Surah Al-Balad in नेपाली
سورة البلد · Verses: 20 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
لَآ أُقۡسِمُ بِهَٰذَا ٱلۡبَلَدِ
१) हामीलाई यस नगर (मक्का) को कसम । -
2
وَأَنتَ حِلُّۢ بِهَٰذَا ٱلۡبَلَدِ
२) र तपाई यसै नगरमा त बस्नु हुन्छ । -
3
وَوَالِدࣲ وَمَا وَلَدَ
३) र मानवीय बाबु र उसको सन्ततिको कसम । -
4
لَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ فِي كَبَدٍ
४) निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं । -
5
أَيَحۡسَبُ أَن لَّن يَقۡدِرَ عَلَيۡهِ أَحَدࣱ
५) के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन । -
6
يَقُولُ أَهۡلَكۡتُ مَالࣰا لُّبَدًا
६) भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ । -
7
أَيَحۡسَبُ أَن لَّمۡ يَرَهُۥٓ أَحَدٌ
७) के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन । -
8
أَلَمۡ نَجۡعَل لَّهُۥ عَيۡنَيۡنِ
८) के हामीले उसलाई दुईटा आँखा दिएनौं । -
9
وَلِسَانࣰا وَشَفَتَيۡنِ
९) र जिब्रो र दुईटा ओठ (दिएनौं) ? -
10
وَهَدَيۡنَٰهُ ٱلنَّجۡدَيۡنِ
१०) र उसलाई दुवै मार्ग पनि देखायौं । -
11
فَلَا ٱقۡتَحَمَ ٱلۡعَقَبَةَ
११) त उसले त्यो घाटीमा पस्न सकेन, -
12
وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡعَقَبَةُ
१२) र तिमीलाई के थाहा कि त्यो घाटी के हो ? -
13
فَكُّ رَقَبَةٍ
१३) (कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु । -
14
أَوۡ إِطۡعَٰمࣱ فِي يَوۡمࣲ ذِي مَسۡغَبَةࣲ
१४) वा भोकको दिन खाना खुवाउनु । -
15
يَتِيمࣰا ذَا مَقۡرَبَةٍ
१५) कुनै नातेदार अनाथलाई, -
16
أَوۡ مِسۡكِينࣰا ذَا مَتۡرَبَةࣲ
१६) वा धूलधूसरित (फकिर) भिक्षुलाई । -
17
ثُمَّ كَانَ مِنَ ٱلَّذِينَ ءَامَنُواْ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ وَتَوَاصَوۡاْ بِٱلۡمَرۡحَمَةِ
१७) अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् । -
18
أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ
१८) यी मानिसहरू नै दायाँ हातवाला हुन् । -
19
وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِنَا هُمۡ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ
१९) र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् । -
20
عَلَيۡهِمۡ نَارࣱ مُّؤۡصَدَةُۢ
२०) यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।