الترجمة النيبالية बाट النيبالية मा सुरा إبراهيم को अनुवाद
Verse 1
१) अलिफ लाम रा ! यो उच्चस्तरीय किताब हामीले तपाईमाथि उतारेका छौं, कि तपाईंं मनुष्यहरूलाई अँध्यारोबाट उज्यालोतर्फ ल्याउनुस्, उनको पालनहारको आदेशबाट महान र सबै प्रशंसा भएको अल्लाहतर्फ ।
Verse 2
२) अल्लाहकै छ जे सुकै आकाश र पृथ्वीमा छ र काफिरहरूका लागि त कठोर सजाय छ ।
Verse 3
३) जो परलोकको तुलनामा सांसारिक जिन्दगीलाई रुचाउँछन् र अल्लाहको बाटोबाट रोक्छन् र त्यसमा बाङ्गा टिङ्गा गर्न चाहन्छन् उनीहरू नै ठूलो मार्गविचलनमा छन् ।
Verse 4
४) हामीले प्रत्येक नबीलाई उसको सामुदायिक भाषामा नै पठाएका छौं त्यसबाट उनको सामु सजिलो र स्पष्ट किसिमले बयान गरिदेउन् । अब अल्लाह जसलाई चाहे मार्गबाट विचलित गरिदिन्छ र जसलाई चाहे बाटो देखाइदिन्छ । ऊ सर्वशक्तिशाली र अति विवेकशील छ ।
Verse 5
५) (याद राख्नु) हामीले मूसालाई आफ्नो निशानी दिएर पठाएका थिएँ, जसबाट तिमी आफ्नो समुदायलाई अध्याँरोबाट उज्यालोमा निकाल र उनीहरूलाई अल्लाहको कृपाहरूको सम्झना दिलाऊ । निःसन्देह यसमा निशानीहरू छन् प्रत्येक धैर्यवान एवं कृतज्ञहरूका लागि ।
Verse 6
६) जुनबेला मूसाले आफ्नो समुदायसँग भनेः कि अल्लाहको त्यस कृपालाई सम्झ जुन उसले तिमीमाथि गरेको छ, जब उसले तिमीलाई फिरऔनका अनुयायीहरूबाट मुक्ति दिलायो, जो तिमीलाई साह्रै दुःख दिन्थे, र तिम्रा छोराहरूलाई हत्या गर्दथे र तिम्रा छोरीहरूलाई जीवितै छाड्दथे । र त्यसमा तिम्रो रबको तर्फबाट तिमीमाथि धेरै ठूलो परीक्षा थियो ।’’
Verse 7
७) र जब तिम्रो पालनकर्ताले तिमीलाई सतर्क गराइदियो, कि यदि तिमी कृतज्ञता प्रकट गर्दछौ तब निःसन्देह हामीले तिमीलाई धेरै दिन्छौं, र यदि तिमी कृतध्नता गर्छाै भने निःसन्देह मेरो दण्ड धेरै कठोर छ ।
Verse 8
८) मूसाले भन्नुभयोः कि यदि तिमी सबै र यस संसारका समग्र मानिस अल्लाहको कृतध्नता गरे, भने पनि अल्लाह निस्पृह तथा प्रशंसनीय छ ।
Verse 9
९) के तिमीसम्म तिमीभन्दा पहिलेका मान्छेहरू अर्थात ‘‘नूह’’ र ‘‘आद’’ र ‘‘समूदको’’ खबर आएन र उनका पछिवालाहरूको जसलाई मात्र अल्लाह बाहेक अरु कोही जान्दैन । उनको नजिक उनका रसूलले चमत्कार ल्याए तर उनीहरूले आफ्नो हात आफ्नो मुखमा थिचिलिए र स्पस्ट भनिदिएः कि जुन वस्तु तपाईलाई दिएर पठाइएको छ हामी त्यसलाई नकार्दछौं, र जुन कुरातर्फ तपाईले हामीलाई बोलाइरहनु भएको छ हामीलाई त्यसमा ठूलो शंका छ ।’’
Verse 10
१०) उनको रसूलहरूले उनीलाई भनेः कि के अल्लाहको बारेमा तिमीलाई शंका छ, जसले आकाश र पृथ्वी बनाएको छ ? उसले त तिमीलाई यस कारण बोलाइरहेको छ कि तिम्रा समस्त पापहरूलाई माफ गरिदेओस् र एउटा निश्चित अवधिसम्म तिमीलाई छूट देओस्’’ । उनीहरूले भनेः कि तिमी त हामी जस्तै मान्छे हौ, तिमी चाहन्छौ, कि हामीलाई ती कुराहरूको पूजाबाट रोकी देऊ जसको पूजा हाम्रा पूर्वजहरूले गर्दै आइरहेका थिए, ठीक छ हाम्रो सामु कुनै प्रत्यक्ष प्रमाण पेश गर’’ ।
Verse 11
११) उनका पैगम्बरहरूले उनीसँग भनें कि यो त सत्य छ कि हामी तिमी जस्तै मानिस हौं परन्तु अल्लाह आफ्ना सेवकहरूबाट जसमाथि चाहन्छ आफ्नो पुरस्कार प्रदान गर्दछ, र अल्लाहको आज्ञा बिना हाम्रो तागत छैन कि हामी कुनै चमत्कार तिमीलाई देखाऔं । र ईमानवालाहरूले मात्र अल्लाहमाथि भरोसा राख्दैछन ।
Verse 12
१२) आखिर के कारण छ कि हामी अल्लाहमाथि भरोसा नराखौं ? जब कि उसैले हामीलाई हाम्रा बाटोहरू देखाएको छ । जुन कष्टहरू तिमीले हामीलाई दिन्छौ त्यसमाथि हामीले धैर्य नै गर्छौं । र भरोसा गर्नेवालाहरूको लागि यहि उचित छ कि उनी अल्लाहमाथि नै भरोसा गरुन् ।
Verse 13
१३) काफिरहरूले आफ्ना रसुलहरू (पैगम्बर) सँग भनेंः कि हामीले तिमीहरूलाई देश निकाला गरिदिन्छौं अथवा तिमी पुनः हाम्रो धर्ममा फर्की आउनुपर्छ’’ तब उनको पालनहारले उनीतर्फ वह्य (सन्देश) पठायो ‘‘कि हामीले ती अत्याचारीहरूलाई नै नष्ट गरिदिनेछौं’’ ।
Verse 14
१४) र उनीपछि हामीले स्वयं तिमीलाई यस भूमिमा बसाउनेछौं, यो उनको लागि उपहार हो जो मेरो सामुन्ने उपस्थित हुन डर मान्दछन्, र मेरो त्रासबाट भयभीत रहन्छन् ।
Verse 15
ﮣﮤﮥﮦﮧ
ﮨ
१५) र उनले फैसला माँगे र समस्त बदमाश र हठी मान्छेहरू विफल भइहाले ।
Verse 16
१६) उनको सामुन्ने नर्क छ जहाँ तिनीहरूलाई पिपको पानी पिलाइने छ ।
Verse 17
१७) जसलाई कठीनाईका साथ घुटघुटै गरी पिउनेछन्, तर त्यसलाई घाँटीबाट तल उतार्न सक्नेछैनन् र उनलाई प्रत्येक ठाँउबाट मृत्यु आइरहेको देखिनेछ, परन्तु तिनीहरू मर्न सक्नेवाला होइनन् । फेरि त्यसको पछाडि तिनीहरूको लागि ठूलो सजाय छ ।
Verse 18
१८) उनीहरूको उदाहरण, जसले आफ्नो पालनकर्ताबाट कुफ्र गरे उनका कर्महरू त्यस खरानी जस्तो छ, जसमाथि तीव्र वायु हुरी आएको दिन चलोस, जे पनि उनीहरूले गरे त्यसमध्येबाट कुनै वस्तुमाथि आधिपत्य राख्न सक्दैनन्, र यो नै अति टाढाको भ्रम छ ।
Verse 19
१९) के तिमीले देखेनौ कि अल्लाहले आकाशहरू र पृथ्वीलाई अत्यन्त कौशलको साथ बनाएको छ । यदि उसले चाह्यो भने तिमी सबैलाई नष्ट गरिदिन्छ र नयाँ प्राणीहरू ल्याइदिन्छ ।
Verse 20
ﭡﭢﭣﭤﭥ
ﭦ
२०) अल्लाहको लागि यो कार्य केही पनि कठिन छैन ।
Verse 21
२१) सबै अल्लाहको सामु प्रत्यक्षरूपले उभिने छन् त्यस बेला दुर्बल मान्छेहरू सवल मान्छेसँग भन्ने छन्ः कि हामी त तिम्रा अधीनस्थ थियौं । त के तिमी अल्लाहको सजायमध्येबाट केही सजाय घटाउन सक्छौ’’ ? उनी उत्तर दिनेछन् ‘‘कि यदि अल्लाहले हामीलाई मार्गदर्शन गरेको भए हामी पनि तिम्रो अवश्य नेतृत्व गथ्र्यौं’’ । अब त हामीमाथि बेचैनी र सन्तोष गर्नु दुवै एउटै छ, र हाम्रो लागि कुनै मुक्ति छैन ।
२२) र जब हिसाबकिताबको फैसला गरिदिइनेछ, तब शैतानले भन्ने छः ‘‘कि वास्तवमा अल्लाहले त तिमीलाई सत्य वाचा गरेको थियो । तर मैले तिमीबाट जुन वाचाहरू गरेको थिएँ, त्यो मैले पूरा गरिनँ, मेरो तिमीमाथि कुनै दबाव त थिएन, हो मैले, तिमीलाई बोलाएँ र तिमीले मेरो कुरा मान्यौ । तिमीले ममाथि आरोप नलगाऊ बरु तिमीहरू आफूलाई नै धिक्कृत गर, म तिमीहरूलाई कुनै सहयोग गर्न सक्दिन, न तिमीहरू नै मलाई सहयोग गर्न सक्छौ । म त प्रारम्भदेखि मान्दिन कि तिमीले यस अघि मलाई अल्लाहको साझेदार ठहराइरहेका थियौ । निःसन्देह अपराधीहरूको लागि धेरै कष्टप्रद सजाय छ ।
Verse 23
२३) जुन मानिसहरूले ईमान ल्याए र असल कार्य गरे, तिनीहरू जन्नतमा (स्वर्गमा) प्रवेश गर्नेछन्, जसको तल झरनाहरू फुटेका छन् । जहाँ उनीहरू आफ्नो पालनकर्ताको आज्ञाले सधैं रहनेछन् । जहाँ उनको स्वागत ‘‘सलाम’’बाट हुनेछ ।
Verse 24
२४) के तपाईंले देख्नु भएन कि महान अल्लाहले पवित्र कुरोको उदाहरण कुन किसिमले वर्णन गरेको छ ? एउटा पवित्र वृक्षको जस्तै जसको जरो बलियो छ र जसका हाँगाहरू अकाशमा छन् ।
Verse 25
२५) जो आफ्नो पालनहारको आदेशबाट आफ्ना फलहरू संधै ल्याउँछ, र अल्लाह मानिसहरू सामु उदाहरण प्रस्तुत गर्दछ जसबाट उनीहरू राम्रो ज्ञान प्राप्त गरुन् ।
Verse 26
२६) र अपवित्र कुरोको उदाहरण अपवित्र वृक्ष जस्तै छ, जो भूमिको माथिल्लो सतहबाटै उखेलिएको छ त्यसमा केही पनि बलियोपना छदैछैन ।
Verse 27
२७) ईमानवालाहरूलाई अल्लाह सत्य निष्ठाको साथमा सवल राख्दछ दुनियाँको जीवनमा पनि र मृत्युपछिको जिन्दगीमा पनि, होः अन्यायीहरूलाई अल्लाहले भ्रमित गरिदिन्छ र अल्लाह जो चाहन्छ, गरिहाल्छ ।
Verse 28
२८) के तपाईंले तिनीहरूको स्थितिमाथि विचार गर्नु भएन जसले अल्लाहको उपहारको साटो कृतघ्नता गरे र आफ्नो समुदायलाई बर्बादीको घरसम्म पुर्याइदिए ।
Verse 29
ﮐﮑﮒﮓﮔ
ﮕ
२९) अर्थात नर्कमा जसमा यी सबै जान्छन् जुन असाध्यै नराम्रो ठाउँ हो ।
Verse 30
३०) उनीहरूले अल्लाहको बरोबरी (साझेदार) बनाइलिए जसबाट मान्छेहरूलाई अल्लाहको बाटोबाट विमुख गराउन् , तपाईं भनिदिनुहोस्ः ‘‘कि ठिकै छ, अलि मौज गरिलेऊ निःसन्देह तिम्रो ठेगाना त नर्कमै छ ।
Verse 31
३१) मेरा ईमानदार सेवकहरूलाई भनिदिनुस् नमाजहरूलाई निरन्तरता दिदैं कायम गरुन्, र जुन कुरो मैले उनलाई दिइराखेको छु त्यसमध्येबाट केही नकेही खुल्ला र गोप्य रूपमा खर्च गर्दैगरुन्, यसभन्दा पहिलेः कि त्यो दिन आइपुगोस् जसमा न क्रय–बिक्रय हुनेछ नत मित्रता नप्रेम काम लाग्नेछ ।
Verse 32
३२) अल्लाह त्यो हो, जसले पृथ्वी र आकाशलाई निर्माण गरेको छ । र आकाशबाट वर्षा बर्साएर तिम्रो जीविकाको लागि फलफूल निकालेको छ र, डुङ्गाहरूलाई तिम्रो अधीनमा गरिदिएको छ, कि समुद्रहरूमा उसको आदेशबाट हिलडुल गरुन् उसैले खोला र नहरहरू तिम्रो अधीनमा गरिदिएको छ ।
Verse 33
३३) उसैले तिम्रो लागि चन्द्र र सूर्यलाई अधीनस्थ गरिदिएको छ, कि सधै नै गतिशील भइरहेका छन् र रात, दिनलाई पनि तिम्रो कार्यमा लगाइराखेको छ ।
Verse 34
३४) उसैले तिमीलाई तिम्रो इच्छित सबै वस्तु दिइराखेको छ । यदि तिमीले अल्लाहको परोपकार गन्न चाहन्छौ भने तिमी पूरै गन्न पनि सक्तैनौ । निःसन्देह मानिस ज्यादै नै अन्यायकारी र कृतघ्न छन् ।
Verse 35
३५) र जब इब्राहीम(अलैस्सिलाम)ले भन्नु भयो कि हे मेरो पालनहार यस नगर (मक्का)लाई शान्तिदायक बनाइदेऊ र मलाई र मेरा सन्तानहरूलाई मूर्तिपूजाबाट रक्षा गर ।
Verse 36
३६) हे मेरो पूज्य पालनकर्ता ! यी मूर्तिहरूले थुप्रै मानिसहरूलाई बाटोबाट दिग्भ्रमित गरिदिएका छन्, अनि जसले मेरो अनुशरण गर्नेछ ऊ मेरो हुनेछ र जसले मेरो अवज्ञा गर्छ भने निश्चय नै तिमी असीम क्षमा गर्ने र दया दृष्टि गर्नेवाला छौ ।
Verse 37
३७) हे हाम्रो पालनहार ! मैले आफ्ना केही सन्तान यस गैर अबादी भूमिमा तिम्रो असीम दयायुक्त घर (कअ्बा) नजिक बसालेको छु, हे हाम्रो पालनहार ! यो यसकारण, कि तिनीहरू नमाजलाई निरन्तरता देउन् । तसर्थ तिमीले केही मान्छेहरूका हृदयलाई उतातर्फ आकृष्ट गरिदेऊ, र उनीहरूलाई फलहरूको भोजन दिने कृपा गर, जसबाट तिनीहरू तिम्रो स्तुति गरुन् ।
Verse 38
३८) हे हाम्रो पालनहार ! तिमीलाई राम्ररी ज्ञात छ, जुन हामी गोप्य र खुल्ला गर्छौं, र निश्चय नै पृथ्वी र आकाशको कुनै वस्तु अल्लाहबाट लुकेको छैन ।
Verse 39
४०) हे मेरो पालनकर्ता ! मलाई सधै नमाज पढने बनाइराख र मेरा सन्तानहरूलाई पनि, हे हाम्रो पालनहार मेरो प्रार्थना स्वीकार गर ।
Verse 40
४०) हे मेरो पालनकर्ता ! मलाई सधै नमाज पढने बनाइराख र मेरा सन्तानहरलाई पनि, हे हाम्रो पालनहार मेरो प्रार्थना स्वीकार गर ।
Verse 41
४१) हे मेरो पालनकर्ता ! हिसाबकिताबको दिन मलाई मुक्ति प्रदान गर र मेरा आमा बुवालाई पनि मुक्ति देऊ, र अन्य मोमिनहरूलाई पनि मुक्ति देऊ ।
Verse 42
४२) अन्यायकारीहरूकोे क्रियाकलापबाट अल्लाहलाई अन्जान नसम्झ, उसले त उनीहरूलाई त्यसदिनसम्म छूट दिएको छ जुन दिन आँखाहरू खुलेका खुलै हुनेछन् ।
Verse 43
४३) तिनीहरूले आफ्नो टाउको उठाएर भागदौड गरिरहने छन् स्वयं आफ्नो तर्फपनि उनको दृष्टि पर्नेछै्रन र उनका मुटु खाली र शुन्य प्रायः हुनेछ ।
Verse 44
४४) मान्छेहरूलाई त्यसदिनदेखि सावधान गरिदेऊ जबकि उनीनिर सजाय आइहाल्छ । र, अन्यायकारीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ‘‘हामीलाई थोरै समयसम्मको छूट देऊ हामी तिम्रो उपदेशलाई स्वीकार गर्नेछौं र पैगम्बरहरू (सन्देशवाहकहरू) को अनुशरण गर्नेछौं’’ । के तिमी यसभन्दा पहिले पनि शपथ खाने गरेका थिएनौ कि तिमीहरूको पतन कहिले पनि हुने छैन ?
Verse 45
४५) र के तिमी उनीहरूको घरहरूमा बसोबास गर्दैनथ्यौ, जसले आफ्नो ज्यानमाथि अन्याय गरे र के तिमीमाथि त्यो वारदात स्पष्ट भएन कि हामीले उनीसंग के गरेका थियौं । र हामीले धेरै उदाहरण तिमीलाई सम्झाउन प्रस्तुत गरिदिएका थियौं ।
Verse 46
४६) यिनीहरूले आफ्ना–आफ्ना चालहरू चलिरहेका छन् र अल्लाहलाई उनीहरूको समस्त चालको ज्ञान छ र उनका चालहरू यस्तो थिएन कि त्यसबाट पहाड अस्थिर भइजाओस् ।
Verse 47
४७) तपाईं कहिले पनि यो ख्याल नराख्नुहोस् कि अल्लाह आफ्नो नबी (सन्देष्टा) हरूसंग वाचा विरुद्ध गर्नेछ । अल्लाह सर्वशक्ति सम्पन्न र प्रतिशोधक छ ।
Verse 48
४८) जुन दिन यस धरतीलाई अर्कै धरतीमा परिणत गरिनेछ र आकाश पनि र सबै अल्लाहको सामु मात्र हुनेछन् जो एक्लै छ र जसको सबैमाथि आधिपत्य छ ।
Verse 49
ﮭﮮﮯﮰﮱﯓ
ﯔ
४९) तपाईं त्यसदिन पापीहरूलाई देख्नु हुनेछ, कि जन्जीरमा कोचिएर एकै ठाउँमा जकडिएर हुनेछन् ।
Verse 50
ﯕﯖﯗﯘﯙﯚ
ﯛ
५०) उनका वस्त्रहरू गन्धकका हुनेछन् र आगोले उनीहरूको अनुहारलाई पनि छोपेको हुनेछ ।
Verse 51
५१) यो यसकारण कि अल्लाह हरेक व्यक्तिलाई त्यसले गरेको कार्यको फल देओस्, निःसन्देह अल्लाहलाई हिसाब लिन केही बेर लाग्दैन ।
Verse 52
५२) यो (कुरआन) समस्त मानिसहरूलाई जानकारी पत्र हो कि यसको माध्यमबाट उसले उनीहरूलाई सावधान गरोस् र राम्रोसंग जानिलेउन्, कि अल्लाह मात्र एउटै मअ्बूद (पूजनीय) छ र त्यसबाट ज्ञानीहरूले सोचसमझ गर्न सकुन् ।
تقدم القراءة