ﰏ
                    surah.translation
            .
            
    
                                    من تأليف: 
                                            جمعية أهل الحديث المركزية
                                                            .
                                                
            ﰡ
१) अहले किताब र मुश्रिकहरू कुफ्रबाट अलग हुनेवाला छैनन् जबसम्म कि उनको पासमा स्पष्ट प्रमाण आउँदैन ।
                                                                        २) अल्लाहको तर्फबाट एउटा रसूल जो पवित्र पृष्ठहरूलाई पढोस ।
                                                                        ३) जसमा असल र ठीक आदेशहरू अंकित छन् ।
                                                                        ४) र किताबवालाहरू आफु समक्ष स्पष्ट प्रमाण आइसकेपछि विभाजित भएका छन् ।
                                                                        ५) उनीहरूलाई यही मात्र आदेश दिइएको थियो कि निष्ठापूर्वक अल्लाहको उपासना गरुन् र एकाग्र भएर उसैको लागि धर्मलाई शुद्ध राखुन । र निष्ठाको साथ नमाज पढुन् र जकात देउन् र यही नै सबैको साँचो धर्म हो ।
                                                                        ६) किताबवालाहरूमध्येबाट जो काफिर छन् र मुश्रिकहरू सबै नर्कको आगोमा (पर्नेछन् र) तिनीहरू सधैं त्यसमा रहनेछन् । यी मानिसहरू सबै प्राणीभन्दा नराम्रा हुन् । 
                                                                        ७) र जसले ईमान ल्याए र असल कर्म गरिरहे, तिनीहरू सम्पूर्ण प्राणीहरूमा राम्रा हुन् ।
                                                                        ८) उनीहरूको बदला उनीहरूको पालनकर्ताकहाँ सधैं बास गर्ने बगैंचाहरू हुन्, जसमुनि नहरहरू बगिराखेका हुनेछन् । सधैं सधैं तिनीहरूमा रहनेछन् । अल्लाह उनीहरूसित खुशी भयो र उनीहरू उससित खुशी भए, यो प्रतिफल उसको निम्ति हो, जो आफ्नो पालनकर्तासित डर मान्छ ।