الترجمة النيبالية बाट النيبالية मा सुरा البلد को अनुवाद
Verse 1
ﭽﭾﭿﮀ
ﮁ
१) हामीलाई यस नगर (मक्का) को कसम ।
Verse 2
ﮂﮃﮄﮅ
ﮆ
२) र तपाई यसै नगरमा त बस्नु हुन्छ ।
Verse 3
ﮇﮈﮉ
ﮊ
३) र मानवीय बाबु र उसको सन्ततिको कसम ।
Verse 4
ﮋﮌﮍﮎﮏ
ﮐ
४) निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।
Verse 5
ﮑﮒﮓﮔﮕﮖ
ﮗ
५) के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।
Verse 6
ﮘﮙﮚﮛ
ﮜ
६) भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।
Verse 7
ﮝﮞﮟﮠﮡ
ﮢ
७) के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।
Verse 8
ﮣﮤﮥﮦ
ﮧ
८) के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
Verse 9
ﮨﮩ
ﮪ
९) र जिब्रो र दुईटा ओठ (दिएनौं) ?
Verse 10
ﮫﮬ
ﮭ
१०) र उसलाई दुवै मार्ग पनि देखायौं ।
Verse 11
ﮮﮯﮰ
ﮱ
११) त उसले त्यो घाटीमा पस्न सकेन,
Verse 12
ﯓﯔﯕﯖ
ﯗ
१२) र तिमीलाई के थाहा कि त्यो घाटी के हो ?
Verse 13
ﯘﯙ
ﯚ
१३) (कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
Verse 14
ﯛﯜﯝﯞﯟﯠ
ﯡ
१४) वा भोकको दिन खाना खुवाउनु ।
Verse 15
ﯢﯣﯤ
ﯥ
१५) कुनै नातेदार अनाथलाई,
Verse 16
ﯦﯧﯨﯩ
ﯪ
१६) वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
Verse 17
१७) अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।
Verse 18
ﯵﯶﯷ
ﯸ
१८) यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
Verse 19
ﭑﭒﭓﭔﭕﭖ
ﭗ
१९) र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।
Verse 20
ﭘﭙﭚ
ﭛ
२०) यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।
تقدم القراءة