Surah Al-Buruj in नेपाली
سورة البروج · Verses: 22 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
وَٱلسَّمَآءِ ذَاتِ ٱلۡبُرُوجِ
१) आकाशको कसम, जसमा तारामण्डल छ । -
2
وَٱلۡيَوۡمِ ٱلۡمَوۡعُودِ
२) र त्यस दिनको कसम जसको वाचा छ । -
3
وَشَاهِدࣲ وَمَشۡهُودࣲ
३) उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम । -
4
قُتِلَ أَصۡحَٰبُ ٱلۡأُخۡدُودِ
४) कि खाल्टो (खन्नेहरू) नष्ट गरिए । -
5
ٱلنَّارِ ذَاتِ ٱلۡوَقُودِ
५) त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) । -
6
إِذۡ هُمۡ عَلَيۡهَا قُعُودࣱ
६) जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए । -
7
وَهُمۡ عَلَىٰ مَا يَفۡعَلُونَ بِٱلۡمُؤۡمِنِينَ شُهُودࣱ
७) र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए । -
8
وَمَا نَقَمُواْ مِنۡهُمۡ إِلَّآ أَن يُؤۡمِنُواْ بِٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ
८) यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ । -
9
ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءࣲ شَهِيدٌ
९) जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ । -
10
إِنَّ ٱلَّذِينَ فَتَنُواْ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ ثُمَّ لَمۡ يَتُوبُواْ فَلَهُمۡ عَذَابُ جَهَنَّمَ وَلَهُمۡ عَذَابُ ٱلۡحَرِيقِ
१०) निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ । -
11
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ جَنَّٰتࣱ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡكَبِيرُ
११) निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो । -
12
إِنَّ بَطۡشَ رَبِّكَ لَشَدِيدٌ
१२) निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ । -
13
إِنَّهُۥ هُوَ يُبۡدِئُ وَيُعِيدُ
१३) उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ । -
14
وَهُوَ ٱلۡغَفُورُ ٱلۡوَدُودُ
१४) र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ । -
15
ذُو ٱلۡعَرۡشِ ٱلۡمَجِيدُ
१५) सिंहासनको स्वामी, बडो गौरवशाली छ । -
16
فَعَّالࣱ لِّمَا يُرِيدُ
१६) जे चाहान्छ गरिहाल्छ । -
17
هَلۡ أَتَىٰكَ حَدِيثُ ٱلۡجُنُودِ
१७) के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ । -
18
فِرۡعَوۡنَ وَثَمُودَ
१८) (अर्थात्) फिरऔन र समूदको । -
19
بَلِ ٱلَّذِينَ كَفَرُواْ فِي تَكۡذِيبࣲ
१९) केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् । -
20
وَٱللَّهُ مِن وَرَآئِهِم مُّحِيطُۢ
२०) र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ । -
21
بَلۡ هُوَ قُرۡءَانࣱ مَّجِيدࣱ
२१) बरु यो कुरआन धेरै गौरवशाली छ । -
22
فِي لَوۡحࣲ مَّحۡفُوظِۭ
२२) लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।