---
title: "ترجمة سورة عبس - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/80/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/80/book/1996"
surah_id: "80"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة عبس - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/80/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة عبس - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/80/book/1996*.

Translation of Surah عبس from "الترجمة النيبالية" in النيبالية.

### الآية 80:1

> عَبَسَ وَتَوَلَّىٰ [80:1]

१) उसले रूखापनागरेर मुख फर्कायो ।

### الآية 80:2

> ﻿أَنْ جَاءَهُ الْأَعْمَىٰ [80:2]

२) किनकि उसको पासमा एउटा अन्धो आयो ।

### الآية 80:3

> ﻿وَمَا يُدْرِيكَ لَعَلَّهُ يَزَّكَّىٰ [80:3]

३) तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।

### الآية 80:4

> ﻿أَوْ يَذَّكَّرُ فَتَنْفَعَهُ الذِّكْرَىٰ [80:4]

४) अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।

### الآية 80:5

> ﻿أَمَّا مَنِ اسْتَغْنَىٰ [80:5]

५) तर जो लापरवाही गर्दछ ।

### الآية 80:6

> ﻿فَأَنْتَ لَهُ تَصَدَّىٰ [80:6]

६) उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।

### الآية 80:7

> ﻿وَمَا عَلَيْكَ أَلَّا يَزَّكَّىٰ [80:7]

७) हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।

### الآية 80:8

> ﻿وَأَمَّا مَنْ جَاءَكَ يَسْعَىٰ [80:8]

८) र जो तिम्रो पासमा दगुर्दै आयो ।

### الآية 80:9

> ﻿وَهُوَ يَخْشَىٰ [80:9]

९) र ऊ (अल्लाहसित) डर्छ पनि ।

### الآية 80:10

> ﻿فَأَنْتَ عَنْهُ تَلَهَّىٰ [80:10]

१०) उसलाई तिमीले बेवास्ता गर्दछौ ।

### الآية 80:11

> ﻿كَلَّا إِنَّهَا تَذْكِرَةٌ [80:11]

११) हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।

### الآية 80:12

> ﻿فَمَنْ شَاءَ ذَكَرَهُ [80:12]

१२) तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।

### الآية 80:13

> ﻿فِي صُحُفٍ مُكَرَّمَةٍ [80:13]

१३) यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।

### الآية 80:14

> ﻿مَرْفُوعَةٍ مُطَهَّرَةٍ [80:14]

१४) जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।

### الآية 80:15

> ﻿بِأَيْدِي سَفَرَةٍ [80:15]

१५) यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।

### الآية 80:16

> ﻿كِرَامٍ بَرَرَةٍ [80:16]

१६) जो प्रतिष्ठित र पवित्र छन् ।

### الآية 80:17

> ﻿قُتِلَ الْإِنْسَانُ مَا أَكْفَرَهُ [80:17]

१७) अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।

### الآية 80:18

> ﻿مِنْ أَيِّ شَيْءٍ خَلَقَهُ [80:18]

१८) अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो ?

### الآية 80:19

> ﻿مِنْ نُطْفَةٍ خَلَقَهُ فَقَدَّرَهُ [80:19]

१९) वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।

### الآية 80:20

> ﻿ثُمَّ السَّبِيلَ يَسَّرَهُ [80:20]

२०) र उसको निम्ति मार्ग सरल बनाइदियो ।

### الآية 80:21

> ﻿ثُمَّ أَمَاتَهُ فَأَقْبَرَهُ [80:21]

२१) अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।

### الآية 80:22

> ﻿ثُمَّ إِذَا شَاءَ أَنْشَرَهُ [80:22]

२२) फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ,

### الآية 80:23

> ﻿كَلَّا لَمَّا يَقْضِ مَا أَمَرَهُ [80:23]

२३) केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।

### الآية 80:24

> ﻿فَلْيَنْظُرِ الْإِنْسَانُ إِلَىٰ طَعَامِهِ [80:24]

२४) अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।

### الآية 80:25

> ﻿أَنَّا صَبَبْنَا الْمَاءَ صَبًّا [80:25]

२५) हामीले नै धेरै पानी वर्षायौं ।

### الآية 80:26

> ﻿ثُمَّ شَقَقْنَا الْأَرْضَ شَقًّا [80:26]

२६) फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।

### الآية 80:27

> ﻿فَأَنْبَتْنَا فِيهَا حَبًّا [80:27]

२७) त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।

### الآية 80:28

> ﻿وَعِنَبًا وَقَضْبًا [80:28]

२८) र अंगूर र तरकारी ।

### الآية 80:29

> ﻿وَزَيْتُونًا وَنَخْلًا [80:29]

२९) र जैतून र खजूरहरू ।

### الآية 80:30

> ﻿وَحَدَائِقَ غُلْبًا [80:30]

३०) र बाक्ला घना बगैंचाहरू ।

### الآية 80:31

> ﻿وَفَاكِهَةً وَأَبًّا [80:31]

३१) र फल र चाराहरू ।

### الآية 80:32

> ﻿مَتَاعًا لَكُمْ وَلِأَنْعَامِكُمْ [80:32]

३२) (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।

### الآية 80:33

> ﻿فَإِذَا جَاءَتِ الصَّاخَّةُ [80:33]

३३) तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।

### الآية 80:34

> ﻿يَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ [80:34]

३४) त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।

### الآية 80:35

> ﻿وَأُمِّهِ وَأَبِيهِ [80:35]

३५) र आफ्नो आमा र बाबुबाट ।

### الآية 80:36

> ﻿وَصَاحِبَتِهِ وَبَنِيهِ [80:36]

३६) र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।

### الآية 80:37

> ﻿لِكُلِّ امْرِئٍ مِنْهُمْ يَوْمَئِذٍ شَأْنٌ يُغْنِيهِ [80:37]

३७) यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।

### الآية 80:38

> ﻿وُجُوهٌ يَوْمَئِذٍ مُسْفِرَةٌ [80:38]

३८) कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।

### الآية 80:39

> ﻿ضَاحِكَةٌ مُسْتَبْشِرَةٌ [80:39]

३९) हाँस्दै खुशी र आनन्दित हुनेछन् ।

### الآية 80:40

> ﻿وَوُجُوهٌ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ [80:40]

४०) र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।

### الآية 80:41

> ﻿تَرْهَقُهَا قَتَرَةٌ [80:41]

४१) जसमाथि कालोपना छाएको हुनेछ,

### الآية 80:42

> ﻿أُولَٰئِكَ هُمُ الْكَفَرَةُ الْفَجَرَةُ [80:42]

४२) यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/80.md)
- [كل تفاسير سورة عبس
](https://quranpedia.net/surah-tafsir/80.md)
- [ترجمات سورة عبس
](https://quranpedia.net/translations/80.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/80/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
