الترجمة النيبالية बाट النيبالية मा सुरा السجدة को अनुवाद
Verse 1
ﭑ
ﭒ
१) अलिफ–लाम्–मीम् ।
Verse 2
२) यसमा कुनै सन्देह छैन कि यस किताबको अवतरण सम्पूर्ण संसारको पालनकर्ताको तर्फबाट हो ।
Verse 3
३) के यिनीहरूले भन्छन् कि उसले ‘‘(पैगम्बरले) यसलाई स्वयं रचेका हुन् ?’’ (होइन) बरु त्यो तिम्रो पालनकर्ताको तर्फबाट सत्य हो, ताकि तपार्इंले तिनीहरूलाई सावधान गर्नुस्, जसको पासमा तपाईंभन्दा पहिला कोही सावधान गर्नेवाला आएन । ताकि यिनीहरूले सही मार्ग प्राप्त गर्न सकुन् ।
Verse 4
४) अल्लाह नै त हो जसले आकाशहरू र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, सबैलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि सत्तासन(अर्श) माथि उच्च भयो । उस बाहेक तिम्रो लागि कोही मद्दत गर्ने र सिफारिश गर्नेवाला छैन, के तैपनि तिमी उपदेश ग्रहण गर्दैनौ ?
Verse 5
५) उसैले आकाशदेखि धरतीसम्म प्रत्येक कार्यको व्यवस्था गर्दछ । अनि (सबैकाम) एक यस्तो दिनमा उसतर्फ प्रवृत हुन्छ, जसको गन्ती तिम्रो गणना अनुसार एक हजार वर्ष बराबर हुनेछ ।
Verse 6
ﮝﮞﮟﮠﮡﮢ
ﮣ
६) उही त परोक्ष र प्रत्यक्षको ज्ञाता हो सर्वशक्ति सम्पन्न ठूलो दयावान् (अल्लाह) हो ।
Verse 7
७) जसले सृष्टि गरेको प्रत्येक कुरोलाई राम्रो बनायो र उसले मानिसको रचना माटोबाट शुरू गर्यो ।
Verse 8
८) अनि उसको वंश एक तुच्छ पानीको थोपाले चलायो ।
Verse 9
९) अनि त्यसलाई ठीक–ठीक गरेर त्यसमा आफ्नो आत्मा संचारित गर्यो । उसैले तिम्रो कान आँखा र हृदय बनायो, तापनि तिमीले साह्रै कम कृतज्ञता प्रकट गर्दछौ ।
Verse 10
१०) र उनीहरूले भन्न थालेः कि ‘‘जब हामी धरतीमा मिसिइसक्नेछौं त के फेरि नयाँ रूपमा जीवित हुनेछौं ? बरु साँचो कुरो त यो हो कि, यी मानिसहरू आफ्नो पालनकर्तासितको साक्षात्कारलाई नकारिराखेका छन् ।
Verse 11
११) भनिदिनुस् ! ‘‘कि तिमीलाई मृत्युको स्वर्गदूत (इज्राईल) ले जुन कि तिमीमाथि नियुक्त छ, त्यसले मार्नेछ । अनि तिमी सबै आफ्नो पालनकर्तातिर फर्काइने छौ ।’’
Verse 12
१२) कति राम्रो हुन्थ्यो तपार्इंले देख्ने भए जब कि अपराधीहरू आफ्नो पालनकर्ताको अगाडि टाउको निहुराइराखेका हुनेछन् र भन्ने छन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीले देखिहाल्यौं र सुनीहाल्यौं । अब तिमीले हामीलाई (संसारमा) फिर्ता पठाइदेऊ, ताकि असल कर्म गरौं, हामी आस्था राख्नेवाला हौं ।’’
Verse 13
१३) यदि हामीले चाहेको भए प्रत्येक व्यक्तिलाई उपदेश ग्रहण गराइदिन्थ्यौं, तर मेरो तर्फबाट यो कुरो बिल्कुल सत्य प्रमाणित भइसकेको छ कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।
Verse 14
१४) (तसर्थ) अब तिमीले त्यस दिनको साक्षात्कारलाई बिर्सेको नतीजा (परिणाम) भोग, (आज) हामीले पनि तिमीलाई विर्सिदियौं । र जुन काम तिमीले गर्दथ्यौ त्यसको सजायमा सधैंको यातनाको स्वाद चाखिराख ।
Verse 15
१५) हाम्रा आयतहरूमा उनैले ईमान ल्याउने गर्दछन् जसलाई जब उपदेश गरिन्छ तब सज्दामा (ढोगमा) जान्छन् र आफ्नो पालनकर्ताको प्रशंसाका साथ उसको गुणगान गर्दछन् र घमण्ड गर्दैनन् ।
Verse 16
१६) उनीहरूको लेटाई आफ्ना ओछ्यानहरूबाट अलग हुन्छन्, उनीहरू आफ्नो पालनकर्तालाई भय र आशाले पुकार्दछन् र जुन (सम्पत्ति) हामीले उनलाई दिएका छौं, त्यसबाट खर्च गर्दछन् ।
Verse 17
१७) (अनि अल्लाह बाहेक) कसैलाई थाहा छैन कि उनीहरूको निम्ति उनको आँखाका शितलता लुकाएर राखिदिएका छौं यो उनीहरूका कर्महरूको पुरस्कार हो, जुन उनीहरूले गर्नेगर्दथे ।
Verse 18
१८) के जो मोमिन छ, ऊ त्यस व्यक्ति सरह हुन सक्छ जो अवज्ञाकारी छ ? दुवै समान हुन सक्दैनन् ।
Verse 19
१९) जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई सँधैं बस्नको निम्ति (जन्नत) स्वर्गका बागबगैंचाहरू छन्, ती कामहरूको प्रतिफलमा आतिथ्यता छ , जुन कि उनीहरूले गर्दथे ।
Verse 20
२०) तर जसले आज्ञा उल्लंघन गरे उनीहरूको ठेगाना नर्क हो । जब कुनै बेला उनले त्यसबाट बाहिर निस्किन चाहनेछन् त त्यसैमा फर्काइनेछन् र (उनीहरूसित) भनिनेछ कि (जुन दोजखको यातनालाई) तिमीले झूठो ठान्दथ्यौ त्यसको बदलामा आगोको सजाय चाख ।’’
Verse 21
२१) र निःसन्देह हामीले उनीहरूलाई (कयामतको) ठूलो सजाय बाहेक (संसारका) सानो यातनाको स्वाद चखाउने छौं, ताकि कदाचित तिनीहरू (हाम्रो तर्फ) फर्किआउन् ।
Verse 22
२२) र त्यस व्यक्तिभन्दा बढी अत्याचारी को छ? जसलाई उसको पालनकर्ताका आयातहरूबाट सावधान गरिएको थियो । तैपनि उसले मुख फर्कायो ? निश्चित जान कि हामीले पनि अपराधीहरूसित बदला लिनेवाला छौं ।
Verse 23
२३) निःसन्देह हामीले ‘‘मूसा (अलैहिस्सलाम)लाई’’ किताब प्रदान गर्यौं । अतः तपाईंले कदापि ऊसँगको साक्षात्कारमा सन्देह नगर्नु, र हामीले उसलाई इस्राईलका सन्तानको पथप्रदर्शनको माध्यम बनाएका थियौं ।
Verse 24
२४) र जब उनीहरूले धैर्य गरे तब हामीले उनीहरूमध्ये यस्ता नायक बनायौं, जसले हाम्रो आदेशबाट मानिसहरूलाई सही मार्ग देखाउँथे, र हाम्रा आयतहरूमाथि आस्था राख्दथे ।
Verse 25
२५) निश्चय नै तिम्रो पालनकर्ताले कियामतको दिन उनीहरूको बीचका ती कुराहरूको निर्णय गर्नेछ, जसमा उनीहरूले विवाद गर्दै आएका छन् ।
Verse 26
२६) के यस कुराले पनि तिनीहरूलाई उपदेश दिएन कि उनीहरूभन्दा पहिला कैयन् नस्लहरूलाई (समूहहरूलाई) हामीले नष्ट गरिसकेका छौं, जसका सहनका ठाउँहरूमा उनीहरू हिंडडुल गर्दैछन् ? यसमा त धेरै निशानीहरू छन् । अनि के उनीहरू सुन्दैनन् ?
Verse 27
२७) के उनीहरूले देख्दैनन् कि हामीले यस बाँझो भूमितिर पानी बगाएर लैजान्छौं, अनि त्यसबाट हामीले खेती उमार्छौं, जसबाट उनीहरूका चौपायाहरू खान्छन् र उनीहरू स्वयम् पनि खान्छन्, अनि के यिनीहरूले तैपनि देख्दैनन् ?
Verse 28
२८) र भन्दछन्ः कि ‘‘यदि तिमी साँचो हौ भने बताऊ यो फैसला कहिले हुनेछ ?
Verse 29
२९) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘फैसलाको दिन ईमान ल्याउनुले काफिरहरूलाई कुनै पनि फाइदा पुर्याउने छैन र न उनीहरूलाई कुनै मोहलत दिइनेछ ।’’
Verse 30
ﯯﯰﯱﯲﯳ
ﯴ
३०) (तसर्थ) अब तपाईले उनीहरूलाई उनीहरूकै अवस्थामा छाडिदिनुस्, र प्रतीक्षा गर्नुस् ! उनीहरू पनि प्रतीक्षक छन् ।
تقدم القراءة