---
title: "ترجمة سورة الجن - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/72/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/72/book/1996"
surah_id: "72"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الجن - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/72/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الجن - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/72/book/1996*.

Translation of Surah الجن from "الترجمة النيبالية" in النيبالية.

### الآية 72:1

> قُلْ أُوحِيَ إِلَيَّ أَنَّهُ اسْتَمَعَ نَفَرٌ مِنَ الْجِنِّ فَقَالُوا إِنَّا سَمِعْنَا قُرْآنًا عَجَبًا [72:1]

१) (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् कि मेरो पासमा वह्य आएको छ कि जिन्नहरूको एउटा समूहले (किताबलाई) सुनेर भन्न थाले कि हामीले एउटा आश्चर्य लाग्दो ‘‘कुरआन’’ सुन्यौं ।

### الآية 72:2

> ﻿يَهْدِي إِلَى الرُّشْدِ فَآمَنَّا بِهِ ۖ وَلَنْ نُشْرِكَ بِرَبِّنَا أَحَدًا [72:2]

२) जसले भलाईको बाटो देखाउँछ, तसर्थ हामीले त्यसमाथि ईमान ल्यायौं । (अब) हामीले आफ्नो पालनकर्तासँग कसैलाई कदापि साझेदार बनाउने छैनौं ।

### الآية 72:3

> ﻿وَأَنَّهُ تَعَالَىٰ جَدُّ رَبِّنَا مَا اتَّخَذَ صَاحِبَةً وَلَا وَلَدًا [72:3]

३) र निश्चितरूपले हाम्रो पालनकर्ताको गौरव अत्यन्त उच्च छ उसले आफ्नो निम्ति कसैलाई न पत्नी बनायो न कुनै सन्तान,

### الآية 72:4

> ﻿وَأَنَّهُ كَانَ يَقُولُ سَفِيهُنَا عَلَى اللَّهِ شَطَطًا [72:4]

४) र यो कि हामीमध्ये केही मूर्खले अल्लाहको बारेमा असत्य कुरा रच्दछन्,

### الآية 72:5

> ﻿وَأَنَّا ظَنَنَّا أَنْ لَنْ تَقُولَ الْإِنْسُ وَالْجِنُّ عَلَى اللَّهِ كَذِبًا [72:5]

५) र हामीले यो ठानेका थियौं कि मानिस र जिन्नहरू अल्लाहको बारेमा झूठ बोल्दैनन् ।

### الآية 72:6

> ﻿وَأَنَّهُ كَانَ رِجَالٌ مِنَ الْإِنْسِ يَعُوذُونَ بِرِجَالٍ مِنَ الْجِنِّ فَزَادُوهُمْ رَهَقًا [72:6]

६) कुरो यो हो कि केही मानिसहरूले केही जिन्नहरूको शरण माँग्दथे, जसबाट उनको अटेरीपना झन् बढीहालेको थियो ।

### الآية 72:7

> ﻿وَأَنَّهُمْ ظَنُّوا كَمَا ظَنَنْتُمْ أَنْ لَنْ يَبْعَثَ اللَّهُ أَحَدًا [72:7]

७) र मानिसहरूले पनि तिमी जिन्नहरू जस्तै अनुमान गरेका थिए कि अल्लाहले कसैलाई पठाउने छैन, (वा पुर्नजीवित गर्नेछैन) ।

### الآية 72:8

> ﻿وَأَنَّا لَمَسْنَا السَّمَاءَ فَوَجَدْنَاهَا مُلِئَتْ حَرَسًا شَدِيدًا وَشُهُبًا [72:8]

८) र यो कि हामीहरूले आकाशमा चियायौं, त त्यसलाई बलिया पहरेदार र प्रज्वलित आगोले भरिएको पायौं,

### الآية 72:9

> ﻿وَأَنَّا كُنَّا نَقْعُدُ مِنْهَا مَقَاعِدَ لِلسَّمْعِ ۖ فَمَنْ يَسْتَمِعِ الْآنَ يَجِدْ لَهُ شِهَابًا رَصَدًا [72:9]

९) र यो कि पहिला हामी आकाशमा कैयन् ठाउँहरूमा कुरा सुन्नको निम्ति बस्ने गर्दथ्यौं । त अहिले जो पनि कान लगाउँछ एक आगोको झिल्का आफ्नोतिर पाउँछ ।

### الآية 72:10

> ﻿وَأَنَّا لَا نَدْرِي أَشَرٌّ أُرِيدَ بِمَنْ فِي الْأَرْضِ أَمْ أَرَادَ بِهِمْ رَبُّهُمْ رَشَدًا [72:10]

१०) र यो हामी जान्दैनौं कि तिनीहरूको साथ जो धरतीमा छन् नराम्रो कुराको इरादा गरिएको छ वा उनीहरूको पालनकर्ताले उनीहरूको लागि भलो गर्ने विचार गरेको छ ।

### الآية 72:11

> ﻿وَأَنَّا مِنَّا الصَّالِحُونَ وَمِنَّا دُونَ ذَٰلِكَ ۖ كُنَّا طَرَائِقَ قِدَدًا [72:11]

११) र यो कि हामीमध्ये कोही नेक छन् र कोही विपरित प्रकारको पनि छन् । हामी विभिन्न किसिमले बाँडिएका छौं,

### الآية 72:12

> ﻿وَأَنَّا ظَنَنَّا أَنْ لَنْ نُعْجِزَ اللَّهَ فِي الْأَرْضِ وَلَنْ نُعْجِزَهُ هَرَبًا [72:12]

१२) र (यो कि) हामीले विश्वास गरिसकेछौं कि हामी धरतीमा अल्लाहलाई पराजित गर्न सक्दैनौ र नभागेर उसलाई थकाउन सक्छौं,

### الآية 72:13

> ﻿وَأَنَّا لَمَّا سَمِعْنَا الْهُدَىٰ آمَنَّا بِهِ ۖ فَمَنْ يُؤْمِنْ بِرَبِّهِ فَلَا يَخَافُ بَخْسًا وَلَا رَهَقًا [72:13]

१३) र हामीले त मार्गदर्शन (को किताब) सुन्यौं, त त्यसमाथि ईमान ल्याइहाल्यौं र जसले आफ्नो पालनकर्तामाथि ईमान ल्याउँछ उसलाई न कुनै हानिको डर हुन्छ, न अत्याचारको,

### الآية 72:14

> ﻿وَأَنَّا مِنَّا الْمُسْلِمُونَ وَمِنَّا الْقَاسِطُونَ ۖ فَمَنْ أَسْلَمَ فَأُولَٰئِكَ تَحَرَّوْا رَشَدًا [72:14]

१४) र यो कि हामीमध्ये केही आज्ञाकारी छन् र केही अवज्ञाकारी छन्, तसर्थ जो आज्ञाकारी भए, उनीहरू त सोझो मार्गमा हिंडे,

### الآية 72:15

> ﻿وَأَمَّا الْقَاسِطُونَ فَكَانُوا لِجَهَنَّمَ حَطَبًا [72:15]

१५) र जो पापी(अपराधी) भए उनीहरू नर्कको इन्धन भए,

### الآية 72:16

> ﻿وَأَنْ لَوِ اسْتَقَامُوا عَلَى الطَّرِيقَةِ لَأَسْقَيْنَاهُمْ مَاءً غَدَقًا [72:16]

१६) र (हे पैगम्बर ! यो पनि उनीहरूसित भनिदिनुस्) कि यदि यिनीहरू सोझो मार्गमा रहेको भए हामीले उनीहरूको निम्ति पिउनको लागि प्रशस्त पानी दिन्थ्यौं,

### الآية 72:17

> ﻿لِنَفْتِنَهُمْ فِيهِ ۚ وَمَنْ يُعْرِضْ عَنْ ذِكْرِ رَبِّهِ يَسْلُكْهُ عَذَابًا صَعَدًا [72:17]

१७) ताकि यसबाट उनको परीक्षा गरौं र जुन मानिसले आफ्नो पालनकर्ताको स्मरणबाट मुख फर्काउनेछ, अल्लाहले उसलाई दुःखद यातनामा प्रविष्ट गर्नेछ,

### الآية 72:18

> ﻿وَأَنَّ الْمَسَاجِدَ لِلَّهِ فَلَا تَدْعُوا مَعَ اللَّهِ أَحَدًا [72:18]

१८) र यो कि मस्जिदहरू अल्लाहकै लागि मात्र हुन्, तसर्थ अल्लाहसँग कुनै अरुको पूजा नगर,

### الآية 72:19

> ﻿وَأَنَّهُ لَمَّا قَامَ عَبْدُ اللَّهِ يَدْعُوهُ كَادُوا يَكُونُونَ عَلَيْهِ لِبَدًا [72:19]

१९) र जब अल्लाहका भक्त (मुहम्मद), उसको पूजाको निम्ति उभे त काफिरहरूले उनलाई चारैतर्फबाट घेरी उनीमाथि आक्रमण गर्नेवाला थिए ।

### الآية 72:20

> ﻿قُلْ إِنَّمَا أَدْعُو رَبِّي وَلَا أُشْرِكُ بِهِ أَحَدًا [72:20]

२०) भनिदिनुस् कि म त आफ्नो पालनकर्तालाई मात्र पूजा गर्दछु । र उसको साथ कसैलाई शम्मिलित गर्दिन ।

### الآية 72:21

> ﻿قُلْ إِنِّي لَا أَمْلِكُ لَكُمْ ضَرًّا وَلَا رَشَدًا [72:21]

२१) यो पनि भनिदेऊः कि मलाई तिम्रो हकमा नाफा नोक्सानको कुनै अधिकार छैन,

### الآية 72:22

> ﻿قُلْ إِنِّي لَنْ يُجِيرَنِي مِنَ اللَّهِ أَحَدٌ وَلَنْ أَجِدَ مِنْ دُونِهِ مُلْتَحَدًا [72:22]

२२) यो पनि भनिदिनुस् कि अल्लाह (को यातना) बाट मलाई कसैले बचाउन सक्दैन र म उस बाहेक अन्य कतै शरणको ठाउँ देख्दिन,

### الآية 72:23

> ﻿إِلَّا بَلَاغًا مِنَ اللَّهِ وَرِسَالَاتِهِ ۚ وَمَنْ يَعْصِ اللَّهَ وَرَسُولَهُ فَإِنَّ لَهُ نَارَ جَهَنَّمَ خَالِدِينَ فِيهَا أَبَدًا [72:23]

२३) हो, अल्लाहको तर्फबाट आदेशहरू र उसको सन्देशहरू पुर्याउने काम (नै मेरो जिम्मामा छ) र जुन मानिसले अल्लाह र उसको पैगम्बरको अवज्ञा गर्नेछ त यस्ताको लागि जहन्नमको आगो छ, सधैं त्यसमा रहनेछन्,

### الآية 72:24

> ﻿حَتَّىٰ إِذَا رَأَوْا مَا يُوعَدُونَ فَسَيَعْلَمُونَ مَنْ أَضْعَفُ نَاصِرًا وَأَقَلُّ عَدَدًا [72:24]

२४) यहाँसम्म कि अब यिनीहरूले त्यो (दिन) देखिहाल्नेछन्, जसको उनीसित वाचा गरिएको थियो, तब उनलाई थाहा भइहाल्ने छ कि कसका सहायकहरू कमजोर र कसको संख्या थोरै छ,

### الآية 72:25

> ﻿قُلْ إِنْ أَدْرِي أَقَرِيبٌ مَا تُوعَدُونَ أَمْ يَجْعَلُ لَهُ رَبِّي أَمَدًا [72:25]

२५) भनिदिनुस् कि जुन तिमीसित वाचा गरिन्छ, मलाई थाहा छैन कि त्यो नजिक छ वा मेरो पालनकर्ताले त्यसको अवधि लामो गरिदिएको छ,

### الآية 72:26

> ﻿عَالِمُ الْغَيْبِ فَلَا يُظْهِرُ عَلَىٰ غَيْبِهِ أَحَدًا [72:26]

२६) ऊ अदृश्य जान्नेवाला छ र कसैलाई आफ्नो परोक्षको कुरा प्रकट गर्दैन,

### الآية 72:27

> ﻿إِلَّا مَنِ ارْتَضَىٰ مِنْ رَسُولٍ فَإِنَّهُ يَسْلُكُ مِنْ بَيْنِ يَدَيْهِ وَمِنْ خَلْفِهِ رَصَدًا [72:27]

२७) हो, जुन पैगम्बरलाई रुचाउँछ, उस बाहेक, तर उनको अगाडि र पछाडि पनि रक्षकहरू खटाइदिन्छ,

### الآية 72:28

> ﻿لِيَعْلَمَ أَنْ قَدْ أَبْلَغُوا رِسَالَاتِ رَبِّهِمْ وَأَحَاطَ بِمَا لَدَيْهِمْ وَأَحْصَىٰ كُلَّ شَيْءٍ عَدَدًا [72:28]

२८) ताकि जानकारी लियोस् कि उनीहरूले आफ्नो पालनकर्ताको सन्देश पुर्याइदिएका छन् र उसले उनीहरूका सबै कुराहरूलाई नियन्त्रित गरेको छ र हरेक कुरालाई गनिसकेको छ ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/72.md)
- [كل تفاسير سورة الجن
](https://quranpedia.net/surah-tafsir/72.md)
- [ترجمات سورة الجن
](https://quranpedia.net/translations/72.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/72/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
