Surah Al-A'la in नेपाली
سورة الأعلى · Verses: 19 · Meccan
Translation: नेपाली translation (الترجمة النيبالية)
-
1
سَبِّحِ ٱسۡمَ رَبِّكَ ٱلۡأَعۡلَى
१) (हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु । -
2
ٱلَّذِي خَلَقَ فَسَوَّىٰ
२) जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो । -
3
وَٱلَّذِي قَدَّرَ فَهَدَىٰ
३) र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो । -
4
وَٱلَّذِيٓ أَخۡرَجَ ٱلۡمَرۡعَىٰ
४) र जसले वनस्पति उमार्यो । -
5
فَجَعَلَهُۥ غُثَآءً أَحۡوَىٰ
५) अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो । -
6
سَنُقۡرِئُكَ فَلَا تَنسَىٰٓ
६) हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ । -
7
إِلَّا مَا شَآءَ ٱللَّهُۚ إِنَّهُۥ يَعۡلَمُ ٱلۡجَهۡرَ وَمَا يَخۡفَىٰ
७) तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ । -
8
وَنُيَسِّرُكَ لِلۡيُسۡرَىٰ
८) हामीले तपाईको लागि सजिलो गरिदिनेछौं । -
9
فَذَكِّرۡ إِن نَّفَعَتِ ٱلذِّكۡرَىٰ
९) अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ । -
10
سَيَذَّكَّرُ مَن يَخۡشَىٰ
१०) त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ । -
11
وَيَتَجَنَّبُهَا ٱلۡأَشۡقَى
११) हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ । -
12
ٱلَّذِي يَصۡلَى ٱلنَّارَ ٱلۡكُبۡرَىٰ
१२) जो ठूलो आगोमा पर्नेछ । -
13
ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحۡيَىٰ
१३) अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ । -
14
قَدۡ أَفۡلَحَ مَن تَزَكَّىٰ
१४) निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो । -
15
وَذَكَرَ ٱسۡمَ رَبِّهِۦ فَصَلَّىٰ
१५) र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो। -
16
بَلۡ تُؤۡثِرُونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا
१६) तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ । -
17
وَٱلۡأٓخِرَةُ خَيۡرࣱ وَأَبۡقَىٰٓ
१७) जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ । -
18
إِنَّ هَٰذَا لَفِي ٱلصُّحُفِ ٱلۡأُولَىٰ
१८) निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ । -
19
صُحُفِ إِبۡرَٰهِيمَ وَمُوسَىٰ
१९) अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।