---
title: "ترجمة سورة الممتحنة - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/60/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/60/book/1996"
surah_id: "60"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الممتحنة - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/60/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الممتحنة - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/60/book/1996*.

Translation of Surah الممتحنة from "الترجمة النيبالية" in النيبالية.

### الآية 60:1

> يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَتَّخِذُوا عَدُوِّي وَعَدُوَّكُمْ أَوْلِيَاءَ تُلْقُونَ إِلَيْهِمْ بِالْمَوَدَّةِ وَقَدْ كَفَرُوا بِمَا جَاءَكُمْ مِنَ الْحَقِّ يُخْرِجُونَ الرَّسُولَ وَإِيَّاكُمْ ۙ أَنْ تُؤْمِنُوا بِاللَّهِ رَبِّكُمْ إِنْ كُنْتُمْ خَرَجْتُمْ جِهَادًا فِي سَبِيلِي وَابْتِغَاءَ مَرْضَاتِي ۚ تُسِرُّونَ إِلَيْهِمْ بِالْمَوَدَّةِ وَأَنَا أَعْلَمُ بِمَا أَخْفَيْتُمْ وَمَا أَعْلَنْتُمْ ۚ وَمَنْ يَفْعَلْهُ مِنْكُمْ فَقَدْ ضَلَّ سَوَاءَ السَّبِيلِ [60:1]

१) हे मोमिनहरू ! मेरो र आफ्नो शत्रुहरूलाई आफ्नो मित्र नबनाऊ, तिमी त मित्रताबाट उनीहरूकहाँ सन्देश पठाउँछौ र तिनीहरू त्यस सत्यलाई जुन तिम्रो नजिक आइसकेको छ इन्कार गर्दछन्, पैगम्बर र तिमीलाई यसकारण मात्र निर्वासन गर्दछन् कि तिमी आफ्नो पालनकर्तामाथि ईमान राख्दछौ । यदि तिमी मेरो मार्गमा धर्मयुद्धको लागि र मेरो प्रसन्नताको खोजीमा निस्कन्छौ त तिमी उनीनिर मित्रताको सन्देश गोप्यरूपले पठाउँछौ र मलाई पूर्ण ज्ञात छ । जो तिमीले मबाट लुकाएका छौ र त्यो पनि जसलाई तिमी खुल्लारूपले गरेका हौ । तिमीहरूमध्ये जोकोही पनि यस्तो काम गर्नेछ । त्यो निःसन्देह सोझो मार्गबाट विचलित भइहाल्छ ।

### الآية 60:2

> ﻿إِنْ يَثْقَفُوكُمْ يَكُونُوا لَكُمْ أَعْدَاءً وَيَبْسُطُوا إِلَيْكُمْ أَيْدِيَهُمْ وَأَلْسِنَتَهُمْ بِالسُّوءِ وَوَدُّوا لَوْ تَكْفُرُونَ [60:2]

२) यदि यी नास्तिक (काफिरहरू), तिमीमाथि नियन्त्रण पाउँछन् भने तिम्रा शत्रु भइहाल्छन् र दुःख पुर्याउनका निम्ति तिमीमाथि हातपात गर्नेछन, र अपशब्द पनि भन्ने गर्छन्, र चाहन्छन् कि तिमी कुनै तरीकाले काफिर भइहाल ।

### الآية 60:3

> ﻿لَنْ تَنْفَعَكُمْ أَرْحَامُكُمْ وَلَا أَوْلَادُكُمْ ۚ يَوْمَ الْقِيَامَةِ يَفْصِلُ بَيْنَكُمْ ۚ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ [60:3]

३) कयामतको दिन न तिम्रा सम्बन्धीहरू, र न सन्तानहरू कुनै काम आउने छन् । त्यस दिन अल्लाहले तिमीहरूबीच न्याय गर्नेछ र जे–जति तिमीले गर्दछौ, अल्लाहले त्यसलाई देख्दछ ।

### الآية 60:4

> ﻿قَدْ كَانَتْ لَكُمْ أُسْوَةٌ حَسَنَةٌ فِي إِبْرَاهِيمَ وَالَّذِينَ مَعَهُ إِذْ قَالُوا لِقَوْمِهِمْ إِنَّا بُرَآءُ مِنْكُمْ وَمِمَّا تَعْبُدُونَ مِنْ دُونِ اللَّهِ كَفَرْنَا بِكُمْ وَبَدَا بَيْنَنَا وَبَيْنَكُمُ الْعَدَاوَةُ وَالْبَغْضَاءُ أَبَدًا حَتَّىٰ تُؤْمِنُوا بِاللَّهِ وَحْدَهُ إِلَّا قَوْلَ إِبْرَاهِيمَ لِأَبِيهِ لَأَسْتَغْفِرَنَّ لَكَ وَمَا أَمْلِكُ لَكَ مِنَ اللَّهِ مِنْ شَيْءٍ ۖ رَبَّنَا عَلَيْكَ تَوَكَّلْنَا وَإِلَيْكَ أَنَبْنَا وَإِلَيْكَ الْمَصِيرُ [60:4]

४) तिमीहरूको निम्ति ‘‘इब्राहीम (अलैहिस्सलाम)मा’’ र उनको साथीहरूमा उच्चतम नमूना छ । जबकि उनले, आफ्नो समुदायका मानिसहरूसित स्पष्टरूपले भने कि हामी तिमीसित र अल्लाहबाट हटेर जसलाई तिमीहरू पूजा गर्दछौ, उनीहरूबाट विरक्त छौं । हामीले तिम्रो इन्कार गर्दछौं र हाम्रो हाम्रोबीच सधैंको लागि शत्रुता र विद्धेष प्रकट भइसक्यो, जबसम्म तिमी एउटै अल्लाहमाथि ईमान ल्याउँदैनौ । तर इब्राहीमको आफ्नो पितासित यो भन्नु अपवाद हो कि म तपाईको लागि क्षमाको प्रार्थना अवश्य गर्नेछु र अल्लाहको सामु तपाईको सम्बन्धमा मलाई कुनै कुराको अधिकार प्राप्त छैन । हे हाम्रो पालनकर्ता, तिमीमाथि नै हाम्रो भरोसा छ र तिमीतिर नै हामी प्रवृत्त हुन्छौं, र तिम्रैतिर फर्केर आउनु पर्नेछ ।

### الآية 60:5

> ﻿رَبَّنَا لَا تَجْعَلْنَا فِتْنَةً لِلَّذِينَ كَفَرُوا وَاغْفِرْ لَنَا رَبَّنَا ۖ إِنَّكَ أَنْتَ الْعَزِيزُ الْحَكِيمُ [60:5]

५) हे, हाम्रो पालनकर्ता ! तिमीले हामीलाई काफिरहरूको परीक्षामा नहाल । र हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ । निश्चय नै तिमी अधिपत्यशाली, तत्वदर्शी छौ ।

### الآية 60:6

> ﻿لَقَدْ كَانَ لَكُمْ فِيهِمْ أُسْوَةٌ حَسَنَةٌ لِمَنْ كَانَ يَرْجُو اللَّهَ وَالْيَوْمَ الْآخِرَ ۚ وَمَنْ يَتَوَلَّ فَإِنَّ اللَّهَ هُوَ الْغَنِيُّ الْحَمِيدُ [60:6]

६) निश्चय नै तिम्रो निम्ति यिनीहरूमा राम्रो आदर्श छ र त्यस व्यक्तिको निम्ति जसले अल्लाह र अन्तिम दिनको भेटको आशा राख्दछ । र जो कोही विमुख हुन्छ त अल्लाह त निस्पृह, सजाय दिनेवाला र आफू स्वयंमा प्रशंसित छ ।

### الآية 60:7

> ﻿۞ عَسَى اللَّهُ أَنْ يَجْعَلَ بَيْنَكُمْ وَبَيْنَ الَّذِينَ عَادَيْتُمْ مِنْهُمْ مَوَدَّةً ۚ وَاللَّهُ قَدِيرٌ ۚ وَاللَّهُ غَفُورٌ رَحِيمٌ [60:7]

७) हुनसक्छ कि अल्लाहले चाँडै तिमी र तिम्रा शत्रुहरूबीच, मित्रताको सृजना गरिदिओस् । अल्लाह बडो सामथ्र्यवान छ र अल्लाह अतयन्त क्षमाशील दयावान छ ।

### الآية 60:8

> ﻿لَا يَنْهَاكُمُ اللَّهُ عَنِ الَّذِينَ لَمْ يُقَاتِلُوكُمْ فِي الدِّينِ وَلَمْ يُخْرِجُوكُمْ مِنْ دِيَارِكُمْ أَنْ تَبَرُّوهُمْ وَتُقْسِطُوا إِلَيْهِمْ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ [60:8]

८) जुन मानिसहरूले तिमीसित धर्मको बारेमा युद्ध गरेनन् र न तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे, उनीहरूसँग राम्रो र न्यायपूर्ण व्यवहार गर्नुबाट अल्लाहले तिमीलाई मनाहि गर्दैन । अपितु अल्लाहले त न्याय गर्नेहरूसँग प्रेम गर्दछ ।

### الآية 60:9

> ﻿إِنَّمَا يَنْهَاكُمُ اللَّهُ عَنِ الَّذِينَ قَاتَلُوكُمْ فِي الدِّينِ وَأَخْرَجُوكُمْ مِنْ دِيَارِكُمْ وَظَاهَرُوا عَلَىٰ إِخْرَاجِكُمْ أَنْ تَوَلَّوْهُمْ ۚ وَمَنْ يَتَوَلَّهُمْ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ [60:9]

९) अल्लाहले ती मानिसहरूसँग मात्र तिमीलाई मित्रता गर्नुबाट मनाही गर्दछ, जसले तिमीसित धर्मको बारेमा लडाई गरे, र तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे र तिम्रो निष्काशनमा अरुको सहायता गरे । तसर्थ जुन मानिसहरूले यस्ता मानिसहरूसँग मित्रता गर्छन्, तिनै अत्याचारी हुन् ।

### الآية 60:10

> ﻿يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا جَاءَكُمُ الْمُؤْمِنَاتُ مُهَاجِرَاتٍ فَامْتَحِنُوهُنَّ ۖ اللَّهُ أَعْلَمُ بِإِيمَانِهِنَّ ۖ فَإِنْ عَلِمْتُمُوهُنَّ مُؤْمِنَاتٍ فَلَا تَرْجِعُوهُنَّ إِلَى الْكُفَّارِ ۖ لَا هُنَّ حِلٌّ لَهُمْ وَلَا هُمْ يَحِلُّونَ لَهُنَّ ۖ وَآتُوهُمْ مَا أَنْفَقُوا ۚ وَلَا جُنَاحَ عَلَيْكُمْ أَنْ تَنْكِحُوهُنَّ إِذَا آتَيْتُمُوهُنَّ أُجُورَهُنَّ ۚ وَلَا تُمْسِكُوا بِعِصَمِ الْكَوَافِرِ وَاسْأَلُوا مَا أَنْفَقْتُمْ وَلْيَسْأَلُوا مَا أَنْفَقُوا ۚ ذَٰلِكُمْ حُكْمُ اللَّهِ ۖ يَحْكُمُ بَيْنَكُمْ ۚ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ [60:10]

१०) मोमिनहरू ! जब तिम्रो पासमा मोमिन स्त्रीहरू आप्रवासी भएर आउँछिन् भने उनीहरूलाई तिमीले जाँचीहाल । वास्तवमा उनीहरूको ईमानलाई राम्ररी परीक्षा गर्ने त अल्लाह हो तर यदि उनीहरू तिमीलाई ईमानवाली लाग्दछिन् भने, उनीहरूलाई तिमीले अब कुफ्फारको पासमा फिर्ता नपठाऊ । ती स्त्रीहरू उनीहरूको लागि वैध छैनन्, र न उनीहरू ती स्त्रीहरूको लागि वैध छन् । र जे–जति ती काफिरहरूले खर्च गरेका छन्, त्यो उनीहरूलाई फिर्ता दिइहाल । र ती स्त्रीहरूलाई महर दिएर उनीसित निकाह गर्नुमा तिमीलाई कुनै पाप छैन । र काफिर स्त्रीहरूको सतित्व आफ्नो बैवाहिक अधिकारमा नराख जे–जति तिमीले उनीहरूमाथि खर्च गरेका छौ, तिमीले उनीहरूसित माँगिहाल र जे–जति काफिरहरूले खर्च गरेका छन्, त्यो काफिरहरू माँगिहालुन्, यो अल्लाहको निर्णय हो, जसले तिमीहरूबीच फैसला गर्दछ । अल्लाह सर्वज्ञानी र तत्वदर्शी छ ।

### الآية 60:11

> ﻿وَإِنْ فَاتَكُمْ شَيْءٌ مِنْ أَزْوَاجِكُمْ إِلَى الْكُفَّارِ فَعَاقَبْتُمْ فَآتُوا الَّذِينَ ذَهَبَتْ أَزْوَاجُهُمْ مِثْلَ مَا أَنْفَقُوا ۚ وَاتَّقُوا اللَّهَ الَّذِي أَنْتُمْ بِهِ مُؤْمِنُونَ [60:11]

११) र यदि तिम्रो कुनै स्त्री(स्वास्नी) तिम्रो हातबाट फुत्केर काफिरहरूकहाँ गइहाल्छी र तिमीलाई उनीहरूसित बदलाको औसर प्राप्त हुन्छ भने जसका स्त्रीहरू गइहालेका छिन्, उनीहरूलाई त्यति दिइहाल जति उनीहरूले खर्च गरेका थिए, र अल्लाहसित डर जसमाथि तिमी ईमान राख्दछौ ।

### الآية 60:12

> ﻿يَا أَيُّهَا النَّبِيُّ إِذَا جَاءَكَ الْمُؤْمِنَاتُ يُبَايِعْنَكَ عَلَىٰ أَنْ لَا يُشْرِكْنَ بِاللَّهِ شَيْئًا وَلَا يَسْرِقْنَ وَلَا يَزْنِينَ وَلَا يَقْتُلْنَ أَوْلَادَهُنَّ وَلَا يَأْتِينَ بِبُهْتَانٍ يَفْتَرِينَهُ بَيْنَ أَيْدِيهِنَّ وَأَرْجُلِهِنَّ وَلَا يَعْصِينَكَ فِي مَعْرُوفٍ ۙ فَبَايِعْهُنَّ وَاسْتَغْفِرْ لَهُنَّ اللَّهَ ۖ إِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ [60:12]

१२) हे पैगम्बर जब तिम्रो पासमा मोमिना स्त्रीहरू यस कुरामा बैअत (बाचा) गर्न आउँछिन् कि उनीहरूले अल्लाहसित अरु कसैलाई साझेदार बनाउने छैनिन् न चोरी गर्नेछिन्, न व्यभिचार गर्नेछिन्, न आफ्ना सन्तानहरूको हत्या गर्नेछिन् र न आफ्ना हात र खुट्टाहरूबीच कुनै आरोप रच्नेछिन्, र कुनै राम्रो काममा न तिम्रो अवज्ञा गर्नेछिन्, तब उनीहरूसित वाचा लिइहाल्नुस् र उनीहरूको निम्ति अल्लाहसित क्षमाको प्रार्थना गर्नुस् । निश्चय नै अल्लाह बडो क्षमाशील र अत्यन्त दयावान छ ।

### الآية 60:13

> ﻿يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَتَوَلَّوْا قَوْمًا غَضِبَ اللَّهُ عَلَيْهِمْ قَدْ يَئِسُوا مِنَ الْآخِرَةِ كَمَا يَئِسَ الْكُفَّارُ مِنْ أَصْحَابِ الْقُبُورِ [60:13]

१३) हे ईमानवालाहरू! तिमी यस्ता मानिसहरूसित मित्रता नगर जसमाथि अल्लाहको प्रकोप भइसकेको छ । जो परलोकबाट यसरी निराश भइसकेका छन्, जुन प्रकारले इन्कार गर्नेवालाहरू चिहान वालाहरूसित निराश भइसकेकाछन् ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/60.md)
- [كل تفاسير سورة الممتحنة
](https://quranpedia.net/surah-tafsir/60.md)
- [ترجمات سورة الممتحنة
](https://quranpedia.net/translations/60.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/60/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
