८९) तिनीहरूले त यो चाहन्छन् कि जुन प्रकारले तिनीहरू आफै काफिर छन्, त्यस्तै तिमी पनि अवज्ञाकारी भई सबै एकनास भइहाल, तसर्थ जबसम्म अल्लाहको मार्गमा यिनीहरू प्रवास (हिजरत) गर्दैनन तबसम्म तिनीहरूमध्ये कसैलाई वास्तविक मित्र नबनाउनु । फेरि विरोधी भएपछि जहाँ फेला पर्छन्, समातेर मारिहाल र तिनीहरूमध्ये कसैलाई आफ्नो हितैषी र साथी नबनाऊ ।