---
title: "ترجمة سورة التغابن - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/64/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/64/book/1996"
surah_id: "64"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة التغابن - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/64/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة التغابن - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/64/book/1996*.

Translation of Surah التغابن from "الترجمة النيبالية" in النيبالية.

### الآية 64:1

> يُسَبِّحُ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ ۖ لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ ۖ وَهُوَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ [64:1]

१) (त्यो प्रत्येक कुरो) जुन आकाशमा छन् र धरतीमा छन्, अल्लाहकै पवित्रताको वर्णन गर्दछन् । उसैको सत्ता छ र प्रशंसा पनि, र ऊ हरेक कुरामाथि सामर्थवान छ !

### الآية 64:2

> ﻿هُوَ الَّذِي خَلَقَكُمْ فَمِنْكُمْ كَافِرٌ وَمِنْكُمْ مُؤْمِنٌ ۚ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ [64:2]

२) उसैले तिमीलाई सृष्टि गर्यो, अनि तिमीमध्ये केही इन्कार गर्नेवाला छन् र केही ईमानवाला छन् र तिमीले जे गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।

### الآية 64:3

> ﻿خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِالْحَقِّ وَصَوَّرَكُمْ فَأَحْسَنَ صُوَرَكُمْ ۖ وَإِلَيْهِ الْمَصِيرُ [64:3]

३) उसैले आकाशहरू र धरतीलाई इन्साफ र कारीगरीको साथ सृष्टि गकेही र तिम्रो रूप बनायो, र राम्रो बनायो र उसैतिर अन्ततः जानुछ ।

### الآية 64:4

> ﻿يَعْلَمُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَيَعْلَمُ مَا تُسِرُّونَ وَمَا تُعْلِنُونَ ۚ وَاللَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ [64:4]

४) जे–जति आकाशहरूमा र जमिनमा छन् उसले सबै जान्दछ । र जे–जति तिमीले लुकाउँछौ र खुल्ला गर्दछौ, सबै जान्दछ । र अल्लाह त छातीभित्रको कुरा पनि जान्दछ ।

### الآية 64:5

> ﻿أَلَمْ يَأْتِكُمْ نَبَأُ الَّذِينَ كَفَرُوا مِنْ قَبْلُ فَذَاقُوا وَبَالَ أَمْرِهِمْ وَلَهُمْ عَذَابٌ أَلِيمٌ [64:5]

५) के तिमीलाई यसभन्दा पहिलाका काफिरहरूको समाचार पुगेन ? जो आफ्ना कर्महरूको स्वाद चाखिसके र जसको लागि कठोर यातना छ ।

### الآية 64:6

> ﻿ذَٰلِكَ بِأَنَّهُ كَانَتْ تَأْتِيهِمْ رُسُلُهُمْ بِالْبَيِّنَاتِ فَقَالُوا أَبَشَرٌ يَهْدُونَنَا فَكَفَرُوا وَتَوَلَّوْا ۚ وَاسْتَغْنَى اللَّهُ ۚ وَاللَّهُ غَنِيٌّ حَمِيدٌ [64:6]

६) यो यसकारण कि उनीहरूको नजिकमा संदेष्टाहरूले खुल्ला निशानीहरू लिएर आए, तब तिनीहरूले भन्दथे कि के मनुष्य हाम्रो पथप्रदर्शन गर्नेछ ? तसर्थ मानेनन् र विमुख भइहाले, तब अल्लाहले पनि उनीहरूबाट बेपर्वाह भइहाल्यो र अल्लाह निस्पृह (र) सर्वगुण सम्पन्न छ ।

### الآية 64:7

> ﻿زَعَمَ الَّذِينَ كَفَرُوا أَنْ لَنْ يُبْعَثُوا ۚ قُلْ بَلَىٰ وَرَبِّي لَتُبْعَثُنَّ ثُمَّ لَتُنَبَّؤُنَّ بِمَا عَمِلْتُمْ ۚ وَذَٰلِكَ عَلَى اللَّهِ يَسِيرٌ [64:7]

७) ती काफिरहरूले सोचे कि उनीहरू पुनः जीवित गरिने छैनन् । तपाई भनिदिनुस् कि हो, मेरो पालनकर्ताको कसम ! तिमी अवश्य नै उठाइने छौ, अनि जुन काम तिमीले गर्दै आएका छौ, तिमीलाई बताइने छ र यो अल्लाहको लागि अत्यन्त सरल छ ।

### الآية 64:8

> ﻿فَآمِنُوا بِاللَّهِ وَرَسُولِهِ وَالنُّورِ الَّذِي أَنْزَلْنَا ۚ وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ [64:8]

८) तसर्थ तिमीले अल्लाह र उसको रसूलमाथि र त्यस प्रकाशमाथि जुन हामीले अवतरित गरेका छौं ईमान ल्याऊ, र अल्लाह तिम्रो सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।

### الآية 64:9

> ﻿يَوْمَ يَجْمَعُكُمْ لِيَوْمِ الْجَمْعِ ۖ ذَٰلِكَ يَوْمُ التَّغَابُنِ ۗ وَمَنْ يُؤْمِنْ بِاللَّهِ وَيَعْمَلْ صَالِحًا يُكَفِّرْ عَنْهُ سَيِّئَاتِهِ وَيُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ۚ ذَٰلِكَ الْفَوْزُ الْعَظِيمُ [64:9]

९) जुन दिन उसले तिमी सबैलाई एकत्रित हुने दिन एकत्रित गर्नेछ, त्यो हार र जीतको दिन हुनेछ र जसले अल्लाहमाथि ईमान ल्याए र असल कर्म गरे, उसले उनीबाट उनका नराम्रा कुराहरू हटाइदिनेछ र उनलाई स्वर्गको बागहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रविष्ट गराउनेछ, तिनीहरू सधैं त्यसमा रहनेछन् । यो ठूलो सफलता हो ।

### الآية 64:10

> ﻿وَالَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا أُولَٰئِكَ أَصْحَابُ النَّارِ خَالِدِينَ فِيهَا ۖ وَبِئْسَ الْمَصِيرُ [64:10]

१०) र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई झूठा भने, ती नै नर्कवाला हुन् सधैं त्यसैमा रहनेछन् र त्यो नराम्रो ठाउँ हो ।

### الآية 64:11

> ﻿مَا أَصَابَ مِنْ مُصِيبَةٍ إِلَّا بِإِذْنِ اللَّهِ ۗ وَمَنْ يُؤْمِنْ بِاللَّهِ يَهْدِ قَلْبَهُ ۚ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ [64:11]

११) अल्लाहको आज्ञा बिना कुनै पनि संकट आउँदैन । जसले अल्लाहमाथि ईमान ल्याए अल्लाहले उनको हृदयलाई सही मार्ग देखाउँछ र अल्लाह प्रत्येक कुरा राम्ररी जान्दछ ।

### الآية 64:12

> ﻿وَأَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ ۚ فَإِنْ تَوَلَّيْتُمْ فَإِنَّمَا عَلَىٰ رَسُولِنَا الْبَلَاغُ الْمُبِينُ [64:12]

१२) (मानिसहरू हो !) अल्लाहको आज्ञाको पालन गर र रसूलको आज्ञापालन गर । यदि तिमीले मुख फर्कायौ भने हाम्रो पैगम्बरको जिम्मामा त मात्र सन्देशलाई स्पष्टरूपमा पुर्याइदिनु हो ।

### الآية 64:13

> ﻿اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ ۚ وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ [64:13]

१३) अल्लाह बाहेक कोही वास्तविक पूजनीय छैन र मोमिनहरूले अल्लाहमै भरोसा राख्नुपर्दछ ।

### الآية 64:14

> ﻿يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِنَّ مِنْ أَزْوَاجِكُمْ وَأَوْلَادِكُمْ عَدُوًّا لَكُمْ فَاحْذَرُوهُمْ ۚ وَإِنْ تَعْفُوا وَتَصْفَحُوا وَتَغْفِرُوا فَإِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ [64:14]

१४) हे मोमिनहरू ! तिम्रा स्त्रीहरू र सन्तानहरूमध्ये केही तिम्रा शत्रु पनि छन्, उनीहरूबाट सावधान रहनु र यदि तिमीले माफ गरिदिन्छौ र पन्छिहाल्छौ र क्षमा गरिदिन्छौ भने निश्चय नै अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।

### الآية 64:15

> ﻿إِنَّمَا أَمْوَالُكُمْ وَأَوْلَادُكُمْ فِتْنَةٌ ۚ وَاللَّهُ عِنْدَهُ أَجْرٌ عَظِيمٌ [64:15]

१५) तिम्रा माल सम्पत्ति र सन्तान त तिम्रो लागि परीक्षा हुन् र अल्लाहकहाँ ठूलो प्रतिफल छ ।

### الآية 64:16

> ﻿فَاتَّقُوا اللَّهَ مَا اسْتَطَعْتُمْ وَاسْمَعُوا وَأَطِيعُوا وَأَنْفِقُوا خَيْرًا لِأَنْفُسِكُمْ ۗ وَمَنْ يُوقَ شُحَّ نَفْسِهِ فَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ [64:16]

१६) तसर्थ जहाँसम्म तिमीबाट हुनसक्छ, अल्लाहसित डर मान्ने गर र उसका आदेशहरूलाई सुन्दै र पालना गर्दै जाऊ । र उसको मार्गमा खर्च गर्नेगर, (यो) तिम्रो हकमा राम्रो छ । र जो आफ्नो मनको लोभ र कञ्जूसीबाट सुरक्षित रह्यो त उही नै सफल भयो ।

### الآية 64:17

> ﻿إِنْ تُقْرِضُوا اللَّهَ قَرْضًا حَسَنًا يُضَاعِفْهُ لَكُمْ وَيَغْفِرْ لَكُمْ ۚ وَاللَّهُ شَكُورٌ حَلِيمٌ [64:17]

१७) यदि तिमीले अल्लाहलाई राम्रो ऋण दिन्छौ भने उसले त्यसलाई तिम्रो निम्ति कैयौं गुणा वृद्धि गरिदिनेछ । र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो गुणग्राहक र सहनशील छ ।

### الآية 64:18

> ﻿عَالِمُ الْغَيْبِ وَالشَّهَادَةِ الْعَزِيزُ الْحَكِيمُ [64:18]

१८) ऊ परोक्ष र प्रत्यक्षलाई जान्दछ, अधिपत्यशाली तत्वदर्शी छ ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/64.md)
- [كل تفاسير سورة التغابن
](https://quranpedia.net/surah-tafsir/64.md)
- [ترجمات سورة التغابن
](https://quranpedia.net/translations/64.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/64/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
