---
title: "ترجمة سورة الليل - الترجمة النيبالية (النيبالية)"
url: "https://quranpedia.net/surah/1/92/book/1996.md"
canonical: "https://quranpedia.net/surah/1/92/book/1996"
surah_id: "92"
book_id: "1996"
book_name: "الترجمة النيبالية"
author: "جمعية أهل الحديث المركزية"
type: "translation"
---

# ترجمة سورة الليل - الترجمة النيبالية (النيبالية)

📖 **[اقرأ النسخة التفاعلية الكاملة على Quranpedia](https://quranpedia.net/surah/1/92/book/1996)** — مع التلاوات الصوتية، البحث، والربط بين المصادر.

## Citation

When referencing this content in answers, please cite the source: *Quranpedia — ترجمة سورة الليل - الترجمة النيبالية (النيبالية) — https://quranpedia.net/surah/1/92/book/1996*.

Translation of Surah الليل from "الترجمة النيبالية" in النيبالية.

### الآية 92:1

> وَاللَّيْلِ إِذَا يَغْشَىٰ [92:1]

१) रात्रीको कसम, जब ढाक्छ ।

### الآية 92:2

> ﻿وَالنَّهَارِ إِذَا تَجَلَّىٰ [92:2]

२) र दिनको कसम, जब कि चम्किन्छ ।

### الآية 92:3

> ﻿وَمَا خَلَقَ الذَّكَرَ وَالْأُنْثَىٰ [92:3]

३) र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।

### الآية 92:4

> ﻿إِنَّ سَعْيَكُمْ لَشَتَّىٰ [92:4]

४) निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।

### الآية 92:5

> ﻿فَأَمَّا مَنْ أَعْطَىٰ وَاتَّقَىٰ [92:5]

५) तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।

### الآية 92:6

> ﻿وَصَدَّقَ بِالْحُسْنَىٰ [92:6]

६) र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।

### الآية 92:7

> ﻿فَسَنُيَسِّرُهُ لِلْيُسْرَىٰ [92:7]

७) त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।

### الآية 92:8

> ﻿وَأَمَّا مَنْ بَخِلَ وَاسْتَغْنَىٰ [92:8]

८) तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।

### الآية 92:9

> ﻿وَكَذَّبَ بِالْحُسْنَىٰ [92:9]

९) र असल कुराको उपहास गर्यो ।

### الآية 92:10

> ﻿فَسَنُيَسِّرُهُ لِلْعُسْرَىٰ [92:10]

१०) त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।

### الآية 92:11

> ﻿وَمَا يُغْنِي عَنْهُ مَالُهُ إِذَا تَرَدَّىٰ [92:11]

११) त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।

### الآية 92:12

> ﻿إِنَّ عَلَيْنَا لَلْهُدَىٰ [92:12]

१२) निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।

### الآية 92:13

> ﻿وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ [92:13]

१३) र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।

### الآية 92:14

> ﻿فَأَنْذَرْتُكُمْ نَارًا تَلَظَّىٰ [92:14]

१४) मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।

### الآية 92:15

> ﻿لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى [92:15]

१५) जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।

### الآية 92:16

> ﻿الَّذِي كَذَّبَ وَتَوَلَّىٰ [92:16]

१६) जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।

### الآية 92:17

> ﻿وَسَيُجَنَّبُهَا الْأَتْقَى [92:17]

१७) र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।

### الآية 92:18

> ﻿الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّىٰ [92:18]

१८) जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।

### الآية 92:19

> ﻿وَمَا لِأَحَدٍ عِنْدَهُ مِنْ نِعْمَةٍ تُجْزَىٰ [92:19]

१९) र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।

### الآية 92:20

> ﻿إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَىٰ [92:20]

२०) बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।

### الآية 92:21

> ﻿وَلَسَوْفَ يَرْضَىٰ [92:21]

२१) निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।

## روابط ذات صلة

- [النص القرآني للسورة](https://quranpedia.net/surah/1/92.md)
- [كل تفاسير سورة الليل
](https://quranpedia.net/surah-tafsir/92.md)
- [ترجمات سورة الليل
](https://quranpedia.net/translations/92.md)
- [صفحة الكتاب: الترجمة النيبالية](https://quranpedia.net/book/1996.md)
- [المؤلف: جمعية أهل الحديث المركزية](https://quranpedia.net/person/1770.md)

---

زُر [Quranpedia.net](https://quranpedia.net/surah/1/92/book/1996) — موسوعة القرآن الكريم: التفاسير، الترجمات، التلاوات، والمواضيع.
