Surah 'Abasa in नेपाली
سورة عبس · Verses: 42 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
عَبَسَ وَتَوَلَّىٰٓ
१) उसले रूखापनागरेर मुख फर्कायो । -
2
أَن جَآءَهُ ٱلۡأَعۡمَىٰ
२) किनकि उसको पासमा एउटा अन्धो आयो । -
3
وَمَا يُدۡرِيكَ لَعَلَّهُۥ يَزَّكَّىٰٓ
३) तिमीलाई के थाह शायद उसको भलो हुने थियो । -
4
أَوۡ يَذَّكَّرُ فَتَنفَعَهُ ٱلذِّكۡرَىٰٓ
४) अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो । -
5
أَمَّا مَنِ ٱسۡتَغۡنَىٰ
५) तर जो लापरवाही गर्दछ । -
6
فَأَنتَ لَهُۥ تَصَدَّىٰ
६) उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ । -
7
وَمَا عَلَيۡكَ أَلَّا يَزَّكَّىٰ
७) हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन । -
8
وَأَمَّا مَن جَآءَكَ يَسۡعَىٰ
८) र जो तिम्रो पासमा दगुर्दै आयो । -
9
وَهُوَ يَخۡشَىٰ
९) र ऊ (अल्लाहसित) डर्छ पनि । -
10
فَأَنتَ عَنۡهُ تَلَهَّىٰ
१०) उसलाई तिमीले बेवास्ता गर्दछौ । -
11
كَلَّآ إِنَّهَا تَذۡكِرَةࣱ
११) हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो । -
12
فَمَن شَآءَ ذَكَرَهُۥ
१२) तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् । -
13
فِي صُحُفࣲ مُّكَرَّمَةࣲ
१३) यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ । -
14
مَّرۡفُوعَةࣲ مُّطَهَّرَةِۭ
१४) जो उच्च ठाउँमा राखिएको र पवित्र छ । -
15
بِأَيۡدِي سَفَرَةࣲ
१५) यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ । -
16
كِرَامِۭ بَرَرَةࣲ
१६) जो प्रतिष्ठित र पवित्र छन् । -
17
قُتِلَ ٱلۡإِنسَٰنُ مَآ أَكۡفَرَهُۥ
१७) अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ । -
18
مِنۡ أَيِّ شَيۡءٍ خَلَقَهُۥ
१८) अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो ? -
19
مِن نُّطۡفَةٍ خَلَقَهُۥ فَقَدَّرَهُۥ
१९) वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो । -
20
ثُمَّ ٱلسَّبِيلَ يَسَّرَهُۥ
२०) र उसको निम्ति मार्ग सरल बनाइदियो । -
21
ثُمَّ أَمَاتَهُۥ فَأَقۡبَرَهُۥ
२१) अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो । -
22
ثُمَّ إِذَا شَآءَ أَنشَرَهُۥ
२२) फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ, -
23
كَلَّا لَمَّا يَقۡضِ مَآ أَمَرَهُۥ
२३) केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन । -
24
فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ إِلَىٰ طَعَامِهِۦٓ
२४) अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ । -
25
أَنَّا صَبَبۡنَا ٱلۡمَآءَ صَبࣰّا
२५) हामीले नै धेरै पानी वर्षायौं । -
26
ثُمَّ شَقَقۡنَا ٱلۡأَرۡضَ شَقࣰّا
२६) फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं । -
27
فَأَنۢبَتۡنَا فِيهَا حَبࣰّا
२७) त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं । -
28
وَعِنَبࣰا وَقَضۡبࣰا
२८) र अंगूर र तरकारी । -
29
وَزَيۡتُونࣰا وَنَخۡلࣰا
२९) र जैतून र खजूरहरू । -
30
وَحَدَآئِقَ غُلۡبࣰا
३०) र बाक्ला घना बगैंचाहरू । -
31
وَفَٰكِهَةࣰ وَأَبࣰّا
३१) र फल र चाराहरू । -
32
مَّتَٰعࣰا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ
३२) (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं । -
33
فَإِذَا جَآءَتِ ٱلصَّآخَّةُ
३३) तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ । -
34
يَوۡمَ يَفِرُّ ٱلۡمَرۡءُ مِنۡ أَخِيهِ
३४) त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट । -
35
وَأُمِّهِۦ وَأَبِيهِ
३५) र आफ्नो आमा र बाबुबाट । -
36
وَصَٰحِبَتِهِۦ وَبَنِيهِ
३६) र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ । -
37
لِكُلِّ ٱمۡرِيࣲٕ مِّنۡهُمۡ يَوۡمَئِذࣲ شَأۡنࣱ يُغۡنِيهِ
३७) यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ । -
38
وُجُوهࣱ يَوۡمَئِذࣲ مُّسۡفِرَةࣱ
३८) कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् । -
39
ضَاحِكَةࣱ مُّسۡتَبۡشِرَةࣱ
३९) हाँस्दै खुशी र आनन्दित हुनेछन् । -
40
وَوُجُوهࣱ يَوۡمَئِذٍ عَلَيۡهَا غَبَرَةࣱ
४०) र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् । -
41
تَرۡهَقُهَا قَتَرَةٌ
४१) जसमाथि कालोपना छाएको हुनेछ, -
42
أُوْلَٰٓئِكَ هُمُ ٱلۡكَفَرَةُ ٱلۡفَجَرَةُ
४२) यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।