९४) हे मोमिनहरू ! जब तिमी अल्लाहको मार्गमा (जिहादको लागि) जान्छौ त बडो छानविनले काम गर्ने गर र जुन मानिसले तिमीसित अस्सालमुअलैकुम भन्दछ उसलाई तिमी मोमिन होइनौ भनि नभन । र, जसबाट तिम्रो उद्देश्य सांसारिक लाभ प्राप्त गर्नु छ भने अल्लाहसित यस्ता फाइदाका सामग्रीहरू थुप्रै छन् । तिमी पनि त पहिला यस्तै थियौ र पछि अल्लाहले तिमीमाथि आफ्नो कृपा गर्याे । तसर्थ तिमी राम्ररी छानबिन गर्ने गर । निःसन्देह जुन कर्महरू तिमीले गर्दछौ, सबै अल्लाहलाई थाहा छ ।