سورة المدثر

الترجمة النيبالية

الترجمة النيبالية बाट النيبالية मा सुरा المدّثر को अनुवाद

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

Verse 1
१) हे (मुहम्मद !) लुगा बेर्नेवाला,
Verse 2
२) उठ र सावधान गरीदिनु ।
Verse 3
३) र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।
Verse 4
४) र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।
Verse 5
५) फोहोरपनालाई छाडिदिनु ।
Verse 6
६) र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।
Verse 7
७) र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।
Verse 8
८) जब सूरमा फूँक मारिनेछ ।
Verse 9
९) त्यो दिन बडो कठोर दिन हुनेछ ।
Verse 10
१०) काफिरहरूको लागि सजिलो हुनेछैन ।
Verse 11
११) मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
Verse 12
१२) र प्रशस्त माल–सम्पत्ति दियौं ।
Verse 13
१३) हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
Verse 14
१४) मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।
Verse 15
१५) अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।
१६) यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ,
Verse 17
१७) शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
Verse 18
१८) उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
Verse 19
१९) नष्ट होस् उसले कस्तो अड्कल गर्यो ?
Verse 20
२०) फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो,
Verse 21
२१) उसले फेरि देख्यो ।
Verse 22
२२) फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।
Verse 23
२३) अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।
२४) अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।
२५) यो मात्र मानिसको वाणी नै हो ।
Verse 26
२६) हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
Verse 27
२७) र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो ?
Verse 28
२८) (आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।
Verse 29
२९) र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।
Verse 30
३०) त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।
३१) र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।
Verse 32
३२) साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।
Verse 33
३३) र रातको जब कि त्यसले पछाडि हट्दछ ।
Verse 34
३४) र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
Verse 35
३५) निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
Verse 36
३६) मानिसहरूको निम्ति भयको कारण ।
३७) तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।
३८) हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।
Verse 39
३९) तर दायाँ हात वालाहरू ।
Verse 40
४०) उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।
Verse 41
४१) अपराधीहरूसँग,
Verse 42
४२) (कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो ?
४३) उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।
Verse 44
४४) र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ,
Verse 45
४५) र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।
Verse 46
४६) र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।
Verse 47
४७) यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
Verse 48
४८) अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
४९) उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
Verse 50
५०) जस्तो कि तर्सेको गधहा हुन् ।
Verse 51
५१) जो बाघ देखेर भागेका छन् ।
५२) बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
५३) यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।
Verse 54
५४) साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
Verse 55
५५) अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।
५६) र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।
تقدم القراءة