Surah An-Naba' in नेपाली
سورة النبأ · Verses: 40 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
عَمَّ يَتَسَآءَلُونَ
१) (यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन् ? -
2
عَنِ ٱلنَّبَإِ ٱلۡعَظِيمِ
२) (के) त्यस ठूलो समाचारको बारेमा ? -
3
ٱلَّذِي هُمۡ فِيهِ مُخۡتَلِفُونَ
३) जसमा यिनीहरूले मतभेद गरिराखेका छन्, -
4
كَلَّا سَيَعۡلَمُونَ
४) हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् । -
5
ثُمَّ كَلَّا سَيَعۡلَمُونَ
५) अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् । -
6
أَلَمۡ نَجۡعَلِ ٱلۡأَرۡضَ مِهَٰدࣰا
६) के हामीले धरतीलाई ओछ्यान बनाएनौं ? -
7
وَٱلۡجِبَالَ أَوۡتَادࣰا
७) र पहाडहरूलाई मेख खम्बा ? -
8
وَخَلَقۡنَٰكُمۡ أَزۡوَٰجࣰا
८) र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं । -
9
وَجَعَلۡنَا نَوۡمَكُمۡ سُبَاتࣰا
९) र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं । -
10
وَجَعَلۡنَا ٱلَّيۡلَ لِبَاسࣰا
१०) र रातलाई पर्दा बनायौं । -
11
وَجَعَلۡنَا ٱلنَّهَارَ مَعَاشࣰا
११) र दिनलाई जीविकोपार्जनको समय बनायौं । -
12
وَبَنَيۡنَا فَوۡقَكُمۡ سَبۡعࣰا شِدَادࣰا
१२) र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं, -
13
وَجَعَلۡنَا سِرَاجࣰا وَهَّاجࣰا
१३) र एक चम्किलो प्रकाशमान सूर्य बनायौं । -
14
وَأَنزَلۡنَا مِنَ ٱلۡمُعۡصِرَٰتِ مَآءࣰ ثَجَّاجࣰا
१४) र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं । -
15
لِّنُخۡرِجَ بِهِۦ حَبࣰّا وَنَبَاتࣰا
१५) ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं, -
16
وَجَنَّٰتٍ أَلۡفَافًا
१६) र बाक्ला घना बगैंचाहरू, -
17
إِنَّ يَوۡمَ ٱلۡفَصۡلِ كَانَ مِيقَٰتࣰا
१७) निःसन्देह फैसलाको दिन निश्चित छ, -
18
يَوۡمَ يُنفَخُ فِي ٱلصُّورِ فَتَأۡتُونَ أَفۡوَاجࣰا
१८) जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ । -
19
وَفُتِحَتِ ٱلسَّمَآءُ فَكَانَتۡ أَبۡوَٰبࣰا
१९) र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ । -
20
وَسُيِّرَتِ ٱلۡجِبَالُ فَكَانَتۡ سَرَابًا
२०) र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् । -
21
إِنَّ جَهَنَّمَ كَانَتۡ مِرۡصَادࣰا
२१) निःसंदेह जहन्नम घातमा छ । -
22
لِّلطَّٰغِينَ مَـَٔابࣰا
२२) अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो । -
23
لَّٰبِثِينَ فِيهَآ أَحۡقَابࣰا
२३) त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् । -
24
لَّا يَذُوقُونَ فِيهَا بَرۡدࣰا وَلَا شَرَابًا
२४) उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको । -
25
إِلَّا حَمِيمࣰا وَغَسَّاقࣰا
२५) उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ । -
26
جَزَآءࣰ وِفَاقًا
२६) उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् । -
27
إِنَّهُمۡ كَانُواْ لَا يَرۡجُونَ حِسَابࣰا
२७) उनीहरूलाई त हिसाबको आशा नै थिएन । -
28
وَكَذَّبُواْ بِـَٔايَٰتِنَا كِذَّابࣰا
२८) र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे । -
29
وَكُلَّ شَيۡءٍ أَحۡصَيۡنَٰهُ كِتَٰبࣰا
२९) हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं । -
30
فَذُوقُواْ فَلَن نَّزِيدَكُمۡ إِلَّا عَذَابًا
३०) तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं । -
31
إِنَّ لِلۡمُتَّقِينَ مَفَازًا
३१) निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ । -
32
حَدَآئِقَ وَأَعۡنَٰبࣰا
३२) बगैचाहरू छन्, र अँगूरहरू छन् । -
33
وَكَوَاعِبَ أَتۡرَابࣰا
३३) नौयवना कुमारी युवतीहरू छिन् । -
34
وَكَأۡسࣰا دِهَاقࣰا
३४) र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू । -
35
لَّا يَسۡمَعُونَ فِيهَا لَغۡوࣰا وَلَا كِذَّٰبࣰا
३५) उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् । -
36
جَزَآءࣰ مِّن رَّبِّكَ عَطَآءً حِسَابࣰا
३६) तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ, -
37
رَّبِّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا ٱلرَّحۡمَٰنِۖ لَا يَمۡلِكُونَ مِنۡهُ خِطَابࣰا
३७) उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन । -
38
يَوۡمَ يَقُومُ ٱلرُّوحُ وَٱلۡمَلَٰٓئِكَةُ صَفࣰّاۖ لَّا يَتَكَلَّمُونَ إِلَّا مَنۡ أَذِنَ لَهُ ٱلرَّحۡمَٰنُ وَقَالَ صَوَابࣰا
३८) जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ । -
39
ذَٰلِكَ ٱلۡيَوۡمُ ٱلۡحَقُّۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ مَـَٔابًا
३९) त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् । -
40
إِنَّآ أَنذَرۡنَٰكُمۡ عَذَابࣰا قَرِيبࣰا يَوۡمَ يَنظُرُ ٱلۡمَرۡءُ مَا قَدَّمَتۡ يَدَاهُ وَيَقُولُ ٱلۡكَافِرُ يَٰلَيۡتَنِي كُنتُ تُرَٰبَۢا
४०) हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।