سورة الإنشقاق

الترجمة النيبالية

الترجمة النيبالية बाट النيبالية मा सुरा الإنشقاق को अनुवाद

الترجمة النيبالية

الناشر

مجمع الملك فهد

Verse 1
१) जब आकाश छिया–छिया परिहाल्नेछ ।
Verse 2
२) र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
Verse 3
३) र जब धरतीलाई समतल पारिदिइनेछ ।
Verse 4
४) र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
Verse 5
५) र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
६) हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
७) अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
Verse 8
८) त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
Verse 9
९) र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
१०) र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
Verse 11
११) त त्यसले मृत्युलाई पुकार्ने छ ।
Verse 12
१२) र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
१३) त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
१४) र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
१५) हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
Verse 16
१६) मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।
Verse 17
१७) र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
Verse 18
१८) र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।
Verse 19
१९) कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
Verse 20
२०) त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
२१) र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
Verse 22
२२) बरु काफिरहरूले झुठ्लाउँछन् ।
Verse 23
२३) यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
Verse 24
२४) तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
२५) हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।
تقدم القراءة