سورة النحل

الترجمة النيبالية

Salin ng Sura Ang Bubuyog sa النيبالية mula sa الترجمة النيبالية

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

१) अल्लाहको आदेश (सजाय) आइपुग्यो, (काफिरहरू) यसको निम्ति हतार नगर, ऊ पवित्र छ र जसलाई अल्लाहको साझेदार ठहराउँदछन् तिनीभन्दा अल्लाह उच्च छ ।
२) उसैले फरिश्ताहरूलाई सन्देश दिई आफ्नो आदेशले आफ्ना भक्तहरूमध्येबाट, जसलाई चाहन्छ त्यसको नजिक पठाउँछ । मानिसहरूलाई सचेत गर्न ! कि म (अल्लाह) बाहेक कोही अर्को सत्य पूजनीय छैन, तसर्थ मसित डर ।
३) उसैले आकाशहरूलाई र पृथ्वीलाई बुद्धिमत्ताले सृष्टि गरेको छ । ऊ त्यसबाट मुक्त छ जुन मुश्रिकहरूले गर्दछन् ।
४) उसले मानिसलाई शुक्राणु (वीर्य) बाट सृष्टि गर्यो, तर तिनीले झगडालु बन्न थाले ।
५) चौपायाहरूलाई पनि उसैले सृष्टि गरेको छ, जसबाट तिमीहरूलाई गर्म पहिरन प्राप्त हुन्छ र अन्य धेरै फाइदाहरू छन् र यिनीहरूमध्ये केहीलाई तिमीले खान्छौ पनि ।
६) र यिनीहरूबाट घरको रौनक पनि हुन्छ, चराउन लैजाँदा र चराएर घर फर्काएर ल्याउँदा पनि ।
७) र तिनीहरूले तिम्रो भारी ती शहरहरूसम्म बोक्छन्, जहाँ तिमी ठूलो दुःख नगरी पुग्न सक्दैनौं । यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्ता अत्यन्त कृपालु, धेरै दयावान छ ।
८) र उसैले घोडा र खच्चड तथा गधहाहरूको सृष्टि गर्यो ताकि तिमीहरू उनीहरूमाथि चढि सवारी गर्न सक, र तिनीहरू तिम्रा शोभा पनि हुन् र उसले अन्य कुराहरू पनि सृष्टि गर्दछ जसबारे तिमीलाई थाहा छैन ।
९) र सोझो बाटो त अल्लाहसम्म पुग्दछ र केही मार्गहरू बाङ्गो पनि छन् । र यदि उसले चाहेको भए तिमी सबैलाई सोझो बाटोमा हिंडाउन सक्थ्यो ।
१०) उसैले आकाशहरूबाट तिम्रो फाइदाको लागि पानी बर्षायो जसलाई तिमीले पिउँछौं र त्यसबाट उब्जेका रुखहरूबाट तिमी आफ्ना चौपायाहरू चराउँछौं ।
११) त्यही पानीबाट उसले तिम्रो निम्ति बाली र जैतून, खजूर र अंगूर र प्रत्येक प्रकारको फल उमार्छ निःसन्देह सोच र बिचार गर्नेहरूको निमित्त यसमा ठूलो निशानी छ ।
१२) उसैले राती र दिन तथा सूर्य र चन्द्रलाई तिम्रो अधीन गर्यो र उसैको आदेशको अधीनमा ताराहरू पनि (काममा लागेका) छन् निःसन्देह बुद्धिमानहरूको लागि यसमा धेरै निशानीहरू छन् ।
१३) अरु पनि विभिन्न प्रकारका रङ्गीचङ्गी कुराहरू उसले धर्तीमा तिम्रो लागि सृष्टि गरेको छ । उपदेश ग्रहण गर्नेहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।
१४) र उसले समुद्रलाई पनि तिम्रो अधीनमा गर्यो जसबाट ताजा मासु खान सक र त्यसबाट गहना (इत्यादि) निकाल जसलाई तिमीले लगाउँछौं र तिमीले देख्छौ कि डुङ्गाहरूले समुद्रमा पानी पन्छ्याउँदै अगाडि बढ्छन् र यस कारण पनि ताकि तिमीले अल्लाहको कृपाले जीविका खोज्न सक र जसबाट सम्भव छ तिमी उसप्रति आभार प्रकट गर ।
१५) र उसैले धर्तीमा पहाडहरू उभ्याइदियो जसबाट तिमीलाई लिएर नहल्लीयोस् र नहरहरू र बाटोहरू बनायो ताकि एक ठाउँबाट अर्को ठाँउसम्म जान सक ।
१६) अरु पनि (बाटोहरूमा) चिन्हहरू बनाइदियो र मानिसहरूले ताराहरूबाट पनि मार्गहरू पत्ता लगाउँछन् ।
१७) तसर्थ जसले सृष्टि गर्यो, के त्यो यस्तो छ जसले केही पनि सृष्टि गर्न सक्दैन ? अनि तिमीले विचार किन गर्दैनौ ?
१८) र यदि तिमी अल्लाहका कृपाहरू गन्न चाहन्छौ भने गन्न सक्दैनौ । निःसन्देह अल्लाह बड़ो क्षमाशील र परम दयालु छ ।
१९) र जे जति तिमीले लुकाउँछौ र जे–जति प्रकट गर्दछौ अल्लाहलाई सबै थाहा छ ।
२०) र जस, जसलाई यिनीहरू अल्लाह बाहेक पुकार्दछन्, तिनीहरूले कुनै पनि कुरा बनाउन सक्दैनन् बरु स्वयं उनीहरू अरुबाट बनाइएका छन् ।
२१) (तिनीहरू) लाश हुन्, जिउँदा होइनन् तिनीहरूलाई यो पनि थाहा छैन कि कहिले उठाइनेछन् ।
२२) तिमी सबैको पूजनीय एक मात्र अल्लाह हो, जो आखिरतमाथि ईमान राख्दैनन् तिनीहरूका हृदय अवज्ञाकारी छन् र तिनीहरू स्वयम् घमन्डी भइराखेका छन् ।
२३) यिनीहरूले जे लुकाउँछन् र जे प्रकट गर्छन अल्लाहलाई अवश्य त्यसबारे थाहा हुन्छ । उसले घमण्डीहरूलाई कहिल्यै रुचाउँदैन ।
२४) र जब यी (काफिरहरूलाई) भनिन्छः कि ‘‘तिम्रो पालनकर्ताले के उतारेको छ ? त भन्दछन्ः’’ कि त्यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
२५) यसैको परिणाम हुनेछ कि तिनीहरूले कियामतको दिन आफ्नो सम्पूर्ण बोझ आफै बोक्ने छन् र जसलाई यिनले ज्ञान नभइकन् मार्गविचलित गर्दछन्, तिनीहरूको पनि भारी बोक्ने छन् हेर त कस्तो नराम्रा वोझ उठाइराखेका छन् ।
२६) यिनीभन्दा पहिलाका मानिसले पनि (यस्तै) षड्यन्त्रहरू गरेका थिए, अन्तमा अल्लाहले तिनीहरूको कल्पनाका महलहरूलाई जगबाटै उखेलिदियो र तिनीहरूमाथि घरका छतहरू खसे र यिनीहरूलाई त्यस्तो ठाउँबाट सजाय आयो जसबारे उनलाई अनुमान पनि थिएन ।
२७) अनि उसले तिनीहरूलाई कियामतको दिन पनि अपमानित गर्नेछ र भन्ने छः ‘‘कि मेरा ती साझेदारहरू कहाँ छन् जसको बारेमा तिमीहरूले विवाद गर्दथ्यो ?’’ जुन मानिसहरूलाई ज्ञान प्रदान गरिएको थियो तिनीहरूले भन्नेछन् कि आज काफिरहरूलाई अपमान र लज्जाले छोपेको छ ।
२८) तिनीहरू जो आफूमाथि अत्याचार गर्दछन् जब फरिशताहरूले तिनीहरूका ज्यान निकाल्न थाल्छन् त तिनीहरू नतमस्तक र आज्ञाकारी भइहाल्छन् (भन्दछन्ः) कि हामीले कुनै नराम्रो काम गर्दैनथ्यौं । तर जे–जति तिमीले गर्ने गर्दथ्यौ अल्लाहलाई राम्ररी थाहा छ ।
२९) तसर्थ नर्कका ढोकाहरूमा तिमीहरू प्रवेश गरिहाल, सधैं त्यसमा रहनेछौ, घमण्ड गर्नेहरूको लागि कति नराम्रो बासस्थान हो ।
३०) र (जब) सहनशीलसित सोधिन्छः कि तिम्रो पालनकर्ताले के उत्तारेको छ त भन्दछन् कि अत्यन्त राम्रा, जुन मानिसहरूले भलाई गरे तिनीहरूको निम्ति यस संसारमा पनि भलाई छ र आखिरतको घर त अवश्य धेरै राम्रो छ, र संयमीहरूको घर अत्यन्त राम्रो छ ।
३१) स्थाई बगैंचाहरू छन् जसमा तिनीहरू प्रवेश गर्नेछन्, तिनीहरूतल नहरहरू बगिराखेका छन् त्यहाँ जे चाहन्छन् तिनीहरूको निम्ति उपलब्ध हुनेछन् । अल्लाहले संयमीहरूलाई यस्तै प्रतिफल दिनेछ ।
३२) जब फरिश्ताहरूले तिनीहरूका आत्मा निकाल्न थाल्छन् र यिनीहरू (शीर्कबाट) पवित्र हुन्छन्, भन्दछन तिम्रो लागि कुशलता नै कुशलता छ र भन्दछन् कि जुन कार्य तिमीले गर्ने गर्दथ्यो, त्यसको फलस्वरूप स्वर्गमा प्रवेश गरिहाल ।
३३) के यिनी यस कुराको प्रतीक्षमा छन् कि फरिश्ताहरू उनको समीप (प्राण निकाल्न) आउन् वा तिम्रो पालनकर्ताको आदेश आइपुगोस् । यस्तैे तिनीहरूले पनि गरेका थिए जो उनीभन्दा पहिला थिए र अल्लाहले उनीहरूमाथि कुनै अत्याचार गरेन, बरु तिनीहरू आफैले आफूहरूमाथि अत्याचार गर्दथे ।
३४) तसर्थ तिनीहरूको नराम्रो कामको परिणाम तिनीहरूलाई प्राप्त भयो र जुन कुराको तिनीहरूले हाँसो गर्ने गर्दथे, त्यसले तिनीहरूलाई घेरिहाल्यो ।
३५) मुश्रिकहरूले भने कि अल्लाहले चाहेको भए हामीले र हाम्रा बाबुबाजेले उसबाहेक अरु कसैको पूजा गर्ने थिएनन् र नत हामीले उसको आदेश बिना कुनै कुरालाई हराम (वर्जित) ठहराउँथ्यौं । (हे पैगम्बर !) यस्तै प्रकारले यिनीहरूभन्दा अगाडिका मानिसहरूले पनि गरेका थिए, तसर्थ पैगम्बरहरूको जिम्मामा मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु बाहेक अरु केही छ ?
३६) हामीले हरेक समुदायमा पैगम्बर पठायौं कि मानिसहरू अल्लाहकै पूजा गरुन्, र उस बाहेक अन्य समस्त पुज्यहरूलाई त्यागिहालुन् अनि तिनीहरूमध्ये केही यस्ता छन्, जसलाई अल्लाहले मार्ग दर्शन गर्याे र केही यस्ता छन जो मार्गविचलनमा परे । तसर्थ तिमी स्वयम् पृथ्वीमा घुमफिर गरेर हेरिहाल कि (सत्यलाई) झूठो भन्नेहरूको परिणाम कस्तो भयो ?
३७) यद्यपि तपाई यी काफिरहरूको पथप्रदर्शनको लागि इच्छुक भए पनि जसलाई अल्लाहले पथविचलित गर्छ, त्यसलाई मार्गदर्शन दिने गर्दैन, र यस्ता मानिसहरूको कोही सहायता गर्ने पनि हुँदैन ।
३८) तिनीहरूले ठूल–ठूला शपथहरू खाएर भन्छन् कि मरेकाहरूलाई अल्लाहले जीवित गर्दैन । किन होइन ! अवश्य जिन्दा गर्नेछ । यो अल्लाहको एउटा सत्य वचन हो जसलाई उसले अवश्य पूरा गर्नेछ तर अधिकतर मानिसहरू जान्दैनन् ।
३९) त्यसकारण पनि कि जुन कुरामा यिनीहरूले विवाद गर्दथे, त्यस कुरालाई स्पष्टसँग अल्लाहले वर्णन गरोस् र यस कारण पनि कि काफिरहरूले जानिहालुन् कि तिनीहरू झूठा थिए ।
४०) जब हामीले कुनै कुराको इच्छा गर्दछौं त यति मात्र भनिदिन्छौं कि ‘‘भइहाल’’ अनि त्यो भइहाल्छ ।
४१) र जुन मानिसहरूले अत्याचार सहेपछि अल्लाहको बाटोमा घरद्वार छाड़े, हामीले तिनीहरूलाई संसारमा राम्रोभन्दा राम्रो घर दिनेछौं, र आखिरतको पुरस्कार त निकै ठूलो छ तर काश ! तिनीहरूले बुझ्दथे ।
४२) (अर्थात) ती मानिसहरू जसले धैर्य गरे र आफ्नो पालनकर्तामाथि नै भरोसा गर्दैरहे ।
४३) र हामीले तपाईभन्दा पहिला पनि पुरुषहरूलाई नै पैगम्बर बनाएर पठाउने गरेका थियौं, जिनीहरूमाथि हामीले आफ्नो आदेश पठाउने गर्दथ्यौं । यदि तिमीहरूलाई थाहा छैन भने किताबका ज्ञाताहरूसित सोधिहाल ।
४४) प्रमाणहरू र किताबहरू दिएर र अब हामीले तपाईलाई पनि यो किताब प्रदान गरेका छौं, जसबाट मानिसहरूलाई जे प्रदान गरेका छौं तपाईले स्पष्ट गरी वर्णन गर्नुस्, सम्भव छ तिनीहरूले विचार गरुन् ।
४५) के तिनीहरू जसले कि अत्यन्त नराम्रा षडयन्त्र गर्दछन्, यसबाट आफूलाई सुरक्षित ठान्दछन् कि अल्लाहले पृथ्वीमा उनीहरूलाई धसाइहालोस् अथवा उनीतर्फ यस्तो ठाउँबाट सजाय आइपुगोस् जसबारे उनलाई अनुमान पनि नहोस् ।
४६) वा उनीहरूलाई हिंडडुलगर्दा समातिहालोस्, तिनीहरूले अल्लाहलाई कुनै हालतमा पनि हैरान गर्न सक्तैनन् ।
४७) वा तिनीहरूमा सजायको भय उत्पन्न गराएर समातिहालोस् । निःसन्देह तिम्रो पालनकर्ता अत्यन्त कृपालु (र) परम दयालु छ ।
४८) के तिनीहरूले अल्लाहका प्राणीहरूमध्ये कसैलाई पनि देखेनन्, जसका छाँयाहरू दाँयाबाट र बाँयाबाट झुकेर अल्लाहको अगाडि ढोग्छन् र आफ्नो व्याकुलता प्रदर्शन गर्दछन् ।
४९) निश्चितरूपले सबै प्राणीहरू जो आकाशहरू र पृथ्वीमा छन्, अल्लाहको अगाडि ढोग्छन् र फरिश्ताहरू पनि र यिनीहरू अलिकति पनि घमण्ड गर्दैनन् ।
५०) र आफ्नो पालनकर्ताबाट जो तिनीहरूभन्दा माथि छ, तर्सन्छन् र जुन कुरोको तिनीहरूलाई आदेश हुन्छ त्यसको पालना गर्दछन् ।
५१) अल्लाहको आदेश भइसकेको छ कि दुईवटा पूज्य नबनाऊ, पूजनीय उहि एउटा मात्र छ, तसर्थ मसित मात्र तिमीहरू डर भय मान ।
५२) जेजति आकाशहरूमा र जेजति पृथ्वीमा छन्, सबै उसैको हो, र उसैको इबादत (उपासना) आवश्यक छ, अनि के तिमी अल्लाह बाहेक अरुहरूसित तर्सन्छौ ?
५३) असल कुराहरू जे जति तिमीले पाएका छौ सबै अल्लाहबाटै प्रदान गरिएका हुन् । अहिले पनि जब तिमीलाई कुनै कष्ट पुग्दछ तब उसैको अगाडि प्रार्थना गर्दछौ ।
५४) अनि जब उसले तिमीलाई कष्टबाट मुक्त गरिदिन्छ त तिमीहरूमध्ये केहीले अल्लाहको साझेदार ठहराउन थाल्छन् ।
५५) कि जुन राम्रा कुराहरू हामीले उनलाई प्रदान गरेका छौं त्यसप्रति कृतघ्नता प्रकट गरुन्, हो केही सांसारिक फाइदाहरू लिइहाल, तर यादराख छिट्टै तिमीलाई थाहा भइहाल्नेछ ।
५६) र हामीद्वारा प्रदान गरिएका कुराहरूमध्ये यस्ताको भाग निर्धारित गर्छन् जसबारे केही थाहा छैन । अल्लाहको सौगन्ध छ ! जुन असत्य कुराहरूको रचना गर्दछौंं त्यसबारे तिमीसित अवश्य नै सोधपूछ हुनेछ ।
५७) ऊ यस कुराबाट मुक्त र महान छ जो उनीहरूले अल्लाहको लागि केटीहरू निर्धारित गर्दछन् र आफ्नो निम्ति (छोराहरू) जुनकि तिनीहरूलाई राम्रो लाग्छ, आफ्नो भाग लगाउँछन् ।
५८) जब तिनीहरूमध्ये कसैलाई छोरी (जन्मेको) समाचार प्राप्त हुन्छ, त उसको अनुहार (दुःखले) कालो भइहाल्छ र उसको हृदय दुःखी भइहाल्छ
५९) र यस नराम्रो समाचारबाट अन्य मानिसहरूबाट लुक्दै हिंड्छ र सोच्दछ कि अपमान सहेर यसलाई जीवित रहन देओस् वा जमिनमुनि गाडिदेओस् । हेर, यिनीहरूले कस्तो नराम्रो निर्णय गर्दछन् ।
६०) जसले आखिरतमाथि आस्था राख्दैनन् तिनै नराम्रा उदाहरण हुन्, अल्लाहको लागि त उच्च विशेषता छ ऊ सर्वशक्तिमान, र बुद्धिमत्ता सम्पन्न छ ।
६१) यदि मान्छेहरूका पापको कारण महान अल्लाह उनीलाई समात्थ्यो भने त पृथ्वीमा एउटा पनि सजीव प्राणी रहदैन्थ्यो । तर उसले त एक निश्चित समयसम्म छूट दिने गरेको छ जब त्यो समय आइपुग्छ त तिनी एकछिन अघि पछि हुन सक्दैनन् ।
६२) र यिनीहरूले अल्लाहको निम्ति यस्ता कुरा साबित गर्छन, जुन तिनीहरूलाई राम्रो लाग्दैन, र उनले जिब्रोले झूठो बोल्दै जान्छन् कि उनलाई भलाई हुनेछ । सन्देह छैन कि तिनीहरूको निम्ति आगो (तैयार) छ र यिनीहरू नर्कमा सबभन्दा अगाडि पठाइनेछन् ।
६३) अल्लाहको सौगन्ध छ ! हामीले तिमीभन्दा अगाडिका समुदायहरूतिर पनि आफ्ना पैगम्बरहरू पठायौं । तर शैतानले तिनीहरूका (नराम्रा) क्रियाकलाप सिंगारेर देखायो, तसर्थ आज पनि त्यही तिनीहरूको मित्र छ र तिनीहरूको निम्ति कष्टदायक सजाय छ ।
६४) र हामीले तपाईमाथि यो किताब यसकारण उतारेका छौं कि जुन कुराहरूमा यिनीहरूको विवाद छ ती सबैलाई तपाईले स्पष्ट गरिदिनुस् र यो मोमिनहरूको लागि मार्गदर्शन र वरदान हो ।
६५) र अल्लाहले आकाशहरूबाट पानी बर्षाएर धर्तीलाई त्यसको मृत्यु पश्चात जीवित गर्दछ । निःसन्देह यसमा सुन्नेहरूको लागि निशानी छ ।
६६) तिम्रो निम्ति चौपायाहरूमा पनि ठूलो शिक्षा छ, किनकि तिनीहरूका पेटमा जुन गोबर र रगत छ, त्यसबाट हामीले तिमीलाई विशुद्ध दूध खुवाउँछौं, जुन पिउनेहरूको निम्ति सुपाच्य र रुचिकर छ ।
६७) र खजूर र अंगूरका फलहरूबाट पनि तिनीहरूबाट कडा पेयपदार्थ बनाउँदछौं र राम्रो जीविका पनि, जसले बुझ्दछन् तिनीहरूका निम्ति यी कुराहरूमा धेरै ठूलो निशानी छ ।
६८) तपाईको पालनकर्ताले माहुरीलाई आदेश गर्यो कि पहाड़हरूमा रुखहरूमा र मानिसले बनाएका अग्ला–अग्ला निवास स्थानहरूमा चाका बनाऊ ।
६९) र हरेक किसिमको फलफूल खाऊ र आफ्नो पालनकर्ताको सरलमार्गमा हिड्ने गर । उनको पेटबाट रंग बिरंगी पिउने कुरा निस्कन्छ जसका विभिन्न रङ्गहरू हुन्छन् र त्यसमा मानिसहरूको कैयौं उपचार छ । निःसन्देह चिन्तन गर्नेहरूको निम्ति उसमा पनि ठूलो निशानी छ ।
७०) अल्लाहले नै तिम्रो सृष्टि गरेको छ, अनि उसैले तिमीलाई मृत्यु दिनेछ, र तिमीहरूमध्ये केही यस्ता छन् कि निकै कमजोर बृद्ध अवस्थामा पुग्छन् र (धेरै कुराहरू) को ज्ञान हासिल गरेपछि पनि अनभिज्ञ भइहाल्छन् । निःसन्देह अल्लाह ज्ञाता र शक्तिसम्पन्न छ ।
७१) अल्लाहले नै जीविकामा केहीलाई केहीमाथि प्रधानता प्रदान गरेको छ, त जुन मानिसहरूलाई प्रधानता प्राप्त छ, तिनीहरूले आफ्नो जीविका आफ्नो अधीनका मानिसहरूलाई दिँदैनन् कि सबै समान भइहालुन्, तसर्थ के यिनीहरू अल्लाहबाट प्रदान गरिएका उपहारहरूबाट इन्कार गर्नेछन् ?
७२) अल्लाहले नै तिमीमध्येबाट तिम्रो निम्ति जोड़ीहरूको सृष्टि गर्यो र स्वास्नीबाट तिम्रा छोराहरू र नातीहरूको सृष्टि गर्यो र खानाको निम्ति तिमीलाई राम्रा राम्रा खानेकुरा दियो, त के यिनीहरूले तैपनि झूठ कुराहरूमा विश्वास राख्दछन् र अल्लाहबाट दिएका उपहारहरूप्रति कृतध्नता प्रकट गर्नेछन् ?
७३) र तिनीहरूले अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन् जसले कि तिनीहरूलाई आकाशहरू र धर्तीमा जीविका प्रदान गर्न अलिकति पनि अधिकार राख्दैनन् र न क्षमता राख्दछन् ।
७४) तसर्थ अल्लाहको बारेमा (गलत) उदाहरणहरू नबनाऊ । अल्लाहलाई मात्र थाहा छ र तिमीहरू जान्दैनौ ।
७५) अल्लाहले एउटा अर्काे उदाहरण वर्णन गर्दछ कि एउटा दास छ, जो अर्काको अधीनमा छ र उसलाई कुनै कुरामाथि अधिकार प्राप्त छैन र एउटा यस्तो मानिस छ, जसलाई हामीले आफूकहाँबाट उचित धन–सम्पत्ति प्रदान गरेका छौं, र उसले त्यसबाट लुकिछिपि र खुल्ला रूपमा खर्च गर्दछ । त के दुवैजना एक समान छन् ? (कदापि होइन) सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि नै छन् तर यिनीहरूमध्ये अधिकतरले बुझ्दैनन् ।
७६) अल्लाहले एउटा अर्काे उदाहरण पनि वर्णन गर्दछ, दुईजना मानिसहरूको । त्यसमध्ये एउटा लाटो छ कुनै कुरामाथि उसलाई अधिकार प्राप्त छैन अपितु ऊ आफ्नो मालिकमाथि एउटा अनावश्यक बोझ (भारी) छ । त्यसलाई जहाँ पठाए पनि उसले कुनै भलो कुरो ल्याउँदैन, के यस्तो (लाटो बहिरो) र त्यो मान्छे जो (सुन्दछ, बोल्दछ र) मानिसहरूलाई इन्साफ गर्न आदेश दिन्छ र स्वयं सोझो बाटोमो हिंडीराखेछ, दुवै समान हुन्छन् र ?
७७) आकाश र पृथ्वीको गोप्यता मात्र अल्लाहलाई नै थाहा छ कियामतको आगमन यस्तै छ जस्तो आँखाको झिम्काई, बरु त्योभन्दा पनि छिटो, निःसन्देह हरेक कुरोमा अल्लाह शक्ति सम्पन्न सामथ्र्यवान छ ।
७८) अल्लाहले नै तिमीलाई तिम्रा आमाहरूको पेटबाट निकाल्यो जबकि तिमीलाई केही पनि थाहा थिएन । र उसैले तिमीलाई श्रवणक्षमता र हेर्ने क्षमता र हृदय (र यिनीहरू बाहेक अन्य अङ्गहरू) प्रदान गर्यो कि तिमीले उसप्रति कृतज्ञता प्रकट गर्न सक ।
७९) के तिनीहरूले चराहरूलाई देखेनन् जो आज्ञाकारी भएर आकाशको हावामा घेरिएर (उडिराख्दछन्) तिनीहरूलाई मात्र अल्लाहले नै थामिराखेको छ । निःसन्देह ईमान भएकाहरूको लागि यसमा ठूला निशानीहरू छन् ।
८०) र अल्लाहले नै तिम्रो निम्ति तिम्रा घरहरूमा शान्तिस्थल बनायो र उसैले चौपायाको छालाहरूबाट तिम्रो निम्ति पाल (बासस्थान) बनायो, जसलाई तिमीले हल्का र सानो पाउँदछौं, जब तिमी यात्रा गर्दछौ र कुनै ठाउँमा बास बस्दा काममा ल्याउँछौ र उनीहरूको ऊन र नरम कपाल र रौंहरूबाट तिमीहरूले सुविधाजनक सामानहरू तयार गर्दछौ जुनकि एउटा निर्धारित समयसम्म काम लाग्छन् ।
८१) अल्लाहले नै तिम्रो लागि आफूले सृष्टि गरेका कुराहरूबाट छायाँ बनायो र उसैले पहाडहरूमा तिम्रो लागि गुफाहरू बनायो र वस्त्रहरू (पनि) जसले तिमीलाई गरमीबाट बचाउँछन् र (यस्ता) वस्त्रहरू (पनि) जसले तिमीलाई युद्धको बेला काम लाग्छन्, र रक्षा गर्दछन् । यस्तै प्रकारले अल्लाह आफ्नो कृपा तिमीमाथि पूरा गर्दछ कि तिमी आज्ञाकारी बन्न सक ।
८२) तैपनि यदि यिनीहरू विमुख भइरहन्छन् भने (हे पैगम्बर !) तपाईको काम मात्र स्पष्टरूपले सुनाइदिनु नै हो ।
८३) यिनीहरू अल्लाहका अमूल्य उपहार जान्दछन्, तर (जानी जानी) तिनलाई नकार्दछन् अपितु यिनीहरूमध्ये अक्सर कृतध्न छन् ।
८४) र जुन दिन हामीले प्रत्येक समुदायमध्येबाट साक्षी उभ्याउने छौं, त न काफिरहरूलाई (बोल्न) अनुमति दिइनेछ र नत उनीहरूको पश्चाताप स्वीकार गरिनेछ ।
८५) र जब यी अत्याचारीहरूले सजाय देख्नेछन्, फेरि नत उनीहरूको सजायमा कुनै कमी गरिने छ, र नत उनीहरूलाई मोहलत दिइनेछ ।
८६) र जब मुश्रिकहरूले आफूले साझेदार बनाएकाहरूलाई देख्नेछन्, त भन्नेछन्ः कि हे हाम्रो पालनकर्ता ! यी तिनै साझेदार हुन् जसलाई हामीले तिमी बाहेक पुकार्ने गर्दथ्यौ, त तिनीहरूले उनीहरूसित भन्नेछन्ः कि तिमी विल्कुलै झूठा हौ ।
८७) त्यस दिन यिनीहरू सबै बेबसभई अल्लाहको सामु टाउको निहुराई दिनेछन् र जुन कुरा उनीहरूले झूठ रच्ने गर्दथे, सबै तिनीहरूबाट हराउनेछन् ।
८८) जुन मानिसहरूले कुफ्र गरे र अल्लाहको बाटोबाट रोके, हामीले उनीहरूलाई सजायमाथि सजाय दिँदै जानेछौं, उनीहरूको उद्दण्डताको कारणले यो बदला हुनेछे ।
८९) र जुन दिन हामीले प्रत्येक समुदायबाट स्वयं उनीमाथि साक्षी उभ्याउने छौं, र (हे पैगम्बर) तपाईलाई यिनीहरूमाथि साक्षी बनाएर ल्याउने छौं, र हामीले तपाईमाथि (यस्तो) किताब उतारेका छौं कि यसमा हरेक कुराको वर्णन बिस्तारपूर्वक छ । र मुसलमानहरूको लागि मार्गदर्शन र दया तथा शुभसन्देश
९०) अल्लाहले तिमीलाई न्याय र भलाई गर्न र नजिकका मानिसहरूलाई सहायता दिने आदेश गर्दछ र अमर्यादित र अनुचित कर्महरूबाट र अन्याय र नराम्रा काम गर्नबाट मनाही गर्दछ उसले स्वयम् तिमीलाई निर्देशित गर्दछ कि तिमीले उपदेश ग्रहण गर ।
९१) र अल्लाहको वचनलाई पालना गर जब तिमी एक–आपसमा करार गर्दछौ र जब पक्का कसमहरू खान्छौ त तिनलाई नतोड किनभने तिमीले अल्लाहलाई आफ्नो जमानतदार निर्धारित गरिसकेका छौ । जे–जति तिमीले गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।
९२) र त्यस आईमाई जस्तो नहुनु जसले परिश्रमले त धागो कात्यो, फेरि त्यसलाई चुँडालेर टुक्रा–टुक्रा गरिहाल्यो । तिमीले आफ्ना शपथहरूलाई आपसमा यस कुराको माध्यम बनाउन नथाल, कि एक समूह अर्को समूहभन्दा बढि शक्तिशाली हुन पुगोस् । कुरो मात्र यही छ कि अल्लाहले यस वाचाबाट तिम्रो परीक्षा लिइरहेको छ र जुन कुराहरूमा तिमीले विवाद गर्दछौ, कियामतको दिन अल्लाहले तिनीहरूको वास्तविकता तिमीहरूमाथि प्रकट गर्नेछ ।
९३) यदि अल्लाहले चाहेको भए, तिमी (सबै) लाई एउटै समूहमा राखिहाल्दथ्यो तर त्यसले जसलाई चाहन्छ, पथविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । जुन क्रियाकलाप तिमीले गर्दछौ तिनीहरूको बारेमा तिमीसित अवश्य नै सोधिनेछ ।
९४) र आफ्ना शपथहरूलाई तिमीहरूले परस्पर विश्वासघातको माध्यम नबनाऊ कि तिम्रा पाइलाहरू दृढ भएपछि पनि अस्थिर हुनथालुन् र तिमीमाथि अजाब आइजाओस् यस कारणले कि तिमीले मानिसहरूलाई अल्लाहको बाटोबाट रोक्यौ, तिमीलाई ठूलो गम्भिर सजाय हुनेछ ।
९५) तिमीले अल्लाहसित गरेको वाचालाई थोरै मोलमा बेच्ने नगर । यादराख अल्लाहको नजिकको वस्तु नै तिम्रो लागि अति उत्तम छ, यदि तिमीमा ज्ञान छ भने ।
९६) जे जति तिम्रो पासमा छ, त्यो खतम भइहाल्छ, र जे अल्लाहलको पासमा छ, त्यो बाँकी रहन्छ र धैर्यधारण गर्ने जुन मानिसहरू छन् तिनीहरूलाई हामीले उनीहरूका कर्महरूको राम्रो पुरस्कार अवश्य दिनेछौं ।
९७) जुन व्यक्तिले सत्कर्म गर्दछ, पुरुष होस् वा स्त्री, र त्यो मोमिन पनि छ, त हामीले उसलाई (संसारमा) पवित्र (र) आरामको जीवन प्रदान गर्नेछौं र (आखिरतमा) तिनीहरूको राम्रो कार्यको अत्यन्त राम्रो बदला पनि अवश्य नै दिनेछौं ।
९८) जब तिमी कुरआन पढ्न थाल्छौं त तिरस्कृत शैतानसित अल्लाहबाट रक्षा माँग्नेगर ।
९९) ईमानवालाहरू र आफ्नो पालनकर्तामाथि भरोसा राख्नेहरूमाथि त्यसको (शैतानको) केही सामर्थ लाग्दैन ।
१००) हो त्यसको अधिकार तिनीहरूमाथि मात्र लाग्छ, जसले उसलाई आफ्नो साथी बनाउँदछन् र उसको (प्रेरणाको) कारणले अल्लाहसँग अरुलाई साझेदार निर्धारित गर्दछन् ।
१०१) र जब हामीले कुनै आयतलाई कुनै अन्य आयतको ठाउँमा राख्छौं र अल्लाहले जे जति उतार्ने गर्दछ त्यसलाई उसले राम्ररी जान्दछ, अनि यिनीहरू भन्दछन्ः कि तिमीले त (त्यसै) आफ्नो तर्फबाट रचेर ल्याउँछौ । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश अनभिज्ञ छन् ।
१०२) भनिदिनुस्ः कि यसलाई रूहुल कुद्दुस् फरिश्ता (जिब्राइल) तिम्रो पालनकर्ताको तर्फबाट सत्यताको साथ लिएर आएका छन्, ताकि यसबाट अल्लाहले आज्ञापालन गर्नेहरूको ईमानलाई सृदृढ गरोस्, र (यसबाट) मुसलमानहरूको मार्गदर्शन र कल्याण भइजाओस् ।
१०३) हामीलाई राम्ररी थाहा छ कि यिनीहरूले भन्दछन्ः कि यस (पैगम्बर) लाई एउटा व्यक्तिले सिकाएर जान्छ तर जसको तर्फ यिनीहरूले दुष्टतापूर्वक संकेत गर्दछन् त्यसको भाषा त अजमी हो र यो कुरआन स्पष्ट अरबी भाषामा छ ।
१०४) जुन, मानिसहरूले अल्लाहका आयतहरूमाथि आस्था राख्दैनन्, तिनीहरूलाई अल्लाहले मार्गदर्शन गर्दैन, र तिनीहरूको निम्ति कष्टदायक सजाय छ ।
१०५) झूठ आक्षेप त तिनै मानिसहरूले लगाउने गर्दछन जसलाई अल्लाहका आयतहरूमाथि आस्था हुँदैन र तिनै झूठा हुन् ।
१०६) जुन मानिसले ईमान ल्याएपछि अल्लाहसँग कुफ्र गर्दछ, मात्र त्यो बाहेक जसलाई बाध्य गरिन्छ, र उसको हृदय ईमानकोसाथ दृढ हुन्छ, परन्तु त्यो जसले हृदय खोलेर कुफ्र गर्दछ, त यस्तामाथि अल्लाहको क्रोध छ, र तिनीहरूलाई अत्यन्त कडा सजाय हुनेछ ।
१०७) यो यस कारणले कि उनीहरूले सांसारिक जीवनलाई आखिरतको दाँजोमा प्रिय ठाने निःसन्देह अल्लाहले काफिरहरूलाई मार्गदर्शन गर्दैन ।
१०८) यिनै मानिसहरू हुन्, जसका हृदयहरूमा र कानहरूमा र आखाँहरूमा अल्लाहले छाप लगाइदिएको छ, र यिनै लापरवाहीमा परिरहेका छन् ।
१०९) यसमा कुनै सन्देह छैन, कि यिनीहरूले परलोकमा ठूलो हानि बेहोर्ने छन् ।
११०) अनि जुन मानिसहरूले कष्टहरू भोगेर आफ्नो वतन छाडे, अनि जिहाद गरे र स्थिर रहे, तिम्रो पालनकर्ता तिनीहरूलाई निःसन्देह यी (परीक्षाहरू) पश्चात क्षमादिने र दया गर्नेवाला छ ।
१११) जुन दिन हरेक प्राणी आफ्नो स्वार्थको लागि लडाइझगडा गर्दै आउँछ र प्रत्येक व्यक्तिलाई उसको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिइनेछ, र कसैमाथि बिल्कुल अन्याय हुनेछैन ।
११२) अल्लाहले एउटा बस्तीको उदाहरण वर्णन गर्दछ जुन पूर्णशान्ति र सुरक्षामा थियो, प्रत्येक दिशाबाट उसको जीविकाको परिपूर्ति हुन्थ्यो फेरि अल्लाहको वरदानहरूप्रति उसले कृतध्नता प्रकट गर्यो, अनि अल्लाहले तिनीहरूको क्रियाकलापको कारणले बदलामा तिनीहरूलाई भूख र डरको स्वाद चखाइहाल्यो ।
११३) उनीहरूको पासमा उनीहरूमध्ये एउटा पैगम्बर आयो तैपनि तिनीहरूले उसलाई झूठा भने, तसर्थ उनीहरूलाई सजाय आइसमात्यो र तिनीहरू अत्याचारी नै थिए ।
११४) अल्लाहले तिमीहरूलाई जुन पवित्र जीविका प्रदान गरेको छ, त्यसलाई खाऊ र अल्लाहबाट प्रदान गरिएका पुरस्कारहरूप्रति आभार प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौ भने ।
११५) उसले तिम्रो लागि मुर्दा जनावर र रगत र सुंगुरको मासु हराम (वर्जित) गरेको छ र जुन कुरामा अल्लाह बाहेक कुनै अन्यको नाम पुकारिन्छ तर हो (त्यस अवस्था बाहेक) यदि कोही बाध्य हुन्छ तर यस शर्तमा मात्र कि ऊ स्वयम् त्यसको इच्छुक नहोस् र सीमाभन्दा अगाडि जान नखोजोस्, त निःसन्देह अल्लाह क्षमादाता र दयावान छ ।
११६) आफ्नो मुखबाट कुनै झूठ कुरा नगर कि यो (हलाल) पवित्र छ र यो त्याज्य छ ताकि अल्लाहमाथि झूठो कुराको सम्बन्ध जोड्नथाल, सम्झी राख जुन मानिसहरू अल्लाहमाथि झूठो कुराको सम्बन्ध गाँस्दछन्, उनीहरू सफल हुनेछैनन् ।
Verse 117
११७) तिमीलाई फाईदा त अलिकति मात्र प्राप्त हुन्छ, तर तिनीहरूलाई नै कष्ट दायक सजाय (धेरै) हुनेछ ।
११८) र जुन कुराहरू हामीले यहूदिहरूमाथि हराम गरिदिएका थियौं त्यसलाई पहिले नै तपाईलाई सुनाइसकेका छौं । र हामीले उनीहरूमाथि कुनै अत्याचार गरेनौं, बरु तिनीहरूले नै आफूमाथि अन्याय गर्ने गर्दथे ।
११९) जुन मानिसहरूले अज्ञानतावश नराम्रा काम गरे, अनि प्रायश्चित गर्दछन् र सुध्रन्छन् भने तपाईको पालनकर्ताले उनीहरूलाई क्षमा र कृपा गर्नेवाला छ ।
१२०) निःसन्देह इब्राहीम नेतृत्वकर्ता र आदर्श पुरुष अल्लाहप्रति आज्ञाकारी र एकतर्फी निःस्वार्थी थिए, उनी अल्लाहको साथ अरुलाई साझेदार ठह्राउनेमध्येबाट थिएनन् ।
१२१) अल्लाहले प्रदान गरेका नेअ्मतहरू (पुरस्कार) प्रति आभारी थिए । अल्लाहले उनलाई रोजेको थियो र सोझो बाटोमा हिँडाएको थियो ।
१२२) हामीले उनलाई संसारमा पनि असल कुरा प्रदान गर्यौं र उनी परलोकमा पनि सत्यनिष्ठहरूमा हुनेछन् ।
१२३) फेरि हामीले तपाईतिर सन्देश (वह्य) पठायौं, ताकि तपाईले इब्राहीमको धर्मको अनुशरण गर्नुस्, जुन मुश्रिकहरूमध्ये थिएनन् ।
१२४) हप्ताको (शनिवारको) दिनको महानता तिनीहरूको लागि मात्र अनिवार्य गरिएको थियो, जसले त्यसमा विवाद उठाएका थिए । कुरो यो छ कि तपाईको पालनकर्ताले नै कियामतको दिन ती विवादहरूको निरोपण गर्नेछ ।
१२५) (हे पैगम्बर !) मानिसहरूलाई बुद्धिमत्ता र असल उपदेशले आफ्नो पालनकर्ताको बाटोतिर बोलाउनुस् र सधै राम्रो तरिकाले तिनीहरूसित कुरा गर्नुस्, जो उसको बाटोबाट विचलित छन् तपाईको पालनकर्ताले तिनलाई पनि राम्ररी जान्दछ र जो सही मार्गमा हिड्नेहरू छन् उनीहरूलाई पनि राम्ररी जान्दछ ।
१२६) र यदि बदला लिन्छौ भने, त्यति मात्र, जति कष्ट तिमीलाई उनीहरूबाट पुगेको छ, र यदि धैर्य गर्छौ भने, त त्यो धैर्य गर्नेहरूको लागि धेरै राम्रो हो ।
१२७) तपाईले धैर्य नै गर्ने भए पनि अल्लाहको मद्दत बिना धैर्य गर्न सक्दैनौ, र उनीहरूको बारेमा दुःखी नहुनु र जुन नराम्रो चाल यिनीहरू चालिराखेछन् त्यसबाट हृदय सानो नगर्नु ।
१२८) निश्चित मान कि जो आत्मसंयमी र असल छन्, अल्लाह मात्र उनीसँग छ ।
تقدم القراءة