---
title: "ترجمة سورة البروج - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/85/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/85/book/1996"
surah_id: "85"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة البروج - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/85/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة البروج - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/85/book/1996*.

Translation of Surah البروج from "الترجمة النيبالية" in النيبالية.

### الآية 85:1

> وَالسَّمَاءِ ذَاتِ الْبُرُوجِ [85:1]

१) आकाशको कसम, जसमा तारामण्डल छ ।

### الآية 85:2

> ﻿وَالْيَوْمِ الْمَوْعُودِ [85:2]

२) र त्यस दिनको कसम जसको वाचा छ ।

### الآية 85:3

> ﻿وَشَاهِدٍ وَمَشْهُودٍ [85:3]

३) उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।

### الآية 85:4

> ﻿قُتِلَ أَصْحَابُ الْأُخْدُودِ [85:4]

४) कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।

### الآية 85:5

> ﻿النَّارِ ذَاتِ الْوَقُودِ [85:5]

५) त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।

### الآية 85:6

> ﻿إِذْ هُمْ عَلَيْهَا قُعُودٌ [85:6]

६) जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।

### الآية 85:7

> ﻿وَهُمْ عَلَىٰ مَا يَفْعَلُونَ بِالْمُؤْمِنِينَ شُهُودٌ [85:7]

७) र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।

### الآية 85:8

> ﻿وَمَا نَقَمُوا مِنْهُمْ إِلَّا أَنْ يُؤْمِنُوا بِاللَّهِ الْعَزِيزِ الْحَمِيدِ [85:8]

८) यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।

### الآية 85:9

> ﻿الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ شَهِيدٌ [85:9]

९) जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।

### الآية 85:10

> ﻿إِنَّ الَّذِينَ فَتَنُوا الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ ثُمَّ لَمْ يَتُوبُوا فَلَهُمْ عَذَابُ جَهَنَّمَ وَلَهُمْ عَذَابُ الْحَرِيقِ [85:10]

१०) निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।

### الآية 85:11

> ﻿إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُمْ جَنَّاتٌ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ ۚ ذَٰلِكَ الْفَوْزُ الْكَبِيرُ [85:11]

११) निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।

### الآية 85:12

> ﻿إِنَّ بَطْشَ رَبِّكَ لَشَدِيدٌ [85:12]

१२) निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।

### الآية 85:13

> ﻿إِنَّهُ هُوَ يُبْدِئُ وَيُعِيدُ [85:13]

१३) उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।

### الآية 85:14

> ﻿وَهُوَ الْغَفُورُ الْوَدُودُ [85:14]

१४) र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।

### الآية 85:15

> ﻿ذُو الْعَرْشِ الْمَجِيدُ [85:15]

१५) सिंहासनको स्वामी, बडो गौरवशाली छ ।

### الآية 85:16

> ﻿فَعَّالٌ لِمَا يُرِيدُ [85:16]

१६) जे चाहान्छ गरिहाल्छ ।

### الآية 85:17

> ﻿هَلْ أَتَاكَ حَدِيثُ الْجُنُودِ [85:17]

१७) के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।

### الآية 85:18

> ﻿فِرْعَوْنَ وَثَمُودَ [85:18]

१८) (अर्थात्) फिरऔन र समूदको ।

### الآية 85:19

> ﻿بَلِ الَّذِينَ كَفَرُوا فِي تَكْذِيبٍ [85:19]

१९) केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।

### الآية 85:20

> ﻿وَاللَّهُ مِنْ وَرَائِهِمْ مُحِيطٌ [85:20]

२०) र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।

### الآية 85:21

> ﻿بَلْ هُوَ قُرْآنٌ مَجِيدٌ [85:21]

२१) बरु यो कुरआन धेरै गौरवशाली छ ।

### الآية 85:22

> ﻿فِي لَوْحٍ مَحْفُوظٍ [85:22]

२२) लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/85.md)
- [كل تفاسير سورة البروج
](https://quranpedia.net/surah-tafsir/85.md)
- [ترجمات سورة البروج
](https://quranpedia.net/translations/85.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/85/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
