---
title: "ترجمة سورة المرسلات - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/77/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/77/book/1996"
surah_id: "77"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة المرسلات - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/77/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة المرسلات - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/77/book/1996*.

Translation of Surah المرسلات from "الترجمة النيبالية" in النيبالية.

### الآية 77:1

> وَالْمُرْسَلَاتِ عُرْفًا [77:1]

१) हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम ।

### الآية 77:2

> ﻿فَالْعَاصِفَاتِ عَصْفًا [77:2]

२) अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम ।

### الآية 77:3

> ﻿وَالنَّاشِرَاتِ نَشْرًا [77:3]

३) र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध ।

### الآية 77:4

> ﻿فَالْفَارِقَاتِ فَرْقًا [77:4]

४) फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने,

### الآية 77:5

> ﻿فَالْمُلْقِيَاتِ ذِكْرًا [77:5]

५) र वह्य ल्याउने फरिश्ताहरूको कसम ।

### الآية 77:6

> ﻿عُذْرًا أَوْ نُذْرًا [77:6]

६) जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।

### الآية 77:7

> ﻿إِنَّمَا تُوعَدُونَ لَوَاقِعٌ [77:7]

७) जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।

### الآية 77:8

> ﻿فَإِذَا النُّجُومُ طُمِسَتْ [77:8]

८) अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।

### الآية 77:9

> ﻿وَإِذَا السَّمَاءُ فُرِجَتْ [77:9]

९) र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।

### الآية 77:10

> ﻿وَإِذَا الْجِبَالُ نُسِفَتْ [77:10]

१०) र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।

### الآية 77:11

> ﻿وَإِذَا الرُّسُلُ أُقِّتَتْ [77:11]

११) र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।

### الآية 77:12

> ﻿لِأَيِّ يَوْمٍ أُجِّلَتْ [77:12]

१२) कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ ?

### الآية 77:13

> ﻿لِيَوْمِ الْفَصْلِ [77:13]

१३) फैसलाको दिनको निम्ति ।

### الآية 77:14

> ﻿وَمَا أَدْرَاكَ مَا يَوْمُ الْفَصْلِ [77:14]

१४) र तिमीलाई के थाहा कि फैसलाको दिन के हो ?

### الآية 77:15

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:15]

१५) बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।

### الآية 77:16

> ﻿أَلَمْ نُهْلِكِ الْأَوَّلِينَ [77:16]

१६) के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं ?

### الآية 77:17

> ﻿ثُمَّ نُتْبِعُهُمُ الْآخِرِينَ [77:17]

१७) अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।

### الآية 77:18

> ﻿كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ [77:18]

१८) हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।

### الآية 77:19

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:19]

१९) त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।

### الآية 77:20

> ﻿أَلَمْ نَخْلُقْكُمْ مِنْ مَاءٍ مَهِينٍ [77:20]

२०) के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं ?

### الآية 77:21

> ﻿فَجَعَلْنَاهُ فِي قَرَارٍ مَكِينٍ [77:21]

२१) अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।

### الآية 77:22

> ﻿إِلَىٰ قَدَرٍ مَعْلُومٍ [77:22]

२२) एउटा निश्चित समयसम्म ।

### الآية 77:23

> ﻿فَقَدَرْنَا فَنِعْمَ الْقَادِرُونَ [77:23]

२३) फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।

### الآية 77:24

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:24]

२४) विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।

### الآية 77:25

> ﻿أَلَمْ نَجْعَلِ الْأَرْضَ كِفَاتًا [77:25]

२५) के हामीले धरतीलाई समेटनेवाला बनाएनौं ?

### الآية 77:26

> ﻿أَحْيَاءً وَأَمْوَاتًا [77:26]

२६) जीवितलाई र मृतहरूलाई पनि ।

### الآية 77:27

> ﻿وَجَعَلْنَا فِيهَا رَوَاسِيَ شَامِخَاتٍ وَأَسْقَيْنَاكُمْ مَاءً فُرَاتًا [77:27]

२७) र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं,

### الآية 77:28

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:28]

२८) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।

### الآية 77:29

> ﻿انْطَلِقُوا إِلَىٰ مَا كُنْتُمْ بِهِ تُكَذِّبُونَ [77:29]

२९) जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड,

### الآية 77:30

> ﻿انْطَلِقُوا إِلَىٰ ظِلٍّ ذِي ثَلَاثِ شُعَبٍ [77:30]

३०) त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्,

### الآية 77:31

> ﻿لَا ظَلِيلٍ وَلَا يُغْنِي مِنَ اللَّهَبِ [77:31]

३१) जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।

### الآية 77:32

> ﻿إِنَّهَا تَرْمِي بِشَرَرٍ كَالْقَصْرِ [77:32]

३२) निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।

### الآية 77:33

> ﻿كَأَنَّهُ جِمَالَتٌ صُفْرٌ [77:33]

३३) त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।

### الآية 77:34

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:34]

३४) आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।

### الآية 77:35

> ﻿هَٰذَا يَوْمُ لَا يَنْطِقُونَ [77:35]

३५) आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।

### الآية 77:36

> ﻿وَلَا يُؤْذَنُ لَهُمْ فَيَعْتَذِرُونَ [77:36]

३६) नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।

### الآية 77:37

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:37]

३७) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।

### الآية 77:38

> ﻿هَٰذَا يَوْمُ الْفَصْلِ ۖ جَمَعْنَاكُمْ وَالْأَوَّلِينَ [77:38]

३८) यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।

### الآية 77:39

> ﻿فَإِنْ كَانَ لَكُمْ كَيْدٌ فَكِيدُونِ [77:39]

३९) तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।

### الآية 77:40

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:40]

४०) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।

### الآية 77:41

> ﻿إِنَّ الْمُتَّقِينَ فِي ظِلَالٍ وَعُيُونٍ [77:41]

४१) निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।

### الآية 77:42

> ﻿وَفَوَاكِهَ مِمَّا يَشْتَهُونَ [77:42]

४२) र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।

### الآية 77:43

> ﻿كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا كُنْتُمْ تَعْمَلُونَ [77:43]

४३) (हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।

### الآية 77:44

> ﻿إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ [77:44]

४४) हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।

### الآية 77:45

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:45]

४५) यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।

### الآية 77:46

> ﻿كُلُوا وَتَمَتَّعُوا قَلِيلًا إِنَّكُمْ مُجْرِمُونَ [77:46]

४६) (हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।

### الآية 77:47

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:47]

४७) त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।

### الآية 77:48

> ﻿وَإِذَا قِيلَ لَهُمُ ارْكَعُوا لَا يَرْكَعُونَ [77:48]

४८) जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।

### الآية 77:49

> ﻿وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ [77:49]

४९) त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।

### الآية 77:50

> ﻿فَبِأَيِّ حَدِيثٍ بَعْدَهُ يُؤْمِنُونَ [77:50]

५०) अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्?

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/77.md)
- [كل تفاسير سورة المرسلات
](https://quranpedia.net/surah-tafsir/77.md)
- [ترجمات سورة المرسلات
](https://quranpedia.net/translations/77.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/77/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
