سورة نوح

الترجمة النيبالية

الترجمة النيبالية बाट النيبالية मा सुरा نوح को अनुवाद

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

१) हामीले ‘‘नूह (अलैहिस्सलाम) लाई’’ निश्चितरूपले उनको कौमतिर पठायौं कि आफ्नो कौमका मानिसहरूलाई डराऊ र सावधान गरिदेऊ, यसभन्दा पहिला कि उनीहरूमाथि कुनै दुःखद यातना आओस् ।
२) उनले भने ‘‘हे मेरो कौमका मानिसहरू ! म तिम्रो निम्ति एउटा स्पष्ट सचेतकर्ता हूँ,
३) कि ! अल्लाहको उपासना गर र उसित डर र मेरो भनाई मान ।
४) तब उसले तिम्रो पाप क्षमा गरिदिनेछ र निश्चित समयसम्म तिमीलाई मोहलत प्रदान गर्नेछ । निःसंदेह जब अल्लाहले निर्धारण गरेको समय आइपुग्छ तब विलम्ब हुँदैन, काश तिमीले जान्नेभएको भए ।
५) नूहले भने कि, हे मेरो पालनकर्ता ! मैले आफ्नो जातिबन्धुलाई रातदिन तिम्रोतर्फ बोलाउने गरे,
६) तर मेरो पुकारबाट उनीहरू झन् टाढिदै गए ।
७) जहिलेपनि मैले उनीहरूलाई तिम्रो क्षमातर्फ बोलाएँ, उनीहरूले आफ्ना कानलाई औलाले थुने र कपडाले आफूलाई छोपिहाले र अटेरी भएर घमण्ड गरे ।
Verse 8
८) अनि मैले उनलाई ठूलो स्वरले बोलाएँ ।
९) अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र उनीहरूसित गोप्यरूपले पनि कुरा गरें ।
१०) र मैले भने किः आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ र क्षमा माँग । निश्चय नै ऊ ठूलो क्षमादाता हो ।
Verse 11
११) उसले तिमीमाथि निकै वर्षाउनेवाला बादल पठाउने छ ।
१२) र उसले सम्पत्ति र सन्तानमा तिमीलाई बढोत्तरी प्रदान गर्नेछ, र तिम्रो निम्ति बगैंचाहरू पैदा गर्नेछ र तिम्रो निम्ति नहरहरू प्रवाहित गर्नेछ ।
१३) तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ ?
Verse 14
१४) जबकि उसले तिमीलाई विभिन्न अवस्थाहरूबाट गुजार्दै सृष्टि गरेको छ ।
१५) के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ ?
१६) र उनीहरूमा चन्द्रलाई जगमगाउँदो बनाएको छ, र सूर्यलाई प्रकाशयुक्त दीप बनाएको छ ?
१७) र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ,
१८) अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।
१९) र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।
Verse 20
२०) ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।
२१) नूहले भनेः कि ‘मेरो पालनकर्ता उनीहरूले मेरो अवज्ञा गरे, र उसको अनुशरण गरे जसको धन र जसको सन्तानले उनको घाटामै नै वृद्धि गर्यो ।
Verse 22
२२) र उनीहरूले धेरै ठूलो षड्यन्त्र गरे,
२३) र उनीहरूले भन्नथाले कि आफ्ना पूज्यहरूलाई कदापि नछाड्नु र खासगरी ‘‘वद्द’’ र ‘‘सुवाअ्’’ र ‘‘यगूस’’ र यअूक र नस्रलाई कदापि परित्याग नगर्नु ।
२४) र उनीहरूले धेरै मानिसहरूलाई पथविचलित गरिदिएका छन्, (हे पालनकर्ता) तिमीले उनीहरूलाई अझै बढी पथभ्रष्ट गरिदेऊ ।
२५) अन्ततः उनीहरू आफ्ना पापहरूको कारणले (जलप्रलयमा) डुबाइए, अनि नर्कमा हालिए, र उनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो मद्दतगर्ने पाएनन् ।
२६) र नूहले प्रार्थना गरे कि हे मेरो पालनकर्ता धरतीमा बसिरहेको कुनै काफिरलाई राम्रो अवस्थामा नछाड ।
२७) यदि तिमीले उनीहरूलाई छाडदिनेछौ भने निश्चय नै तिम्रा अरु दासहरूलाई पनि पथभ्रष्ट गरिदिनेछन्, र उनीहरूले दुराचारी र ठूलो काफिरहरूलाई नै जन्म दिनेछन् ।
२८) हे मेरो पालनकर्ताः मलाई र मेरो आमा बाबुलाई र जो पनि ईमानवाला भएर मेरो घरमा आए र तमाम ईमानवाला पुरुषहरू र ईमान भएकी स्त्रीहरूलाई क्षमा गरिदेऊ र अत्याचारीहरूको निम्ति अझै विनाशमा वृद्धि गर ।
تقدم القراءة