الترجمة النيبالية बाट النيبالية मा सुरा النازعات को अनुवाद
Verse 1
ﮢﮣ
ﮤ
१) डुबेर शक्तिले तान्नेहरूको कसम ।
Verse 2
ﮥﮦ
ﮧ
२) गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।
Verse 3
ﮨﮩ
ﮪ
३) र तैर्ने फिर्ने वालाहरूको सौगन्ध ।
Verse 4
ﮫﮬ
ﮭ
४) फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।
Verse 5
ﮮﮯ
ﮰ
५) फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।
Verse 6
ﮱﯓﯔ
ﯕ
६) जुन दिन काम्नेवाली कम्ने छिन ।
Verse 7
ﯖﯗ
ﯘ
७) त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।
Verse 8
ﯙﯚﯛ
ﯜ
८) धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।
Verse 9
ﯝﯞ
ﯟ
९) जसको दृष्टि तल हुनेछन् ।
Verse 10
ﯠﯡﯢﯣﯤ
ﯥ
१०) भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं ?
Verse 11
ﯦﯧﯨﯩ
ﯪ
११) के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
Verse 12
ﯫﯬﯭﯮﯯ
ﯰ
१२) भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
Verse 13
ﯱﯲﯳﯴ
ﯵ
१३) थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
Verse 14
ﯶﯷﯸ
ﯹ
१४) कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।
Verse 15
ﯺﯻﯼﯽ
ﯾ
१५) के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ ?
Verse 16
ﯿﰀﰁﰂﰃﰄ
ﰅ
१६) जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।
Verse 17
ﭑﭒﭓﭔﭕ
ﭖ
१७) कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।
Verse 18
ﭗﭘﭙﭚﭛﭜ
ﭝ
१८) उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ ?
Verse 19
ﭞﭟﭠﭡ
ﭢ
१९) र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।
Verse 20
ﭣﭤﭥ
ﭦ
२०) त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।
Verse 21
ﭧﭨ
ﭩ
२१) तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।
Verse 22
ﭪﭫﭬ
ﭭ
२२) अनि दगुर्दै फर्किहाल्यो ।
Verse 23
ﭮﭯ
ﭰ
२३) फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
Verse 24
ﭱﭲﭳﭴ
ﭵ
२४) अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
Verse 25
ﭶﭷﭸﭹﭺ
ﭻ
२५) तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।
Verse 26
ﭼﭽﭾﭿﮀﮁ
ﮂ
२६) जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।
Verse 27
२७) तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।
Verse 28
ﮋﮌﮍ
ﮎ
२८) त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
Verse 29
ﮏﮐﮑﮒ
ﮓ
२९) र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।
Verse 30
ﮔﮕﮖﮗ
ﮘ
३०) र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
Verse 31
ﮙﮚﮛﮜ
ﮝ
३१) यसबाट पानी र चारा उमार्यो ।
Verse 32
ﮞﮟ
ﮠ
३२) र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
Verse 33
ﮡﮢﮣ
ﮤ
३३) यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
Verse 34
ﮥﮦﮧﮨ
ﮩ
३४) अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
Verse 35
ﮪﮫﮬﮭﮮ
ﮯ
३५) जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
Verse 36
ﮰﮱﯓﯔ
ﯕ
३६) र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
Verse 37
ﯖﯗﯘ
ﯙ
३७) त जसले अटेरी गर्यो ।
Verse 38
ﯚﯛﯜ
ﯝ
३८) र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
Verse 39
ﯞﯟﯠﯡ
ﯢ
३९) त उसको ठेगाना नर्क हुनेछ ।
Verse 40
४०) र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
Verse 41
ﯭﯮﯯﯰ
ﯱ
४१) त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।
Verse 42
ﯲﯳﯴﯵﯶ
ﯷ
४२) मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।
Verse 43
ﯸﯹﯺﯻ
ﯼ
४३) त्यसको वर्णनसँग तपाईको के सम्बन्ध ?
Verse 44
ﯽﯾﯿ
ﰀ
४४) त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।
Verse 45
ﰁﰂﰃﰄﰅ
ﰆ
४५) जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।
Verse 46
४६) जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।
تقدم القراءة