سورة القارعة

الترجمة النيبالية

الترجمة النيبالية बाट النيبالية मा सुरा القارعة को अनुवाद

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

Verse 1
१) (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
Verse 2
२) खडखडाउने के हो ?
Verse 3
३) र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो ?
४) जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
Verse 5
५) र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
Verse 6
६) फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ,
Verse 7
७) ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
Verse 8
८) र जसको वजन हलका हुनेछन्,
Verse 9
९) उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
Verse 10
१०) र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो ?
Verse 11
११) (त्यो) प्रज्वलित आगो हो ।
تقدم القراءة