الترجمة النيبالية बाट النيبالية मा सुरा الإنفطار को अनुवाद
Verse 1
ﭑﭒﭓ
ﭔ
१) जब आकाश क्षतविक्षत भइहाल्नेछ,
Verse 2
ﭕﭖﭗ
ﭘ
२) र जब ताराहरू झरिहाल्नेछन् ।
Verse 3
ﭙﭚﭛ
ﭜ
३) र जब समुन्द्र बगेर जानेछन् ।
Verse 4
ﭝﭞﭟ
ﭠ
४) र जब चिहानहरू उत्खनित हुनेछन् ।
Verse 5
ﭡﭢﭣﭤﭥ
ﭦ
५) तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो ?
Verse 6
ﭧﭨﭩﭪﭫﭬ
ﭭ
६) हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ ?
Verse 7
ﭮﭯﭰﭱ
ﭲ
७) (त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
Verse 8
ﭳﭴﭵﭶﭷﭸ
ﭹ
८) र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
Verse 9
ﭺﭻﭼﭽ
ﭾ
९) केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
Verse 10
ﭿﮀﮁ
ﮂ
१०) जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
Verse 11
ﮃﮄ
ﮅ
११) प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
Verse 12
ﮆﮇﮈ
ﮉ
१२) तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
Verse 13
ﮊﮋﮌﮍ
ﮎ
१३) निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
Verse 14
ﮏﮐﮑﮒ
ﮓ
१४) र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
Verse 15
ﮔﮕﮖ
ﮗ
१५) (अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।
Verse 16
ﮘﮙﮚﮛ
ﮜ
१६) र त्यसबाट उम्केर जान सक्ने छैनन् ।
Verse 17
ﮝﮞﮟﮠﮡ
ﮢ
१७) र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ?
Verse 18
ﮣﮤﮥﮦﮧﮨ
ﮩ
१८) म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।
Verse 19
१९) जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।
تقدم القراءة