---
title: "ترجمة سورة القمر - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/54/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/54/book/1996"
surah_id: "54"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة القمر - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/54/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة القمر - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/54/book/1996*.

Translation of Surah القمر from "الترجمة النيبالية" in النيبالية.

### الآية 54:1

> اقْتَرَبَتِ السَّاعَةُ وَانْشَقَّ الْقَمَرُ [54:1]

१) कयामत नजिक आइपुग्यो र चन्द्र च्यातीयो ।

### الآية 54:2

> ﻿وَإِنْ يَرَوْا آيَةً يُعْرِضُوا وَيَقُولُوا سِحْرٌ مُسْتَمِرٌّ [54:2]

२) र यदि काफिरहरूले कुनै चमत्कार देख्दछन् भने मुख फर्काइहाल्छन् र भन्छन् कि यो पहिलादेखि चलिआइरहेको एउटा जादू हो ।

### الآية 54:3

> ﻿وَكَذَّبُوا وَاتَّبَعُوا أَهْوَاءَهُمْ ۚ وَكُلُّ أَمْرٍ مُسْتَقِرٌّ [54:3]

३) उनीहरूले असत्य ठहराए, र आफ्ना इच्छाहरू अनुसार गरे । र प्रत्येक कामको समय निर्धारित छ ।

### الآية 54:4

> ﻿وَلَقَدْ جَاءَهُمْ مِنَ الْأَنْبَاءِ مَا فِيهِ مُزْدَجَرٌ [54:4]

४) र निश्चितरूपले उनीहरूछेउ (अतीतका) यस्ता सूचनाहरू पुगिसकेका छन्, जसमा हप्कीदप्की र नसीहतको कुरा छ ।

### الآية 54:5

> ﻿حِكْمَةٌ بَالِغَةٌ ۖ فَمَا تُغْنِ النُّذُرُ [54:5]

५) अतः पूर्ण बुद्धिमत्ताको कुरा पनि छ, किन्तु चेतावनीहरू उनीहरूको कुनै काम आइरहेको छैन ।

### الآية 54:6

> ﻿فَتَوَلَّ عَنْهُمْ ۘ يَوْمَ يَدْعُ الدَّاعِ إِلَىٰ شَيْءٍ نُكُرٍ [54:6]

६) अतः हे नबी तपाई उनीहरूबाट विमुख भइहाल्नुस्, जुन दिन पुकार्नेवाला एक अत्यन्त अप्रिय कुरातिर बोलाउने छ ।

### الآية 54:7

> ﻿خُشَّعًا أَبْصَارُهُمْ يَخْرُجُونَ مِنَ الْأَجْدَاثِ كَأَنَّهُمْ جَرَادٌ مُنْتَشِرٌ [54:7]

७) तब उनीहरू झुकेका आफ्ना आँखाहरूका साथ, चिहानबाट यसरी निस्किरहेका हुन्छन्, जस्तोकि उनीहरू छरिएका सलहहरू हुन् ।

### الآية 54:8

> ﻿مُهْطِعِينَ إِلَى الدَّاعِ ۖ يَقُولُ الْكَافِرُونَ هَٰذَا يَوْمٌ عَسِرٌ [54:8]

८) त्यस बोलाउनेवालातिर दगुर्दै गइराखेका हुनेछन् । इन्कार गर्नेहरू भन्ने छन् कि यो दिन बडो कठिन छ ।

### الآية 54:9

> ﻿۞ كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوحٍ فَكَذَّبُوا عَبْدَنَا وَقَالُوا مَجْنُونٌ وَازْدُجِرَ [54:9]

९) यिनीहरूभन्दा पहिला ‘’नूहको’’ जातिबन्धुले पनि हाम्रो भक्तलाई असत्य ठहराएका थिए । र बौलाहा भनेर हप्काएका थिए ।

### الآية 54:10

> ﻿فَدَعَا رَبَّهُ أَنِّي مَغْلُوبٌ فَانْتَصِرْ [54:10]

१०) तब उनले आफ्नो पालनकर्तासँग प्रार्थना गरे कि म विवश छु, तसर्थ मेरो मद्दत गर ।

### الآية 54:11

> ﻿فَفَتَحْنَا أَبْوَابَ السَّمَاءِ بِمَاءٍ مُنْهَمِرٍ [54:11]

११) तब हामीले मुसलधारे पानीको वर्षाबाट आकाशको मुहान खोलिदियौं ।

### الآية 54:12

> ﻿وَفَجَّرْنَا الْأَرْضَ عُيُونًا فَالْتَقَى الْمَاءُ عَلَىٰ أَمْرٍ قَدْ قُدِرَ [54:12]

१२) र धरतीमा पानीका मूलहरू प्रवाहित गरिदियौं र सारा पानी त्यस कामको निम्ति एकत्रित भइहाल्यो जुन निर्धारित भैसकेको थियो ।

### الآية 54:13

> ﻿وَحَمَلْنَاهُ عَلَىٰ ذَاتِ أَلْوَاحٍ وَدُسُرٍ [54:13]

१३) र हामीले ‘‘नूहलाई’’ एउटा डुङ्गामा जो तख्ता र किल्लाहरूबाट तयार गरिएको थियो, सवार गराइहाल्यौं ।

### الآية 54:14

> ﻿تَجْرِي بِأَعْيُنِنَا جَزَاءً لِمَنْ كَانَ كُفِرَ [54:14]

१४) त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो ।

### الآية 54:15

> ﻿وَلَقَدْ تَرَكْنَاهَا آيَةً فَهَلْ مِنْ مُدَّكِرٍ [54:15]

१५) र हामीले यस घटनालाई एउटा निशानी बनाएर बाँकी राख्यौं, त कोही छ जसले उपदेश हासिल (प्राप्त) गरोस् ।

### الآية 54:16

> ﻿فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ [54:16]

१६) भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो ?

### الآية 54:17

> ﻿وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِنْ مُدَّكِرٍ [54:17]

१७) र हामीले कुरआनलाई बुझ्नको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश हासिल गरोस् ?

### الآية 54:18

> ﻿كَذَّبَتْ عَادٌ فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ [54:18]

१८) ‘‘आदको समुदायले’’ पनि झूठा ठहराए तर मेरो यातना र मेरो डरको कुरा कस्तो रह्यो ?

### الآية 54:19

> ﻿إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ رِيحًا صَرْصَرًا فِي يَوْمِ نَحْسٍ مُسْتَمِرٍّ [54:19]

१९) हामीले उनीहरूतिर एउटा अशुभ दिनमा निरन्तर तेज बग्ने प्रचण्ड आँधी (हूरी) चलायौं ।

### الآية 54:20

> ﻿تَنْزِعُ النَّاسَ كَأَنَّهُمْ أَعْجَازُ نَخْلٍ مُنْقَعِرٍ [54:20]

२०) त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो ।

### الآية 54:21

> ﻿فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ [54:21]

२१) त मेरो यातना र तर्साइ कस्तो रह्यो ?

### الآية 54:22

> ﻿وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِنْ مُدَّكِرٍ [54:22]

२२) निश्चितरूपले हामीले कुरआनलाई उपदेशको लागि सजिलो पारिदिएका छौँ, त कोही छ जसले उपदेश लिइहालोस् ?

### الآية 54:23

> ﻿كَذَّبَتْ ثَمُودُ بِالنُّذُرِ [54:23]

२३) ‘‘समूदको समुदायले’’ पनि चेतावनी दिनेवालाहरूलाई असत्य ठहराए ।

### الآية 54:24

> ﻿فَقَالُوا أَبَشَرًا مِنَّا وَاحِدًا نَتَّبِعُهُ إِنَّا إِذًا لَفِي ضَلَالٍ وَسُعُرٍ [54:24]

२४) र भने कि के हामीले हामीहरूमध्येकै एउटा मान्छेको अनुशरण गरौँ ? त्यस्तो भएत हामी निश्चितरूपले मार्गविचलन र बौलाहापनमा परिहाल्ने छौं ।

### الآية 54:25

> ﻿أَأُلْقِيَ الذِّكْرُ عَلَيْهِ مِنْ بَيْنِنَا بَلْ هُوَ كَذَّابٌ أَشِرٌ [54:25]

२५) के हामी सबैमध्ये उसैमाथि वह्य (अल्लाहको वाणी) अवतरित भएको हो ? होइन बरु त्यो अत्यन्त झूठा, आत्मप्रशंसक हो ।

### الآية 54:26

> ﻿سَيَعْلَمُونَ غَدًا مَنِ الْكَذَّابُ الْأَشِرُ [54:26]

२६) उनी सबैलाई अब चाडै थाहा भैहाल्नेछ कि को झूठा र आत्मप्रशंसक थियो ।

### الآية 54:27

> ﻿إِنَّا مُرْسِلُو النَّاقَةِ فِتْنَةً لَهُمْ فَارْتَقِبْهُمْ وَاصْطَبِرْ [54:27]

२७) निःसन्देह हामीले उनको परीक्षाको निम्ति उँटनी पठाउने छौं, तसर्थ (हे सालेह) तिमी उनको प्रतीक्षा र धैर्य गर ।

### الآية 54:28

> ﻿وَنَبِّئْهُمْ أَنَّ الْمَاءَ قِسْمَةٌ بَيْنَهُمْ ۖ كُلُّ شِرْبٍ مُحْتَضَرٌ [54:28]

२८) हो उनीहरूलाई सूचित गरिदेऊ कि पानी उनीहरूबीच बाँडी सकिएको छ । प्रत्येक व्यक्ति आफ्नो पालोमा आउनु पर्नेछ ।

### الآية 54:29

> ﻿فَنَادَوْا صَاحِبَهُمْ فَتَعَاطَىٰ فَعَقَرَ [54:29]

२९) उनीहरूले आफ्नो साथीलाई डाँके, जसले (उँटनीमाथि) प्रहार गर्यो र उसको घुँडाको पछाडिको नसा काटिदियो ।

### الآية 54:30

> ﻿فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ [54:30]

३०) तसर्थ मेरो यातना र तर्साइ कस्तो रह्यो?

### الآية 54:31

> ﻿إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ صَيْحَةً وَاحِدَةً فَكَانُوا كَهَشِيمِ الْمُحْتَظِرِ [54:31]

३१) हामी उनीहरूमाथि एउटा चित्कार (विष्फोट) पठायौँ, अनि उनीहरू यस्तो भैहाले जस्तो खेतीको आली बनाउँदा मडारिएको घाँसहरू ।

### الآية 54:32

> ﻿وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِنْ مُدَّكِرٍ [54:32]

३२) र हामीले कुरआनलाई उपदेशको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश लिइहालोस् ?

### الآية 54:33

> ﻿كَذَّبَتْ قَوْمُ لُوطٍ بِالنُّذُرِ [54:33]

३३) ‘‘लूतको’’ कौम (जातिबन्धु) ले पनि डराउनेहरूलाई झूठा भने ।

### الآية 54:34

> ﻿إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ حَاصِبًا إِلَّا آلَ لُوطٍ ۖ نَجَّيْنَاهُمْ بِسَحَرٍ [54:34]

३४) तब हामीले उनीहरूमाथि गिट्टीले भरिएको हावा चलायौं, तर ‘‘लूतका’’ परिवार बाहेक तिनीहरूलाई हामीले प्रातःकाल नै बचाइहाल्यौं ।

### الآية 54:35

> ﻿نِعْمَةً مِنْ عِنْدِنَا ۚ كَذَٰلِكَ نَجْزِي مَنْ شَكَرَ [54:35]

३५) हामी यस्तै प्रकारले त्यस व्यक्तिलाई आफ्नो अनुकम्पाबाट प्रतिफल दिन्छौं जसले कृतज्ञता देखाउँछ ।

### الآية 54:36

> ﻿وَلَقَدْ أَنْذَرَهُمْ بَطْشَتَنَا فَتَمَارَوْا بِالنُّذُرِ [54:36]

३६) र (लूतले) उनीहरूलाई हाम्रो पकडबाट डराएका पनि थिए तर तिनीहरूले त्यसमा शंका गर्दैरहे ।

### الآية 54:37

> ﻿وَلَقَدْ رَاوَدُوهُ عَنْ ضَيْفِهِ فَطَمَسْنَا أَعْيُنَهُمْ فَذُوقُوا عَذَابِي وَنُذُرِ [54:37]

३७) उनीहरूले लूत (अलैहिस्सलाम)लाई फकाएर उसको पासबाट उसको अतिथिहरूलाई बोलाउन चाहे, तब हामीले उनको आँखालाई अन्धा बनाइदियौं, तसर्थ (अब) मेरो यातना र मेरो डरको स्वाद चाख ।

### الآية 54:38

> ﻿وَلَقَدْ صَبَّحَهُمْ بُكْرَةً عَذَابٌ مُسْتَقِرٌّ [54:38]

३८) र सत्य कुरो छ उनीलाई बिहानै एउटा अटल निर्धारित यातनाले नष्ट गरिदियो ।

### الآية 54:39

> ﻿فَذُوقُوا عَذَابِي وَنُذُرِ [54:39]

३९) त अब मेरो सजाय र मेरो डरको स्वाद चाख ।

### الآية 54:40

> ﻿وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِنْ مُدَّكِرٍ [54:40]

४०) र हामीले कुरआनलाई उपदेशको निम्ति सरल बनाइदिएका छौं त कोही छ जसले शिक्षा प्राप्त गरोस् ।

### الآية 54:41

> ﻿وَلَقَدْ جَاءَ آلَ فِرْعَوْنَ النُّذُرُ [54:41]

४१) र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।

### الآية 54:42

> ﻿كَذَّبُوا بِآيَاتِنَا كُلِّهَا فَأَخَذْنَاهُمْ أَخْذَ عَزِيزٍ مُقْتَدِرٍ [54:42]

४२) उनीहरूले हाम्रा सबै निशानीहरूलाई असत्य ठहराए । अन्ततः हामीले उनीहरूलाई समातिहाल्यौं, जुन प्रकारले एउटा जबरजस्त अधिपत्यशालीले समात्छ ।

### الآية 54:43

> ﻿أَكُفَّارُكُمْ خَيْرٌ مِنْ أُولَٰئِكُمْ أَمْ لَكُمْ بَرَاءَةٌ فِي الزُّبُرِ [54:43]

४३) (हे कुरैशीहरू) के तिम्रा काफिरहरू ती काफिरहरूभन्दा राम्रा छन् ? वा पहिलाका ग्रन्थहरूमा (तिम्रो निम्ति कुनै) छुट्कारा लेखिएको छ ?

### الآية 54:44

> ﻿أَمْ يَقُولُونَ نَحْنُ جَمِيعٌ مُنْتَصِرٌ [54:44]

४४) के यिनीहरू भन्छन्ः कि हाम्रो जत्था विजय हुनेवाला बडो बलियो छ ?

### الآية 54:45

> ﻿سَيُهْزَمُ الْجَمْعُ وَيُوَلُّونَ الدُّبُرَ [54:45]

४५) शीघ्र नै यो जत्था पराजित हुनेछ र यिनीहरू पिठ्युँ फर्काई भागिहाल्नेछन् ।

### الآية 54:46

> ﻿بَلِ السَّاعَةُ مَوْعِدُهُمْ وَالسَّاعَةُ أَدْهَىٰ وَأَمَرُّ [54:46]

४६) उनीहरूसंगको वचन अनुसार कयामतको समय (आउने) छ र कयामत (प्रलय) बडो गाह्रो र बहुत कठोर कुरा हो ।

### الآية 54:47

> ﻿إِنَّ الْمُجْرِمِينَ فِي ضَلَالٍ وَسُعُرٍ [54:47]

४७) निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।

### الآية 54:48

> ﻿يَوْمَ يُسْحَبُونَ فِي النَّارِ عَلَىٰ وُجُوهِهِمْ ذُوقُوا مَسَّ سَقَرَ [54:48]

४८) जुनदिन उनीहरूलाई मुख तल पारेर नर्कको आगोमा घिसारिनेछ । (र उनीहरूसंग भनिनेछ) अब, आगोको स्वाद चाख ।

### الآية 54:49

> ﻿إِنَّا كُلَّ شَيْءٍ خَلَقْنَاهُ بِقَدَرٍ [54:49]

४९) निश्चय नै हामीले हरेक कुरालाई निर्धारित नाप र अनुमानमा सृष्टि गरेका छौं ।

### الآية 54:50

> ﻿وَمَا أَمْرُنَا إِلَّا وَاحِدَةٌ كَلَمْحٍ بِالْبَصَرِ [54:50]

५०) र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।

### الآية 54:51

> ﻿وَلَقَدْ أَهْلَكْنَا أَشْيَاعَكُمْ فَهَلْ مِنْ مُدَّكِرٍ [54:51]

५१) र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।

### الآية 54:52

> ﻿وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ [54:52]

५२) र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।

### الآية 54:53

> ﻿وَكُلُّ صَغِيرٍ وَكَبِيرٍ مُسْتَطَرٌ [54:53]

५३) (अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।

### الآية 54:54

> ﻿إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَنَهَرٍ [54:54]

५४) निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।

### الآية 54:55

> ﻿فِي مَقْعَدِ صِدْقٍ عِنْدَ مَلِيكٍ مُقْتَدِرٍ [54:55]

५५) (अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/54.md)
- [كل تفاسير سورة القمر
](https://quranpedia.net/surah-tafsir/54.md)
- [ترجمات سورة القمر
](https://quranpedia.net/translations/54.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/54/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
