---
title: "ترجمة سورة النبأ - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/78/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/78/book/1996"
surah_id: "78"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة النبأ - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/78/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة النبأ - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/78/book/1996*.

Translation of Surah النبأ from "الترجمة النيبالية" in النيبالية.

### الآية 78:1

> عَمَّ يَتَسَاءَلُونَ [78:1]

१) (यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन् ?

### الآية 78:2

> ﻿عَنِ النَّبَإِ الْعَظِيمِ [78:2]

२) (के) त्यस ठूलो समाचारको बारेमा ?

### الآية 78:3

> ﻿الَّذِي هُمْ فِيهِ مُخْتَلِفُونَ [78:3]

३) जसमा यिनीहरूले मतभेद गरिराखेका छन्,

### الآية 78:4

> ﻿كَلَّا سَيَعْلَمُونَ [78:4]

४) हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।

### الآية 78:5

> ﻿ثُمَّ كَلَّا سَيَعْلَمُونَ [78:5]

५) अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।

### الآية 78:6

> ﻿أَلَمْ نَجْعَلِ الْأَرْضَ مِهَادًا [78:6]

६) के हामीले धरतीलाई ओछ्यान बनाएनौं ?

### الآية 78:7

> ﻿وَالْجِبَالَ أَوْتَادًا [78:7]

७) र पहाडहरूलाई मेख खम्बा ?

### الآية 78:8

> ﻿وَخَلَقْنَاكُمْ أَزْوَاجًا [78:8]

८) र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।

### الآية 78:9

> ﻿وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا [78:9]

९) र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।

### الآية 78:10

> ﻿وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا [78:10]

१०) र रातलाई पर्दा बनायौं ।

### الآية 78:11

> ﻿وَجَعَلْنَا النَّهَارَ مَعَاشًا [78:11]

११) र दिनलाई जीविकोपार्जनको समय बनायौं ।

### الآية 78:12

> ﻿وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا [78:12]

१२) र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं,

### الآية 78:13

> ﻿وَجَعَلْنَا سِرَاجًا وَهَّاجًا [78:13]

१३) र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।

### الآية 78:14

> ﻿وَأَنْزَلْنَا مِنَ الْمُعْصِرَاتِ مَاءً ثَجَّاجًا [78:14]

१४) र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।

### الآية 78:15

> ﻿لِنُخْرِجَ بِهِ حَبًّا وَنَبَاتًا [78:15]

१५) ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं,

### الآية 78:16

> ﻿وَجَنَّاتٍ أَلْفَافًا [78:16]

१६) र बाक्ला घना बगैंचाहरू,

### الآية 78:17

> ﻿إِنَّ يَوْمَ الْفَصْلِ كَانَ مِيقَاتًا [78:17]

१७) निःसन्देह फैसलाको दिन निश्चित छ,

### الآية 78:18

> ﻿يَوْمَ يُنْفَخُ فِي الصُّورِ فَتَأْتُونَ أَفْوَاجًا [78:18]

१८) जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।

### الآية 78:19

> ﻿وَفُتِحَتِ السَّمَاءُ فَكَانَتْ أَبْوَابًا [78:19]

१९) र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।

### الآية 78:20

> ﻿وَسُيِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا [78:20]

२०) र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।

### الآية 78:21

> ﻿إِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا [78:21]

२१) निःसंदेह जहन्नम घातमा छ ।

### الآية 78:22

> ﻿لِلطَّاغِينَ مَآبًا [78:22]

२२) अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।

### الآية 78:23

> ﻿لَابِثِينَ فِيهَا أَحْقَابًا [78:23]

२३) त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।

### الآية 78:24

> ﻿لَا يَذُوقُونَ فِيهَا بَرْدًا وَلَا شَرَابًا [78:24]

२४) उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।

### الآية 78:25

> ﻿إِلَّا حَمِيمًا وَغَسَّاقًا [78:25]

२५) उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।

### الآية 78:26

> ﻿جَزَاءً وِفَاقًا [78:26]

२६) उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।

### الآية 78:27

> ﻿إِنَّهُمْ كَانُوا لَا يَرْجُونَ حِسَابًا [78:27]

२७) उनीहरूलाई त हिसाबको आशा नै थिएन ।

### الآية 78:28

> ﻿وَكَذَّبُوا بِآيَاتِنَا كِذَّابًا [78:28]

२८) र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।

### الآية 78:29

> ﻿وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ كِتَابًا [78:29]

२९) हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।

### الآية 78:30

> ﻿فَذُوقُوا فَلَنْ نَزِيدَكُمْ إِلَّا عَذَابًا [78:30]

३०) तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।

### الآية 78:31

> ﻿إِنَّ لِلْمُتَّقِينَ مَفَازًا [78:31]

३१) निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।

### الآية 78:32

> ﻿حَدَائِقَ وَأَعْنَابًا [78:32]

३२) बगैचाहरू छन्, र अँगूरहरू छन् ।

### الآية 78:33

> ﻿وَكَوَاعِبَ أَتْرَابًا [78:33]

३३) नौयवना कुमारी युवतीहरू छिन् ।

### الآية 78:34

> ﻿وَكَأْسًا دِهَاقًا [78:34]

३४) र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।

### الآية 78:35

> ﻿لَا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا كِذَّابًا [78:35]

३५) उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।

### الآية 78:36

> ﻿جَزَاءً مِنْ رَبِّكَ عَطَاءً حِسَابًا [78:36]

३६) तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ,

### الآية 78:37

> ﻿رَبِّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا الرَّحْمَٰنِ ۖ لَا يَمْلِكُونَ مِنْهُ خِطَابًا [78:37]

३७) उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।

### الآية 78:38

> ﻿يَوْمَ يَقُومُ الرُّوحُ وَالْمَلَائِكَةُ صَفًّا ۖ لَا يَتَكَلَّمُونَ إِلَّا مَنْ أَذِنَ لَهُ الرَّحْمَٰنُ وَقَالَ صَوَابًا [78:38]

३८) जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।

### الآية 78:39

> ﻿ذَٰلِكَ الْيَوْمُ الْحَقُّ ۖ فَمَنْ شَاءَ اتَّخَذَ إِلَىٰ رَبِّهِ مَآبًا [78:39]

३९) त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।

### الآية 78:40

> ﻿إِنَّا أَنْذَرْنَاكُمْ عَذَابًا قَرِيبًا يَوْمَ يَنْظُرُ الْمَرْءُ مَا قَدَّمَتْ يَدَاهُ وَيَقُولُ الْكَافِرُ يَا لَيْتَنِي كُنْتُ تُرَابًا [78:40]

४०) हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/78.md)
- [كل تفاسير سورة النبأ
](https://quranpedia.net/surah-tafsir/78.md)
- [ترجمات سورة النبأ
](https://quranpedia.net/translations/78.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/78/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
