---
title: "ترجمة سورة الواقعة - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/56/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/56/book/1996"
surah_id: "56"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الواقعة - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/56/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الواقعة - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/56/book/1996*.

Translation of Surah الواقعة from "الترجمة النيبالية" in النيبالية.

### الآية 56:1

> إِذَا وَقَعَتِ الْوَاقِعَةُ [56:1]

१) जब कयामत घटित भइहाल्ने छ ।

### الآية 56:2

> ﻿لَيْسَ لِوَقْعَتِهَا كَاذِبَةٌ [56:2]

२) त्यसको घटित हुने कुरामा केही असत्य छैन ।

### الآية 56:3

> ﻿خَافِضَةٌ رَافِعَةٌ [56:3]

३) कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।

### الآية 56:4

> ﻿إِذَا رُجَّتِ الْأَرْضُ رَجًّا [56:4]

४) जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।

### الآية 56:5

> ﻿وَبُسَّتِ الْجِبَالُ بَسًّا [56:5]

५) र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।

### الآية 56:6

> ﻿فَكَانَتْ هَبَاءً مُنْبَثًّا [56:6]

६) अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।

### الآية 56:7

> ﻿وَكُنْتُمْ أَزْوَاجًا ثَلَاثَةً [56:7]

७) र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।

### الآية 56:8

> ﻿فَأَصْحَابُ الْمَيْمَنَةِ مَا أَصْحَابُ الْمَيْمَنَةِ [56:8]

८) त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।

### الآية 56:9

> ﻿وَأَصْحَابُ الْمَشْأَمَةِ مَا أَصْحَابُ الْمَشْأَمَةِ [56:9]

९) र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।

### الآية 56:10

> ﻿وَالسَّابِقُونَ السَّابِقُونَ [56:10]

१०) र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।

### الآية 56:11

> ﻿أُولَٰئِكَ الْمُقَرَّبُونَ [56:11]

११) तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।

### الآية 56:12

> ﻿فِي جَنَّاتِ النَّعِيمِ [56:12]

१२) अनुकम्पाले भरिएको जन्नतमा छन् ।

### الآية 56:13

> ﻿ثُلَّةٌ مِنَ الْأَوَّلِينَ [56:13]

१३) धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।

### الآية 56:14

> ﻿وَقَلِيلٌ مِنَ الْآخِرِينَ [56:14]

१४) र थोरै पछिकाहरूमध्येबाट ।

### الآية 56:15

> ﻿عَلَىٰ سُرُرٍ مَوْضُونَةٍ [56:15]

१५) यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।

### الآية 56:16

> ﻿مُتَّكِئِينَ عَلَيْهَا مُتَقَابِلِينَ [56:16]

१६) एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।

### الآية 56:17

> ﻿يَطُوفُ عَلَيْهِمْ وِلْدَانٌ مُخَلَّدُونَ [56:17]

१७) उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।

### الآية 56:18

> ﻿بِأَكْوَابٍ وَأَبَارِيقَ وَكَأْسٍ مِنْ مَعِينٍ [56:18]

१८) अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।

### الآية 56:19

> ﻿لَا يُصَدَّعُونَ عَنْهَا وَلَا يُنْزِفُونَ [56:19]

१९) जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।

### الآية 56:20

> ﻿وَفَاكِهَةٍ مِمَّا يَتَخَيَّرُونَ [56:20]

२०) र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।

### الآية 56:21

> ﻿وَلَحْمِ طَيْرٍ مِمَّا يَشْتَهُونَ [56:21]

२१) र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।

### الآية 56:22

> ﻿وَحُورٌ عِينٌ [56:22]

२२) र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू,

### الآية 56:23

> ﻿كَأَمْثَالِ اللُّؤْلُؤِ الْمَكْنُونِ [56:23]

२३) जो लुकेको मोती जस्ती हुनेछिन् ।

### الآية 56:24

> ﻿جَزَاءً بِمَا كَانُوا يَعْمَلُونَ [56:24]

२४) यो उनीहरूको कर्मको प्रतिफल हो ।

### الآية 56:25

> ﻿لَا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا تَأْثِيمًا [56:25]

२५) त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।

### الآية 56:26

> ﻿إِلَّا قِيلًا سَلَامًا سَلَامًا [56:26]

२६) उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।

### الآية 56:27

> ﻿وَأَصْحَابُ الْيَمِينِ مَا أَصْحَابُ الْيَمِينِ [56:27]

२७) र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।

### الآية 56:28

> ﻿فِي سِدْرٍ مَخْضُودٍ [56:28]

२८) उनी काँडा नभएका बयरहरू,

### الآية 56:29

> ﻿وَطَلْحٍ مَنْضُودٍ [56:29]

२९) र गुच्छेदार केराहरू,

### الآية 56:30

> ﻿وَظِلٍّ مَمْدُودٍ [56:30]

३०) र परसम्म फैलिएका छाँयाहरू,

### الآية 56:31

> ﻿وَمَاءٍ مَسْكُوبٍ [56:31]

३१) र पानीका झरनाहरू,

### الآية 56:32

> ﻿وَفَاكِهَةٍ كَثِيرَةٍ [56:32]

३२) र प्रशस्त फलहरूमा (हुनेछन्),

### الآية 56:33

> ﻿لَا مَقْطُوعَةٍ وَلَا مَمْنُوعَةٍ [56:33]

३३) जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।

### الآية 56:34

> ﻿وَفُرُشٍ مَرْفُوعَةٍ [56:34]

३४) र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।

### الآية 56:35

> ﻿إِنَّا أَنْشَأْنَاهُنَّ إِنْشَاءً [56:35]

३५) हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।

### الآية 56:36

> ﻿فَجَعَلْنَاهُنَّ أَبْكَارًا [56:36]

३६) अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।

### الآية 56:37

> ﻿عُرُبًا أَتْرَابًا [56:37]

३७) समान उमेरकी र मायालु ।

### الآية 56:38

> ﻿لِأَصْحَابِ الْيَمِينِ [56:38]

३८) दाहिने हातवालाहरूको निम्ति हुन् ।

### الآية 56:39

> ﻿ثُلَّةٌ مِنَ الْأَوَّلِينَ [56:39]

३९) यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।

### الآية 56:40

> ﻿وَثُلَّةٌ مِنَ الْآخِرِينَ [56:40]

४०) र पछिल्लामध्येका पनि धेरै हुनेछन्,

### الآية 56:41

> ﻿وَأَصْحَابُ الشِّمَالِ مَا أَصْحَابُ الشِّمَالِ [56:41]

४१) र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।

### الآية 56:42

> ﻿فِي سَمُومٍ وَحَمِيمٍ [56:42]

४२) गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।

### الآية 56:43

> ﻿وَظِلٍّ مِنْ يَحْمُومٍ [56:43]

४३) र कालो धुवाँको छाँयामा,

### الآية 56:44

> ﻿لَا بَارِدٍ وَلَا كَرِيمٍ [56:44]

४४) जुन न चिसो छ न रुचाउने योग्य ।

### الآية 56:45

> ﻿إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ [56:45]

४५) निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।

### الآية 56:46

> ﻿وَكَانُوا يُصِرُّونَ عَلَى الْحِنْثِ الْعَظِيمِ [56:46]

४६) र ठूला–ठूला पापहरू गर्दै बसेका थिए,

### الآية 56:47

> ﻿وَكَانُوا يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ [56:47]

४७) र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं ?

### الآية 56:48

> ﻿أَوَآبَاؤُنَا الْأَوَّلُونَ [56:48]

४८) र के हाम्रा बाबु बाजे पनि ?

### الآية 56:49

> ﻿قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ [56:49]

४९) तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका,

### الآية 56:50

> ﻿لَمَجْمُوعُونَ إِلَىٰ مِيقَاتِ يَوْمٍ مَعْلُومٍ [56:50]

५०) सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।

### الآية 56:51

> ﻿ثُمَّ إِنَّكُمْ أَيُّهَا الضَّالُّونَ الْمُكَذِّبُونَ [56:51]

५१) अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू,

### الآية 56:52

> ﻿لَآكِلُونَ مِنْ شَجَرٍ مِنْ زَقُّومٍ [56:52]

५२) थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।

### الآية 56:53

> ﻿فَمَالِئُونَ مِنْهَا الْبُطُونَ [56:53]

५३) र यसैले पेट भर्ने छौ !

### الآية 56:54

> ﻿فَشَارِبُونَ عَلَيْهِ مِنَ الْحَمِيمِ [56:54]

५४) र यसमाथि उम्लिराखेको पानी पिउनेछौ !

### الآية 56:55

> ﻿فَشَارِبُونَ شُرْبَ الْهِيمِ [56:55]

५५) र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो !

### الآية 56:56

> ﻿هَٰذَا نُزُلُهُمْ يَوْمَ الدِّينِ [56:56]

५६) कयामतको दिन उनीहरूको सत्कार हो यो !

### الآية 56:57

> ﻿نَحْنُ خَلَقْنَاكُمْ فَلَوْلَا تُصَدِّقُونَ [56:57]

५७) हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ ?

### الآية 56:58

> ﻿أَفَرَأَيْتُمْ مَا تُمْنُونَ [56:58]

५८) हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ !

### الآية 56:59

> ﻿أَأَنْتُمْ تَخْلُقُونَهُ أَمْ نَحْنُ الْخَالِقُونَ [56:59]

५९) के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं !

### الآية 56:60

> ﻿نَحْنُ قَدَّرْنَا بَيْنَكُمُ الْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوقِينَ [56:60]

६०) हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।

### الآية 56:61

> ﻿عَلَىٰ أَنْ نُبَدِّلَ أَمْثَالَكُمْ وَنُنْشِئَكُمْ فِي مَا لَا تَعْلَمُونَ [56:61]

६१) कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।

### الآية 56:62

> ﻿وَلَقَدْ عَلِمْتُمُ النَّشْأَةَ الْأُولَىٰ فَلَوْلَا تَذَكَّرُونَ [56:62]

६२) तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ ?

### الآية 56:63

> ﻿أَفَرَأَيْتُمْ مَا تَحْرُثُونَ [56:63]

६३) अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ ?

### الآية 56:64

> ﻿أَأَنْتُمْ تَزْرَعُونَهُ أَمْ نَحْنُ الزَّارِعُونَ [56:64]

६४) के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं ?

### الآية 56:65

> ﻿لَوْ نَشَاءُ لَجَعَلْنَاهُ حُطَامًا فَظَلْتُمْ تَفَكَّهُونَ [56:65]

६५) यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।

### الآية 56:66

> ﻿إِنَّا لَمُغْرَمُونَ [56:66]

६६) (कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं,

### الآية 56:67

> ﻿بَلْ نَحْنُ مَحْرُومُونَ [56:67]

६७) बरु हामी बिल्कुलै वञ्चित रहयौं ।

### الآية 56:68

> ﻿أَفَرَأَيْتُمُ الْمَاءَ الَّذِي تَشْرَبُونَ [56:68]

६८) अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।

### الآية 56:69

> ﻿أَأَنْتُمْ أَنْزَلْتُمُوهُ مِنَ الْمُزْنِ أَمْ نَحْنُ الْمُنْزِلُونَ [56:69]

६९) उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं ?

### الآية 56:70

> ﻿لَوْ نَشَاءُ جَعَلْنَاهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ [56:70]

७०) यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ ?

### الآية 56:71

> ﻿أَفَرَأَيْتُمُ النَّارَ الَّتِي تُورُونَ [56:71]

७१) हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ,

### الآية 56:72

> ﻿أَأَنْتُمْ أَنْشَأْتُمْ شَجَرَتَهَا أَمْ نَحْنُ الْمُنْشِئُونَ [56:72]

७२) (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं ?

### الآية 56:73

> ﻿نَحْنُ جَعَلْنَاهَا تَذْكِرَةً وَمَتَاعًا لِلْمُقْوِينَ [56:73]

७३) हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।

### الآية 56:74

> ﻿فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ [56:74]

७४) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।

### الآية 56:75

> ﻿۞ فَلَا أُقْسِمُ بِمَوَاقِعِ النُّجُومِ [56:75]

७५) म खस्ने ताराहरूको कसम खान्छु ।

### الآية 56:76

> ﻿وَإِنَّهُ لَقَسَمٌ لَوْ تَعْلَمُونَ عَظِيمٌ [56:76]

७६) र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो,

### الآية 56:77

> ﻿إِنَّهُ لَقُرْآنٌ كَرِيمٌ [56:77]

७७) निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो,

### الآية 56:78

> ﻿فِي كِتَابٍ مَكْنُونٍ [56:78]

७८) जो एउटा सुरक्षित किताबमा अंकित छ ।

### الآية 56:79

> ﻿لَا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ [56:79]

७९) त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।

### الآية 56:80

> ﻿تَنْزِيلٌ مِنْ رَبِّ الْعَالَمِينَ [56:80]

८०) सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।

### الآية 56:81

> ﻿أَفَبِهَٰذَا الْحَدِيثِ أَنْتُمْ مُدْهِنُونَ [56:81]

८१) के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ ?

### الآية 56:82

> ﻿وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ [56:82]

८२) र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर ?

### الآية 56:83

> ﻿فَلَوْلَا إِذَا بَلَغَتِ الْحُلْقُومَ [56:83]

८३) अनि जब प्राण कण्ठमा आइपुग्दछ,

### الآية 56:84

> ﻿وَأَنْتُمْ حِينَئِذٍ تَنْظُرُونَ [56:84]

८४) र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ,

### الآية 56:85

> ﻿وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْكُمْ وَلَٰكِنْ لَا تُبْصِرُونَ [56:85]

८५) र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।

### الآية 56:86

> ﻿فَلَوْلَا إِنْ كُنْتُمْ غَيْرَ مَدِينِينَ [56:86]

८६) अतः यदि तिमी कसैको अधीनमा छैनौ ।

### الآية 56:87

> ﻿تَرْجِعُونَهَا إِنْ كُنْتُمْ صَادِقِينَ [56:87]

८७) र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ ?

### الآية 56:88

> ﻿فَأَمَّا إِنْ كَانَ مِنَ الْمُقَرَّبِينَ [56:88]

८८) अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।

### الآية 56:89

> ﻿فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ [56:89]

८९) भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।

### الآية 56:90

> ﻿وَأَمَّا إِنْ كَانَ مِنْ أَصْحَابِ الْيَمِينِ [56:90]

९०) र जो दाहिने हातावालामध्येको छ,

### الآية 56:91

> ﻿فَسَلَامٌ لَكَ مِنْ أَصْحَابِ الْيَمِينِ [56:91]

९१) तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।

### الآية 56:92

> ﻿وَأَمَّا إِنْ كَانَ مِنَ الْمُكَذِّبِينَ الضَّالِّينَ [56:92]

९२) तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ,

### الآية 56:93

> ﻿فَنُزُلٌ مِنْ حَمِيمٍ [56:93]

९३) त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ,

### الآية 56:94

> ﻿وَتَصْلِيَةُ جَحِيمٍ [56:94]

९४) र (फेरि) नर्कमा जानु छ ।

### الآية 56:95

> ﻿إِنَّ هَٰذَا لَهُوَ حَقُّ الْيَقِينِ [56:95]

९५) निःसन्देह यो (खबर) पूरै सत्य हो ।

### الآية 56:96

> ﻿فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ [56:96]

९६) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/56.md)
- [كل تفاسير سورة الواقعة
](https://quranpedia.net/surah-tafsir/56.md)
- [ترجمات سورة الواقعة
](https://quranpedia.net/translations/56.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/56/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
