दृष्टि हुन्छ जसमाथि मृत्युको मुर्छा छाएको छ । उनीहरूको निम्ति बहुतै राम्रो थियो,

### الآية 47:21

> ﻿طَاعَةٌ وَقَوْلٌ مَعْرُوفٌ ۚ فَإِذَا عَزَمَ الْأَمْرُ فَلَوْ صَدَقُوا اللَّهَ لَكَانَ خَيْرًا لَهُمْ [47:21]

२१) आज्ञापालन र राम्रो कुरा भन्नु । अनि जब कुरा निश्चित भइहाल्यो तब अल्लाहसँग सत्यका साथरहेमा उनीहरूकै निम्ति राम्रो हुनेथियो ।

### الآية 47:22

> ﻿فَهَلْ عَسَيْتُمْ إِنْ تَوَلَّيْتُمْ أَنْ تُفْسِدُوا فِي الْأَرْضِ وَتُقَطِّعُوا أَرْحَامَكُمْ [47:22]

२२) (हे मुनाफिकहरू !) तिम्रो बारेमा आश्चर्य छैन कि यदि तिमीलाई सत्ता प्राप्त भइहाल्छ भने तिमीहरूले धरतीमा दंगाको सृजना गर्न थाल्दछौ, र रिश्ता नाता सबै तोडिदिन्छौ ।

### الآية 47:23

> ﻿أُولَٰئِكَ الَّذِينَ لَعَنَهُمُ اللَّهُ فَأَصَمَّهُمْ وَأَعْمَىٰ أَبْصَارَهُمْ [47:23]

२३) यिनै ती मानिसहरू हुन् जसलाई अल्लाहले तिरस्कृत गरेको छ, र उनका कानहरूलाई बहिरो र (उनका) आँखाहरूबाट देख्ने क्षमता खोसिदिएको छ ।

### الآية 47:24

> ﻿أَفَلَا يَتَدَبَّرُونَ الْقُرْآنَ أَمْ عَلَىٰ قُلُوبٍ أَقْفَالُهَا [47:24]

२४) त के उनीहरूले कुरआनमा सोचविचार गर्दैनन्, वा उनीहरूको हृदयमा ताल्चा लागेका छन् ।

### الآية 47:25

> ﻿إِنَّ الَّذِينَ ارْتَدُّوا عَلَىٰ أَدْبَارِهِمْ مِنْ بَعْدِ مَا تَبَيَّنَ لَهُمُ الْهُدَى ۙ الشَّيْطَانُ سَوَّلَ لَهُمْ وَأَمْلَىٰ لَهُمْ [47:25]

२५) निःसन्देह जुन मानिसहरू मार्गदर्शन भएपछि पनि पिठ्युँ फर्काई गइहाले, शैतानले उनको लागि उनको कामलाई अत्यन्त राम्रो गरेर देखायो र उनीहरूलाई अवसर दिराखेको छ ।

### الآية 47:26

> ﻿ذَٰلِكَ بِأَنَّهُمْ قَالُوا لِلَّذِينَ كَرِهُوا مَا نَزَّلَ اللَّهُ سَنُطِيعُكُمْ فِي بَعْضِ الْأَمْرِ ۖ وَاللَّهُ يَعْلَمُ إِسْرَارَهُمْ [47:26]

२६) यो यसकारण कि उनीहरूले ती मानिसहरूसित, जसले अल्लाहबाट अवतरित कुरालाई अरुचिकर ठान्थे भने कि हामीले केही मामिलामा तिम्रो कुरा मानिहाल्नेछौ । र अल्लाहले उनीहरूका गोप्य कुरा राम्ररी जान्दछ ।

### الآية 47:27

> ﻿فَكَيْفَ إِذَا تَوَفَّتْهُمُ الْمَلَائِكَةُ يَضْرِبُونَ وُجُوهَهُمْ وَأَدْبَارَهُمْ [47:27]

२७) अनि त्यस बेला (उनीहरूको) कस्तो (अवस्था) हुनेछ जसबेला फरिश्ताहरूले उनीहरूको प्राण निकाल्दै उनीहरूको अनुहार र पिठ्युँमा प्रहार गर्नेछन् ।

### الآية 47:28

> ﻿ذَٰلِكَ بِأَنَّهُمُ اتَّبَعُوا مَا أَسْخَطَ اللَّهَ وَكَرِهُوا رِضْوَانَهُ فَأَحْبَطَ أَعْمَالَهُمْ [47:28]

२८) यो यसकारण कि उनीहरूले त्यस कुराको अनुशरण गरे जुनकि अल्लाहलाई अप्रसन्न गरोस् र उनीहरूले उसको प्रसन्नतालाई रुचाएनन् अनि उसले पनि उनीहरूको कर्महरूलाई नष्ट गरिदियो ।

### الآية 47:29

> ﻿أَمْ حَسِبَ الَّذِينَ فِي قُلُوبِهِمْ مَرَضٌ أَنْ لَنْ يُخْرِجَ اللَّهُ أَضْغَانَهُمْ [47:29]

२९) के जुन मानिसहरूको हृदयमा रोग छ यो ठानेका छन् कि अल्लाहले उनीहरूको दोषलाई प्रकट नै गर्नेछैन ?

### الآية 47:30

> ﻿وَلَوْ نَشَاءُ لَأَرَيْنَاكَهُمْ فَلَعَرَفْتَهُمْ بِسِيمَاهُمْ ۚ وَلَتَعْرِفَنَّهُمْ فِي لَحْنِ الْقَوْلِ ۚ وَاللَّهُ يَعْلَمُ أَعْمَالَكُمْ [47:30]

३०) र यदि हामीले चाहेको भए उनीहरू सबैलाई तिमीलाई देखाइदिन्थ्यौ । अनि तिमीले उनीहरूलाई उनीहरूको अनुहारबाट चिनीहाल्थ्यौ, निश्चितरूपले तिमीले उनीहरूलाई उनको कुराकानी गर्ने तौरतरिकाबाट अवश्य नै चिनीहाल्ने छौ । अल्लाहले तिम्रा (समस्त) कर्महरूलाई जान्दछ ।

### الآية 47:31

> ﻿وَلَنَبْلُوَنَّكُمْ حَتَّىٰ نَعْلَمَ الْمُجَاهِدِينَ مِنْكُمْ وَالصَّابِرِينَ وَنَبْلُوَ أَخْبَارَكُمْ [47:31]

३१) र निःसन्देह हामीले तिमीहरूको परीक्षा लिनेछौं ताकि तिमीमध्ये धर्मयुद्ध गर्नेवाला र संतोष गर्नेवालाहरूलाई प्रकट गरौं र हामीले तिम्रो अवस्थाहरूको पनि जाँच गर्न सकौं ।

### الآية 47:32

> ﻿إِنَّ الَّذِينَ كَفَرُوا وَصَدُّوا عَنْ سَبِيلِ اللَّهِ وَشَاقُّوا الرَّسُولَ مِنْ بَعْدِ مَا تَبَيَّنَ لَهُمُ الْهُدَىٰ لَنْ يَضُرُّوا اللَّهَ شَيْئًا وَسَيُحْبِطُ أَعْمَالَهُمْ [47:32]

३२) निःसन्देह जुन मान्छेहरूले कुफ्र गरे र अल्लाहको मार्गबाट मान्छेहरूलाई रोके र रसूलहरूको विरोध गरे, जबकि उनीहरूमाथि सत्य स्पष्ट भइसकेको थियो उनी कहिल्यै पनि अल्लाहको केही बिगार गर्नसक्ने छैनन् । र शीघ्र उनीहरूका कर्मलाई नष्ट गरिदिनेछ ।

### الآية 47:33

> ﻿۞ يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ وَلَا تُبْطِلُوا أَعْمَالَكُمْ [47:33]

३३) हे ईमानवालाहरू ! अल्लाहको आज्ञापालन गर, र रसूलले भनेको मान र आफ्ना कर्महरूलाई नष्ट नपार ।

### الآية 47:34

> ﻿إِنَّ الَّذِينَ كَفَرُوا وَصَدُّوا عَنْ سَبِيلِ اللَّهِ ثُمَّ مَاتُوا وَهُمْ كُفَّارٌ فَلَنْ يَغْفِرَ اللَّهُ لَهُمْ [47:34]

३४) निश्चय नै जसले इन्कार गरे र अल्लाहको मार्गबाट अरुलाई रोके र फेरि कुफ्र गरेको अवस्थामा मरिहाले, विश्वास गर उनीहरूलाई अल्लाहले कहिल्यै क्षमा गर्नेछैन ।

### الآية 47:35

> ﻿فَلَا تَهِنُوا وَتَدْعُوا إِلَى السَّلْمِ وَأَنْتُمُ الْأَعْلَوْنَ وَاللَّهُ مَعَكُمْ وَلَنْ يَتِرَكُمْ أَعْمَالَكُمْ [47:35]

३५) अतः यस्तो नहोस् कि तिमीले हिम्मत हारेर सम्झौताको निमन्त्रणा गर्न थाल, जबकि तिमी नै उच्च र प्रभावी छौ । र अल्लाह तिम्रो साथमा छ, र यो असम्भव छ कि उसले तिम्रो कर्मलाई व्यर्थ गरोस् ।

### الآية 47:36

> ﻿إِنَّمَا الْحَيَاةُ الدُّنْيَا لَعِبٌ وَلَهْوٌ ۚ وَإِنْ تُؤْمِنُوا وَتَتَّقُوا يُؤْتِكُمْ أُجُورَكُمْ وَلَا يَسْأَلْكُمْ أَمْوَالَكُمْ [47:36]

३६) वास्तवमा यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । र यदि तिमी ईमान ल्याउँछौ र संयम अपनाउँछौ भने अल्लाहले तिमीलाई प्रतिफल दिनेछ । र उसले तिमीसँग तिम्रो धन माँग्दैन ।

### الآية 47:37

> ﻿إِنْ يَسْأَلْكُمُوهَا فَيُحْفِكُمْ تَبْخَلُوا وَيُخْرِجْ أَضْغَانَكُمْ [47:37]

३७) यदि उसले तिमीसँग तिम्रो धन माँग्छ र बलपूर्वक माँग्छ भने तिमी ऊसँग कञ्जूसी गर्नेछौ, र त्यो तिम्रो छलछाम प्रकट गरिदिनेछ ।

### الآية 47:38

> ﻿هَا أَنْتُمْ هَٰؤُلَاءِ تُدْعَوْنَ لِتُنْفِقُوا فِي سَبِيلِ اللَّهِ فَمِنْكُمْ مَنْ يَبْخَلُ ۖ وَمَنْ يَبْخَلْ فَإِنَّمَا يَبْخَلُ عَنْ نَفْسِهِ ۚ وَاللَّهُ الْغَنِيُّ وَأَنْتُمُ الْفُقَرَاءُ ۚ وَإِنْ تَتَوَلَّوْا يَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ ثُمَّ لَا يَكُونُوا أَمْثَالَكُمْ [47:38]

३८) सावधान ! तिमी ती मान्छे हौ कि अल्लाहको मार्गमा खर्च गर्नका लागि बोलाइन्छौ त तिमीहरूमध्येबाट केही कञ्जूसी गर्न थाल्छन् र जसले कञ्जूस्याइँ गर्दछ उसले त वास्तवमा आफ्नो ज्यानसँग कञ्जूस्याइँ गर्दछ । अल्लाह त दाता छ तिमी भिखारी, र यदि तिमी मुख फर्काइहाल त त्यो तिम्रो सट्टा अर्को कौमलाई ल्याइदिनेछ । जो फेरि तिमी जस्ता हुँदैनन् ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/47.md)
- [كل تفاسير سورة محمد
](https://quranpedia.net/surah-tafsir/47.md)
- [ترجمات سورة محمد
](https://quranpedia.net/translations/47.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/47/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
