ترجمة سورة الأعلى

الترجمة النيبالية
ترجمة معاني سورة الأعلى باللغة النيبالية من كتاب الترجمة النيبالية .
من تأليف: جمعية أهل الحديث المركزية .

१) (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
२) जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
३) र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
४) र जसले वनस्पति उमार्यो ।
५) अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
६) हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
७) तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
८) हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
९) अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
१०) त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
११) हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
१२) जो ठूलो आगोमा पर्नेछ ।
१३) अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
१४) निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
१५) र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
१६) तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
१७) जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
१८) निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
१९) अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।
Icon