الترجمة النيبالية बाट النيبالية मा सुरा القلم को अनुवाद
Verse 1
ﮉﮊﮋﮌﮍ
ﮎ
१) नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।
Verse 2
ﮏﮐﮑﮒﮓ
ﮔ
२) कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।
Verse 3
ﮕﮖﮗﮘﮙ
ﮚ
३) र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
Verse 4
ﮛﮜﮝﮞ
ﮟ
४) निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
Verse 5
ﮠﮡ
ﮢ
५) अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्,
Verse 6
ﮣﮤ
ﮥ
६) कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
Verse 7
७) निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
Verse 8
ﯓﯔﯕ
ﯖ
८) तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
Verse 9
ﯗﯘﯙﯚ
ﯛ
९) तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
Verse 10
ﯜﯝﯞﯟﯠ
ﯡ
१०) र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
Verse 11
ﯢﯣﯤ
ﯥ
११) बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
Verse 12
ﯦﯧﯨﯩ
ﯪ
१२) (र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
Verse 13
ﯫﯬﯭﯮ
ﯯ
१३) घमण्डी र त्यो पनि जारज ।
Verse 14
ﯰﯱﯲﯳﯴ
ﯵ
१४) उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ,
Verse 15
१५) जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।
Verse 16
ﯾﯿﰀ
ﰁ
१६) हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।
Verse 17
१७) निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं ।
Verse 18
ﭜﭝ
ﭞ
१८) र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्,
Verse 19
१९) तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।
Verse 20
ﭧﭨ
ﭩ
२०) तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती,
Verse 21
ﭪﭫ
ﭬ
२१) जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले,
Verse 22
२२) कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
Verse 23
ﭵﭶﭷ
ﭸ
२३) फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
Verse 24
ﭹﭺﭻﭼﭽﭾ
ﭿ
२४) कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्,
Verse 25
ﮀﮁﮂﮃ
ﮄ
२५) र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
Verse 26
ﮅﮆﮇﮈﮉ
ﮊ
२६) जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं,
Verse 27
ﮋﮌﮍ
ﮎ
२७) होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।
Verse 28
२८) एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ ?
Verse 29
ﮗﮘﮙﮚﮛﮜ
ﮝ
२९) तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं,
Verse 30
ﮞﮟﮠﮡﮢ
ﮣ
३०) अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले,
Verse 31
ﮤﮥﮦﮧﮨ
ﮩ
३१) भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं ।
Verse 32
३२) आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं ।
Verse 33
३३) (हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए ।
Verse 34
ﯡﯢﯣﯤﯥﯦ
ﯧ
३४) निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।
Verse 35
ﯨﯩﯪ
ﯫ
३५) के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं ?
Verse 36
ﯬﯭﯮﯯ
ﯰ
३६) तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ ?
Verse 37
ﯱﯲﯳﯴﯵ
ﯶ
३७) के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ ?
Verse 38
ﯷﯸﯹﯺﯻ
ﯼ
३८) कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन् ?
Verse 39
३९) वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।
Verse 40
ﰊﰋﰌﰍ
ﰎ
४०) उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो ?
Verse 41
४१) के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् ।
Verse 42
४२) जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् ।
Verse 43
४३) आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए ।
Verse 44
४४) अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन ।
Verse 45
ﭪﭫﭬﭭﭮﭯ
ﭰ
४५) मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ ।
Verse 46
४६) के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।
Verse 47
ﭹﭺﭻﭼﭽ
ﭾ
४७) वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्,
Verse 48
४८) अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए ।
Verse 49
४९) यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो ।
Verse 50
ﮖﮗﮘﮙﮚ
ﮛ
५०) अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो ।
Verse 51
५१) र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् ।
Verse 52
ﮩﮪﮫﮬﮭ
ﮮ
५२) वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो ।
تقدم القراءة