الترجمة النيبالية बाट النيبالية मा सुरा القيامة को अनुवाद
Verse 1
ﮊﮋﮌﮍ
ﮎ
१) म कियामतको दिनको कसम खान्छु,
Verse 2
ﮏﮐﮑﮒ
ﮓ
२) र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।
Verse 3
ﮔﮕﮖﮗﮘ
ﮙ
३) के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं ?
Verse 4
ﮚﮛﮜﮝﮞﮟ
ﮠ
४) अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।
Verse 5
ﮡﮢﮣﮤﮥ
ﮦ
५) (होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।
Verse 6
ﮧﮨﮩﮪ
ﮫ
६) सोध्छ कि कियामतको दिन कहिले आउँछ ?
Verse 7
ﮬﮭﮮ
ﮯ
७) जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।
Verse 8
ﮰﮱ
ﯓ
८) र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।
Verse 9
ﯔﯕﯖ
ﯗ
९) र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
Verse 10
ﯘﯙﯚﯛﯜ
ﯝ
१०) त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ ?
Verse 11
ﯞﯟﯠ
ﯡ
११) निःसन्देह कुनै शरणस्थल छैन ।
Verse 12
ﯢﯣﯤﯥ
ﯦ
१२) आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।
Verse 13
ﯧﯨﯩﯪﯫﯬ
ﯭ
१३) मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
Verse 14
ﯮﯯﯰﯱﯲ
ﯳ
१४) बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
Verse 15
ﯴﯵﯶ
ﯷ
१५) यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।
Verse 16
ﯸﯹﯺﯻﯼﯽ
ﯾ
१६) र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
Verse 17
ﯿﰀﰁﰂ
ﰃ
१७) त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।
Verse 18
ﰄﰅﰆﰇ
ﰈ
१८) अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
Verse 19
ﰉﰊﰋﰌ
ﰍ
१९) अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।
Verse 20
ﭑﭒﭓﭔ
ﭕ
२०) होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।
Verse 21
ﭖﭗ
ﭘ
२१) र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ,
Verse 22
ﭙﭚﭛ
ﭜ
२२) त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्,
Verse 23
ﭝﭞﭟ
ﭠ
२३) आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
Verse 24
ﭡﭢﭣ
ﭤ
२४) र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
Verse 25
ﭥﭦﭧﭨﭩ
ﭪ
२५) बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
Verse 26
ﭫﭬﭭﭮ
ﭯ
२६) होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
Verse 27
ﭰﭱﭲﭳ
ﭴ
२७) र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ ?
Verse 28
ﭵﭶﭷ
ﭸ
२८) र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।
Verse 29
ﭹﭺﭻ
ﭼ
२९) र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
Verse 30
ﭽﭾﭿﮀ
ﮁ
३०) आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
Verse 31
ﮂﮃﮄﮅ
ﮆ
३१) तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
Verse 32
ﮇﮈﮉ
ﮊ
३२) बरु झूठो ठहरायो र विमुख भयो ।
Verse 33
ﮋﮌﮍﮎﮏ
ﮐ
३३) अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
Verse 34
ﮑﮒﮓ
ﮔ
३४) अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
Verse 35
ﮕﮖﮗﮘ
ﮙ
३५) धिक्कार छ र खराबी छ तिमीमाथि ।
Verse 36
ﮚﮛﮜﮝﮞ
ﮟ
३६) के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ ?
Verse 37
ﮠﮡﮢﮣﮤﮥ
ﮦ
३७) के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो ?
Verse 38
ﮧﮨﮩﮪﮫ
ﮬ
३८) फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।
Verse 39
ﮭﮮﮯﮰﮱ
ﯓ
३९) अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।
Verse 40
४०) त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् ।
تقدم القراءة