الترجمة النيبالية बाट النيبالية मा सुरा المطفّفين को अनुवाद
Verse 1
ﯖﯗ
ﯘ
१) नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ ।
Verse 2
ﯙﯚﯛﯜﯝﯞ
ﯟ
२) जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।
Verse 3
ﯠﯡﯢﯣﯤ
ﯥ
३) किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।
Verse 4
ﯦﯧﯨﯩﯪ
ﯫ
४) के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।
Verse 5
ﭑﭒ
ﭓ
५) (अर्थात्) एउटा ठूलो दिनमा ।
Verse 6
ﭔﭕﭖﭗﭘ
ﭙ
६) जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन् ?
Verse 7
ﭚﭛﭜﭝﭞﭟ
ﭠ
७) निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।
Verse 8
ﭡﭢﭣﭤ
ﭥ
८) र तिमीलाई के थाहा कि सिज्जीन के हो ?
Verse 9
ﭦﭧ
ﭨ
९) यो त लेखिएको पंज्जिका हो ।
Verse 10
ﭩﭪﭫ
ﭬ
१०) त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।
Verse 11
ﭭﭮﭯﭰ
ﭱ
११) जसले निसाफको दिनलाई असत्य भन्दथे ।
Verse 12
१२) र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।
Verse 13
१३) जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
Verse 14
१४) यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।
Verse 15
ﮍﮎﮏﮐﮑﮒ
ﮓ
१५) निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् ।
Verse 16
ﮔﮕﮖﮗ
ﮘ
१६) फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।
Verse 17
१७) त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ ।
Verse 18
ﮡﮢﮣﮤﮥﮦ
ﮧ
१८) निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।
Verse 19
ﮨﮩﮪﮫ
ﮬ
१९) र तिमीलाई के थाहा कि इल्लीयीन के हो ?
Verse 20
ﮭﮮ
ﮯ
२०) त्यो त लेखिएको किताब हो ।
Verse 21
ﮰﮱ
ﯓ
२१) सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।
Verse 22
ﯔﯕﯖﯗ
ﯘ
२२) निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
Verse 23
ﯙﯚﯛ
ﯜ
२३) पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
Verse 24
ﯝﯞﯟﯠﯡ
ﯢ
२४) उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
Verse 25
ﯣﯤﯥﯦ
ﯧ
२५) उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।
Verse 26
२६) जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।
Verse 27
ﯰﯱﯲ
ﯳ
२७) र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ ।
Verse 28
ﯴﯵﯶﯷ
ﯸ
२८) त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।
Verse 29
२९) काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे ।
Verse 30
ﰂﰃﰄﰅ
ﰆ
३०) र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
Verse 31
ﰇﰈﰉﰊﰋﰌ
ﰍ
३१) र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।
Verse 32
ﰎﰏﰐﰑﰒﰓ
ﰔ
३२) र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्,
Verse 33
ﰕﰖﰗﰘ
ﰙ
३३) जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।
Verse 34
ﭑﭒﭓﭔﭕﭖ
ﭗ
३४) तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
Verse 35
ﭘﭙﭚ
ﭛ
३५) मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।
Verse 36
ﭜﭝﭞﭟﭠﭡ
ﭢ
३६) अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।
تقدم القراءة