سورة التكوير

الترجمة النيبالية

الترجمة النيبالية बाट النيبالية मा सुरा التكوير को अनुवाद

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

Verse 1
१) जब सूर्यलाई बेरिहालिनेछ,
Verse 2
२) र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।
Verse 3
३) र जब पहाडहरू चलाइनेछन् ।
Verse 4
४) र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।
Verse 5
५) र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।
Verse 6
६) र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।
Verse 7
७) जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
Verse 8
८) र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
Verse 9
९) कि कुन पापको कारण उसलाई मारिएको थियो ।
Verse 10
१०) र जब कर्मपत्र खोलिनेछन् ।
Verse 11
११) र जब आकाशको छाला उघारिनेछ ।
Verse 12
१२) र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
Verse 13
१३) र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।
Verse 14
१४) तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
Verse 15
१५) म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।
Verse 16
१६) र जो घुम्ने र हराइहाल्ने छन् ।
Verse 17
१७) र रातको कसम, जब समाप्त हुनथाल्छ ।
Verse 18
१८) र प्रातःको कसम जब उदय हुनथाल्छ ।
Verse 19
१९) निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
२०) जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
Verse 21
२१) जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
Verse 22
२२) र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
Verse 23
२३) उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
२४) उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
२५) र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।
Verse 26
२६) फेरि तिमी कता गइरहेका छौ ?
२७) यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।
२८) खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।
२९) र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।
تقدم القراءة