---
title: "ترجمة سورة الرحمن - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/55/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/55/book/1996"
surah_id: "55"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الرحمن - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/55/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الرحمن - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/55/book/1996*.

Translation of Surah الرحمن from "الترجمة النيبالية" in النيبالية.

### الآية 55:1

> الرَّحْمَٰنُ [55:1]

१) रहमान (अल्लाह) ले,

### الآية 55:2

> ﻿عَلَّمَ الْقُرْآنَ [55:2]

२) कुरआन सिकायो ।

### الآية 55:3

> ﻿خَلَقَ الْإِنْسَانَ [55:3]

३) उसैले मानिसहरूलाई सृष्टि गर्यो,

### الآية 55:4

> ﻿عَلَّمَهُ الْبَيَانَ [55:4]

४) र उसलाई बोल्न सिकायो ।

### الآية 55:5

> ﻿الشَّمْسُ وَالْقَمَرُ بِحُسْبَانٍ [55:5]

५) सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्,

### الآية 55:6

> ﻿وَالنَّجْمُ وَالشَّجَرُ يَسْجُدَانِ [55:6]

६) र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।

### الآية 55:7

> ﻿وَالسَّمَاءَ رَفَعَهَا وَوَضَعَ الْمِيزَانَ [55:7]

७) र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।

### الآية 55:8

> ﻿أَلَّا تَطْغَوْا فِي الْمِيزَانِ [55:8]

८) ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।

### الآية 55:9

> ﻿وَأَقِيمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِيزَانَ [55:9]

९) न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।

### الآية 55:10

> ﻿وَالْأَرْضَ وَضَعَهَا لِلْأَنَامِ [55:10]

१०) र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।

### الآية 55:11

> ﻿فِيهَا فَاكِهَةٌ وَالنَّخْلُ ذَاتُ الْأَكْمَامِ [55:11]

११) त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।

### الآية 55:12

> ﻿وَالْحَبُّ ذُو الْعَصْفِ وَالرَّيْحَانُ [55:12]

१२) र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।

### الآية 55:13

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:13]

१३) तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ ?

### الآية 55:14

> ﻿خَلَقَ الْإِنْسَانَ مِنْ صَلْصَالٍ كَالْفَخَّارِ [55:14]

१४) उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।

### الآية 55:15

> ﻿وَخَلَقَ الْجَانَّ مِنْ مَارِجٍ مِنْ نَارٍ [55:15]

१५) र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।

### الآية 55:16

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:16]

१६) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।

### الآية 55:17

> ﻿رَبُّ الْمَشْرِقَيْنِ وَرَبُّ الْمَغْرِبَيْنِ [55:17]

१७) ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि ।

### الآية 55:18

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:18]

१८) अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ ?

### الآية 55:19

> ﻿مَرَجَ الْبَحْرَيْنِ يَلْتَقِيَانِ [55:19]

१९) उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।

### الآية 55:20

> ﻿بَيْنَهُمَا بَرْزَخٌ لَا يَبْغِيَانِ [55:20]

२०) ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।

### الآية 55:21

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:21]

२१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:22

> ﻿يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ [55:22]

२२) ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।

### الآية 55:23

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:23]

२३) अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं ?

### الآية 55:24

> ﻿وَلَهُ الْجَوَارِ الْمُنْشَآتُ فِي الْبَحْرِ كَالْأَعْلَامِ [55:24]

२४) र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।

### الآية 55:25

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:25]

२५) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:26

> ﻿كُلُّ مَنْ عَلَيْهَا فَانٍ [55:26]

२६) प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।

### الآية 55:27

> ﻿وَيَبْقَىٰ وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ [55:27]

२७) तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ ।

### الآية 55:28

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:28]

२८) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:29

> ﻿يَسْأَلُهُ مَنْ فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۚ كُلَّ يَوْمٍ هُوَ فِي شَأْنٍ [55:29]

२९) आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ ।

### الآية 55:30

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:30]

३०) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:31

> ﻿سَنَفْرُغُ لَكُمْ أَيُّهَ الثَّقَلَانِ [55:31]

३१) हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं ।

### الآية 55:32

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:32]

३२) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:33

> ﻿يَا مَعْشَرَ الْجِنِّ وَالْإِنْسِ إِنِ اسْتَطَعْتُمْ أَنْ تَنْفُذُوا مِنْ أَقْطَارِ السَّمَاوَاتِ وَالْأَرْضِ فَانْفُذُوا ۚ لَا تَنْفُذُونَ إِلَّا بِسُلْطَانٍ [55:33]

३३) हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं ।

### الآية 55:34

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:34]

३४) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:35

> ﻿يُرْسَلُ عَلَيْكُمَا شُوَاظٌ مِنْ نَارٍ وَنُحَاسٌ فَلَا تَنْتَصِرَانِ [55:35]

३५) तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ ।

### الآية 55:36

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:36]

३६) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?

### الآية 55:37

> ﻿فَإِذَا انْشَقَّتِ السَّمَاءُ فَكَانَتْ وَرْدَةً كَالدِّهَانِ [55:37]

३७) अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ ।

### الآية 55:38

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:38]

३८) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:39

> ﻿فَيَوْمَئِذٍ لَا يُسْأَلُ عَنْ ذَنْبِهِ إِنْسٌ وَلَا جَانٌّ [55:39]

३९) अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।

### الآية 55:40

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:40]

४०) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:41

> ﻿يُعْرَفُ الْمُجْرِمُونَ بِسِيمَاهُمْ فَيُؤْخَذُ بِالنَّوَاصِي وَالْأَقْدَامِ [55:41]

४१) गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।

### الآية 55:42

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:42]

४२) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:43

> ﻿هَٰذِهِ جَهَنَّمُ الَّتِي يُكَذِّبُ بِهَا الْمُجْرِمُونَ [55:43]

४३) यही त्यो जहन्नम हो, जसलाई गुनाहगारहरूले असत्य भन्दथे ।

### الآية 55:44

> ﻿يَطُوفُونَ بَيْنَهَا وَبَيْنَ حَمِيمٍ آنٍ [55:44]

४४) उनीहरू यसको र उम्लिराखकेको तातो पानीको बीचमा चक्कर लगाइरहनेछन् ।

### الآية 55:45

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:45]

४५) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ।

### الآية 55:46

> ﻿وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ [55:46]

४६) र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।

### الآية 55:47

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:47]

४७) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?

### الآية 55:48

> ﻿ذَوَاتَا أَفْنَانٍ [55:48]

४८) ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।

### الآية 55:49

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:49]

४९) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?

### الآية 55:50

> ﻿فِيهِمَا عَيْنَانِ تَجْرِيَانِ [55:50]

५०) यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।

### الآية 55:51

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:51]

५१) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ?

### الآية 55:52

> ﻿فِيهِمَا مِنْ كُلِّ فَاكِهَةٍ زَوْجَانِ [55:52]

५२) ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।

### الآية 55:53

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:53]

५३) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:54

> ﻿مُتَّكِئِينَ عَلَىٰ فُرُشٍ بَطَائِنُهَا مِنْ إِسْتَبْرَقٍ ۚ وَجَنَى الْجَنَّتَيْنِ دَانٍ [55:54]

५४) स्वर्गमा रहनेहरू यस्ता ओछ्यानमा तकिया लगाएर बसेका हुनेछन्, जसको अस्तर बाक्लो रेशमका हुनेछन्, र दुवै बगैंचाका फलहरू नजिकै हुनेछन् ।

### الآية 55:55

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:55]

५५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?

### الآية 55:56

> ﻿فِيهِنَّ قَاصِرَاتُ الطَّرْفِ لَمْ يَطْمِثْهُنَّ إِنْسٌ قَبْلَهُمْ وَلَا جَانٌّ [55:56]

५६) त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।

### الآية 55:57

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:57]

५७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:58

> ﻿كَأَنَّهُنَّ الْيَاقُوتُ وَالْمَرْجَانُ [55:58]

५८) ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।

### الآية 55:59

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:59]

५९) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:60

> ﻿هَلْ جَزَاءُ الْإِحْسَانِ إِلَّا الْإِحْسَانُ [55:60]

६०) भलाईको बदला भलाई बाहेक अरु के हुनेछ ?

### الآية 55:61

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:61]

६१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?

### الآية 55:62

> ﻿وَمِنْ دُونِهِمَا جَنَّتَانِ [55:62]

६२) र यी बगैंचाहरू बाहेक दुईवटा अरु बगैंचाहरू छन् ।

### الآية 55:63

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:63]

६३) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?

### الآية 55:64

> ﻿مُدْهَامَّتَانِ [55:64]

६४) दुवै निकै गाढा हरिया छन् ।

### الآية 55:65

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:65]

६५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ ?

### الآية 55:66

> ﻿فِيهِمَا عَيْنَانِ نَضَّاخَتَانِ [55:66]

६६) ती दुवै बगैंचाहरूमा दुईवटा बग्ने झरनाहरू प्रवाहित भइराखेका छन् ।

### الآية 55:67

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:67]

६७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:68

> ﻿فِيهِمَا فَاكِهَةٌ وَنَخْلٌ وَرُمَّانٌ [55:68]

६८) यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।

### الآية 55:69

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:69]

६९) अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:70

> ﻿فِيهِنَّ خَيْرَاتٌ حِسَانٌ [55:70]

७०) यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।

### الآية 55:71

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:71]

७१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:72

> ﻿حُورٌ مَقْصُورَاتٌ فِي الْخِيَامِ [55:72]

७२) गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।

### الآية 55:73

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:73]

७३) त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:74

> ﻿لَمْ يَطْمِثْهُنَّ إِنْسٌ قَبْلَهُمْ وَلَا جَانٌّ [55:74]

७४) जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।

### الآية 55:75

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:75]

७५) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:76

> ﻿مُتَّكِئِينَ عَلَىٰ رَفْرَفٍ خُضْرٍ وَعَبْقَرِيٍّ حِسَانٍ [55:76]

७६) उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।

### الآية 55:77

> ﻿فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ [55:77]

७७) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ?

### الآية 55:78

> ﻿تَبَارَكَ اسْمُ رَبِّكَ ذِي الْجَلَالِ وَالْإِكْرَامِ [55:78]

७८) ठूलै बरकतवाला नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/55.md)
- [كل تفاسير سورة الرحمن
](https://quranpedia.net/surah-tafsir/55.md)
- [ترجمات سورة الرحمن
](https://quranpedia.net/translations/55.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/55/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
