५०) हे नबी ! हामीले तपाईको निम्ति ती पत्नीहरू ग्राह्य गरिदिएका छौं जसका महर तपाईंले दिइसक्नु भएको छ, र ती दासीहरूलाई पनि जुन अल्लाहले तपाईंको अधीनमा (धर्मयुद्धबाट) गनिमतको मालको रूपमा दियो र तपार्इंको काकाका छोरीहरू र फुफूहरूका छोरीहरू र मामाका छोरीहरू र तपाईंको आमाका दिदी बहिनीका छोरीहरू जसले तपाईको साथमा प्रवास (हिजरत) गरेका छिन् र त्यो ईमानवाली स्त्री जसले आफूलाई नबीको निम्ति अर्पित गर्दछे, यदि नबीले उसित बिहे गर्न चाहनुहुन्छ । त (हे मुहम्मद !) यो खासगरी तपाईंको लागि हो, सबै मुसलमानहरूको लागि होइन, हामीले उनीहरूका स्त्रीहरू र दासीहरूको बारेमा जुन नियमहरू निर्धारित गरेका छौं, हामीलाई थाहा छ । यो यसकारण कि तपार्इंलाई कुनै अप्ठ्यारो नहोस् । र अल्लाह धेरै क्षमाशील, दयावान् छ ।


الصفحة التالية
Icon