Surah As-Saffat in नेपाली
سورة الصافات · Verses: 182 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
وَٱلصَّٰٓفَّٰتِ صَفࣰّا
१) कसम छ पंक्ति बाँध्नेवालाहरूको । -
2
فَٱلزَّٰجِرَٰتِ زَجۡرࣰا
२) फेरि बलियोरूपले हप्काउनेवालाहरूको । -
3
فَٱلتَّٰلِيَٰتِ ذِكۡرًا
३) अनि कुरआन पढ्नेवालाहरूको । -
4
إِنَّ إِلَٰهَكُمۡ لَوَٰحِدࣱ
४) निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ । -
5
رَّبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا وَرَبُّ ٱلۡمَشَٰرِقِ
५) आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो । -
6
إِنَّا زَيَّنَّا ٱلسَّمَآءَ ٱلدُّنۡيَا بِزِينَةٍ ٱلۡكَوَاكِبِ
६) हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं । -
7
وَحِفۡظࣰا مِّن كُلِّ شَيۡطَٰنࣲ مَّارِدࣲ
७) अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति । -
8
لَّا يَسَّمَّعُونَ إِلَى ٱلۡمَلَإِ ٱلۡأَعۡلَىٰ وَيُقۡذَفُونَ مِن كُلِّ جَانِبࣲ
८) माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् । -
9
دُحُورࣰاۖ وَلَهُمۡ عَذَابࣱ وَاصِبٌ
९) र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ । -
10
إِلَّا مَنۡ خَطِفَ ٱلۡخَطۡفَةَ فَأَتۡبَعَهُۥ شِهَابࣱ ثَاقِبࣱ
१०) हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ । -
11
فَٱسۡتَفۡتِهِمۡ أَهُمۡ أَشَدُّ خَلۡقًا أَم مَّنۡ خَلَقۡنَآۚ إِنَّا خَلَقۡنَٰهُم مِّن طِينࣲ لَّازِبِۭ
११) यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं । -
12
بَلۡ عَجِبۡتَ وَيَسۡخَرُونَ
१२) बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् । -
13
وَإِذَا ذُكِّرُواْ لَا يَذۡكُرُونَ
१३) र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् । -
14
وَإِذَا رَأَوۡاْ ءَايَةࣰ يَسۡتَسۡخِرُونَ
१४) र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् । -
15
وَقَالُوٓاْ إِنۡ هَٰذَآ إِلَّا سِحۡرࣱ مُّبِينٌ
१५) र भन्दछन् :‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’ -
16
أَءِذَا مِتۡنَا وَكُنَّا تُرَابࣰا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ
१६) के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं ? -
17
أَوَءَابَآؤُنَا ٱلۡأَوَّلُونَ
१७) ‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’ -
18
قُلۡ نَعَمۡ وَأَنتُمۡ دَٰخِرُونَ
१८) तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’ -
19
فَإِنَّمَا هِيَ زَجۡرَةࣱ وَٰحِدَةࣱ فَإِذَا هُمۡ يَنظُرُونَ
१९) त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् । -
20
وَقَالُواْ يَٰوَيۡلَنَا هَٰذَا يَوۡمُ ٱلدِّينِ
२०) र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’ -
21
هَٰذَا يَوۡمُ ٱلۡفَصۡلِ ٱلَّذِي كُنتُم بِهِۦ تُكَذِّبُونَ
२१) यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ । -
22
۞ ٱحۡشُرُواْ ٱلَّذِينَ ظَلَمُواْ وَأَزۡوَٰجَهُمۡ وَمَا كَانُواْ يَعۡبُدُونَ
२२) अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे । -
23
مِن دُونِ ٱللَّهِ فَٱهۡدُوهُمۡ إِلَىٰ صِرَٰطِ ٱلۡجَحِيمِ
२३) उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ । -
24
وَقِفُوهُمۡۖ إِنَّهُم مَّسۡـُٔولُونَ
२४) र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ । -
25
مَا لَكُمۡ لَا تَنَاصَرُونَ
२५) ‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’ -
26
بَلۡ هُمُ ٱلۡيَوۡمَ مُسۡتَسۡلِمُونَ
२६) बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् । -
27
وَأَقۡبَلَ بَعۡضُهُمۡ عَلَىٰ بَعۡضࣲ يَتَسَآءَلُونَ
२७) तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् । -
28
قَالُوٓاْ إِنَّكُمۡ كُنتُمۡ تَأۡتُونَنَا عَنِ ٱلۡيَمِينِ
२८) भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’ -
29
قَالُواْ بَل لَّمۡ تَكُونُواْ مُؤۡمِنِينَ
२९) उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ । -
30
وَمَا كَانَ لَنَا عَلَيۡكُم مِّن سُلۡطَٰنِۭۖ بَلۡ كُنتُمۡ قَوۡمࣰا طَٰغِينَ
३०) र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ । -
31
فَحَقَّ عَلَيۡنَا قَوۡلُ رَبِّنَآۖ إِنَّا لَذَآئِقُونَ
३१) अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं । -
32
فَأَغۡوَيۡنَٰكُمۡ إِنَّا كُنَّا غَٰوِينَ
३२) अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’ -
33
فَإِنَّهُمۡ يَوۡمَئِذࣲ فِي ٱلۡعَذَابِ مُشۡتَرِكُونَ
३३) अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् । -
34
إِنَّا كَذَٰلِكَ نَفۡعَلُ بِٱلۡمُجۡرِمِينَ
३४) हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं । -
35
إِنَّهُمۡ كَانُوٓاْ إِذَا قِيلَ لَهُمۡ لَآ إِلَٰهَ إِلَّا ٱللَّهُ يَسۡتَكۡبِرُونَ
३५) उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे । -
36
وَيَقُولُونَ أَئِنَّا لَتَارِكُوٓاْ ءَالِهَتِنَا لِشَاعِرࣲ مَّجۡنُونِۭ
३६) र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’ -
37
بَلۡ جَآءَ بِٱلۡحَقِّ وَصَدَّقَ ٱلۡمُرۡسَلِينَ
३७) ‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् । -
38
إِنَّكُمۡ لَذَآئِقُواْ ٱلۡعَذَابِ ٱلۡأَلِيمِ
३८) निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ । -
39
وَمَا تُجۡزَوۡنَ إِلَّا مَا كُنتُمۡ تَعۡمَلُونَ
३९) तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’ -
40
إِلَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ
४०) तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् । -
41
أُوْلَٰٓئِكَ لَهُمۡ رِزۡقࣱ مَّعۡلُومࣱ
४१) उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ । -
42
فَوَٰكِهُ وَهُم مُّكۡرَمُونَ
४२) हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ । -
43
فِي جَنَّٰتِ ٱلنَّعِيمِ
४३) अनुकम्पाले भरिएका जन्नतहरूमा, -
44
عَلَىٰ سُرُرࣲ مُّتَقَٰبِلِينَ
४४) पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्, -
45
يُطَافُ عَلَيۡهِم بِكَأۡسࣲ مِّن مَّعِينِۭ
४५) उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ, -
46
بَيۡضَآءَ لَذَّةࣲ لِّلشَّٰرِبِينَ
४६) जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ । -
47
لَا فِيهَا غَوۡلࣱ وَلَا هُمۡ عَنۡهَا يُنزَفُونَ
४७) न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्, -
48
وَعِندَهُمۡ قَٰصِرَٰتُ ٱلطَّرۡفِ عِينࣱ
४८) र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् । -
49
كَأَنَّهُنَّ بَيۡضࣱ مَّكۡنُونࣱ
४९) मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् । -
50
فَأَقۡبَلَ بَعۡضُهُمۡ عَلَىٰ بَعۡضࣲ يَتَسَآءَلُونَ
५०) अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् । -
51
قَالَ قَآئِلࣱ مِّنۡهُمۡ إِنِّي كَانَ لِي قَرِينࣱ
५१) उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो । -
52
يَقُولُ أَءِنَّكَ لَمِنَ ٱلۡمُصَدِّقِينَ
५२) जसले भन्दथ्यो, कि के तिमी पनि (कयामतलाई) मानिलिनेवालामध्येका हौ ? -
53
أَءِذَا مِتۡنَا وَكُنَّا تُرَابࣰا وَعِظَٰمًا أَءِنَّا لَمَدِينُونَ
५३) के जब हामी मरेर माटो र हड्डीमा परिणत भइसक्ने छौं तब के हामीलाई प्रतिफल प्राप्त हुनेछ ?’’ -
54
قَالَ هَلۡ أَنتُم مُّطَّلِعُونَ
५४) (अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’ -
55
فَٱطَّلَعَ فَرَءَاهُ فِي سَوَآءِ ٱلۡجَحِيمِ
५५) (यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ । -
56
قَالَ تَٱللَّهِ إِن كِدتَّ لَتُرۡدِينِ
५६) भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ । -
57
وَلَوۡلَا نِعۡمَةُ رَبِّي لَكُنتُ مِنَ ٱلۡمُحۡضَرِينَ
५७) यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् । -
58
أَفَمَا نَحۡنُ بِمَيِّتِينَ
५८) के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं ? -
59
إِلَّا مَوۡتَتَنَا ٱلۡأُولَىٰ وَمَا نَحۡنُ بِمُعَذَّبِينَ
५९) पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’ -
60
إِنَّ هَٰذَا لَهُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
६०) अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो । -
61
لِمِثۡلِ هَٰذَا فَلۡيَعۡمَلِ ٱلۡعَٰمِلُونَ
६१) यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ । -
62
أَذَٰلِكَ خَيۡرࣱ نُّزُلًا أَمۡ شَجَرَةُ ٱلزَّقُّومِ
६२) के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष ? -
63
إِنَّا جَعَلۡنَٰهَا فِتۡنَةࣰ لِّلظَّٰلِمِينَ
६३) हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं । -
64
إِنَّهَا شَجَرَةࣱ تَخۡرُجُ فِيٓ أَصۡلِ ٱلۡجَحِيمِ
६४) निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ । -
65
طَلۡعُهَا كَأَنَّهُۥ رُءُوسُ ٱلشَّيَٰطِينِ
६५) त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् । -
66
فَإِنَّهُمۡ لَأٓكِلُونَ مِنۡهَا فَمَالِـُٔونَ مِنۡهَا ٱلۡبُطُونَ
६६) नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् । -
67
ثُمَّ إِنَّ لَهُمۡ عَلَيۡهَا لَشَوۡبࣰا مِّنۡ حَمِيمࣲ
६७) अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ । -
68
ثُمَّ إِنَّ مَرۡجِعَهُمۡ لَإِلَى ٱلۡجَحِيمِ
६८) अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ । -
69
إِنَّهُمۡ أَلۡفَوۡاْ ءَابَآءَهُمۡ ضَآلِّينَ
६९) निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए । -
70
فَهُمۡ عَلَىٰٓ ءَاثَٰرِهِمۡ يُهۡرَعُونَ
७०) रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् । -
71
وَلَقَدۡ ضَلَّ قَبۡلَهُمۡ أَكۡثَرُ ٱلۡأَوَّلِينَ
७१) उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् । -
72
وَلَقَدۡ أَرۡسَلۡنَا فِيهِم مُّنذِرِينَ
७२) जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं । -
73
فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُنذَرِينَ
७३) तसर्थ हेरिहाल कि जसलाई सचेत गरिएको थियो, उनीहरूको परिणाम कस्तो भयो ? -
74
إِلَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ
७४) हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)। -
75
وَلَقَدۡ نَادَىٰنَا نُوحࣱ فَلَنِعۡمَ ٱلۡمُجِيبُونَ
७५) र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं । -
76
وَنَجَّيۡنَٰهُ وَأَهۡلَهُۥ مِنَ ٱلۡكَرۡبِ ٱلۡعَظِيمِ
७६) हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं । -
77
وَجَعَلۡنَا ذُرِّيَّتَهُۥ هُمُ ٱلۡبَاقِينَ
७७) र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं । -
78
وَتَرَكۡنَا عَلَيۡهِ فِي ٱلۡأٓخِرِينَ
७८) र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं । -
79
سَلَٰمٌ عَلَىٰ نُوحࣲ فِي ٱلۡعَٰلَمِينَ
७९) सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् । -
80
إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ
८०) निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं । -
81
إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ
८१) उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए । -
82
ثُمَّ أَغۡرَقۡنَا ٱلۡأٓخَرِينَ
८२) अनि हामीले अरुहरूलाई डुबाइदिऔं । -
83
۞ وَإِنَّ مِن شِيعَتِهِۦ لَإِبۡرَٰهِيمَ
८३) र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए । -
84
إِذۡ جَآءَ رَبَّهُۥ بِقَلۡبࣲ سَلِيمٍ
८४) जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए । -
85
إِذۡ قَالَ لِأَبِيهِ وَقَوۡمِهِۦ مَاذَا تَعۡبُدُونَ
८५) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’ -
86
أَئِفۡكًا ءَالِهَةࣰ دُونَ ٱللَّهِ تُرِيدُونَ
८६) के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ ? -
87
فَمَا ظَنُّكُم بِرَبِّ ٱلۡعَٰلَمِينَ
८७) यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ ? -
88
فَنَظَرَ نَظۡرَةࣰ فِي ٱلنُّجُومِ
८८) अब उनले ताराहरूमाथि दृष्टिपात गरे । -
89
فَقَالَ إِنِّي سَقِيمࣱ
८९) र भनेः म त बिरामी छु ।’’ -
90
فَتَوَلَّوۡاْ عَنۡهُ مُدۡبِرِينَ
९०) यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले । -
91
فَرَاغَ إِلَىٰٓ ءَالِهَتِهِمۡ فَقَالَ أَلَا تَأۡكُلُونَ
९१) अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ ? -
92
مَا لَكُمۡ لَا تَنطِقُونَ
९२) तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’ -
93
فَرَاغَ عَلَيۡهِمۡ ضَرۡبَۢا بِٱلۡيَمِينِ
९३) अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे । -
94
فَأَقۡبَلُوٓاْ إِلَيۡهِ يَزِفُّونَ
९४) तब उनीहरू उनको पासमा दगुर्दै आए । -
95
قَالَ أَتَعۡبُدُونَ مَا تَنۡحِتُونَ
९५) उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ । -
96
وَٱللَّهُ خَلَقَكُمۡ وَمَا تَعۡمَلُونَ
९६) जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’ -
97
قَالُواْ ٱبۡنُواْ لَهُۥ بُنۡيَٰنࣰا فَأَلۡقُوهُ فِي ٱلۡجَحِيمِ
९७) उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ । -
98
فَأَرَادُواْ بِهِۦ كَيۡدࣰا فَجَعَلۡنَٰهُمُ ٱلۡأَسۡفَلِينَ
९८) उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं । -
99
وَقَالَ إِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي سَيَهۡدِينِ
९९) र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ । -
100
رَبِّ هَبۡ لِي مِنَ ٱلصَّٰلِحِينَ
१००) हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’ -
101
فَبَشَّرۡنَٰهُ بِغُلَٰمٍ حَلِيمࣲ
१०१) तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं । -
102
فَلَمَّا بَلَغَ مَعَهُ ٱلسَّعۡيَ قَالَ يَٰبُنَيَّ إِنِّيٓ أَرَىٰ فِي ٱلۡمَنَامِ أَنِّيٓ أَذۡبَحُكَ فَٱنظُرۡ مَاذَا تَرَىٰۚ قَالَ يَٰٓأَبَتِ ٱفۡعَلۡ مَا تُؤۡمَرُۖ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ مِنَ ٱلصَّٰبِرِينَ
१०२) अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ । -
103
فَلَمَّآ أَسۡلَمَا وَتَلَّهُۥ لِلۡجَبِينِ
१०३) अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए । -
104
وَنَٰدَيۡنَٰهُ أَن يَٰٓإِبۡرَٰهِيمُ
१०४) तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम ! -
105
قَدۡ صَدَّقۡتَ ٱلرُّءۡيَآۚ إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ
१०५) निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’ -
106
إِنَّ هَٰذَا لَهُوَ ٱلۡبَلَٰٓؤُاْ ٱلۡمُبِينُ
१०६) वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो । -
107
وَفَدَيۡنَٰهُ بِذِبۡحٍ عَظِيمࣲ
१०७) र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं । -
108
وَتَرَكۡنَا عَلَيۡهِ فِي ٱلۡأٓخِرِينَ
१०८) र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं ? -
109
سَلَٰمٌ عَلَىٰٓ إِبۡرَٰهِيمَ
१०९) ‘‘इब्राहीममाथि सलाम होस् ।’’ -
110
كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ
११०) असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं । -
111
إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ
१११) निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए । -
112
وَبَشَّرۡنَٰهُ بِإِسۡحَٰقَ نَبِيࣰّا مِّنَ ٱلصَّٰلِحِينَ
११२) र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् । -
113
وَبَٰرَكۡنَا عَلَيۡهِ وَعَلَىٰٓ إِسۡحَٰقَۚ وَمِن ذُرِّيَّتِهِمَا مُحۡسِنࣱ وَظَالِمࣱ لِّنَفۡسِهِۦ مُبِينࣱ
११३) र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् । -
114
وَلَقَدۡ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَٰرُونَ
११४) निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं । -
115
وَنَجَّيۡنَٰهُمَا وَقَوۡمَهُمَا مِنَ ٱلۡكَرۡبِ ٱلۡعَظِيمِ
११५) र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं । -
116
وَنَصَرۡنَٰهُمۡ فَكَانُواْ هُمُ ٱلۡغَٰلِبِينَ
११६) र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे । -
117
وَءَاتَيۡنَٰهُمَا ٱلۡكِتَٰبَ ٱلۡمُسۡتَبِينَ
११७) र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं । -
118
وَهَدَيۡنَٰهُمَا ٱلصِّرَٰطَ ٱلۡمُسۡتَقِيمَ
११८) र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं । -
119
وَتَرَكۡنَا عَلَيۡهِمَا فِي ٱلۡأٓخِرِينَ
११९) र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं । -
120
سَلَٰمٌ عَلَىٰ مُوسَىٰ وَهَٰرُونَ
१२०) ‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् । -
121
إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ
१२१) निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं । -
122
إِنَّهُمَا مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ
१२२) निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए । -
123
وَإِنَّ إِلۡيَاسَ لَمِنَ ٱلۡمُرۡسَلِينَ
१२३) र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए । -
124
إِذۡ قَالَ لِقَوۡمِهِۦٓ أَلَا تَتَّقُونَ
१२४) जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ ? -
125
أَتَدۡعُونَ بَعۡلࣰا وَتَذَرُونَ أَحۡسَنَ ٱلۡخَٰلِقِينَ
१२५) के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ ? -
126
ٱللَّهَ رَبَّكُمۡ وَرَبَّ ءَابَآئِكُمُ ٱلۡأَوَّلِينَ
१२६) अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो । -
127
فَكَذَّبُوهُ فَإِنَّهُمۡ لَمُحۡضَرُونَ
१२७) तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् । -
128
إِلَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ
१२८) हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् । -
129
وَتَرَكۡنَا عَلَيۡهِ فِي ٱلۡأٓخِرِينَ
१२९) हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं । -
130
سَلَٰمٌ عَلَىٰٓ إِلۡ يَاسِينَ
१३०) कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् । -
131
إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ
१३१) हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं । -
132
إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ
१३२) निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए । -
133
وَإِنَّ لُوطࣰا لَّمِنَ ٱلۡمُرۡسَلِينَ
१३३) र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए । -
134
إِذۡ نَجَّيۡنَٰهُ وَأَهۡلَهُۥٓ أَجۡمَعِينَ
१३४) हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं । -
135
إِلَّا عَجُوزࣰا فِي ٱلۡغَٰبِرِينَ
१३५) तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई । -
136
ثُمَّ دَمَّرۡنَا ٱلۡأٓخَرِينَ
१३६) अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं । -
137
وَإِنَّكُمۡ لَتَمُرُّونَ عَلَيۡهِم مُّصۡبِحِينَ
१३७) र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ । -
138
وَبِٱلَّيۡلِۚ أَفَلَا تَعۡقِلُونَ
१३८) र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ ? -
139
وَإِنَّ يُونُسَ لَمِنَ ٱلۡمُرۡسَلِينَ
१३९) र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए । -
140
إِذۡ أَبَقَ إِلَى ٱلۡفُلۡكِ ٱلۡمَشۡحُونِ
१४०) जब भागेर भरिएको डुङ्गामा आइपुगे । -
141
فَسَاهَمَ فَكَانَ مِنَ ٱلۡمُدۡحَضِينَ
१४१) अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो । -
142
فَٱلۡتَقَمَهُ ٱلۡحُوتُ وَهُوَ مُلِيمࣱ
१४२) अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए । -
143
فَلَوۡلَآ أَنَّهُۥ كَانَ مِنَ ٱلۡمُسَبِّحِينَ
१४३) अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए । -
144
لَلَبِثَ فِي بَطۡنِهِۦٓ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ
१४४) त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे । -
145
۞ فَنَبَذۡنَٰهُ بِٱلۡعَرَآءِ وَهُوَ سَقِيمࣱ
१४५) अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं । -
146
وَأَنۢبَتۡنَا عَلَيۡهِ شَجَرَةࣰ مِّن يَقۡطِينࣲ
१४६) र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं । -
147
وَأَرۡسَلۡنَٰهُ إِلَىٰ مِاْئَةِ أَلۡفٍ أَوۡ يَزِيدُونَ
१४७) र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं । -
148
فَـَٔامَنُواْ فَمَتَّعۡنَٰهُمۡ إِلَىٰ حِينࣲ
१४८) अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं । -
149
فَٱسۡتَفۡتِهِمۡ أَلِرَبِّكَ ٱلۡبَنَاتُ وَلَهُمُ ٱلۡبَنُونَ
१४९) उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन् ? -
150
أَمۡ خَلَقۡنَا ٱلۡمَلَٰٓئِكَةَ إِنَٰثࣰا وَهُمۡ شَٰهِدُونَ
१५०) वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’ -
151
أَلَآ إِنَّهُم مِّنۡ إِفۡكِهِمۡ لَيَقُولُونَ
१५१) सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् । -
152
وَلَدَ ٱللَّهُ وَإِنَّهُمۡ لَكَٰذِبُونَ
१५२) कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् । -
153
أَصۡطَفَى ٱلۡبَنَاتِ عَلَى ٱلۡبَنِينَ
१५३) के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ ? -
154
مَا لَكُمۡ كَيۡفَ تَحۡكُمُونَ
१५४) तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ ? -
155
أَفَلَا تَذَكَّرُونَ
१५५) के तिमीले यति पनि बुझ्दैनौ ? -
156
أَمۡ لَكُمۡ سُلۡطَٰنࣱ مُّبِينࣱ
१५६) वा तिम्रो पासमा उसको कुनै प्रमाण छ ? -
157
فَأۡتُواْ بِكِتَٰبِكُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ
१५७) यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर । -
158
وَجَعَلُواْ بَيۡنَهُۥ وَبَيۡنَ ٱلۡجِنَّةِ نَسَبࣰاۚ وَلَقَدۡ عَلِمَتِ ٱلۡجِنَّةُ إِنَّهُمۡ لَمُحۡضَرُونَ
१५८) र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् । -
159
سُبۡحَٰنَ ٱللَّهِ عَمَّا يَصِفُونَ
१५९) उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ । -
160
إِلَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ
१६०) तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) । -
161
فَإِنَّكُمۡ وَمَا تَعۡبُدُونَ
१६१) विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ । -
162
مَآ أَنتُمۡ عَلَيۡهِ بِفَٰتِنِينَ
१६२) (अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् । -
163
إِلَّا مَنۡ هُوَ صَالِ ٱلۡجَحِيمِ
१६३) तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् । -
164
وَمَا مِنَّآ إِلَّا لَهُۥ مَقَامࣱ مَّعۡلُومࣱ
१६४) र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ । -
165
وَإِنَّا لَنَحۡنُ ٱلصَّآفُّونَ
१६५) र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं । -
166
وَإِنَّا لَنَحۡنُ ٱلۡمُسَبِّحُونَ
१६६) र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं । -
167
وَإِن كَانُواْ لَيَقُولُونَ
१६७) काफिरहरूले भन्ने गर्दथे, -
168
لَوۡ أَنَّ عِندَنَا ذِكۡرࣰا مِّنَ ٱلۡأَوَّلِينَ
१६८) कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए । -
169
لَكُنَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ
१६९) त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’ -
170
فَكَفَرُواْ بِهِۦۖ فَسَوۡفَ يَعۡلَمُونَ
१७०) तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ । -
171
وَلَقَدۡ سَبَقَتۡ كَلِمَتُنَا لِعِبَادِنَا ٱلۡمُرۡسَلِينَ
१७१) र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ । -
172
إِنَّهُمۡ لَهُمُ ٱلۡمَنصُورُونَ
१७२) कि निश्चय नै उनीहरूको सहायता गरिनेछ । -
173
وَإِنَّ جُندَنَا لَهُمُ ٱلۡغَٰلِبُونَ
१७३) र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्, -
174
فَتَوَلَّ عَنۡهُمۡ حَتَّىٰ حِينࣲ
१७४) अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु, -
175
وَأَبۡصِرۡهُمۡ فَسَوۡفَ يُبۡصِرُونَ
१७५) र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् । -
176
أَفَبِعَذَابِنَا يَسۡتَعۡجِلُونَ
१७६) के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् । -
177
فَإِذَا نَزَلَ بِسَاحَتِهِمۡ فَسَآءَ صَبَاحُ ٱلۡمُنذَرِينَ
१७७) तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ । -
178
وَتَوَلَّ عَنۡهُمۡ حَتَّىٰ حِينࣲ
१७८) एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् । -
179
وَأَبۡصِرۡ فَسَوۡفَ يُبۡصِرُونَ
१७९) र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् । -
180
سُبۡحَٰنَ رَبِّكَ رَبِّ ٱلۡعِزَّةِ عَمَّا يَصِفُونَ
१८०) पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् । -
181
وَسَلَٰمٌ عَلَى ٱلۡمُرۡسَلِينَ
१८१) पैगम्बरहरू माथि सलाम छ । -
182
وَٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ
१८२) र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।