---
title: "ترجمة سورة الأعراف - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/7/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/7/book/1996"
surah_id: "7"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الأعراف - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/7/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الأعراف - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/7/book/1996*.

Translation of Surah الأعراف from "الترجمة النيبالية" in النيبالية.

### الآية 7:1

> المص [7:1]

१) अलिफ्–लाम–मीम–साद ।

### الآية 7:2

> ﻿كِتَابٌ أُنْزِلَ إِلَيْكَ فَلَا يَكُنْ فِي صَدْرِكَ حَرَجٌ مِنْهُ لِتُنْذِرَ بِهِ وَذِكْرَىٰ لِلْمُؤْمِنِينَ [7:2]

२) (हे मुहम्मद !) यो एउटा किताब हो, जुन तपाईमाथि उतारिएको छ, (उद्देश्य यो हो कि) यसबाट डर देखाउने गर्नुस, अतः तपाईको हृदयमा संक्रीर्णता नहोस् र यो ईमान ल्याएकाहरूको लागि उपदेश हो ।

### الآية 7:3

> ﻿اتَّبِعُوا مَا أُنْزِلَ إِلَيْكُمْ مِنْ رَبِّكُمْ وَلَا تَتَّبِعُوا مِنْ دُونِهِ أَوْلِيَاءَ ۗ قَلِيلًا مَا تَذَكَّرُونَ [7:3]

३) (मानिसहरू !) जुन किताब तिमीमाथि तिम्रो पालनकर्ताबाट उतारिएको छ त्यसको अनुशरण गर र आफ्नो रबलाई छोडेर अरु मनगढ़न्ते अगुवाहरूको अनुशरण नगर । अतः तिमीहरू एकदम थोरै उपदेश स्वीकार गर्दछौ ।

### الآية 7:4

> ﻿وَكَمْ مِنْ قَرْيَةٍ أَهْلَكْنَاهَا فَجَاءَهَا بَأْسُنَا بَيَاتًا أَوْ هُمْ قَائِلُونَ [7:4]

४) र धेरै बस्तीहरूलाई हामीले नष्ट गरिदिएका छौं, जसमाथि हाम्रो सजाय (एक्कासी) रातीको बेला आयो वा दिनमा जुनबेला तिनीहरू दिउँसोको विश्राम गर्दथे ।

### الآية 7:5

> ﻿فَمَا كَانَ دَعْوَاهُمْ إِذْ جَاءَهُمْ بَأْسُنَا إِلَّا أَنْ قَالُوا إِنَّا كُنَّا ظَالِمِينَ [7:5]

५) जुन बेला उनीहरूमाथि हाम्रो सजाय आउँदथ्यो, तिनीहरूको मुखबाट यही नै निष्कियो अफसोच ! हामी अत्याचारी थियौं ।

### الآية 7:6

> ﻿فَلَنَسْأَلَنَّ الَّذِينَ أُرْسِلَ إِلَيْهِمْ وَلَنَسْأَلَنَّ الْمُرْسَلِينَ [7:6]

६) अतः हामीले तिनीहरूबाट सोधपूछ गर्नेछौं जो तिर हामीले पैगम्बर पठाएका थियौं, र पैगम्बरलाई पनि सोध्छौं ।

### الآية 7:7

> ﻿فَلَنَقُصَّنَّ عَلَيْهِمْ بِعِلْمٍ ۖ وَمَا كُنَّا غَائِبِينَ [7:7]

७) फेरि हामीसंग पूर्ण ज्ञानभएकोले (तिनका सम्पूर्ण वृतान्त) उनको सामु वर्णन गर्नेछौं र हामी कहिले पनि अज्ञान थिएनौं ।

### الآية 7:8

> ﻿وَالْوَزْنُ يَوْمَئِذٍ الْحَقُّ ۚ فَمَنْ ثَقُلَتْ مَوَازِينُهُ فَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ [7:8]

८) र त्यसदिनको कर्मको तराजु साँचो हुनेछ । तसर्थ जुन मानिसहरूका कर्मको तुला ग्रहुङ्गो हुनेछ, ती नै मुक्ति प्राप्त गर्नेवाला हुनेछन् ।

### الآية 7:9

> ﻿وَمَنْ خَفَّتْ مَوَازِينُهُ فَأُولَٰئِكَ الَّذِينَ خَسِرُوا أَنْفُسَهُمْ بِمَا كَانُوا بِآيَاتِنَا يَظْلِمُونَ [7:9]

९) र जुन मानिसको (कर्मको) तुला हलुङ्गो हुनेछ ती मानिसहरू हुन् जसले कि, आफूलाई घाटामा पारे, किनभने हाम्रो आयतहरूबारे अन्याय गर्दथे ।

### الآية 7:10

> ﻿وَلَقَدْ مَكَّنَّاكُمْ فِي الْأَرْضِ وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَايِشَ ۗ قَلِيلًا مَا تَشْكُرُونَ [7:10]

१०) र हामीले नै पृथ्वीमा तिम्रो बासस्थान बनायौं र यसबाट तिम्रो निम्ति जीविकाका साधानहरू सृजना गर्यौं (तर) तिमीले कमै आभार व्यक्त गर्दछौ ।

### الآية 7:11

> ﻿وَلَقَدْ خَلَقْنَاكُمْ ثُمَّ صَوَّرْنَاكُمْ ثُمَّ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا إِلَّا إِبْلِيسَ لَمْ يَكُنْ مِنَ السَّاجِدِينَ [7:11]

११) र हामीले तिमीलाई सृष्टि गर्यौं, अनि तिम्रो रूप आकार बनायौं तर त्यसपछि फरिश्ताहरूलाई आदेश गर्यौं कि आदमको अगाडि ढोग, र सबैले ढोगे, तर इब्लीस (शैतानहरूका नायक) ढोग्नेहरूमा शामिल भएन ।

### الآية 7:12

> ﻿قَالَ مَا مَنَعَكَ أَلَّا تَسْجُدَ إِذْ أَمَرْتُكَ ۖ قَالَ أَنَا خَيْرٌ مِنْهُ خَلَقْتَنِي مِنْ نَارٍ وَخَلَقْتَهُ مِنْ طِينٍ [7:12]

१२) अल्लाहले भन्यो ‘‘तिमी हौ जस्ले ढोगेनौ तिमीलाई यसबाट कुन कुराले रोक्यो जब कि मैले तिमीलाई आदेश गरें?’’ उसले भन्योः कि, ‘‘म त्यसभन्दा श्रेष्ठ छु । मलाई तपाईले आगोबाट सृष्टि गर्नु भएको हो र उसलाई माटोबाट ।’’

### الآية 7:13

> ﻿قَالَ فَاهْبِطْ مِنْهَا فَمَا يَكُونُ لَكَ أَنْ تَتَكَبَّرَ فِيهَا فَاخْرُجْ إِنَّكَ مِنَ الصَّاغِرِينَ [7:13]

१३) अल्लाहले आदेश गर्याे तँ आकाशबाट तल झरिहाल तँलाई उचित छैन कि यहाँ घमण्ड गर तसर्थ गइहाल । तँ ती व्यक्तीहरूमध्येको होस् जसले स्वयं आफ्नो अपमान चाहन्छन् ।

### الآية 7:14

> ﻿قَالَ أَنْظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ [7:14]

१४) उसले भन्यो कि, मलाई कयामत (प्रलय)को दिनसम्म छूट प्रदान गरिदिनुस् ।

### الآية 7:15

> ﻿قَالَ إِنَّكَ مِنَ الْمُنْظَرِينَ [7:15]

१५) अल्लाहले भन्यो ठीक छ, ‘‘तँलाई छूट प्रदान गरिन्छ ।’’

### الآية 7:16

> ﻿قَالَ فَبِمَا أَغْوَيْتَنِي لَأَقْعُدَنَّ لَهُمْ صِرَاطَكَ الْمُسْتَقِيمَ [7:16]

१६) अनि शैतानले भन्यो कि जसप्रकार तपाईले मलाई तिरस्कृत गर्नुभयो म शपथलिन्छु कि तिम्रो सोझो बाटोबाट उनीहरूलाई मार्ग विचलित गर्नुको लागि घातलगाई बसिराख्ने छु ।

### الآية 7:17

> ﻿ثُمَّ لَآتِيَنَّهُمْ مِنْ بَيْنِ أَيْدِيهِمْ وَمِنْ خَلْفِهِمْ وَعَنْ أَيْمَانِهِمْ وَعَنْ شَمَائِلِهِمْ ۖ وَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ [7:17]

१७) अनि तिनका अगाडि र पछाडि र दायाँ र बायाँ चारैतिरबाट उनीहरूमाथी आक्रमण गर्नेछु । र तिमीले तिनीहरूमध्ये धेरैलाई कृतज्ञ पाउँने छैनौं ।

### الآية 7:18

> ﻿قَالَ اخْرُجْ مِنْهَا مَذْءُومًا مَدْحُورًا ۖ لَمَنْ تَبِعَكَ مِنْهُمْ لَأَمْلَأَنَّ جَهَنَّمَ مِنْكُمْ أَجْمَعِينَ [7:18]

१८) अल्लाहले आदेश गर्यो, यहाँबाट ‘‘निक्ली हाल’’ घृणित र अपमानित भएर । निःसन्देह तिनीहरूमध्ये जुन मानिसहरूले तेरो भनाई मान्नेछन् मैले तँलाई र तिनीहरूलाई नर्कमा हालेर नर्कलाई नै भरिदिनेछु ।’’

### الآية 7:19

> ﻿وَيَا آدَمُ اسْكُنْ أَنْتَ وَزَوْجُكَ الْجَنَّةَ فَكُلَا مِنْ حَيْثُ شِئْتُمَا وَلَا تَقْرَبَا هَٰذِهِ الشَّجَرَةَ فَتَكُونَا مِنَ الظَّالِمِينَ [7:19]

१९) र हामीले आदेश दियौंकि हे आदम तिमी र तिम्रो श्रीमती दुबै यस वहिश्त (स्वर्ग) मा बसोबास गर जहाँ तिमीहरूलाई जुन कुरा खान मन पर्छ खाऊ तर त्यस रुखछेउ नजानु अन्यथा अन्यायी भइहाल्नेछौ ।

### الآية 7:20

> ﻿فَوَسْوَسَ لَهُمَا الشَّيْطَانُ لِيُبْدِيَ لَهُمَا مَا وُورِيَ عَنْهُمَا مِنْ سَوْآتِهِمَا وَقَالَ مَا نَهَاكُمَا رَبُّكُمَا عَنْ هَٰذِهِ الشَّجَرَةِ إِلَّا أَنْ تَكُونَا مَلَكَيْنِ أَوْ تَكُونَا مِنَ الْخَالِدِينَ [7:20]

२०) त्यसपछि शैतानले ती दुवैको मनमा कौतुहलको सृजन गरिदियो जसबाट तिनीहरूको गुप्ताङ्गहरू जुन एकअर्कासंग लुकाइएको थियो, तिनीहरूको अगाडि खोलिदेओस् । उसले भन्न थाल्यो कि, तिमीहरूलाई तिम्रो पालनकर्ताले यस रुखबाट मात्र यस कारणले रोकेको छ कि तिमी दुवै फरिश्ता (स्वर्गदूत) नबनिहाल वा तिमीहरूलाई शाश्वत अमरत्व प्राप्त भएर नजाओस् ।

### الآية 7:21

> ﻿وَقَاسَمَهُمَا إِنِّي لَكُمَا لَمِنَ النَّاصِحِينَ [7:21]

२१) तिनीहरूको समक्ष (शैतानले) शपथ खाएर भन्यो कि म तिम्रो हितैषी हूँ ।

### الآية 7:22

> ﻿فَدَلَّاهُمَا بِغُرُورٍ ۚ فَلَمَّا ذَاقَا الشَّجَرَةَ بَدَتْ لَهُمَا سَوْآتُهُمَا وَطَفِقَا يَخْصِفَانِ عَلَيْهِمَا مِنْ وَرَقِ الْجَنَّةِ ۖ وَنَادَاهُمَا رَبُّهُمَا أَلَمْ أَنْهَكُمَا عَنْ تِلْكُمَا الشَّجَرَةِ وَأَقُلْ لَكُمَا إِنَّ الشَّيْطَانَ لَكُمَا عَدُوٌّ مُبِينٌ [7:22]

२२) यस प्रकार धोखा दिएर उसले ती दुवैलाई विस्तारै आफ्नो पापतिर आकृष्ट गरिहाल्यो । जब तिनीहरू दुवैले त्यस रुखको फलको स्वाद चाखे तब तिनीहरूका गुप्ताङ्गहरू एक अर्का अगाडि प्रकट भैहाले । र तिनीहरूले स्वर्गको पातबाट आफ्नो शरीर ढाँक्न थाले । त्यसपछि तिनको पालनकर्ताले तिनीहरूलाई सम्बोधन गर्दै भने कि, के मैले तिमीहरूलाई यस वृक्षबाट रोक लगाएको थिएन ? र भनेको थिएन कि, शैतान तिम्रो खुल्लारूपमा शत्रु हो ?

### الآية 7:23

> ﻿قَالَا رَبَّنَا ظَلَمْنَا أَنْفُسَنَا وَإِنْ لَمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ [7:23]

२३) दुवैले भन्न थाले कि, ‘‘हे हाम्रो पालनहार हामीले आफ्नो लागि ठूलो नोक्सान गर्यौं, अब यदि तिमीले हामीलाई क्षमा गर्दैनौ र दया गर्दैनौ भने निश्चिय नै हामी घाटा पाउनेमध्येका भैहाल्छौं ।

### الآية 7:24

> ﻿قَالَ اهْبِطُوا بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ ۖ وَلَكُمْ فِي الْأَرْضِ مُسْتَقَرٌّ وَمَتَاعٌ إِلَىٰ حِينٍ [7:24]

२४) अल्लाहले आदेश गर्नुभयो, ‘‘तिमी सबै स्वर्गबाट तल झरिहाल । तिमीहरू एक अर्काको शत्रु भयौ र तिम्रो लागि एक निश्चित समयको लागि पृथ्वीमा बास र जीवनको लागि सामग्रीको व्यवस्था गरिएको छ ।’’

### الآية 7:25

> ﻿قَالَ فِيهَا تَحْيَوْنَ وَفِيهَا تَمُوتُونَ وَمِنْهَا تُخْرَجُونَ [7:25]

२५) अरु आदेश भयो कि, ‘‘तिमीले त्यहीं जिन्दगी गुजार्नु र मर्नु पर्नेछ र त्यसैबाट पूनः (जीवित गराई) निकालिने छौ ।

### الآية 7:26

> ﻿يَا بَنِي آدَمَ قَدْ أَنْزَلْنَا عَلَيْكُمْ لِبَاسًا يُوَارِي سَوْآتِكُمْ وَرِيشًا ۖ وَلِبَاسُ التَّقْوَىٰ ذَٰلِكَ خَيْرٌ ۚ ذَٰلِكَ مِنْ آيَاتِ اللَّهِ لَعَلَّهُمْ يَذَّكَّرُونَ [7:26]

२६) हे आदमका सन्तान ! हामीले तिम्रोलागी पोशाक बनायौं जसबाट तिम्रो गुप्ताङ्गहरू ढाकियोस् र तिम्रो शरिरको रक्षा र शोभा पनि होस् । उत्तम पोशाक सत्यनिष्ठता नै हो । यो अल्लाहका निशानीहरूमध्ये एक हो, ताकि यसबाट मानिसहरूले याद गरुन् ।

### الآية 7:27

> ﻿يَا بَنِي آدَمَ لَا يَفْتِنَنَّكُمُ الشَّيْطَانُ كَمَا أَخْرَجَ أَبَوَيْكُمْ مِنَ الْجَنَّةِ يَنْزِعُ عَنْهُمَا لِبَاسَهُمَا لِيُرِيَهُمَا سَوْآتِهِمَا ۗ إِنَّهُ يَرَاكُمْ هُوَ وَقَبِيلُهُ مِنْ حَيْثُ لَا تَرَوْنَهُمْ ۗ إِنَّا جَعَلْنَا الشَّيَاطِينَ أَوْلِيَاءَ لِلَّذِينَ لَا يُؤْمِنُونَ [7:27]

२७) हे आदमका सन्तति ! यस्तो नहोस् कि शैतान तिमीलाई फकाएर कुनै नोक्सानीमा पारोस् जस्तो कि तिम्रो आमा बुवालाई फकाएर स्वर्गबाट निष्कासित गराइहाल्यो र तिनीहरूलाई बस्त्रहीन गरायो कि तिनका गुप्ताङ्ग एक आर्कालाई देखाइदेओस् । त्यसले र त्यसको समूहले तिमीलाई यस्तो ठाउँबाट हेरिराख्दछन् कि तिमीले देख्न सक्दैनौ । हामीले यी शैतानहरूलाई तिनका मित्र बनाइदिएका छौं जसले ईमान ल्याउँदैनन् ।

### الآية 7:28

> ﻿وَإِذَا فَعَلُوا فَاحِشَةً قَالُوا وَجَدْنَا عَلَيْهَا آبَاءَنَا وَاللَّهُ أَمَرَنَا بِهَا ۗ قُلْ إِنَّ اللَّهَ لَا يَأْمُرُ بِالْفَحْشَاءِ ۖ أَتَقُولُونَ عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ [7:28]

२८) र जब यिनीहरूले कुनै निर्लज्जतापूर्ण अश्लील काम गर्दछन् तब भन्दछन् कि, हामीले आफ्ना बाबु–बाजेलाई यस्तै गरेको देखेका छौं र अल्लाहले पनि हामीलाई यही आदेश गरेको छ । भनिदिनुस् कि, अल्लाह निर्लज्जताको आदेश कहिले पनि दिंदैन । तिमीले अल्लाहको बारेमा यस्ता कुरा किन गर्दछौ जसको विषयमा कुनै ज्ञान छैन ?

### الآية 7:29

> ﻿قُلْ أَمَرَ رَبِّي بِالْقِسْطِ ۖ وَأَقِيمُوا وُجُوهَكُمْ عِنْدَ كُلِّ مَسْجِدٍ وَادْعُوهُ مُخْلِصِينَ لَهُ الدِّينَ ۚ كَمَا بَدَأَكُمْ تَعُودُونَ [7:29]

२९) भनिदिनुस् ‘‘कि, मेरो पालनकर्ताले न्यायको आदेश दिएको छ, र यो पनि कि प्रत्येक नमाजको बेला आफ्नो अनुहार सिधा (किब्ला तीर) राख्नेगर र अल्लाहको उपासना उसैको लागि मात्र गर्नु । अल्लाहले जुन प्रकारले तिमीलाई शुरूमा सृष्टि गरेको थियो त्यस्तै फेरि तिमी सृजना गरिनेछौ ।’’

### الآية 7:30

> ﻿فَرِيقًا هَدَىٰ وَفَرِيقًا حَقَّ عَلَيْهِمُ الضَّلَالَةُ ۗ إِنَّهُمُ اتَّخَذُوا الشَّيَاطِينَ أَوْلِيَاءَ مِنْ دُونِ اللَّهِ وَيَحْسَبُونَ أَنَّهُمْ مُهْتَدُونَ [7:30]

३०) केही समूहलाई त उसले सही मार्ग देखायो र केहीमाथि पथविचलित भएको प्रमाणित भैसक्यो । (किनकि) यिनीहरूले अल्लाहलाई छाडि शैतानलाई आफ्नो मित्र बनाए । र यो संम्झन्छन् कि तिनीहरू सही मार्गमा छन् ।

### الآية 7:31

> ﻿۞ يَا بَنِي آدَمَ خُذُوا زِينَتَكُمْ عِنْدَ كُلِّ مَسْجِدٍ وَكُلُوا وَاشْرَبُوا وَلَا تُسْرِفُوا ۚ إِنَّهُ لَا يُحِبُّ الْمُسْرِفِينَ [7:31]

३१) हे आदमको सन्तति प्रत्येक नमाजको बेला तिमीहरू राम्रो सँग लुगा लगाउने गर, र पर्याप्त खाने पिउने गर तर सीमाभन्दा अघि नबढ । निःसन्देह अल्लाह सीमाभन्दा अघि बढ्नेलाई मन पराउँदैन ।

### الآية 7:32

> ﻿قُلْ مَنْ حَرَّمَ زِينَةَ اللَّهِ الَّتِي أَخْرَجَ لِعِبَادِهِ وَالطَّيِّبَاتِ مِنَ الرِّزْقِ ۚ قُلْ هِيَ لِلَّذِينَ آمَنُوا فِي الْحَيَاةِ الدُّنْيَا خَالِصَةً يَوْمَ الْقِيَامَةِ ۗ كَذَٰلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ [7:32]

३२) तपाई भन्नुस् कि आभूषण र खाने पिउने पवित्र कुराहरू जुन अल्लाहले आफ्नो उपासकहरूको लागि बनाएको छ, तिनलाई त्याज्य कसले बनाएको छ ? भनिदिनुस्, यी कुराहरू सांसारिक जीवनमा पनि ईमान भएकाहरूका निम्ति हुन् र कियामतको दिन विशेषरूपले तिनैको भागमा हुनेछन् । यस प्रकार अल्लाहले उसका आयतहरू बुझ्नेहरूलाई स्पष्टरूपले वर्णन गर्दछ ।

### الآية 7:33

> ﻿قُلْ إِنَّمَا حَرَّمَ رَبِّيَ الْفَوَاحِشَ مَا ظَهَرَ مِنْهَا وَمَا بَطَنَ وَالْإِثْمَ وَالْبَغْيَ بِغَيْرِ الْحَقِّ وَأَنْ تُشْرِكُوا بِاللَّهِ مَا لَمْ يُنَزِّلْ بِهِ سُلْطَانًا وَأَنْ تَقُولُوا عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ [7:33]

३३) भनिदिनुस् कि बरु मेरो पालनकर्ताले त निर्लज्जताका कुराहरू चाहे ती खुलारूपमा हुन् वा गोप्य, र प्रत्येक पापलाई र अकारण कसैमाथि अत्याचार गर्ने कुरालाई त्याज्य बनाएको छ । र कसैलाई अल्लाहको साझेदार ठान्ने कुरा, जसको निम्ति उसले कुनै प्रमाण प्रदान गरेको छैन र अल्लाहको बारेमा तिमीलाई कुनै ज्ञान नभएको कुरा गर्न पनि त्याज्य छ

### الآية 7:34

> ﻿وَلِكُلِّ أُمَّةٍ أَجَلٌ ۖ فَإِذَا جَاءَ أَجَلُهُمْ لَا يَسْتَأْخِرُونَ سَاعَةً ۖ وَلَا يَسْتَقْدِمُونَ [7:34]

३४) प्रत्येक समुदायको लागि (मृत्युको) एक समय निर्धारित छ, त्यो समय आइपुगेपछि नत एकछिन ढिलो गर्न सक्दछन् र नत चाँडो ।

### الآية 7:35

> ﻿يَا بَنِي آدَمَ إِمَّا يَأْتِيَنَّكُمْ رُسُلٌ مِنْكُمْ يَقُصُّونَ عَلَيْكُمْ آيَاتِي ۙ فَمَنِ اتَّقَىٰ وَأَصْلَحَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ [7:35]

३५) हे आदमको सन्तति ! जब हाम्रा पैगम्बर तिमीछेउ तिमीमध्येका आउँदछन् र हाम्रा आयतहरू तिमीलाई सुनाउँदछन्, अनि जसले आत्मसंयम राख्दछन र आफूलाई ठीक राख्दछन् त्यस्ता मानिसहरूलाई न त केही भय हुनेछ न त तिनी दुःखी नै हुनेछन् ।

### الآية 7:36

> ﻿وَالَّذِينَ كَذَّبُوا بِآيَاتِنَا وَاسْتَكْبَرُوا عَنْهَا أُولَٰئِكَ أَصْحَابُ النَّارِ ۖ هُمْ فِيهَا خَالِدُونَ [7:36]

३६) र जसले हाम्रा यी आयतहरूलाई गलत, वा झूठ भनेका छन् र तिनीसित घमण्डपूर्वक व्यवहार देखाउँछन् तिनीहरू नार्कीय हुनेछन् र सधैं त्यसैमा बसिराख्नेछन् ।

### الآية 7:37

> ﻿فَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَىٰ عَلَى اللَّهِ كَذِبًا أَوْ كَذَّبَ بِآيَاتِهِ ۚ أُولَٰئِكَ يَنَالُهُمْ نَصِيبُهُمْ مِنَ الْكِتَابِ ۖ حَتَّىٰ إِذَا جَاءَتْهُمْ رُسُلُنَا يَتَوَفَّوْنَهُمْ قَالُوا أَيْنَ مَا كُنْتُمْ تَدْعُونَ مِنْ دُونِ اللَّهِ ۖ قَالُوا ضَلُّوا عَنَّا وَشَهِدُوا عَلَىٰ أَنْفُسِهِمْ أَنَّهُمْ كَانُوا كَافِرِينَ [7:37]

३७) योभन्दा अन्यायी को होला जसले अल्लाहमाथि मिथ्या दोषरोपण गर्यो, वा उसका आयतहरूलाई गलत भन्दछ । तिनीहरूले आफ्नो भाग्यले निर्धारित गरेको कुरा पाउनेछन् । यहाँसम्म कि जब तिनीछेउ हामीले पठाएका फरिश्ताहरू प्राण निकाल्न आउने छन् र भन्ने छन्ः कि, अल्लाह बाहेक जसलाई तिमीले पुकार्ने गर्दथ्यौ तिनीहरू अहिले कहाँ गए ? तिनीहरूले भन्ने छन्ः (थाहा छैन) तिनीहरूले हामीलाई छोडेर गइहाले र तिनीहरूले आफुलाई काफिर भएको कुरा स्वीकार गर्नेछन् ।

### الآية 7:38

> ﻿قَالَ ادْخُلُوا فِي أُمَمٍ قَدْ خَلَتْ مِنْ قَبْلِكُمْ مِنَ الْجِنِّ وَالْإِنْسِ فِي النَّارِ ۖ كُلَّمَا دَخَلَتْ أُمَّةٌ لَعَنَتْ أُخْتَهَا ۖ حَتَّىٰ إِذَا ادَّارَكُوا فِيهَا جَمِيعًا قَالَتْ أُخْرَاهُمْ لِأُولَاهُمْ رَبَّنَا هَٰؤُلَاءِ أَضَلُّونَا فَآتِهِمْ عَذَابًا ضِعْفًا مِنَ النَّارِ ۖ قَالَ لِكُلٍّ ضِعْفٌ وَلَٰكِنْ لَا تَعْلَمُونَ [7:38]

३८) अल्लाहको आदेश हुने छः कि, जिन्न र मानिसहरूको जो सामूह तिमीहरूभन्दा पहिले नै गुज्री सकेका छन् । तिनको साथमा तिमी पनि नर्कमा जाऊ । जब कुनै समूह त्यसमा प्रवेश गर्नेछ आफूभन्दा पहिलेको समूहलाई धिक्कारने छ । यहाँसम्म कि जब सबै त्यसमा एकत्रित भइसक्नेछन । त हरेक पछिल्लो समूहले पहिलो समूहको बारेमा भन्ने छन्ः कि, हे रब ! यिनै मानिसहरूले हामीलाई पथभ्रष्ट गरेका थिए तसर्थ यिनलाई नर्कको सजाय दोब्बर दिनु । अल्लाहले भन्ने छः ‘‘कि, हरएकलाई दुईगुणा सजाय दिइनेछ तर तिमीलाई थाहा छैन ?’’

### الآية 7:39

> ﻿وَقَالَتْ أُولَاهُمْ لِأُخْرَاهُمْ فَمَا كَانَ لَكُمْ عَلَيْنَا مِنْ فَضْلٍ فَذُوقُوا الْعَذَابَ بِمَا كُنْتُمْ تَكْسِبُونَ [7:39]

३९) पहिलो समुदायले पछिल्लोसित भन्ने छ कि, तिमीलाई हामीमाथि कुनै प्रधानता प्राप्त भएन जुन कर्म तिमीले गर्ने गर्दथ्यौ त्यसको प्रतिफल स्वरूप सजायको स्वाद चाख ।

### الآية 7:40

> ﻿إِنَّ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا وَاسْتَكْبَرُوا عَنْهَا لَا تُفَتَّحُ لَهُمْ أَبْوَابُ السَّمَاءِ وَلَا يَدْخُلُونَ الْجَنَّةَ حَتَّىٰ يَلِجَ الْجَمَلُ فِي سَمِّ الْخِيَاطِ ۚ وَكَذَٰلِكَ نَجْزِي الْمُجْرِمِينَ [7:40]

४०) जसले हाम्रो आयतहरूलाई झूठा भने र अभिमानपूर्ण व्यवहार गरे, तिनीहरूका लागि आकाशका ढोकाहरू खोलिने छैन्, र तिनीहरू कहिले पनि स्वर्गमा जानेछैनन् जबसम्म कि, ऊँट सियोको प्वाँलबाट छिर्दैन । र पाप गर्नेहरूलाई हामीले यस्तै सजाय दिनेगर्छौं ।

### الآية 7:41

> ﻿لَهُمْ مِنْ جَهَنَّمَ مِهَادٌ وَمِنْ فَوْقِهِمْ غَوَاشٍ ۚ وَكَذَٰلِكَ نَجْزِي الظَّالِمِينَ [7:41]

४१) यस्ता मानिसहरूका लागि नर्कको आगो बिछ्यौना (ओछ्यान) हुनेछ र माथिबाट त्यसैको ओढने पनि । र यस्ता अत्याचारीहरूलाई हामीले यस्तै सजाय दिनेगर्छौं ।

### الآية 7:42

> ﻿وَالَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَا نُكَلِّفُ نَفْسًا إِلَّا وُسْعَهَا أُولَٰئِكَ أَصْحَابُ الْجَنَّةِ ۖ هُمْ فِيهَا خَالِدُونَ [7:42]

४२) जुन मानिसहरूले हाम्रो आयतहरूमाथि आस्था राखे र सत्कर्म गरेका छन् त्यस विषयमा हामीले कुनै व्यक्तिलाई उसको क्षमताभन्दा बढी जिम्मेवारी दिने छैनौं । यस्ता मानिसहरू नै स्वर्गका निबासी हुन् जो सधैं त्यसमा बास गर्नेछन् ।

### الآية 7:43

> ﻿وَنَزَعْنَا مَا فِي صُدُورِهِمْ مِنْ غِلٍّ تَجْرِي مِنْ تَحْتِهِمُ الْأَنْهَارُ ۖ وَقَالُوا الْحَمْدُ لِلَّهِ الَّذِي هَدَانَا لِهَٰذَا وَمَا كُنَّا لِنَهْتَدِيَ لَوْلَا أَنْ هَدَانَا اللَّهُ ۖ لَقَدْ جَاءَتْ رُسُلُ رَبِّنَا بِالْحَقِّ ۖ وَنُودُوا أَنْ تِلْكُمُ الْجَنَّةُ أُورِثْتُمُوهَا بِمَا كُنْتُمْ تَعْمَلُونَ [7:43]

४३) र एक अर्काको लागि छलकपट जो तिनीहरूका छातिमा थियो हामीले सबै निकालिदिनेछौं । तिनीहरूको (महलहरू) मुनि नहरहरू बगिराखेका हुनेछन् । र उनीहरूले भन्ने छन् ‘‘कि, अल्लाहको हामी धेरै कृतज्ञ छौं जसले हामीलाई यस स्थानसम्म पुर्यायो, र यदि अल्लाहले हामीलाई बाटो नदेखाएको भए हामी स्वयंले बाटो पाउन सक्ने थिएनौं । वास्तवमै हाम्रो पालनकर्ताले पठाएका रसूलले साँचो कुरा लिएर आएका थिए । उनीसित ठूलो आवाजमा भनिनेछ कि, यो जन्नत हो जसको तिमी वारिस बनाइएका छौ । यो तिमीले तिम्रो कर्मको बदलामा पाएका हौ ।’’

### الآية 7:44

> ﻿وَنَادَىٰ أَصْحَابُ الْجَنَّةِ أَصْحَابَ النَّارِ أَنْ قَدْ وَجَدْنَا مَا وَعَدَنَا رَبُّنَا حَقًّا فَهَلْ وَجَدْتُمْ مَا وَعَدَ رَبُّكُمْ حَقًّا ۖ قَالُوا نَعَمْ ۚ فَأَذَّنَ مُؤَذِّنٌ بَيْنَهُمْ أَنْ لَعْنَةُ اللَّهِ عَلَى الظَّالِمِينَ [7:44]

४४) र जन्नतवालाहरू (स्वर्गवाला) नर्कमा बस्नेहरूलाई ठूलो स्वरमा भन्ने छन् कि, जुन वाचा हाम्रो पालनकर्ताले हामीसँग गरेको थियो, हामीले त्यसलाई सत्य पाएका छौं । के तिमीले पनि जुन वचन तिम्रो पालनकर्ताले तिमीसँग गरेको थियो त्यसलाई साँचो पायौ ?’’ तिनीहरूले उत्तर दिनेछन् हो, पायौं त्यतिखेर तिनीहरूबीच एउटा पुकार्ने मान्छेले कराएर भन्ने छ कि, अन्यायीहरूमाथि अल्लाहको धिक्कार होस् ।

### الآية 7:45

> ﻿الَّذِينَ يَصُدُّونَ عَنْ سَبِيلِ اللَّهِ وَيَبْغُونَهَا عِوَجًا وَهُمْ بِالْآخِرَةِ كَافِرُونَ [7:45]

४५) जसले अल्लाहको बाटोमा हिंड्नबाट रोक्दथे र त्यसैलाई बाङ्गो बनाउन खोज्दथे र कियामतको दिनलाई अस्वीकार गर्दथे ।

### الآية 7:46

> ﻿وَبَيْنَهُمَا حِجَابٌ ۚ وَعَلَى الْأَعْرَافِ رِجَالٌ يَعْرِفُونَ كُلًّا بِسِيمَاهُمْ ۚ وَنَادَوْا أَصْحَابَ الْجَنَّةِ أَنْ سَلَامٌ عَلَيْكُمْ ۚ لَمْ يَدْخُلُوهَا وَهُمْ يَطْمَعُونَ [7:46]

४६) ती दुवै समूहको बीचमा एउटा परदा (आवरण) हुनेछ र आराफमाथि धेरै मानिसहरू हुनेछन् । यिनीहरूले सबैलाई तिनका अनुहारबाट नै चिन्ने छन् र तिनीहरूले जन्नतवालाहरूलाई ठूलो स्वरमा पुकारेर भन्ने छन् कि, ‘‘तिमीमाथि शान्ति होस् ।’’ यी मानिसहरू अझै जन्नतमा प्रवेश पाएका हुँदैनन् तर त्यसको उम्मीदवार हुनेछन् ।

### الآية 7:47

> ﻿۞ وَإِذَا صُرِفَتْ أَبْصَارُهُمْ تِلْقَاءَ أَصْحَابِ النَّارِ قَالُوا رَبَّنَا لَا تَجْعَلْنَا مَعَ الْقَوْمِ الظَّالِمِينَ [7:47]

४७) जब यिनीहरूका आँखा नर्कमा बस्नेहरूतिर पर्नेछ, त भन्ने छन् कि, ‘‘हे पालनकर्ता ! हामीलाई अत्याचारीहरूको साथमा शामिल नगर्नु ।’’

### الآية 7:48

> ﻿وَنَادَىٰ أَصْحَابُ الْأَعْرَافِ رِجَالًا يَعْرِفُونَهُمْ بِسِيمَاهُمْ قَالُوا مَا أَغْنَىٰ عَنْكُمْ جَمْعُكُمْ وَمَا كُنْتُمْ تَسْتَكْبِرُونَ [7:48]

४८) र आराफवाला व्यक्तिहरूले धेरै मानिसहरूलाई जसलाई तिनका अनुहारबाट चिनी राखेका हुन्छन् तिनीहरूलाई भन्ने छन्ः कि, आज न त तिम्रो समूह कुनै काम आयो न त तिमीले ठूलो सम्झने कार्यले नै तिम्रो काम आयो ।’’

### الآية 7:49

> ﻿أَهَٰؤُلَاءِ الَّذِينَ أَقْسَمْتُمْ لَا يَنَالُهُمُ اللَّهُ بِرَحْمَةٍ ۚ ادْخُلُوا الْجَنَّةَ لَا خَوْفٌ عَلَيْكُمْ وَلَا أَنْتُمْ تَحْزَنُونَ [7:49]

४९) ‘‘के यी तिनै मानिसहरू हुन् जसको बारेमा तिमीले शपथ लिने गर्दथ्यौ कि, अल्लाहले तिनीहरूमाथि कृपा गर्र्दैन । तसर्थ तिमीहरू स्वर्गमा प्रवेश गरिहाल तिमीहरूलाई कुनै भय छैन, न त तिमीलाई कुनै प्रकारको दुःख छ नकुनै शोक हुनेछ ।

### الآية 7:50

> ﻿وَنَادَىٰ أَصْحَابُ النَّارِ أَصْحَابَ الْجَنَّةِ أَنْ أَفِيضُوا عَلَيْنَا مِنَ الْمَاءِ أَوْ مِمَّا رَزَقَكُمُ اللَّهُ ۚ قَالُوا إِنَّ اللَّهَ حَرَّمَهُمَا عَلَى الْكَافِرِينَ [7:50]

५०) र नर्कमा बस्नेहरूले स्वर्गमा बस्नेहरूसँग भन्नेछन् कि हामीमाथि थोरै जल हाल वा अल्लाहले तिमीहरूलाई दिएको छ त्यसबाट केही हामीलाई पनि देऊ । स्वर्गवालाहरूले जवाफ दनेछन्ः कि, अल्लाहले दुवैकुरा (स्वर्गको पानी र जीविका) अधर्मीहरूको निम्ति निषेधित गरेको छ ।

### الآية 7:51

> ﻿الَّذِينَ اتَّخَذُوا دِينَهُمْ لَهْوًا وَلَعِبًا وَغَرَّتْهُمُ الْحَيَاةُ الدُّنْيَا ۚ فَالْيَوْمَ نَنْسَاهُمْ كَمَا نَسُوا لِقَاءَ يَوْمِهِمْ هَٰذَا وَمَا كَانُوا بِآيَاتِنَا يَجْحَدُونَ [7:51]

५१) जसले संसारमा आफ्नो धर्मलाई खेल तामाशा बनाएका थिए र सांसारिक जीवनले तिनलाई धोखामा पारिसकेको थियो । जुन प्रकारले तिनीहरूले त्यसदिनको आगमनलाई बिर्सिदिएका थिए र हाम्रा आयतहरूलाई अस्वीकार गरेका थिए त्यस्तै आज हामीले पनि तिनीहरूलाई बिर्सिदिने छौं ।

### الآية 7:52

> ﻿وَلَقَدْ جِئْنَاهُمْ بِكِتَابٍ فَصَّلْنَاهُ عَلَىٰ عِلْمٍ هُدًى وَرَحْمَةً لِقَوْمٍ يُؤْمِنُونَ [7:52]

५२) हामीले तिनीहरू छेउ एउटा यस्तो किताब पुर्याइसकेका छौं जसलाई हामीले आफ्ना परिपक्व ज्ञानका आधारमा विस्तृत रूपमा वर्णन गरेका छौं र त्यो मोमिनहरूको लागि मार्गदर्शन र वरदान हो ।

### الآية 7:53

> ﻿هَلْ يَنْظُرُونَ إِلَّا تَأْوِيلَهُ ۚ يَوْمَ يَأْتِي تَأْوِيلُهُ يَقُولُ الَّذِينَ نَسُوهُ مِنْ قَبْلُ قَدْ جَاءَتْ رُسُلُ رَبِّنَا بِالْحَقِّ فَهَلْ لَنَا مِنْ شُفَعَاءَ فَيَشْفَعُوا لَنَا أَوْ نُرَدُّ فَنَعْمَلَ غَيْرَ الَّذِي كُنَّا نَعْمَلُ ۚ قَدْ خَسِرُوا أَنْفُسَهُمْ وَضَلَّ عَنْهُمْ مَا كَانُوا يَفْتَرُونَ [7:53]

५३) के यिनीहरू यस प्रतीक्षामा छन, कि अन्तिम परिणाम सामुन्ने आइहालोस् । जुन दिन त्यो अन्तिम परिणाम अगाडि आउनेछ ती व्यक्ति जसले पहिले त्यसको उपेक्षा गरेका थिए भन्ने छन् ‘‘वास्तवमा हाम्रो पालनकर्ताका रसूल सत्य लिएर आएका थिए, के आज हामीलाई कोही सिफारिश गर्ने पाइन्छ जसले हाम्रो हकमा सिफारिश गरुन् ? वा के हामीलाई संसारमा फिर्ता पठाउन सकिन्छ ताकि जुन दुष्कर्म हामीले अघि गर्दथ्यौं त्यो नगरौं बरु तिनको विपरीत अन्य (असल) कर्म गरौं । निःसन्देह तिनीहरूले आफैलाई घाटामा पारेका छन् र जे–जति मनगढन्ते कुरा यिनीहरूले गर्दथे ती सबै हराइसके ।’’

### الآية 7:54

> ﻿إِنَّ رَبَّكُمُ اللَّهُ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَىٰ عَلَى الْعَرْشِ يُغْشِي اللَّيْلَ النَّهَارَ يَطْلُبُهُ حَثِيثًا وَالشَّمْسَ وَالْقَمَرَ وَالنُّجُومَ مُسَخَّرَاتٍ بِأَمْرِهِ ۗ أَلَا لَهُ الْخَلْقُ وَالْأَمْرُ ۗ تَبَارَكَ اللَّهُ رَبُّ الْعَالَمِينَ [7:54]

५४) कुनै सन्देह छैन कि, तिम्रो पालनकर्ता अल्लाह नै हो, जसले आकाशहरू र पृथ्वीलाई, छ (६) दिनमै सृष्टि गर्यो र त्यस पश्चात आफ्नो अर्श (सिंहसान) माथि उच्च भयो, उसैले रातीबाट दिनलाई यसरी ढाकिदिन्छ कि दिन रातीको पछि दौडेर आउँछ । र सूर्य, चन्द्र र ताराहरूको यसरी सृष्टि गर्यो कि सबै उसैको आदेशको अधीनमा हुन्छन् । हेर ! सम्पूर्ण सृष्टि उसैको हो र आदेश पनि उसैको हो । यो अल्लाह सर्वगुण सम्पन्न छ जो सबै ब्रह्माण्डको पालनकर्ता हो ।

### الآية 7:55

> ﻿ادْعُوا رَبَّكُمْ تَضَرُّعًا وَخُفْيَةً ۚ إِنَّهُ لَا يُحِبُّ الْمُعْتَدِينَ [7:55]

५५) (मानिसहरू !) आफ्नो पालनकर्तासंग विनम्र विन्ती गर्नेगर ठूलो स्वरले र एकान्तमा प्रार्थना गर । वास्तवमा अल्लाहले सीमा उल्लंघन गर्नेहरूलाई प्रेम गर्दैन ।

### الآية 7:56

> ﻿وَلَا تُفْسِدُوا فِي الْأَرْضِ بَعْدَ إِصْلَاحِهَا وَادْعُوهُ خَوْفًا وَطَمَعًا ۚ إِنَّ رَحْمَتَ اللَّهِ قَرِيبٌ مِنَ الْمُحْسِنِينَ [7:56]

५६) पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नगर्नु र अल्लाहसँग डराउँदै र आशा राख्दै प्रार्थना गर्दैगर्नु । कुनै शंका छैन कि अल्लाहको अनुकम्पा सत्कर्म गर्नेहरूको समीपमा छ ।

### الآية 7:57

> ﻿وَهُوَ الَّذِي يُرْسِلُ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ ۖ حَتَّىٰ إِذَا أَقَلَّتْ سَحَابًا ثِقَالًا سُقْنَاهُ لِبَلَدٍ مَيِّتٍ فَأَنْزَلْنَا بِهِ الْمَاءَ فَأَخْرَجْنَا بِهِ مِنْ كُلِّ الثَّمَرَاتِ ۚ كَذَٰلِكَ نُخْرِجُ الْمَوْتَىٰ لَعَلَّكُمْ تَذَكَّرُونَ [7:57]

५७) र ऊ नै हो जसले आफ्नो अनुकम्पा (बर्षा) भन्दा अगाडी वायुलाई शुभसूचनाको रूपमा पठाउँदछ । यहाँसम्म कि जब त्यसले ठूला–ठूला बादलहरूलाई उचालेर ल्याउँछ तब हामीले त्यसलाई एउटा कुनै सुख्खा भू–भागतिर पठाइदिन्छौ । त्यसपछि बादलहरूबाट बृष्टि गराउँछौ, अनि त्यस बर्षाको जलबाट थरि–थरिका फल उत्पन्न गर्दछौं । यसै प्रकार हामीले मृतकहरूलाई (जीवित पारी) बाहिर निकाल्ने छौं । आशा छ कि तिमीले सदुपदेश ग्रहण गर्नेछौ ।

### الآية 7:58

> ﻿وَالْبَلَدُ الطَّيِّبُ يَخْرُجُ نَبَاتُهُ بِإِذْنِ رَبِّهِ ۖ وَالَّذِي خَبُثَ لَا يَخْرُجُ إِلَّا نَكِدًا ۚ كَذَٰلِكَ نُصَرِّفُ الْآيَاتِ لِقَوْمٍ يَشْكُرُونَ [7:58]

५८) जुन भूमि उर्बर र राम्रो छ त्यसबाट उम्रने कुरा पनि अल्लाहको आदेशले राम्रो नै हुन्छ, र जुन भूमि नराम्रो छ त्यसबाट जे उम्रन्छ काम नलाग्ने खराब हुन्छ । यसै प्रकार हामीले आफ्नो आयतहरूलाई (तर्कहरू) कृतज्ञहरूको लागि विभिन्न प्रकारले वर्णन गर्दछौं ।

### الآية 7:59

> ﻿لَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ فَقَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ [7:59]

५९) हामीले नूह (पैगÞम्बर) लाई उनको जातितिर पठायौं उनले भने कि, ‘‘हे मेरो जातिका मानिस ! अल्लाहको उपासना गर, उस बाहेक तिम्रो कोही पूजाको योग्य छैन । मलाई तिम्रो लागि एउटा ठूलो दिनको सजाय हुने डरछ ।

### الآية 7:60

> ﻿قَالَ الْمَلَأُ مِنْ قَوْمِهِ إِنَّا لَنَرَاكَ فِي ضَلَالٍ مُبِينٍ [7:60]

६०) उनको जातिको नेताले भने कि, ‘‘हामीले तिमीलाई ठूलो दिगभ्रान्त भएको देखिराखेका छौं ।’’

### الآية 7:61

> ﻿قَالَ يَا قَوْمِ لَيْسَ بِي ضَلَالَةٌ وَلَٰكِنِّي رَسُولٌ مِنْ رَبِّ الْعَالَمِينَ [7:61]

६१) उनले (नूहले) भनेः ‘‘हे मेरो जाति बन्धु ! ममा कुनै प्रकारको मार्गविचलन छैन, बरु म संसारको पालनकर्ताको पैगम्बर संदेशबाहक हूँ ।’’

### الآية 7:62

> ﻿أُبَلِّغُكُمْ رِسَالَاتِ رَبِّي وَأَنْصَحُ لَكُمْ وَأَعْلَمُ مِنَ اللَّهِ مَا لَا تَعْلَمُونَ [7:62]

६२) तिमीछेउ आफ्नो पालनकर्ताको सन्देश पुर्याउँछु, र तिम्रो शुभेच्छुक हूँ र म अल्लाहको तर्फबाट यस्ता कुराहरूको जानकारी राख्दछु जसबारे तिमी अनभिज्ञ छौ ।

### الآية 7:63

> ﻿أَوَعَجِبْتُمْ أَنْ جَاءَكُمْ ذِكْرٌ مِنْ رَبِّكُمْ عَلَىٰ رَجُلٍ مِنْكُمْ لِيُنْذِرَكُمْ وَلِتَتَّقُوا وَلَعَلَّكُمْ تُرْحَمُونَ [7:63]

६३) के तिमीलाई यस कुराको आश्चर्य लाग्यो कि, तिमीहरूमध्येबाटै एक व्यक्तिको हातबाट तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो समीपमा सदुपदेश आयो जसले तिमीलाई सावधान गराओस् र तिमी डर मान (र आत्मसंयमी बन) ताकि तिमीमाथि दया गरियोस् ?

### الآية 7:64

> ﻿فَكَذَّبُوهُ فَأَنْجَيْنَاهُ وَالَّذِينَ مَعَهُ فِي الْفُلْكِ وَأَغْرَقْنَا الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا ۚ إِنَّهُمْ كَانُوا قَوْمًا عَمِينَ [7:64]

६४) तर तिनीहरूले उनलाई झूठा भने, अन्ततः हामीले नूहलाई र जो उनको साथ ढुंगामा सवार थिए, बचाइहालें र जसले हाम्रो आयतहरूलाई झूठा भने तिनीहरूलाई डुबाइदियौं । निःसन्देह तिनी अन्धा मानिसहरू नै थिए ।

### الآية 7:65

> ﻿۞ وَإِلَىٰ عَادٍ أَخَاهُمْ هُودًا ۗ قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ ۚ أَفَلَا تَتَّقُونَ [7:65]

६५) र आदको जातितिर उनीहरूकै दाजुभाइहरूमध्येका ‘‘हूदलाई’’ पठायौं । उनले भने कि ‘‘हे मेरा जाति बन्धुहरू ! अल्लाहको उपासना गर, त्यस बाहेक तिम्रो अरु कोही सत्य पुजनीय छैन, त के तिमीहरू डराउँदैनौ ?

### الآية 7:66

> ﻿قَالَ الْمَلَأُ الَّذِينَ كَفَرُوا مِنْ قَوْمِهِ إِنَّا لَنَرَاكَ فِي سَفَاهَةٍ وَإِنَّا لَنَظُنُّكَ مِنَ الْكَاذِبِينَ [7:66]

६६) उनको जातिका सरदार जो काफिर थिए, भन्न थालेः कि, ‘‘हामीले तिमीलाई मूर्खतामा ग्रस्त भएको सम्झिदैछौं र हामीले तिमीलाई झूठा ठान्दछौं ।’’

### الآية 7:67

> ﻿قَالَ يَا قَوْمِ لَيْسَ بِي سَفَاهَةٌ وَلَٰكِنِّي رَسُولٌ مِنْ رَبِّ الْعَالَمِينَ [7:67]

६७) उनले भनेः ‘‘हे मेरा जाति बन्धुहरू ! ममा मूर्खताको कुनै कुरा छैन, बरु म विश्वको पालनकर्ताको संदेशबाहक (पैगम्बर) हूँ ।

### الآية 7:68

> ﻿أُبَلِّغُكُمْ رِسَالَاتِ رَبِّي وَأَنَا لَكُمْ نَاصِحٌ أَمِينٌ [7:68]

६८) म तिमीहरूलाई अल्लाहको सन्देश पुर्याउँछु र तिम्रो शुभेच्छुक र हितैषी हूँ ।

### الآية 7:69

> ﻿أَوَعَجِبْتُمْ أَنْ جَاءَكُمْ ذِكْرٌ مِنْ رَبِّكُمْ عَلَىٰ رَجُلٍ مِنْكُمْ لِيُنْذِرَكُمْ ۚ وَاذْكُرُوا إِذْ جَعَلَكُمْ خُلَفَاءَ مِنْ بَعْدِ قَوْمِ نُوحٍ وَزَادَكُمْ فِي الْخَلْقِ بَسْطَةً ۖ فَاذْكُرُوا آلَاءَ اللَّهِ لَعَلَّكُمْ تُفْلِحُونَ [7:69]

६९) के तिमीलाई यस कुराबाट आश्चर्य लाग्यो कि, तिमीहरूमध्येबाट एउटा मानिसद्वारा तिम्रो पालनकर्ताको तर्फबाट तिमीछेउ सत्यउपदेश आयो ताकि उसले तिमीलाई डर देखाओस् ? र तिमी यो नभुल्नु कि तिम्रो पालनकर्ताले नूहको जाति पश्चात तिमीलाई त्यसको उत्तराधिकारी बनायो, र आकारमा तिमीलाई बढी व्यापकता प्रदान गर्यो, तसर्थ अल्लाहका अनुकम्पाहरूलाई स्मरण गर ताकि मुक्ति प्राप्त गर्न सक ।

### الآية 7:70

> ﻿قَالُوا أَجِئْتَنَا لِنَعْبُدَ اللَّهَ وَحْدَهُ وَنَذَرَ مَا كَانَ يَعْبُدُ آبَاؤُنَا ۖ فَأْتِنَا بِمَا تَعِدُنَا إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ [7:70]

७०) तिनीहरूले भन्न थालेः के तपाई हामीतिर यस कारणले आउनु भएको हो कि हामीले एउटै अल्लाहको पूजा गर्न थालौं र जसलाई हाम्रा पूर्वजहरूले पूज्दै आएका थिए तिनलाई छाडिदिऔं ? तसर्थ यदि साँचो हौ भने, जुन सजायबाट हामीलाई डर देखाइराखेका छौ त्यसलाई मँगाइदेऊ ।

### الآية 7:71

> ﻿قَالَ قَدْ وَقَعَ عَلَيْكُمْ مِنْ رَبِّكُمْ رِجْسٌ وَغَضَبٌ ۖ أَتُجَادِلُونَنِي فِي أَسْمَاءٍ سَمَّيْتُمُوهَا أَنْتُمْ وَآبَاؤُكُمْ مَا نَزَّلَ اللَّهُ بِهَا مِنْ سُلْطَانٍ ۚ فَانْتَظِرُوا إِنِّي مَعَكُمْ مِنَ الْمُنْتَظِرِينَ [7:71]

७१) हूदले भनेः कि बस अब ‘‘हाम्रो पालनकर्ताको तर्फबाट तिमीमाथि सजाय र क्रोध आउने कुरा निश्चित भइसकेको छ के तिमी मसँग यस्ता नामहरूको बारेमा झगडा गरिराखेका छौ जुनकि तिमीले र तिम्रा बाबु बाजेले आफ्नै तर्फबाट नामाकरण गरेका हुन् जसको बारेमा अल्लाहले कुनै प्रमाण पठाएको छैन ? ठीकै छ तिमीले पनि प्रतीक्षा गरिराख म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।’’

### الآية 7:72

> ﻿فَأَنْجَيْنَاهُ وَالَّذِينَ مَعَهُ بِرَحْمَةٍ مِنَّا وَقَطَعْنَا دَابِرَ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا ۖ وَمَا كَانُوا مُؤْمِنِينَ [7:72]

७२) त्यसछि हामीले हूदलाई र जुन मानिसहरू उनको साथमा थिए तिनीहरूलाई आफ्नो अनुकम्पाले बचायौं र जसले हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको जरा नै काटिदियौं । र तिनीहरू ईमान ल्याउनेवाला थिएनन् ।

### الآية 7:73

> ﻿وَإِلَىٰ ثَمُودَ أَخَاهُمْ صَالِحًا ۗ قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ ۖ قَدْ جَاءَتْكُمْ بَيِّنَةٌ مِنْ رَبِّكُمْ ۖ هَٰذِهِ نَاقَةُ اللَّهِ لَكُمْ آيَةً ۖ فَذَرُوهَا تَأْكُلْ فِي أَرْضِ اللَّهِ ۖ وَلَا تَمَسُّوهَا بِسُوءٍ فَيَأْخُذَكُمْ عَذَابٌ أَلِيمٌ [7:73]

७३) र हामीले समूदको जातितिर उनका भाइ ‘‘सालेहलाई’’ पठायौं, सालेहले भने कि, ‘‘हे मेरा जाति बन्धुहरू! अल्लाहकै पूजा गर र उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन तिमीछेउ तिम्रो पालनकर्ताबाट एउटा स्पष्ट प्रमाण आइसकेको छ । यो ऊँटनी अल्लाहको तर्फबाट हो र तिम्रो निम्ति एक (चमत्कारको रूपमा) प्रमाण हो । तसर्थ यसलाई स्वतन्त्र छाडिदेऊ कि अल्लाहको जमिनमा चरदै घुमोस् । र तिमीले यसलाई नराम्रो नीयतले छुदै नछुनु अन्यथा कष्टदायक दण्डले तिमीलाई समातिहाल्छ ।’’

### الآية 7:74

> ﻿وَاذْكُرُوا إِذْ جَعَلَكُمْ خُلَفَاءَ مِنْ بَعْدِ عَادٍ وَبَوَّأَكُمْ فِي الْأَرْضِ تَتَّخِذُونَ مِنْ سُهُولِهَا قُصُورًا وَتَنْحِتُونَ الْجِبَالَ بُيُوتًا ۖ فَاذْكُرُوا آلَاءَ اللَّهِ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ [7:74]

७४) र तिमी स्मरण गर त्यस समयलाई कि अल्लाहले तिमीलाई आदको जातिपछि उत्तराधिकारी बनायो र पृथ्वीमा तिमीलाई यो स्थान प्रदान गर्यो कि आज तिमीले अल्लाहको समतल भूमिमा महल बनाउँछौ र पहाडहरूलाई काटछाँट गरी घर बनाउँदछौ । अल्लाहका वरदानहरूलाई स्मरण गर र पृथ्वीमा उपद्रव गर्दै नहिंड ।

### الآية 7:75

> ﻿قَالَ الْمَلَأُ الَّذِينَ اسْتَكْبَرُوا مِنْ قَوْمِهِ لِلَّذِينَ اسْتُضْعِفُوا لِمَنْ آمَنَ مِنْهُمْ أَتَعْلَمُونَ أَنَّ صَالِحًا مُرْسَلٌ مِنْ رَبِّهِ ۚ قَالُوا إِنَّا بِمَا أُرْسِلَ بِهِ مُؤْمِنُونَ [7:75]

७५) अनि उनको जातिका जो अभिमानी बनेका थिए उनीहरूले कम्जोर वर्गहरूसँग जसले कि ईमान ल्याइसकेका थिए भन्न थालेः कि, ‘‘के तिमीले विश्वास गर्दछौ कि सालेह(अलैहिस्सलाम) आफ्नो पालनकर्ताबाट पठाइएका हुन् ।’’ उनीहरूले भने, ‘‘हो जुन कुरा उनलाई दिएर पठाइएको छ हामीले त्यसमा निःसन्देह विश्वास गर्दछौ ।

### الآية 7:76

> ﻿قَالَ الَّذِينَ اسْتَكْبَرُوا إِنَّا بِالَّذِي آمَنْتُمْ بِهِ كَافِرُونَ [7:76]

७६) त्यसपछि ती घमण्डी सरदारहरूले भन्न थालेः कि, जुन कुरामा तिमीले विश्वास गरेका छौ हामीले त त्यसलाई मान्दैनौं ।

### الآية 7:77

> ﻿فَعَقَرُوا النَّاقَةَ وَعَتَوْا عَنْ أَمْرِ رَبِّهِمْ وَقَالُوا يَا صَالِحُ ائْتِنَا بِمَا تَعِدُنَا إِنْ كُنْتَ مِنَ الْمُرْسَلِينَ [7:77]

७७) अनन्तः तिनीहरूले त्यस ऊँटनीलाई घुँड़ा काटेर मारिदिए । र आफ्नो पालनकर्ताको आदेश पूर्णरूपमा उल्लंघन गरे र ‘‘सालेहसँग’’ भने कि, जुन कुराबाट तिमीले हामीलाई डराउँदथ्योै यदि तिमी अल्लाहको संदेशबाहक हौ भने त्यो हामीमाथि ल्याऊ ।’’

### الآية 7:78

> ﻿فَأَخَذَتْهُمُ الرَّجْفَةُ فَأَصْبَحُوا فِي دَارِهِمْ جَاثِمِينَ [7:78]

७८) अनि तिनलाई भूकम्पले आई समात्यो र तिनीहरू आफ्ना घरहरूमा लम्पसार परिरहे ।

### الآية 7:79

> ﻿فَتَوَلَّىٰ عَنْهُمْ وَقَالَ يَا قَوْمِ لَقَدْ أَبْلَغْتُكُمْ رِسَالَةَ رَبِّي وَنَصَحْتُ لَكُمْ وَلَٰكِنْ لَا تُحِبُّونَ النَّاصِحِينَ [7:79]

७९) त्यसपछि सालेह (निराश भई) फर्के र भने कि हे मेरो जाति बन्धुहरू ! मैले त तिमीहरूलाई अल्लाहको सन्देश पुर्याइहालें, तिम्रै हितको कुरा गरें, तर तिमीहरू यस्ता हौ कि शुभेच्छुकलाई मित्र ठान्दैनौ ।

### الآية 7:80

> ﻿وَلُوطًا إِذْ قَالَ لِقَوْمِهِ أَتَأْتُونَ الْفَاحِشَةَ مَا سَبَقَكُمْ بِهَا مِنْ أَحَدٍ مِنَ الْعَالَمِينَ [7:80]

८०) र हामीले लूतलाई पैगम्बर बनाएर पठायौं, त्यति बेला उनले आफ्नो जातिसँग भने तिमी यस्तो निर्लज्ज काम गर्दछौ कि जुन काम तिमीभन्दा अगाडि विश्वमा कसैले गरेनन् ।

### الآية 7:81

> ﻿إِنَّكُمْ لَتَأْتُونَ الرِّجَالَ شَهْوَةً مِنْ دُونِ النِّسَاءِ ۚ بَلْ أَنْتُمْ قَوْمٌ مُسْرِفُونَ [7:81]

८१) तिमीहरूले स्वास्नी मानिसहरूलाई छाडि केटाहरूसंग कुकर्म गर्दछौ । वास्तवमा तिमीहरूले त सीमाको उल्लंघन नै गरिसकेका छौ ।

### الآية 7:82

> ﻿وَمَا كَانَ جَوَابَ قَوْمِهِ إِلَّا أَنْ قَالُوا أَخْرِجُوهُمْ مِنْ قَرْيَتِكُمْ ۖ إِنَّهُمْ أُنَاسٌ يَتَطَهَّرُونَ [7:82]

८२) तर तिनीहरूबाट यस बाहेक कुनै उत्तर आउन सकेनः कि, ‘‘यिनीहरूलाई (लूत र तिनका घरवालालाई) आफ्नो गाउँबाट निकालिदिनु पर्याे (किनभने) यिनीहरू बडो पवित्र बन्न चाहन्छन् ।’’

### الآية 7:83

> ﻿فَأَنْجَيْنَاهُ وَأَهْلَهُ إِلَّا امْرَأَتَهُ كَانَتْ مِنَ الْغَابِرِينَ [7:83]

८३) अनि हामीले लूतलाई र उनका घरवालाहरूलाई बचाइहाल्यौं, तर तिनको स्वास्नी बच्न सकिन्न, किनभने उनी तिनीहरूमध्येकी थिइन् जो सजायभागी थिए ।

### الآية 7:84

> ﻿وَأَمْطَرْنَا عَلَيْهِمْ مَطَرًا ۖ فَانْظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُجْرِمِينَ [7:84]

८४) र हामीले तिनीहरूमाथि विशेष प्रकारको (ढुङ्गाको) वर्षा गर्यौं, तसर्थ हेर त ती अत्याचारीहरूको अन्त कस्तो भयो ।

### الآية 7:85

> ﻿وَإِلَىٰ مَدْيَنَ أَخَاهُمْ شُعَيْبًا ۗ قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ ۖ قَدْ جَاءَتْكُمْ بَيِّنَةٌ مِنْ رَبِّكُمْ ۖ فَأَوْفُوا الْكَيْلَ وَالْمِيزَانَ وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تُفْسِدُوا فِي الْأَرْضِ بَعْدَ إِصْلَاحِهَا ۚ ذَٰلِكُمْ خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ مُؤْمِنِينَ [7:85]

८५) र हामीले ‘‘मदयन’’ तिर उनको भाइ ‘‘शुऐबलाई’’ पठायौं । उनले भनेः कि ‘‘हे मेरा जाति बन्धुहरू ! अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरु कुनै सत्य पूजनीय छैन ।’’ तिमीछेउ तिम्रो पालनकर्ताबाट स्पष्ट निशानी आइसकेको छ, तसर्थ तिमीले नापतौल पूरा–पूर गर्नेगर र मानिसहरूलाई उनीहरूका चिजको मात्रा घटाई नदिने गर र पृथ्वीमा सुधार पछि खराबी उत्पन्न नगर । यदि तिमी ईमानवाला भएका छौ भने बुझिहाल यो तिम्रो हकमा राम्रो छ ।

### الآية 7:86

> ﻿وَلَا تَقْعُدُوا بِكُلِّ صِرَاطٍ تُوعِدُونَ وَتَصُدُّونَ عَنْ سَبِيلِ اللَّهِ مَنْ آمَنَ بِهِ وَتَبْغُونَهَا عِوَجًا ۚ وَاذْكُرُوا إِذْ كُنْتُمْ قَلِيلًا فَكَثَّرَكُمْ ۖ وَانْظُرُوا كَيْفَ كَانَ عَاقِبَةُ الْمُفْسِدِينَ [7:86]

८६) र प्रत्येक बाटोमा यस आसयका साथ बस्ने नगर, कि जो व्यक्ति अल्लाहमाथि आस्था राख्दछ उसलाई तिमीले धम्काऊ र अल्लाहको बाटोबाट रोक, र सिधा बाटोमा बाङ्गोपन खोज्दै गर । र त्यस बेलालाई स्मरण गर, जब तिमी अल्पसंख्यामा थियौ अनि अल्लाहले तिमीहरूलाई ठूलो समूहमा परिणत गरिदियो र हेर कि खराबी (उत्पात) सृजना गर्नेहरूको अंत कस्तो भएको छ ।

### الآية 7:87

> ﻿وَإِنْ كَانَ طَائِفَةٌ مِنْكُمْ آمَنُوا بِالَّذِي أُرْسِلْتُ بِهِ وَطَائِفَةٌ لَمْ يُؤْمِنُوا فَاصْبِرُوا حَتَّىٰ يَحْكُمَ اللَّهُ بَيْنَنَا ۚ وَهُوَ خَيْرُ الْحَاكِمِينَ [7:87]

८७) र यदि तिमीहरूमध्येबाट एउटा समूहले त्यस आदेशमाथि ईमान ल्याएका छन् जुन मलाई दिएर पठाइएको छ । र एक समूहले ईमान ल्याएको छैन भने अलि सन्तोष (संयम) गर जबसम्म कि अल्लाहले हाम्रो र तिम्रोबीच कुनै निर्णय गर्दैन र ऊ सबभन्दा राम्रो निर्णयकर्ता छ ।

### الآية 7:88

> ﻿۞ قَالَ الْمَلَأُ الَّذِينَ اسْتَكْبَرُوا مِنْ قَوْمِهِ لَنُخْرِجَنَّكَ يَا شُعَيْبُ وَالَّذِينَ آمَنُوا مَعَكَ مِنْ قَرْيَتِنَا أَوْ لَتَعُودُنَّ فِي مِلَّتِنَا ۚ قَالَ أَوَلَوْ كُنَّا كَارِهِينَ [7:88]

८८) (त्यसपछि) उनका जातिका मुखिया र अभिमानी मानिसहरूले भन्नथालेः कि हे शुऐब ! हामी तिमीलाई र जुन मानिसहरू तिम्रो साथमा ईमान ल्याएका छन् उनलाई आफ्नो नगरबाट निकालिदिने छौं यदि तिमीहरूले हाम्रो धर्मलाई स्वीकार गरेनौ भने । शोऐबले भने म तिम्रो धर्ममा जान घृणा गर्दछु भने तापनि ।

### الآية 7:89

> ﻿قَدِ افْتَرَيْنَا عَلَى اللَّهِ كَذِبًا إِنْ عُدْنَا فِي مِلَّتِكُمْ بَعْدَ إِذْ نَجَّانَا اللَّهُ مِنْهَا ۚ وَمَا يَكُونُ لَنَا أَنْ نَعُودَ فِيهَا إِلَّا أَنْ يَشَاءَ اللَّهُ رَبُّنَا ۚ وَسِعَ رَبُّنَا كُلَّ شَيْءٍ عِلْمًا ۚ عَلَى اللَّهِ تَوَكَّلْنَا ۚ رَبَّنَا افْتَحْ بَيْنَنَا وَبَيْنَ قَوْمِنَا بِالْحَقِّ وَأَنْتَ خَيْرُ الْفَاتِحِينَ [7:89]

८९) अल्लाहले हामीलाई त्यसबाट उद्घार गरिसकेपछि यदि हामी तिम्रो धर्ममा फक्र्यौं भने निःसन्देह हामी अल्लाहप्रति झूठको आरोप लगाएको ठहरिन्छौं, बरु हाम्रो पालनकर्ता, अल्लाहको इच्छा बिना त्यसतर्फ फर्कनु सम्भव छैन । हाम्रो रबको ज्ञान हरेक कुरालाई घेरामा लिएको छ । हामी अल्लाहमाथि नै भरोसा गर्दछौं । हे पालनकर्ता ! हामी र हाम्रो समुदायको बीचमा निश्चित न्याय निसाफ गरिदेऊ । र तिमी सबैभन्दा राम्रो न्यायकर्ता हौ ।

### الآية 7:90

> ﻿وَقَالَ الْمَلَأُ الَّذِينَ كَفَرُوا مِنْ قَوْمِهِ لَئِنِ اتَّبَعْتُمْ شُعَيْبًا إِنَّكُمْ إِذًا لَخَاسِرُونَ [7:90]

९०) र उनका समूहका काफिर नाइकेहरूले भनेः ‘‘यदि तिमीहरू शुऐबको मार्गमा हिंड्छौ भने निश्चय नै ठूलो नोक्सानी बेहोर्नेछौ ।’’

### الآية 7:91

> ﻿فَأَخَذَتْهُمُ الرَّجْفَةُ فَأَصْبَحُوا فِي دَارِهِمْ جَاثِمِينَ [7:91]

९१) अनि तिनीहरूलाई भुकम्पले आइसमात्यो । तसर्थ तिनीहरू आफ्ना घरहरूमा घोप्टो परेको परै भए ।

### الآية 7:92

> ﻿الَّذِينَ كَذَّبُوا شُعَيْبًا كَأَنْ لَمْ يَغْنَوْا فِيهَا ۚ الَّذِينَ كَذَّبُوا شُعَيْبًا كَانُوا هُمُ الْخَاسِرِينَ [7:92]

९२) जसले शुऐबलाई झूठा भनेका थिए तिनीहरूको यस्तो अवस्था भइहाल्यो जस्तो कि यी घरहरूमा कहिल्यै बसेकै थिएनन् । जसले शुऐबलाई झूठो भनेका थिए तिनीहरू नै घाटामा परिहाले ।

### الآية 7:93

> ﻿فَتَوَلَّىٰ عَنْهُمْ وَقَالَ يَا قَوْمِ لَقَدْ أَبْلَغْتُكُمْ رِسَالَاتِ رَبِّي وَنَصَحْتُ لَكُمْ ۖ فَكَيْفَ آسَىٰ عَلَىٰ قَوْمٍ كَافِرِينَ [7:93]

९३) अनि शुऐब (अलैहिस्सलाम) उनीहरूबाट विमुख भई हिंडेर भन्न थालेः कि हे मेरा जातिबन्धु ! मैले तिमीलाई आफ्नो पालनकर्ताको सन्देशहरू पुर्याएको थिएँ र मैले तिम्रो हितको कुरा गरेको थिएँ । तसर्थ म यी काफिहरूमाथि दुखप्रकट किन गरूँ ?

### الآية 7:94

> ﻿وَمَا أَرْسَلْنَا فِي قَرْيَةٍ مِنْ نَبِيٍّ إِلَّا أَخَذْنَا أَهْلَهَا بِالْبَأْسَاءِ وَالضَّرَّاءِ لَعَلَّهُمْ يَضَّرَّعُونَ [7:94]

९४) र हामीले कुनै पनि बस्तिमा कुनै नबिलाई पठाएका छैनौं परन्तु त्यहाँका मानिसहरूलाई अभाव र संकटमा पार्यौं, ताकि उनीहरू याचना विन्ति गरुन् ।

### الآية 7:95

> ﻿ثُمَّ بَدَّلْنَا مَكَانَ السَّيِّئَةِ الْحَسَنَةَ حَتَّىٰ عَفَوْا وَقَالُوا قَدْ مَسَّ آبَاءَنَا الضَّرَّاءُ وَالسَّرَّاءُ فَأَخَذْنَاهُمْ بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ [7:95]

९५) अनि हामीले त्यस दुःखको अवस्थालाई खुशियालीमा बदलिदियौं, यहाँसम्म कि उनको निकै विकास भयो, र भन्नथाले कि हाम्रा पूर्वजलाई पनि दुःख र सुख भएको थियो त हामीले उनीहरूलाई एक्कासी समातिहाल्यौं र उनीहरूलाई थाहा पनि थिएन ।

### الآية 7:96

> ﻿وَلَوْ أَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِمْ بَرَكَاتٍ مِنَ السَّمَاءِ وَالْأَرْضِ وَلَٰكِنْ كَذَّبُوا فَأَخَذْنَاهُمْ بِمَا كَانُوا يَكْسِبُونَ [7:96]

९६) र यदि यी बस्तीहरूका मानिसहरूले ईमान ल्याएको र परहेजगारी अपनाएको भए हामीले उनीहरूमाथि आकाश र पृथ्वीका बरदानहरू खोलिदिन्थ्यौं, तर उनीहरूले झुट्ठा भने अनि हामीले उनका क्रियाकलापका कारण उनीहरूलाई समातिहाल्यौं ।

### الآية 7:97

> ﻿أَفَأَمِنَ أَهْلُ الْقُرَىٰ أَنْ يَأْتِيَهُمْ بَأْسُنَا بَيَاتًا وَهُمْ نَائِمُونَ [7:97]

९७) के तैपनि यस बस्तीका मानिसहरू यस कुराबाट निश्चिन्त छन् कि उनीहरूमाथि हाम्रो अजाब (यातना) रातिको समयमा आइहालोस् जबकि उनीहरू सुतिराखेका हुनेछन् ।

### الآية 7:98

> ﻿أَوَأَمِنَ أَهْلُ الْقُرَىٰ أَنْ يَأْتِيَهُمْ بَأْسُنَا ضُحًى وَهُمْ يَلْعَبُونَ [7:98]

९८) र के यी बस्तीका मानिसहरू यस कुराबाट निश्चिन्त भइहालेका छन् कि तिनीहरूमाथि हाम्रो प्रकोप दिउँसोमा आइहालोस, जबकि उनीहरू आफ्नो खेलहरूमा ब्यस्त हुनेछन् ?

### الآية 7:99

> ﻿أَفَأَمِنُوا مَكْرَ اللَّهِ ۚ فَلَا يَأْمَنُ مَكْرَ اللَّهِ إِلَّا الْقَوْمُ الْخَاسِرُونَ [7:99]

९९) तसर्थ के तिनीहरू अल्लाहको पकडबाट निश्चिन्त भइहाले ? अतः अल्लाहको पकडबाट ती बाहेक जो घाटामा पर्नेवाला छन्, अरु कोही निश्चिन्त हुँदैन ।

### الآية 7:100

> ﻿أَوَلَمْ يَهْدِ لِلَّذِينَ يَرِثُونَ الْأَرْضَ مِنْ بَعْدِ أَهْلِهَا أَنْ لَوْ نَشَاءُ أَصَبْنَاهُمْ بِذُنُوبِهِمْ ۚ وَنَطْبَعُ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَسْمَعُونَ [7:100]

१००) र के यिनीहरूलाई जो पृथ्वीका उत्तराधिकारी भए, त्यहाँका मानिसहरूको मृत्यु पश्चात (यी घटनाहरूपछि) यो कुरा भनिएन कि यदि हामीले चाह्यौं भने तिनका अपराधका कारण तिनलाई समाप्त गर्न सक्छौं र हामी तिनका हृदयमा छाप लगाउन सक्छौं अनि तिनीहरू सुन्न नसकुन् ।

### الآية 7:101

> ﻿تِلْكَ الْقُرَىٰ نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَائِهَا ۚ وَلَقَدْ جَاءَتْهُمْ رُسُلُهُمْ بِالْبَيِّنَاتِ فَمَا كَانُوا لِيُؤْمِنُوا بِمَا كَذَّبُوا مِنْ قَبْلُ ۚ كَذَٰلِكَ يَطْبَعُ اللَّهُ عَلَىٰ قُلُوبِ الْكَافِرِينَ [7:101]

१०१) यी बस्तिहरूका केही वृतान्त हामीले तपाईंलाई वर्णन गरिराखेका छौं र उनीहरूका पैगÞम्बर उनीहरूको पासमा निशानीहरू लिएर आए, तर यस्तो भएन कि उनीहरूले जुन कुरालाई प्रारम्भमा झूठा भनिसकेका थिए त्यसमा फेरि विश्वास गरुन् । अल्लाह यस्तै प्रकारले काफिरहरूको हृदयमा छाप लगाइदिन्छ ।

### الآية 7:102

> ﻿وَمَا وَجَدْنَا لِأَكْثَرِهِمْ مِنْ عَهْدٍ ۖ وَإِنْ وَجَدْنَا أَكْثَرَهُمْ لَفَاسِقِينَ [7:102]

१०२) र कतिपय मानसिहरूमा हामीले वचन पालना गर्ने प्रतिबद्धता देखेनौं र हामीले धेरैलाई उल्लंघनकारी नै पायौं ।

### الآية 7:103

> ﻿ثُمَّ بَعَثْنَا مِنْ بَعْدِهِمْ مُوسَىٰ بِآيَاتِنَا إِلَىٰ فِرْعَوْنَ وَمَلَئِهِ فَظَلَمُوا بِهَا ۖ فَانْظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُفْسِدِينَ [7:103]

१०३) अनि यिनीहरूपछि हामीले ‘‘मूसा (अलैहिस्सलाम)’’ लाई निशानीहरू दिएर फिरऔन र उसका नाइकेहरूको पासमा पठायौं तर तिनीहरूले, ती (निशानीहरूप्रति) अत्याचार गरे तसर्थ हेर्नुस्, यी उद्दण्डहरूको परिणाम के भयो ?

### الآية 7:104

> ﻿وَقَالَ مُوسَىٰ يَا فِرْعَوْنُ إِنِّي رَسُولٌ مِنْ رَبِّ الْعَالَمِينَ [7:104]

१०४) र मूसाले भने, कि हे फिरऔन ! म संसारको पालनकर्ताको तर्फबाट पैगम्बर हूँ ।

### الآية 7:105

> ﻿حَقِيقٌ عَلَىٰ أَنْ لَا أَقُولَ عَلَى اللَّهِ إِلَّا الْحَقَّ ۚ قَدْ جِئْتُكُمْ بِبَيِّنَةٍ مِنْ رَبِّكُمْ فَأَرْسِلْ مَعِيَ بَنِي إِسْرَائِيلَ [7:105]

१०५) मेरो निम्ति यो अनिवार्य छ कि सत्य बाहेक अल्लाहको बारेमा केही नभनूँ । मैले तिम्रो पासमा तिम्रो पालनकर्ताको तर्फबाट एउटा ठूलो निशानी पनि ल्याएको छुँ । तसर्थ तिमीले बनी इस्राईललाई मेरो साथमा पठाइदेऊ ।

### الآية 7:106

> ﻿قَالَ إِنْ كُنْتَ جِئْتَ بِآيَةٍ فَأْتِ بِهَا إِنْ كُنْتَ مِنَ الصَّادِقِينَ [7:106]

१०६) फिरऔनले भन्यो, ‘‘यदि तिमीले कुनै निशानी लिएर आएका छौ भने त्यो अब प्रस्तुत गर ! यदि तिमी सच्चा हौ भने ।

### الآية 7:107

> ﻿فَأَلْقَىٰ عَصَاهُ فَإِذَا هِيَ ثُعْبَانٌ مُبِينٌ [7:107]

१०७) तसर्थ उहाँले (मूसाले) आफ्नो लठ्ठी खसाल्नु भयो, अनि त्यतिखेरै त्यो एकाएक एउटा अजिङ्गर बनिहाल्यो ।

### الآية 7:108

> ﻿وَنَزَعَ يَدَهُ فَإِذَا هِيَ بَيْضَاءُ لِلنَّاظِرِينَ [7:108]

१०८) र आफ्नो हात बाहिर निकाल्नु भयो अनि त्यो एक्कासी सबै हेर्नेहरूको अगाडि धेरै टल्कीलो भइहाल्यो ।

### الآية 7:109

> ﻿قَالَ الْمَلَأُ مِنْ قَوْمِ فِرْعَوْنَ إِنَّ هَٰذَا لَسَاحِرٌ عَلِيمٌ [7:109]

१०९) फिरऔनको समूहका नाइकेहरूले भनेः साँच्चै नै यो मान्छे ठूलो जादूगर हो ।

### الآية 7:110

> ﻿يُرِيدُ أَنْ يُخْرِجَكُمْ مِنْ أَرْضِكُمْ ۖ فَمَاذَا تَأْمُرُونَ [7:110]

११०) यसले चाहन्छ कि तिमीहरूलाई तिम्रो (भूमि) देशबाट बाहिर निकालिदिओस् । तसर्थ तिमीहरू के सल्लाह दिन्छौ ?

### الآية 7:111

> ﻿قَالُوا أَرْجِهْ وَأَخَاهُ وَأَرْسِلْ فِي الْمَدَائِنِ حَاشِرِينَ [7:111]

१११) तिनीहरूले भनेः कि तपाईंले यसलाई र यसको भाइलाई केही समय दिनुस् र शहरहरूमा सन्देशवाहकहरू पठाइदिनुस् ।

### الآية 7:112

> ﻿يَأْتُوكَ بِكُلِّ سَاحِرٍ عَلِيمٍ [7:112]

११२) ताकि उनीहरूले सबै ठूला जादूगरहरूलाई तपाईंको पासमा ल्याएर हाजिर गरुन् ।

### الآية 7:113

> ﻿وَجَاءَ السَّحَرَةُ فِرْعَوْنَ قَالُوا إِنَّ لَنَا لَأَجْرًا إِنْ كُنَّا نَحْنُ الْغَالِبِينَ [7:113]

११३) र ती जादूगरहरू फिरऔन सामु आइपुगे र भन्नथालेः ‘‘यदि हामी विजयी भयौं त के हामीलाई कुनै ठूलो पुरस्कार प्राप्त

### الآية 7:114

> ﻿قَالَ نَعَمْ وَإِنَّكُمْ لَمِنَ الْمُقَرَّبِينَ [7:114]

११४) फिरऔनले भन्योः हो, र तिमी मेरो नजिकका (निकट्तम्) मानिसहरूमध्येका हुनेछौ ।

### الآية 7:115

> ﻿قَالُوا يَا مُوسَىٰ إِمَّا أَنْ تُلْقِيَ وَإِمَّا أَنْ نَكُونَ نَحْنُ الْمُلْقِينَ [7:115]

११५) यी जादूगरहरूले भनेः कि हे मूसा ! या त तपाईंले पहिला चलाउनुस् या त हामीले चलाउन्छौं ।

### الآية 7:116

> ﻿قَالَ أَلْقُوا ۖ فَلَمَّا أَلْقَوْا سَحَرُوا أَعْيُنَ النَّاسِ وَاسْتَرْهَبُوهُمْ وَجَاءُوا بِسِحْرٍ عَظِيمٍ [7:116]

११६) मूसाले भनेः ‘‘तिमी नै चलाऊ’’ । अनि जब उनिहरूले (आफ्नो जादू) चलाए त मानिसहरूका आँखा बन्द गरिहाले र उनीहरूलाई भयभीत गरिदिए र एउटा ठूलो जादूको प्रदर्शन गरे ।

### الآية 7:117

> ﻿۞ وَأَوْحَيْنَا إِلَىٰ مُوسَىٰ أَنْ أَلْقِ عَصَاكَ ۖ فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفِكُونَ [7:117]

११७) र हामीले मूसालाई आदेश दियौं कि आफ्नो लट्ठी खसालिहाल्नुस् तसर्थ लट्ठी खसाल्नसाथ त्यसले उनीहरूले रचेको सबै स्वाङ निल्न थाल्यो ।

### الآية 7:118

> ﻿فَوَقَعَ الْحَقُّ وَبَطَلَ مَا كَانُوا يَعْمَلُونَ [7:118]

११८) यसप्रकार सत्य प्रकट भइहाल्यो र उनीहररूले जे जति बनाएका थिए मिथ्या भइहाल्यो ।

### الآية 7:119

> ﻿فَغُلِبُوا هُنَالِكَ وَانْقَلَبُوا صَاغِرِينَ [7:119]

११९) अतः उनीहरू त्यसबेला पराजित भए र अपमानित भई फर्के ।

### الآية 7:120

> ﻿وَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ [7:120]

१२०) र जादूगरहरू सजदामा (ढोगमा) गइहाले ।

### الآية 7:121

> ﻿قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ [7:121]

१२१) भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।

### الآية 7:122

> ﻿رَبِّ مُوسَىٰ وَهَارُونَ [7:122]

१२२) जो मूसा र हारूनको पनि स्वामी हो ।

### الآية 7:123

> ﻿قَالَ فِرْعَوْنُ آمَنْتُمْ بِهِ قَبْلَ أَنْ آذَنَ لَكُمْ ۖ إِنَّ هَٰذَا لَمَكْرٌ مَكَرْتُمُوهُ فِي الْمَدِينَةِ لِتُخْرِجُوا مِنْهَا أَهْلَهَا ۖ فَسَوْفَ تَعْلَمُونَ [7:123]

१२३) फिरऔनले भन्न थाल्योः के तिमीहरूले मैले अनुमति दिनुभन्दा अगाडि नै मूसामा विश्वास गरिहाल्यौ ? निःसन्देह यो एउटा षडयन्त्र थियो जसको तिमीले यस नगरमा कार्यान्वयन गर्यौ, ताकि त्यसका निवासीहरूलाई यहाँबाट निकाल्न सक । तसर्थ अब तिमीलाई वास्तविकता थाहा भइहाल्नेछ ।

### الآية 7:124

> ﻿لَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُمْ مِنْ خِلَافٍ ثُمَّ لَأُصَلِّبَنَّكُمْ أَجْمَعِينَ [7:124]

१२४) म तिम्रो एकतिरको हात र आर्कोतिरको खुट्टा काटिदिनेछु अनि तिमीहरू सबैलाई झुन्ड्याइदिनेछु ।

### الآية 7:125

> ﻿قَالُوا إِنَّا إِلَىٰ رَبِّنَا مُنْقَلِبُونَ [7:125]

१२५) उनीहरूले भनेः कि हामी (मरेर) पनि आफ्नो मालिकको पासमै जानेछौं ।

### الآية 7:126

> ﻿وَمَا تَنْقِمُ مِنَّا إِلَّا أَنْ آمَنَّا بِآيَاتِ رَبِّنَا لَمَّا جَاءَتْنَا ۚ رَبَّنَا أَفْرِغْ عَلَيْنَا صَبْرًا وَتَوَفَّنَا مُسْلِمِينَ [7:126]

१२६) र तिमीले हामीमा कुन त्रुटि देखेका छौ यसबाहेक कि हामीले आफ्नो पालनकर्ताको निशानीहरूमा विश्वास गर्यौं, जब तिनी हाम्रो पासमा आए । हे पालनकर्ता ! हामीलाई धैर्य प्रदान गर र हाम्रो प्राण ईमान ल्याएकै अवस्थामा निकाल ।

### الآية 7:127

> ﻿وَقَالَ الْمَلَأُ مِنْ قَوْمِ فِرْعَوْنَ أَتَذَرُ مُوسَىٰ وَقَوْمَهُ لِيُفْسِدُوا فِي الْأَرْضِ وَيَذَرَكَ وَآلِهَتَكَ ۚ قَالَ سَنُقَتِّلُ أَبْنَاءَهُمْ وَنَسْتَحْيِي نِسَاءَهُمْ وَإِنَّا فَوْقَهُمْ قَاهِرُونَ [7:127]

१२७) र फिरऔनको समूहका नाइकेहरूले भनेः के तपाईंले मूसा र उनको जातिलाई यत्तिकै छाडिदिनुहुन्छ ताकि उनीहरू देशमा उपद्रव गर्दै हिंडुन् र तपाईंलाई र तपाईंका देवताहरूलाई परित्याग गरिहालुन् ? फिरऔनले भन्यो, ‘‘कि हामीले उनीहरूका छोराहरूलाई अहिले नै मार्न प्रारम्भ गरिहाल्नेछौं र उनीहरूका स्त्रीहरूलाई जीवित रहनदिनेछौं र हामी उनीहरूमाथि शक्ति सम्पन्न छौं ।’’

### الآية 7:128

> ﻿قَالَ مُوسَىٰ لِقَوْمِهِ اسْتَعِينُوا بِاللَّهِ وَاصْبِرُوا ۖ إِنَّ الْأَرْضَ لِلَّهِ يُورِثُهَا مَنْ يَشَاءُ مِنْ عِبَادِهِ ۖ وَالْعَاقِبَةُ لِلْمُتَّقِينَ [7:128]

१२८) मूसा(अलैहिस्सलाम)ले आफ्नो जातिबन्धुसित भने, ‘‘अल्लाहको सहारा प्राप्त गर र धैर्य राख, यो धर्ती अल्लाहको हो, उसले आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छ उसको मालिक बनाइदिन्छ र अन्तिम सफलता तिनैको हुन्छ जो अल्लाहसित डर मान्छन् ।’’

### الآية 7:129

> ﻿قَالُوا أُوذِينَا مِنْ قَبْلِ أَنْ تَأْتِيَنَا وَمِنْ بَعْدِ مَا جِئْتَنَا ۚ قَالَ عَسَىٰ رَبُّكُمْ أَنْ يُهْلِكَ عَدُوَّكُمْ وَيَسْتَخْلِفَكُمْ فِي الْأَرْضِ فَيَنْظُرَ كَيْفَ تَعْمَلُونَ [7:129]

१२९) मूसाको जातिका मानिसहरूले भने, ‘‘हामी त सधैं उत्पीडनमा रहयौं, तपाईं आउनुभन्दा अगाडि पनि र पछाडि पनि ।’’ मूसाले भने, ‘‘छिट्टै अल्लाहले तिम्रो शत्रुलाई नष्ट पारिदिने छ र उनीहरूको सट्टा तिमीहरूलाई यस धर्तीको खलीफा (उत्तराधिकारी) बनाइदिनेछ, र हेर्नेछ कि तिम्रो व्यवहार कस्तो हुन्छ ।’’

### الآية 7:130

> ﻿وَلَقَدْ أَخَذْنَا آلَ فِرْعَوْنَ بِالسِّنِينَ وَنَقْصٍ مِنَ الثَّمَرَاتِ لَعَلَّهُمْ يَذَّكَّرُونَ [7:130]

१३०) र हामीले फिर्औनीहरूलाई (केही समयसम्मको लागि) फलहरूको उत्पादनमा कमि गर्यौं र अनिकाल ल्यायौं, जसबाट उनीहरूले चेतुन् ।

### الآية 7:131

> ﻿فَإِذَا جَاءَتْهُمُ الْحَسَنَةُ قَالُوا لَنَا هَٰذِهِ ۖ وَإِنْ تُصِبْهُمْ سَيِّئَةٌ يَطَّيَّرُوا بِمُوسَىٰ وَمَنْ مَعَهُ ۗ أَلَا إِنَّمَا طَائِرُهُمْ عِنْدَ اللَّهِ وَلَٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ [7:131]

१३१) तसर्थ जब तिनीहरूलाई सुख प्राप्त हुन्थ्यो त भन्थे कि हामी यसका हकदार हौं र कष्ट आइपर्दा मूसा र उनका साथीहरूलाई अलच्छिन् भन्थे । यादराख तिनीहरूको अलच्छिन्पना अल्लाहको पासमा छ, र उनीहरूमध्ये अधिकांश जान्दैनन् ।

### الآية 7:132

> ﻿وَقَالُوا مَهْمَا تَأْتِنَا بِهِ مِنْ آيَةٍ لِتَسْحَرَنَا بِهَا فَمَا نَحْنُ لَكَ بِمُؤْمِنِينَ [7:132]

१३२) र उनीहरूले भन्दथे, ‘‘तिमी हामीमाथि जादू गर्न जुनसुकै निशानी हाम्रो सामु ल्याए पनि, हामी तिमीमाथि विश्वास गर्नेवाला छैनौं ।

### الآية 7:133

> ﻿فَأَرْسَلْنَا عَلَيْهِمُ الطُّوفَانَ وَالْجَرَادَ وَالْقُمَّلَ وَالضَّفَادِعَ وَالدَّمَ آيَاتٍ مُفَصَّلَاتٍ فَاسْتَكْبَرُوا وَكَانُوا قَوْمًا مُجْرِمِينَ [7:133]

१३३) अन्ततः हामीले तिनीहरूमाथि हुरी, शलह, घुनको कीरा, भ्यागुता र रगत, यी सबै खुल्ला चमत्कारका निशानीहरू पठायौँ तर तिनीहरूले घमण्ड नै गरिराखे र तिनीहरू अपराधी नै थिए ।

### الآية 7:134

> ﻿وَلَمَّا وَقَعَ عَلَيْهِمُ الرِّجْزُ قَالُوا يَا مُوسَى ادْعُ لَنَا رَبَّكَ بِمَا عَهِدَ عِنْدَكَ ۖ لَئِنْ كَشَفْتَ عَنَّا الرِّجْزَ لَنُؤْمِنَنَّ لَكَ وَلَنُرْسِلَنَّ مَعَكَ بَنِي إِسْرَائِيلَ [7:134]

१३४) र जब उनीहरूमाथि कुनै कष्ट हुन्थ्यो तब यस्तो भन्थे, ‘‘हे मूसा ! हाम्रो निम्ति आफ्नो पालनकर्तासित त्यस प्रतिज्ञाको आधारमा प्रार्थना गर्नुस् जुन उसले तपाईंसित गरेको छ, यदि तपाईले हामीलाई यस सजायबाट मुक्त गराइदिनु हुन्छ भने हामीले अवश्य नै तपाईले भने बमोजिम ईमान ल्याउनेछौं र इस्राईलका सन्तानलाई (छुटकारा दिएर) तपाईको साथमा जान दिनेछौं ।

### الآية 7:135

> ﻿فَلَمَّا كَشَفْنَا عَنْهُمُ الرِّجْزَ إِلَىٰ أَجَلٍ هُمْ بَالِغُوهُ إِذَا هُمْ يَنْكُثُونَ [7:135]

१३५) फेरि जब हामीले उनीहरूबाट त्यस यातनालाई एक विशेष समयसम्म जहाँसम्म उनीहरूलाई पुग्नु थियो, हटाइदिन्थ्यौं, तब तिनीहरू तुरुन्तै आफ्नो वाचा भङ्ग गरिहाल्थे ।

### الآية 7:136

> ﻿فَانْتَقَمْنَا مِنْهُمْ فَأَغْرَقْنَاهُمْ فِي الْيَمِّ بِأَنَّهُمْ كَذَّبُوا بِآيَاتِنَا وَكَانُوا عَنْهَا غَافِلِينَ [7:136]

१३६) अनि हामीले उनीहरूसित बदला लियौं अर्थात उनीहरूलाई समुद्रमा डुबाइदियौं, यसकारण कि उनीहरूले हाम्रा निशानीहरूलाई झूठा भन्दथे र त्यसप्रति बिल्कुलै लापरवाही गर्दथे ।

### الآية 7:137

> ﻿وَأَوْرَثْنَا الْقَوْمَ الَّذِينَ كَانُوا يُسْتَضْعَفُونَ مَشَارِقَ الْأَرْضِ وَمَغَارِبَهَا الَّتِي بَارَكْنَا فِيهَا ۖ وَتَمَّتْ كَلِمَتُ رَبِّكَ الْحُسْنَىٰ عَلَىٰ بَنِي إِسْرَائِيلَ بِمَا صَبَرُوا ۖ وَدَمَّرْنَا مَا كَانَ يَصْنَعُ فِرْعَوْنُ وَقَوْمُهُ وَمَا كَانُوا يَعْرِشُونَ [7:137]

१३७) र हामीले उनीहरूलाई, जो निकै कम्जोर गनिन्थे, त्यस भू–भागको पूर्व–पश्चिमको मालिक बनाइदियौं, जसमा हामीले बरकत (कल्याण) राखेका छौं र तिम्रो पालनकर्ताको राम्रो वाचा इस्राईलको सन्तानको हकमा पूरा भयो किनभने उनीहरूले धैर्यसित काम लिए, र फिरऔनको र उसको जातिका मानिसहरू जसले कि ठूला–अग्ला कारखाना महलहरू बनाएका थिए, सबै हामीले नष्ट पारिदियौं ।

### الآية 7:138

> ﻿وَجَاوَزْنَا بِبَنِي إِسْرَائِيلَ الْبَحْرَ فَأَتَوْا عَلَىٰ قَوْمٍ يَعْكُفُونَ عَلَىٰ أَصْنَامٍ لَهُمْ ۚ قَالُوا يَا مُوسَى اجْعَلْ لَنَا إِلَٰهًا كَمَا لَهُمْ آلِهَةٌ ۚ قَالَ إِنَّكُمْ قَوْمٌ تَجْهَلُونَ [7:138]

१३८) र हामीले बनी इस्राईललाई समुद्रबाट पार गरायौं । अनि तिनीहरू यस्ता मानिसहरूका समीपमा पुगे जुनकि आफ्ना केही देवताहरू छेउ बसेका थिए, भन्नथालेः ‘‘हे मूसा ! हाम्रो निम्ति पनि यस्तै एउटा देवता नियुक्त गरिदिनुस् जस्तो कि यिनीहरूका यी देवताहरू छन्’’ । उनले भने कि साँच्चै नै तिमीहरूमा ठूलो अज्ञानता छ ।

### الآية 7:139

> ﻿إِنَّ هَٰؤُلَاءِ مُتَبَّرٌ مَا هُمْ فِيهِ وَبَاطِلٌ مَا كَانُوا يَعْمَلُونَ [7:139]

१३९) यी मानिसहरू जुन काममा लागेका छन्, त्यो निश्चय नै ध्वस्त गरिनेछ र यिनीहरूको यो काम निराधार छ ।

### الآية 7:140

> ﻿قَالَ أَغَيْرَ اللَّهِ أَبْغِيكُمْ إِلَٰهًا وَهُوَ فَضَّلَكُمْ عَلَى الْعَالَمِينَ [7:140]

१४०) उनले भने कि के अल्लाह बाहेक अरु कसैलाई तिम्रो उपास्य निर्धारित गरूँ, जबकि उसैले सबै संसारवालामाथि तिमीलाई श्रेष्ठता प्रदान गरेको छ ?

### الآية 7:141

> ﻿وَإِذْ أَنْجَيْنَاكُمْ مِنْ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ ۖ يُقَتِّلُونَ أَبْنَاءَكُمْ وَيَسْتَحْيُونَ نِسَاءَكُمْ ۚ وَفِي ذَٰلِكُمْ بَلَاءٌ مِنْ رَبِّكُمْ عَظِيمٌ [7:141]

१४१) र त्यो समय यादगर जब हामीले तिमीलाई फिरऔनका मानिसहरूबाट छुटकारा दियौं । जसले तिमीलाई गम्भीर यातना दिन्थे । तिम्रा छोराहरूलाई मारिदिन्थे र तिम्रा स्त्रीहरूलाई जीवित रहनदिन्थे । र त्यसमा तिम्रो पालनकर्ताबाट ठूलो परीक्षा थियो ।

### الآية 7:142

> ﻿۞ وَوَاعَدْنَا مُوسَىٰ ثَلَاثِينَ لَيْلَةً وَأَتْمَمْنَاهَا بِعَشْرٍ فَتَمَّ مِيقَاتُ رَبِّهِ أَرْبَعِينَ لَيْلَةً ۚ وَقَالَ مُوسَىٰ لِأَخِيهِ هَارُونَ اخْلُفْنِي فِي قَوْمِي وَأَصْلِحْ وَلَا تَتَّبِعْ سَبِيلَ الْمُفْسِدِينَ [7:142]

१४२) र हामीले मूसासित ३० रातको वचन दियौं अनि हामीले १० रात अतिरिक्त बढाएर पुरा गर्यौं । यसप्रकार उनको पालनकर्ताको समय ४० रात भइहाल्यो । र मूसाले आफ्नो भाइ हारूनसित भने, ‘‘मेरो पछाडि यिनीहरूको व्यवस्था मिलाउनु र सुधार गर्दैरहनु र अव्यवस्था उत्पन्न गर्नेवालाहरूको मार्गमा नहिंड्नु ।’’

### الآية 7:143

> ﻿وَلَمَّا جَاءَ مُوسَىٰ لِمِيقَاتِنَا وَكَلَّمَهُ رَبُّهُ قَالَ رَبِّ أَرِنِي أَنْظُرْ إِلَيْكَ ۚ قَالَ لَنْ تَرَانِي وَلَٰكِنِ انْظُرْ إِلَى الْجَبَلِ فَإِنِ اسْتَقَرَّ مَكَانَهُ فَسَوْفَ تَرَانِي ۚ فَلَمَّا تَجَلَّىٰ رَبُّهُ لِلْجَبَلِ جَعَلَهُ دَكًّا وَخَرَّ مُوسَىٰ صَعِقًا ۚ فَلَمَّا أَفَاقَ قَالَ سُبْحَانَكَ تُبْتُ إِلَيْكَ وَأَنَا أَوَّلُ الْمُؤْمِنِينَ [7:143]

१४३) र जब मूसा, हामीले निर्धारित गरेको समयमा आए र उनको पालनकर्ताले उनीसित कुरा गर्यो त उनले विन्ति गरे कि हे मेरो पालनकर्ता ! मलाई आफ्नो साक्षात्कार गराउनुस् ताकि म तपाईलाई एक दृष्टि हेरिहालूँ । अल्लाहले भन्नुभयोः तिमीले मलाई कदापि हेर्न सक्दैनौ तर तिमी त्यस पर्वततिर हेर्दैगर, यदि त्यो आफ्नो ठाँउमा स्थिर रह्यो भने तिमीले मलाई हेर्न सक्नेछौ । अनि जब उनको रब पर्वतमाथि आफ्नो प्रकाश हाले त प्रकाशले त्यसलाई चकनाचूर (क्षतविक्षत) गरिदियो र मूसा (अलैहिस्सलाम) मूक्र्षित भई लडिहाले । अनि जब होशमा आए त भने, ‘‘पवित्रछौं तिमी!’’ म तिमी समक्ष तौबा (पश्चाताप) गर्दैछु र म सबभन्दा पहिले तपाईमाथि ईमान ल्याउने भएको छु ।

### الآية 7:144

> ﻿قَالَ يَا مُوسَىٰ إِنِّي اصْطَفَيْتُكَ عَلَى النَّاسِ بِرِسَالَاتِي وَبِكَلَامِي فَخُذْ مَا آتَيْتُكَ وَكُنْ مِنَ الشَّاكِرِينَ [7:144]

१४४) (अल्लाहले) भन्नुभयोः हे मूसा ! मैले पैगÞम्बरी र आफ्नो वाणीबाट तिमीलाई अरु मानिसहरूभन्दा विशिष्ट बनाएको छु । अतः जे मैले तिमीलाई प्रदान गरेको छु, त्यसलाई लिइहाल र कृतज्ञता प्रकट गर ।

### الآية 7:145

> ﻿وَكَتَبْنَا لَهُ فِي الْأَلْوَاحِ مِنْ كُلِّ شَيْءٍ مَوْعِظَةً وَتَفْصِيلًا لِكُلِّ شَيْءٍ فَخُذْهَا بِقُوَّةٍ وَأْمُرْ قَوْمَكَ يَأْخُذُوا بِأَحْسَنِهَا ۚ سَأُرِيكُمْ دَارَ الْفَاسِقِينَ [7:145]

१४५) र हामीले पाटीहरूमा हरेक प्रकारको उपदेश र हरेक कुराको विस्तृत वर्णन लेखि उनलाई दियौं । अतः तिमीले तिनलाई दृढतापूर्वक समातिहाल र आफ्नो जातिलाई आदेश गर कि तिनमा उत्तम कुराहरू छन्, तिनीहरूले त्यसलाई अपनाउन् । अब छिटै नै तिमीहरूलाई ती अवज्ञाकारीहरूको ठाउँ देखाउनेछु ।

### الآية 7:146

> ﻿سَأَصْرِفُ عَنْ آيَاتِيَ الَّذِينَ يَتَكَبَّرُونَ فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ وَإِنْ يَرَوْا كُلَّ آيَةٍ لَا يُؤْمِنُوا بِهَا وَإِنْ يَرَوْا سَبِيلَ الرُّشْدِ لَا يَتَّخِذُوهُ سَبِيلًا وَإِنْ يَرَوْا سَبِيلَ الْغَيِّ يَتَّخِذُوهُ سَبِيلًا ۚ ذَٰلِكَ بِأَنَّهُمْ كَذَّبُوا بِآيَاتِنَا وَكَانُوا عَنْهَا غَافِلِينَ [7:146]

१४६) म यस्ता मानिसहरूलाई आफ्नो निशानीहरूबाट विमुख नै राख्नेछु जो पृथ्वीमा घमण्ड गर्दछन्, जसको तिनलाई कुनै अधिकार छैन र यदि समस्त निशानीहरू देखिहाले तापनि तिनीहरू त्यसमा विश्वास गर्ने छैनन् र यदि सोझो बाटो देख्छन् भने पनि त्यसलाई आफ्नो बाटो मान्ने छैनन् र यदि पथभ्रष्टताको बाटो देख्छन् भने त्यसलाई अपनाउने छन् । यो यसकारणले हो कि उनीहरूले हाम्रा आयतहरूलाई झूठो भने र त्यसप्रति असावधान रहे ।

### الآية 7:147

> ﻿وَالَّذِينَ كَذَّبُوا بِآيَاتِنَا وَلِقَاءِ الْآخِرَةِ حَبِطَتْ أَعْمَالُهُمْ ۚ هَلْ يُجْزَوْنَ إِلَّا مَا كَانُوا يَعْمَلُونَ [7:147]

१४७) र यी मानिसहरू जसले हाम्रा आयतहरूलाई र प्रलोकको आउने कुरालाई झूठा ठाने, उनीहरूको सबै कर्म नष्ट भए, उनीहरूले त्यही सजाय पाउनेछन् जस्तो उनीहरूले गर्दथे ।

### الآية 7:148

> ﻿وَاتَّخَذَ قَوْمُ مُوسَىٰ مِنْ بَعْدِهِ مِنْ حُلِيِّهِمْ عِجْلًا جَسَدًا لَهُ خُوَارٌ ۚ أَلَمْ يَرَوْا أَنَّهُ لَا يُكَلِّمُهُمْ وَلَا يَهْدِيهِمْ سَبِيلًا ۘ اتَّخَذُوهُ وَكَانُوا ظَالِمِينَ [7:148]

१४८) र मूसाको जातिले उनको अनुपस्थितिमा आफ्ना गहनाहरूको एउटा बाछोलाई पूज्य ठहराए जो एउटा ढाँचामात्र थियो, जसमा एउटा आवाज थियो । के उनीहरूले यो देखेनन् कि त्यसले उनीहरूसित न कुनै कुरा गथ्र्यो र न उनलाई कुनै बाटो देखाउन्थ्यो, त्यसलाई यिनीहरूले पूजनीय ठाने र ठूलो अन्यायको काम गरे ।

### الآية 7:149

> ﻿وَلَمَّا سُقِطَ فِي أَيْدِيهِمْ وَرَأَوْا أَنَّهُمْ قَدْ ضَلُّوا قَالُوا لَئِنْ لَمْ يَرْحَمْنَا رَبُّنَا وَيَغْفِرْ لَنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ [7:149]

१४९) र जब तिनी लज्जित भए र थाहा भयो कि वास्तवमा उनीहरू मार्गविचलनमा परिहाले छन् तब भन्न थाले कि यदि हाम्रो प्रतिपालकले हामीमाथि दया गरेन र हामीलाई क्षमा गरेन भने हामी बर्बाद भइहाल्नेछौं ।

### الآية 7:150

> ﻿وَلَمَّا رَجَعَ مُوسَىٰ إِلَىٰ قَوْمِهِ غَضْبَانَ أَسِفًا قَالَ بِئْسَمَا خَلَفْتُمُونِي مِنْ بَعْدِي ۖ أَعَجِلْتُمْ أَمْرَ رَبِّكُمْ ۖ وَأَلْقَى الْأَلْوَاحَ وَأَخَذَ بِرَأْسِ أَخِيهِ يَجُرُّهُ إِلَيْهِ ۚ قَالَ ابْنَ أُمَّ إِنَّ الْقَوْمَ اسْتَضْعَفُونِي وَكَادُوا يَقْتُلُونَنِي فَلَا تُشْمِتْ بِيَ الْأَعْدَاءَ وَلَا تَجْعَلْنِي مَعَ الْقَوْمِ الظَّالِمِينَ [7:150]

१५०) र जब मूसा(अलैहिस्सलाम) आफ्नो जातितिर रिस र दुःखको अवस्थामा फर्केर आए त भन्न थालेः ‘‘तिमीहरूले मेरो अनुपस्थितिमा साह्रै नराम्रो काम गर्यौ । के तिमीहरूले आफ्नो पालनहारको आदेशभन्दा पहिला नै हतार गरिहाल्यौ ?’’ अनि छिटै पाटीहरू एकातिर राखे र आफ्नो भाइको टाउको समाति आफूतिर घिसारेर तान्नथाले । हारूनले भने कि हे मेरी आमाको छोरा ! यिनीहरूले मलाई कमजोर ठानेर झण्डै मारिदिन चाहन्थे, तसर्थ तपाई शत्रुहरूबाट ममाथि उपहास नगराउनुस् र मलाई यी अत्याचारीहरूमध्येको नठान्नुस् ।

### الآية 7:151

> ﻿قَالَ رَبِّ اغْفِرْ لِي وَلِأَخِي وَأَدْخِلْنَا فِي رَحْمَتِكَ ۖ وَأَنْتَ أَرْحَمُ الرَّاحِمِينَ [7:151]

१५१) मूसाले भनेः कि हे मेरो पालनकर्ता ! मलाई र मेरो भाइलाई क्षमा गरिदेऊ र हामी दुवैलाई आफ्नो दयामा शम्मिलित गर र तिमी सबै दया गर्नेवालाहरूमध्ये सबैभन्दा बढी दयावान् छौ ।

### الآية 7:152

> ﻿إِنَّ الَّذِينَ اتَّخَذُوا الْعِجْلَ سَيَنَالُهُمْ غَضَبٌ مِنْ رَبِّهِمْ وَذِلَّةٌ فِي الْحَيَاةِ الدُّنْيَا ۚ وَكَذَٰلِكَ نَجْزِي الْمُفْتَرِينَ [7:152]

१५२) निःसन्देह जुन मानिसहरूले बाछोलाई आफ्नो उपास्य बनाए ती छिटै आफ्नो पालनहारको रिसमा पर्नेछन् र सांसारिक जीवनमा अपमानित हुनेछन् । र झूठो कुरा बनाउनेहरूलाई हामीले त्यस्तै प्रतिफल दिने गर्दछौं ।

### الآية 7:153

> ﻿وَالَّذِينَ عَمِلُوا السَّيِّئَاتِ ثُمَّ تَابُوا مِنْ بَعْدِهَا وَآمَنُوا إِنَّ رَبَّكَ مِنْ بَعْدِهَا لَغَفُورٌ رَحِيمٌ [7:153]

१५३) र जुन मानिसहरूले पापकर्म गरे, अनि त्यसपछि पश्चाताप गरे र ईमान ल्याए, त तिम्रो पालनकर्ताले यस पश्चाताप पश्चात क्षमा गरिदिन्छ ऊ दयावान छ ।

### الآية 7:154

> ﻿وَلَمَّا سَكَتَ عَنْ مُوسَى الْغَضَبُ أَخَذَ الْأَلْوَاحَ ۖ وَفِي نُسْخَتِهَا هُدًى وَرَحْمَةٌ لِلَّذِينَ هُمْ لِرَبِّهِمْ يَرْهَبُونَ [7:154]

१५४) र जब मूसाको क्रोध शान्त भयो तब ती पाटीहरूलाई समाते तिनको शीर्षकहरूमा ती मानिसहरूको निम्ति मार्गदर्शन र दया थियो जो आफ्नो रब (प्रतिपालक)संग डर मान्दथे ।

### الآية 7:155

> ﻿وَاخْتَارَ مُوسَىٰ قَوْمَهُ سَبْعِينَ رَجُلًا لِمِيقَاتِنَا ۖ فَلَمَّا أَخَذَتْهُمُ الرَّجْفَةُ قَالَ رَبِّ لَوْ شِئْتَ أَهْلَكْتَهُمْ مِنْ قَبْلُ وَإِيَّايَ ۖ أَتُهْلِكُنَا بِمَا فَعَلَ السُّفَهَاءُ مِنَّا ۖ إِنْ هِيَ إِلَّا فِتْنَتُكَ تُضِلُّ بِهَا مَنْ تَشَاءُ وَتَهْدِي مَنْ تَشَاءُ ۖ أَنْتَ وَلِيُّنَا فَاغْفِرْ لَنَا وَارْحَمْنَا ۖ وَأَنْتَ خَيْرُ الْغَافِرِينَ [7:155]

१५५) र मूसा(अलैहिस्सलाम)ले आफ्नो कौममध्ये सत्तरी मानिसहरूलाई हामीले निर्धारित गरेको समयको लागि रोजे । अनि जब उनीहरूलाई एउटा भुकम्पले समात्यो तब मूसा विन्ती गर्नथालेः हे मेरो पालनकर्ता ! यदि तिमीले चाहेको भए पहिला नै यिनीहरूलाई र मलाई नष्ट गरिदिन्थ्यौ । के तिमीले हामीमध्येका केही मूर्खहरूको क्रियाकलापलेगर्दा हामी सबैलाई नष्ट गरिदिनेछौ । यो घटना त तिम्रो तर्फबाट मात्र एउटा परीक्षा हो । यस्तो परीक्षाहरूबाट जसलाई तिमी चाहन्छौ, पथभ्रष्ट गर र जसलाई चाहन्छौ असल बाटोमा कायम राख । तिमी नै हाम्रो संरक्षक छौ । अतः तिमी हमीलाई क्षमा र हामीमाथि दया गर र तिमी सबैभन्दा ठूलो क्षमादाता हौ ।

### الآية 7:156

> ﻿۞ وَاكْتُبْ لَنَا فِي هَٰذِهِ الدُّنْيَا حَسَنَةً وَفِي الْآخِرَةِ إِنَّا هُدْنَا إِلَيْكَ ۚ قَالَ عَذَابِي أُصِيبُ بِهِ مَنْ أَشَاءُ ۖ وَرَحْمَتِي وَسِعَتْ كُلَّ شَيْءٍ ۚ فَسَأَكْتُبُهَا لِلَّذِينَ يَتَّقُونَ وَيُؤْتُونَ الزَّكَاةَ وَالَّذِينَ هُمْ بِآيَاتِنَا يُؤْمِنُونَ [7:156]

१५६) र हाम्रो निम्ति संसारमा पनि भलो लेखिदेऊ र आखिरत (परलोक)मा पनि, हामी तिमीतिर उन्मुख हुन्छौ । अल्लाहले भन्योः म आफ्नो यातनाले उसैलाई ग्रस्त गर्छु, जसलाई चाहन्छु तर मेरो दयालुताबाट सबैकुरा अच्छादित छन् । र त्यो दया ती मानिसहरूको नाममा अवश्य लेख्नेछु जो अल्लाहसित डरछन् र जकात (धर्मदाय) दिन्छन् र जो हाम्रा आयतमाथि ईमान ल्याउँछन् ।

### الآية 7:157

> ﻿الَّذِينَ يَتَّبِعُونَ الرَّسُولَ النَّبِيَّ الْأُمِّيَّ الَّذِي يَجِدُونَهُ مَكْتُوبًا عِنْدَهُمْ فِي التَّوْرَاةِ وَالْإِنْجِيلِ يَأْمُرُهُمْ بِالْمَعْرُوفِ وَيَنْهَاهُمْ عَنِ الْمُنْكَرِ وَيُحِلُّ لَهُمُ الطَّيِّبَاتِ وَيُحَرِّمُ عَلَيْهِمُ الْخَبَائِثَ وَيَضَعُ عَنْهُمْ إِصْرَهُمْ وَالْأَغْلَالَ الَّتِي كَانَتْ عَلَيْهِمْ ۚ فَالَّذِينَ آمَنُوا بِهِ وَعَزَّرُوهُ وَنَصَرُوهُ وَاتَّبَعُوا النُّورَ الَّذِي أُنْزِلَ مَعَهُ ۙ أُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ [7:157]

१५७) जुन मानिसहरूले यस्ता रसूल, नबी उम्मी (निरक्षर) को अनुशरण गर्छन्, जसलाई उनीहरूले आफुकहाँ तौरात र इन्जीलमा लेखिएको पाउँछन् । उनले उनीहरूलाई असल कुराको आदेश गर्दछन् र नराम्रा कुराहरूबाट मनाही गर्दछन् र स्वच्छ कुरालाई हलाल (वैध) बताउँछन् र अपवित्र कुरालाई हराम (वर्जित) बताउँछन् र तिनीहरूमाथिबाट त्यो बोझ उतार्दछन् जुन अहिलेसम्म उनीहरूमाथि लादिएका थिए बन्धनहरूलाई फुक्का गर्दछन् जसमा उनीहरू जकडिएका थिए । अतः जो मानिसहरू त्यस नबीमा (सन्देष्टामा) विश्वास गर्दछन् र उनको समर्थन गर्दछन् र उनको सहायता गर्दछन्, र त्यस प्रकाशलाई मान्दछन् जो उनको साथमा पठाइएको छ । यस्ता मानिसहरू पूर्ण सफलता प्राप्त गर्नेवाला छन् ।

### الآية 7:158

> ﻿قُلْ يَا أَيُّهَا النَّاسُ إِنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ جَمِيعًا الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ لَا إِلَٰهَ إِلَّا هُوَ يُحْيِي وَيُمِيتُ ۖ فَآمِنُوا بِاللَّهِ وَرَسُولِهِ النَّبِيِّ الْأُمِّيِّ الَّذِي يُؤْمِنُ بِاللَّهِ وَكَلِمَاتِهِ وَاتَّبِعُوهُ لَعَلَّكُمْ تَهْتَدُونَ [7:158]

१५८) तपाईले भनिदिनुस् ः ‘‘हे मानिसहरू ! म तिमीहरू सबैको लागि त्यस अल्लाहबाट पठाइएको रसूल (सन्देष्टा) हूँ जो आकाशहरू र धर्तीको राज्यको स्वामी हो । उस बाहेक कोही सत्य पूज्य छैन, उसैले जीवन प्रदान गर्दछ र उसैले प्राण लिन्छ । तसर्थ अल्लाहमाथि ईमान ल्याऊ र उसको नबी उम्मीमा, जो स्वयं महान अल्लाह र उसका आदेशमा आस्था राख्दछन् । उनको अनुशरण गर ताकि तिमी (सही) मार्ग पाउन सक ।’’

### الآية 7:159

> ﻿وَمِنْ قَوْمِ مُوسَىٰ أُمَّةٌ يَهْدُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ [7:159]

१५९) मूसाको जातिमा एउटा समूह यस्तो पनि छ, जसले सत्यमार्ग देखाउँदछ, र त्यसै अनुरूप न्याय गर्दछ ।

### الآية 7:160

> ﻿وَقَطَّعْنَاهُمُ اثْنَتَيْ عَشْرَةَ أَسْبَاطًا أُمَمًا ۚ وَأَوْحَيْنَا إِلَىٰ مُوسَىٰ إِذِ اسْتَسْقَاهُ قَوْمُهُ أَنِ اضْرِبْ بِعَصَاكَ الْحَجَرَ ۖ فَانْبَجَسَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَيْنًا ۖ قَدْ عَلِمَ كُلُّ أُنَاسٍ مَشْرَبَهُمْ ۚ وَظَلَّلْنَا عَلَيْهِمُ الْغَمَامَ وَأَنْزَلْنَا عَلَيْهِمُ الْمَنَّ وَالسَّلْوَىٰ ۖ كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ ۚ وَمَا ظَلَمُونَا وَلَٰكِنْ كَانُوا أَنْفُسَهُمْ يَظْلِمُونَ [7:160]

१६०) र हामीले उनलाई बाह्र घरानाहरूमा विभक्त गरी, सबैको बेग्ला–बेग्लै समूह निश्चित गरिदियौं । जब उनका कौमका मानिसहरूले पानी मांगे, तब हामीले मूसालाई आदेश गर्यौं ‘‘आफ्नो लठ्ठीले एउटा खास चट्टानमा प्रहार गर । अतः तुरुन्तै त्यसबाट बाह्र मूल फुटे र हरेक समूहले आफ्नो मूल थाहा पाइहाले । र हामीले उनीमाथि बादलको छायाँ गर्यौं, र उनीमाथि ‘‘मन्न’’ र ‘‘सलवा’’ उतार्यौं हामीले तिमीलाई जे राम्रो कुरा प्रदान् गरेका छौं, त्यसलाई खाऊ’’ र उनीहरूले हाम्रो कुनै हानि गरेनन् बरु आफ्नै हानि गर्दथे ।

### الآية 7:161

> ﻿وَإِذْ قِيلَ لَهُمُ اسْكُنُوا هَٰذِهِ الْقَرْيَةَ وَكُلُوا مِنْهَا حَيْثُ شِئْتُمْ وَقُولُوا حِطَّةٌ وَادْخُلُوا الْبَابَ سُجَّدًا نَغْفِرْ لَكُمْ خَطِيئَاتِكُمْ ۚ سَنَزِيدُ الْمُحْسِنِينَ [7:161]

१६१) र यादगर जब हामीले उनलाई आदेश दियौं कि तिमीहरू त्यस बस्तीमा गई बस र यसमा जहाँबाट चाहन्छौ खाऊ, र मुखले भन्दै जानु कि तौबा (पश्चाताप) छ र ढोकामा निहुरिएर प्रवेश गर, हामीले तिम्रा त्रुटिहरूलाई क्षमा गरिदिनेछौं, र हामीले सुकर्मीहरूलाई बढी पनि दिनेछौं ।

### الآية 7:162

> ﻿فَبَدَّلَ الَّذِينَ ظَلَمُوا مِنْهُمْ قَوْلًا غَيْرَ الَّذِي قِيلَ لَهُمْ فَأَرْسَلْنَا عَلَيْهِمْ رِجْزًا مِنَ السَّمَاءِ بِمَا كَانُوا يَظْلِمُونَ [7:162]

१६२) तर अत्याचारीहरूले, जुन कुरा (कलमा) उनीहरूसित भनिएको थियो, त्यसलाई त्यसभन्दा भिन्न कुरामा बदलिदिए । अतः जुन अत्याचार उनीहरूले गरेका थिए त्यसको कारण र आदेश नष्ट गरेकाले हामीले आकाशबाट तिनीहरूमाथि एउटा यातना पठायौं ।

### الآية 7:163

> ﻿وَاسْأَلْهُمْ عَنِ الْقَرْيَةِ الَّتِي كَانَتْ حَاضِرَةَ الْبَحْرِ إِذْ يَعْدُونَ فِي السَّبْتِ إِذْ تَأْتِيهِمْ حِيتَانُهُمْ يَوْمَ سَبْتِهِمْ شُرَّعًا وَيَوْمَ لَا يَسْبِتُونَ ۙ لَا تَأْتِيهِمْ ۚ كَذَٰلِكَ نَبْلُوهُمْ بِمَا كَانُوا يَفْسُقُونَ [7:163]

१६३) तपाईले उनीहरूसित त्यस बस्तीको विषयमा सोध्नुस्, जो सागरतट्मा अवस्थित थियो र जब तिनीहरूले ‘‘साताको’’ बारेमा सीमा उल्लघंन गर्दथे, जब उनका साताको दिन तिनका माछाहरू खुल्लारूपमा तिनीहरू समक्ष पानीको सतहमाथि आउन्थे, र जब उनको साताको दिन हुँदैनथ्यो तब तिनीहरू उनको सामुन्ने आउँदैनथे । यसप्रकार हामीले उनलाई अवज्ञाकारी भएको कारणले परीक्षामा पार्दथ्यौं ।

### الآية 7:164

> ﻿وَإِذْ قَالَتْ أُمَّةٌ مِنْهُمْ لِمَ تَعِظُونَ قَوْمًا ۙ اللَّهُ مُهْلِكُهُمْ أَوْ مُعَذِّبُهُمْ عَذَابًا شَدِيدًا ۖ قَالُوا مَعْذِرَةً إِلَىٰ رَبِّكُمْ وَلَعَلَّهُمْ يَتَّقُونَ [7:164]

१६४) र जब तिनीहरूको एक समूहले यस्तो भन्योः कि ‘‘तिमी यस्ता मानिसहरूलाई किन उपदेश दिन्छौ, जसलाई अल्लाह नष्ट गर्नेवाला छ, वा जसलाई कठोर यातना दिनेवाला छ ?’’ उनले भनेः ‘‘तिम्रो पालनकर्ता समक्ष आफूलाई निरपराध सिद्ध गर्नुको निम्ति, र यसकारण कि कदाचित यिनीहरू डर मानुन् ।’’

### الآية 7:165

> ﻿فَلَمَّا نَسُوا مَا ذُكِّرُوا بِهِ أَنْجَيْنَا الَّذِينَ يَنْهَوْنَ عَنِ السُّوءِ وَأَخَذْنَا الَّذِينَ ظَلَمُوا بِعَذَابٍ بَئِيسٍ بِمَا كَانُوا يَفْسُقُونَ [7:165]

१६५) अनि जब तिनीहरूले त्यो कुरा बिर्सिहाले जुन कुरा उनलाई सम्झाइएको थियो, त हामीले उनीहरूलाई त बचाइहाल्यौं जसले नराम्रो कुराबाट रोक्दथे, र अत्याचारीहरूलाई उनको अवज्ञाको कारणले कठोर यातनामा जकडिहाल्यौं ।

### الآية 7:166

> ﻿فَلَمَّا عَتَوْا عَنْ مَا نُهُوا عَنْهُ قُلْنَا لَهُمْ كُونُوا قِرَدَةً خَاسِئِينَ [7:166]

१६६) अर्थात जब उनीहरू त्यसमा सीमा उल्लघंन गरे, जुन कुराबाट उनीहरूलाई मनाही गरिएको थियो, त हामीले उनीहरूसित भन्यौं, तिमी अपमानित र तिरस्कृत बाँदर भइहाल ।’’

### الآية 7:167

> ﻿وَإِذْ تَأَذَّنَ رَبُّكَ لَيَبْعَثَنَّ عَلَيْهِمْ إِلَىٰ يَوْمِ الْقِيَامَةِ مَنْ يَسُومُهُمْ سُوءَ الْعَذَابِ ۗ إِنَّ رَبَّكَ لَسَرِيعُ الْعِقَابِ ۖ وَإِنَّهُ لَغَفُورٌ رَحِيمٌ [7:167]

१६७) र त्यो समय स्मरण गर्नु योग्य छ जबकि तपाईको पालनकर्ताले यो कुरा भन्योः कि उसले यी यहूदीहरूमाथि कियामतसम्म यस्तो व्यक्तिलाई अवश्य नियुक्त गरिराख्ने छ, जसले उनीहरूलाई दुखद् सजाय दिई रहनेछ । निःसन्देह तिम्रो पालनहार छिटै सजाय दिइहाल्छ, र अवश्य ऊ बडो क्षमाशील, अत्यन्त दयावान छ ।

### الآية 7:168

> ﻿وَقَطَّعْنَاهُمْ فِي الْأَرْضِ أُمَمًا ۖ مِنْهُمُ الصَّالِحُونَ وَمِنْهُمْ دُونَ ذَٰلِكَ ۖ وَبَلَوْنَاهُمْ بِالْحَسَنَاتِ وَالسَّيِّئَاتِ لَعَلَّهُمْ يَرْجِعُونَ [7:168]

१६८) र हामीले पृथ्वीमा तिनीहरूलाई विभिन्न वर्गमा विभाजित गरी फिँजाइदियौं । यिनीमध्ये केही राम्रो काम गर्नेवाला (नेक) थिए र केही भिन्न प्रकारका, र हामीले दुःख र सुख दुवैबाट तिनीहरूको परीक्षा लिदैं गरें ताकि तिनीहरू खराब कामबाट अलग होउन् ।

### الآية 7:169

> ﻿فَخَلَفَ مِنْ بَعْدِهِمْ خَلْفٌ وَرِثُوا الْكِتَابَ يَأْخُذُونَ عَرَضَ هَٰذَا الْأَدْنَىٰ وَيَقُولُونَ سَيُغْفَرُ لَنَا وَإِنْ يَأْتِهِمْ عَرَضٌ مِثْلُهُ يَأْخُذُوهُ ۚ أَلَمْ يُؤْخَذْ عَلَيْهِمْ مِيثَاقُ الْكِتَابِ أَنْ لَا يَقُولُوا عَلَى اللَّهِ إِلَّا الْحَقَّ وَدَرَسُوا مَا فِيهِ ۗ وَالدَّارُ الْآخِرَةُ خَيْرٌ لِلَّذِينَ يَتَّقُونَ ۗ أَفَلَا تَعْقِلُونَ [7:169]

१६९) अनि उनीहरूपछि यस्ता मानिसहरू उनीहरूको ठाउँ ओगटे, जो किताबका उत्तराधिकारी भई यस संसारको सम्पत्ति लिन्छन्, र भन्छन्ः ‘‘हामीलाई अवश्य क्षमा गरिने छ ।’’ र यदि यस्तै अरु सम्पत्तिहरू पनि उनको पासमा आउँछन् भने त्यसलाई पनि लिइहाल्नेछन् । के उनीहरूसित यस किताबको यो वाचा लिएको थिएन कि अल्लाहको बारेमा सत्य बाहेक अरु केही नभनुन्, र उनीहरूले यस किताबमा जे छ त्यसलाई पढिसकेका छन् । र आखिरतको घर उनीहरूकै निम्ति उत्तम छ, जो असल काम गर्दछन्, त के तिमी बुझ्दैनौं ?

### الآية 7:170

> ﻿وَالَّذِينَ يُمَسِّكُونَ بِالْكِتَابِ وَأَقَامُوا الصَّلَاةَ إِنَّا لَا نُضِيعُ أَجْرَ الْمُصْلِحِينَ [7:170]

१७०) जुन मानिसहरूले किताबलाई दृढतापूर्वक समातेका छन्, र नियमित रूपमा नमाजÞ पढिराखेका छन्, हामीले यस्ता आपूmलाई सुधार्ने सदाचारीहरूको प्रतिफल नष्ट गर्दैनौं ।

### الآية 7:171

> ﻿۞ وَإِذْ نَتَقْنَا الْجَبَلَ فَوْقَهُمْ كَأَنَّهُ ظُلَّةٌ وَظَنُّوا أَنَّهُ وَاقِعٌ بِهِمْ خُذُوا مَا آتَيْنَاكُمْ بِقُوَّةٍ وَاذْكُرُوا مَا فِيهِ لَعَلَّكُمْ تَتَّقُونَ [7:171]

१७१) र स्मरण गर जब हामीले उनीहरूमाथि पहाड ठड्यायौं त्यो तिनीहरूमाथि छायाँ थियो (शामियाना) र उनीहरूले ठाने कि त्यो उनीहरूमाथि अब खस्न गइराखेको छ । र भन्यौं कि जुन किताब हामीले तिमीलाई दिएका छौं, त्यसलाई दृढतापूर्वक स्वीकार गर र यसमा जुन निर्देशनहरू छन् त्यसलाई यादराख, तिनीहरूबाट यो अपेक्षा छ कि तिमी असल (मुत्तकी) बन्न सक्दछौ ।

### الآية 7:172

> ﻿وَإِذْ أَخَذَ رَبُّكَ مِنْ بَنِي آدَمَ مِنْ ظُهُورِهِمْ ذُرِّيَّتَهُمْ وَأَشْهَدَهُمْ عَلَىٰ أَنْفُسِهِمْ أَلَسْتُ بِرَبِّكُمْ ۖ قَالُوا بَلَىٰ ۛ شَهِدْنَا ۛ أَنْ تَقُولُوا يَوْمَ الْقِيَامَةِ إِنَّا كُنَّا عَنْ هَٰذَا غَافِلِينَ [7:172]

१७२) र जब तपाईको पालनकर्ताले आदमको सन्तानको ढाडबाट उनको सन्तति सृष्टि गर्यो, र उनीहरूलाई स्वयं उनकै लागि स्वीकारोक्ति लियो कि ‘‘के म तिम्रो पालनकर्ता होइन ?’’ उनीहरूले भनेः ‘‘हो, हामी सबै साक्षी छौं ।’’ यस्तो यसकारणले गर्यौं ताकि तिनीहरूले कियामतको दिन यो नभनुन, कि ‘‘हामीलाई यसको ज्ञान नै थिएन ।’’

### الآية 7:173

> ﻿أَوْ تَقُولُوا إِنَّمَا أَشْرَكَ آبَاؤُنَا مِنْ قَبْلُ وَكُنَّا ذُرِّيَّةً مِنْ بَعْدِهِمْ ۖ أَفَتُهْلِكُنَا بِمَا فَعَلَ الْمُبْطِلُونَ [7:173]

१७३) वा यो भन कि ‘‘अघि शिर्क हाम्रा पूर्वजले गरे । हामी त उनीपछि उनका सन्तति भयौं ।’’ त के तिमीले हामीलाई मिथ्याचारीहरूले गरेको क्रियाकलापको लागि विनष्ट पार्नेछौ ।

### الآية 7:174

> ﻿وَكَذَٰلِكَ نُفَصِّلُ الْآيَاتِ وَلَعَلَّهُمْ يَرْجِعُونَ [7:174]

१७४) हामी यसैप्रकार आयातलाई स्पष्ट बर्णन गर्छौं, ताकि यिनीहरू हामीतिर फर्कुन् ।

### الآية 7:175

> ﻿وَاتْلُ عَلَيْهِمْ نَبَأَ الَّذِي آتَيْنَاهُ آيَاتِنَا فَانْسَلَخَ مِنْهَا فَأَتْبَعَهُ الشَّيْطَانُ فَكَانَ مِنَ الْغَاوِينَ [7:175]

१७५) र तिनीहरूलाई त्यस मानिसको खबर सुनाइदिनुस् कि जसलाई हामीले आफ्ना आयत प्रदान गर्यौं तर ऊ त्यसबाट पूर्णतः निष्कासित भइहाल्यो, अनि शैतान उसको पछि लाग्यो । अन्ततः ऊ पथभ्रष्ट भइहाल्यो ।

### الآية 7:176

> ﻿وَلَوْ شِئْنَا لَرَفَعْنَاهُ بِهَا وَلَٰكِنَّهُ أَخْلَدَ إِلَى الْأَرْضِ وَاتَّبَعَ هَوَاهُ ۚ فَمَثَلُهُ كَمَثَلِ الْكَلْبِ إِنْ تَحْمِلْ عَلَيْهِ يَلْهَثْ أَوْ تَتْرُكْهُ يَلْهَثْ ۚ ذَٰلِكَ مَثَلُ الْقَوْمِ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا ۚ فَاقْصُصِ الْقَصَصَ لَعَلَّهُمْ يَتَفَكَّرُونَ [7:176]

१७६) र यदि हामीले चाहेको भए यी आयातबाट उसलाई उच्च दर्जा प्रदान गथ्र्यौं, तर त्यो त धर्तीतिर प्रवृत्त भयो, र आफ्नो निकृष्ट इच्छाको पछि लाग्यो, तसर्थ उसको उदाहरण कुकुर जस्तो हुन गयो कि यदि तिमीले उसमाथि बोझाहाले पनि त्यसले जिब्रो निकाली हाँप्ने गर्छ वा छाडिदिनुस् तैपनि त्यस्तै गरिरहन्छ । यही उदाहरण ती मानिसहरूको छ, जसले हाम्रा आयतहरूलाई झूठा भने । तसर्थ तपाईले यो वृत्तान्त बर्णन गरिदिनुस् शायद उनीहरूले सोचविचार गर्न सकुन् ।

### الآية 7:177

> ﻿سَاءَ مَثَلًا الْقَوْمُ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا وَأَنْفُسَهُمْ كَانُوا يَظْلِمُونَ [7:177]

१७७) उनीहरूको उदाहरण पनि नराम्रो छ, जसले हाम्रा आयतहरूलाई (श्लोकहरूर्लाइ) झूठो ठान्दछन् र तिनीहरू आफ्नो नोक्सानी नै गर्दछन् ।

### الآية 7:178

> ﻿مَنْ يَهْدِ اللَّهُ فَهُوَ الْمُهْتَدِي ۖ وَمَنْ يُضْلِلْ فَأُولَٰئِكَ هُمُ الْخَاسِرُونَ [7:178]

१७८) जसलाई अल्लाहले (असल) मार्ग देखाउँछ, त्यही सोझो मार्ग पाउनेवाला हुन्छ, र जसलाई उसले मार्गबाट बञ्चित गर्दछ, तिनै घाटामा पर्नेवाला हुन्छन् ।

### الآية 7:179

> ﻿وَلَقَدْ ذَرَأْنَا لِجَهَنَّمَ كَثِيرًا مِنَ الْجِنِّ وَالْإِنْسِ ۖ لَهُمْ قُلُوبٌ لَا يَفْقَهُونَ بِهَا وَلَهُمْ أَعْيُنٌ لَا يُبْصِرُونَ بِهَا وَلَهُمْ آذَانٌ لَا يَسْمَعُونَ بِهَا ۚ أُولَٰئِكَ كَالْأَنْعَامِ بَلْ هُمْ أَضَلُّ ۚ أُولَٰئِكَ هُمُ الْغَافِلُونَ [7:179]

१७९) र हामीले यस्ता धेरै जिन्न (दानव) र मानिसहरू नर्कको निम्ति सृष्टि गरेका छौं, तिनीहरूको हृदय छन् तर जसबाट बुझ्दैनन्, र तिनीहरूको आँखा छन्, तर त्यसबाट देख्दैनन्, र उनीहरूको कान छन्, जसबाट सुन्दैनन् । यी मानिसहरू पशु समान छन् बरु त्यसभन्दा पनि बढी (पथभ्रष्ट) छन्, यिनीहरू नै अचेत छन् ।

### الآية 7:180

> ﻿وَلِلَّهِ الْأَسْمَاءُ الْحُسْنَىٰ فَادْعُوهُ بِهَا ۖ وَذَرُوا الَّذِينَ يُلْحِدُونَ فِي أَسْمَائِهِ ۚ سَيُجْزَوْنَ مَا كَانُوا يَعْمَلُونَ [7:180]

१८०) र राम्रा–राम्रा नाम अल्लाहकै लागि हुन् । यसर्थ ती नामहरूद्वारा नै उसलाई पुकार र यस्ता मानिससित सम्बन्ध पनि नराख जो उसको नामको सम्बन्धमा कुटिलता गर्छन् । यिनीहरू यसका निम्ति अवश्य नै दण्ड पाउनेछन् ।

### الآية 7:181

> ﻿وَمِمَّنْ خَلَقْنَا أُمَّةٌ يَهْدُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ [7:181]

१८१) हामीले सृष्टि गरेका प्राणीहरूमध्ये एउटा यस्तो समूह पनि छ, जसले सत्य अनुसार मार्ग देखाउँछ र त्यसै बमोजिम न्याय पनि गर्दछ ।

### الآية 7:182

> ﻿وَالَّذِينَ كَذَّبُوا بِآيَاتِنَا سَنَسْتَدْرِجُهُمْ مِنْ حَيْثُ لَا يَعْلَمُونَ [7:182]

१८२) र जसले हाम्रा आयतहरूलाई झूठो ठान्दछन्, हामीले उनीहरूलाई क्रमशः आफ्नो पकडमा लगिराखेका छौं । यस्तो तरीकाबाट जुन उनीहरू जान्दैनन् ।

### الآية 7:183

> ﻿وَأُمْلِي لَهُمْ ۚ إِنَّ كَيْدِي مَتِينٌ [7:183]

१८३) (म त) उनीहरूलाई छूट दिइराखेको छु । निश्चय नै मेरो योजना अत्यन्त सुदृढ छ ।

### الآية 7:184

> ﻿أَوَلَمْ يَتَفَكَّرُوا ۗ مَا بِصَاحِبِهِمْ مِنْ جِنَّةٍ ۚ إِنْ هُوَ إِلَّا نَذِيرٌ مُبِينٌ [7:184]

१८४) के उनीहरूले यस कुराको विचार गरेनन् कि उनको साथीलाई उन्माद छैन । उनी त मात्र एउटा स्पष्टरूपले सचेत गराउनेवाला हुन् ।

### الآية 7:185

> ﻿أَوَلَمْ يَنْظُرُوا فِي مَلَكُوتِ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا خَلَقَ اللَّهُ مِنْ شَيْءٍ وَأَنْ عَسَىٰ أَنْ يَكُونَ قَدِ اقْتَرَبَ أَجَلُهُمْ ۖ فَبِأَيِّ حَدِيثٍ بَعْدَهُ يُؤْمِنُونَ [7:185]

१८५) र के उनीहरूले विचार पुर्याएनन् आकाश र धर्तीको राज्यमा, जुन कुरो अल्लाहले सृष्टि गरेको छ, र यस कुरोमाथि पनि कि सम्भव छ उनको (मृत्युको) अवधि नजिक आइपुगेको छ । फेरि कुरआन पश्चात कुन कुरोमाथि यिनीहरूले ईमान ल्याउनेछन् ।

### الآية 7:186

> ﻿مَنْ يُضْلِلِ اللَّهُ فَلَا هَادِيَ لَهُ ۚ وَيَذَرُهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ [7:186]

१८६) जसलाई अल्लाहले विचलित गर्दछ, उसलाई कसैले सही बाटोमा ल्याउन सक्दैन, र अल्लाहले उनीहरूलाई मार्ग विचलनमा छाडिदिन्छन् ।

### الآية 7:187

> ﻿يَسْأَلُونَكَ عَنِ السَّاعَةِ أَيَّانَ مُرْسَاهَا ۖ قُلْ إِنَّمَا عِلْمُهَا عِنْدَ رَبِّي ۖ لَا يُجَلِّيهَا لِوَقْتِهَا إِلَّا هُوَ ۚ ثَقُلَتْ فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۚ لَا تَأْتِيكُمْ إِلَّا بَغْتَةً ۗ يَسْأَلُونَكَ كَأَنَّكَ حَفِيٌّ عَنْهَا ۖ قُلْ إِنَّمَا عِلْمُهَا عِنْدَ اللَّهِ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ [7:187]

१८७) यिनीहरूले तपाईसित किÞयामतको सम्बन्धमा प्रश्न गर्दछन्ः कि ‘‘यो कहिले आउनेछ’’ ? तपाईले भनिदिनुस्ः कि ‘‘यसको ज्ञान मात्र मेरो पालनकर्तासँग छ’’ । अतः अल्लाह बाहेक अरु कसैले त्यसलाई त्यसको समय प्रकटगर्न सक्दैन । त्यो आकाश र धर्तीमा अत्यन्त ठूलो (घटना) हुनेछ र त्यो एक्कासी तिमीमाथि आइलाग्नेछ । उनीहरू तपाईसित यस प्रकार सोध्छन् जस्तो कि त्यसको बारेमा तपाईलाई राम्ररी थाहा छ । भनिदिनुस्ः यसको ज्ञान खास अल्लाहसित नै छ, तर यो कुरा धेरैले बुझ्दैनन् ।

### الآية 7:188

> ﻿قُلْ لَا أَمْلِكُ لِنَفْسِي نَفْعًا وَلَا ضَرًّا إِلَّا مَا شَاءَ اللَّهُ ۚ وَلَوْ كُنْتُ أَعْلَمُ الْغَيْبَ لَاسْتَكْثَرْتُ مِنَ الْخَيْرِ وَمَا مَسَّنِيَ السُّوءُ ۚ إِنْ أَنَا إِلَّا نَذِيرٌ وَبَشِيرٌ لِقَوْمٍ يُؤْمِنُونَ [7:188]

१८८) भनिदिनुस्ः मसंग आफ्नो निम्ति पनि कुनै लाभको अधिकार छैन, र न कुनै हानिको, तर त्यति मात्र जति अल्लाहले चाहेको हुन्छ, र यदि म अदृश्यको कुरा जान्ने भए, मैले धेरै नाफा प्राप्त गरिहाल्थें र मलाई कुनै नोक्सानी हुने थिएन । म त मात्र सचेत गराउने र शुभसमाचार दिनेवाला हूँ, त्यस्ता मानिसहरूलाई जसले ईमान ल्याएका छन् ।

### الآية 7:189

> ﻿۞ هُوَ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَجَعَلَ مِنْهَا زَوْجَهَا لِيَسْكُنَ إِلَيْهَا ۖ فَلَمَّا تَغَشَّاهَا حَمَلَتْ حَمْلًا خَفِيفًا فَمَرَّتْ بِهِ ۖ فَلَمَّا أَثْقَلَتْ دَعَوَا اللَّهَ رَبَّهُمَا لَئِنْ آتَيْتَنَا صَالِحًا لَنَكُونَنَّ مِنَ الشَّاكِرِينَ [7:189]

१८९) त्यो अल्लाह नै हो, जसले तिमीलाई एउटै शरीरबाट सृष्टि गर्यो र त्यसैबाट उसको जोडी बनायो ताकि आफ्नो जोडीबाट शान्ति प्राप्त गर्न सकोस् । अनि जब लोग्नेले स्वास्नीसित सम्पर्क गर्यो त त्यसलाई हलुका गर्भ रह्यो । यसर्थ तिनले त्यसलाई लिई हिंडडुल गरिराखिन् । अनि जब तिनी गह्रुँगो भइन् तब लोग्ने स्वास्नी दुवैले अल्लाहसित जो उनको पालनकर्ता हो, प्रार्थना गर्न थाले कि यदि तिमीले हामीलाई पूर्ण स्वस्थ्य बच्चा दिए त निश्चय नै हामी तिमी प्रति ठुलो कृतज्ञता प्रकट गर्नेछौं ।

### الآية 7:190

> ﻿فَلَمَّا آتَاهُمَا صَالِحًا جَعَلَا لَهُ شُرَكَاءَ فِيمَا آتَاهُمَا ۚ فَتَعَالَى اللَّهُ عَمَّا يُشْرِكُونَ [7:190]

१९०) तसर्थ अल्लाहले जब दुबैलाई पूर्ण स्वस्थ बच्चा दियो त ती दुवैले अल्लाहबाट प्रदान गरिएको कुरामा त्यसको साझेदार निर्धारित गर्न थाले । किन्तु अल्लाह पवित्र छ उनको शिर्क (साझेदारी) बाट ।

### الآية 7:191

> ﻿أَيُشْرِكُونَ مَا لَا يَخْلُقُ شَيْئًا وَهُمْ يُخْلَقُونَ [7:191]

१९१) के तिनीहरू त्यस्तालाई साझेदार ठहराउँछन्, जो कुनै कुराको सृष्टि गर्न सक्दैनन्, र स्वयं नै सृष्टि गरिएका हुन् ।

### الآية 7:192

> ﻿وَلَا يَسْتَطِيعُونَ لَهُمْ نَصْرًا وَلَا أَنْفُسَهُمْ يَنْصُرُونَ [7:192]

१९२) र तिनीहरूले उनीहरूलाई कुनै प्रकारको सहायता गर्न सक्दैनन् र आफूलाई पनि सहायता गर्न सक्दैनन् ।

### الآية 7:193

> ﻿وَإِنْ تَدْعُوهُمْ إِلَى الْهُدَىٰ لَا يَتَّبِعُوكُمْ ۚ سَوَاءٌ عَلَيْكُمْ أَدَعَوْتُمُوهُمْ أَمْ أَنْتُمْ صَامِتُونَ [7:193]

१९३) र यदि तिमीले यिनीहरूलाई कुनै कुरा बताउन पुकार्छौ भने तिनीले भनेको मान्दैनन् । तिम्रो निम्ति दुवै कुरा समान छन् चाहे तिमीले बोलाऊ वा चुप लाग ।

### الآية 7:194

> ﻿إِنَّ الَّذِينَ تَدْعُونَ مِنْ دُونِ اللَّهِ عِبَادٌ أَمْثَالُكُمْ ۖ فَادْعُوهُمْ فَلْيَسْتَجِيبُوا لَكُمْ إِنْ كُنْتُمْ صَادِقِينَ [7:194]

१९४) वास्तवमा तिमीले अल्लाहलाई छाडि जसलाई पुकार्दछौ, तिनीहरू तिमी जस्तै बन्दा (उपासक) हुन् । तसर्थ तिमी साँचो हौ भने तिमीले तिनीहरूलाई पुकार ताकि तिनीहरूले तिमीले चाहेको कुरा पूरा गरिदेउन् ।

### الآية 7:195

> ﻿أَلَهُمْ أَرْجُلٌ يَمْشُونَ بِهَا ۖ أَمْ لَهُمْ أَيْدٍ يَبْطِشُونَ بِهَا ۖ أَمْ لَهُمْ أَعْيُنٌ يُبْصِرُونَ بِهَا ۖ أَمْ لَهُمْ آذَانٌ يَسْمَعُونَ بِهَا ۗ قُلِ ادْعُوا شُرَكَاءَكُمْ ثُمَّ كِيدُونِ فَلَا تُنْظِرُونِ [7:195]

१९५) के उनका खुट्टा छन् जसबाट हिंडछन वा हातछन् जसबाट कुनै कुरा समात्दछन् वा आँखा छन् जसबाट देख्छन् वा उनको कान छन् जसबाट सुनिराखेको छन् । तपाई भनिदिनुस् कि आफ्ना सबै सहभागीहरूलाई पुकार र मेरो नोक्सानी गर्ने उपाय गर यस प्रकार कि मलाई मोहलत नमिलोस् ।

### الآية 7:196

> ﻿إِنَّ وَلِيِّيَ اللَّهُ الَّذِي نَزَّلَ الْكِتَابَ ۖ وَهُوَ يَتَوَلَّى الصَّالِحِينَ [7:196]

१९६) निश्चय नै मेरो सहायक अल्लाह नै छ, जसले यो किताब उतारेको छ, र त्यसैले सदाचारीहरूको सहायता गर्दछ ।

### الآية 7:197

> ﻿وَالَّذِينَ تَدْعُونَ مِنْ دُونِهِ لَا يَسْتَطِيعُونَ نَصْرَكُمْ وَلَا أَنْفُسَهُمْ يَنْصُرُونَ [7:197]

१९७) तिमीहरूले अल्लाहलाई छाडि जसलाई पूजा गर्दछौ, त्यसले तिम्रो कुनै सहायता गर्न सक्दैनन् र न आफ्नै सहायता गर्न सक्छन् ।

### الآية 7:198

> ﻿وَإِنْ تَدْعُوهُمْ إِلَى الْهُدَىٰ لَا يَسْمَعُوا ۖ وَتَرَاهُمْ يَنْظُرُونَ إِلَيْكَ وَهُمْ لَا يُبْصِرُونَ [7:198]

१९८) र यदि उनलाई सोझो मार्गतिर बोलाउनुहुन्छ भने तिनीहरूले सुन्ने छैनन् । र तिनीहरूलाई तपाईले यसरी देख्नुहुन्छ जस्तो कि उनीहरूले तपाईलाई देखिराखेका छन्, जबकि तिनीहरूले केही पनि देख्दैनन् ।

### الآية 7:199

> ﻿خُذِ الْعَفْوَ وَأْمُرْ بِالْعُرْفِ وَأَعْرِضْ عَنِ الْجَاهِلِينَ [7:199]

१९९) तपाई क्षमाको नीति अपनाउनुस्, र असल कामको उपदेश दिदै गर्नुस् र अज्ञानीहरूबाट टाढा बस्नुस् ।

### الآية 7:200

> ﻿وَإِمَّا يَنْزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ ۚ إِنَّهُ سَمِيعٌ عَلِيمٌ [7:200]

२००) र यदि तपाईलाई शैतानतिरबाट कुनै असमंजस आउँछ भने अल्लाहसित शरण माग्ने गर्नुस् । निश्चय नै ऊ सबै कुरा सुन्दछ र जान्दछ ।

### الآية 7:201

> ﻿إِنَّ الَّذِينَ اتَّقَوْا إِذَا مَسَّهُمْ طَائِفٌ مِنَ الشَّيْطَانِ تَذَكَّرُوا فَإِذَا هُمْ مُبْصِرُونَ [7:201]

२०१) निश्चय नै अल्लाहसित डर मान्नेहरूलाई जब कुनै खतराको संकेत आउँछ तब उनी जिक्र गर्न थाल्छन्, तसर्थ एक्कासी उनका आँखाहरू खुलिहाल्छन् ।

### الآية 7:202

> ﻿وَإِخْوَانُهُمْ يَمُدُّونَهُمْ فِي الْغَيِّ ثُمَّ لَا يُقْصِرُونَ [7:202]

२०२) र जो शैतानका मातहतमा छन्, तिनहिरूले उनीहरूलाई कुमार्गतिर तानेर लग्छन्, अनि त्यसमा कुनै कसर बाँकी राख्दैनन् ।

### الآية 7:203

> ﻿وَإِذَا لَمْ تَأْتِهِمْ بِآيَةٍ قَالُوا لَوْلَا اجْتَبَيْتَهَا ۚ قُلْ إِنَّمَا أَتَّبِعُ مَا يُوحَىٰ إِلَيَّ مِنْ رَبِّي ۚ هَٰذَا بَصَائِرُ مِنْ رَبِّكُمْ وَهُدًى وَرَحْمَةٌ لِقَوْمٍ يُؤْمِنُونَ [7:203]

२०३) जब तपाईले कुनै चमत्कार उनीहरू समक्ष ल्याउनुहुन्न तब उनीहरूले भन्छन्ः कि ‘‘तपाईले स्वयं यो चमत्कार किन ल्याउनु भएन’’ ? तपाईले भनिदिनुस्ः कि म त त्यही कुराको पालना गर्दछु जुन आदेश मेरो पालनकर्ताले पठाएको छ । यी तपाईको पालनकर्ताको तर्फबाट प्रमाण हुन्, र ईमानवालाहरूको लागि मार्गदर्शन र दया हो ।

### الآية 7:204

> ﻿وَإِذَا قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُوا لَهُ وَأَنْصِتُوا لَعَلَّكُمْ تُرْحَمُونَ [7:204]

२०४) र जब कुरआन पढिन्छ तब त्यतातिर ध्यान दिएर सुन, र चुप लागेर बस, ताकि तिमीमाथि दया गरियोस् ।

### الآية 7:205

> ﻿وَاذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُنْ مِنَ الْغَافِلِينَ [7:205]

२०५) र हे नबी ! आफ्नो पालनकर्तालाई आफ्नो मनमा बिहान बेलुका विनम्रतापूर्वक, डर मान्दै मसिनो आवाजमा स्मरण गर्दै गर र बेवास्ता गर्नेहरूमध्येको नहोऊ ।

### الآية 7:206

> ﻿إِنَّ الَّذِينَ عِنْدَ رَبِّكَ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِ وَيُسَبِّحُونَهُ وَلَهُ يَسْجُدُونَ ۩ [7:206]

२०६) निःसन्देह जो तिम्रो पालनकर्ताको समीपमा छन्, तिनीहरू उसको उपासनाबाट अभिमान गर्दैनन्, तिनीहरू त उसको महीमागान गर्दछन् र उसैलाई ढोग्दछन् ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/7.md)
- [كل تفاسير سورة الأعراف
](https://quranpedia.net/surah-tafsir/7.md)
- [ترجمات سورة الأعراف
](https://quranpedia.net/translations/7.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/7/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
