الترجمة النيبالية बाट النيبالية मा सुरा الحاقة को अनुवाद
Verse 1
ﮯ
ﮰ
१) वास्तवमा भएर नै छाड्नेवाला,
Verse 2
ﮱﯓ
ﯔ
२) प्रमाणित हुनेवाला के हो ?
Verse 3
ﯕﯖﯗﯘ
ﯙ
३) र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो ?
Verse 4
ﯚﯛﯜﯝ
ﯞ
४) त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।
Verse 5
ﯟﯠﯡﯢ
ﯣ
५) जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।
Verse 6
ﯤﯥﯦﯧﯨﯩ
ﯪ
६) र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।
Verse 7
७) जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।
Verse 8
ﯼﯽﯾﯿﰀ
ﰁ
८) के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ ?
Verse 9
ﭑﭒﭓﭔﭕﭖ
ﭗ
९) ‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे ।
Verse 10
ﭘﭙﭚﭛﭜﭝ
ﭞ
१०) र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो ।
Verse 11
११) जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।
Verse 12
ﭧﭨﭩﭪﭫﭬ
ﭭ
१२) ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।
Verse 13
ﭮﭯﭰﭱﭲﭳ
ﭴ
१३) तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ,
Verse 14
ﭵﭶﭷﭸﭹﭺ
ﭻ
१४) र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।
Verse 15
ﭼﭽﭾ
ﭿ
१५) त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।
Verse 16
ﮀﮁﮂﮃﮄ
ﮅ
१६) र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।
Verse 17
१७) र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।
Verse 18
ﮑﮒﮓﮔﮕﮖ
ﮗ
१८) त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।
Verse 19
१९) अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।
Verse 20
ﮢﮣﮤﮥﮦ
ﮧ
२०) मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।
Verse 21
ﮨﮩﮪﮫ
ﮬ
२१) अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।
Verse 22
ﮭﮮﮯ
ﮰ
२२) उच्चा, भव्य स्वर्गमा,
Verse 23
ﮱﯓ
ﯔ
२३) जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।
Verse 24
२४) (उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।
Verse 25
२५) तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
Verse 26
ﯩﯪﯫﯬ
ﯭ
२६) र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।
Verse 27
ﯮﯯﯰ
ﯱ
२७) ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।
Verse 28
ﯲﯳﯴﯵﯶ
ﯷ
२८) (आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।
Verse 29
ﯸﯹﯺ
ﯻ
२९) (आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।
Verse 30
ﯼﯽ
ﯾ
३०) (आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।
Verse 31
ﯿﰀﰁ
ﰂ
३१) अनि यसलाई नर्कमा हालिदेऊ ।
Verse 32
३२) अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
Verse 33
ﰋﰌﰍﰎﰏﰐ
ﰑ
३३) निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो,
Verse 34
ﰒﰓﰔﰕﰖ
ﰗ
३४) र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो,
Verse 35
ﰘﰙﰚﰛﰜ
ﰝ
३५) अतः आज यसको यहाँ न कोही मित्र छ ।
Verse 36
ﭑﭒﭓﭔﭕ
ﭖ
३६) र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।
Verse 37
ﭗﭘﭙﭚ
ﭛ
३७) जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।
Verse 38
ﭜﭝﭞﭟ
ﭠ
३८) अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ,
Verse 39
ﭡﭢﭣ
ﭤ
३९) र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।
Verse 40
ﭥﭦﭧﭨ
ﭩ
४०) कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।
Verse 41
४१) र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ,
Verse 42
४२) र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।
Verse 43
ﭻﭼﭽﭾ
ﭿ
४३) (यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।
Verse 44
ﮀﮁﮂﮃﮄ
ﮅ
४४) र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए,
Verse 45
ﮆﮇﮈ
ﮉ
४५) त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।
Verse 46
ﮊﮋﮌﮍ
ﮎ
४६) अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।
Verse 47
ﮏﮐﮑﮒﮓﮔ
ﮕ
४७) अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।
Verse 48
ﮖﮗﮘ
ﮙ
४८) र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।
Verse 49
ﮚﮛﮜﮝﮞ
ﮟ
४९) र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।
Verse 50
ﮠﮡﮢﮣ
ﮤ
५०) साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।
Verse 51
ﮥﮦﮧ
ﮨ
५१) यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।
Verse 52
ﮩﮪﮫﮬ
ﮭ
५२) अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।
تقدم القراءة